सार्क सम्मेलनै जस्तो गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथ ग्रहण समारोहका लागि सार्क राष्ट्रका नेताहरुलाई बोलाए। निमन्त्रणा स्वीकार गरेर हाम्रा प्रधानमन्त्री सुशील कोइराला पनि दिल्ली गए। तर त्यहाँ उनले के छाप छाडे त? कान्तिपुरका दिल्ली ब्युरो प्रमुख देवेन्द्र भट्टराईले एउटा चाखलाग्दो लेख आजको पत्रिकामा लेखेका छन्।
हाम्रा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीलाई पशुपतिनाथ मन्दिरभित्र रहेको पञ्चमुखी शिवलिङ्गको प्रतिरूप उपहार दिएका रहेछन्। तर निवर्तमान प्रम डा.मनमोहन सिंहलाई के उपहार दिएछन् थाहा छ ? सिंह नै। एउटा हैन दुइटा। देवेन्द्रका अनुसार कोइरालाले सिंहलाई जोर सिंहको मूर्ति उपहार दिएका थिए।
देवेन्द्रले लेखेका छन्- जंगलको राजा सिंह न नेपालको राष्ट्रिय जन्तु हो, न पहिचान हो । के आधारमा सिंह छानिएको हो ? जवाफ कोहीसँग थिएन।
खासमा कोइरालाका कुनै सल्लाहकारले मनमोहन सिंहको नाम पछाडि सिंह भएकोले सिंह नै उपहार दिँदा ठीक होला भनी सुझाएकोले पो हो कि, त्यो चाहिँ देवेन्द्रले खोज्न भ्याएनछन् जस्तो छ।
उनको यो तर्कमा भने दम छ-
बरु देश-दुनियाँमा भगवान बुद्ध हाम्रो भूमिमा जन्मिएको भन्दै रुवाबासी भैरहेका बेला बुद्धको प्रतिमा वा सगरमाथाको प्रतीक-चिन्ह अथवा विश्व सम्पदा सूचीमा रहेका जानकीधाम र भक्तपुरको ५५ झ्याले प्रतिमा दिन पाएको भए कति बेस हुने थियो ? तर चाँदीको पञ्चमुखी लिङ्गलाई उपहारको सगुन मानिएको छ, तत्कालका लागि यसमा जवाफ दिने कोही छैन पनि।
हाम्रो छवि कस्तो ?
भारतका एक सहसचिव स्तरका कुटनीतिज्ञ आउँदा पनि हाम्रोमा हुने मिडिया कभरेजहरु त तपाईँले याद गर्नुभएकै होला। नेपालका प्रधानमन्त्री जाँदा कस्तो थियो त कभरेज ? देवेन्द्रले लेखेका छन्-
आफ्नै राष्ट्रिय ध्वजावाहक चढेर पालम एयरपोर्ट उत्रिएका श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका शीर्षस्थ नेताहरूमाझ नेपालको परनिर्भर हैसियत चर्चामा थियो। नेपालसँग न आफ्नो ध्वजावाहक छ, न एउटै राष्ट्रिय दिवस छ, न राष्ट्रिय पोसाक।
वरियताको कुरा गर्ने हो भने पनि डेलिगेसनको टिम लिएर अरु समकक्षी नेता भेट्न प्रधानमन्त्री कोइराला मौर्यबाट कहिले ताजमान धाएका छन्, कहिले ओवरोय। यतिसम्म कि मंगलबार निस्किएका दिल्लीका मुख्य पत्रपत्रिकाले पनि दक्षिण एसियाली नेताहरूको दिल्ली भेलाको समाचार राम्रैसँग दिएका छन्। तर त्यहाँ न तस्वीरमा न समाचारमै हाम्रा प्रधानमन्त्री सुशील कोइराला अटाएका छन्।
यतिसम्म भनेछन्
भारतीय मिडियाको टिप्पणीबारे लेखमा यस्तो भनिएको छ-
भारतीय मिडियाले कोइराला नेतृत्वमा आएको नेपाली डेलिगेसन बारेमा गरेको टिप्पणी यहाँ मननीय हुनसक्छ। भारतमा निकै चलेको ‘टाइम्स नाउ’ टीभीले सोमबार अपरान्ह सार्क क्षेत्रीय नेताहरूको दिल्लीमा उपस्थिति र उनीहरूको भूमिकाबारे टिप्पणी गरेको थियो। टीभी टिप्पणी छ— ‘सार्क क्षेत्रीय समारोह बनेको सपथ समारोहमा आउँदासमेत प्रधानमन्त्री कोइराला आफ्ना भाइभतिजीलाई अघिपछि लगाएर आएका छन्।
देवेन्द्र भट्टराईकोे् पूरा लेख कान्तिपुरमा पढ्न यहाँ क्लिक गर्नुस्
अन्तमा भारतको अमुल कम्पनीले बनाएको एउटा कार्टुन, त्यसमा पनि सुशील कोइराला अटाएनन्
Amul Topical : Modi’s swearing-in ceremony. pic.twitter.com/neE7OKJPnF
— Amul.coop (@Amul_Coop) May 26, 2014
धन्न सुशील लाई कोइरालाको फूल उपहार दिएनछन मनमोहन ले … 😀
My sincere apologies in advance but Nepal is almost like another state for India, at least on their own views.Their views are supported by nepalese politicians of all area.
If the political situation of Nepal carries on like this, I am afraid it will not be long before Nepal will be an extension of India.
This is bitter truth but what can we do?
होइन पहिला पहिला राजा लाइ त निकै मान मर्दन हुन्थियो, भारत, बेलायत, अमेरिका मा सम्म राम्रो स्वागत भाको भीडियो पनि फ्याट्ट फुट्ट देकिनछ यूटुब तिर,, अहिले के भएछ??, यो गणतन्त्र आए पछि इ नेताहरु लाइ बिदेसी ले त निकै खाते को जस्तो व्यवहार पो गर्न लागे, हुन् पनि आफैले पालेका सानो तिनो हड्डी मा भुल्ने भएर तेसो भाको हो कि कुरा सोचनीय छ है मित्र हो ?????
“मान मर्दन” होइन “मान मनितो” भन्न खोज्नु भएको होला ।
यो डेलिगेसनको छनौटले के साबित गर्छ भने नेपालमा खालि बाहुन र मधिसे मात्र छन् र उनैले राज चलाउछन|
डेलिगेसनमा एउटा भएको गैर बाहुनले पनि राष्ट्रिय पोशाक नलाएर बेईज्जत गरेछन| दुख लाग्यो| यो माओवादी उरेण्ठ्याउलोपन हो| राजा र राजाको चाकडी बाजहरुले दौरा सुराल लाएर त्यसमा शोषण, चाकडी, अकर्मन्यता र फोस्रोपनको दुर्गन्ध दलेका थिए| अब राजतन्त्र निर्मुल संगै त्यो दुर्गन्ध गइसकेको छ र सबै जसले आफुलाई नेपाली हुँ भन्छ उनीहरुको हितमा र राष्ट्रको हितमा दौरा सुराल र चौबन्दी स्वीकार गर्नपर्ने भएको छ| बिशेष गरेर सरकारी खर्चमा बाहिर भ्रमणमा जाँदा|
आफ्नो पैसा खर्च गरेर डुल्न हिंडे जे फूर्माएसी लुगा लाए पनि हुन्छ|
देश बाहिर सरकारी खर्च र दात्रि संस्थाहरुले पठाएका तालिम, मीटिंग, सेमिनार, डुलुवा यात्रा आदि विदेश भ्रमणमा को को जान्छन र गैरहेका छन् उनीहरुको लिस्ट संधै हेर्ने गरेको छु|
आफु जनजाति भएकोले यस्ता लिस्ट हेरेर यस्तो प्रश्न सोध्न मन लाग्छ| के यो देशमा दुईचार जात बाहेक अरु मान्छे नै छैन वा लायकका अरु कोहि छैनन्? कति भयो प्रजातन्त्र र लोकतन्त्र अनि गणतन्त्र आएको?
यही ताल चलिरह्यो भने फेरी अर्को ठुलो आन्दोलन निम्त्याएको हो जसमा खाई पाई आएका र मै मात्र खाउँ र आफ्नै नाता गोताले मात्र शासन चलाईरहोस भन्नेको सफाई नहोला भन्न सकिन्न|
मेरो दृष्टिमा सुशील कोईराला एमाले, माओवादी र अन्य कांगेस लिडरहरु भन्दा सिन्सियर होला तर उनको जसो सुस्त र वरको सिन्को पर सार्न नसक्ने नेतृत्वले देश खरायो चालमा अघि बढ्न पनि नसक्ला|
२,४ बटा नेतै उपहार दिएर आउनुभएको भए राम्रो हुन्थ्यो | देश मा अत्याधिक उत्पादन हुने ,
सस्तो , जेसुकै , जस्तो सुकै गर्न तयार हुने , युरोप ,अमेरिका ,क्यानाडा ,अस्ट्रेलिया जताततै फैलिएर रहेका यी पाखे नेताहरु उपहार दिएर हुन्छ कि , गुलेलिले हानेर हुन्छ अलि संख्या कम गर्न पाए सबै सर्बसाधारण नेपालि ले राहत पाउने थिए |
त्यहि दिन मेरो कन्पारो तातेर आएको थियो जुन दिन प्रम कोइराला जेट ऐरवेजमा रवाना भै दिल्ली जाने समाचार आयो | थोत्रे भए नि नेपाल ऐरवेज नै तालिका मिलाई दिल्ली उडान गरेको भए म जस्तो आम जनतालाइ व्यक्तिगत रुप मा भएनी एतिसारो लघुताभास बोध हुने थिएन| मोदी को ताजपोषि को समाचार पछ्याई रहेको मलाई हाम्रो नेपाल को इज्जत को गोबर भएको हेर्न मन लागेन | आज देवेन्द्र भट्टराई को आर्टिकलले मेरो मनको कुरा बोल्यो| हाम्रा नेपाली नेता हरु को बुद्दी को बिर्को कहिले खुल्ने ?
बहुजातीय देशमा कुनै एक जाति बिशेषको पोशाकलाई राष्ट्रिय पोशाक भनेर पंचायतकालमा लादेको थियो| अब त यत्रो पनि लादन मिल्दैन| संसारै सुटमा गैसकेको अवस्थामा सुटमा गए भैहाल्यो नि ! माओ ड्रेस लगाउने चीनधरि त सुटमा गएको अहिले हो र ? मोरारजी र अटलजीसम्मले राष्ट्रिय पोशाकको नाममा धोती लगाएका थिए | त्यसपछिका ले त सुटै लगाउन थालिसके| कहिँ नभाको मौलिकता देखाएर नेपालले के को बहादुरी देखाउन खोजेको होला ? अन्तरराष्ट्रिय भेलाहरुमा नेपाली, अरबी र केहि अफ्रिकी मुलुकहरु आफ्नो पोशाकले गर्दा हाँसको बिचमा बकुल्ला झैं देखिन्छन !!!!
हरे ! टोपी र दौरा सुरुवालमा आफ्नो पहिचान खोज्ने नेपाली बौद्धिक जगत् ! काममा र त्यस पछि प्राप्त उपलब्धिमा पो पहिचान हुन्छ, रूपमा मात्र अलमलिएर पहिचान खोज्नेले सारमा पहिचान बनाउने कोसिस कहिले गर्ने । टोपी र दौरा सुरुवालबाट कोही सामु चिनुनी पनि कुनै पहिचान हो र ? ठूलो काम गरेर, ठूलो उपलब्धि प्राप्त गरेर हेरन, सबैले चिन्छन्, कुनै दौरा सुरुवाल र टोपी लगाउने पर्दैन । कामबाट पहिचान हुने प्रयास नगरेर लुगाबाट परिचित हुन खोजे पछि हामीले के भन्ने ? कर्मबाट भाग्ने व्यक्ति ?
भगवान गौतम बुद्ध जन्मिएको देश भनेर गर्ब गर्ने हामी नेपालीहरु समग्र देशको प्रतिनिधित्व गरेर गएका नेताहरुले गरेको यस्तो व्यहार देख्दा पनि केहि गर्न नसक्ने अवस्थामा छौ | यो भ्रमणलाई एउटा अवसरको रुपमा सदुपयोग गर्न सकेको भए राम्रो हुने थियो तर शिस्टाचार भेटको रुपमा मात्र रहन पुग्यो | भारतीय मिडियाले प्राथमिकता नदिएको तथा प्रधानमन्त्रीले दक्ष मान्छे लिएर जानुको साटो आफ्नो नजिकका मान्छे लाई लिएर गएको कारणले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक न भएको हुन सक्छ | नेपाल फर्केर कोइराला जी ले भारत भ्रमण अत्यन्त सफल भएको कुरा भन्न छुटाउनु हुन्न होला | तर सफलता केवल उपहार दिनको लागि मात्र भएको कुरा बुझ्न आवस्यक छ |