Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चोलीभित्र के होला गीतमा नाच्नेलाई ‘जनसेवाश्री’ दिने निर्णय कसको?

Posted on June 4, 2014June 4, 2014 by Salokya

sumina-ghimire-in-star ‘मेरो चोली यति राम्रो छ, झन् भित्र के होला?’ बोलको चर्चित गीतमा नाच्ने नायिका सुमिना घिमिरेलाई राष्ट्रपतिबाट ‘जनसेवाश्री’ विभूषण दिने गणतन्त्र दिवसमा घोषणा भएको थियो। हिजो यही विषयको ब्लगमा धेरै पाठकले राष्ट्रपतिले नै एकल निर्णयबाट मानपदवी दिने निर्णय गरे कि भने जस्तो गरे।

त्यसो हैन।

राष्ट्रपतिबाट घोषणा हुने भएकोले उनलाई समेत सोध्न त सोधिन्छ तर विभूषणबारे सिफारिश त सरकारले तोकेका विभिन्न निकायले गर्थे। अन्तिम निर्णय गर्न भने एउटा समिति गृह मन्त्रालयले बनाएको थियो। गज्जब त के रह्यो भने त्यो समितिमा रहेका तीन जनाले आफैलाई विभूषण दिन सिफारिश गरिदिए। वाह, वाह ! आफ्नो हात जगन्नाथ !

को-को थिए त विभूषण सिफारिश समितिमा?

उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम – अध्यक्ष
सूर्य सिलवाल (गृह सचिव)- समिति सदस्य सचिव
पूर्वसचिव सुशीलकान्त झा- सदस्य
बज्रकिशोर साह- सदस्य
प्राध्यापक पुष्पा श्रेष्ठ – सदस्य
वासुदेव त्रिपाठी – सदस्य
पूर्वन्यायाधीश गोविन्दबहादुर श्रेष्ठ – सदस्य
पूर्वउपरथी डम्बरबहादुर सिंह – सदस्य

समितिका यी सदस्यहरु मध्ये आफैले आफैलाई विभूषण सिफारिश गरेर पाउने को को त ?

एक नम्बरमा गृह सचिव सूर्य सिलवाल नै। उनले सुप्रबल जनसेवाश्री तृतीय पाए। सदस्यहरू सुशीलकान्त झा १४ र पुष्पा श्रेष्ठ २० नम्बरमा यही विभूषण पाउने सूचीमा छन्।

क-कसले किन पाए ?
प्रशासनमा राम्रो दख्खल राख्ने पत्रकार बलराम बानियाँले कान्तिपुरमा लेखेका छन्-

विभूषण पाउनेको लामो फेहरिस्त हेर्दा धेरैजसोले मुलुकलाई त्यस्तो उल्लेखनीय योगदान पुर्‍याएको देखिँदैन । विभूषण समितिका अध्यक्ष उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आफ्ना मन्त्रालयका र आफ्नै पार्टी एमाले समर्थक सहसचिव र कर्मचारीहरूलाई विभूषण दिलाएका छन् । विभूषण पाउने बाँकी १० सचिवमा धेरैजसो आफूलाई कांग्रेस र एमाले भनेर चिनाउन खोज्ने र नेताको चाकरीमा धाउनेहरू छन् । कांग्रेस र एमाले निकटस्थ भए पनि स्वाभिमानमा बस्ने सचिव भने विभूषणको सूचीमा परेनन्।

सरकारले २ सय २७ जनालाई मानपदवी, ५० जनालाई पदक र २६ जनालाई अलंकार प्रदान गर्ने घोषणा गरेको छ । यति धेरै जनाले मुलुकमा के योगदान गरे र उनीहरू कसरी विभूषण पाउन योग्य ठहरिए, सरकार र विभूषण समितिले प्रस्ट पार्न सकेको छैन।

सिफारिस समितिमा रहनेले आआफ्ना नाम हाल्छन् । मन्त्रालयको कोटामा पनि मन्त्री र सचिवले भरसक आफ्नै नाम, नभए चाकरीदारको नाम सिफारिस गर्छन् र विभूषण दिलाउँछन् । पूरा पढ्न क्लिक गर्नुस्

सुमिना किन ?
देशमा थुप्रै कलाकार छन्। तर चलचित्र कलाकार मध्येबाट सुमिनामात्रैको नाम किन पर्‍यो होला त ? योबारे त सिफारिश समितिलाई नै बढी थाहा होला।

एउटा कुरा भने तपाईँलाई थाहा छैन कि।

सुमिना घिमिरे लगायत धिरेन शाक्य, जीवन लुइटेल, आयुश रिजाल, मुकेश ढकाल, विरेन श्रेष्ठसहित १५० जना कलाकार संविधान सभा निर्वाचन अघि हालका प्रधानमन्त्री सुशील कोइरालाको हातबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका थिए। त्यतिबेलाको समाचार पढ्नुस्।

प्रतिक्रिया कस्ता कस्ता ?
हिजोको ब्लगमा आएका केही प्रतिक्रिया यस्ता छन्

-पछि मेरो फरिया यति राम्रो छ झन् भित्र के होला भन्ने गित आयो भने को बाट कसलाई कुन मानपदवी दिने ?
-गीत पनि के के हो अब हुँदाहुँदै चोलीभित्र के छ रे, के छ भन्नेले यो छ भनेर देखाउन सक्नु पर्यो, होइन भने के को फुर्ति लाइराको। आज चोलीभित्र के छ भन्नेले भोलि कट्टुभित्र के छ भन्ने गीत गाउन सक्छन है होसियार!
-‘मेरो चोली यति राम्रो छ, (अब त बाहिर जनसेवाश्री मानपदवी झुन्डिएको छ) झन् भित्र के होला’ ? तर यिनले के तेस्तो जनसेवा गरिन हौ जनसेवाश्री पाउन ?

थप पढ्न क्लिक गर्नुस‌्

‘मेरो चोली यति राम्रो छ, झन् भित्र के होला’ गीतमा नाच्नेलाई राष्ट्रपतिले ‘जनसेवाश्री’ मानपदवी दिने

17 thoughts on “चोलीभित्र के होला गीतमा नाच्नेलाई ‘जनसेवाश्री’ दिने निर्णय कसको?”

  1. ज्योति says:
    June 6, 2014 at 12:30 pm

    यो पदकको नाम ‘जनसेवाश्री’ रे ! यो नाम नै गलत छ भनेर एक जना भाषाविज्ञले यस अघि नै बहिष्कार गरेका थिए / यस कार्यको विरुद्धमा एउटा पत्रिकामा लामै लेख पनि निस्केको थियो / ति भाषाविज्ञको भनाइ अनुसार ‘श्री’ को उपयोग जहिले पनि शुरुमा हुनुपर्छ पछाडी गर्न मिल्दैन भन्ने थियो / त्यहि भएर नै यो पदक पाउनेहरु पछाडिको क्रम अनुसार छानिएका पो हुन कि ! मलाई त थाहा भएन अरुलाई थाहा छ कि !

    Reply
  2. dev says:
    June 6, 2014 at 4:10 am

    अनि उद्रे को चोली मा नाच्ने लाइ चै किन छुट्टाएको गाला पडकाउ ला नि सुष्मा कार्की ले ifa अवार्ड लिन पठाए हुन्छ इंडिया तिर.

    Reply
  3. Limbu HarataraH says:
    June 5, 2014 at 1:18 pm

    स्पोर्टी रिजल्ट-प्राइज अलि स्पस्ट देखिन्छन तर ‘जनसेवाश्री’ होस् या अरु नै ‘पुरस्कार’, पुरस्कार भित्र विचित्र हुने कुरा सामान्यतया निर्णायक समूह, मुख्य पाइने कारण-बिषय, नियम अनि स्वयम पुरस्कृत व्यक्ति वा ग्रुप नै निर्भर, आधिकारिक देखिन्छन I मेरो अनुभवमा हल्ला या अवसर बाहेक के हो र त्यो..! अब नेता-नायिकाको कथा भने गल्लि-गल्लिमा छन् सुनेको-देखेको, भोगेको के कुरा गरौँ हौ..!!!

    Reply
  4. भाई says:
    June 4, 2014 at 8:53 pm

    यस्तो गीतमा नाचे पो पदक पाइन्छ . “काला कुर्तैले छ महिने जागिरै खायाँ” मा नाचेर पाइन्छ त ?

    Reply
  5. ekraj says:
    June 4, 2014 at 5:32 pm

    नेपालमा यसरी नै बन्दाम हरुले अरुबाट सम्मान पाउन नसके पछि , फोस्रो धाक को लागि आफुले आफैलाई मान पदवी को लागि सिफारिस गर्दछन र पाएनन् भने चोरेरै भए पनि लि छाद्छां|
    चाकरी गराउनको लागि इ सिन्का नाभाची, मान का भोका निचहरुलाई नांगेझार सिस्नो लगाउने बेबस्था नाभैन्जेल यस्तै हो |

    Reply
  6. Sunil. London says:
    June 4, 2014 at 4:36 pm

    नेपालीहरु अरुको नक्कल गर्नमा माहिर छन् भन्ने कुरो मैले बताई रहनु परोइन !
    यो गीत “चोली के पिछे क्या हे” (हिन्दि चलचित्र खलनायक) को हुबहु नक्कल हो ! गायिका ले गाइदियिन, नाच्नेले नाचिदियिन , सबभन्दा ठुलो गल्ति त गीतकार को हैन र !
    त्यस्तै एउटा अर्को गीत थियो हिन्दीमै , दोहोरो अर्थ लाग्ने फ्लिम बनाउनमा माहिर “दादा कोंड्के” ले एउटा तेस्तै गीत आफ्नो हिन्दि फ्लिम मा राखेका थिए जुन धेरै लाई थाहा छैन होला १९८४ मा आएको “तेरे मेरे बीच मे”भन्ने फ्लिम मा एउटा येस्तै गीत छ “ओ बोरि बन्दर छुपा के पल्लु के अन्दर माल जो रक्खा है अरे ओ देति जा” ! जुन गीत यो लिंक मा हेर्न सक्नु हुन्छ ! http://www.youtube.com/watch?v=0aci58q92R8 अब यो गीत को पनि नेपाली भर्सन कुन चाहिले निकाल्ने हो ? हाम्रा रास्ट्रपति ज्युलाई दोष नदिउ होला उहाले त “सल्लाहकार” हरुले जे सल्लाह दियो तेही गर्ने हो ! धरान कि “अनुजा बानिया” को तथाकथित “इमान्दारी” क लागि रास्ट्रपति ज्यु ले आफै फोन गरेर बधाई दिनु भा थियो . तर पछि थाहा भयो “अनुजा बानिया” कुन स्तर कि “इमान्दार” रहिछन भनेर !!!!!! अब सुमिना घिमिरेलाई पुरष्कृत गरेर भोलि पल्ट “भूलसुधार” भनेर पत्रिकामा छाप्न नपरोस !!!!!!!

    Reply
  7. Dhital says:
    June 4, 2014 at 3:23 pm

    बल्ल थाहा भयो २ ४ वर्ष अगाडी हरिबंस आचार्य र मदनकृष्ण श्रेष्ठ दाइले विभूषण बहिस्कार गरेको कारण ! बिचारा येस्तै मान्छे लाइ दिनु पर्ने रेछ विभूषण भन्ने अनि दाइहरुलाई त सुहाएन नि !
    अनि त्यो ऋषि धमला पत्रकार, खुम बहादुर खड्का, जे पी गुप्ता भ्रस्टाचार, बालकृष्ण ढुंगेल हत्यारा, चरी, गणेश लामा, राजिव गुरुङ (चक्रे मिलन), अभिषेक गिरि डन अनि अरु त कति हो कतिको नामै छैन त ? कि बिर्सेको हो लौन केहि उपाए लगाएर तक्मा दिनु पर्यो !

    Reply
  8. sher bahadur says:
    June 4, 2014 at 1:45 pm

    सर्वप्रथम त यो गीतको बोल नै राम्रो छैन । टि.वी. , रेडियोमा यो गीत बजेको बेला घरका सम्पूर्ण परिवारले सँगै हेर्न र सुन्न नसकिने खालको छ । अर्को कुरा उनले चोली लगाएको देखिन्न । सानो ब्रा मा देखिएकिछिन् ।
    सुमिना लाई विभुषित गर्नुपर्ने आधारहरू के-के रहेछन् त ? उनले समाजका लागि के -कस्ता योगदान गरेकी रहिछन् त ?

    Reply
  9. Resham says:
    June 4, 2014 at 1:41 pm

    आज भोलि त केहि बिषय मा comments लेख्न नै मन लाग्न छोड्यो , जता हेर्यो उतै देश नै भद्रगोल जस्तो पो लाग्यो बा !

    Reply
  10. cRIS says:
    June 4, 2014 at 12:00 pm

    धन्न मेरो नाम पनि लिस्टमा परेनछ! यसमा नै म धन्य छु|

    Reply
  11. Yadab says:
    June 4, 2014 at 11:41 am

    हैन हो आफले आफैलाई बिभुसित गर्ने यो कस्तो समय आयो .
    मान पदवी को लोभ त मेरा मान मा पनि फुट्न थाल्यो तर क गर्नु गीत गाउनै लाज लागो …. हा हा हा

    Reply
  12. Tenzing Gaba says:
    June 4, 2014 at 10:58 am

    “…..मेरो चोली यति राम्रो छ….”
    होइन त्यो चोली भन्ने चाही कता छ नि ?
    पुरै गीतमा मैले त् चोली लगाएको त् देखिन न त् कि आज भोलि जे लाई पनि चोली भन्नु पाइन्छ ?

    Reply
  13. perm Prasad sanjel says:
    June 4, 2014 at 10:49 am

    एस्लाई भन्छन नपाउनेले केरा पायो बोक्रै saga खायो कि कसो हो नेपाली जनता ???

    Reply
  14. Sisir says:
    June 4, 2014 at 10:46 am

    हे विभूषण सिफारिश समितिका माननीय महोदयहरु, हामी सर्बसाधारण जनताहरुलाई यहाहरुको अशिम कृपाले यी मान पदभीहरु प्रदान नगरी लाजबोध हुनबाट बचाई दिनु भएकोमा आभार प्रकट गर्दा छौ . यो पालि त हतारमा आफुलाई मात्र पदक प्रदान गर्नु भएछ आयिन्दा आफ्नो परिवारजन, नातागोता र आसेपासेलाई पनि नछुटाउनु होला . ३०० असाधारण नेपालीले पाएको पदक अरु ३००० ले पाउदा हामी नेपाली कति गौरवान्वित हुने थियोउ होला ?

    Reply
  15. Gaurav says:
    June 4, 2014 at 10:34 am

    सिफारिस समितिको अदक्ष्य श्री ३ बामदेव गौतम्ले रत्बपर्क्को सडक बीच बाट बाटो काटेर अशोभनिय कार्य गरे बापत नेपाल रत्न दिनु पर्थ्यो

    Reply
  16. Sanu Nepali says:
    June 4, 2014 at 10:33 am

    एउटा गीतमा राम्रो गरे बापत जनसेवाश्री पदवी दिनु उचीत हो र / देश मा जनता को सेवा गर्नेहरु थुप्रै छन् उनि हरु लाई चै किन आखा न लागे होलान . देश को नाम संसार लाई चिनाउने पनि जनसेवाश्री पदवी दिनु पर्छ पारश खड्का ले खेल जगत मा देश लाई चिनाएको छ उसलाई पनि जनसेवाश्री दिन पर्ने हो . देश मा समाज सेवी हरु पनि छन् खोइ समाजसेवी को नाम कता हरायो . अब जनसेवाश्री पदवी चोली भित्र को लाई मात्र दिने भए अब के के भित्र को लागि पनि अर्को बर्ष दिने होला नि

    Reply
  17. कुसुम ज्ञवाली says:
    June 4, 2014 at 10:12 am

    पुरस्कार घोषणा गर्दा उपयुक्त ब्यक्तित्व परेनछन् भन्ने प्रष्ट देखियो । तर, यो पुरस्कार निश्चित नियमावलीलाइ टेकेर वितरण गरिएको छ । त्यो नियमावलिमा के कति कमजोरी छन्? त्यसलाइ पालना गर्दा कहाँ कमजोरी रहे? त्यसमा के नीतिगत सुधारको अावश्यकता छ? त्यो महत्वपूर्ण कुरा हो । हाम्रो बहस त्यता केन्द्रित भएन, यस्ता गहिरा विषयमा केन्द्रित गर्न सके हाम्रो बहस वजनदार हुन्छ ।ब्यक्तिलाइ मात्र गाली गरेर एक छिन रमाइलो त होला तर त्यसले दिगो विधी स्थापित गर्दैन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme