Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमाले कार्यकर्ता आफ्नै नेतालाई भन्दैछन् – कमरेड ! तपाईँ गोठालो भैसक्नुभो

Posted on June 7, 2014 by mysansar

-सन्तोष पौड्याल-

सामान्यतया गोठालो शब्द गाईवस्तु रेखदेख गर्ने व्यक्ति अथवा घरमा पालिने चौपायाको स्याहारसंरक्षण, पालनपोषण, आहारबिहार र अन्य आइपर्ने काम गर्नको लागि खटाइएको कर्मचारीलाई दिइने पद हो।

गोठालो हुने व्यक्ति चौपायाको नभई मालिक वा स्वामीको हुने गर्दछ। एउटा निमुखा प्राणीको लागि मालिक वा गोठालोको खासै अर्थ रहदैन, उसलाई जसले स्याहारसुसार गर्छ त्यो नै उसको प्रिय हुन्छ।

उसको अगाडि प्राणीले पुच्छर हल्लाउँछ मौका मिले चाट्छ लाडिन्छ आदि इत्यादी। जसरि प्राणीलाई गोठालोसंग नभई सुसार संग सरोकार हुन्छ, त्यसैगरी गोठालोलाई पनि प्राणी भन्दा मालिकसँग नै बढी सरोकार हुन्छ किनकि गोठालोको पारिश्रमिक तोक्ने, दिने पदोन्नति गर्ने वा जागिर बाट हटाउने सम्पूर्ण अधिकार निमुखा प्राणीमा नभई त्यसको स्वामीमा नै हुने गर्दछ।

गाईवस्तुको स्याहार गर्ने त उसले मालिकलाई रिझाउन वा खुसि पार्न हो ताकी उसको जागिर खतरामा नपरोस।यो आलेखको उधेश्य गोठालो, प्राणी र स्वामीको बारेमा प्रकाश पर्ने भन्दापनि नेपालको समकालीन राजनीतिमा छाएका युवाहरुको अलौकिक भ्रम संग सम्बन्धित छ। पुरानो, राजतन्त्र जस्तै मक्कीइसकेको, समयले परिक्षण गरि केहि अर्थमा पाखा पनि लगाइसकेको र वर्तमानमा हेर्नका लागि कुनै आशा नै बाँकि नरहेको नेतृत्वप्रतिको अन्धभक्तिसंग सम्बन्धित छ।

योगेश भट्टराई, राजेन्द्र राई, गोकर्ण बिष्टजस्ता युवानेताहरु नेकपा एमाले भित्रका यस्ता उर्जा हुन्, जसले मजस्ता एमालेप्रति श्रद्धानिष्ठापूर्वक लाग्ने तमाम युवा कार्यकर्तालाई ताप-राप र शक्ति प्रवाहमा आवश्यकताअनुरुप निरन्तर बल, ढाडस वा सान्त्वना प्रदान गर्दै आइरहेका छन् चाहे त्यो माओवादीको उग्रकालमा होस् वा चाहे कांग्रेसको गुन्डाराजमा।

उनीहरु तमाम युवा कार्यकर्ताका आदर्श र आशाका प्रतिमूर्ति पनि हुन्। जब यस्ता प्रतिमूर्तिहरु चैते बहरझैँ दिशाविहीन भएर अमुक लक्ष्यतर्फ लामबद्द हुन्छन, उनीहरुलाई बचाउने जिम्मेवारी पनि मजस्ता कार्यकर्ताको काँधमा नै पर्दछ।

गत हप्ता राजधानीमा आयोजित पूर्वान्चलस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा कमरेड योगेश भट्टराईले राखेको मन्तब्यका केहि अंशहरु छापामा पढेपछि म जस्तो एमालेको टुक्रामा नभई ढिक्कामा बिश्वास राख्ने शुभचिन्तक लाई केहि नलेखी निद्रा नै परेन।

असार २५ पछि एकै एमाले भै हिँड्नु पर्छ भन्ने कमरेडको मन्तव्यले सरासर के इंगित गर्दछ भने उहाँ अहिले एमालेको युवानेता भन्दा पनि कुनै स्वामी-भक्तिमा लिन हुनुहुन्छ।

कुनै मालिकको आराधनामा ब्यस्त हुनुहुन्छ। कुनै नेतालाई खुसि पर्ने तपस्यामा ध्यानमग्न हुनुहुन्छ। ताकी निकट भबिस्यमा पाइने तथास्तुले उहाको स्वार्थसिद्धमा भूमिका खेलोस्।

कमरेड यतिसम्म अचेत हुनुभएको छ कि आफु वर्तमान मै गोठालो भैसकेर पनि भबिष्यमा गोठालो हुने हो कि ? भन्ने भयरुपी हुंकार लोक सामु पोख्दै हुनुहुन्छ। जो आफु मालिक हुने क्षमता राख्दाराख्दै गोठालो ग्रहण गर्न लालायित हुन्छ।

सिंगो पद्दतिलाई नै जीवित र चलायमान राख्नुको सट्टा एउटा स्वामीको स्याहार-सुशारमा तल्लिन रहन्छ जसले पार्टीको विचार प्रेषण, प्रजातान्त्रिक पद्दतिको अशल अभ्यास र संस्थाको स्वाभिमान अच्छुण राख्नु पर्ने मा एउटा पुरानो र त्यहीमाथि समयचक्रले घुमाउदा-घुमाउदा किनारा लगाएर विश्रामको लागि अनुमति दिएको नेताको पछाडी लागेर गुडगानमा घडी खर्चन्छ उसले आफुलाई गोठालो देख्नु स्वभिक हो, तर एउटा सम्भावना बोकेको युवानेता त्यो दिशा तिर लाग्दा लाखौ आस्था मनहरुको मुटु प्रताडित हुन्छ।

एमाले पार्टी न त कसैको पुर्खौली बिराशत हो न त कसैले आर्जेको धनपिण्ड। यसको मलजलमा कार्यकर्ता र सुभचिन्तकको रगत पसिना घुलित छ। वर्षौदेखीको लगानीले यसको प्रत्यक कोष-कोष जीवित भएको छ। यो कुनै राजसंस्था जस्तो वर्षौसम्म एकलौटी शासनको अभ्याश गर्ने थलो पनि होइन। योग्यता र क्षमता हुने जो कोहि ले पनि नेतृत्व गर्ने समान अवशर पाउनु पर्छ। १५ वर्ष एकलौटी राज गरिसकेका माधव नेपालले झलनाथ खनालले जस्तो महानता प्रदर्शन गर्न किन नसक्ने?

केपी ओली, बामदेव गौतमहरुजस्ता नया अनुहारहरुलाई देशले देख्न किन नपाउने ? विचारणीय सबल हो यो, जसलाई योगेश भट्टराई जस्ता आशाकेन्द्रहरुले निर्धक्क अनुमोदन गर्न सक्नु पर्दछ|अनुमोदन गर्न सकिन्न भने आफैले नेतृत्वको लागि पाखुरी देखाउन सक्नु पर्छ। अनुमोदन गर्न पनि नसक्ने अनि आफैले रथ हाक्न पनि खुट्टा कमाउनेले अरुको पछाडि लागेर गुटबन्दी गर्न हुदैन भन्ने खोक्रो उपदेश छाट्नु हजारौ कार्यकर्ता र लाखौ शुभचिन्तकको आँखामा छारो छर्नु बाहेक केहि पनि होइन।

नेपाली कम्युनिस्ट मैदानमा एमालेलाई यो उचाईमा पूर्याउन माधव नेपालको भूमिकालाई अवमुल्यन गर्न सकिन्न। उनको समन्यकारी र रणनीतिक भूमिकाले एमालेको उचाई थप्न खेलेको भूमिकालाई हामीले बिर्सिनु हुन्न। तर त्यसो भन्दैमा कुनै एक व्यक्ति उसको जीवनकालभरि एउटा प्रजान्त्रिक मूल्य र मान्यता बोकेको पार्टीमा बसिरहनु भनेको १९९९ मा शताब्दीका उत्कृष्ट विश्व खेलाडी घोषित भएका पेलेलाई आउदो विश्वकप फुटबलमा खेलाडीको रुपमा सहभागी गराउनु जस्तै हो। अब माधव नेपालको भूमिका अभिभावकको रुपमा पार्टी अग्रगतिका लागि सल्लाह, सुझाव र आवस्यक पर्दाका घडीमा समन्नय गर्नुबाहेक अरु केहि पनि हुन सक्दैन।यो तमाम कार्यकर्ताले पूर्व-महासचिव लाई दिन चाहेको सम्मान हो, परिक्षण गर्न चाहेको भूमिका हो।

वस्तुत नेपाली आकाशमा गुटगत राजनीतिका लागि पुरानो पुस्तालाई हौस्याउने कमरेड भट्टराई जस्ता युवानेता नै हुन् जसले गुटबन्दीको प्रारम्भ आफूबाट गर्छन, स्वामित्व ग्रहणको अपेक्षा अरुबाट राख्छन। बिवादित र आशान्दर्भिक अभिव्यक्ति आफुले पोख्छन, दोषारोपण अरुलाई गर्न रुचाउँछन्। जसले सिंगो राजनीति लाई नै धमिलो बनाइरहेको छ।
अब युवानेताहरुले जिम्मेवारीपूर्ण निर्णय गर्ने बेला आएको छ। सके युवासमुह नसके एउटा सक्षम नेतृत्व पंक्ति राष्ट्रलाई दिनका लागि महत्वपुर्ण भूमिका खेल्ने बेला आएकोछ।

पटक पटक पार्टी र जनताबाट परिक्षण भैसकेका नभएर पार्टी लाई नया गति दिन सक्ने जोश र जागर भएका नया अनुहारहरुलाई छान्न सहयोग गर्ने बेला आएको छ।अझ भन्नुपर्दा केपी ओली , बामदेव गौतम, इश्वर पोख्रेल र बिष्णु पौडेल जस्ता परिक्षणको पर्खाईमा बसेका नेताहरुलाई स्वीकृति दिने बेला आएको छ।

अब विचार गर्ने पालो कमरेडको नै, एउटा नया प्रणालीको पर्वतक बन्ने वा गोठाल्याई ग्रहण गरि गोठालो नै बनाउने भए भनि सार्बजनिक चित्कार गर्ने।

लेखक एमाले समर्थक प्रवासी नेपाली मंच, नर्वेका सचिव हुन्।

30 thoughts on “एमाले कार्यकर्ता आफ्नै नेतालाई भन्दैछन् – कमरेड ! तपाईँ गोठालो भैसक्नुभो”

  1. ekraj says:
    June 8, 2014 at 6:44 pm

    एउटा बुड़ो गोरु जस्तो कोरेली ओगद्ने गर्ने केहि हुति नभएको हो भने अर्को बानी बेहोरा हेर्दा उसको संगत भनेको सिधै नर्कको बास | जीवनमा केहि गतिलो कम गर्न सक्ने आफुलाई केहि उपयोगी बनाए भयो ra केहि गर्न नसक्ने हो भने पनि कसैको केहि नाबिरागी बस्नत सकिन्छा| यस्ताको पछि लागेर यस्ता लेख लेखेर किन आफ्नो र अरुको समय बर्बाद गर्ने| मै संसारका पाठक ले लेखक को केहि बिगारेका छैनन् होला?

    Reply
  2. dipesh says:
    June 8, 2014 at 6:27 pm

    अरुलाइ चाकडिको आरोप लागाउनेले फेरि आफ्नै लेख पढ्नि अनि चाकडि हो कि हैन खुट्याउनु? कतै केबामे (केपि बामे) ग्रुपले जितेमा यसो यहि लेख देखाएर चोचोमोचो देखाउन पाइन्छ भन्ने सोचत हैन? खैर राजनिति गफ एकातिर राखेर भन्दा, देशको लागि केबामे आएपनि, वा माकुने गुट आएपनि कुनै फरक पर्ने छैन। ति सबैका खुट्टि देखिसक्या छन जनताहरुले अब लुगै खोलेर पुरै शरिर देखाउन जरुरि छेेैन तिनको तागत वा हुति देखाउन। दुखको कुरो, युबा भनेकाहरु जब पार्टिमा नेतृत्बमा पुग।ने बेला हुन्छ ति पनि त्यस्तै डाँडापारिको जुन जस्ता भैसकेका हुन्छन। कुरा युबा पुस्ता र बुढा पुस्ताको जुहारि कति जुनि सम्म चल्ने भन्ने मात्रै हो। (मै बुढो भएछि, नाति आउनेछ दोहोरिमा अहिले जस्तै)…चलरहाहे और चल्तारहेगा भने जस्तै हो।

    Reply
  3. LAX from JAPAN says:
    June 8, 2014 at 3:37 pm

    माकुनेको प्यानल-सुरेन्द्र,घनस्याम,गोकर्ण आदि
    ओलीको प्यानल-बामदेव,विध्या,इस्वर आदि

    कुन नयां पुस्ता,कुन युवा पुस्ता?

    Reply
  4. Sisir says:
    June 8, 2014 at 1:44 pm

    ४५ काटे युवा ६५ काटे नया अनुहार, कांग्रेसको गुण्डराज अनि गालि र गुन्डा सिरोमानी ओली र औठा छाप बामदेवहरु शान्तिका मसिहा, कटि हास्ने म ट हासेरै मर्ने भो बाई ..
    जे होश लेखकले राम्रै चाकरी बजाउने प्रयास गरेछन तर यो लेखमा गुटको चाकरी भन्दा गुदी(सार कुरा) चाही केहि भेटिन ..
    एउटा कुरा चाही पक्का हो , कथम कदाचित यी ओली मनुवा देशको प्रधानमन्त्री(आलो पालोको सत्ता सम्झौता अनुसार अर्को बर्ष यिनको पालो आउन सक्छ ) भए भने सारा नेपालीको टाउको सरमले झुक्ने छ . के बामदेव उपप्रधानमन्त्रि को हर्कत नै काफी छैन र यिनका गुरुलाई पनि बेहोर्न पर्ने हामीले ? प्रार्थन गरौ एस्तो दिन नआओस ..

    Reply
  5. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    June 8, 2014 at 10:19 am

    यहाँ कुरा पुरानो अनुहार वा उमेरले बुढो वा धेरैपल्ट भैसकेकोले पाउनु भएन भने कुरै गलत छ | कुरा क्षमताको हो, र तुलनात्मक रुपमा को राम्रो भन्ने हो | हो नयाँ अनुहारले पालो पाएको राम्रो र तेस्तो संस्कार पनि बसालिनु पर्छ | तर नयाँ आउने व्यक्तिहरूले पनि सामर्थ्य र क्षमताले बुढोलाई प्रतिस्पर्धाबाट पराजित गर्नु पर्यो | संगठन, कुटनीति, इमान्दारी, समन्वय, र लोक्प्रियेताले बुढोलाई पराजित गर्नु पर्यो | सब गुण छ भने कसले रोक्न सक्छ ? कि त सब कार्यकर्ता को दिमागमै गोबर हुनुपर्यो वा दादागिरी गरिएको हुनुपर्यो, हो भने पनि यो तेस्तो रोक्न सक्ने आउनु पर्यो, होइन भने बुढो होस् तर उसले जित्छ भने उसले लड्न नपाउने हुनु भएन | कुरा यति मात्र हो कि स्वच्छ प्रतिस्पर्धा हुनु पर्यो, युवाहरूले पनि आफुलाई उमेरले मात्र युवा भन्दैमा हुन्छ र, पार्टी हाक्न सक्ने अनुभब र सामर्थ्य विकास गर्नु परेन ? आफ्नो कुरा र व्यवहारले सब को मन जित्नु परेन? मेरो विचार मा माकुने ले फेरि लड्न पाउने उसको हक हो, अनि केपी र बामदेव यी सब एउटै पुस्तामा नेता हुन्, यिनमा केहि फरक छैन | उमेर भन्दैमा हुन्न, बुढोले पनि अपरिपक्क कुरा गर्न सक्छन, युवाले पनि परिपक्क कुरा गर्न सक्छन | मान्छे को काम, उपलब्धि, कुरा, सामर्थ्य र इमान्दारिता हेरेर भोट हल्नुहोला, मेरो यहि अनुरोध छ | अब सब चोरै चोर भए अलि ज्ञानी चोर छ कि भन्ने कुरा हेर्नु उपयुक्त होला |

    Reply
  6. Shisir says:
    June 8, 2014 at 9:40 am

    के पी आेली ,बामदेब नया अनुहार…..फेरी हँसायो पासाले…म ट कटी हँासने होला…हु..हु…,

    Reply
  7. Bayan says:
    June 8, 2014 at 5:33 am

    मलाई त डा. अरुण सायामिकै भनाइ सार्है घत लाग्छ: “एमाले भनेको एस्तो पार्टी हो जो आफुलाई कम्युनिस्ट भन्न पनि छोड्दैन र कम्युनिस्ट शिद्दांत पनि मान्दैन”/ एमालेका टप टेन नेताहरु मद्धे कुनै नेतालाई सोध्नुहोस “तपाइंको घरमा त हिजो सत्य नारायणको पुजा लगाएको रे हो भनेर”/ उसको जवाफ हुन्छ: “यस बिसयमा के भन्ने भनेर हाम्रो पार्टीमा कुनै निर्णय भैसकेको छैन”/

    Reply
  8. Narayan Poudyal says:
    June 8, 2014 at 4:56 am

    लाखौ कार्यकर्ता छन् भनेर धक्कु लगाउने पार्टी का नेताहरु ले यो पछि त्यो, त्यो पछि तिनी, तिनी पछि ईनि, ईनि पछि उनि, भनेर उत्तराधिकारी तोक्दै हिडे पछि, योगेश भट्टराई जस्ता नेकपा एमाले भित्रका यस्ता उर्जा जसले तमाम युवा वा कार्यकर्तालाई ताप-राप र शक्ति प्रवाहमा आवश्यकताअनुरुप निरन्तर बल, ढाडस वा सान्त्वना प्रदान गर्दै आइरहेका छन् चाहे त्यो माओवादीको उग्रकालमा होस् वा चाहे कांग्रेसको गुन्डाराजमा, अनि तेस्त योगेस ले जे पायो तेही सम्झौता गर्दै हिड्ने नेता लाई थरकाउदा negativ लेख अबम कमेन्ट लेख्नु मैले कुनै कारण देख्दिन /

    Reply
  9. sam says:
    June 8, 2014 at 2:33 am

    सरकारी कर्मचारी राजनीति गर्छन
    ब्यापारी राजनीति गर्छन
    बिद्यार्थी हरु राजनीति गर्छन
    पत्रकार हरु राजनीति गर्छन
    पत्रिका हरु राजनीतिक hunchan
    कर्मचारी हरु राजनीति गर्छन.
    सबै जना राजनीति मात्र गर्ने देश कुन हो ???
    नेपाल

    Reply
    1. Bayan says:
      June 9, 2014 at 12:55 am

      के गर्ने साम सर, राजनीतिमा लागेन भने मान्छे मर्यो वा मारियो भने पनि न्याय नपाउने अवस्था भयो/

      Reply
  10. amrit says:
    June 8, 2014 at 1:33 am

    एमालेका यी बादी हटाउनु पर्छ ! डनबादी – केपी , धनबादी- बामदेब ,,,,, साच्चिकै एमालेको कार्यकर्ताले यी बादिलाई हैन माधब कुमार नेपाल लाई सपोर्ट गर्छ !

    Reply
  11. Dharm Bahadur GC says:
    June 8, 2014 at 12:52 am

    माकुरे र ओलीको पक्ष्यमा लागेर अरु किन झगडा गरि रहेका छन बुझ्न नै सकियन ? एउटाले १८,२०बर्श सक्ति र पदमा रहदा पनि जनहितमा केहि गरेन , अर्को अध्यक्ष्य भएर पनि केहि गर्ला जस्तो छैन.

    Reply
  12. Manoj Thapa says:
    June 8, 2014 at 12:40 am

    १. नेपालमा जताततै असफल भएर विभिन्न देशहरु हुँदै दलालमार्फत बर्सौं लगाएर र बीसौं लाख खर्छ गरेर, येदि भाग्गेले साथ दियो भने बल्ल बल्ल कुनै यूरोपियन देशको पुग्छ र नेपाली पस्स्पोर्ट एरपोर्टमै च्यातिदिन्छा. तेश्पछी एरपोर्टमै लम्पसर परेर सुत्छ. अनि asylum मा आफ्नो नाम दर्ता गर्छ.
    २. नेपालमा माओबादी ले घरमा आगो लगाइदिएको, करोडौको सम्पति लुटेरा लागेको, अफ़न्तहरु सबैलाई मारेको, र आफुपनि देश फर्कने बित्तिकै समातेर मार्ने. नेपाल भनेको संसारमै खतम, मानिस बस्ननै लायक नभएको भन्दै देशको अस्मिता बेचेर, देशलाई सत्ता सराप हालेर, देश नर्क भन्दापनि खतम भएको प्रमाणित गरेर, तेही देशको ग्रीन कार्डपाउ भनि नेपालबाट सबै नक्कली documents बनाएर पेश गर्छ. अनि ग्रीन कार्ड लिंछा.
    ३. तेस्पछी संगठन खोल्न थाल्छा, गुठ बन्दि गर्न थाल्छा . अरुलाई धाक धम्कि, रबाफ देखौन थाल्छा. अरुको सबै नराम्रो आफ्नो मात्र राम्रो भन्न थाल्छा. मानौ उ मात्र संसारको सर्ब श्रेष्ठ मानिस हो.
    ४. अनि बिस्तारै नेपालकै जस्तो भात्री संगठन वा संगठन को कुनै गुठ, उप गुठ बनौछा अनि कुर्लने, नेपाली झन्डा बोक्ने, भासन ठोक्ने, नेतालाई खादा र माला लगिदिने, नेपाल आउंदा interview दिने, येसो भएन, उसो भएन भनेर कुर्लान्छा, बार सत्तायिस कुरा गर्छ.
    तेसै catagory को कि क्याहो यो लेख पनि? मलाई त तेस्तै लग्यो.

    Reply
  13. शशांक लामा, न्युयोर्क says:
    June 7, 2014 at 11:11 pm

    हाम्ले यो र त्यो भनेर भो र ? एमालेकै खेतालाहरुले एकजना गोठालो छान्छ | त्यसपछि झगडा हुन्छ | उचित भागबण्डा दिएर झगडा मिलाइन्छ | तर रगडा रगडि हरहमेशा भैरहन्छ| त्यसरीनै संधै चलिआएको थियो, चलि रहनेछ निरन्तर …………………..

    Reply
    1. वल says:
      June 8, 2014 at 11:28 am

      ए हजुर, तेसभे के यस्तै हो र निरन्तर यस्तै भै नै रहन्छ भन्ने हो भने खालि भाका, शब्द, थेगो र भाषा फेरीफेरी तिखो बोंदो कनिकुथी गुथी अनेकथरी कमेन्ट गरेर स्वाद लियो, वस पुग्यो? तेसभे चेन्जको अपेक्षा नगरेर भविश्यगामी कुलेसो चौडा बनाउने बारे ढल्पलिदो केई सोच नलिए नी भो, हैन त? हजुरको कमेन्टले त्यस्तै दिशामा इंगित गरेको जस्तो छ नी, हजुर, के गर्ने?

      Reply
  14. Ram Prasad says:
    June 7, 2014 at 10:42 pm

    यो एमाले भन्ने पार्टी मा लागेर आफुलाई कम्युनिस्ट भन्नु भनेको स्यालले चै बाघको छाला ओडेर आफुलाई बाघ नै सम्झनु जस्तै हो . धन्न लेखक ज्यु ले यो लेख मा एमाले को आगाडी “नेपाल कम्युनिस्ट पार्टी” लेख्नु भएन छ / भुल्नु भएको हो कि ? एमाले लाइ कम्युनिस्ट भन्न लाज लागेर न लेख्नु भएको हो / अर्का को चाकरी गर्ने मुला हरुले किन आफु लाइ कम्युनिस्ट भन्नु !!!!! धन्यबाद लेखक लाइ…….

    Reply
  15. Tej(Tj) says:
    June 7, 2014 at 9:16 pm

    २१ औ शताब्दी को एस्तो technology र globalization
    को बेलामा र देश विदेश देखेको अवस्था मा communism communism भनेको देखदा अच्चम्म र दुख लाग्छ

    Reply
  16. dev...dubai says:
    June 7, 2014 at 9:12 pm

    कुन चै गतिलो काम गर्य छ र अहिले सम्म नेता हरुले देश १०० वर्ष पछाडी धकल्ने काम देखि बाहेक. ढिलाई भने पनि बुद्धि आउदै छ तर केहि फरक पर्दैन नेता सेता हरुलाई.

    Reply
  17. bishnu says:
    June 7, 2014 at 8:33 pm

    ताइ न तूइ हातमा लाग्यो दुइ , बम देव , ओली जस्ताभंदा त माकुने कता कता राम्रो नेता हुन् !!!

    Reply
  18. Shyam says:
    June 7, 2014 at 8:11 pm

    अरु जो होस् तर के पी नहोस

    श्याम
    USA

    Reply
  19. jeevan verma says:
    June 7, 2014 at 7:58 pm

    योगेश भट्टराई, राजेन्द्र राई, गोकर्ण बिष्टजस्ता युवानेताहरु नेकपा एमाले भित्रका यस्ता उर्जा हुन्, जसले मजस्ता एमालेप्रति श्रद्धानिष्ठापूर्वक लाग्ने तमाम युवा कार्यकर्तालाई ताप-राप र शक्ति प्रवाहमा आवश्यकताअनुरुप निरन्तर बल, ढाडस वा सान्त्वना प्रदान गर्दै आइरहेका छन् चाहे त्यो माओवादीको उग्रकालमा होस् वा चाहे कांग्रेसको गुन्डाराजमा।

    उनीहरु तमाम युवा कार्यकर्ताका आदर्श र आशाका प्रतिमूर्ति पनि हुन्। जब यस्ता प्रतिमूर्तिहरु चैते बहरझैँ दिशाविहीन भएर अमुक लक्ष्यतर्फ लामबद्द हुन्छन, उनीहरुलाई बचाउने जिम्मेवारी पनि मजस्ता कार्यकर्ताको काँधमा नै पर्दछ।

    त अहिले किन ओली को तलुवा चाट्नु पर्यो ? ओली ग्रुपमा हुने तिमि हरु सबै चोर डाका, फटाहा, गुण्ड, देश द्रोही हरु हौ| जनताले राम्ररी चिनेको छन्

    मा सम्पूर्ण एमाले इतरका व्यक्ति हरु लाई के अनुरोध गर्न चाहन्छु भने के पी ओलि एमाले को अध्यक्ष हुनु भनेको नेपालको सर्ब नासको सुरवात हुनु हो भन्ने दिउसो को घाम जत्तिकै प्रस्ट छ किन भने के पी प्लो नेपाल न गुण्ड नै देख्तैना |त्यो किन भने गुण्ड हरु जति सबै उसका आधार/सहयोगी हुन् | त्यसैले सक्नु हुन्छ भनेको ओली हराउने काममा मदत हार्नु होला

    Reply
  20. krish says:
    June 7, 2014 at 6:21 pm

    ओली र बामदेव माकुने भन्दा पुराना हुन् त मित्र , जतिसुकै चिल्ला र चिप्ल्ला कुरा गरेपनि गुण्ड र डनहरुलाई टिकालाइदिएर पार्टीमा हुल्ने र तिनीहरुकै भरमा सिद्धान्तनिस्त र क्रियाशील पार्टी बनाउने देखि होशियार हुनुहोस है मित्र ……..

    Reply
  21. Kishor says:
    June 7, 2014 at 6:17 pm

    ओली, गौतम नया अनुहार? मित्र ले सारै हसाउनु भो ! घनश्याम भुसाल जस्ता युवा नेता हरु जसको Vision छ पछाडीपर्नु नै यमाले को दुर्भाग्य हो ! ओली मलाई ठिकै लाग्छ तर उनको ल्याकत छैन देश हाक्ने, चुड्काको भर मा देश चल्दैन! माकुनेलै सधै पद चाहिने, बामदेव को हल्दारी पारा र भ्रस्टाचार……jai एमाले

    Reply
  22. Avaya says:
    June 7, 2014 at 5:43 pm

    सबै जना लाई आफ्नै पाटीको चिन्ता छ
    देश चाहे जहाँ सुकै जयोस
    मित्र , हजुर नर्वेमा हुनु हुदो रहेछ ,
    या त तेहिको लोकल पोलिटिक्समा जम्ने प्रयास जर्नुस, यदि स्क्नुहुंचा भने
    होइन भने
    बिदेशमा बसेर पनि , कुनै १ टा दल को
    तो पनि , केहि नेता हरुको चाकरीमा पछि नलाग्नुस

    हुन् टा , आ -आफ्नो प्लान होला
    नेपाल फर्केपछि, येसो केहि नेटवर्क बनि रहोस भन्ने

    तर हजुर हरुको जस्तो , यो दल र तो दल को सम्पर्क मान्छ आदि भन्दै
    छन्द मागेर चै दिक्क पर्ने काम, प्रवासी नेपालीहरु लाई नगर्नुस

    Reply
  23. naran says:
    June 7, 2014 at 4:01 pm

    मलाई त गोठालो योगेश भट्टराई होइन ,येही लेखक पो हो जस्तो लग्यो kp woli र तेस्को भरौटे हरु को.

    Reply
  24. बशन्त राज says:
    June 7, 2014 at 2:56 pm

    नेकपा एमाले बारे केहि कुरा गर्न चाहन्छु / जब देखि मदन भण्डारी र मनमोहन अधिकारी जस्ता नेता मरेर गए त्यो बेला देखि एमाले बाटो बिराएको बटुवा जस्तो भाको छ / फेरी मलाई एमाले तेती मन पर्दैन / किन भने मेरो गाउमा दुई चार जना एमालेमा लागेरै खै कसरी हो काठमाडौँ मा घर किनी सके / आफु ८ बर्ष खाडीमा बसेर गाउमा एक घर पनि बनाउन सकेको छैन/ उनीहरु एमालेमा लागेको बर्ष दिनमै काठमाडौँमा घर बन्छ/ हामीले भन्यो भने किन रिष गर्या भन्दै मसंग गाउ जादा खासै बोल्दैनन पनि / उनीहरुको फेसबुकमा हेर्यो भने एमालेका माकुने बामे आदि संग चिया खादै गरेका अनेक फोटो देखन पाईन्छ / सायद एमालेमा लागेपछि उनीहरुलाई लाक्की ड्र परेर कमाएको हुन सक्छ भन्ने हामलाई लागिराछ ???

    Reply
  25. Shankar says:
    June 7, 2014 at 2:54 pm

    पहिले त् नाउ नै अरुलाई ठग्ने खाले छ , ये मा ले रे कहा छ मार्क्स बाद र लेनिन बाद ?
    मार्क्स र लेनिन ज्युदो भए मान हानि को मुद्दा हाल्थे यिनीहरुलाई |
    आर्को कुरा एउटा जुका को सेट ले नेपाल आमा को रगत चुसेर गयो आर्को को पालो आएँन भन्ने बिलौना हो यो गन्थन |
    भ्रस्ट अगुवा हरुले तालिम गरेको २,३ पुस्ता पछि गतिलो निक्लेला भन्नु हलेदो को बोट मा सुन्तला फल्छ भन्नु जस्तै हो | बिसय बा प्रसंग एमाले को भएर एमाले लाइ गोलि हानेको मात्र हो कुरा कांग्रेस र माउबादिमा पनि लग्बग उस्तै हो |
    पुरा जेनेरेसन नै करप्ट छ |
    एउटा ले हात ले खान्छ , अर्को ले चम्चाले , तेस्रो ले नाकै ले तान्छ |

    Reply
  26. jeevan verma says:
    June 7, 2014 at 2:06 pm

    भन्नुपर्दा केपी ओली , बामदेव गौतम, इश्वर पोख्रेल र बिष्णु पौडेल जस्ता परिक्षणको पर्खाईमा बसेका नेताहरुलाई स्वीकृति दिने बेला आएको छ।

    के पी ओली गुण्ड को नाइके
    इश्वर पोख्रेल – ब्भाकारी मा पैसा राख्ने ( मन्त्रि भएंको बेला )
    बिष्णु पौडेल – देश द्रोही – महाकाली पास गर्नु सहय्ग गर्ने

    हुन त मा माकुने लाई मन परौदीन,तर के पी को तुलनामा माकुने १००० गुना राम्रो छ

    Reply
  27. bibek dhakal says:
    June 7, 2014 at 1:45 pm

    बल्ल आँफु भेंडा हौँ भन्ने कुरा स्विकार गर्न थाले कार्यकर्ताहरुले…..

    Reply
  28. Ramesh ,Oslo, Norway says:
    June 7, 2014 at 1:36 pm

    केपी ओली, बामदेव गौतमहरुजस्ता नया अनुहारहरुलाई देशले देख्न किन नपाउने ???? भन्नुपर्दा केपी ओली , बामदेव गौतम, इश्वर पोख्रेल र बिष्णु पौडेल जस्ता परिक्षणको पर्खाईमा बसेका नेताहरुलाई स्वीकृति दिने बेला आएको छ ??? साह्रै हासो लाग्दो कुरा ,होईन हो कैले देखी केपी ओली, बामदेव गौतमहरु नया अनुहार भए ???? केपी ओली , बामदेव गौतम, इश्वर पोख्रेल त जनता ले फैल गरेका नेता हुन……….
    मित्र सन्तोष पौड्याल,
    तपाईं 1पछे रुप मा योगेश भट्टराई बिरोद गर्नु आर्को साह्रै हासो लाग्दो कुरा …..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme