Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हे भगवान, के सुन्नुपर्‍यो! सरस्वतीको त अपमानै गरे

Posted on May 28, 2014 by mysansar

विश्वविद्यालय ज्ञानको खानी। विद्याकी देवी सरस्वती र धनकी देवी लक्ष्मीको कुरा मिल्दैन भनिन्छ। यहाँ त सरस्वतीको मन्दिरमा लक्ष्मीको पूजा गर्नेहरु पनि हुँदा रहेछन्। धन पनि सही तरिकाले कमाउने धन हैन, कालो धन।

अख्तियारको आजको विज्ञप्ति हेर्दा त्यस्तै भइन्छ। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित छ जना अहिले थुनामा छन्। उनीहरुलाई अख्तियारले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको हो। कानुन संकायका एक जना डिन शम्भुप्रसाद कोइराला भने अहिले फरार रहेछन्।

अख्तियारको विज्ञप्ति हेरौँ-
पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले विगत केही वर्षदेखि ऐन, नियम विपरीत विभिन्न कार्यहरू गरी अनियमितता एवं भ्रष्टाचार गरिरहेको भन्ने समेतका उजुरी परेका थिए।

यस सम्बन्धमा आयोगबाट भै रहेको छानवीन,अनुसन्धानका क्रममा शैक्षिक सत्र २०७०/०७१ मा आवेदन शुल्क तथा कार्यक्रम थप वापत लिनुपर्ने रू १ करोड ३२ लाख ७५ हजार एवं नयाँ सम्बन्धन बापत उठाउनुपर्ने रु. २ करोड ९५ लाख ९५ हजार गरी जम्मा ४ करोड २८ लाख ७० हजार रकम हालसम्म नउठाई विश्वविद्यालयलाई हानि नोक्सानी पुर्‍याउने बदनियत राखेको देखियो।

उक्त कार्यमा संलग्न ७ जना मध्ये पूर्वाञ्चल विश्वविद्यालयका

उपकुलपति डा. महेश्वरमान श्रेष्ठ (हाल निलम्वित),
रजिष्ट्रार डा. निरोज पाण्डे (हाल निलम्वित),
परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत (हाल निलम्वित),
तत्काल चिकित्सा संकाय हाल विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक,
व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र
विज्ञान तथा प्रविधि संकायका सह-डिन राजेश कुमार झा (हाल निलम्बित)

समेत ६ जनालाई आयोगले आज हिरासतमा लिई थप अनुसन्धान गरिरहेको छ।

कला, शिक्षा र कानून संकायका डिन शम्भु प्रसाद कोईराला (हाल निलम्वित) फरार रहेका छन् ।

7 thoughts on “हे भगवान, के सुन्नुपर्‍यो! सरस्वतीको त अपमानै गरे”

  1. Mk says:
    May 28, 2014 at 10:47 pm

    मेरो विचार मा , यस्ता यावत अनैतिक कु कृत्य हरु सब -विगत २४० वर्षे निरंग्कुश सामन्ती कुसाशन को इनेर्सिया (inertia ) वा फल फुल हुन्/ आशा गरौँ , गणतन्त्र को आगमन संगै विस्तारै सुध्रिदै जाला , जानुपर्छ र जावोस पनि/

    Reply
  2. sakar says:
    May 28, 2014 at 3:24 pm

    they must be punished. I m also a Purbanchal University graduated and I know some of those culprit personally. and I can assume that they might have committed some financial irregularities.

    Reply
  3. S. R. Shakya says:
    May 28, 2014 at 11:44 am

    यसमा हाम्रो समाजको पनि उत्तिकै दोष छ, चाहे जे सुक्कै गरेर कमाएको होस् जबसम्म पैसावालाहरूलाई समाजले इज्जत दिइरहन्छ, तबसम्म यस्तो घटनाहरू दोहोरिरहन्छ / त्यसैले नाजायज रूपमा पैसा कमाएर धनी भएका नवधनाढ्यहरूलाई सामाजिक बहिष्कार गरौँ /

    Reply
  4. Shankar says:
    May 28, 2014 at 11:05 am

    के गर्ने त् ?
    तेस्रो विश्व को समस्या नै यहि हो | पार्टीका झोले , टिके हरु लुट्न को लागि पद मा जान्छन |
    उनीहरु सिवाय अरुले जिम्बेबारी पाउदा पनि पाउदैन चाहे कति नै काबिल किन न होस् |
    उता हामदेब जस्ता मन्त्रि , यता येस्ता भी सी , रजिस्ट्रार , प नि भएपछी किन चाहियो चरी दादा , र सोभराज हरु , यी नया संस्करण के कम छन् ?
    जान युद्द लडे भन्ने हरु अझै यो देश मा होलान नि ? येस्ता २,४ जनालाई मासु बनायेपो
    ये साचै ति सेनानी रहेछन भन्नु | नत्र गाउको घासी , हलीलाई जबर्जस्ति मिलिसिया बनाएर
    सेनाको गोलि को तारो बनाउनु आफु र आफ्ना सन्तति चै रइस जिन्दगि बिताउनु भुत्रो को जनयुद्द लड़िस |

    Reply
  5. Resham Thapa says:
    May 28, 2014 at 10:56 am

    उपकुलपति (हाल निलम्वित र साहेद बिध्याबारिदि होइनन् क्यारे) प्रा. महेश्वरमान श्रेष्ठ तथा टिमको नियुक्ति लगत्तैको चोरुफूरि हेर्दै सँकास्पद थियो, मनमा खोट र’चर पो । अन्य बिश्वबिधालयको पालो आउदैन ?

    Reply
  6. Chakra Gurung says:
    May 28, 2014 at 8:37 am

    हैन अख्तियार समाते को समात्यै छ, अख्तियार का मान्छे पनि भ्रस्टचारी होलान, तिनलाई चाही कसले समात्ने ?

    Reply
  7. kedar says:
    May 28, 2014 at 2:36 am

    पैसाले पैसाकै लागी पढ्ने लक्ष्मी भक्तहरुनै हुन् सरवास्तिलाई बद्नाम गर्नेहरु

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme