Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क-कसले पाए राष्ट्रपतिबाट मानपदवी, अलङ्कार र पदक? स्व. गिरिजा ‘नेपाल रत्न’, नीर शाह, कोमल ओलीदेखि पेट्रोल डिलरका अध्यक्षसमेत सूचीमा

Posted on May 30, 2014 by Salokya

उतिबेला राजा हुँदा राजाले गोरखा दक्षिण बाहु लगायत अनेक मानपदवी, अलङ्कार र पदकहरु बाँड्थे। अहिले गणतन्त्रमा भने ती सबैको नाम परिवर्तन गरिएको छ। हिजो गणतन्त्र दिवसको दिन पारेर पदकहरुको घोषणा भएको छ। २२७ जनालाई मानपदवी, २६ जनालाई अलङ्कार र ५० जनालाई पदक बाँडिएको छ। सबभन्दा ठूलो मानपदवी नेपाल रत्न स्वर्गीय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दिइएको छ। संविधान सभाको चुनाव गराउने मन्त्रिपरिषद्‍का सबै मन्त्रीहरुलाई अनि निर्वाचन आयोगका आयुक्तहरुलाई मानपदवी दिइएको छ। कलाकारहरुमा नीर शाह, शम्भुजित बाँस्कोटादेखि
गायिका कोमल ओलीसम्मलाई पदक बाँडिएको छ। हेरौँ क-कसले पाए पदक पूर्ण सूची।
Padak-1

Padak-2

Padak-3

Padak-4

Padak-5

Padak-6

Padak-7

Padak-8

24 thoughts on “क-कसले पाए राष्ट्रपतिबाट मानपदवी, अलङ्कार र पदक? स्व. गिरिजा ‘नेपाल रत्न’, नीर शाह, कोमल ओलीदेखि पेट्रोल डिलरका अध्यक्षसमेत सूचीमा”

  1. Vijay says:
    June 5, 2014 at 1:10 pm

    आफैले आफुलाई सिफारिश गरेर पनि के पदक थाप्नु यार ! मैले त सुनेको बाग्लुङ्ग मा एक जना ले त उहिल्यै मैले राजा को मुर्ति सफा गरेको भनेर गोरखा दक्षिण बाहु टपकाएका थिए रे….

    Reply
  2. Pingback: ‘मेरो चोली यति राम्रो छ, झन् भित्र के होला’ गीतमा नाच्नेलाई राष्ट्रपतिले ‘जनसेवाश्री’ मान
  3. HARI PRASAD LAMICHHANE-SAUDI says:
    June 2, 2014 at 5:51 pm

    गिरिजा देशको दुर्दशा हुनमा प्रमुख जिम्मेवार व्यक्ति हो , (कुरा बुझ्नको लागि आफ्नै सरकार ढाल्ने मान्छे कस्तो होला ?) सुजाताले रुबेल ले पनि पाउने होलान अब |

    Reply
  4. Sisir says:
    June 1, 2014 at 1:07 pm

    * हिजोको अन्नार्पूर्ण पोस्टमा छापिए अनुसार यो पदक सिफारित समितिका ३ जनाले आफैलाई पनि सिफारिस गरेका छन् रे ..
    * पहिले पनि तत्कालिन गृह सचिब गोविन्द कुसुम श्रेष्ठले पनि आफैलाई येस्तै ठुलै पदक सिफारिस गरेका थिए, पछि अदालत ले तेस्लाई अनुचित भनेर उल्तैदिएको थियो
    * गिरिजालाई पहिले पनि कुनै पदक को सिफारिस गरेको थियो, तर उनकी पुत्री सुजाताले त्यो पदकले गिरिजाको अपमान भएको भनि लिन मानिनन फल स्वरुप यो पाली सबै भन्दा बिसिस्ट पदक पाएका छन् … मरेको मान्छेले पाएको पदकमा पनि सुजाताले राजनीति गर्न छाडिनन ..
    * आम जनताले नपाउने एस्तो पदक अलंकारको कुनै सामाजिक महत्व छैन
    * जति ठुलो सरकारी पोस्ट उति ठुलो पदक , यो सरासर विभेद हो , पदक त काम को मुल्यांकनको आधारमा हुनु पर्ने होइन र ?

    Reply
  5. ekraj says:
    May 31, 2014 at 7:17 pm

    हो साच्चै नेपाल मा त यस्ता पदक त ऋषि धमला जस्तैले पाउन पर्ने हो|| यी फटाहाहरुको दाँजोमा ऋषि धमला तेत्रो काण्ड मच्चौदा पनि पुगेको रहेनछ? यो तक्मा दिनाकोलागी चाहिने फटाहाको मापदण्ड निकै प्रतिस्पर्दाकै रहेछ? तिनको नाम नदेख्दा मलाई पनि अचम्भ लाग्यो|

    Reply
  6. बिनोद तिमिल्सिना says:
    May 31, 2014 at 2:56 pm

    खै हाम्रो ऋषि धमलाले त पाएनछन् त,विचरालाई सार्है अन्याय भए जस्तो लाग्यो मलाई त!

    Reply
  7. ekraj says:
    May 31, 2014 at 8:21 am

    नेपाल को राज्य सत्ताले कहिले छाड्ने हो आफै उपहास को पात्र बन्न र चाकडीबाज को दास बन्न ? यदी नेपाल मा कहिल्येइ नामै नसुनेका एति धेरै पुलिश, फूलिश (न्याय) र आर्मी र सरकारी सेवा मा कार्यरत हरुले तेस्तो राम्रो कम गरेको हो भने यो देश मा किन कहिलेइ विधिको बिधानमा चलेन? देश झन् झन् गरिब किन भयो? र सत्तामा सधै फटाहा, भ्रस्टचारी र चोर ले मात्र चलाई राखे ?
    किन सर्ब साधारण ले थाहा पाएके दुइ चार जना समाज सेबा गर्ने र विधिको बिधान चलाउन खोज्ने हरुको नाम छैन? अझ अचम्भ त यो लिस्ट मा केहि नौटंकी गर्ने लगाएत, कुनै जमाना मा बलात्कार गर्ने र ज्यान मार्ने हरुको समुहमा मुछिएका नाम पनि छन्|
    यही लिस्ट यदी अर्को कुनै पार्टी सत्तामा भएकोले बनाएको भए धेरै नामहरु अरुनै हुने थिए होला?
    तेसैले बरु ट्वोइलेत पेपर को केहि मूल्य होला, यस्ता समय र पैसा बर्बाद गरेर पाउन नपर्ने ले पाएकोले मान भनेको सत्ता देश र जनताको अपमान को प्रतिक हो |
    केहि चकदिबाद हरुले र आफ्नो हातमा डाडु पनियो भएकाहरुले आफ्नोनाम आफै राखेका छन् भन्ने ठाउँ प्रसस्त देखिन्छा|
    कसलाई गौरब गर्ने ठाउं छ? काग लै बेल पाकेर हर्स न बिस्माद!

    Reply
  8. Prakash says:
    May 31, 2014 at 7:47 am

    @ BT Malla जी
    कृषि, पशुपालन, बिज्ञान तिरका मान्छेलाई खुसि बनाएर के निकाल्नु छ र निक्कम्माहरुलाई
    पुलिस आर्मी सीडिओ लाई खुसि बनाए पो यीनका गुन्डाले तस्करी गर्न, २ नम्बरी गर्न, राजस्वो छल्न, रक्त चंन्दन पास गर्न, दारु खुवाउन, र***बाजी गर्न सगाउछन् त
    साला निकम्माहरु
    यो राष्ट्रपतिबाट मानपदवी, अलङ्कार र पदक को जुरी को को रैछ? अँधेरो तिर भेटे पनि ढुंगाले हान्नु हुन्थियो बरु,
    सक्तिकेन्द्रलाई रिझाएर खुसि हुने साला फटाहाको झुण्ड
    बिहान बिहान मुड अफ बनायो यो लिस्ट ले.

    Reply
  9. Kale says:
    May 31, 2014 at 7:34 am

    हामी यस्तो देसमा बस्यौं जहाँ गिरिजाप्रसाद लाई नेपाल रत्न दिईन्छ,जसले देशलाई फगत अनिश्चय दिए ।

    Reply
  10. Prakash says:
    May 31, 2014 at 7:33 am

    हया खुरुक्क २ करोड ७० लाख जति बनाको भए हुने नि
    आफ्नु पनि भाग पर्ने
    आखिर कामगर्नेलाई दिने हैन रैछ त
    भागलगाएर सबैले पौने रैछ
    बेकार किन नौटंकी गरि राको
    सबै कर्मचारीलाई आ-आफ्नु पार्टीले खुशी बनौन दिएछ
    नियेती हेरन देशको
    कठै कर्मयोद्धाहरु
    कतै कुनामा बसेर मानलाई सान्त पार्दै होलान
    के गरुन लाज नभकाहरु
    डाडु भरि पानीमा डुबेर मर्न पनि त सकेनन
    लाजमर्दो !!

    Reply
  11. Kale says:
    May 31, 2014 at 7:31 am

    पारस लाई गतसाल प्रबल
    जनसेवास्री पदक दिईएको थियो ,हरेक साल
    दिने त हैन होला?

    Reply
  12. Basant says:
    May 31, 2014 at 6:07 am

    तेस्तो के काम गरेका रहेछन यी मन्त्रि नेता प्रहरी सैनिक ब्यापारीहरुले जसले गर्दा पदक पाउनु पर्ने ..

    Reply
  13. ashok says:
    May 31, 2014 at 4:50 am

    म्याग्देली मगरजी,

    रमेश खरेल र परश खड्का त एउटै क्लबमा मान्छेहरु हुन् नि, कसरी परश खड्काले तक्मा पाउछ? हेर्नुस त कोमल ओली- २० बर्ष पहिले जुनबेलामा म भर्खरको थिए, त्येसबेला पनि उनी समाचार बचिका थिई, आज पनि समाचार बचिका नै छे- मैले उनले पत्रकारिता गरेको देखेको छैन- तर जताततै उनले पुरस्कार पाइरहेको खबर देख्छु !

    Reply
  14. Keshab says:
    May 31, 2014 at 3:35 am

    रमेश खरेल खोइ त ??

    Reply
  15. kedar says:
    May 31, 2014 at 2:39 am

    कागलाई बेल पाको हर्ष न बिस्मत | बरु त्यो मेडल पगालेर एउटा जल बिद्धुत आयोजना बनाउन सके अलिकती भएपनी लोड सेडिंग त घट्थ्यो

    Reply
  16. bijaya gautam says:
    May 31, 2014 at 2:04 am

    पारस खड्का मैले नदेखेको हो कि त्यो पुरस्कार को ढ्याक नदिएकै हो ?

    Reply
  17. Shankar says:
    May 30, 2014 at 11:36 pm

    देश मा ठुला कार्य र माहान सेवा गर्ने यतिका धेरै रहेछन , थाहै थिएँन , देश चै गरिबी , भोकमरी , बेरोजगारीको हिसाब ले झन् तल तल जादैछ |
    सायद बिरोधि हरुले अनर्गल प्रचार गर्दा रहेछन कि ?
    आफ्नो रिति ,थिति , परम्परा, चाड लाइ चै लात हान्ने पुरानो सत्ताको यो नाथे परम्परा चै किन फलो गरेको नि ? देश स्विजरल्याण्ड भैसकेको हो कि , कोइ कोइले स्विजर्ल्यंद मनाइ खेलेका हुन् ?

    Reply
  18. ashok says:
    May 30, 2014 at 8:32 pm

    मधेस-पहाड, जनजाती-मुस्लीम, सबैलाई मिलाएर समाबेश गरिएको रहेछ ! सायद, यो चाकडीको पराकाष्ट होला ! जननेता गणेशमान सिंहले भन्नु भएको एउटा कुराको याद आज फेरी यो पदाकधारीहरुको नाम देखेर: हाँस मर्नु एकदिन पहिले नाचगण गर्छ रे !

    Reply
  19. BT Malla says:
    May 30, 2014 at 7:38 pm

    यो पदक पाउन कि त सिडिओ कि सचिब कित आर्मी र प्रहरी हुन पर्ने रहेछ १ खोइ त कृषि र पशु मा कम गर्ने किसन र जनस्तरमा कम गर्ने समाजसेबी हरु???

    Reply
  20. Myagdeli Magar says:
    May 30, 2014 at 5:08 pm

    खोइ त पारश खड्का? कुन आधारमा दिएको बुज्न सकिन के पारश दाबेदार थिएनन र? कसैले यसो सुझाब दिनुस् है यो भैरेलाई

    Reply
    1. Kale says:
      May 31, 2014 at 6:07 am

      साथी कमेन्ट गर्नुभन्दा पहिला अध्ययन गर्ने कि? पारस लाई गतसाल प्रबल जनसेवास्री पदक दिईएको थियो ,हरेक साल दिने त हैन होला?

      Reply
      1. Prakash says:
        May 31, 2014 at 7:37 am

        किन हरेक सालराम्रो काम गर्ने मान्छेलाई नदिनु भनेर कतै लेखेको छ?
        क्या यार तपाई पनि, कुरा गर्नु हुन्छ
        गत वर्ष पाउनेले यो वर्ष राम्रो गर्यो पहिलेको भन्दा राम्रो पुरस्कार पाउनु पर्ने हैन?
        अनि पो अरुलाई पनि थप जागर हुन्छ अनि स्वयेम पनि उत्प्रेरित हुन्छ
        साथी तपाई जस्तै छन् के सबै जना

        Reply
      2. Myagdeli Magar says:
        May 31, 2014 at 8:05 am

        धन्यवाद काले जि सुझाबको लागि वास्तवमा मलाई यो कुरा थाहा थिएन बोल्न पायो भन्दैमा बोल्न नहुने अध्ययन जरुरी थियो मलाई

        Reply
      3. krishna says:
        May 31, 2014 at 5:12 pm

        हैन साथी / पारस बंगलादेश बाट फर्किदा नाम हालेका रहेछन / पछि क्रिकेट संघ बिरुद्ध आन्दोलन को नाइके भनेर नाम झिकिदियेछन क्यार फटाहा हरुले /

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme