Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कहाँ जाँदै थिए डोरी नाघेर गृहमन्त्री वामदेव? त्यो फोटो खिच्ने पत्रकार यसो भन्छन्

Posted on May 26, 2014May 26, 2014 by Salokya

photo (6) गृहमन्त्री वामदेव गौतमले सडकमा राखिएको डिभाइडरको डोरी नाघ्दै बाटो काटेको फोटो ‘नयाँ पत्रिका’ मा छापिएपछि आज फेसबुक र ट्विटरमा त्यसैको चर्चा छ।

तर वामदेवको त्यो फोटो ठ्याक्कै कुन ठाउँमा खिचिएको थियो ? अनि खासमा कहाँ जाँदै थिए गृहमन्त्री त्यति हतारमा? यो बारे कसैले चासो लिएको देखिएन।

मैले त्यो फोटो खिच्ने फोटो पत्रकार ज्ञानेन्द्र कार्कीलाई सोध्दा उनले दिएको जानकारी यस्तो थियो-


कहाँ खिचिएको हो फोटो ?
माथिको नक्सामा तपाईँ देख्न सक्नुहुन्छ, वीर अस्पतालतिरबाट आउने गाडी बसपार्कतिर जानका लागि रत्नपार्कको गेट हुँदै जानुपर्छ। पारीपट्टी गणेशमान सिंहको शालिक भएको शान्तिबाटिका छ।

शान्तिबाटिकाको गेटभन्दा अलि पर पारीपट्टी गृहमन्त्री वामदेवको गाडी रोकिएको थियो। गृहमन्त्रीको भनेपछि सुरक्षाकर्मी, अंगरक्षकसहितको दलबल हुने नै भयो। घ्याच्च बीच सडकमा गाडी रोकेपछि डिभाइडरमा राखेको डोरी नाघेर गृहमन्त्री र अंगरक्षक पारीपट्टी शान्तिबाटिका भएको ठाउँतिर गएका थिए।

गृहमन्त्रीको काम के थियो?

आजको चर्चित फोटो खिच्ने फोटो पत्रकार ज्ञानेन्द्र कार्की
आजको चर्चित फोटो खिच्ने फोटो पत्रकार ज्ञानेन्द्र कार्की
यसरी नियम उल्लङ्घन गर्ने गरी गृहमन्त्रीलाई के हतारो परेको थियो त ? के काम थियो उनको ? न कुनै जरुरी सरकारी काम नै पो थियो कि?

हैन रहेछ।

त्यत्रो नियम उल्लङ्घन गरेको त पार्टीको कामका लागि पो रहेछ।

खासमा असार ८ गते उप चुनाव हुँदैछ नि, हो त्यसका लागि उम्मेदवारी दर्ता गराउने दिन रहेछ हिजो। वामदेव आफैले एउटा निर्वाचन क्षेत्र छाडेका छन् बर्दिया १। त्यहाँ जान भ्याएनन् कि जाने मन गरेनन्, त्यो कि देवाधिदेव महादेवलाई थाहा होला कि चाहिँ स्वयं वामदेवलाई!

उता नगए पनि यता माधव काम्रेडले छाडेको काठमाडौँ २ मा एमालेले काठमाडौँ ९ मा हारेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई उठाउने भएको छ। श्रेष्ठ कै उम्मेदवारी दर्ता गर्न एमालेले शान्तिबाटिका अगाडिबाट जुलुस निकालेर उम्मेदवारी दर्ता गराउने ठाउँ राष्ट्रिय सभागृहसम्म जाने कार्यक्रम बनाएको थियो।

हो, त्यसैमा सहभागी हुन वामदेवले डिभाइडरको डोरी नाघेका हुन्।

डोरी नाघेपछि र्‍यालीमा सहभागी हुन हिँड्दै गृहमन्त्री। फोटो सौजन्यः ज्ञानेन्द्र कार्की
डोरी नाघेपछि र्‍यालीमा सहभागी हुन हिँड्दै गृहमन्त्री। फोटो सौजन्यः ज्ञानेन्द्र कार्की

फोटो पत्रकार ज्ञानेन्द्र कार्कीका अनुसार वामदेवले त्यो डेढ सय जति कार्यकर्ता सहभागी र्‍यालीको नेतृत्व गरेका थिए। र्‍यालीले ट्राफिक जाम होला भन्दै अनुशासित बनाउन स्वयं वामदेवले हात हल्लाउँदै गाडी गुड्न मिल्ने गरी बाटो खाली बनाउँदै गरेको देखिएको थियो।

यसरी जुलुस नेतृत्व गर्दै गएका थिए वामदेव। फोटो साभारः राजधानी
यसरी जुलुस नेतृत्व गर्दै गएका थिए वामदेव। फोटो साभारः राजधानी

र्‍यालीको नेतृत्व गर्दै गृहमन्त्री वामदेव पैदलै रत्नपार्कबाट आकाशेपुल मुनिबाट हिँड्दै विद्युत प्राधिकरण कार्यालय-बसपार्क-राष्ट्रिय सभागृह पुगे। उम्मेदवारी दर्ता गरिसकेपछि बल्ल उनी त्यहाँबाट हिँडे।

के थियो विकल्प वामदेवको ?

नियम नमिच्ने हो भने वामदेवसित दुई विकल्प थिए। एउटा सजिलो विकल्प वीर अस्पतालबाट रानीपोखरी घुम्दै घण्टाघर पार गर्दै महानगरीय प्रहरी आयुक्तको कार्यालयअगाडि घच्याक्क गाडी रोक्ने, अनि त्यहाँबाट जुलुसको नेतृत्व गर्दै सभागृह जाने। आखिर त्यति घुम्न पेट्रोल खासै बढी लाग्ने हैन क्यारे। लागे पनि सरकारले नै बेहोर्ने हो।

अर्को विकल्प रत्नपार्कको टेम्पो पार्क नजिकै गाडी रोक्न लगाएर पारीपट्टी गणेश मन्दिर नजिकै भएको जेब्रा क्रसबाट सडक पार गरेर शान्तिबाटिका पुग्ने।

दुई वटै विकल्प नरोजेर वामदेवले सजिलो उपाय रोजे। अनि परे फन्दामा।

23 thoughts on “कहाँ जाँदै थिए डोरी नाघेर गृहमन्त्री वामदेव? त्यो फोटो खिच्ने पत्रकार यसो भन्छन्”

  1. बले says:
    May 27, 2014 at 1:23 pm

    कम रेट दामदेव को चाला बुझिनसक्नु छ /

    बले

    Reply
  2. Pingback: वामदेवको आलोचना हुँदा शंकर छक्क, ‘वामदेव बचाऊ’ अभियान सुरु « Mysansar
  3. simit gauchan says:
    May 27, 2014 at 10:26 am

    बाम देवको काम देवलाइ जय होस्
    १ ट्राफिक नियम तोडेकोमा
    २ रमेश खरेललाई लाखेतेकोमा

    Reply
  4. Devendra karki says:
    May 27, 2014 at 9:52 am

    देशको गृहमन्त्री अझ उपप्रधान मन्त्रिलाइ ट्राफिक नियमको सामान्य ज्ञान पनि नाभाकै हो त? यदि तेसो हो भने, उनलाई २/४ कक्षामा २/४ महिना राखेर त्यो सम्बन्धि पढाई गर्ने व्यवस्था गर्नु आबस्यक छ| मैले जे गरे पनि हुन्छ भन्ने घमण्डले तेसो गरेका हुन भने जुन ठाउ बाट बेनियम बाटो काटे त्यहि ठाउमा नागरिकको अगाडी ट्राफिक प्रहरीले उठ बस गराओस ताकि कानुनले ठुला ठालुलाइ पनि छोड्ने रहेनछ भन्ने महसुस हामी सामान्य नागरिकले गर्न पाइयोस| नत्र भने सामाजिक संजालमा भाइरल भै सकेको यो उनको फोटो हेरेर ‘यहाँ जसले जे गरे पनि हुन्छ ‘ भन्ने भ्रम जनमानसमा सिर्जित हुने छ |

    बरभ्न्ज्यंग ७, तनहुँ

    Reply
  5. रबिन्द्र राज गिरी says:
    May 27, 2014 at 9:38 am

    हातमा कानुन हुनेहरुको यस्तै हो नेपालमा |

    Reply
  6. neeraj says:
    May 27, 2014 at 7:12 am

    यी नेता को त्यति बुद्धि कहाँ छ र ………… almost all of them are like the illiterate and uncultured people who doesn’t think the consequences of work done by them………. though the media has pointed his wrong way walking but I am sure still he has no feelings of guilty but then still he is proud and might be saying that ” देश को ठुलो मान्छे भएर पो media ले येसरी खलबली गर्यो त ……. सामान्य मान्छे भएको भए त कोल्ले वास्ता गर्ने र ……….. हे भगवान इनिहिहरु लाइ सत्बुद्धि चाडै देउ न हो ………….

    Reply
  7. madan bajracharya says:
    May 27, 2014 at 5:56 am

    आफुलाई अनुकुल नभय कानुन र संविधानलाइ त् नटेर्ने नमान्ने बात जावो डोरीलाइ के तेर्थ्यो र? लोकतन्त्र लोकतन्त्र भन्छन इनिहरु तर आफ्नै तन्त्र चलायर बसेका छन् / सदन र सभाको चुनाव पनि गराउञ्छन तर आफुले भने जस्तै निर्णय नहुने भयमा सदन पनि चलन दिंदैन सभा पनि चलन दिंदैन यस्ताले डोरीलाई टेरेनन् त् के आस्चर्य?

    पारिकाको इसारामा नाच्न लाज लाग्दैनन् इनिहरुलाई/ पारिका खुसि हुने भय नीतिको कट्टु लंगौती सरुवाल फुकालेर पंचायत कालमा फरिया उठायर देखाउन कति पनि न्हीच्किचिने नानीमैया दाहाल लाइ पनि मात गर्छन इनिहरु/ तर इनिहरु सिट त्यो नानीमैया दाहालमा जत्ति पनि नैतिकता ……खै भन्नु पर्ला र?

    संबिधान र नागरिका प्रतिनिधिहरुको बहुमत मानेर कसैले गद्दी त् छाडे तर इनिहरु संबिधान कानुन नमानेर पनि कुर्सि छाड्न तयार छैन/ खै को तानाशाही भन्ने? संबैधानिक नै भय पनि राजतन्त्र यक दिन त् जानेनै थियो/ तर गतिलालाई सट्टा सुम्पेर कसैले गद्दी त्यागेको भय नेपाल र नेपालको इतिहासको यति दुर्गति बेज्जती हुने थियन/

    Reply
  8. surya thapa says:
    May 26, 2014 at 9:33 pm

    नेता भनौदा हरु ले त त्यसरी कानुन बीरुद्द हिंड्न् खोज्छन भने जनता ले किन न हिडने ? नेता हरु ले कहिले पाठ सिक्ने होलान ?

    Reply
  9. himali thaila says:
    May 26, 2014 at 9:27 pm

    कस्तो लाज पनि नलागेको यो बामदेबजी लाई कानुन क पनि नजान्ने मान्छे गृहमन्त्रि ? हेभगवान येस्ताको हाथ मा सासन गएपछि? अनि योदेस मा न्याय को खडेरीनलागे कहाँ लाग्ने ?

    Reply
  10. Suman says:
    May 26, 2014 at 8:58 pm

    Huhne resigns ministerial post over speeding case charges .
    http://www.bbc.co.uk/news/uk-16869363

    Reply
  11. Sanjay says:
    May 26, 2014 at 7:34 pm

    कानुन भनेको जनता लाइ शासन गर्न पो हो थोडै राजनेताहरु लाइ लाग्छ र ? चाहिने कुरा मा पो डिस्कस गर्नु.

    Reply
  12. Dhruba Raj says:
    May 26, 2014 at 7:11 pm

    बामदेव जहिले पनि एउटा न एउटा भाउतो बोलेर वा गरेर चर्चामा आइ रहन चाहन्छन

    Reply
  13. Bishnu Nepali says:
    May 26, 2014 at 5:48 pm

    बामदेव लाइ तिन बटा कारबाई होस्
    १. बाटो काट्ने नियम पालना नगरेकोमा (सर्बसाधारण लाई जस्तो गरेर कारबाही)
    २, जो अगुआ उही बाटो ह……गरेकोमा
    ३. मन्त्रि र अझ उपप्रधान मन्त्रि लाइ नसुहाउने काम गरेकोमा

    Reply
  14. ashok says:
    May 26, 2014 at 5:40 pm

    मैले त के ठानेको थिए भने रमेश खरेलले प्रहरीको प्रोमोसनमा पैसाको खेल भैरहेको छ भनेको प्रसंगमा मन्त्रीलाई घुमाउरो तरिकाले भासन दिएका थिए- रिसले चुर्मुरिएर त्यसो गरेका होलान जस्तो लागेको थियो- होइन रहेछ !

    Reply
  15. Bikash Gautam says:
    May 26, 2014 at 5:29 pm

    जनताले बीच बाटोबाट काट्यो भने कान समाएर उठ – बस गराउने पुलिशले बामदेब लाई पनि जनता को बीच मा कम्तिमा १० पटक उठ – बस गराओस /

    Reply
  16. basanta malla says:
    May 26, 2014 at 5:21 pm

    जेल हाल्नु पर्छ कानुन उन्लान्घन गरेको मा

    Reply
  17. pawon says:
    May 26, 2014 at 5:18 pm

    पुलिस:तैले चोरी गरिस अब तलाई जेल हाल्छौं
    चोर :पैला पेट्रोल चोर्ने लाई जेल हालेर देखा.
    पुलिस:तैले हत्या गरिस अब तलाई थुन्छौ.
    हत्यारा :पैला बालकृष्ण लाई थुनेर देखा.
    पुलिस :तैले traffic नियम मिचीस तलाई कार्भाई गर्छु
    जनता :पैला बामदेव लाई traffic नियम सिका!!!!

    Reply
    1. bijay says:
      May 26, 2014 at 9:40 pm

      नेपालको प्रहरी संगठनको इज्जत साँझ रत्न पार्क वरिपरि भेटिने नगरबधुहरुको जस्तै भैसकेको छ , यिनीहरु आफ्नै मालिक बामदेवलाई कसरि केहि गर्न सक्छन र ? बरु ति नगरबाधुहरुमा केहि चेतना बाकी होला किनभने तिनीहरुले त्यो काम प्राय बाध्यताबस गरेका हुन्छन/ यौटा गतिलो रमेश खरेल पनि कारबाहीमा परिहाले क्यारे/
      बामदेवले रत्न पार्क अगाडी हेलिकप्टरको आशा गरेको होला, अनि नउड्ने तिनपांग्रे हेलिकप्टर मात्र देखेपछि रिसको झोकमा डोरी नाघेको होला /
      बामदेवलाई पनि अरुलाई जस्तै कारबाही हुनुपर्छ, प्रमाण सहित फेला परेको छ , कान समातेर सार्बजनिक रुपमा उठबस गराउनु पर्छ /

      Reply
  18. eklavya says:
    May 26, 2014 at 4:36 pm

    पटक पटक गृहमन्त्री खाने, निर्लज्ज भै डोरी नाघी बाटो काट्ने, नियम कानुनको धज्जिया उदाउने ,सकल गुन्डा नेताहरुको पालनहार, महा भ्रस्ताचारी, महा घुसखोरी, बामहरुको पनि बाम छि छि छि पान्देउ …माफपाउँ …बामदेव नेपालभूमिको काठमाडौँ खण्डको धाधलिपुर्न गृहमन्त्रालयमा विराजमान भै राज गर्ने भया …..
    इति छि कन्दो पुराने बाम खन्दो माकुने असतो सुशील सम्बादे बुढेसकाल अध्याय ….

    Reply
  19. bhakta says:
    May 26, 2014 at 4:36 pm

    हाम्रा देशका धेरै अगुवा हरु बाटो हगुवा छन् बिकसित देशमा भए राजिनामा दिनु पर्थ्यो ….रमेश खरेलको सरुवा पछि भने ईनलाई जनताले राजिनामा गराउन बाद्ध्य पार्नेछन कि ?

    Reply
  20. kusan sharma says:
    May 26, 2014 at 4:32 pm

    यो फोटोले हजारौ नागरिक जो सडक नियम पालना गर्दैनन्,

    तिनमा चेतना आयो भने राम्रो हुन्थ्यो l

    बामदेव जस्तालाई त सायदै केही असर पर्ला l

    Reply
  21. Shankar says:
    May 26, 2014 at 4:27 pm

    धन्न नियम लाइ नाघेर मात्र गएछन , कुल्चेनछन| नेपालि परम्परा अनुसार त् मन्त्रि हरुले नियम कुल्चनै पर्ने हो | फेरी पनि बाम देब को घोर बिरोध छ , तेसो न गर्नु पर्ने |

    Reply
  22. sagar says:
    May 26, 2014 at 4:12 pm

    नेपाल मा सबै को एहि स्तिथि छ नेपाल को कानून बामदेव ले जानू न

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme