Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘सन्डे मर्निङ लभ यु’ अब नेपालीमा पनि, भीम निरौलाले गाए – ‘आइतबार माया..’ भिडियो हेर्नुस्

Posted on May 31, 2014May 31, 2014 by Salokya

bhim भीम निरौलाको चर्चित गीत ‘सन्डे मर्निङ लभ यु..’ नसुन्ने को होला र। छोटै समयमा यो गीत निकै चल्यो। अहिलेसम्म यो गीत १५ लाखभन्दा बढी पटक सुनिसकिएको छ।

यो गीतमा सबै ‘डे’ को कुरा गरिए पनि ‘स्याटर्डे’को कुरा चाहिँ गरिएको छैन।

उनै निरौलाले हिजो भर्खर नयाँ गीत युट्युबमा अपलोड गरेका छन्। आफ्नो चर्चित अंग्रेजी गीतकै ट्युनमा उनले नेपाली शब्द राखेका छन्। अनि गाएका छन्- ‘आइतबार माया, हो सोमबार माया…’

अङ्ग्रेजीबाट नेपालीमा अनुवाद हुँदासम्म ‘मर्निङ’ भने छुटेको छ। अर्थात् अब मर्निङमा मात्र हैन दिनैभर माया। माया नै माया…
bhim
bhim1
यस पटक भीम दाजुले गीतैमात्र अपलोड गरेका छन्। अङ्ग्रेजीमा जस्तो म्युजिक भिडियो बनाउन भ्याइसकेका छैनन्। शायद् नेपाली गीतका लागि मोडल पो खोज्दैछन् कि।

गीतका केही शब्द हेरौँ-

आइतबार माया
हो, सोमबार माया
माया छ मेरो तिमीलाई
सँधै सँधै भरीलाई

अङ्ग्रेजी गीतको चर्चित लाइन Lady U R 8ractive 8ractive 8ractive लाई नेपालीमा ढाल्दा

‘माया तिमी आकर्षक आकर्षक आकर्षक छ्यौ’ भएको छ। अर्थात् अङ्ग्रेजीको जस्तो रस गुमेको छ। त्यसमाथि आकर्षक भनेर तीन पटक रटिसकेपछि लास्टमा ‘छ्यौ’ अमिल्दो गरी घुसाइएको छ।

अर्को लाइनमा भनिएको छ-
माया तिमी सुन दरी सुन दरी सुन दरी छ्यौ

अङ्ग्रेजीमा जस्तो एउटा बार गायब गरेका छैनन् उनले नेपाली गीतमा। आइतबारदेखि शनिबारसम्मै अटाएको छ उनको गीतमा।

अङ्ग्रेजीमा जस्तो मेहनत नेपाली गीत गाउन उनले नगरेको देखिन्छ। स्वर पनि यसमा उनको अङ्ग्रेजीमा जस्तो सुनिएको छैन।

सुन्नुस् गीत-

अङ्ग्रेजी गीत सुन्नुस‌्-

25 thoughts on “‘सन्डे मर्निङ लभ यु’ अब नेपालीमा पनि, भीम निरौलाले गाए – ‘आइतबार माया..’ भिडियो हेर्नुस्”

  1. Dinesh says:
    June 10, 2014 at 5:46 pm

    बिग्रेको घडीले दुई चोटी ठिक समय देखाएको जस्तै हो यो !

    Reply
  2. Sanjay Raj Dahal says:
    June 1, 2014 at 11:39 pm

    वास्तव मा भिम जी को र मेरो आवाज, तरिका उस्तै छ, मैले गीत रेकोड़ गर्न अलिक भ्याको छैन, तेती फरक छ

    Reply
  3. krishna says:
    June 1, 2014 at 7:35 pm

    मेरी बास्सै को खड्का जी को गीत र वीम निरौला को गीत उस्तै राम्रो छ / मान्छेलाई नेगतिवे कमेन्ट गरेर दुखि बनाउनु चाही हुन्दैना / दुवै जान अन्तर्रस्त्रिया गायक परे/ मलाई पनि धेरै राम्रो लग्यो दुअबै अन्तरराष्ट्रिय गायकको गीत/

    Reply
  4. Rabina Bimali says:
    June 1, 2014 at 11:53 am

    . “इ एक दुइ जना मानिस हरुको मन मा साइ ले कोरिया को बेइजत गर्यो. एल्विस प्रिस्त्ले ले युरोप अमेरिकाकै बेइजत गर्यो.तेसैले इनिहरु उ तुब खोलेर बेइजत सुन्छन, कन्सर्ट मा पनि बेइजत सुन्छन.
    र बेइजत गर्छन, इनिहरु बेइजत खान्छन, बेइजत लाउछन इनिहरुको नाम पनि श्री बेइजत नै हुनु पर्छ. इ मानिस हरु को लागि संगीत को पर्याबाची सब्द बेइजत हो”
    हाहाहा भिम निरौलाले यी मानिसहरु संग आफ्नो तुलना गरेर चाही कसको बेइज्जत गर्या होला ? दुइ कुरो सिक्नु पर्यो भिम सर एउटा English बोल्न (गाउन) अर्को नेपाली लेख्न !!!!

    Reply
  5. achut says:
    June 1, 2014 at 11:46 am

    “रिखी धमला लाई पत्रकार र यस लाई गायक भन्नु उस्तै हो”

    Reply
  6. योगेश आदी says:
    June 1, 2014 at 5:21 am

    बजारमा दुइथरि मान्छेको पछाडी मान्छेहरु झुम्मिन्छन; एउटा सेलिब्रिटीको- अर्को बहुलाको ! यो गीत मान्छेले सुन्नु भनेको दोश्रो चाँही जस्तो हो !!

    Reply
    1. shyam says:
      June 1, 2014 at 10:21 am

      गाउने हिमम्त भए गायर देखाय हुन्थ्यो नी आफ्नो खुबी छैन अर्का लाई बडो कमेन्ट गर्ने

      Reply
  7. Ramesh... says:
    June 1, 2014 at 5:05 am

    attractive त राम्रो संग भन्न आउदै न ektractive भन ६ मुला…English लोक गीत.राम्रो भए र हेरेको होइन…कति जिरेखुर्सानी हेरेर हासौ भने र यो गीत हेरेको हो.मारी मरी हास्न लाई….

    Reply
  8. Bhm Niroula says:
    June 1, 2014 at 2:46 am

    धेरै लाखमा एक दुइ जना मानिसह हरुले आइतबार माया गित ले नेपालीको बेइजत गर्यो भन्ने कमेन्ट गर्दा रहेछन. इ एक दुइ जना मानिस हरुको मन मा साइ ले कोरिया को बेइजत गर्यो. एल्विस प्रिस्त्ले ले युरोप अमेरिकाकै बेइजत गर्यो. इ मानिस हरु को लागि संगीत को पर्याबाची सब्द बेइजत हो.
    तेसैले इनिहरु उ तुब खोलेर बेइजत सुन्छन, कन्सर्ट मा पनि बेइजत सुन्छन.
    र बेइजत गर्छन, इनिहरु बेइजत खान्छन, बेइजत लाउछन इनिहरुको नाम पनि श्री बेइजत नै हुनु पर्छ.

    भिम निरौला

    Reply
    1. gole says:
      June 1, 2014 at 8:23 pm

      Bhim Sir,
      There will always be haters. That’s part and parcel of earning millions of fans that you have. Both of your songs are great. I personally like your english version better. Just cannot get enough of that typical Nepali accent of yours. Baby, you are 8ttractive, 8ttractive, 8ttractive….love it.

      Reply
  9. Bhm Niroula says:
    June 1, 2014 at 2:10 am

    एस समाचारम लेखिएका केहि कुरा हरु मैले पनि बुझ्न सकिन ,

    “अङ्ग्रेजीमा जस्तो मेहनत नेपाली गीत गाउन उनले नगरेको देखिन्छ। स्वर पनि यसमा उनको अङ्ग्रेजीमा जस्तो सुनिएको छैन।”
    सन्डे मर्निङ्ग लभ उ जुन २१, २०१३ मा रेदिंग भन्ने बेलाएत को शहरमा एक ब्यबसाइक स्टुडियो
    मा रेकोर्दिंग भाको हो. बास्तबमा कुरो के छ भने जुन २१ मा नै दुवै भर्सन मा गीत र्कोर्ड भएको हो
    र तेस दिन केहि काम नसकेइको ले मास्तारिंग २८ जून २०१३ मा दुवै भर्सन को भएको हो.
    मैले दुवै भर्सन रेकोर्ड गर्न लै बराबर मेहनत र उतिकै पन्च दिने भरपुर प्रयास गरे. मैले थोरै फरक
    नेपालि भर्सन मा पाए र नेपालि भर्सन लाइ पछि मात्रै बजार मा ल्याउने निर्णय गरे.
    मैले दुबैलाई बारा बर मेहनत र राम्रो बनाउन उत्तिकै प्रयास गर्दा गर्दै र एकै दिन दुइतै भर्सन को
    लगातार रेकोर्ड गर्दा पनि थोरै फरक सुन्निनुमा मलाइ पनि अनौठो लागेको छ

    भिम निरौला

    Reply
  10. Niraj says:
    June 1, 2014 at 1:27 am

    Pure English त खासै बुझ्नु सक्दिन,खास गरेर गीतहरुको शब्दमा,तर नेपाली पाराको English भएर होला बुझ्नु तेती सारो परेन त्ये भएर मलाई चै मन पर्यो.

    Reply
  11. raju sthapit says:
    June 1, 2014 at 12:27 am

    बे मौसमी बाजा मुला साग , भंगेरा टीप्नी काग…

    Reply
  12. Narayan says:
    May 31, 2014 at 8:48 pm

    मान्छे ले कि गुज्रिएको चर्चा गर्छन कि धेरै राम्रो यी मध्ये पहिले ऑप्शन मा मैले चै हेरेको हो …

    Reply
  13. बशन्त राज says:
    May 31, 2014 at 8:20 pm

    संगीत एक प्रयोग हो / कुनै प्रयोग केहि समयका लागि राम्रै चल्छ / तर पछि स्रोताले बिर्षने गर्छन / कुनै चाहि दिर्गकलिन सधाबाहर हुन्छन / यो गितको जसले बिरोध गरेपनि म चाहि पूर्ण समर्थन गर्छु / आजकलको अग्रेजी गीतमामा कुन चाही शब्द हुन्छन र यो गीतमा मान्छे ले शब्द को मिठास खोज्दै छन् ??/????

    Reply
  14. Bishnu Pantha says:
    May 31, 2014 at 7:57 pm

    यो मान्छेले नेपालीको बेइज्जत नै गर्यो. कति घिन लाग्दो छ एस्तो English गीत. थुक्क तेरो जिन्दगि, यो बुदेश्कालमा त्यो फुट्न लागेको जस्तो घ्याम्पे भुडी हल्लाउदै लॊक गीत जसरि अंग्रेजी गीत गाएको रे/ लाज लग्नु नि Ali अलि/ विडियो हेर्दै झाप्पद मरु जस्तो मान्छे /

    Reply
  15. Sunil, London says:
    May 31, 2014 at 6:34 pm

    सुमिरा जी को कुरा ठिकै हो जस्तो लाग्यो, “मुन्नी बद्नाम हुइ” को View youtube मा एस्तो रहेछ “Munni Badnaam Hui” [Full Song] Dabangg | Feat. Malaika Arora खान 5,280,381 views

    शीला कि जवानी

    “Sheila Ki Jawani” Full Song | Tees Maar Khan ( With Lyrics) Katrina Kaif
    T-Series T-Series ·7,155 videos
    Subscribe 4,953,793
    16,494,138 views

    के यी गीत हरु धेरै राम्रो भएर नै येतिका View भएका होलान त !!!!!

    के यी गीत हरु राम्रो भएर नै धेरै View भएका हुन् त ?
    16,494,138 views

    Reply
  16. Sam says:
    May 31, 2014 at 6:07 pm

    नेपालमा talent को भन्दा बोल्न सक्ने धेरै कदर हुन्छ ….यसको उदाहरण हुन्…नेपाली नेता,, Nepal क सरकारी हाकिम हरु… ऋषि धमला अनि यो नालायक भिम निरौला

    Reply
    1. suzee says:
      June 1, 2014 at 12:15 am

      येस्तै येस्तै मान्छेहरु को छ नेपाल मा रजाई , विदेश मा पनि तेस्तै देख्छु……के के न जस्तो हरु !!!!!!!!

      Reply
  17. Sandesh says:
    May 31, 2014 at 5:49 pm

    This is how you kill music …

    Reply
  18. Sumira, London says:
    May 31, 2014 at 4:53 pm

    उनले English गीत लाई नेपाली उच्चारण मा गएका छन् ! youtube मा मानिस हरुले गरेका कमेन्ट पनि हेरौ !रह्यो धेरै View का कुरा तेस्मा मा के भन्छु भने कि त राम्रो कुरा को View बढी हुन्छ कि त नराम्रो र अनौठो कुरा को !
    केहि उदाहरण हरु, एक जना नेपालीले रोएर गीत गएका थिए (धरान तिर का हुन् क्या र ) तेती खेर त्यो गाना निकै लोकप्रिय भा थियो आजकल त्यो गीत कतै बजेको सुन्नु हुन्छ ?
    तेस्पछि “मुन्नी बदनाम हुइ” “शिला कि जवानी”, र “उलाला उलाला तु है मेरी” ले कति तहल्का मचायो तर आजकल ति गीत हरु कति बज्छन ? !youtube मा ति गीतहरु को View कति होला त्यो मलाई थाहा भएन !
    ठिक एसको बिपरित किशोर कुमार, नारायण गोपाल हरुले गाएका गीत हरु आज पनि नबजेका दिन हुदैनन् , जबकि उहाहरु को मृत्यु भएको कैयौ वर्ष भैसक्यो !
    सालोक्य जी ले यो Article लाई माइसंसार मा ठाउँ दिनु को तात्पर्य मैले बुझिन ! शायद भिम निरौला निकै नामुद कलाकार भैसके छन् क्या र , उनि पनि लण्डन नजिकै बस्दा रहेछन तर येत्रो महान कलाकार का बारेमा बल्ल माइसंसार बाट थाहा पाए , धन्न माइसंसार !

    Reply
  19. paras says:
    May 31, 2014 at 3:20 pm

    Culprit of music, voice and lyrics.

    Reply
  20. Limbu HarataraH, UK says:
    May 31, 2014 at 2:37 pm

    यस्तो गीत सुनेर, हेरेर मैले चै टाउको ठोक्नु श्रोताहरु/पाठकहरु? साह्रै झुर भो भन्दा पनि नेपाली संगीतका ए लेभेलका म्युजिक नसुनेर म यो सुन्नु? जे होस् उहाको गल्ति चै छैन I को कति कस्तो भनेर भन्दा पनि सिङ्गर एकदमै ‘भाग्यमानी’ वस..!

    Reply
  21. Navaraj says:
    May 31, 2014 at 2:14 pm

    उठालेरे बाबा | मिठास को पनि सिमा हुन्छ नि | 😛

    Reply
  22. Shankar says:
    May 31, 2014 at 1:57 pm

    भिम गायक हैन रहेछन जस्तो लाग्यो , प्रयास चै गरेछन | येस्ता गीत २-४ दिन चल्छ तेस्पछि गायब | बिगत मा संजय श्रेष्ठ –माया मेरि माया गीत , सुनिल उप्रेती को नेपालिंग्लिश गीत हरु चलन चै चलेका , तेत्ति कर्ण प्रिय गीत थिएनन् ( हुन् त् आ आफ्नो च्वाइस हो ) | फेरी पनि नब गायक प्रेम परियार , अनि यो नोवेम्बर रेन गाउने लाइ कसले भन्न सक्छ न राम्रो ?यी चै असली नया गायक हुन् |
    https://www.youtube.com/watch?v=ko-PqgF_Ptk

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme