Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शोभनीय भएन कि मैले पनि महसूस गरेँ तर अपमान र गालीगलौज अस्वीकार्य

Posted on June 3, 2014June 4, 2014 by Salokya

पढ्नुस् गृहमन्त्री वामदेव गौतमको पूरा वक्तव्य

bamdev गृहमन्त्री वामदेव गौतमले रत्नपार्कमा डोरी नाघेको फोटो नयाँ पत्रिकामा छापिएपछि चलेको बहस अब चाहिँ अन्त्य होला कि! यही फोटोमा आपत्तिजनक कमेन्ट गरेको भन्दै पक्राउ परेका लाहानका शाखा अधिकृत राजु साहलाई मंगलबार रिहा गरिएको छ। गृहमन्त्रीले पनि यस विषयमा औपचारिक वक्तव्य जारी गरेका छन्। देशविदेशका सबैलाई सम्बोधन गर्दै वक्तव्यमा उनले भनेका छन्- शोभनीय भएन कि भन्ने कुरा मैले पनि महसूस गरेको छु।

‘यस्तो सामान्य कुरालाई अतिरञ्जित गर्ने र सामाजिक सञ्जालहरुमा मलाई अपमानित गर्ने वा गाली गलौज गर्ने जुन प्रवृत्ति देखिएको छ, यो कदापी स्वीकार्य स्तरमा छैन,’ उनले भनेका छन्। पूरा वक्तव्य भित्र –

bamdev

65 thoughts on “शोभनीय भएन कि मैले पनि महसूस गरेँ तर अपमान र गालीगलौज अस्वीकार्य”

  1. Madhav says:
    June 19, 2014 at 10:36 pm

    बामदेवको बक्तब्यको सार येसो हुनु पर्थेओ:
    सार्बजनिक पद धारद गरेको बय्क्ति को सार्बजनिक क्रियाकलाप को अनुकरण पनि हुनसक्छ, म बाट गल्ति भयो, म सबै नेपाली संग माफी माग्दछु/ तपाईहरु आफु पनि नगर्नु होला र आफ्ना बालबालिका लाइ पनि नगर्न सिकाउनु होला/

    Reply
  2. Sarbasadharan says:
    June 10, 2014 at 8:39 pm

    जुलुस ले कति गारो पार्छ बुझ्नु भो होला. आम जनताले सधै एस्तो जुलुस र बन्द को सामना गर्दा कस्तो हुन्छ होला एक पल्ट सोच्ने पो हो कि?

    Reply
  3. vajra says:
    June 4, 2014 at 8:29 pm

    खै माफी मागेको ? माफी मग्न नजानेको कि नजानेको जस्तो गरेको कन्फुज …???

    Reply
  4. ekraj says:
    June 4, 2014 at 7:27 pm

    मत भन्छु नेपाल का काइते, पपेट, दुइ चार दिने मन्त्रि हरुलाई कानुनी, सरुवा, बढुवा को अधिकार दिनै हुदैन| त्यो नहुने बित्तिकै, इनिहरुलाई घुस दिनु पनि पर्दैन| यी दुइ चार महिनाका लागि पद ओगेटेका भ्रस्ट हरुले इनको नियेत मा मर्का पार्ने लाई पन्छ्याएर
    सक्तो लुट्ने हो| धेरै जसो घुस खोरिमा पुलिश र इनिहरुको लुट्न को लागि मिलोमोतो हुञ्छ|
    खरेल भने तेस्मा अपबाद भएर नै बामदेव बौलाएको हो र बदला लिन लागेको हो|
    तसर्थ कारबाई खरेल लाई होइन, बामदेवलाई हुनु पार्ने हो| अब यत्रो बहस भैसके पछि, र बामदेव अभियुक्त हो भन्नेमा धेरैको विश्वास भएकोले अख्तियार अनुसन्धान मा नलागी कसको के हेरेर बसी राखेको छ?

    Reply
  5. कुमार says:
    June 4, 2014 at 6:45 pm

    देशको प्रधान मन्त्रि सुशील कोइराला नै नीरिह भए पछि कसको के लाग्छ?
    हिज सम्म वामदेवलाई हामदेव हो भनेर फलाक्ने आफ्नै पार्टीकै प्रदीप नेपाललाई पनि वामदेवले ललिपप दिएर आफ्नो सल्लाहकार नियुक्ति गरेर चुप लगाएका छन्| खान र चुस्न पाएपछि र सरकारी गाडी फोकटमा चड्न पाएपछि सबै चुप|
    हेर्दै जानोस वामदेवले प्रदीप नेपालको साथ् पाएर अरु के के उधुम मचाउने हो|

    Reply
  6. Madan says:
    June 4, 2014 at 4:59 pm

    म पनि आम नागरिक हुँ / मेरो पनि गृहमत्री को जत्तिकै व्यक्तिगत स्वतन्त्रता छ / अब म पनि रत्नपार्कबाट जमल जानको लागि आकासे पुल बाट जान्न / तल सडक बाटै बाटो काट्छु / हेरुँ त अब, पुलिसले कसरि फोटो खिचेर कारवाही गर्दो रहेछ ?

    Reply
    1. Anish says:
      June 19, 2014 at 8:13 pm

      धेरै जान्ने न हुनुस. बामदेवले जस्तै सबारी साधन नचलेको बेला तेस्तो गर्नु होला.

      Reply
  7. ramesh says:
    June 4, 2014 at 2:44 pm

    सार्बजनिक पदमा बसेको व्यक्तिले कानुन उल्लङ्घन गरेको कुरा कसरि सामान्य हुन्छ? कसैले यौटा फेसबुक कमेन्ट गरेको भरमा बिरगंजबाट “माथि” को आदेशमा (कानुनको बाल मतलब “माथि”को आदेशको अगाडी) पक्रेर ल्याउने अनि कसैले यौटा सत्य कुरा बाहिर निकालेमा चेन अफ कमाण्ड तोडेको कारबाही गर्ने? अनि ति सबैको हाकिमले चै जे गर्दा पनि सामान्य कुरा ? “मुनि” को आदेशमा एस्तो हाकिम “गृह” मन्त्रीलाई पनि कारबाही हुनु पर्छ

    Reply
  8. Mahesh says:
    June 4, 2014 at 1:58 pm

    एमाले र यस्का नेताहरु को कृयाकलाप जनविरोधी र देशको स्थाई सरकारको रुपमा रहेको कर्मचारीतन्त्रलाई डर, जाल, झेलमा पारेर आफु अनुकुल काम गर्न लगाउने र नमान्ने लाई अनेक वहाना बनाइ पदिय दायित्ववाट हटाइ आफ्नो स्वार्थपुर्ती गर्ने नियत राखेको र देश र जनतालाई प्रत्यक्ष असर पर्ने गरी भ्रष्टाचार गरेको र वामदेव भ्रष्टाचारी नै हो भनेर सोही पार्टीको अर्को नेता प्रदिप नेपालले पनि भनेको हुँदा यस्ता भ्रष्टहरुको जमात लाई अब हुने उपचुनावमा भोट् नहालेर जनताको शक्ती देखाई दिनुपर्छ !!

    Reply
  9. मणि says:
    June 4, 2014 at 1:19 pm

    “आम-नागरिक”लाइ जथाभाबी बाटो काट्दै भेटिएको र ट्राफिक नियम उल्लङ्घन गरिएकोले कारबाही गरिपाऊ|

    अर्को कुरो आम-जनताले “आम-नागरिक” को मुखुण्डो लगाएर बाटो काटे के गर्ला डिउटी गर्ने ट्राफिक प्रहरीले?

    जेहोस, अब जसले जताबाट बाटोकाट्ने नजिर बसाइबक्सेकोमा श्री १०८ बामदेब
    सरकारलाई कोटी कोटी नमन!

    Reply
  10. सन्तोष says:
    June 4, 2014 at 11:23 am

    “शोभनीय भयन कि” अरे – एसको अर्थ त बामदेवज्यु मा अझै दोधार रहेछ बा !

    अगर महशुश भएकै हो भने “मैंले गल्ती गरें र मा सार्वजनिक रुपमा माफी माग्छु” भन्नै पर्छ!

    Reply
  11. achut says:
    June 4, 2014 at 11:02 am

    लौ न यो त झन् मा’पा को पो रेछ ‘शोभनीय भएन कि?’ र ‘ ‘भयाबय अपराध भए जस्तो’ रे तपाई मन्त्रि महोदय (सम्मान गर्नु पर्छ)लाई अझै पनि गल्ति गरेको जस्तो लागेको रहेनछ है?? त्यो ‘अपराध’ नै हो मन्त्रि महोदय, तेसरी बाटो काट्दा ‘दम’ को रोगि बुढी आमै एक घण्टा तातो सडक मा डन्डी ले घेरेर राखेको ‘सडक जेल’ मा थुनिएर बसेको मैले देखेको छु/हुनत ‘गाडी का गाडी सुन’ चोर्ने लाई ‘पित्ले कसौडी’ चोर्दा अपराध गरेको महसुश नहोला तर ‘म २पैसे’ लाई त दुवै चोर हुन्, दुवै सजाय का भागीदार हुन्….अझै कतै ‘चेत’ भन्ने चिज दिमाग मा भए ‘चेतना भया’….

    Reply
  12. cRIS says:
    June 4, 2014 at 10:27 am

    माथीको आदेस:
    त्यो राजु साहलाई तुरुन्त पक्रेर दाखिला गर्नु!

    मुनिको आदेस:
    त्यो बामदेव गौतमलाई गृहमन्त्रीको पदको भारमा असक्षम देखिएकाले तुरुन्त हटाउनु!!

    (जनता मुनि नै होलान, तर मुनिको तन्त्र हो अहिले)

    Reply
  13. nilam says:
    June 4, 2014 at 7:26 am

    सोभाको त् कुरै नगर्नुस् ! त्यो पनि रत्न पार्क ! कति हतार होला ? अहिले काठमाडौँको मठ मन्दिर,चोक,गली,रत्नपार्क त् झन् के भन्ने ???नेता देखि लिएर नेताका कुकुर चम्चा काता हावा पानी धुवा धुलो जक्सन नै दरो विकास गरि दिनु भयो नि ! नेताजीले ! कति मेहेनत गरेर विकास गरेको ठाउमा ! कति उर्ब्सी तिलोत्मा , इन्द्र को लागि स्वर्ग झैँ नेताहरुको रत्न पार्क होला नि !! कि कसो ??

    Reply
  14. tek raj timalsina says:
    June 4, 2014 at 6:37 am

    माननीय मन्त्रि ज्यु (मान गरेरै लेख्नु पर्यो, फेरी समातेर जेल मा कोच देला भन्ने डर),

    एक दुइटा उदाहरण दिन्छु है:
    १) एउटा मान्छे आफ्नो छोरि लै बिर अस्पताल मा खान पुराउन जना हतार मा थियो | आकासे पूल बाट जुन भने अलि टाढा छ, दिन भरि को थकान फेरी छोरी पनि भोकै छन् अस्पताल मा | डोरी नगेर गए अलि चांडै छोरी लै खाना पुराउन सकिन्थ्यो | ल भनुस यो अवस्था मा उसले डोरी नाग्न पौने कि नपाउने |
    २) एउटा बृद्ध महिला दम को रोगि अनि घुडा पनि दुखेको | जमल को लामो आकाशे पूल छाड्ने आँट नै गर्न सकेनन | ल भनुस मन्त्रि ज्यु, के उनले डोरी नागेर बाटो काट्न पाउछन त?

    अब अर्को कुरा | हजुरले (फेरी गर्न मन नलागे पनि मान गर्दै) भने जस्तै तपाईं का कार्य कर्ता ले गर्दा बाटो जाम भएको तपाईं आफै ले भन्नु भयो | अब त्यो कति को जाएज त | एउटा उमेद्वारी दर्ता गर्न बाटो जाम गर्ने गरि जुलुस निकाल्न पाउने कि नपाउने | फेरी हजुर ले भन्नु होला, यो त हाम्रो नैसर्गिक अधिकार हो, स्वोतन्त्र को कुरा हो | सर्बसाधारण ले चैं आफ्नो फेश्बूक को भित्ता मा नि लेख्न नपाउने रे, अनि तपाईं का (हैन हजुर का, गल्ति भयो) कार्यकर्ता चैं बाटो जाम गर्दै हिड्न पाउने? यो त हामी निमुखा जनता को अधिकार हनन भएको हैन र – बाटो मा हिड्ने अधिकार |

    हजुर ले भन्नु भयो (थर्काउनु भयो), सार्बजनिक पद मा बसेका हरु ले सानो जे गरेनी तील को पाहाड बनेर हल्ला गर्न्नु पर्छ र | अनि राजु प्रसाद लै सार्बजनिक पद मा बसेर जे पायो तेही बोल्यो भनेर समात्न लगाउनु भएको हैन र भन्या | सार्बजनिक पद मा बसेर जसरि जे पायो त्यो गर्न पाइन्दैन तेसरी नै सार्बजनिक पद मा बसेर जे पायो तेही गर्न पाइन्दैन पनि नि हैन र ?

    ल त यो सानो कुरा नै हो रे | जाबो डोरी नाघेको त हो नि, मन्त्रि भएर तेती पनि गर्न नपाउनु त्यो पनि गृह जस्तो सक्ति साली मन्त्रि पद मा बसेर तेती पावर लगुना नाप्नु भन्नु होला तपाईं ले (हैन हजुर ले) | हो पनि | किन नपाउनु | गर्नुस गर्नुस तपाईं हरु नै नवराजा हरू |

    फेरी रिसाउनु होला नि मन्त्रि ज्यु | हाम्रो के हैसियत र हजुर संग दुश्मनी मोल्ने | जनता त किरा मकाउडा भै हाल्यो नि ||

    Reply
    1. Prem (Dubai) says:
      June 4, 2014 at 10:03 am

      माननीय मन्त्रि ज्यु ले वोलाम्पिकमा भाग लिदै हुनु हुन्छ के हाइजम्पमा, तेसैले डोरी नाग्ने प्राक्टिस गर्नु भएको रे यति कुरालाई पनि पत्रकार मित्र हरु ले बंग्याएर न्युज बनाईदिएर माननीय मन्त्रि ज्यु को अपमान गरि दिनु भएछ|

      Reply
  15. कृष्ण भारद्वाज, अस्ट्रेलिया says:
    June 4, 2014 at 4:57 am

    नेपालमा कर्तब्यनिस्ठ, इमान्दार र भलाद्मी भएर जिउन धेरै गारो भै सक्यो,
    नेपालका दुस्ट सबै बरु डी भी परेर अमेरिका गए हुनु नि, हे दैब !!

    Reply
  16. Brian Kandel says:
    June 4, 2014 at 4:00 am

    होइन हो बामे! यो देशको लागि तिमीले राम्रो काम गरन, तिमीलाई सबैले प्रसंसा गर्छन यो देशको जनताहरुले। तिमि त कुकुरले झैँ मरेको सिनो कता छ भनेर खोजेर हिड्छौ, पैसा को लागि आफै कमाउने बाटो गर्छौ अनि तिमीलाई कसले राम्रो भन्छ त। तिमि जस्तो भ्रष्टचार बाट त अब आश अर्नु पनि बेकार छ, तिमि मर्ने बेला सम्म पनि।

    Reply
  17. Raj Katwal says:
    June 3, 2014 at 11:30 pm

    मन्त्री ज्यु, गल्ति गरे पछि पनि माफी माग्न कति गाह्रो !!! ऊफफ़ ऊफफ़

    Reply
  18. chandra says:
    June 3, 2014 at 11:01 pm

    पानीजहाज आँफै डुब्छ त बाल मतलब तर केही समय पहिले कोरियाका प्रधानमन्त्रीले आँफै डुबेको पानीजहाज आँफैले डुवाएको जस्तो गरेर राजिनामा दिए । गज्जब छ दामदेव र भाई कांग्रेसको ताल, कुर्सी जोगाउनु पर्छ स्पष्टीकरणको लागि बहना जति पनि भेटिन्छन् नेपालाँ आखिर नैतिकतानै नहुने देशमा नैतीक जिम्मेवारी भन्ने कुरा पनि त आउँदैन नी ।

    Reply
    1. bijay says:
      June 4, 2014 at 12:14 am

      बामदेवको बक्तव्यमा चित्त नबुझेका कुराहरु:
      १. आफ्नो व्यक्तिगत स्वतन्त्रताको सम्मान हुनुपर्ने कुरा — अनि अरुले चै छिसिक्क केहि बोल्यो भने कारवाही गरिहाल्ने? अरुको व्यक्तिगत स्वतन्त्रता चै बाल मतलब / खरेल जी र राजु जीको व्यक्तिगत स्वतन्त्रता चै गैरकानुनी ?
      २. गाडीबाट उत्रेर बाटो खुलाउने — रत्नपार्क वरिपरि सबैले त्यसो गर्न थाले भने सब वे र आकासे पुलको के काम? अनि मन्त्रीकोकाम देशकोलागि बाटो खुलाउने कि रत्नपार्कको बाटो खुलाउने? कि आफ्नो खल्ती भर्ने बाटो खुलाउने?
      ३. सार्बजनिक पदमा बसेको व्यक्तिले कानुन उल्लङ्घन गरेको कुरा कसरि सामान्य हुन्छ? कसैले यौटा फेसबुक कमेन्ट गरेको भरमा बिरगंजबाट “माथि” को आदेशमा (कानुनको बाल मतलब “माथि”को आदेशको अगाडी) पक्रेर ल्याउने अनि कसैले यौटा सत्य कुरा बाहिर निकालेमा चेन अफ कमाण्ड तोडेको कारबाही गर्ने? अनि ति सबैको हाकिमले चै जे गर्दा पनि सामान्य कुरा ? “मुनि” को आदेशमा एस्तो हाकिम “गृह” मन्त्रीलाई पनि कारबाही हुनु पर्छ/ त्यसो त कारबाही भयो भने महेश बस्नेत र परसुराम बस्नेतले ढुंगा मुधा गर्ने होला

      Reply
  19. Dhruba Raj says:
    June 3, 2014 at 10:11 pm

    चोरले चोरि गरेर चोरी गर्ने उद्धेश्य राखेको थि ईन भन्नु कति लाजमर्दो कुरा हो मन्त्रीज्यू ?

    Reply
  20. derwent says:
    June 3, 2014 at 9:47 pm

    तो बेला भुमिगत हुँदा यि माहमहिम कुनै बेला पन्जाब र दिल्ली तिर खेती र अन्य काम गर्थे रे …..भन्नमा हामीले सुनिआयको हो नै, यिन्को त्यो खेतको डिल मा बसी अरु लाई हप्की दप्की गर्ने बानी अझै गाको छनै जस्तो छ । कहिले निर्दो पुलिस तर्साउने, कहिले जनता लाई Cyber Crime मा हाल्छु भन्ने, आखिर मा गल्ती गरेको उनलाई थाहा थियो त यत्रो लामो समय सम्म के खान कुरिबसेका हुन । ।आखिर मा यस्तो बेजती भो ।

    Reply
  21. chandra says:
    June 3, 2014 at 9:27 pm

    सत्ताको चरम दुरुपयोग . पदलोलुपताको निक्रीष्ट उदाहरण .

    Reply
  22. ekraj says:
    June 3, 2014 at 9:14 pm

    बामदेव ले अझै पनि नाबुजेको भनौं अथवा बुझेर पनि बुझ पचाएको हो?
    कुरो केहो भने:
    १. बामदेव को कार्य सैली संग कोहिपनि खुसि छैनन्.
    २. बामदेव समाजमा राम्रो काम गरेर रोल मोडेल मानिएको पुलिश अफिसोर अपमान मात्र होइन विधिको बिधान पर्ती पटक्कै विश्वास छैन गर्न पनि चाहन्नन्|
    ३. एदि कडा नियेम कानुन अनुसार को चुबब पुलिश को निगरानीमा भयो भने आफ्नो धन्दाली पूर्ण चुनाब योजना सफल नहोला भनेर|
    ४. बामदेव भ्रस्ट सासक हुन् (नेता पनि नभनौ तो दर्जा पुगेका छैनन्) र पहिला प्रसस्त घुस खाएका छन् भनेर जग जाहेर छ त्यो काम उनले अझै बन्द गरेका छैनन्, यो बाटो काटेको त सबैले देखेको उनको बेवास्था को कर्तुत मात्र हो| ठुला इस्सु अरुनै हुन्| यो बाटो काट्ने घटना त बामदेवक अनेकौं अनैतिक, भ्रस्ट आचरण को विरुद्ध मा आगोमा घिउ थप्ने मात्र भएर उनको बिरुद्ध लेख्न बोल्न पाइने मौका भएको हो|
    ५. बामदेव पर्ती जनता कति रुष्ठ रहेछन,भनेर बुज्ने सक्ति अझैपनि उनको दिमाग मा घुस्दैना भने; उनिपर्ती सहानुभूति देखाउने ठाउं देख्दिन मत|

    Reply
  23. श्याम कुमार श्रेष्ठ says:
    June 3, 2014 at 8:58 pm

    बर्षौं देखि कार्यरत प्रहरी, सरकारी कर्मचारीलाई दुई / तीन महिनाको लागि आउने गृहमन्त्रीले हल्लाउनु दु:खद हो।

    उदाहरण: रमेश खरेल, जो दशौँ बर्ष देखि प्रहरी कर्मचारीको रुपमा कार्यरत छन्, तर केहि महिनाको लागि आएका गृहमन्त्री बामदेब गौतमले हल्लाउन खोज्दै छन।

    तर गृहमन्त्रीले यो धुव्र सत्य नबिर्सिउन कि , रमेश खरेल त सरुवा हुन सक्छन तर गृहमन्त्रीको पद त दुई / तीन महिनामा नै खुस्किन सक्छ।

    यती हुँदा हुँदै पनि गृहमन्त्रीको अधिकार धेरै हुनु दु:खद हो। अब गृहमन्त्रीको अधिकार कटौती हुनु जरुरी छ।

    Reply
  24. Madhav Thapa ido says:
    June 3, 2014 at 8:24 pm

    जो अगुवा उही बाटो हगुवा भन्ने उखान जस्तै भएन र भन्या दुइ मिनेट ढिला जादा तेहा कुनै भुकम्प जान लाको थिएन तेसैले अलिकति अगाडी आकासे पुल बाट बाटो काटेर जानु भाको भए सबै लै उदहारण हुने थियो यो बक्तब्य अझै अहम छ कैले बुद्धि आउने होला हाम्रो नेता हरु लाइ पहिला आफुले नियम पालना गरेर देखाउने अनि जनता लै पालना गर्न लगाउने

    Reply
  25. R. Rimal, Maryland says:
    June 3, 2014 at 8:20 pm

    बामे तेस्लाई सामान्य भनेर जित्न सकिदैन नियम भनेको राजा देखि जनता सम्मलाई एकै हुन्छा जुलुस हुन्छा भनेर त तपाई लाई पहिले नै i थाहा थियो होलानी अलि चाडो जुलुस हुनु भन्दा पहिले घर बाट निस्कन सक्नु भएन नियम पनि मिच्ने समन्ने कुरा भनेर बक्तब्य निकाल्न तपाई लाईलाज लाग्दैन लाज नै पचाएर के को बक्तब्य निकालेको नियम पालन नगर्ने गृह मन्त्रि लाई पद बाट हटाउन सबै जनता अगाडी बढौ

    Reply
  26. eklavya says:
    June 3, 2014 at 8:15 pm

    हेर सामान्य नागरिक हुँ रे अझ नागरिक स्वतन्त्रता चाहियो रे जता बाट नि बाटो काट्ने…तेसो ति कर्मचारी चाही देशको गृहमन्त्री अनि खरेल चाही कांग्रेसको अधछ्य …वाह रे बामेको बुद्धि निधारमा लेखेर ल्याएको रहेछ नत्र यस्ता पनि गृहमन्त्री…

    Reply
  27. Chetan Nepali says:
    June 3, 2014 at 8:15 pm

    बामेलाई नाचिन्नेहरुको लागि मात्रै हो यो बक्तब्य ! अरुलाई त हातको चुरा बराबर नै हो, बामे को हो, यसको नियत कस्तो छ भनेर ! अरु त अरु उनकै पार्टीका प्रदीप नेपाललाई सोधे थाहा भै हाल्छ नि !!

    Reply
  28. शरद- क्षितिज पारीबाट says:
    June 3, 2014 at 7:36 pm

    गृहमन्त्रि ज्यू तर्क त तपाइंको पनि ठिकै हो तर स्वतन्त्रता र संवेदनशीलता माथि प्रहार गर्ने कलाको बिकाश त हाम्रै नेताहरुले आफ्नो अनुकुलको लागि निर्लज्ज रुपले बिकाश गरेका हुन् ! तपाईं आफै भन्नोस् हामि आम नागरिकको स्वतन्त्रताको तपाईं हरुले कहिले ख्याल राख्नु भएको छ आफ्नो अनुकुल नहुँदा ? तपाईं हरुका (जुनसुकै दल )निजि र दलीय माग पुरा गर्न हाम्रा नानीहरु स्कुल जान पाउंदैनन, अहिले भर्खरकै तपाईं मातहतकै मन्त्रालयले गरेको प्रहरी बढुवाको बिषयमा बोल्ने तपाईं लाइ जी-हजुरी गर्न नआएका रमेश खरेललाई त तपाइंले घुमाउरो पाराले पेल्नु भयो तर कुन जनतालाई थाहा छैन र सरुवा-बढुवामा ब्रिफ्केश्ले यो बंगला बाट उ बंगलामा यात्रा गर्छन भन्ने होइन भने सधै बरियता किन मिचिन्छ ? किन नेताका नातेदार यसपाली जस्तै सधै बिना बरियता नै बढुवा हुन्छन ? हामि आम नागरिक तपाइंहरुको तुलनामा कसैलाई आफु बिरुद्द बोल्दैमा जनताको पैसाले हवाई टिकट किनेर घोक्रे ठ्याक लगाउने हैसियतमा त छैनौं तर तपाईं हरुले गरेका काम चाहिं अलि-अलि बुझ्छौं ! तपाईं हरुको ब्यबहारले आज यो स्थितिको सृजना भएको हो, हिंजो सत्ता र शक्तिमा नहुँदा हेल्थ पोस्टका सित्तैका औषधिले निको हुनेहरु पनि आज हामि जनताको पैसामा विदेश उपचार गर्न जान्छन त्यति बेला तपाईं हरुका यी महान अभिव्यक्ति कहाँ जान्छन ? के नेताहरु सबैलाई कुनै नेपाली जनतालाई नलागेको रोग लागेको हो ? के यो देशका डाक्टर र अस्पताल नेताको उपचार गर्न असक्षम नै हुन् ? यदि यसो हो भने किन सधै सरकाले यसमा लगानी गरिरहेको छ ? किन तपाइंहरु त्यो स्तरको डाक्टर उत्पादन र अस्पताल निर्माण गर्ने सोंच गर्नु हुन्न ? यदि नेताको उपचारमा खर्च गर्नु राज्यको दायित्व हुन्छ भने तपाईं हरुलाई सत्तामा पुर्याउन सडकमा मर्ने शहिदका लागि नेतालाई जति तपाइंको सरकारले खर्च गर्न सक्छ ? नेताको उपचार शिर्षकमा जति पनि पैसा लुटाउने सरकारले ति ०६२-६३को आन्दोलन पछि आज सम्म ओछ्यान परेका जिउँदा सहिदका लागि के भोलि नै विदेश पठाएर उपचार गर्न सक्छ ? तपाईं हरुका यिनै ब्यबहारले आज जनताले तपाईं हरुलाई मानवीयता भएकाको कोटी मै राख्न छाडेका छन् ! जनता थुन्ने र धम्क्याउने गर्नु भन्दा मुत्नु पहिले दैलो देख्ने आँखा खुला राख्ने हो कि नेता ज्यू ? चेतना भया…..

    Reply
  29. Sisir, USA says:
    June 3, 2014 at 7:33 pm

    खै केहि भनु भने गिरफ्तारी मा परिएला फेरी

    Reply
    1. suzee says:
      June 4, 2014 at 1:03 am

      USA बाट एक दिनमै सिंह दरबार गृह तिर हाजिर हुनु पर्ला नि हो !!!!!!!!
      हे हे हे हे हे हे !!
      बामे तन्त्र इन CYBERWORLD !!!!!!!!!!!!!

      Reply
    2. शुशिल says:
      June 4, 2014 at 7:47 am

      मालिकले सिमा मिच्दा निच्च दांत देखाउनेहरु निरिह कर्मचारी माथि बहादुरी देखाएर एइना हेरेर मख्ख पर्छन ! विदेशीले मुखबाट हात हालेर कलेजो निकालिदिंदा चिच्याउन सम्म डराउँ छन् हाम्रा नेताहरु तर निरिह जनतालाई घोक्रे ठ्याक लाएर आफ्नो बहादुरीको बखान गर्छन !

      Reply
  30. Sabin says:
    June 3, 2014 at 7:21 pm

    यो महशुस होइन, थप डिफेन्स हो | शोभनीय भएन कि भन्दा अगाडिको क्लज्ले यहि बताउँछ + कि भन्ने शब्दले उहाँ अझै पनि शोभनीय भयो कि भएन भन्ने कुरामा नै कन्फ्युजन मा हुनुहुन्छ भन्ने बताउँछ | आफ्नो धारणा नै स्पस्ट नभएको बिषयमा बिज्ञप्ति निकाल्ने कस्ट गर्नुभएकोमा धन्यबाद भने दिने पर्ला |

    Reply
  31. Manoj Khanal says:
    June 3, 2014 at 7:20 pm

    माननीय मन्त्रिज्यु सोभनीय भएन भन्ने बुद्धि त फिरेछ, त्यस्तो असोभनिय स्तिथिको फोटो खिचेर पत्रिकामा प्रकाशित गर्ने पत्रकार लाई कारवाही किन नगर्ने ? कि कसो ? भन है साथीहरु हो ?

    Reply
  32. Narayan says:
    June 3, 2014 at 7:05 pm

    जो कोहिले पनि आपत पर्दा नियम तोडे हुन्छ ???

    Reply
  33. govind thapa says:
    June 3, 2014 at 6:47 pm

    जताततै बाट बिरोध आएपछि सल्लाहकारले सल्लाह दिएर यो बक्तब्य निकाले जस्तो लग्यो यत्रो दिन पछि ..,.तैपनि आखामा छारो हाल्ने काम मात्र ….

    Reply
  34. Nirab says:
    June 3, 2014 at 6:45 pm

    आज आएर शोवनिये नभएको थाहा पाउनु भयेछ मनानियेले, सामाजिक संजालमा जे पायो तेही लेख्नेलाई पनि माफी दिएर जेलमुक्त गर्नु भयेछ, अब घरमा ब्रिफकेस पनि भित्रिएको हो भने त्यो पनि फिर्ता गर्दा बुढेसकालमा जेल जाने सम्भावना टर्थ्यो| होइन ब्रिफकेस लागेको भनेदेखि राम्रै कारबाही गर्नु पर्छ खरेल लै, हिरो हुनको लागि जे पायो तेही बोल्न त पैयेना नि

    Reply
  35. Dambar says:
    June 3, 2014 at 6:43 pm

    ए जनता का छोरा छोरी ले त्यही काम गरे १ घण्टा घाम मा उभिनु पर्ने, उठ बस गर्नु पर्ने, माननीय गृहमन्त्री लाइ सामान्य भो??…

    Reply
  36. Dhital says:
    June 3, 2014 at 6:32 pm

    खै यो बक्तब्य मैले नबुझेको हो कि जस्तो लाग्यो ! काही कतै म पनि मनुस्य हु र गल्ति हुन्छ चाहे त्यो जानेर होस् वा नजानेर तरपनि आज सम्म जे भयो मलाई माफ गर्नुस, बाटो काटेको साचो हो र म अरु साधारण जनताले भोग्ने कानुन अनुसार भोग्न तयार छु भनेको भए के बिग्रन्थ्यो ! घुमाई फिराइ म ठुलो अनि मैले नियम कानुन मिचेको होइन भन्ने पारेको जस्तो लाग्यो मलाई त !
    कृपया मेरो भुझई गलत भए माफ गर्नुहोला !

    Reply
  37. madan says:
    June 3, 2014 at 6:15 pm

    जनताको नेता हुनु छ भने तालि गालि सबै सहनु पर्छ आफुले गल्ति गरिसके पछि…. महान् नेता हुनु छ भने देशका इमान्दार कर्मचारीहरुलाई अगाडी सार्नु पर्छ . अनि पो हाम्रो बामदेव महान छ भनेर गर्व गर्छौ, बुडा खालि उल्टा काम मात्रै गर्छ ……….

    Reply
  38. kedar says:
    June 3, 2014 at 6:03 pm

    ढिलै भए पनि बुद्धि फिर्यो,बामदेव जी को!

    Reply
  39. santosh says:
    June 3, 2014 at 6:01 pm

    भो भो नाटक

    Reply
  40. ramzi says:
    June 3, 2014 at 6:00 pm

    तिमिहरुले गरेको त सबै कुरा समानेय हुन्छ नि. तेसो भनेर क्ह हुन्छ “हल्दार” लाई उठ बस गराउनु पर्छ. तिमि हरु चुनाब जित्य पछि राजा भयौ. जनताले उठबस गर्न हुने अनि जनता को नोकरलेचाई नहुने

    Reply
  41. डिल्ली says:
    June 3, 2014 at 5:58 pm

    हाहा ! कामरेड यतिका दिनसम्म त्यति भन्न कुन सर्वहारा पर्दाले छेकेको थियो साइत हेरेर मङ्गलबार पर्खिनु भो ? तपाईहरूलाई द्रव्य माग्न मात्र आउँछ गल्ति गरेपछि माफी बेलैमा माग्नु पर्छ भन्ने विर्सिनु भो ? जो कानुनको पालक हो उसले कानुन तोड्दा माफी माग्दैमा पुग्छ कामरेड? त्यस्तै हो भने चोर डाका हत्याराले पनि अपराध गरेर माफी मागे त पाइन्छ होला नि तपाईँको सर्वहारा कानुनमा कि कसो!

    Reply
  42. keshav says:
    June 3, 2014 at 5:58 pm

    हरे यो आखाले के देख्नु पर्यो. यस्ता त छन् मन्त्रि. हामी गोर्खे पनि तेस्तै यस्तालाइ मन्त्रि बनाउने . बाटो काट्न नजान्ने ले कसरि देसको विकास गर्लान. हामी सबै ले रमेश खरेल जस्ता लाइ आगाडी ल्यानु पर्छ बामे लाइ होइन.

    Reply
  43. Sisir says:
    June 3, 2014 at 5:56 pm

    “….शोभनीय भएन “कि” भन्ने कुरा मैले पनि महसूस गरेको छु।” –
    एसको मतलब उनले अझै आफुले गल्ति(ट्राफिक नियम उलंघन) गरेको सुइकार गरेका रहेनछन . यहाँ बिचको “कि” भन्ने सब्दले ठुलो अर्थ राख्छ, तर “कि” भन्ने सब्द त्यो वाक्यबाट हटाउदा अर्कै अर्थ राख्छ . गल्ति गर्दा आफुबाट एस्तो गल्ति हुन गएको भन्दा कोहि सानो हुने थिएन . तर हाम्रा मन्त्रि हरुलाई एस्तो कुरा कसले बुझाउने ?

    Reply
  44. Shiris says:
    June 3, 2014 at 5:54 pm

    यस्तै झिनोमसिनो कुरामा अल्झिएर वा अल्झ्याउने प्रवृति ले मूल बिषयवस्तुबाट ध्यान अन्तै मोड्ने बिषय त होइन ?

    Reply
  45. Suman Wosti says:
    June 3, 2014 at 5:26 pm

    अब एस एस पी खरेल लाई कारबाही गरेको बिषयमा पनि केहि सुन्न पाए प्रतिक्रिया दिनु हुन्थ्यो…

    Reply
  46. LAX from JAPAN says:
    June 3, 2014 at 5:24 pm

    अन्तरआत्मा देखि नै आफ्नो गल्ति स्विकारे जस्तो त लागेन है मलाई त !

    Reply
  47. गोकुल says:
    June 3, 2014 at 4:44 pm

    अब त सबै जनता मेरो बिपक्षमा खनिञ्छन र आन्दोलन गरे भने मेरो पद पनि जान्छ भन्ने भान बामे महासयलाई भैसक्यो र अब मा अर्को पटक चुनाब जित्दिन भन्ने पनि ज्ञान भैसक्यो, तेसैले यो बिज्ञप्ति निकालेर जनतालाई मुर्ख बनाएर अझै सत्तामा बस्ने चाल हो यो। त्यसैले दाजुभाई दिदीबहिनिहरु यो बाघको खोल ओढेको स्याललाई हामीले अहिलेनै सडकमा ल्याएर घुडा टेकाउनु पर्छ। नत्र रमेश खरेल जस्ता कयौं देशभक्त कर्मचारीहरुको सरुवा र निलम्बन गर्छ अनि देश पहिलाको भन्दा पनि गहिरो खाडलमा जकड़ीन्छ, जसलाई माथि उतार्ने हामीसंग सामर्थ्य हुनेछैन। अहिले हामीले एस्तो कुकुरलाई घरमा पालेउ भने हड्डीको भरमा चोरहरुको बाटो खुल्ला गरिदिन्छ।

    त्यसैले हामीलाई टोक्ने र हड्डीमा भुल्ने कुकुरहरुलाई खोरमा थुनेर घरको रक्षा गर्ने कुकुरहरुलाई खुल्ला गर्नु राम्रो होला! (माफ गर्नुहोला मैले यहाँ नराम्रो चरित्रकालाई कुकुर नै भनेको हो तर राम्रो चरित्रका लागि चाही होइन। )

    Reply
  48. SK says:
    June 3, 2014 at 4:41 pm

    हैन हव कति नाटक जानेको यो मान्छे ले / के को सुरक्षा कर्मी लगाउने बाटो खुल्न भनको / यो भनाइ नै आफै गैर्जिम्मवर छ / बाटो नाखुलूं जेल त तिमि ले नि पर्किनु पर्छ / तिमि ले निअ नियम पालना गर्नु पर्छ / आफ्नो पालो कुर्नु पर्छ/ ढिला हुने गरि घर बाट हिड्ने हैन / समय को ख्याल गररे घर बाट चाडो हिड्नु पर्छ / त्यो तिम्रो प्रोब्लेम हो / येति गर्दा नि सोर्री माफ पहु भन्ने कुरा छैन / आफै ठुलो कुरा गर्ने / लाज पचेको बोको / सरम हुनु पर्ने /

    Reply
  49. jayaram says:
    June 3, 2014 at 4:40 pm

    रमेश खरेल को बारेमा र ए आइ जि प्रकरण (३ करोड ) बारेमा पनि बिग्यप्ती आउछ कि त …..

    Reply
  50. गगने says:
    June 3, 2014 at 4:38 pm

    ‘तर म एउटा आम नागरिक पनि हुँ!’
    बामदेब कामिरेड, अनि अरुचाही आम नागरिक होइनन?
    के त्यो राजु शाह आम नागरिक होइन?
    के रमेश खरेल आम नागरिक होइन?
    कामिरेड हरुले गर्ने पाउने तर अरुले चाहि बोल्न पनि नपाउने हो यो देशको नियम?
    कामिरेडले त कार्यालय समयमा र काममा यो निक्रिस्टता प्रदर्शन गरेका छौ तर ति शाह त छुट्टिमा आफ्नो स्वोतन्त्र समय र जीवन फुर्सदमा रहदा कुनै कुरा र कामको प्रतिक्रिया दियका हुँन!
    ति साहले यो देशको राजनीतिक ब्यक्तित्वो र रास्ट्रको सरकारमा उच्च तहमा रहेको एउटा नालायक नेताको सार्बजनिक कामकार्य प्रतिको प्रतिक्रिया शब्दमा घ्रिणामा व्यक्ति गरेको हो उहाले सिर्फ बोलेको छ तपाइले जसरि कार्य नै गरेको छैन!
    तपाइँ अनैतिक तबरले आफ्नो शक्ति प्रदर्शन र शक्तिको दुरुपयोग गर्दै हुनुहुन्छ!
    ‘ मेरो क्रियाकलाप बारेमा कुनै चर्चा गर्दा सम्बन्धित सबैबाट मेरो व्यक्तिगत स्वोतान्त्रताको पनि सम्मान हुनुपर्दछ’
    यो गृहमन्त्री भयकोले हुनुपर्ने हो? हामि जस्तो सर्बसाधारनको चाहि हुनुपर्दैन?
    तपाइको अनैतिक र असामाजिक अनि गैरकानुनी कार्य चाहि व्यक्तिगत स्वोतान्त्रताको नाराले जस्टिफ़ाइड भयर सबैले वाहावाही गरिदिनु पर्ने हो?
    अनि धम्कीको ब्याथाले भरेङ्ग उक्लिन नसकेर तलबाट आफ्नै तागतले सुरक्षित तबरले कसैलाई नरोकी बाटो काट्ने ति बुढि आमाहरुको व्यक्तिगत स्वॉतन्त्रता चाहि कामिरेड हरुको उर्दीमा पुलिसको लाठा र बुट मुनि बज्रिनु पर्ने हो?
    वा रे व्यक्तिगत स्वोतान्त्रता,
    यो देशको व्यक्तिगत स्वोतान्त्रता व्यक्तिको शक्ति र वोहोदाले निर्धारण गर्ने हो?
    कोहि चाहि बोल्नलाई पनि नपाउने कोहि चाहि खुलेआम देशको मध्ये अनि ब्यास्त सडकमा आफ्नो तागत र तुजुग देखाउने यहि हो व्यक्तिगत स्वोतान्त्रता?
    आजदेखि जताभाबी सडकबाट बाटो काट्ने क्रसिंग लाइ बामदेब कामिरेड क्रसिंग भन्दा होला!
    तपाइँ जस्तो लज्जा र नैतिकता नभयको अनि शक्तिको तुजुक झिक्ने जसरिपनि शक्ति हत्याउन पर्ने कामिरेड नाइकेहरु बाट यो देशको जनताले के शिक्ने के अनुशरण गर्ने!
    जस्तीफिकेशन होइन नैतिकता चेतना र हिम्मत छ भने देशलाई साक्षी राखेर जनतासंग माफी माग्नुस!
    छ नैतिकता?

    Reply
  51. कमल says:
    June 3, 2014 at 4:30 pm

    माफी माग्न किन कन्जुस्याई? शोभनीय नभएको महसुस गरेपछि गृहमन्त्रि जस्तो पदमा बसेको व्यक्तिले खुरुक्क भुल भयो भनेर माफी मागेको भए कुरै सिद्धिने थियो| बक्तब्यमा तीन तीन ठाममा “अतिरन्जित” शब्द प्रयोग गर्नुको कुनै अर्थ छैन| त्यो चै भएन त् अतिरन्जित फेरि? बक्तब्यमा एमालेको जुलुस नभएको भए बाटो खुलाउने थिए र डोरी काट्ने थिईन भन्न खोज्नुभएको जस्तो बुझियो नी हजुर? आम नागरिकको हैसियतमा ट्राफिक अवरुद्ध गरिने गरेर जुलुसमा भाग लिन जाने हो भने सेक्युरिटी नलगेको भए हुँदैन थियो? यो तालले विवाद र कुराकानी छिटै अन्त्य हुनेवाला देखिदैन|
    रमेश खरेल सरले सलाम गर्न आएन भन्ने सोच पाल्नु चै अतिरन्जित भएन हो वामदेवजी? जे होस्, यसलाई अरु तन्काउनु नतन्काउनु तपाईमै निर्भर छ|

    Reply
  52. Prakash says:
    June 3, 2014 at 4:25 pm

    साला नालायक नाममात्रको नेता,
    नेता हुन दुनियाको मन जित्नुपर्छ भन्ने कसले सम्झाइ देवस
    यो बिज्ञप्ति भोलिपल्ट निकाल्नु पर्ने कि आज??
    नैतिकता मात्र पनि भएपो
    आज सामाजिक संजालका साथीहरुलाई दोष दिने – फटाहा
    ढिलै भएपनि कसैले सम्झाई दिएछ तर ढिला भैसकेको आबस्था हो यो
    अब इतिहासमा कलंकको रूपमा हेरिन्छ चाहे त्यो बेला त्या जेसुकै भएको होश
    गल्ति भयो र त्यो पनि देशको Deputy Prime Minister बाट माफी येत्तिकै त कहाँ हुन्छ र.
    Deputy Prime Minister को गल्ति चै गल्ति अनि हाम्रो गल्ति चै आपराध ??

    Reply
  53. kusan sharma says:
    June 3, 2014 at 4:23 pm

    बामदेवजीले जनताहरु आफ्नो काम गराईप्रति त्यति

    सन्तुष्ट रहेनछन भन्ने बुझ्नु पर्यो l

    यो तपाइको बाटो काट्ने घटना त एउटा कारक मात्र हो l

    Reply
  54. Bishwaraj says:
    June 3, 2014 at 4:20 pm

    कमरेड ओली को तुलनामा त कमरेड गौतम नै उत्तम, तर यी दुवै चोर- गुण्डा र डनको अभिभावक नै हुन्-

    Reply
  55. kumar,japan says:
    June 3, 2014 at 4:17 pm

    अहिले गल्ति गर्दा आम नागरिक रे हरे के के सुन्नु पर्छ,त्यो बिचरा राजु शाह चाही?

    Reply
  56. kedar says:
    June 3, 2014 at 4:14 pm

    रमेश खरेलको सरुवा गर्ने अनैतिक प्रयास गरेकोमा माफी पाउँ भन्ने बक्तब्य चैं पर्खेको, के पो आउँछ ?

    Reply
  57. Narayan says:
    June 3, 2014 at 3:56 pm

    तत्कालिन आवस्था मात्र हेर्ने कि देश र जनताको आधिकारिक भएको हैसिऎतले गल्ति नै गरे भनेर माफी माग्नु सट्टा उल्टो थर्काउने अब के भन्नु ?

    Reply
  58. कमल नेपाल says:
    June 3, 2014 at 3:55 pm

    लौ न बामदेब कँडलाई कसैले सुनाई देवस कि…गाली नखाई ताली र मान सम्मान पाउन को लागि तेहि स्तरको कर्म गर्नु पर्छ …न कि कुनै कर्मचारी चाकडी गर्न आएन भनेर बर्बराउनु…। रमेश खरेलालई सरुवा गरेन भने उपचुनाव हुन नसक्ने भनेर पुर्वाग्रह राखेर सरुवा गर्न खोज्नु..अरे कस्तो तर्क हो यो..के रमेश खरेलले चुनाव भाड्न सक्छन त भन्या ? कस्तो बुद्धि होला यस्को..क्ले पत्याउने होला यस्को यस्तो तर्क ? के हामी नेपाली लाई यस्ले बुद्धि नभएकै प्रानी ठानेकै हो त ? यस्तै ठानेो पनि हुन सक्ला..किनकी, नालायक र भ्रष्ट भनेर जान्दा जान्दै भोट हालेर यसरी चुनाव जिताउने त मुर्ख ले मात्र गर्न सक्छन नि होइन र ?

    Reply
  59. निराजन says:
    June 3, 2014 at 3:49 pm

    यो बुद्दी कहाँ गएको रहेछ हिजो अस्ति ?

    Reply
    1. suzee says:
      June 3, 2014 at 9:14 pm

      मन्दबुद्धि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme