Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रमेश खरेललाई के कारबाही हुँदैछ ?

Posted on June 5, 2014June 5, 2014 by Salokya

kharelसार्वजनिक समारोहमा बिना प्रमाण प्रहरी उच्च अधिकारीहरुलाई आक्षेप लगाएको आरोप एसएसपी रमेश खरेलमाथि लगाइएको छ। डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले यो विषयमा खरेल दोषी रहेको भन्दै प्रतिवेदन पनि बुझाइसकेको छ। निर्वाचन आयोगले उनको सरुवा निर्वाचन आचार संहिता लागू भइसकेको भन्दै रोके पनि उनी एक महिने विदामा छन्। दोषी देखाइसकेपछि कारबाही हुने निश्चित छ। तर कस्तो कारबाही होला त ? के छ त प्रावधान ? सुरक्षा र अपराधसम्बन्धी खबर लेख्ने पोर्टल अपराध डट कमका अनुसार कारबाहीको प्रावधान यस्तो छ-
kharel
के होला कारवाही ?
प्रहरी नियमावली अनुसार प्रहरी कर्मचारीलाई सजायको आदेश दिनुअघि कारबाही गर्न लागिएको व्यहोरा उल्लेख गरी हुन सक्ने सजाय समेत खुलाई लिखित सूचना दिई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्नेछ। त्यस्तो लिखित सूचनामा निजउपर लगाइएको आरोप स्पष्ट रूपले किटिएको हुनु पर्ने र प्रत्येक आरोप कुन तथ्य र कारणमा आधारित छ सो समेत खुलाउनु पर्ने प्रावधान छ।
आरोप लागेको प्रहरी कर्मचारीले त्यस्तो सूचनामा उल्लिखित म्यादभित्र आफ्नो सफाइ र प्रस्तावित सजायको सम्बन्धमा लिखित स्पष्टीकरण पेश गर्नु पर्ने नियमावलीमा उल्लेख छ।

सोही प्रावधान अनुसार अब प्रहरी महानिरिक्षकले खरेल सम्बन्धी प्रतिवेदन प्रहरीले कानुन शाखामा पठाउनेछन्। प्रष्टिकरण लिने कारवाहीको सिफारिस गर्ने लगायतको प्रकृया कानुन शाखाले अगाडि बढाउने छ।

छानबिन समितिले उनलाई प्रहरी नियमावली विरुद्ध सजायको सिफारिस गरेको छ। प्रहरी नियमावली–२०७१ मा रहेको सजायबारे यस्तो प्रावधान छ।

(क) सामान्य सजाय
(१) शारीरिक परिश्रम हुने सजाय गर्ने वा नियन्त्रणमा राख्ने,
(२) नसिहत दिने,
(३) चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने,
(४) बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने,
(५) बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने,
(६) खाइपाई आएको बढीमा पाँच तलबवृद्धि घटुवा गर्ने,
(७) हालको पदको जेष्ठतासहित खाइपाई आएकोे शुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा
गर्ने।

(ख) विशेष सजाय
(१) भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट
हटाउने,
(२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट
बर्खास्त गर्ने।

उनलाई के सजाय होला त ? हेर्न बाँकी छ। विस्तृत विवरण अपराध डट कममा हेर्न यहाँ क्लिक गर्नुस्

उनले के बोलेका थिए ? हेर्नुस् भिडियो-

भिडियो सौजन्यः दिनेश लुइँटेल

23 thoughts on “रमेश खरेललाई के कारबाही हुँदैछ ?”

  1. sk says:
    June 7, 2014 at 4:11 am

    बाम देव लै खै कारबाई /रुल्स तोडेको मा /जसको सक्ति तेस्को भक्ति / नेपाल तेस्को बाबा को पेवा देश हो कि के ? जसलई भास्ताचार को आरोप लागको छ तेयै नै छानबिन समिति को संयोजक ???????वाट द फ———

    Reply
  2. Sisir says:
    June 6, 2014 at 4:43 pm

    खरेललाई कारबाही गर्नु पर्छ भन्नेलाई मात्र एउटा प्रस्न :
    ये बाबा खरेलले गल्ति चाही के बोले त्यो बताई दिनु न ? के पुलिस भन्दैमा आफ्नो संगठनको हितमा पनि बोल्न नपाउने, त्यो पनि भ्रस्टाचार बिरुद्धको कार्यक्रममा ?
    एउटा असल शाशन भएको देशमा एस्तो कदापी हुदैन .

    Reply
  3. Uttam Khadka says:
    June 6, 2014 at 12:30 pm

    रमेश खरेल माथिको कारवाहीले नेपालमा १००% भ्रस्टचारी सरकार र माफियाको साशन रहेछ भन्ने बुझिन्छ! एस विसयमा नागरिक समाज, प्रतिपक्ष बाट समेत केहि आवाज न उठ्नुले नेपालमा हुने भ्रस्टाचार बाट कोइपनि चोखो रहेनछन् भन्ने कुरा हामी सबैले बुझ्न जरुरि छ!

    Reply
  4. Kamal says:
    June 6, 2014 at 9:26 am

    जे भै रहेछ त्यो सरासर गलत र अन्न्यापूर्ण भै रहेछ भनेर कसैले नकार्न सक्दैन तर पनि रमेस खरेल ज्यु ले जो व्यक्ति हरु प्रति औला ठड्याउनु भयो तिनै समुहको आयोग ले निस्पक्ष्य समाधान ल्याउला भन्ने सोच राक्खेर आयोग को गठन भएको कदापि होइन, नतिजा के आउला भन्ने पक्कै पनि सबैलाई ज्ञात भएकै हुन्नु पर्छ

    Reply
  5. Regmi says:
    June 6, 2014 at 6:23 am

    म भबिष्यबानि त गर्न शक्तिन तर एआइजी सिफारिसमा नपरेका डिएआइजीहरुले दियको उजुरी र यमाओबादि प्रमुखले बढुवा प्रक्रियामा भ्रष्टाचार भयको भनेर सार्बजनिक बक्तब्यनै दियको परिप्यक्षमा एसएसपी रमेश खरेललाइ ठुलो कारबाही गरि “नायक” बनाउन वा कानुनि लडाई लड्न सरकार तयार छ जस्तो लाग्दैन/ अलिकति ढिलो भयो नत्र उप निर्बाचनमा स्वतन्त्र उठेको भय एसएसपी रमेश खरेलले जित्नै सक्थे किनकि नेपालीहरु र खासगारी काठमान्डूका जनताहरु नेताहरुले गरेको भ्रष्टाचार र कुसासनबाट दिक्कै भयका छन्/

    Reply
  6. ekraj says:
    June 6, 2014 at 5:25 am

    चेन ओफ कमाण्ड को आरोप मा रमेश खरेल लाई कारबाई हुन लागेकोले अब चेन ओफ कमाण्डमा निस्पक्षय अदालतमा यसको बहस र बाख्या हुनु पर्यो र यो सारा नेपाली समाज बिस्वस्था हुनु पर्यो कि कसरि रमेश खरेल ले चेन ओफ कमाण्ड तोडे भनेर|
    भ्रस्टाचारको मामिलामा नेपाल को सारा राज्य सत्ताई नै बदनाम छ र तेस्ता गदिबिधि रोक्न र इमाम्दारी र कर्मनिष्ठा को लागि आब्बहन गरेको थिए|
    यो कुराले जसलाई चोट पुर्याओ त्यो नेपाल को सब भन्दा ठुलो चोर हो भन्नुमा कुनै संका छैन|
    नेपालमा कुनै गतिलो नेता छ भने यो मुद्दालाई लिएर जन जागरण गराएर र एक जुट हुन पर्यो|
    के यस्ता कुरामा अन्तरास्ट्रिय न्यायको ढोका धक्धक्युना मिल्दैन|
    यो कुरा थाहा पाएर अन्तरास्ट्रिय मन्चमा नेपाल को नियेम कानुन मा कति खिल्ली होला?
    होइन एन आर एन बाट यस्ता कुरामा केहि पहल हुन सक्दैन?
    कि यी पनि तेही नेपालमा गएर भोज खाने र यस्तै भ्रस्ट सरकार को पछि लागि, नेपाल मा सहयोग र उन्नति गर्ने गफ हाक्ने तर पाए उल्टो नेपाल लाई नै ठग्ने हुन्|

    Reply
  7. kishor says:
    June 6, 2014 at 2:23 am

    नेपालमा रमेश खरेलहरुको कमि होइन, बुझ्ने जनताहरुको कमिले गर्दा हो साएद हाम्रो देश पछाडी परेको | जतिनै रमेश खरेलको पक्ष्यमा बोले पनि भोट हाल्ने बेलामा हामीले बामदेव, खुम बहादुर, गछादरहरु जस्तालै जिताउछौ पार्टीको नाममा, अनि सोच्छौं रमेश खरेलहरु जस्ताले केहि गरुन| देश बनाउनेहो भने आफ्नो आफ्नो पार्टी भित्रका भ्रस्टहरुलाइ ठिक पारौ अनि बल्ल रमेश खरेलहरुले केहि गर्न सक्छन यो देशमा|

    Reply
  8. madan bajracharya says:
    June 5, 2014 at 11:22 pm

    आलोचना, गलत कार्य नहुन दिन दिन दियको सुझावलाई समेत व्यक्तिगत गालि ठान्ने, आफुलाई दर्शन भेट गर्न नआयकोमा निहु खोज्दै छानविन समितिले कुनै ठहर गर्नु अघिनै लोकले रुचायको, अपराध कम गराउन बिशेस सफलता पायको रमेश खरेललाइ हुकुमी पाराले कार्यवाही गर्ने “बामदेव”ले उहिलेको राणाकालीन श्री३ सरकारको हुकुमी सरकारलाई समेत मात गरेकोछ/ कुनै बेला लोकले रुचायाको व्यक्ति मातृ ग्रिह मन्त्रि बन्ने ब्यबस्था बनेमा यो लोकले रुचायाको व्यक्तिलाई नरुचाउने बामदेव पद पाउने भोट पनि पाउने छैन/

    रमेश खरेल जस्तो भ्रस्टाचार र अपराध बिरोधि, राजनैतिक पहुँचलाई ढाल बनायर गलत काम गर्ने व्यक्तिलाई निरुत्शहित बनाउन रमेश खरेल जस्तो व्यक्तिलाइ अब हुने स्थानीय चुनाव गराउन बाधक ठान्ने बामदेव के ग्रिह मन्त्रि पदमा बस्न पनि लायक छ?

    आफै पार्टी भित्र चेन अफ कमाण्ड तोड्ने; गुटबन्दी गर्नेले रमेश खरेलले चाकरी गरेरको आधारमा प्रमोसन नदिन दियको सहि सल्लाहलाई “चेन अफ कमाण्ड तोडेको आरोप लगाउनु जत्तिको हाँसो उठ्ने कुरा सायदनै कुनै गाइ जात्राको दिन पनि हामीले हेर्न पाउला/

    Reply
  9. sujan says:
    June 5, 2014 at 8:49 pm

    इमान्दर र घुस नखाने मान्छे नेपालमा टिक्न गारो छ भन्ने कुराको पुस्टी भयको छ.
    आज यदी खरेल घुस लिने दिने मान्छे भयको भये यो कुरा निस्कदैन थियो, जनता जति उफ्रे पनि केही हुने वाला छैन, भनिन्छ नि ” जती उफ्रे पनी कुवाको भयागुत्तो कुवामै”. नियम कानुन बनाउने नै सुटकेस ओसार पसार गर्न थाले पछी कसको बाउको के नै लाग्छ र

    Reply
  10. ekraj says:
    June 5, 2014 at 8:13 pm

    नेपाल मा रमेश खरेल हजारौं हुनु पर्ने थियो विधिको बिधान लगाएर समाज मा सान्ति सुरक्ष्या र कम भ्रस्ट समाज को सम रचना को लागि | तर बिडम्बना, सारा पुलिस का ठुला हाकिम, मन्त्रि, अदालत का न्यायेदिश सबै को धन्दा भनेको घुसी हो | यो सर्ब विदित नै छ|
    तेसैले रमेश खरेल जस्ताले ब्रिफकेश बोकेर बामदेव कहाँ जाने, ओली कहाँ जाने, अरु कांग्रेसी नेता का जाने पुलिश ति नेता र मन्त्रि को दुइ नम्बरी कमाइको लागि उनि ठुलै पर्खाल भएको स्थिति स्पस्था देखिन्छा|
    रमेश जस्ता नेपाल प्रहरीमा धेरै संक्यामा हुने , सचिब र मन्त्रि हरुमा पनि तेस्तै कर्मानिस्थ
    भ्रस्टाचार को बिरोद्मा केहि गर्ने सोच मान्छे भएको भए यो कुनै इस्यु नै होइन|
    उनको भनाइ मा कसैको नाम छैन, तर यी करबि गर्न तम्सेकाहरुमा मुटुमा ढ्यांग्रो ठोकेछा त्यो पक्का हो |
    यदी पनि भ्रस्टाचार प्रति जिम्मेवार सरकार भएको भए, जना समाज मा भास्त्रचार को खिलाप र बामदेव को अहंकार र बैमानी माथि यत्रो कुरो उठे पछि, यस्ता हराम्खोर हरु को तलाशी प्रमाण जुतौना तिर सरकार को न्यायिक अंगहरु अगाडी सर्ने थिए|
    यसमा एमालेका नेता र मन्त्रि, कांग्रेस का नेता र मन्त्रि र मायोबादी, खयोबदी, मधेसी पार्टी का नेता सब मिलेका छन्|
    यी सब चोर हरुको लागि रमेश खरेल ठुलै काँडा भए| इनिहरु इनको पाए सम्म जागिरे खोस्न तम्सेका छन्| तेश माथि रमेश हाकिम हरुता तेसै पनि बामदेव को इच्छा पुरा गर्न सके भने प्रोमोसन पनि पौने, लुट को धन्द्दा पनि निरन्तर गर्न पाइने भएकोले; सब एकजुट भएर, रमेश खरेल लै पाठ सिकौना लागि परेका छन्|

    नेपाल का जनता र भ्रस्टाचार, गुण्ड, आतंक कारी, चोर बदमास, नैतिक हिन राजनीतिक स्वाँठ हरुलाई तह लगुना सबैले रमेश र उनि जस्ता लै सहयोग गर्न लागि एकजुट भएर यस्ता निकम्बा सरकार को बिरोध मात्र होइन सम्बंदित निकाएबामदेव र उ जस्ता लै कराबाई गराउनु पर्दछ|
    साले डाँका हरुले चलाएको देश को न्याय भनेको यस्तै होला ?

    Reply
  11. D. Bhandari says:
    June 5, 2014 at 5:54 pm

    अन्याय हुन दिने हामी आम नेपालीहरु पनि अपराधी हौ भन्ने लाग्न थाल्यो / इमान्दार रास्ट्रसेवक सिपाहीको समर्थन मा सडक बाटै भय पनि आवाज उठाउन साथी हो/ एक जना इमान्दार leader ले lead गर्नुस हामी जनताले अपार साथ दिने छौ! जय मातृभूमि!

    Reply
  12. Dhital says:
    June 5, 2014 at 5:47 pm

    लौ है नया समाचार आयो, सुशील दा चिनतिर लागेछन, बामेको खाडो जाग्यो ! प्रधानमन्त्रि रे ???????? गृह मन्त्रि मात्रै हुदा त त्यत्रो रगरग चकचक गरेको अब झन् के उधुम मचाउने हो ! फेरी एस्तो कमेन्ट लेखेको भनेर मलाई नि समात्ला नि डर पो लाग्यो त !
    जय मेरो देश अनि जय जनता जनार्दन सबैको जय होस् !

    Reply
  13. Dhital says:
    June 5, 2014 at 3:04 pm

    यो रमेश खरेल भन्ने राष्ट्र सेवकलाइ कारवाही गर तर एउटा कुरा याद राख, यो देश मा न्याय र सत्य मरिसकेको छैन ! सधै खुमे, बामे, माकुने, झले, के. पी, प्रचंडे, शेरे, गच्छे, गोविंदे, कमले, सुर्जे (सुर्यबहादुर), पशुपतिसम्सेर, लोके, रामसरण महत, शुजाता, बिद्या, सरिता गिरि अनि अरु येस्तै देशका कुपुत्रकुपुत्रीको मात्रै पालो आउला त ? नेपाल प्रहरीका प्रधुम्न कार्की, मातृका ठाकुर र शेष समजान जस्ता पनि छन् ! रमेश खरेल लाइ कारवाहीको माग गर्नेले त्यो प्रहरी अनि आर्मीलाइपनी कारवाही गर जसले बामेलाई बाटो काट्दा रोक्न र भन्न सकेन !
    कारवाही गर्ने पातहरु, कालले बिर्सेका यिनलाई !

    Reply
  14. Ram Thapa says:
    June 5, 2014 at 2:09 pm

    त्यसैले नेपाललाई सतिले होइन भीमसेन थापाले सरापेको देश भन्छु म, हाम्रो देशमा इमान्दार, देश भक्तहरुलाई जहिले पनि यी नेताहरुले यसै गरि दुख दि रहेका हुन्छ रमेश खरेल होइन हाम्रा गृह मत्रिले पो राजिनामा दिनु पर्ने हो क को कारवाही स्यबशी पो दिनु पर्ने सहि कुरा गर्नेलाई .

    Reply
  15. BT Malla says:
    June 5, 2014 at 1:25 pm

    बुढापाकाले भन्ने गरेको ” नेपाल सतिले सरापे को देश ” , अहिले मलाई पनि साचिकै हो जस्तो लागि रहेको छ / जसले, देशलाई भ्रस्टाचार र गुन्डागर्दी बाट मुक्त गराई मानव समुदाय लाइ शांतिपुर्बक बस्न र बाच्न लाएकको ठाउं बनाउनकालागि अफ्नो सम्पूर्ण जीवन खर्च गरे अहिले तिनै लाइ नानाथारिका कारबाही र सजाय दिने रे भनेको सुन्दा छाती चसक्क दुखेरे आयो/ येदि येस्तै हो भने एकदिन नेपाल मानिसहरु बस्न लायेक्को ठाउँ हुने छैन र येहाँ जसले जे गरे पनि हुने अनि मान्छे ले मान्छे खाने दिन न आउला भन्न सकिन्दैन /// धिक्कार छ तिनीहरु लाई जसले नेपाल लाई गुण्डा राज वा रावण राज बनाउन लागि परेको छ ////

    Reply
  16. achut says:
    June 5, 2014 at 12:34 pm

    मेरो गाऊ का एक जना श्रदेय दाई मा.ले.प.को कार्यालय मा उच्च पद मा कार्यरत हुनुहुन्छ/अहिले सम्म पनि उहा कर्मचारी सुबिधा को बस मा साधारण कर्मचारी संगै अफिस आउ- जाउ गर्नु हुन्छ जसले गर्दा कलंकी बाट ८ बजे खान खाएर बाटो मा निक्लिसक्न लाई घर मा चाडो उठेर भुजा बनाउन नि गार्हो होला, उहा को घर मा नोकर-चाकर छैनन्,छोरा हरु राम्रो पद्छ्न तर महँगो स्कुल मा ग’का छैनन् उहा का छर- छिमेक देखि परिवार का सबै ले भन्छन ‘ए गाडी किन,छोरा हरु लाई सुबिधा देउ, भाउजु लाई गहना किन्देउ…….”तर उनि टस का मस छैनन् येही समाज मा उनलाई कसैले ठिक गर्यो भन्दैनन बरु “बाउ हुने ठाउँ मा पुगेर नि छोरा हरु तेस्तो स्कुल मा पढ्छन, स्वास्नी बुचै छे न गाडी-घोडा,न सर-सम्पति ल्वाठ रे छ संगै का पिउन को बच्चा कस्ता छन भोलि सन्तान ले धिक्कारछन……” ढाड पछाडी उन लाई प्राय भनिने नै येही हो/उनले गर्दा कति बडा हाकिम हरु रुस्ठ, होलान कति का आम्दानी घटेका होलान,कति का गास का ढुंगा होलान उनि…… उनि जस्ता मान्छे न’त यो समाज का लागि राम्रा छन न’त सिस्टम(चेन अफ कमाण्ड ) लागि राम्रा छन न’त घर परिवार अनि सन्तान का लागि राम्रा छन/ तेसैले येस्ता ‘अ सामाजिक ल्वाठ’ हरु लाई फेरी ‘सरकारी नोकरी का लागि कहिले पनि योग्य नहुने गरि” निकाल्नु पर्छ अझ सके देश नै निकाला गर्न पर्छ ‘रमेश खरेल’ लाई हद सम्म को कारवाही हुनु पर्छ/म आदरणीय महामहिम ‘श्री १०८ स्वामी बाम बिरबिक्रम गौतमदेव’ का चरणकमल म जाहेरी चढाउछु///

    Reply
  17. कमल नेपाल says:
    June 5, 2014 at 12:15 pm

    हुन त फिल्ममा सुरु सुरुमा नायकले अलि बढि नै चुटाई खान्छ…तर जब अन्त्य आउछ, तब नायकले खलनायकहरुलाई पराजित गरेकै हुन्छ……तर नेपालमा कैले हुने यो गन्धे राजनैतिक फिलिमको अन्त्य ?

    Reply
  18. डिल्ली says:
    June 5, 2014 at 11:41 am

    “म भन्छु। नेपाल प्रहरीको अब प्रमोसनको बेला आएको छ। सात महिनापछि बल्ल गाँठो फुक्यो नेपाल प्रहरीको। माननीय मन्त्री ज्यु, भ्रष्टाचारीलाई प्रमोसन नदिनुस्। मलाई आशा छ, यति गरेपछि उहाँहरुलाई पुग्छ होला, यति भनेपछि उहाँहरुलाई पुग्छ।
    अहिले सुटकेसहरु बोकेर पावर सेन्टर जाने, चाकडी गर्ने, मलाई प्रमोसन गरिदे अथवा फलानोलाई प्रमोसन गरिदे भनेर ‘हजुरकहाँ पनि खुब आए होला। जो हजुर कहाँ भिजिट गर्छ, ती अपर्चुनिस्टहरु हुन्। पावरसेन्टरमा जाने कर्मचारी अपर्चुनिस्ट हुन्। यसले तपाईँलाई मात्र हैन, हाम्रो नेपाल आमालाई पनि असर गर्छ। कृपया यसमा ध्यान दिनु होला। नेपाल प्रहरीको प्रमोसनमा भ्रष्टाचारीलाई प्रमोसन नदिने र इमान्दारलाई प्रमोसन दिएर एउटा एक्साम्पल सेट गरिदिनका लागि म अनुरोध गर्दछु।”

    यो माथीको भाषणमा प्रहरीको “उच्च ओहोदा”का भन्ने पनि छैन । न त को कस्कोमा गएको भन्ने छ । पुलिसकै पावर सेन्टरकाहरू सरकारको पावर सेन्टरमा गएको भन्ने पनि छैन । जुन पदको पुलिस पनि जान सक्ने खालको भाषण छ । के हो चोरको खुट्टा काट भन्दा डिआइजी सापहरू खुट्टा तान्दै छन् कि कसो ? डिआइजीको एआइजी बढुवामा ३ करोडको चलखेल भनेका पनि छैनन् उनले । यो नाटक मञ्चन उनी प्रतिको पूर्वाग्रही मानसिकताको उपज मात्रै हो भन्ने प्रस्ट हुन्छ । हाइजम्प काम्रेड वामदेवको चाहानामै मात्र कार्यवाही हुन सक्ने रहेछ इमान्दार र कर्तव्य निष्ठ राष्ट्रसेवकलाई ?

    Reply
    1. premji says:
      June 5, 2014 at 6:34 pm

      यो चोरको खुट्टा काट भन्दा खुट्टा उचाले जस्तै होला |

      यो प्रकरणले प्रहरीको “उच्च ओहोदा” को बारेमा राम्रो जानकारी गरायो | बरु रमेश खरेललाइ नधम्क्याएको भए यति बेइज्जेत हुन्थेन होला, यसले रमेश खरेलको वाहि वाहि र भ्रस्टचारीलाइ थु थु भएको छ, त्यसैले मा त भन्छु — रमेश खरेलाई कारवाहीको प्रक्रिया अझै अगाडी बढाउदै गए हुन्छ | कारवाहीमा पर्नेको भन्दा कारवाही गर्नेको बढी बेइज्जेत हुदै गइरहेको छ, त्यसैले यो सतिले सरापेको देश होइन रहेछ आखिर !

      Reply
  19. govind thapa says:
    June 5, 2014 at 11:36 am

    जनता जति उफ्रे पनि कारबाही हुने पक्का पक्कि भैसक्यो ..कुनै एउटा संस्थाको प्रतिनिधित्व बिना जनताले पनि केहि गर्न सक्दैन यसको बिरोध गर्नलाई एउटा कुनै संस्था जागरुक भएर अगाडी बढ्ने हो भने पक्कैपनि साथ दिने आधार हुन्छ ….

    Reply
    1. Prakash says:
      June 5, 2014 at 1:11 pm

      गोविन्द थापा जी, सबै संस्था त्यहि कपुत हरुको चाकरी गर्ने हुन् | नगर्ने भए किन सबै चुप ? शान्ति जनतालाई मात्रै चाहिएको छ र ? संस्था चाही अब आफै देशभक्त मिलेर खोल्नु पर्ने भो | यसमा सोच्ने बेला आएको छ |

      Reply
      1. jeevan verma says:
        June 6, 2014 at 9:24 am

        किन ढिला त शुरु गरौन त ? मा सक्दो सहयोग गर्न तयार छु र लग्छ लाखौ भने पनि हज्जारौ जना सकेको सहयोग गर्न तयार हुनु हुन्छा होला ?

        सुरु
        गृह मन्त्रि बाट बामे फाल
        ए माले बाट काजु कान्छा फल ( किन कि सबै खराबी हो जड डा काका हो )
        अनि कनग्रेइ भ्रस्ट फल
        अनि नया शक्ति को उदय गरौ

        Reply
  20. praveen says:
    June 5, 2014 at 11:13 am

    i believe the program he was attending was regarding corruption and therefore what he spoke there wasn’t unrealistic and to the point meaning in relation to the program theme. what i don’t understand is the government of nepal has given the constitutional right to every citizen with freedom of speech, he has therefore used his fundamental right to speech. there should be no problem to anyone nor should Mr. kharel be punished for exercising his rights

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme