Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नामीको दामी काम

Posted on May 27, 2014May 27, 2014 by Salokya

एउटा र्‍याप गीत थियो क्यारे- म यस्तो छु, म त्यस्तो छु। जस्तोसुकै भए पनि दामी छु। चारैतिर म नामी छु, ताल परेमा हरामी छु।

एउटा कलेज रहेछ, नामै ‘नामी’। क्या दामी नाम ! तर काम भने अलि नराम्रो गरेछ कि क्या हो!

यो कलेजले बेलायतको युनिभर्सिटी अफ नर्थम्पटनबाट विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरी त्रिभुवन विश्वविद्यालयबाट मान्यतासमेत प्राप्त गरेको विज्ञापन गरेछ ठूला पत्रिकाहरुमा। तर त्रिभुवन विश्वविद्यालयले भने यो संस्थाले समकक्षताको अनुमति त के पत्र समेत नलेखेको भन्दै सूचना निकालेको छ। दिनदहाडै झुट कुराको प्रचार पो भयो त त्यसो हो भने यो त गाँठे। हेर्नुस् त विज्ञापन।
NAMI

अनि यो हेर्नुस् त्रिभुवन विश्वविद्यालयको सूचना-

11615559

त्रिभुवन विश्वविद्यालयले सूचनै निकालेर सचेत गराएको यो कलेज चानचुने मान्छेको हैन नि फेरि। यो कलेजको वेबसाइटमा यसका चेयरपर्सन आरजु देउवा राणा लेखिएको छ। हेर्नुस् यहाँ क्लिक गरी

अपडेटः कमेन्टमा असिम शर्माले जनाए अनुसार, त्रिभुवन विश्वविद्यालयले यस्तो सूचना गोरखापत्रमा प्रकाशित गरे पनि नामी कलेजको साइटमा भने असोज ८ गते लेखिएको शिक्षा मन्त्रालयको पत्र राख्दै अनुमति भएको दावी गरिएको छ। यहाँ क्लिक गरी हेर्नुस्। विश्वविद्यालयको सूचनामा भने असोज १७ को विज्ञापनमै आपत्ति जनाइएको छ।

ठूला मान्छेको ठूलै चाला। के हो खास कुरा, थाहा पाए भन्नुहोला।

4 thoughts on “नामीको दामी काम”

  1. Prakash Sharma says:
    May 27, 2014 at 1:55 pm

    Dear Salokya g
    I got surprised, how you got confused this time. This notice published by Tribhuvan University Curriculum Division is old (Ashoj 2070). Earlier we have carried this information also, later we got call from Herald College and visited the college and see the documents issued by Ministry of Education Nepal. Both the colleges have already got approval. You can see this here (Herald 115, and NAMI 117): http://moe.gov.np/attachments/article/30/foreign%20affiliated%20college%20and%20program%202071-2-7.pdf .
    Yes, at that time NAMI College publish advertisement before getting approval, but now they are approved. Not defending these colleges but trying my best to clarify the things. I am still confused, how you got that very old notice of Curriculum Department today and publish it today?

    Reply
  2. GN Udash says:
    May 27, 2014 at 11:01 am

    यो नयां आयाम मल्टी डिसिप्लिनरी इन्ष्टिच्युुट लिमिटेड भनेर दर्ता गरेर बिज्ञापन चै कलेज भनेर गरेको भएर हो कि ,

    के छ कलेज को प्राबधान अनि इन्ष्टिच्युुट को प्राबधान ?

    Reply
  3. डिल्ली says:
    May 27, 2014 at 9:45 am

    नामी कलेजको बद्नामी कसरी होला र ? बन्दुके डाकाले इज्जत पाइरहेको हाम्रो देशमा अर्को शैक्षिक डाका आएछन् । त्रिविले चाहीँ किन यति छिट्टै सम्वन्धन दिएको छैन भनेर निकाले छ त? कि पहिले कुरा मिल्यो पछि मिलेन अनि निस्कियो सूचना?

    Reply
  4. Asim Sharma says:
    May 27, 2014 at 9:39 am

    यो नामि को वेबसाइटमा हेर्दा त त्रिभुवन विश्वविद्यालयबाट पाएको समकक्षताको पत्र स्क्यान गरेर राखेको छ त्यहाँ। मैले देखेको पत्र नामि को वेबसाइटमा तलको लींकको पानाको अन्त्यमा छ।

    http://nami.edu.np/Discover/introduction

    त्यो पत्र पनि नक्कलि हो त? कि त्यो पत्रको प्रयोजन अर्कै हो? यो कुरो राम्रोसँग खूलाइदिए बेस हून्थ्यो की।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme