Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आम्मै नि, केको लाइन हो यो यस्तो ?

Posted on June 6, 2014 by Salokya

Qatar
४५ डिग्रीसम्मको तातोमा खुला आकाशमुनि रापिएर छ-छ घण्टा लाइन ! कति कष्टपूर्ण होला, त्यो कुर्सीमा बसी ल्यापटप वा डेस्कटपमा यी अक्षर पढ्दै गरेकाले महसूस गर्न सक्दैनन्। आखिर केको लाइन हो त यो यस्तो ? थाहा पाउन भित्र क्लिक गर्नुस्।

MRP4

MRP5

यी भित्रका दृश्य पनि हेर्नुस्-
MRP

MRp1

MRP2

MRP3

भिडियो पनि हेर्नुस्

केको लाइन हो यो ?
यो खाडी देश कतारको नेपाली दूतावासअगाडिको दृश्य हो। चर्को घाममा लाइन बसिरहेकाहरु हाम्रै दाजुभाइ हुन्। खासमा उनीहरु मेसिनले पढ्न मिल्ने राहदानी (एमआरपी) फाराम भरेर बुझाउन गएकाहरु हुन्। धेरै जनाले एकै पटक बुझाउन आएकाले त्यसरी लामो लाइन बस्नु परेको हो। लाइन पनि फेरि निकै अव्यवस्थित।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार २०७२ मंसिर ८ पछि विदेश भ्रमण गर्दा एमआरपी (मेसिन रिडेबल पासपोर्ट) को प्रयोग अनिवार्य गरिएको छ। त्यसैले दूतावासहरुले एमआरपी लिन आह्वान गरिरहेका छन्। तर यो व्यवस्थित हुन सकिरहेको छैन।

एउटा सानो सफ्टवेयर बनाउन लगाएर अनलाइनमा वा स्वयं उपस्थित भएर दूतावासमा निवेदन दिएर कम्प्युटरबाट टोकन दिए काम सहज हुने थियो। अहिले काठमाडौँका अधिकांश बैँक, टेलिकम आदि ठाउँमा यस्तै त गरिएको छ।

नाम दर्ता गरेपछि प्रोसेस गर्न लाग्ने अनुमानित समय अनुसार यति बेला तपाईँको पालो आउँछ भनी समय दिन थालियो भने त्यो गर्मीमा लाइन बस्न हाम्रा दाजुभाइहरु बाध्य हुने थिएनन्। गयो, नाम दर्ता गर्‍यो, कम्प्युटरले पालो नम्बर दिएर यति बजे तपाईँको पालो आउँछ भनेपछि ठ्याक्क टाइममा गए भो। त्यहाँ भिडभाड पनि भएन, लाइन पनि बस्नु परेन।

यस्तो सफ्टवेयर परराष्ट्र मन्त्रालयले एउटा बनाउन लगाएर सबै दूतावासतिर बाँडे भइगो। पैसा कहाँबाट आउला भन्लान्। एमआरपी बनाए वापत् अरु देशमा भन्दा तुलनात्मक रुपमा महँगो शुल्क लिएको चाहिँ के गर्न त ? तलब हाम् गर्न मात्र ? सुविधा केही दिनु पर्दैन ? कुनै कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत फ्रिमा पनि बनाइदेलान्। फ्रिमा बनाइदिन्छु भन्दा पनि कमिसन खोजे भने चाहिँ के गर्नु अब!

बरु त्यो एनआरएनलाई भोज गर्न दिएको साढे १३ लाख रुपियाँले त बन्थ्यो होला नि यस्तो सफ्टवेयर। आखिर कतारका यी दाजुभाइले पनि रेमिट्यान्स सबभन्दा धेरै पठाएर नेपालको अर्थतन्त्रमा योगदान दिइरहेकै छन्!

45 thoughts on “आम्मै नि, केको लाइन हो यो यस्तो ?”

  1. Pingback: यसरी जितेँ युद्ध : दोहामा एमआरपी भर्नलाई गर्नुपरेको संघर्ष बयान गर्दै एक कामदार « Mysansar
  2. suresh lama says:
    June 10, 2014 at 4:19 pm

    धेरै राम्रो कुरा उठाउनु भयो तपाइले, कति सजिलो कुरा लाई कति गारो परेको देख्दा अचम्म लाग्छ | online फर्म भर्ने बनाई दिए

    Reply
  3. birkhe says:
    June 10, 2014 at 9:29 am

    हामिले गाली मात्र गर्नु भन्दा स्थिती लाई बुझौँ न
    दैनिक कारीब १००० सेवाग्रही आउने ठाँउमा जम्मा १० जना कर्मचारि
    त्यो पनि सानो ठाँउ
    सही कागजात बनाएर सही समयमा जादाँ सबैलाई सजिलो हुन्छ जस्तो लाग्छ

    Reply
  4. pralhad kc says:
    June 9, 2014 at 3:29 am

    निर्मल जी ले दिएको रद्द पासपोर्ट सम्बन्धि लिंक खुल्यो तर खाली छ ,

    Reply
    1. Nirmal says:
      June 9, 2014 at 8:28 am

      प्रह्लाद जी,
      अस्ती सम्म तेही लिंक मा खुलेको थियो तर नो प्रोब्लेम् त्यो लिंक मा गएर नोतिचे बॉर्द मा जानु अनि तेहा रद्ध गरिएको पस्स्पोर्ट को नाम लिस्ट राखिएको छ . त्यो पनि भएन भने कृपया यो लिंक मा क्लिक गर्नु होला
      http://www.nembdoha.com/allnotices.फ्प

      Reply
  5. Kamal says:
    June 9, 2014 at 1:15 am

    एक पासपोर्ट बापत सरकार ले ५,००० देखि १५००० सम्म सुल्क लिने गरेको छ. कम्ति मा ५० लाख नेपाली ले MRP पासपोर्ट लिने देखिछ. भने पछि नेपाल सरकार ले, कम्ति मा ५००० X ५०००००० = २५,०००,०००,००० र बढी मा ७५,०००,०००,००० राजस्व मात्र लिन्छ.

    येत्रो पैसा असुलेरे पनि सामान्य सुभिधा नदिने सरकार लै के भन्ने??

    Reply
  6. bg pradhan says:
    June 8, 2014 at 12:03 pm

    अनलाइन फारम भर्ने व्यवस्था गरिदिए धेरै राम्रो हुने थियो, यो सरकारी कर्मचारीहरुले त स्पेलिंग नै गलत गरिदिन्छन /

    Reply
  7. indra khadka says:
    June 8, 2014 at 1:33 am

    म पनि भोलि जानु पर्ने ठाउँ हो यो आझा देखिनै निन्द्रा नलाग्ने भयो यो video देखेर त तर के गर्ने जानु पर्ने बाधेता छ कतार बासि नेपाली को लागि….

    Reply
    1. indra khadka says:
      June 8, 2014 at 1:36 am

      नया साथी हरु को लागि अलखोर बाट जाने बाटो हेर्नु होला
      https://maps.google.com/maps/ms?ie=UTF8&t=m&oe=UTF8&msa=0&msid=206719612677092911122.0004bf093074be61b6f20&dg=feature

      Reply
  8. saphal says:
    June 7, 2014 at 10:20 pm

    सरकार को काम कहिले जाला घाम को पारामा कार्यरत कर्मचारी बाट के को आश गर्नु तलब खायकै छन भत्ता पचायकै छन यिन लाई के को माया जनताको छोराछोरी को अझ यकाध अमुक बेक्ती बाट धन्यबाद पनि पायकै छन।।।समस्या आउनु स्वभाबिक हो तर समाधान गर्न नसक्नु कार्य असक्छेमता हो जिम्मेवारी लिने कस्ले????

    Reply
  9. इन्द्रे पुन says:
    June 7, 2014 at 9:25 pm

    माई संसारको यो खुलासाले पक्कै पनी समस्याको ब्यबस्थापन हुनेछ यदी दुताबास संग अलीकती पनी लाज छ भने

    Reply
  10. Gajendra pokhrel says:
    June 7, 2014 at 6:47 pm

    तेती मात्रै भए त हुन्थ्यो नि ५/६ घण्टा कुर्यो पालो आउछ अनि हाकिम भानौदोले भनछ सहि मिलेन पेपरको size मिलेन अब भन्नुस के गर्ने सबै काम छोडेर कति टाढा बाट आएकाहरु के गर्ने ?कति निकम्मा छ हाम्रो सिस्टम भने जबकि तल बसेर check गर्नेले भन्छ ठिक छ देखे भोगेको लाजमर्दो कुरो हो /

    Reply
  11. dev says:
    June 7, 2014 at 6:18 pm

    पाए आफै सेवा….. सेवा चै आफै दुता बास र मन्त्रि आफै लाइ पुग्दैन के को दिवोस. जनता लाइ नेपाल मा न विदेश मा.

    Reply
  12. Dipen Newa says:
    June 7, 2014 at 12:33 pm

    यति धेरै लाईनमा बस्ने व्यक्तिहरुको फर्म (Form) चेक गर्ने व्यक्ति जम्मा एक जना मात्र हुनुहुन्छ, ल तपाई नै अनुमान गर्नुहोस अनि भन्नुहोस कतिबेला यो लाईनको अन्त्य होला, मैले आफैले देखेको र भोगेको अनुभब l

    Reply
  13. Prakash says:
    June 7, 2014 at 12:23 pm

    आइतबार देखि बिहीबार ५ दिन । आइतबार – १५ जिल्ला , सोमबार – १५ जिल्ला, मंगलबार -१५ जिल्ला………………… यसरी बितरण गर्ने प्रणाली बसल्यो दुताबसका कर्मचारी लाई पनि निबेदकलाई पनि दुबई पक्षलाई सुलभ हुन्छ ।

    Reply
  14. Prabin says:
    June 7, 2014 at 11:51 am

    कतार त के येह bisswa ko सबै भन्दा बिकसित देसमा London मा कार्येरत दुताबसका राजदुत देखि लिएर yeha ka कर्मचारी हरु फोन राखे को छ फोन उठाएर समस्स्य को सल्लाह दिदैन ओफ़िस खोल्ने समय भनेर देको समय मा फोन गर्यो १०-१२ चोटी Garda मुस्किलले उठौचा अनि हजुर एस्तो समस्स्य छ केहि सल्लाह पाउन भन्दा झर्केर ह्या वेब site मा छ तेही गएर हेर भन्छ website मा दिएको guideline अनुसार कम गरेर फेरी पोस्ट गर्नु नपाउने मम्चेनै hajur हुनु पर्ने अनि उहा पुग्यो यो मिलेन त्यो मिलेन रिजेक्ट इमेल address देको हुन्छ सोधपुछ गर्नुलाई खै त्यो इमेल येमराज Lai जाँचकी के हो कहिले पनि reply औदैना जुनकी यो देसको कर्मचारी हरतरह बाट कसरि हुन्छ छिटो भन्दा छिटो सरल ढंगले जनताको काम garidinu पाए हुन्थ्यो भनेर तत्पर रहन्छ मेन कुरा हाम्रो नेपाली कर्मचारी हरुको दच्च्येता नै नभएर हो chyemata नै नभएका घुस खोरी चाप्लुसीको भरमा जागिर खाने र खुवाउने प्रवृति भएर हो

    Reply
  15. कुसुम ज्ञवाली says:
    June 7, 2014 at 6:23 am

    शालोक्य जी, त्यस्तो सफ्टवेयर हामीले जनस्तरवाट बनाएर सरकारलाइ दिए के होला ? गरेन त गरेन सरकारले तर दुख त हाम्रा दाजूभाइले पाए । तपाइ सफ्टवेयरको पनि जानकार हुनुहुन्छ, त्यसको खर्च हामी सबै मिलेर जुटाउँछैा लाै पहल गर्नुहोस् ।

    Reply
    1. Siyan says:
      June 7, 2014 at 11:39 am

      म ग्यारेन्टी दिन्छु त्यो सफ्टवेर सित्तै दिए पनि चलाउन कमिसन नदी मरी गए हुन्न

      Reply
    2. Prakash says:
      June 7, 2014 at 12:17 pm

      कुसुम जी सॉफ्टवेर मात्र किन पूरा दूतावासको खर्चनै बेहोरे भाइहाल्छ नि की कसो ? ४ लाख को हारहारीमा नेपाली छदैछौ महिनाको एउटा पेप्सी 1.5 रियाल सहयोग गरे पुगि हाल्छ ।

      आइतबार देखि बिहीबार ५ दिन । आइतबार – १५ जिल्ला , सोमबार – १५ जिल्ला, मंगलबार -१५ जिल्ला , बिहीबार सम्ममा ७५ जिल्ला भ्याइन्छ । जून दिन आफ्नो जिल्लाको बितरणको पालो छ उनीहरु मात्रै उपस्थित हुन्छन् । ६० जिल्लाको निबेदक घट्छन् । यस अर्थमा दिनमा १५०० जना निबेदक उपस्थित हुने ठाउँमा १०० मात्र उपस्थित हुन्छन्, काम सुलभ तवरबाट अघि बढ्छ ।

      खोई बिबेक बिचार ???

      Reply
    3. Salokya says:
      June 7, 2014 at 12:36 pm

      मैले पाएको जानकारी अनुसार एउटा कम्पनीले नेपालको परराष्ट्र मन्त्रालयमा सित्तैमा सफ्टवेयर बनाइदिन्छु भनेको छ। तर पनि हाकिमहरुले झुलाएको झुलायै छन् भनेर दिक्दारी पोख्दै थिए कम्पनीका मान्छे।

      Reply
      1. कुसुम ज्ञवाली says:
        June 7, 2014 at 8:13 pm

        शालोक्य जी, सन्चार माध्यमसंग सक्ति हुन्छ सरकारी क्षेत्रलाइ प्रभाव पार्ने, त्यही ब्रह्मास्त्र प्रयोग गरेमात्र होला नत्र… यो सरकार भन्ने जिनिस संग नसकिने भो । बरू त्यो कम्पनि र सरकार/कर्मचारीबाट भएको ज्यादतिको पनि विस्तृत ब्लग लेखिदिनु भो भने । जनदवाबले केही होला । तपाइको यो सहृदयताका लागी अाभार ।

        Reply
      2. Sisir says:
        June 8, 2014 at 12:44 pm

        सालोक्य जी, यो सब द्रव्यको कुरा हो , अरुले फोकटमा बनैदिए यिनीहरुले कमिसन कहाबाट खान पौने त ? जनताले सजिलै सेवा पाए तिनले खटाएका दलालहरुबाट आउने कमिसन पनि गुम्ने, अनि त हाकिमहरुले झुलाएको झुलायै छन् !!!

        Reply
    4. Prabin says:
      June 7, 2014 at 7:17 pm

      Website बनाएर दिएपनि तेस्लाई चलाउने दक्च्ये जनसक्ति हुनुपर्योनि website चलाउनु जान्ने कम्प्युटर मास्टर हरु सबै तेही मा फोम लिएर line मा खादा छ किनकि तेह कुर्सि मा बस्ने हरुता नक्कली सर्टिफिकेट लिएर पाटीले हुन्छकी घुसले हुन्छ कुर्सि समाएर बसेका हुन्छन अनि website मा kam तमाम गर्नु परेमा एक त तेस्मा काम गर्नु जान्दैन एक त जनतालाई दुल्हा दिनु पौदैना एक त हिजो invest गरेको पैसा असुल्नु पौदैना

      Reply
  16. pralhad kc says:
    June 7, 2014 at 5:11 am

    म भोक भोकै बिहान ९ बजे देखि दिन को ४ बजे सम्म बस्दा बल्ल पालो आयो ,उभिएको उभियेइ , अहिले सुन्दै छु १२०० जना को फर्म नेपाल बाट रिजेक्ट भएको छ रे , न दुताबासले रिजेक्ट हुने को नाम वेब साईट मा हाल्छ न कुनै नेपाली पत्रिका मा छपाउछ यता पासपोर्ट आउला भनेर सबै ढुक्क भएर बस्छन जब लिन जादा मात्र थाहा हुन्छ यो कस्तो बिडम्बना नेपाली को ?

    Reply
    1. Nirmal says:
      June 7, 2014 at 6:43 pm

      प्रह्लाद जी,
      मैले पनि हजुर को जस्तै समस्या भोगेको थिए पासपोर्टको फारम बुझाउदा पनि तेस्तै भीड अनि लीन जाँदा पनि तेस्तै समस्या थियो. अहिले फेरी खाली सुक्रबार मात्र पासपोर्ट वितरण गर्ने भनेको ले हिजो मा पासपोर्ट लीन जाँदा ओह्ह हो कति भिड हो कता के हो थाहै न पौने दुवै तीर बाट नाम बोलाएको बोलाई थियो कता हो कता बल्ल बल्ल बुजेर लाइन लागेर लीएर आइयो.. अनि तपाई ले भनेको समस्या को समाधान भने तल को वेब पेज मा किलिक गर्नुस रिजेच्क्त गरेको नाम लिस्ट तपैले देख्न पाउनु हुन्छ
      http://www.nembdoha.com/notice.php?cid=१०८

      Reply
  17. YOGEN says:
    June 7, 2014 at 4:13 am

    त्यहाँ फारम बुजाउन जाने सबैजनाले फारम बुजाएपछि दुताबासका हाकिम लाई १ /१ झापड पनि बजाएर जानु पर्ने होइन र ?

    Reply
  18. Ram adhikari says:
    June 7, 2014 at 3:38 am

    सफ्टवयर बनौन सक्नेले बनाए भैगोनी सबै कुरा सरकार ले गर्देन भनेर मुख ताकेर बसेर हुन्छर कति अर्काकोमुख ताक्नु हामी सरकारको मुख ताक्ने सरकार बिदेशीको मुख ताक्ने सधै अर्काको मुख कति ताक्नु हामी हामी मिलेर केहि गर्न सकिदैन ?……..

    Reply
  19. Deepak Ghale says:
    June 7, 2014 at 12:02 am

    Someone wrote already wrote well about it,

    http://gagalmajuwa.blogspot.com/2014/05/mrp-application-form-submission-for.html

    MRP Application Form Submission for Nepalese Migrant Workers in Qatar

    I had seen shared notifications on Facebook given by Nepalese Government about the MRP several times; I simply ignored it every time I saw. Because, I thought that I would make it in Kathmandu on Emergency basis while I am on vacation. But it seems I won’t be able to take my annual leave on time. So, I decided to apply in Qatar itself. I’ve heard that it’s getting harder to apply as the deadline is getting shortened. Many applications were being rejected by the Machines thereby; it is taking almost 6-7 months. One of my homies Mr. Pappu Giri has just submitted his application. He said that “Nepalese have become decent and civilized these days; there was crowd but well organized and disciplined” But I was told that I need go early in the morning and register the name. “Early bird gets worm” I arranged all the documents, and prepared to apply.
    Well, I was able to apply for my MRP yesterday; it was a bit funny & tough though. I got up at 4:00 in the morning and reached to the Embassy at 5:00. Twenty five fellows had already registered their name by the time I reached. HOLY SHIT!!!! I was the Number 26, any way that was still fine to be number 26. I thought that since the name has been registered, it would be a systematic and organized during the Submission. So, I came back to office at 6:00, People said that Embassy opens at 8:00; I went back to Embassy at 8:00, OMG!!! There was about 500 people’s crowd already. Some well-mannered and educated people were working hard to control the Crowd and trying to line up people one by one as per the registration list, but it was getting harder and harder. Within the next couple of minutes the crowd turned totally out of control. I realized being a placid and honest person merely gives us a tough time at that very moment. So, “fellows no more rules for today”!! While late comers jumped towards the main gate to enter, early comers seemed no lesser to push back and yell them. Somehow, I entered the gate and obtained a token no 3024. The tokens showed 24 persons were already in queue for the MRP application alone. There was an application inspector to verify whether all the documents are in order. The form that I filled up was technically not correct that the printed areas were slightly shrinked. It was well explained that Passport Application Form should be Machine detectable though there was no time for it. Well, no offense!! I realized later that the filled Application Form would be rejected ultimately while Printing the Passport in Kathmandu. Therefore, it would be a waste of another 4 months merely. I headed towards the petrol station of Abu Hamour where some of the Nepalese fellows were working hard to help fill up the Application Form. Oh Man!! I was shocked when I saw another crowd; it seemed like not possible to make it happen …………………

    Reply
  20. prayash sharma says:
    June 6, 2014 at 5:45 pm

    नेपाल सरकारका कर्मचारी साचै नै बैमानी नगर्ने हो र जनतालाई सुबिधा दिने सोचले अभिप्रेरित हुने हो भने म यो सफ्टवेर सित्तैमा बनाउन तयार छु, विदेशमा बसेको छु, देशको लागि यति त गर्न पक्कै नै सक्नेछु!

    Reply
    1. nandakutti says:
      June 7, 2014 at 1:54 am

      क्यु म्यानेजमेन्ट सफ्टवेर छ र जडान गेरको नि देखिन्छ बर्सौ देखि ,,, अशक्षम,नालायक र अयोग्य कर्मचारी हरु छन् चलाउन नजानेर हो या अरु केहि कारण हो धुलो खाएर बसेको छ,,, इ राष्ट्रसेवक भनौदा हरु लाइ २/३ घण्टा कतार को घाम मा उभ्याउनु पर्छ अनि बल्ल केहि हुन्थियो कि,, hami अग्रगामी मुक्तिकामी जनता को खबरदारी नपुगेर पो हो कि ???

      Reply
    2. simit gauchan says:
      June 7, 2014 at 9:27 am

      ल सर नेपालीको दुख देखेर त्यति गरि दिनुहोस एउटा जाबो सफ्टवायर बनाइ दिएर यहाको वजन र मान मर्यादा घट्ने होइन नि , ति बेरोजगार नेपालि आमाका छोराहरु त्यसरी घाममा बेहाल भएको देख्दा मनै रोएर आउछ !!!

      Reply
  21. Sisir says:
    June 6, 2014 at 5:14 pm

    नेपालका सरकारी कर्मचारीले जनताको बारेमा सोच्ने भए एस्तो दिन आउदैन थियो . जनता मरोस बाचोस यिनलाई के मतलब !!

    Reply
    1. Suman Bjra. says:
      June 7, 2014 at 7:08 am

      नेपालको पररास्ट्र मन्त्रालय को कर्मचारी भनेको मद्ययुगिन को कर्मचारी हो / भवाना पनि अरुलाई दुखादियेर मा सरकारी कर्मचारी भनेर फ़ुई लगाउने बाहेक केहिपनि गर्न आउदैन / उनीहरुलाई IT ज्ञान नै छैन भेंडा र बाख्र मात्र हो / संसार को सबभन्दा तल्लो जातको मानिस को अनुहार लिएर जन्मेको कर्मचारी हो /

      Reply
  22. गगने says:
    June 6, 2014 at 3:37 pm

    अशक्षम साथै नालायक र अयोग्य ब्याबस्थापकको उच्च नमुना हो यो!
    अनि तेसरिनै लाक्षी र बेपर्वाहा अनि समयमा कुरा नसुनी बेवास्ता गर्ने आँदो मान्छेहरुको भिड पनि हो यो!
    यो देशको सरकार साथै ब्युरोक्रेट र ब्यापस्थापक कतिसम्म लाक्षी छ भने यति सानो भन्दा सानो कुरालाई पनि ब्याबस्थित र सहज गर्न सक्दैन!
    जनतालाई आबस्यक कुनैपनि सेवा कसरि सुबिधा र सहजता साथि छिटो उपलब्ध गराउन सक्ने बिबिध बैकल्पिक उपायहरु को बिस्स्त्रित जानकारी सहित ब्याबस्थापन को दक्षता सम्बन्धि तालिम दिनुपर्छ यी सत्रु शताब्दीका दिमाग ले चल्ने हाकिम मानाशिकताका भारदार हरुलाई!
    अनि यी लाक्षी जनताहरुलाई पनि बेवास्ता गरेको र अकर्मनड्यता बापत उचित सबक सिकाउने उपाय अपनाउनुपर्छ!

    Reply
  23. Sameer says:
    June 6, 2014 at 3:02 pm

    गमला फ्री मा बाड्न एक करोड झ्वाम परेको पैसा ले त जनता लै सेवा दिन सकिने एस्तो काम धेरै गर्न सकिन्थेओ होला नि! 🙂

    Reply
  24. nandakutti says:
    June 6, 2014 at 2:59 pm

    मुक्तिकामी अग्रगामी जनता ले एस्तो सास्ती भोगीरा बेलामा यो जनता को सासक हरु ले के हेरेर बसी रा छन् ??? तेत्रो गणतन्त्र लिएर आको के २/४ जना निकम्मा दलाल नेता हरुलाई पुनर्स्थापना गर्न मात्र हो,, काँग्रेस/एमाले बाट पहिला पनि माखो मरेको होइन, एसपाली माखो मार्छन कि भनेर फेरि जिताउनु के हामी मुक्तिकामी अग्रगामी जनता को भुल नै हो त ??? के हामी वास्तब मै पछौटे हो त् ??? के हामी मानसिक रुप ले पनि दरिद्र हो त् ??

    Reply
  25. Jeevan Thapa says:
    June 6, 2014 at 12:16 pm

    हामी जनताको पनि गल्ति छ है, यस्तो हुन्छ भन्ने जान्दा जान्दै किन अन्तिम समय कुरेर बसेको त MRP बनाउन?

    Reply
    1. चक्रे says:
      June 6, 2014 at 5:25 pm

      डेढ वर्ष बाकी छ त के को अन्तिम समय नि, फेरी बहालवाला हस्तलिखित भएकाले MRP लिन पहिला पाउदैनथिए के रे, केहि समय मात्र भयो जस्तो लाग्छ!

      Reply
  26. Binaya says:
    June 6, 2014 at 12:14 pm

    जबसम्म जनताको करबाट तलब खाने कर्मचारी र राजनीतिज्ञहरुलाई जनताको सेवा गर्नु पर्छ र हामी जनताको सेवक हौ न कि हामी जनताको मालिक हौ भन्ने चेत आउदैन तब सम्म यो बेथिति कायम रहन्छ. प्रभिदिक रुपले एस्लाई manage गर्न अति नै सजिलो छ.

    Reply
  27. pushpa says:
    June 6, 2014 at 11:40 am

    खाडी देश बाट आयको रेमिटान्स ले देश को बेपार घाटा धनेको छ भन्ने कुरा दुताबासले बिर्सिय जस्तो छ, ये नेपाली दाजु भाई लै त काम गर्ने ठाउँ मै गए र MRP शुबिधा दिनु पर्ने हो.

    Reply
  28. Bhim says:
    June 6, 2014 at 11:16 am

    कतार राजदुताबासको काम त नेपालबाट आएका नक्कली कागजात हरुलाई (पैसा खाएर? वा आखा चिम्लिएर छाप लगाइदिने मात्र जस्तो भएको छ…..अझ आजभोलि त एम आर पी को लागि फोटो खिच्न र फारम भर्ना पनि एम्बेसीकै कर्मचारीले तोकेक ठाउमा गएर गर्न पर्ने रे तेही साइज र गुणस्तरको फोटो र फारम स्वयंले वा अन्न्यत्र बनाएर ल्याएको छ भने अस्वीकृत हुने धेरै सम्भावना रे….त्यो फोटो स्टुडियोको मान्छेले फारम भरे पछि फारमको एउटा कुनामा सानो संकेत गरेर दिन्छ, तेस्को अर्थ के हो कसैले सोधेको छैन अहिले सम्म….एम आर पी बनाउन, प्रमाणित नागरिकताको प्रति दिएर पनि नहुने एम्बेसीले नक्कली प्रमाणपत्रमा छाप हान्न केहि पनि चाहिदैन….अझ त्यो भन्दा पनि अचम्मको कुरा त नक्काली कागजातको कारोबार गर्ने मान्छेको बारेमा बिस्तृत विवरण र उसले उत्पादन गरेको कागजात सहित बुझाउदा पनि एम्बेसी अन्धाले हात्ती छामे झैँ गरेर बस्छ भने एस्तो एम्बेसी बाट के राम्रो आशा गर्नु र हामीले

    Reply
  29. Siyan says:
    June 6, 2014 at 11:11 am

    मेरो कम्पनीमा सुडानी मंदूक (भिसा तथा बाह्य आवस्यक काम गर्ने कर्मचारी) ले पनि जहिले तेरो एम्बेसी जस्तो अव्यवस्थित एम्बेसी कुनै देखेको छैन भन्छ, मुखमा बुझो लाउनु बाहेक अन्य केहि भन्न सकिन्न किन भने सत्य त्यहि हो.
    नेपाल सरकार तथा नेपाल सरकारको सम्पूर्ण कार्यालय अनि त्यसमा कामगर्ने कर्मचारीको जय होस, सजिलै गर्न सकिने ५०% – ६०% व्यवस्था पनि यिनीहरु गर्न चाहदैनन् किन होला कुन्नि???
    हे पशुपतिनाथ तिमिनै गरि देउ सबै व्यवस्था तिम्रो त्यो सुपर कम्प्युटर चलाउनु पर्यो एक पटक नेपालको लागि.

    Reply
  30. tashi says:
    June 6, 2014 at 10:13 am

    केहि गर्न सक्ने जस्तो दिमाग भएकाहरु Europe,America,Canada तिर..मिहिनेती पाखुराहरु खाडीतिर…अनि बचेकाहरु चाही ” eww..ou…lopz..coolz…CuTe bla bla bla…अनि baby i’m rockstar भन्दै कामै नलाग्ने धन्दा तिर…” भ्रस्टचारी देशद्रोही देश को मालिक…जे मन लग्यो त्यो गर्यो रगत चुस्यो बस्यो…ओह्हो मेरो देश!!!! कहाँ बाट कहाँ पुर्याए!! आज उनि माथि भन्दै होलान…”देशको लागि लड्ने मान्छे सहिद भएछ…देशद्रोही पो मेरो देश को मालिक भएछ!”

    Reply
  31. निराजन says:
    June 6, 2014 at 10:06 am

    यी लाइनले हसाएको छ दुनियाँ।
    “साँच्चै कति अभद्र छन नेपाली नियोग।”-एक इन्डियन ड्राइभरको प्रतिक्रिया

    सधैँ घाममै बित्ने भो हामी नेपालीको जीवन,अस्तव्यस्त जीवन नेपालमा पनि अनि यो मरुभुमिमा पनि।आखिर यो भोगाइ कहिले सम्म?

    Reply
  32. Jay says:
    June 6, 2014 at 9:29 am

    धेरै राम्रो कुरा उठाउनु भयो तपाइले, कति सजिलो कुरा लाई कति गारो परेको देख्दा अचम्म लाग्छ | online फर्म भर्ने बनाई दिए झनै राम्रो, अनि यो दिन यति बजे तपाइको पालो छ है verification को लागि आउनु होला भने कति राम्रो हुन्थ्यो | आफुले फर्म भर्ना नजाने पनि साथीभाई हुन्छन, नभए cyber cafe हुन्छ, बरु अलि कति पैसा तिरेर भए पनि भरिन्छ नि नजिकैको cyber cafe बाट, यस्तो चर्को घाम मा लाइन बस्नु पर्ने थिएन अनि १ दिन को छुट्टि पनि त लिनु पर्ने थिएननि !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme