Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुर्सी खोस्नु पर्ने गरी काठमाडौँ प्रहरी प्रमुख रमेश खरेलले त्यस्तो के बोलेका थिए वर्दी लगाएर, हेर्नुस्

Posted on May 27, 2014May 27, 2014 by Salokya

kharel उपप्रधानमन्त्रीको समेत जिम्मेवारी पाएका र हाल सुशील कोइराला भारत भ्रमणमा रहेकोले कार्यवाहक प्रधानमन्त्री पनि बनेका गृहमन्त्री वामदेव गौतमको दबाबमा काठमाडौँका प्रहरी प्रमुख रमेश खरेललाई जिम्मेवारीबाट हटाइएको समाचार आएको छ। अब उनी मुख्यालयमा हाजिर हुन जानु पर्ने रे।

त्यसो त पहिल्यैदेखि एसएसपी खरेलसित वामदेव खुसी थिएनन्। मलाई भेट्नसमेत आएनन् भनेर वामदेवले पहिल्यै सार्वजनिक अभिव्यक्ति दिएका थिए। यस पटक भने उनले राम्रो निहुँ पाएका छन्। आखिर के त्यस्तो विवादास्पद अभिव्यक्ति दिएका थिए वर्दी लगाएर खरेलले ? हेर्नुस् भिडियो।


भिडियो सौजन्यः दिनेश लुइँटेल

यस्तो थियो खरेलको भनाई

म भन्छु। नेपाल प्रहरीको अब प्रमोसनको बेला आएको छ। सात महिनापछि बल्ल गाँठो फुक्यो नेपाल प्रहरीको। माननीय मन्त्री ज्यु, भ्रष्टाचारीलाई प्रमोसन नदिनुस्। मलाई आशा छ, यति गरेपछि उहाँहरुलाई पुग्छ होला, यति भनेपछि उहाँहरुलाई पुग्छ।

अहिले सुटकेसहरु बोकेर पावर सेन्टर जाने, चाकडी गर्ने, मलाई प्रमोसन गरिदे अथवा…फलानोलाई प्रमोसन गरिदे भनेर …हजुरकहाँ पनि खुब आए होला। जो हजुर कहाँ भिजिट गर्छ, ती अपर्चुनिस्टहरु हुन्। पावरसेन्टरमा जाने कर्मचारी अपर्चुनिस्ट हुन्। यसले तपाईँलाई मात्र हैन, हाम्रो नेपाल आमालाई पनि असर गर्छ। कृपया यसमा ध्यान दिनु होला। नेपाल प्रहरीको प्रमोसनमा भ्रष्टाचारीलाई प्रमोसन नदिने र इमान्दारलाई प्रमोसन दिएर एउटा एक्साम्पल सेट गरिदिनका लागि म अनुरोध गर्दछु।

गलत हो त यो कुरा?

होइन। अपराध र सुरक्षाविषयमा लेख्ने पोर्टल अपराध डट कमका अनुसार सत्य यही हो। एआइजीको सम्भावित उम्मेदवारमध्ये क्षमताका आधारमा अगाडि देखिएका केही शक्ति केन्द्रको ढोका चहार्ने मामलामा सुस्त भए पनि कुनै पनि हालतमा एआइजीको फुली पाउने दौडमा रहेका संगठनका केही सदस्यको दौड यो विचमा निक्कै बाक्लिएको पक्कै हो।

‘७ पदका लागी १३ जना शक्तिसंघर्षमा रहँदा क्रमसंख्यामा निक्कै पछाडि परेका अनी कार्यक्षमता समेत अब्बल नदेखिएकाहरुका लागी यही दौडमा खटिनुको अर्को विकल्प पनि के होला र। खरेलले यही सत्य ओकली दिए। तर, त्यही सत्य उनको लागी धार बन्यो। कारवाहीको कारण बन्यो’, ‘अपराध’को विश्लेषण छ।

तर चेन अफ कमान्ड तोडियो

अपराध डट कम अगाडि लेख्छ– ‘तर, संगठनको पनि केही नीति नियम त हुन्छ नै। सार्वजनिक कार्यक्रममा एसएसपीको हैसियतमा उनले कुनै ब्यक्ति नतोकी, कुनै प्रमाण प्रस्तुत नगरी बढुवाका लागि आर्थिक चलखेल भएको आरोप लगाउँदा संगठनको नीति नियम, चेन आफ कमान्ड भने तोडियो नै।’

‘चेन अफ कमान्ड तोड्नु प्रहरी संगठनको हकमा दण्डनीय हो। त्यसमा के नियतले कुन प्रसंगले बोलेको हो, त्यसको सूक्ष्म विश्लेषणको आशा गर्नु निरर्थक हो अहिलेको अवस्थामा।’

‘उनको सार्वजनिक धारणा सत्य निकट भए पनि त्यही संगठनको मर्यादा र नीति नियमले उनलाई अनुशासनहीन व्यवहार गर्ने प्रहरी अधिकारीको सूचीमा पुर्‍यायो।’

‘काठमाडौंको प्रहरी प्रमुखका रुपमा उनले गरेको कामका लागि अबिर मालाले विदाइ हुनुपर्नेमा कारबाहीको कोर्रा ढाडमा बोकेर सरुवा भए। केही दिनमा उनीमाथि कारबाहीको कोर्रा समेत चल्ने सम्भावना पनि उत्तिकै छ।’

76 thoughts on “कुर्सी खोस्नु पर्ने गरी काठमाडौँ प्रहरी प्रमुख रमेश खरेलले त्यस्तो के बोलेका थिए वर्दी लगाएर, हेर्नुस्”

  1. Pingback: एआइजी बढुवा प्रकरण : कहाँ- कहाँ पुग्यो ब्रिफकेस ? किन हुँदैछ मिडिया क्याम्पेन ? « Mysansar
  2. dev says:
    June 1, 2014 at 4:21 am

    हामी नेपाली भन्नासाथ आबेस्मा आएर आफ्नो रौनक देखौन पक्षि पर्दैनौ तेसैको परिणाम होला साएद गृह मन्त्रि जस्तो नेपालको उपल्लो ओहोदामा बसेको मान्छे ले कहिले खरेल भेट्न आएन भनेर सडकमा हुकर्क्ष त कहिले कानुन बिपरित एक जना आफु मातहतका प्रहरी अधिकारीलाई सहि कुरा बोल्दनी अनेक बहाना बनाएर सरुवाको धम्कि दिन्क्षन .अब भन्नुस के ति मन्त्रि घुसखोरी होइनन त नत्र भने देसको कानुन बमोजिम आयोग बनाएर छानबिन गर्नुपर्दैनथ्यो र एसको मतलब उनीपनि तेस्मा सग्लग्न हुनुपर्क्ष कि रमेस ले गृह मन्त्रीलाई नै अनुसन्धान क लागि आगाडी बदौनुपर्क्ष बामदेब पनि भ्हरस्ताचारी हुन् तेसैले उनि डराएका छन्

    Reply
  3. S B Gaha says:
    May 29, 2014 at 2:58 am

    के प्रहरी संगठन चेन अफ कमाण्ड भनेको साधारण जनता ले थाहा नपाउने गरि गरिने मन परि तन्त्र हो ? पैसा र पाओर को आडमा बनेको संगठन हो ? अनि एउटा देश भक्त इमान्दार प्रहरी ले सत्य कुरा बोल्दा कदर गर्नु को सट्टा कोर्रा लगाउने जनता को गास काट्ने भात मरुवा हरुको एकजुट भएर बिरोथ गरौँ /

    Reply
  4. Shiva says:
    May 28, 2014 at 11:13 pm

    नेपाल Ko पुलिस जस्तो खत्तम को होला. हिजो मा महाराजगंज बाट फर्कदै थिए. त्यहाँ बाटोमा अख्तियार अगाडी एउटा खाते पुलिस थियो ओहोदा मा सहि. म भन्दा अगाडिको bike मा बुदा बुडी थिए. तिनीहरुलाई रोक्न भनेर त्यसले बोलेको सब्द हरु येहाँ त के एकान्तमा पनि म भन्न सक्दैन. यो पनि अख्तियार दुरुपयोग होइन र. येस्ता छन् हाम्रा सुरक्छ्या मा खटेका हरु ………

    Reply
  5. basant bhatta says:
    May 28, 2014 at 8:48 pm

    यदि रमेश खरेलले सांचै नै प्रहरी संगठनको चेन अफ कमाण्ड तोडेको भनेर सरुवा गरेको हो भने सरुवा गर्नेलाई पनि कारवाही गर्नु पर्छ | किन कि प्रहरी संगठनको चेन अफ कमाण्ड तोड्नु भनेको गम्भीर अपराध हो | यस्तो गम्भीर अपराध गर्नेलाई सरुवा मात्र ? …. दालमा कालो पक्कै छ | हामी जनता यसलाई केवल अपराधीको संरक्षण गर्ने वहाना मान्छौं |

    Reply
  6. dipak says:
    May 28, 2014 at 5:02 pm

    रमेश सर, यो पुलिसको जागिर सागिर छोडी दिनुस राजनीतिमा आउनुहोस र देशलाई बचाउनु होस्. किनकि only diamond cuts diamonds .

    Reply
  7. Sarswati Bhusal says:
    May 28, 2014 at 11:02 am

    जनता सडकमा उत्रेर भएपनि रमेश खरेललाई फिर्ता गराउन पर्ने हो

    Reply
  8. Nisha says:
    May 28, 2014 at 9:46 am

    ल खरेललाई कारबाही त आफ्नो ठाउमा होला तर एउटा जिम्मेबार प्रहरी अधिकारीले बोलेको कुरा सहि हो कि गलत हो भनेर कुनै आयोग बनाएर प्रमाण जुटाउने अथवा पावर सेन्टरमा धाउने प्रहरी अधिकृतहरुलाई कारबाही को प्रक्रिया पनि संगै चलेको भए पो भन्न सकिन्थ्यो खरेल गलत छन् भनेर !

    यहाँ त चोरको खुट्टा तान भन्दा गृहमन्त्रीले आफ्नै खुट्टा ताने जस्तो भो ! खै त नेताको चाकडी गर्न जाने उपल्ला प्रहरी लाइ चाहि संगठनको अनुसासन नलाग्ने रहेछ त !

    Reply
  9. Regmi says:
    May 28, 2014 at 6:17 am

    धेरै पटक सुन्दा पनि एसएसपी खरेलले कुनै माथिल्लो प्रहरी अधिकृतको नाम तोकेको छैन . अब भ्रष्टाचारी भन्नासाथ “चोरको खुट्टा काट भन्दा खुट्टा झिक्ने” भनेको जस्तो पो भयॊ. अर्कोतर्फ़ खरेल थर भयका प्रमुख प्रहरी अधिकृत र गृह मन्त्रि बिच सरुवा र खिचातानी उहिलेपनि भयकैहो , अहिले पनि भयो, कुरा नौलो होइन . कर्तब्य गर्ने बिरले जहागयपनि डगमगाउने कुरो छैन. सरुवा बाहेक अन्य बिभागिय कारबाहीगरि अन्न्याय गरेमा कानुनि साहारा लिनेहो.

    Reply
    1. bijay says:
      May 28, 2014 at 8:31 am

      बामदेवमाथि अख्तियार दुरुपयोगको कारबाही हुनुपर्छ / बामदेवले आफ्नो पदको दुरुपयोग गरेको छ /

      Reply
  10. Tanka Basel says:
    May 28, 2014 at 6:03 am

    रमेश खरेलले गल्ती नै गर्दैनन् जस्तरि प्रतिक्रिया लेखिएका छन। खरेलको गुन्डागर्दि विरुद्धको कार्य अब्बल छ साथै उनले दिएको जस्तो प्रतिक्रिया सबै प्रहरी, सेना, कर्मचारी सबैले दिएमा देश झन भद्रगोलमा फस्छ। आफू उभिएको ठाउँ खरेल र प्रतिक्रिया दिने सबैले मनन गर्नु पर्दछ!

    Reply
  11. Anil Thapa says:
    May 28, 2014 at 4:44 am

    अब हेरुम कुन पार्टी देश्भक्त रहेछ् जस्ले यो गाईजात्राको बिरोध गरेर भ्रस्टाचार बिरुद्दको खरेलजी को समर्थन् गर्छ

    Reply
  12. ashok pun says:
    May 28, 2014 at 3:09 am

    खरेल लाइ फिर्ता गर ,,, बामदेव कुर्शी छोड …गृहय मन्त्रि ..मुर्दाबाद
    ,,,आउनुस साथि हो भोलि दिउसो १ बजे रत्नपार्क ..अबेर नगरौ..

    Reply
    1. bijay says:
      May 28, 2014 at 8:25 am

      बामदेव र बामदेवका चम्चाहरु मुर्दाबाद
      रमेश सर जिन्दाबाद
      बामदेवलाई कारबाही होस्
      रमेश सरलाई पुनरबाहाली गरियोस

      Reply
  13. दिप श्रेष्ठ says:
    May 28, 2014 at 1:42 am

    खरेलजी पनी राजनीति मा लागेर येस्ता बामे सामे जस्तालाई तह लगाउनु पर्यो।

    Reply
  14. kshor lama says:
    May 28, 2014 at 1:41 am

    सब जना भोलि ठिक १० बजे रत्न पार्क जाउ अन्याय र भ्रस्टचारी बिरुद्ध रमेश खरेल लाई
    साथ दिउ /

    Reply
  15. rohan vicram singh says:
    May 28, 2014 at 12:45 am

    एस एस पी रमेशले गरेको आफ्नो पेशागत इमान्दारिता र उनले बोलेका कुराहरु सहि छन् र उनले नेपाली जनताको आवाज बोलेका छन्! त्यसैले नेपाली जनताले खरललाई राम्रो प्रहरी अधिकृतको रुपमा हेरेका हुन्!
    नेपाली जनताको नजरमा दोषी रमेश खरेल होइन कि प्रोमोशनको लागि पैसाको बिटो बोकेर मन्त्रीका जाने डी आइ जीहरु र असल मान्छेलाई कारवाही गर्ने आदेश दिने बाम देव गौतमहरु हुन्.!
    नेपाली जनताको पक्षमा बोल्ने र काम गर्ने खरेलको कारवाहीको बिरोधमा हामी नेपाली एकजुट भएर “बामेहरुको” बिर्रुद्ध आन्दोलन गरौ!
    हामीलाई बामे जस्तो गृह मन्त्रि भन्दा खरेल जस्तो प्रहरी अधिकृतहरुको खाँचो छ!
    रमेश खरेल जिन्दाबाद!

    Reply
  16. Jay says:
    May 27, 2014 at 11:03 pm

    प्रहरी नियमावली अनुसार एक वर्ष कुनै क्षेत्रको प्रमुख भएर काम
    गरेपछि डिपार्टमेन्टले कर्मचारीको सरुवा गर्न सक्छ। देशमा ५४
    हजार प्रहरी छन् र एउटै ब्यक्तीलाई १ बर्ष भन्दा बडी एकै
    क्षेत्रको जिम्मेवारी नपर्न पनि सक्छ। काठमाडौं मात्र नेपाल होइन
    त्यसैले उनको सरुवाको विषयलाई पहाड नबनाएकै राम्रो।
    उपत्यका प्रहरी प्रमुख जस्तो जिम्मेवार तहमा बसेपछी प्रमाण बिना पधेरे आईमाई जस्तो बोल्न मिल्दैन। जङल
    को बुटो हल्लिएको भरमा गाउँ भरीका बडेका केटा केटी लाई बात लाए
    जस्तो कहाँ मिल्छ र? ब्रिफ्केस लेनदेनको प्रमाण देखाए भने खरेल
    महान हुन्छन नभए यही फसेबूकेहरु को ताली बाहेक केही paudena

    Reply
  17. Asha says:
    May 27, 2014 at 10:17 pm

    यो चेन अफ कमाण्ड को नाममा यथार्थ र इमान्दारिता बाहिर आउन नदिन परम्परागत तवरले जनतालाई अँध्यारो मा रख्नुपर्छ भन्ने कुरा कत्तिपनि उचित छैन | यो घटना बाट हामि नेपाल आमाको सच्चा सेवक हौँ , नेपाल र नेपाली को प्रगति र अस्वतित्व प्रति हामि हरुलाई चासो छ भने, संसद बाटै रमेश खरेल सर ले जस्तै गरि प्रहरी तथा सेनामा भ्रस्टचारी र देश का सोशक हरुको वास्तविकताको उजागार गर्ने बहादुर हरुलाई कारवाही हैन हौसला र पुरस्कृत गर्नु पर्ने कानुन पास गर्न हामि सबैले हाम्रा सभासद/संसाद हरुलाई दबाब दिनु पर्छ |

    Reply
  18. madan bajracharya says:
    May 27, 2014 at 10:15 pm

    अहिले सर्वोच्चमा नियुक्त गरिने न्यायधिसहरुलाइ उनीहरुले पहिला गरे जस्तै काम कार्य गराउन रमेश खरेलको कार्यशैली बाधक नै हुने देखिन्छ/ अपराधीलाई समाउनु, भ्रस्टाचार बिरुद्ध लाग्नु बात पार्तिकालाई सडक आन्दोलन गर्न बाध्य गर्छ/ पार्टीकालाइ सडकमा उत्रन बन्द हड्ताल गर्न बाध्य हुने काम गरे बात देसमा अशान्ति हुन्छ; सदन स्कुल कारखाना मात्रै होइन सदन र संबिधान सभा समेत बन्द हुन्छ/ इनिहरुको राजमा अपराध सहनु, अपराधि सिट सहमति र पार्टी सिट सम्भंदित कुनै पनि अपराधीलाई कार्यवाही नगर्नुनै “नेपालमा शान्तिको यक मात्र बचेको आधार बनेको छ/ रमेश खरेल परे पार्टीका नै भय पनि अपराधिलाइ नछाड्ने/ यो रमेश खरेल पदमै रही रहे पार्तिकालाई नेपालमा अशान्ति मच्चाउन बाध्य गर्न सक्छ/ यहि सोचेर बामदेवले रमेश खरेललाइ हतायको हुनु पर्छ/ यो त् सुरुवात मात्रै हो मित्रहरु/

    Reply
  19. देबे says:
    May 27, 2014 at 9:20 pm

    हेर्नुहोला फेरि अर्को चुनाबमा यहि बामदेब जस्ता नेताले नै जितेर मन्त्री बन्छन पदमा बस्नेबेला भ्रष्टाचार गर्यो अकुत सम्पती कमायो त्यो गर्न कसैले बाधा पुर्‍याए कुनै जुक्ती लगायर कर्बाही गर्यो चुनाबको बेला अलि अलि आफ्नो छेत्रमा खर्च गर्यो गुन्डाहरु लगायो चुनाब जित्यो मन्त्री बन्यो| हामी जनता भने हाम्रो ठाउँको नेता मन्त्री भाछ भन्यो लौका जत्रो नाक बनायो बस्यो तातो न छारो

    Reply
  20. prakash sharma says:
    May 27, 2014 at 9:17 pm

    रमेस खरेलले बोलेको बारेमा छानबिन गर्न समिति बनाउने अनि छानबिन सुरु नै नभैकन कारबाही थाल्ने ? रमेस खरेल काठमान्डू का प्रहरी प्रमुख हुन् , के उनले काठमाण्डुको सुरक्छ्या लाई असर पार्ने कुनै काम गरे र , सरुवा गरेको हो ? उनि काठमान्डू प्रमुख भएर काम गरि रहंदा छानबिनमा असर पर्छ ? बोलेको कुरालाई छानबिन गर्न काम गरनै नदिने ? निस्पक्छ छ भने निर्बाचन आयोगले सरुवाको अनुमति दिनु हुन्दैन .
    छानबिन गर , दोसी रहेछन भने कारबाही गर तर काम गर्ने मान्छे लाई काम गर्न देउ . होइन भने जनताले बुझी राखे को कुरो अझ राम्ररी ‘ काले काले मिलेर भाले खान ‘ लागेको भन्ने प्रस्ट हुन्छ .

    Reply
  21. Shiba says:
    May 27, 2014 at 9:16 pm

    पुलिसहाकिम साब घरको तला थप्नु छ श्रीमती को कानमा सुन को तोला थप्नुछ! नेताले चुनाबमा पैशाको खोला बगाउनु छ! एसको लागि रमेश खरेल काठमाडौँ बाट..

    Reply
  22. Lalit Narayan says:
    May 27, 2014 at 9:09 pm

    अरु के नै आशा गर्न सकिन्छ र नाची नाची भोट माग्ने र डोरी नागी बाटो काट्ने गोवर दिमाग भाको नेता बाट ! खबरदार रमेश खरेल जस्तो इमान्दार प्रहरी अधिकृतलाइ कारबाही गर्ला !

    Reply
  23. BT Malla says:
    May 27, 2014 at 9:02 pm

    सामान्य वा सहज अबस्थामा येदि रमेश खरेल जियु लाई सरुवा गरिएको भए सबैलाई चित्त बुझ्ने थियो तर चेन अफ कमाण्ड तोडेको आरोप लगाएर भएको सरुवामा भ्रस्टाचार र गुण्ड गर्दीको गनाउने गन्ध आएको छ , तेसैले रमेश जिउ ले तुरुन्त आफ्नो पद बाट राजिनामा दिई नागरिक समाज को नेत्रितो गर्नु पर्छ, सम्पूर्ण देशभक्त नेपालीहरु उनैको साथमा छन् र साथ् दिने छन् ………………………! आखिर उनले नराम्रो के बोलेका छन् र? बरु नामै तोकेर भनिदिएको भए जनता ले त चिन्ने थिए नि ति सूत्केस बोक्नेहरु लाइ ….!!

    Reply
  24. parashar says:
    May 27, 2014 at 8:51 pm

    अब ” बामे को राजनीति पनि अस्ताउने पक्का भो ”
    प्रहरी प्रशासन मा भए – गरिएका भ्रस्ट-आचार् हरुको एक-एक बहि छ यिनी निडर- प्रहरी संग आजसम्मका अन्य छेरुवा पुलिस को हिम्मत नै कहा थियो र यति भन्न सक्ने !
    “मैले त बामेलाई यिनले सल्लाह होइन चुनौती दिएको ठान्दछु ” बामेले त्यति पनि सोच्न सकेनन ….. उनको आसय यस्तो हो ” खबरदार अविवेकी मंत्रिहरुहो अब उप्रान्त यस्ता अनैतिक तबर ले जो कसैको पनि पदोन्नति नगरेस ”
    क्या बात !
    एउटा सत्य कुरो के पनि हो भने ” रमेशजी त्यो बामदेव को कुर्चीमा पुग्न सक्नु हुञ्छ तर बामदेव कदापि रमेशको कुर्चीमा पुग्न सक्दैन ” चेतना भया !!!

    Reply
  25. sangesh says:
    May 27, 2014 at 8:25 pm

    बामदेव ले आफुलाई क सम्झेका छन् . time has changed now, it is not same era when he played politics in Nepal Police and started the war against 2 IG Dhurbha Bdr. and Achyut Khare. And the kids of that time are youth and back bone of the country now. I hope we will ahve enough pressure from news media and social media to take back his decission.

    Reply
  26. dharmendra says:
    May 27, 2014 at 8:09 pm

    बर्खरै बामे सर्न लागेको शान्ति सुरच्छ्या लै यो बामे नाम भाको ले बर्बाद बनायो

    Reply
  27. Chetan Nepali says:
    May 27, 2014 at 8:06 pm

    यो कुरा हातको चुरा जस्तै थियो, साधारण जनताले गरेक भए त्यसको केहि महत्व हुन्न थियो!

    पत्रुकारले लेख्ने हिम्मत थिएन वा इच्छा थिएन तर रमेश खरेलले हिम्मत गरेर यो कुरा पब्लिकमा राख्यो!

    एकचोटी सबैले (राजनैतिक पार्टीहरु लगाएत सम्पूर्णले) देशलाइ सहि दिशा दिने साँचो मन भए, रमेश खरेलको कदमलाई साथ् दिएर सडक ततौना आबस्यक देखिन्छ ! याद गर्नुहोस, सडक बाट नै ज्ञानेन्द्रलाइ हटाएको हो भने यो बामे कोनसा पहाड हो र !!!!!

    Reply
  28. तेज प्रसाद अधिकारी says:
    May 27, 2014 at 7:34 pm

    बामदेव भन्ने विषवृक्ष हामीले नै रोपेको हो । विषवृक्ष बाट अमृतको आशा गर्ने हामी नै मुर्ख हौ । हामीले जति सुकै देशभक्तिको कुरा गरे गरे पनि, सुशासनको राप अलापे पनि, यहि हो नेपाल… अनि यहि हो हाम्रो नियति ।

    Reply
  29. Prabin says:
    May 27, 2014 at 5:54 pm

    भारतमा भ्रस्टचारी लाई कारवाही को नारा बोकेको नरेन्द्र मोदी लाई जनता ले भोट दिए, नेपालमा दुर्भाग्य पूर्ण रुपमा हामीले तेस्तो व्यक्ति लाई चुनाब जितायौ जेसले भ्रस्टचारी लाई सर्बोच्च अदालत को न्यायाधिस मा चुन्ने लाई जितायौ, भ्रस्टाचार, गुन्डागर्दी बिरोधि रमेश खरेल लाई कारवाही गर्ने लाई जितायौं ! सति ले सरापेको देश !

    Reply
  30. bhakta says:
    May 27, 2014 at 5:50 pm

    बामे एस एस पी बन्न सक्दैनन् तर रमेश गृह मन्त्रि बन्न सक्छन भन्ने कुरा बामे र उनका पुच्छरहरुले राम्ररी बुझ्नु पर्छ ….रमेश जी यस्ता जागिर लात मारेर भ्रस्टचार बिरुद्धको पार्टी खोल्ने होकी ? जहा रास्ट्र भक्त , अशल मान्छे अटुन …..

    Reply
  31. Narayan says:
    May 27, 2014 at 5:20 pm

    बामेलाइ के निउ पाम कनिका बुकाम (खरेललाई फालम) भै रहेको बेलामा, ठ्याक्क खरेल जी ले तेस्तो अभिव्यक्ति दिनाले सर्बहारा बर्गको भनाउदो गृहमन्त्रि लाइ के खोच्छेस कानो आँखो भएछ.

    Reply
  32. Shankar says:
    May 27, 2014 at 4:43 pm

    आफु सुरक्ष्या घेरा भित्र रहेर मनोमानी गर्ने येस्ता पाखण्डी मन्त्रीहरुको पहिले त् जनताको पैसामा सुरक्षित हुने ब्यबस्था को अन्त गरौ अनि त् जनता को हात आफ से आफ यिनको कठालो सम्म पुग्छ |

    Reply
  33. basanta malla says:
    May 27, 2014 at 4:02 pm

    चोरहरुको बग्बगी साधुहरुको जगजगी , साधुहरुलाई बाच्न गारो छ ..

    Reply
  34. Prabin Dhakal says:
    May 27, 2014 at 3:40 pm

    Dear Kharel sir,Better leave the police force and make a new party picking good people.Change the face of Nepal leading development,justice and punishing corrupts and criminals.Whole Nepalese is urging you for the sake of Nepal’s bright future.Otherwise,don’t know upto when our country have to stay like this with the same political parties and those same corrupt leaders.Jai Nepal!!

    Reply
    1. RB Thapa says:
      May 27, 2014 at 9:48 pm

      खरेल जी, प्रहरीको जागिर छोडेकै बेश, किन कि राजनीतिकरण भएको प्रहरी फोर्स मा बाँकी जीवन किन खेर फाल्नु | जागिर छोडेर पार्टी खोल्ने, राजनीति तिर लाग्ने काम नगरेर बरु Private Detective Service (जासूसी संस्था) खोल्नुस, किनभने तपाईं अपराधी समात्न खप्पिस हुनुहुन्छ, खोजबिन, छानबिन, अनुसन्धान सबै विधामा उत्कृष्ट हुनुहुन्छ, तेसैले नीजी
      Nepali FBI खोल्दा कसो होला? मलाइ लाग्छ, प्रहरीको साथ् नपाएर निराश भएकाहरु, हत्यारा, अपहरणकारी, डकैत, भ्रष्टाचारी, आदि समात्न सरकारले सक्ने होइन, त्यसैले पीडित हरु तपाइंको NFBI मा अवश्य आउने छन्, राम्रो कमाइ पनि हुने, सेवाग्राही लाइ छिटो, चारितो र भरपर्दो अनुसन्धान सेवा पनि दिनु हुने…..शायद यस्तो सेवा खोल्नु नेपालकै प्रथम व्यक्ति पनि हुनुहुन्छ होला …..

      Reply
    2. Alikhit says:
      May 27, 2014 at 11:40 pm

      अर्को केजरिवाल जन्माउने प्रयत्न नगरम | वहा ले प्रहरी मै बसेर बामे जस्ताको सफाया गर्नु पर्ने छ | बाहिर बसेर नारा लगार धुम्रलोचनहरु मर्दैनन |

      Reply
  35. chhetra says:
    May 27, 2014 at 3:36 pm

    नेपाल का जनताहरु अब बामदेब लाई यक छिन् कुर्सीमा बस्न दिने होइन सडक आन्दोलन मा जाऊ.

    Reply
  36. Surya says:
    May 27, 2014 at 3:20 pm

    बाँदरको हातमा नरिवल, वामदेवको हातमा रमेश खरेल, कहिले कुरा मिल्छ ? बामेलाई गृहमन्त्री बाट राजिनामा दिन लगाउनु पर्छ.

    Reply
  37. achut says:
    May 27, 2014 at 2:35 pm

    जिम्मेबारी ठुलो थियो, पुरा गर्नु फलाम को चिउरा चपाए सरह,बिरोधि हरु लाई कतिखेर निउ पाऊ अनि धपाउ भा’को थियो,चेन अफ कमान्ड तोड्दा हद सम्म को कारबाही हुन्छ भन्ने नि उनलाई थाहा पनि थियो ,फलामे चिउरा चपाएर दात खियाउनु भन्दा “सत्य कुरा गर्दा निक्लिनु पर्यो” भन्न नि पाइने अनि हटाऊन बल गर्ने लाई नि ‘असक्षम’ भनेर भन्दा ‘अनुसासन को कारवाही’ भने सजिलो नि भो!! समग्र मा भन्दा ‘निकाल्न चाहने’ र ‘निक्लिन चाहने’ को कुरो मिल्यो, हामी लाई बोका बनाए….

    Reply
  38. Bindu says:
    May 27, 2014 at 1:37 pm

    यी पुड्का बामे हरुले खरेल सर जस्ता अग्लाई चरित्र भएकाहरुलाई खुट्टा तानेर लडाउने भए !
    लौ न सबै मिली खरेल सर बचाउ अभियान गर्नु पर्यो !
    खरेल सरलाई साथ् दिन जनताको साथ लिन मिडियाकर्मीहरुले पहल गर्नु पर्यो —

    Reply
    1. Suman Bjra. says:
      May 27, 2014 at 3:28 pm

      एकछाक बोजभतेर गरेर भ्रस्टचारी बामदेव ले फेरी इमान्दारी जनतामाथि लुटेको छ / येहिहो नेपाली राजनीतिको छबि देशको दुर्गति पनि /

      Reply
    2. prakash says:
      May 27, 2014 at 8:09 pm

      तपाइँ ठुलो भ्रम मा हुनुहुन्छ जस्तो छ | आम मिडियाकर्मीहरुनै चोर नेता हरुको पछि छन् |

      Reply
  39. डिल्ली says:
    May 27, 2014 at 1:36 pm

    सार्वजनिक चासोको विषय र कार्यक्रमा उनले यति वास्तबिक कुरा भनेर के अपराध गरे? जुन दिन उनलाई कार्यवाही भयो उही दिन तिनै बामदेव सडक नियम मिचिरहेका थिए प्रत्यक्षरुपमा उनलाई चाहीँ कार्यवाही हुनु पर्ने कि नपर्ने ? के नियम नेतालाई लाग्दैन ? भ्रष्टाचार नियन्त्रण र सुशासनको सपथ खाएर प्रधानमन्त्री मन्त्री हुनेहरू भ्रष्टाचार गर्छन् खुलेआम भ्रष्टाचार भयो रोक्न सकिने भन्छन् त्यस्ता निकम्माहरूले चाहीँ के के मिच्दैनन् ? पहिले अच्युतकृष्ण खरेललाई कार्यवाही गर्ने बामदेव हो कि दामदेव खरेल प्रति पूर्वाग्रही भएर कार्यवाही गरेका गरेका हुन् अब कार्यवाही गर्नु पर्ने चाहीँ दामदेवलाई नै हो खरेललाई हैन ।

    Reply
  40. sudarshan koirala says:
    May 27, 2014 at 1:05 pm

    यो देशको दुर्भाग्य, भ्रस्ट हरुले कसरि हटौना सोची राको बेलामा बहाना राम्रै पाए
    कुरा त के गलत छ र ? सबै लै थाहा नै छ

    Reply
  41. prabesh lama says:
    May 27, 2014 at 1:04 pm

    उहिले ” झुटो टेक्दैन सत्ते डक्दैन ” अहिले ” सत्ते टेक्दैन झुट्टो डक्दैन “

    Reply
  42. ramesh says:
    May 27, 2014 at 12:37 pm

    यो महेश बस्नेत, परशुराम बस्नेत ,दिनेश चरी हरु को जित हो. आखिर केपी ओली, बामदेव हरु बात राम्रो काम को अपेक्षा गर्नु जस्तो मुर्खता के होला र?

    Reply
  43. Bishwaraj says:
    May 27, 2014 at 12:24 pm

    माटोको हाँडी- र ….को गाँडीले उम्लिनु जान्दैन भनेको सुनेको थिए, खरेल सरले पनि त्यस्तै उम्लिनु जान्नु भएन कि के हो ? उहाँ ईमान्दारी र सच्चा राष्ट्र सेवक हुन्-

    Reply
  44. Gyanendra says:
    May 27, 2014 at 12:20 pm

    जस्लॆ रमेश खरेल जीलाई सम्मान दीने ठाउमा दण्ड देदै छन् I उनिहरु ले आफ्नो कर्म को फाल अबस्ये पाउछान
    जै नेपाल

    Reply
  45. Sisir says:
    May 27, 2014 at 12:17 pm

    साधुलाई सुली चोरलाई चौतारी
    वाह नेपाल प्रहरी ,

    Reply
  46. समीप says:
    May 27, 2014 at 12:11 pm

    राम्रो मान्छे जता गए पनि राम्रै गर्छ। पहिले पनि खरेलजीले जिल्लामा राम्रो काम गरेको हुनाले नै काठमाडौँको गुण्डा-गर्दी कम गर्न काठमाडौँ झिकाइएको हो। यस्ता सरुवाहरुले उहाको कार्य-शैलीमा केहि फरक पार्दैन जस्तो लाग्छ।
    खरेलजी जता पुग्नु भए पनि उहालाई मेरो शुभकामना।

    अन्त्यमा, सत्य बोलेता पनि मर्यादा-क्रमको कुरो ल्याएर खरेलजीलाई सरुवा गर्ने मान्छेले पनि:
    १. बीच सडकमा गाडी रोकेको र
    २. रोड डीभाईडरबाट बाटो काटेको

    कुराहरुको स्पस्टिकरण जनतालाई दिने कि नदिने?

    Reply
  47. unishaa says:
    May 27, 2014 at 12:05 pm

    नेपालमा नेपाली जनता, नेपाल आमाको लागि राम्रो गर्नेलाइ येस्तै हो जय हो नेपाली राजनीति ………………राम्रो कुरा बोल्दा येस्तै सजाए हुनु पर्छ अनि नेपालीले बिराए र पनि राम्रो बोल्दैन (राम्रो गरे सबैलाइ चाम्रो नराम्रो गरे सबैलाई प्यारो ) के गर्नु येस्तै छ येहाको चलन ……………………….

    Reply
  48. Paras says:
    May 27, 2014 at 11:57 am

    सति ले सरापे को देश मा , येस्तै हुन्छ सच्चा नेपाली लाइ !!!!!!रमेश खरेल म तपाई को योगदान लै salute गर्छु !!!!!!!

    Reply
  49. cRIS says:
    May 27, 2014 at 11:44 am

    मलाई लाग्दैन, हालैको यस परिघटनामा, यसयसपी खरेलले आफ्नो संगठनको मानमर्दन गरेका छन| बरु बदलामा संगठन सुधारकालाई आब्हान र अनुरोध गरेका छन| यसमा के खराबी छ?? आफ्नो संगठनलाई मजबुत बनाउनु एक इमान्दार सदस्यको कर्तब्य हो, र त्यो कुरो खरेलले गर्ने कोसिस गरे त के बिराए?? हाम्रा नेताहरुलाई “के निहुँ पाउँ, कनीका पोखाउँ” भैरहेको थियो, मौकामा चौका हाने!

    यो बिषयमा गृह मन्त्रालयले हस्तक्षेप गरेर भए पनि, यो निर्णय सच्चाएन भने, भोलि देश बिग्रियो भनेर कसैले पनि कोलाहल नमच्चाए हुन्छ! नागरिक समाज र साधरण जनताले बोल्नु पर्छ| सरकारले हुन्न पर्छ| नत्र यसैले अर्को सुख-शान्ति हरेर नलैजाला भन्न सकिन्न| चेतना भया| बिडम्बना! के नजिर बसाउदैछौ हामी? जसको शक्ति उसैको भक्तिले भोलि देश किरा र कीर्णहरुको बस्ति हुनेछ|

    Reply
  50. sagar says:
    May 27, 2014 at 11:42 am

    राम्रो काम गर्ने को कहा छ इज्जत, बादर ले आफ्नो घर पनि बनाउदैन अरुको पनि बनायको देखें सक्दैन भने को यही हो

    Reply
  51. prakash says:
    May 27, 2014 at 11:42 am

    लौ आज देखि काठमाडौंमा गुण्डाहरुको राज शुरु हुने भयो, नेपाली जनताहरु त जहिले पनि पिडीत नै हुन् नी, कहिले राजा, कहिले राणा, कहिले गुण्डा, कहिले बामदेव, कहिले भ्रष्ट पुलिसगिरीहरुबाट । अब सोझा सोझा जनताहरुलाई फसाई गुण्डाहरुलाई बचाउने दिन आए । बामदेवलाई अब अर्को चुनाव जित्नु पर्ने छैन जस्तो छ ? धेरै पछि सत्ताको स्वाद लिएका बामदेवले गुण्डाहरुको सुनौलो दिन ब्युताउने भयो । हामी जनताहरु त हिजो पनि थिचिएकै हो, अब केही दिन थिचिएर नै बस्नु पर्ला । लौ अब न्यायपालिका र पुलिस गिरीमा सबै धन्दावाला आएपछि यो देशको के होला भविष्य, तपाई हामीले सोच्नु पर्ने दिन आयो है अब त ।।।

    Reply
  52. Dhital says:
    May 27, 2014 at 11:40 am

    यो रमेस खरेल भन्ने मान्छे त पातै रेछ नि ? त्यस्तो सत्य नि बोल्ने हो, त्यहाँ माथि मन्त्रि जस्तो मान्छे लाइ गाली गरेर ! धन्न कारवाही को नाममा जागिर नै खोसियन !
    नेपाल जस्तो देशमा राम्रो गर्छु अनि Kathmandu को गुन्डा! लाइ फ्याउरो भन्ने अनि मन्त्रिलाइ भेट्न नजाने लाइ पनि कारवाही नगरेर कानुन मिच्ने अनि भ्रस्टाचार गर्नेलाई गर्छन त ? बि पी कोइराला र महेन्द्र एकै पल्ट जन्मनु नै हाम्रो दुर्भाग्य हो, त्यसपछि न कुनै राज नेता जन्मिए न कुनै सद्दे मान्छे, भएका १ २ जना त कसरि बाच्नु !
    लौ अब अलिकति आशा भएको मान्छे जति सबैलाइ कार्वाहि गर अनि देश निकाला गर्देउ अनि हामी पनि आशा गर्ने छोड्छौ !
    जय पशुपतिनाथ !!!

    Reply
  53. shekhar says:
    May 27, 2014 at 11:37 am

    उफ्फ़ हाम्रो देश.

    Reply
  54. Prakash says:
    May 27, 2014 at 11:36 am

    अब सच्चा देशभक्त नेपालीहरुको पहिचान समय आएको छ । यो सच्चा देश भक्तहरुलाई नायक श्री रमेश खरेल ज्यु बाट खुल्ला चैलेंज हो ।

    Reply
  55. kumar shrestha says:
    May 27, 2014 at 11:35 am

    सबै भन्दा पहिला त नेपाली जनता बुद्धि नभएका किन कि यस्ता नेता भनेहरु लाई चुनाबमा जिताउने अनि किन भ्रस्टचारीका दिनहरु न आउने .माले एमाले सबै को देखाउने दात र खाने दात अर्कै छ र आइ जी पी पनि जाने बेलामा हात मा केहि गरौ र पाइहलौ भन्ने सुरमा छ जस्तो देखिञ्छ

    Reply
  56. kiran dhakal says:
    May 27, 2014 at 11:18 am

    नेपाल म इमान्दरी लाई कदर गरिन्थ्यो भने नेपाल को गृह मन्त्री बाम देव गौतम
    होइन रमेश खरेल हुनुहुन्थ्यो।

    Reply
  57. awatar says:
    May 27, 2014 at 11:16 am

    चेन आफ कमान्ड त मान्नै पर्यो नि !! सेना भएको भए गोलि खान्थ्यो … पुलिसमा भएर बाच्यो !!! जति नै राम्रो र असल भएर हुदैन चेन आफ कमान्डमा चल्न र बस्न सिक्न जान्नुपार्छ !!! मै हु भन्ने सबैले पाठ सिकुन !!!!

    Reply
    1. bibek dhakal says:
      May 27, 2014 at 4:12 pm

      यस्ता छन् पार्टीका हनुमान हरु …जनतालाई सुरक्षाको प्रत्याभूति गर्ने; चोरी, डकैति, डन भन्ने सब्द बेइज्जत गर्ने सुकुल्गुण्डाहरु र सामाजिक बिकृतिहरुलाई “चेन लगाउने” पुलिस भन्दा पनि नेताको चाटुककार भएर चेन अभ कमाण्ड फलो गर्ने पुलिस चिया छ| यस्ता पार्टीका भरौटे जनताहरु ( माथि को कमेन्ट गर्ने र तेस्मा लाइक ठोक्ने जस्तो) हुन्जेल देश सुध्रिने के आस गर्नु खै?

      Reply
    2. balakji says:
      May 28, 2014 at 11:41 am

      चेन अफ कमान भनेको माथिका अफिसर , मन्त्रि भास्त्रचारी भयपछि तलकाले पनि भास्त्रचार गर्ने होकी बिरोध गर्ने हो ? देसको बिरुद्धमा लाग्ने बाउ आम जो भातपनी त्यसको बिरुध्हामा मिर्तुपरेंत लगानेछु भनेर सफत खयपछी , चेन अफ कमान होस की कमान अफ भास्त्रचारी देसको बिरुद्ध मा लाग्नेको बिरोध जहाँ जहिले जसरी गरेपनि सहि नै हो /

      Reply
    3. SARJAN says:
      May 28, 2014 at 2:00 pm

      उ कमेन्ट लेख्यो एउटा भरौटे कार्यकर्ता अवतारी नामकोले, अनि ओकालत गर्छ चेन अफ कमाण्डको ।आफ्नो पार्टी अनि बिपक्षीलाई घुर्की देखाएर माग्नेले भन्दा चर्को संग मागेर खाएको गृह मन्त्रिले चेन अफ कमाण्डको अनुसासनको कुरा गरेर दुनिया हसाउदै छ, अनि आफ्नो पद्दोन्नतीको लागि त्योही चेन अफ कमाण्डको बलात्कार गरि नेताको तलुवा चाट्ने ति प्रहरीक उच्च ओहदाका भनाउदाहरु बाट जनताले केहि आश नगरे हुन्छ । नेता त भ्रस्टाचारको जड नै हो र त्यसका कार्यकर्ता त्यसै जड बाट पलाउदै गरेको बिरुवा । देश र जनताको सेवा अनि रक्षाको लागि खाटेको छु भनेर पद्दोन्नतीकोलागि घाटि लामो परेर बसेका ति प्रहरीको सम्पतिको खोजतलास गरे सबै प्रस्ट हुन्छ, यसको लागि रमेश खरेलजी ले संकेत मात्र गरेको हो कि वास्तविकता के हो भनेर, यसमा चेन अफ कमाण्डको कुरो कहाँ बाट आयो ए अवतारी ????

      Reply
    4. krishna says:
      May 28, 2014 at 4:43 pm

      अवातार्जी ! नआतिनुस, आर्मी मा पनि सुरु भै राको छ र केहि समय लाग्ला … जब जब पन्चे ज्ञानेका अनि राणा का अबसेस सिधिञ्छन तब अटोमेटिक रमेश खरेलहरु देखा पर्छन र आर्मी पुलिश्मा मात्र हैन बन मन्त्रालयमा पनि सुरु हुनु पर्दछ…..

      Reply
  58. raaz says:
    May 27, 2014 at 11:15 am

    राम्रो मान्छे लै टिक्न कहाँ पो दिन्छौ र , सरुवा हुदै मा रमेश खरेल sir नेपाल bahera जाने होएन जुन ठाउँ मा गया नी नेपाल हो लडेर duty गर्नु हुन्छ ,
    kurapati बुद्धि लडाका होलान मूला को साग हरु ले

    Reply
  59. rabin says:
    May 27, 2014 at 10:55 am

    उनले येदि बर्दी फुकालेर त्यो कुरा भनेको भए ठिकै हुन्थ्यो तर आफ्नो बर्दीको बिरुद्ध तेसो भन्नु भनेको प्रहरी लाई अराजक बनाउनु हो एस्तो भएमा भबिस्यमा चेन अफ कमाण्ड बिग्रन सक्छ अनि अनुशाशन भन्ने कुरा संगठनमा रहदैन

    Reply
    1. bibek dhakal says:
      May 27, 2014 at 4:15 pm

      हो हो, भोलि यी पार्टिका गुण्डा ( विद्यार्थी, वाई सी एल, युथ फोर्स, नेबि संघ इत्यादि) ले तिम्रो छोरी चेली जिस्कौदा, बन्द हड्ताल गरेर दुख दिदा अनि तिम्रो सवारी साधन तोडफोड गर्दा पुलिस हरु साइड laagera टुलु टुलु हेरेर बस्दा तेइ चेन अभ कमाण्ड को मन्त्र जपेर बस तिमि!!!!

      Reply
  60. Jeevan Thapa says:
    May 27, 2014 at 10:51 am

    सत्य कुरो बोल्दा केको चेन अफ कमाण्ड तोडिने हो…. अरुबेला ढुंगा मुडा गर्ने बिधार्थी संगठन कता दुलो भित्र छिरेछन … हैन भने खरेलको किन सपोर्ट गर्दैनन् … हुन त बिधार्थी संगठन पनि तिनै नेताहरुको पछि पछि लुरुलुरु लाग्ने खालका मात्रै त होलान …………

    Reply
  61. Devendra karki says:
    May 27, 2014 at 10:50 am

    नेपाल सतिले सरापेको देश हो भन्ने कुरा साच्चै नै हो रहेछ जस्तो लाग्यो| यहाँ जसलाई समाजले पत्याउन थाल्दछ, देशलाई आबस्यकता भएको महसुस गर्दछ त्यसलाई भ्रस्ट र बेइमान्हरुको झुण्डले यो वा त्यो बहानामा उसको लगन , इमान्दारिता , साहस , हौसला योग्यता र दक्षतालाई कुल्चने काम हिजो देखि आज सम्म हुदै आएको छ र भोलि पनि अबस्य हुने छ| इतिहास यहि भन्छ , देखि सुन्ने र जान्ने हरु पनि यहि भन्छन|

    नालायकहरु अगाडी बढ्नेअनि शासन सत्तामा हालीमुहाली गर्ने र लायकहरु पलायन हुने रोगले गर्दा नै देश पछि परेको भन्ने कुरामा दुइमत नहोला|

    बरभंजयंग ७, तनहुँ

    Reply
  62. sujan neupane says:
    May 27, 2014 at 10:46 am

    “सुटकेसहरु बोकेर पावर सेन्टर जाने चै चेन अफ नबिग्रिने रे , नेपाल प्रहरीको प्रमोसनमा भ्रष्टाचारीलाई प्रमोसन नदेउ र इमान्दारलाई प्रमोसन देउ भन्दा चै बिग्रिने !!!”

    Reply
  63. Suman says:
    May 27, 2014 at 10:28 am

    बामदेब, डाका …
    डाका लाई राम्रो मान्छे कहाँ मन पर्छ र ?

    Reply
  64. simit gauchan says:
    May 27, 2014 at 10:14 am

    हिलोमा फुलेको फुल र गमलामा फुलेको फुलमा भिन्नता हुन्छ नै !!!
    बिचरा रमेश सर …. देश जनता शान्ति र सुरक्षाको दमदार आवाज र संघर्षशील हुदा नि फटाहा चोर नेता र चाप्लुसी हाकिमहरुले बसी खान दिएनन !!! जे होस् रमेश सर जनता तपाइको साथमा छन् ढुक्क हुनुहोस यहि कामना छ >>>
    सिमित गौचन
    सिड्नी

    Reply
  65. Raj says:
    May 27, 2014 at 9:46 am

    बामदेब दबाबमा काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई हटाइएको छ । अब चुपचाप बसेर हुदैन अत्याचार विरुद्ध लड्नु पर्छ । कि खरेललाई िफर्ता ले ,कि बामदेब राजीनामा दे।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme