Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पीडित बालिकाको कहालिलाग्दो बयानसहित ‘गार्डियन’मा आयो दिलशोभाको विषय

Posted on May 28, 2014May 29, 2014 by Salokya

dilshova_guardian
बेलायतमा मात्र हैन, विश्वमै प्रतिष्ठित अखबारका रुपमा लिइने गार्डियनले नेपालको बालगृहका विसंगतिहरुको बारेमा एउटा खोजमूलक खबर छापेको छ। यसको अनलाइन संस्करणलाई विश्वकै तेस्रो सबैभन्दा बढी पढिने न्युजपेपरको वेबसाइट दावी गरिन्छ। त्यही अनलाइन संस्करणमा खबरसँगै एउटा भिडियो रिपोर्ट पनि राखिएको छ, जसमा दिलशोभा श्रेष्ठको आमा घरबाट घरेलु श्रम गर्न बाहिर पठाइएकी एक बालिकाको कहालिलाग्दो बयान राखिएको छ। ती बालिकाले आफूलाई अन्य दुर्व्यवहारका साथै एक जनाले आफूलाई बलात्कारसमेत गर्न खोजेको बताएकी छिन्।

हेर्नुस् भिडियो

पूरा भिडियो हेर्न क्लिक गर्नुस्

समाचार हेर्न क्लिक गर्नुस्

दिलशोभाबारे प्रहरी अनुसन्धानको रिपोर्टबारे ब्लग हेर्नुस्

‘दिलशोभाको आमाघरमा क्रिस्चियन पुस्तक मात्र पढ्न दिइन्छ, क्रिस्चियन प्रार्थना मात्र गराइन्छ’ भन्दै राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन पढ्नुस्

भिडियोमा एक बालिकाले आमाको घरमा १२ वर्ष हुँदा आएकी र आएको एक वर्षपछि घरेलु कामदारका रुपमा काम गर्न पठाइएको बताएकी छिन्। आफू त्यहाँ करिब चार वर्ष बसेकी र त्यस क्रममा त्यो घरकी श्रीमतिले कपाल तान्ने, गाली गर्ने, पिट्ने र कहिलेकाहीँ थुक्नेसमेत गरेको उनको भनाई छ। ‘त्यहाँ एक जना वृ्द्ध पनि हुनुहुन्थ्यो मान्छे, उहाँले मलाई बलात्कार गर्न पनि कोशिश गर्नुभयो,’ उनले भनेकी छिन्।

बेलायतमा बाल अधिकारको कडा कानुन छ। त्यही भएर पीडित बालिकाको परिचय लुकाउन अनुहार देखाइएको छैन। त्यति मात्र हैन, आवाजका कारण पहिचान होला कि भनेर बयानमा आवाजसमेत कलाकारको आवाज राखिएको छ।

गार्डियनको रिसर्च टिमले केही दिनअघि यस विषयमा अनुसन्धान गर्ने क्रममा ती बालिकासँगको कुराकानी खिचेको थियो। बालिकालाई एकान्त र समूह दुवैमा राखेर भिडियो खिचिएको थियो। तर परिचय गोप्य राख्नुपर्ने त्यहाँको कानुन अनुसार यसरी आवाजसमेत परिवर्तन गरेर भिडियो राखिएको हो।

१९३ वर्षको इतिहास बोकेको बेलायतको प्रतिष्ठित पत्रिकाले यत्तिकै हचुवा तालमा यस्तो गम्भीर विषय प्रकाशन गर्दैन होला। तरै पनि कसैलाई यसले दिलशोभाको अन्तर्राष्ट्रिय बेइज्जत भएको लाग्छ भने उनका समर्थकहरुले बेलायतको कानुन अनुसार मानहानीको मुद्दा हाल्न सक्छन्। बेलायतको कानुनमा यहाँ जस्तो केही सय रुपियाँको जरिवाना हुँदैन, कडा हुन्छ, लाखौँ पाउन्ड जरिवाना क्षतिपूर्तिवापत् तिराउन सकिने संभावना हुन्छ। उनका समर्थकहरुले त्यतातिर ध्यान दिने कि !

गार्डियनको समाचारमा के छ ?
समाचारमा मुख्यतः नक्कली अनाथ पाल्ने बालगृहको व्यापारबारे उल्लेख छ। यसबारे माइसंसारले पनि निकै ब्लग लेखिसकेको छ। कमाउ धन्दाका रुपमा बालबालिका आश्रय कसरी भन्ने बारे लेखिएको ब्लग यहाँ क्लिक गरी पढ्नुस्। परिवार भएर पनि अनाथ भन्दै बालगृहमा, परिवार भेट्न वञ्चित, सहयोग झार्न जानाजानी फोहर र खराब अवस्थामा राख्दै, विदेशीहरु पनि भए सतर्क शीर्षकमा अस्ट्रेलियाको पत्रिकामा छापिएको खबरको अनुवाद ब्लग हेर्न यहाँ क्लिक गर्नुस्। कोनोर ग्रेन्नानको यस्तै नक्कली अनाथहरुको बालगृहबारे पुस्तक लिटल प्रिन्सेस र दिलशोभाको विषयलाई जोडेर लेखनाथ काफ्लेले लेखेको ब्लग यहाँ छ। अरु विदेशी मिडियामा पनि नेपालको नक्कली अनाथालयको व्यापारबारे खबरहरु आए पनि गार्डियनमा खबर आउँदा छुट्टै प्रभाव हुन्छ। बेलायतमा धेरै नाफा खोज्न बिक्ने मालहरु (सेक्स, स्क्यान्डल) जस्ता समाचारलाई प्राथमिकता दिने सन, डेली मेल जस्ता पत्रिकाका बीच प्रतिष्ठित प्रेसको अस्तित्व जोगाइराख्न सफल थोरै पत्रिकामध्ये एक हो गार्डियन। विश्वव्यापी प्रभाव पार्न सक्ने क्षमता भएका थोरै पत्रिकामा गार्डियन पनि पर्छ। त्यसैले नेपालको भोल्युन्टुरिजम सम्बन्धी यसमा भएको कभरेजले विश्वव्यापी प्रभाव पर्ने निश्चित छ।

गार्डियनका पिट प्याटिसनले यो धन्दालाई दुई वाक्यमा राम्रोसँग संक्षेपीकरण गरेका छन्- यो दोहोरो धोकामा आधारित व्यापारिक मोडल हो : नेपालका गाउँले गरिब परिवारको शोषण र धनी विदेशीहरुलाई भ्रमित गरी शोषण। अझ खराब केसहरुमा त पर्यटकहरु अन्जानमै बालबालिकाको अवैध ओसारपसारका कारक पनि बन्न पुग्छन्।

23 thoughts on “पीडित बालिकाको कहालिलाग्दो बयानसहित ‘गार्डियन’मा आयो दिलशोभाको विषय”

  1. sanis says:
    May 31, 2014 at 11:08 am

    धन्न भगवान ले मेरो विदेश मा जुठो थाल उठाएर कमाए को पैसा कु ठाउँ मा दिन बाट बचाए छन्……

    Reply
  2. कमल says:
    May 30, 2014 at 1:04 pm

    महान नेपाली पत्रकार बिजयकुमार पाण्डे जि यो बारेमा के भन्छन खै…कान्तिपुरमा पेजभरिको अर्को लेख कैले पढ्न पाइने होला खै ? कि यिनले अब अर्को तरक ल्याउने हुन कि उनको ससुराली १ लाख चन्दा दिएकि दिलशोभाले जाबि यस्तो सानोतिनो घिनलाग्दो बेपार पनि किन गर्न नपाउनु भनेर ?
    हुन त मिडिया र अझ खासगरि केहि सिमित पत्रकारहरुले भगवान बनाईएकी यि दिलशोभालाई ‘नेपालीकि मदर टेरेशा’ भन्ने पनि केहि अन्धभक्रहरु पनि यहि समाजमा छण ।

    Reply
  3. श्री says:
    May 30, 2014 at 7:00 am

    मेरो अलि फरक विचार:
    कसैको पक्ष र विपक्ष नलिईकन / कसैप्रति पूर्वाग्रह नराखी भन्नु पर्दा :
    काम गर्दा गल्ति र कमजोरी हुन्छ / हुन सक्छ. गल्तिबाट पाठ सिक्दै अगाडी बढ्नु नै जीवन जिउनु हो जस्तो लाग्छ. बृद्धावस्था ब्यबस्थापन र सामाजिक कल्याण गुठि को नाममा २०५६ सालमा दर्ता गरेर चलाएको आमाको घरले पक्कै पनि डलर झार्ने उदेश्यले / डलरको खेति गर्ने उदेश्यले बृद्धहरुलाई सेवा दिएको पक्कै होइन होला. समाजमा केहि गर्नेहरुलाई हतोत्साही नगरौं बरु कमि कमजोरी / गल्ति औल्याएर सचिन्न मौका दिउ, अझ बढ्ता गर्न हौसला दिउ भन्ने मेरो आशय हो. त्यसकारण “आमा घर” ले जति सक्दो चाडो तपशिलका कुराहरु पारदर्शी गरोस आफ्नो वेबसाइट / पत्रकार सम्मेलन मार्फत.
    १. हालसम्म (बिगत ४-५ वर्षा देखि) को आय व्यय विवरण वेबसाइटमा राखियोस्
    २. सहयोग प्रदान गर्ने देशी बिदेशी व्यक्ति / संस्थाको नाम र सहयोग गरेको रकम (नगद र जिन्सी) सहित आफ्नो वेबसाइटमा राखियोस्
    ३. हाल आमाको घरमा आश्रय लिईराखेका बृद्धहरुको नाम र ठेगाना आफ्नो वेबसाइटमा राखियोस्
    ४. उद्धार गरिएका भनिएका बालबालिकाहरुको नाम र ठेगाना आफ्नो वेबसाइटमा राखियोस्
    ५. आमाको घरमा काम गर्ने सबै कर्मचारी (स्वयंसेवक सहित, यदि छ भने) को विवरण राखियोस्
    ६. आफ्नो आमा/ बुबालाई समेत पाल्न / स्याहार सुसार गर्न गाह्रो मान्ने अहिलेको समाजमा अरुलाई पाल्नु / स्याहार सुसार गर्नु पक्कै पनि चानचुने कुरा होइन. तर त्यसैको नाममा डलरको खेति गर्ने हो भने डलरको खेति गर्ने अरु एन. जी. ओ. र “आमाको घर” मा के फरक भयो र ?

    Reply
  4. sushil paudel says:
    May 29, 2014 at 12:56 pm

    गार्जियन ले लेख्दैमा गीता जस्तो हुञ्छ भन्ने त होइन तर दिलशोभा को नियत पनि खासै ठिक हो भन्ने स्थिति पनि देखिदैन, एकपटक मेरो अक् जना भाउजु पर्ने ले आफ्नो जन्म दिन आमा घर मा मनाउने गरि केहि उपहार लिएर जादा तेहा को बेथिति को बारेमा भन्नु भाको थियो, खास गरि उनि क्रिस्टियन मिसनरी र आर्थिक पारदर्शिता मा चुकेको जस्तो लाग्छ

    Reply
  5. Regmi says:
    May 29, 2014 at 7:22 am

    दिलशोभाको बारेमा राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीको प्रतिवेदन आइनै सक्यो/ तर नेपालका नामचलेका पत्रकार र संचारमाध्यमले खासै टिप्पणी नगरेको अवस्थामा बेलायति पत्रिका “दि गार्जेंन” मा प्रकासित समाचार र भिडिओको अंशले नेपाल लगायत संसारमै तथ्य जानकारी गरायको छ/ अब जनताको टिप्पणी भन्दापनि नेपाल सरकारले गर्ने कारबाही र नाम चलेका पत्रकारको भनाइको प्रतीक्षा गर्ने समय आयको छ/

    Reply
  6. Lekhnath Kafle says:
    May 29, 2014 at 6:32 am

    ताइवानको “ताइपेइ टाइम्सले” पनि २८ मई २०१४ (हिजो) त्यो रिपोर्टको केहि अंश छापेको छ ! यसमा नेपालमा “बाल गृह” का नाममा हुने गरेका नराम्रा काम र बिदेशीहरुलाई कसरि स्वम्सेवकका रुपमा प्रयोग गरिन्छ वा उनीहरु अन्जानमै कसरि प्रयोग गराईने गरेका छन् भन्ने पाटोलाई प्रस्तुत गरिएको छ.
    http://www.taipeitimes.com/News/world/archives/2014/05/28/2003591438/1

    Reply
  7. Bikas says:
    May 29, 2014 at 5:41 am

    बिदेशी पत्रिकाले एत्रो अनुसन्धान गर्दा नेपालका सम्बन्धित निकाय अथवा पत्रिकाहरुले निस्प्रक्ष्य अनुसन्धान गरेर किन कारबाहीको भागीदार बनाउन सक्दैनन् एस्ता संस्थाहरुलाई ?
    अब त एस्तो लागि सक्यो कि नेपालको सब्बै बेतिती र अराजकताहरुको अनुसन्धान गर्न बिदेशीहरुको सहयोग चाहियो, नेपालीले त गर्न नै नसक्ने भए |

    कुनै मित्रहरुलाई यो मेरो कुरा(बिदेशी को अनुसन्धान हाम्रो सबै समस्याको) राष्तियेता माथि हस्तक्षेप लाग्न सक्छ तर मेरो विचारमा बिकृति र विसंगतिले देश चलाउन भन्दा हामीले नसके पनि अर्काको सहयोग लिएर अनुसन्धान गरेर सत्य तथ्य बाहिर लिएर आएर दोषीहरुलाई कारबाही गर्दा नै हाम्रो राष्तियेता बढ्छ | रोग पालेर doctor लाई नदेखाएर दुख पाउनु जस्तै हो यो|

    Reply
  8. गगने says:
    May 29, 2014 at 4:24 am

    यिनी त मोहरा मात्र होलिन!
    यी दिलासोभालाई कसैले संचालन गरेर भूमिगत फाइदा लिनेहरु तलसम्म र माथिसम्म छन् होला जुन यिनलाई नै थाहा नहुन सक्छ मुख्य निर्देशक र योजनाकार अनि रचनाकार को हो भनेर!
    दिलासोभाकै बुद्दिले यतिसबै गरेको होला जस्तो त लाग्दैन हो मलाइ त्!
    यो सब मिशन अन्तर्गत संचालित छ र दिलाशोभाको अशिक्षा अज्ञानता र अनभिज्ञता अनि उसको मजबुरीको कसैले संगठित र भूमिगत तरिकाले गुह्य लाभ लिरहेको छ भन्ने मेरो स्वोठहर छ!
    यिनी कंशले परिचालन गरेको पुतना हुन् तर यिनलाई थाहा छैन कंश को हुन् भनेर!

    Reply
    1. jeevan verma says:
      May 29, 2014 at 7:05 pm

      सटिक बिस्लेषण | दिल shova ले यति गर्दा यस भन्दा धेरै नाम चलेका बल बालिका संबन्धित NGO हरु को हालत कस्तो होला ? हुन् त हाम्रो देश खराब पति मानब अधिकारी बादी भएको देश हो | NGO र मानब अधिकार यहाका सब भन्दा फस्टाएको उद्योग हरु हम जसको कम गरि देखाएर पैसा दुहुनु हो बिदेशी दाता बाट| अनि उनीहरु लाई राम्रो रिपोर्ट र ५ स्तर मा डिनर कति सजिलो छ यहाँ पैसा उद्योग

      Reply
  9. yam thapa says:
    May 29, 2014 at 4:16 am

    यति कुरा प्रस्ट हुदा नि मानिस हरु किन अजै दिल्शोवा को ढाक क्षॊप गर्न खोज्दै छन् ,
    कुरा प्रस्टै छ नि ,एहा, आर्थिक हिना मिना भाको छ भन्ने कुरा त..,आर्थिक हिना मिना भन्दा
    ठुलो कुरा एहा यौन सोषण जस्तो ठुलो कुरा हरु आएको छ ,एस को छन् बिन भएको खोई ??????

    Reply
  10. आर के धमला says:
    May 29, 2014 at 12:05 am

    दिलशोभा श्रेष्ठ – मानबिय समबेदना लाइ देखाएर संसारलाई ठग्ने एक असाधारण महिला पो रहिछौ | संसार भरिका मानिसहरु लाइ आफ्नो सिधा सोझो जस्तो लाग्ने अनुहार र समय अनुसार आशु झार्ने कला ले गरिब दुखिलाई सहयोग गर्ने दुनिया लाइ मुर्ख बनायौ | नेपाली पत्रकार ले त लेखेकै थिए आज ब्रिटेन को प्रतिष्ठित गार्डीयन ले पनि तिम्रो असली अनुहार प्रस्तुत गरेको रहेछ |
    दिलशोभा को पक्षमा बोल्ने मलाई अहिले आत्मग्लानी भैरहेको छ | आज नेपाली हरु कति सम्म निक्रिस्ट र निच हुन सकेको रहेछन भन्ने तिमि ले नै प्रमाणित गर्यौ…

    Reply
  11. sangesh says:
    May 28, 2014 at 10:57 pm

    when we lost our good friend, we collected some money to publish condolence, as we collect the money it was huge enough and we felt printing condolence with this money is waste of money so we though to do some good work in his name. some one suggested me AAMA KO GHAAR, and donate the money to dil shova. when i went there met her and talk to her and saw the condition, i had some doubt. that day we saw some korean students cleaning that house as their nepal trip project.

    as i talked to this lady, she started crying and emotionaly forcing me to help her. but my inner feeling said something and i did not support her, instead we gave that money to our friends family. साथी को परिवार ले कोष खडा गरेको छ की परोपकार काम गर्न, साएद राम्रो काम मा जाने छ त्यो पैसा. we need to be careful with people who benefit themself in the name of social service

    Reply
  12. suzee says:
    May 28, 2014 at 10:19 pm

    समाज सेवा गरिन ठिक गरिन तर समाजसेवा रुपी खोल लगाएर भएभरको सेवा को लागि दिईएको चन्दा को दुरुप्रयोग , धर्म परिवर्तन , श्रम सोषण , आदि आदि जस्ता भ्रस्टाचार गर्नु थियो भने समाजसेवा को खोल लगाउनु साटो सिधै बामे को शरण लगेर राजनीति तिर भर्ना भएको भए हुन्थ्यो !!!!!

    Reply
  13. premji says:
    May 28, 2014 at 10:17 pm

    मान्छेलाई नामको लोभ भन्दा धनको लोभ बढी हुने रहेछ | CNN Hero र वाहि-वाहि ठुलो कि करोडौं रुपैया ठुलो? धनको लोभले कति सम्म अन्धो बनाउने रहेछ भन्ने बल्ल थाह हुँदै छ | पढेका र जान्ने सुन्ने पनि उस्तै, नपढेका र नजाने जस्तो गर्ने पनि उस्तै | ठगिको बोलवाला छ जहाँ पनि, के गर्नु र !

    Reply
  14. Deepak G C, Baglung says:
    May 28, 2014 at 9:18 pm

    मलाइ दिलसोभा श्रेष्ठको बारेमा ‘नागरिक काण्ड’ भन्दा अगाडिनै शंका लागेको थियो, किनकि त्यो भन्दा अगाडि नै ‘दक्षिण कोरिया काण्ड’ घटेको थियो | करिब १ वर्ष पहिले कोरियामा नेपालि संघ संस्था मिलेर आमाघरलाई सहयोग गर्ने पैसा उठाएका रहेछन झन्डै ७४००००० (कोरियन वोन)| सुरुमा मैले त पैसानै पाइन जम्मा ४००००० दिए र मेरोलागि उठाएको पैसाले मलाइ नै सम्मान गरे भनिन, हेर्नुस तल

    सयाद त्यसले कोरियामा तहल्का मचिएछ क्यारे, सम्मान गर्ने संस्थाको कोहि आएर अर्को अन्तरबार्ता लिए जसमा उनले सबै पैसा पाएको स्पस्ट भनेकीछन् र केहि मोबाइलहरु आफ्नै आग्रहमा किन्न लगाएको भनेकीछन् , हेर्नुस तल

    सयाद अब सबै पोल खुल्छ भनेर होला, त्यसको केहि दिनमा मलाइ दिनु दुख दिए, म सबै सामान फिर्ता गर्छु भनिन, हेर्नुस तल

    वास्तविकता के हो त्यो त उनैलाई थाहा होला, तर एउटै बिषयमा यस्तो १८० डिग्रीको फरक कुरा सुन्दा चाहिँ मलाइ उनीप्रति संकालागेको हो खासगरी आर्थिक पारदर्शिताको कुरामा | गार्डियनको यो रिपोर्टले त अरु धेरै कुरा प्रकाशमा ल्याएको छ |

    Reply
    1. Dhital says:
      May 28, 2014 at 10:49 pm

      धन्यवाद दिपक जी,
      यो सबै हेरेपछि अब अन्धभक्त र पुजारीले के भन्लान त ! अनि बिजय कुमार सरले यो हेर्नुभोकी भएको छैन होला ! प्रमाणित भएन भने के नि भनेर कान्तिपुरमा लामै लेख लेख्नु भएको थियो ! लौ अब भोलिको सम्पदकियमा केहि त पक्कै पढ्न पाइएला !
      सानोमा गल्ति गरेर गाली खादा जब म रुन्थे अनि आमाले भन्नुहुन्थ्यो रोएर स्वास्नी पाइन्छ? गल्ति गरेपछि भोग्नुपर्छ !
      जय देश अनि जय हाम्रो अन्धभक्ति !

      Reply
    2. dhan says:
      May 29, 2014 at 7:41 am

      धन्यबाद दीपक जी,
      मेरो बिस्वाश पनि ठिक तपैले भने जस्तै कारणले दिल्सोवा प्रति हराएको हो. एक पछि अर्को गर्दै आफ्नो कुराहरु फेर्ने र उनको बोलीमा पनि मैले त्यो सितलता र नरमपन महसुस गर्न सकिन जब देखि मैले उनलाई त्यो प्रकरणमा हेर्न थाले र सोचे कि कसरि एस्तो व्यक्तिले बुढा बुढी हेरेर बस्न सक्छ ??

      नेपालमा एस्त सामाजिक कामलाई व्यापार बनाएर $$ कमाउने धन्दामा लाग्ने हरुले गर्दा अब बिदेशीहरुले पनि विश्वास गर्न छाडी सके. झन् दिल्सोवा जस्तो सबैले चिन्ने व्यक्तित्वबाट हुने एस्त क्रियाकलापले ठुलो नकारात्मक प्रभाव पर्ने निश्चित देखिन्छ.

      येदि तपैहरु संग समय छ भने कृपया यो हेर्नुस विदेशीहरुको नेपाली तथाकथित गैर सरकारी गैर नाफामुखी संस्थाहरु प्रतिको धारणा. अस्ट्रेलियाको अति चर्चित तेलेविजन कार्यक्रममा केहि महिना अघि प्रसारित नेपाली NGO सम्बन्धि कार्यक्रम –

      http://www.sbs.com.au/dateline/story/watch/id/601840/n/Nepal-s-Orphan-Trade

      Reply
  15. ashok says:
    May 28, 2014 at 8:42 pm

    के गर्ने हजुर ! पढ्ने बेलामा नेताहरुले हामीलाई राजनीति सिकाए; बाटो भुलेर अहिले अधकल्चे भईयो । माग्ने काम चोर्नु भन्दा एक कदम पहिलाको कर्म हो । जब मान्छेले मागेर आफ्नो आवश्यकता पुरा गर्न सक्दैन, तब उ चोर्न थाल्छ । दिलशोभा जस्तो सोझी मान्छेले त ठग्न सक्छे भने, अनुमान गरौ- चलाख मान्छेले के गरिरहेको होला?

    Reply
  16. Dhital says:
    May 28, 2014 at 8:06 pm

    के कमेन्ट गर्नु है, दालमा कालो त पक्कै होला तर अब त यो बिषय पढ्दा पढ्दा वाक्कै भैयो हो ! हाम्रो कमलो मनको फाइदा र हाम्रो विश्वासमा घात नहोस राम्ररी अनुसन्धान गरेर साचो के हो पढ्न पाइयोस !

    Reply
    1. premji says:
      May 28, 2014 at 10:41 pm

      बच्चा बच्चीहरुको abuse गर्ने कुरालाई उठाउँदा वाक्कै भैदिएको? यसको राम्रो समाधान छ तपाइलाइ– यस्ता कुरा नपढ्ने र कानमा तेल हालेर सुत्ने |

      Reply
  17. Shankar says:
    May 28, 2014 at 7:56 pm

    अब चै मेरो दिल सोभा आमालाई बित्था मा दोस लगाए , माइसंसार ले पूर्वाग्रह राख्यो भन्ने को आखा खुल्छ कि ?
    कि अझै झिर ले नै प्वाल पार्नु पर्ने हो ?

    Reply
  18. रैथाने says:
    May 28, 2014 at 7:50 pm

    लौ अब दिलशोभाका पुजारी हरु के भन्छन यो बारेमा सुनौ त?
    जे देखिन्छन त्यो पक्कै होइन यिनी छुपे रुस्तम हुन् भन्ने त मैले ठानेकै थिए तर अन्ध भक्तको अगाडि गित गाउनु र नारा लाउनु पनि त् भयन भनेर हो!

    Reply
  19. Derwent says:
    May 28, 2014 at 7:49 pm

    I like the way it is cover in newspaper, well said……It is a business model built on a double deception: the exploitation of poor families in rural Nepal and the manipulation of wealthy foreigners. In the worst cases, tourists may be unwittingly complicit in child trafficking.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme