Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेर्नुस् एउटा त्यस्तो विज्ञापन, जुन देख्दा तपाईँ अचम्ममा पर्ने ग्यारेन्टी

Posted on June 1, 2014 by Salokya

surprise तपाईँले विज्ञापनहरु निकै हेर्नुभएको होला। तर आज हामी तपाईँलाई एउटा त्यस्तो विज्ञापन देखाउन गइरहेका छौँ, जुन हेरेर तपाईँ तीन छक्क पर्नुहुनेछ। यस्तो विज्ञापन तपाईँले न अहिलेसम्म देख्नुभएको थियो, न भविष्यमा देख्नुहुनेछ। हाम्रो जस्तो देशमा भविष्यको ठेक्का लिन अलि गाह्रो हुन्छ। भविष्यमा यस्तै खाले विज्ञापन देखिए त्यतिबेला फिर्ता हुने गरी यी वाक्य अहिले लेख्दैछु।

यो एउटा गज्जबको विज्ञापन हो। अहिलेसम्म यस्तो विज्ञापन मैले देखेको थिइनँ। विज्ञापन हेर्न भित्र आउनुस्।

ad

देख्नुभो त कति अचम्मको विज्ञापन !

त्रिचन्द्र बहुमुखी क्याम्पसको विज्ञापन रहेछ। निम्नानुसारको विद्युतीय उपकरण किन्नु पर्ने भएकोले सिलबन्दी बोलपत्र आह्वान भनिएको छ तर मुन्तिर के खरिद गर्नुपर्ने हो, केही उल्लेखै छैन।

खासमा यो विज्ञापनलाई उत्कृष्ट अवार्ड दिनुपर्छ। किनभने यसले आँ गर्दा अलङकार बुझ्नुपर्छ मान्यता स्थापित गरेको छ।

विज्ञापन आइतबारको कान्तिपुरको १६ औँ पेजमा छापिएको हो। इपेपरमा हेर्न यहाँ क्लिक गर्नुस्

12 thoughts on “हेर्नुस् एउटा त्यस्तो विज्ञापन, जुन देख्दा तपाईँ अचम्ममा पर्ने ग्यारेन्टी”

  1. Karna says:
    June 2, 2014 at 12:52 pm

    क्याम्पस प्रमुखले नैतिक जिम्मेवारी लिएर तु राजीनामा गर्नपर्यो| भविष्यका कर्णधार तयार गर्ने शैक्षिक संस्थानको यो हालत छ भने अरु के भनौ?

    Reply
  2. Jimmi Rai says:
    June 2, 2014 at 11:11 am

    यी चोरका खन्तीहरुले पनि हसाए १ नं. मा विभिन्न किसिमका विद्युतीय उपकरणहरु राखेको भए पनि हुने नी । की एडभरटाइजीङ्ग कम्पनीले अक्षर नबुझेर खाली राख्दा ठीक छ भनेर पठाए चोरहरुले हे हे हे. ।

    Reply
  3. Tulashi Giri says:
    June 2, 2014 at 10:34 am

    १ र २ नम्बर मा त कै पनि छैन त कस्तो बिज्ञापन हो यो ?

    Reply
  4. Sanjay says:
    June 2, 2014 at 10:14 am

    हाम्र पत्रिकाले जे पनि छाप्छन भन्ने पनि त हो नि । कान्तिपुर प्रकाशन बिक्रिमा भन्यो भने नि छाप्छन जस्तो छ ।

    Reply
  5. sujan nz says:
    June 2, 2014 at 6:37 am

    कति लाख हो अझ कति करोड पो हो बजेट …!! झ्वाम पार्ने भए अब डाँकाहरुले !!

    Reply
  6. हृदय says:
    June 2, 2014 at 3:21 am

    हत्तेरी सालोक्य जी, छर्लंगै छ नि के उपकरण चाहिएको भनेर, त्यो त बिज्ञापन को ढाचाले स्पष्ट बताएको छ l उही क्या, भर्खरै बजारमा निस्केको “Invisible Computer”. 3D फिल्म हेर्दा लगाउने चस्मा लगाएर हेर्यो भने पढ्न मिल्ने गरी छापिएको बिशेस बिज्ञापन हो यो !!

    Reply
  7. GGL says:
    June 2, 2014 at 1:49 am

    This is a great example of Management in our prestigious academic institutions, Tribhuvan University and their campuses. The person who authorize to print in newspaper should be liable personally of this expenses.misuse of nation’s fund, negligence !!

    Reply
  8. Dhital says:
    June 2, 2014 at 1:48 am

    दुइ आखा चाहिन्छ बाचुन्जेल के के देख्न पाइन्छ भनेको यहि होला ! हे पढेलेखेका पात हो, के देख्नु पर्यो त्यो पनि उच्चशिक्षा दिने संस्था को काम ! त्यसै क्याम्पस पढ्ने बिद्यार्थी टायर बाल्न जानेगरेको त होइन रेछ बल्ल थाहा भयो !!!!
    जो अगुवा उही बाटो हगुवा अनि भुत्रो पढेको काम लाग्नु !!!

    Reply
  9. eklavya says:
    June 2, 2014 at 12:06 am

    टेन्डर पाउनेले पाइसके शायद उपकरण किनी पनि सकेहोलान यो त हात्तिको देखाउने दांत मात्र हो ..नेपाल अहिले भ्रस्ताचार्को चरम बिन्दुमा छ कुन दिन घुसखोरी हरुको भुँडी फुलेर फुट्ने हो ? तेतिन्जेलसम्मन नेपाल आफ्नो अस्तित्व कायम राख्न सके नेपालीहरु पनि रहँला..जय नेपाल !!!

    Reply
  10. Narayan says:
    June 1, 2014 at 10:58 pm

    आखा छोपेर हासे म त एकछिन 🙂

    Reply
  11. Mk says:
    June 1, 2014 at 10:44 pm

    नेपाल देश ‘सानो’ भएतापनि, अचम्म का कुराहरु येहा ‘धेरै’ छन् / वाच्नु मात्र पर्छ, अझ के के देखनु पर्नेछ/

    Reply
  12. Santosh says:
    June 1, 2014 at 9:46 pm

    – खरीद गर्ने उपकरणको लिस्टमा के के राख्ने हजुर ?
    – खै के राख्ने भन्ने, खरिद गर्नु पर्ने त केहि छैन | खरीद नगरम, बजेट ल्याप्स होला भन्ने डर | ऐले लाइ खाली रखिछोड्नुस, भरे सोचेर भनुम्ला |
    (भरे…)
    – ल भर्नुस त, मैले लेखेर ल्याको छु |
    – खै हजुर, प्रिन्ट गरेर यहि राखेको थिए, ऐले त देख्दिन त | कहाँ हरायो ?
    पिउन – “मैले छाप्न पठाईदि सके सर”
    दुवै – “थुक्क लठेउरो, मारी हाल्यो नि यसले”

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme