Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पाकिस्तानको नारा जेलमा एक नेपाली नागरिक रुँदै, लौ न कसैले नेतालाई सुनाएर उद्धार गरिदेऊ

Posted on May 26, 2014 by Salokya

ap
तपाईँले आज बिबिसी लगायत अन्य थुप्रै अन्तर्राष्ट्रिय मिडियामा यो फोटोसहितको समाचार देख्नुभयो होला। पाकिस्तानी जेलमा रहेका भारतीय माझीहरुको फोटो हो यो। त्यहाँका प्रधानमन्त्री नवाज सरिफ नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज हुने शपथ ग्रहणमा सहभागी हुँदैछन्। जानुअघि उनले आफ्नो देशको नारा जेलमा रहेका १५१ जना भारतीय माझीहरुलाई रिहा गर्ने आदेश दिए। भारत भ्रमणमा सद्‌भाव सन्देश दिनका लागि सरिफले यस्तो गरेका हुन्। भारतीय अधिकारीहरुले ‘भारतीय नागरिक हो’ भनेर पुष्टि गरेकाहरुलाई पाकिस्तानी जेलबाट मुक्त गर्नलाई प्रक्रिया मिलाउँदै गर्दा खिचेको फोटो हो यो। त्यही जेलमा एक जना नेपाली नागरिक पनि रुँदै जीवन बिताइरहेका छन्। तर न नेपाली अधिकारीहरुलाई योबारे थाहा छ, न नेपाली मिडियालाई नै। बिचराको परिवारलाई पनि यो बारे थाहा छ कि छैन कुन्नि!


View Larger Map
पाकिस्तानको नारा जेल, यहीँ कैद छन् एक नेपाली नागरिक।

त्यही जेलबाट छुटेका नरेश नामका एक भारतीयले पाकिस्तानी पत्रिका ‘डन’सित गरेको कुराकानीका क्रममा त्यहाँ एक नेपाली नागरिक पनि कैद रहेको खुलेको हो।

‘मैले तपाईँलाई एउटा के कुरा सुनाउनै पर्छ भने कसैले नेपालको उच्चायुक्तलाई गएर सूचित गराइदिनुस् कि एक नेपाली नागरिक पनि नारा जेलमा कोचिएर दिन बिताइरहेका छन्,’ १६ महिनापछि रिहा हुन लागेका नरेशले पाकिस्तानी पत्रिकालाई बताए।

Nepal

ती नेपाली नागरिकको परिचय खुल्न सकेको छैन। किन उनलाई पक्रेर पाकिस्तानको जेलमा राखिएको हो, त्यो पनि समाचारमा खुलेको छैन। भारतीय माझीहरुसँगै पाकिस्तानी सीमा क्षेत्रमा माछा मार्न जाँदा पाकिस्तानी सुरक्षाकर्मीहरुबाट पक्राउ परेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ। त्यसो हो भने भारतीय अधिकारीहरुले भारतीय नागरिक हो भनेर प्रमाणित गर्दा ती बिचरा नेपाली भएकोले प्रमाणित हुन पाएनन्। र, आज छुट्न पनि पाएनन्।

के आफ्नो स्वार्थ अनुकूल भएन भनेर संवैधानिक निकायको विज्ञप्तिको प्रमुख अंश नै लुकाइदिने, केही बेरअघिसम्म अनलाइनमा एउटा समाचार र केही घण्टामै त्यसलाई मेटेर अर्को समाचार राख्ने, ‘शक्तिशाली’को समाचार पत्रिकामा छापिए पनि अनलाइनबाट बिना सूचना डिलिट गर्ने नेपालका प्रमुख मिडियाहरुले एउटा सामान्य नेपाली नागरिकको यो पीडालाई ठाउँ देला त? दिए ती बिचराको कल्याणै हुने थियो।

नत्र सोसल मिडिया छ नि। लौ न सबैले दबाब दिउँ, आखिर को रहेछ पाकिस्तानको जेलमा कैद भएका ती नेपाली नागरिक ? के कारण जेलमा थुनिएछन् उनी? पत्ता लगाउँ। सबले आवाज उठाउने हो भने दबाब पर्छ पक्कै।

लौ न कसैको पावर भए हाम्रा प्रधानमन्त्री सुशील कोइरालाका सहयोगीहरुका कानसम्म पुर्‍याइदिउँ यो कुरा। के थाहा, हाम्रा प्रधानमन्त्रीको अनुरोधमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले ती नेपालीलाई पनि रिहा गर्ने आदेश पो दिन्छन् कि! त्यत्रो १५१ जना भारतीयलाई जेलबाट रिहा गर्ने आदेश उनले दिन सक्छन् भने एक जना नेपालीलाई पनि दिन के गाह्रो भयो र!

कथंकदाचित प्रधानमन्त्रीस्तरमा यो कुरा हुन नसके राजदूतस्तरबाट हुने प्रयासले जेलमा रहेका ती व्यक्ति को हुन्, कहिले र किन पक्राउ परेकाबारे त थाहा हुन्थ्यो। नेपाली नागरिकता भनेको कागजको खोस्टोमात्र हैन, आवश्यक पर्दा आफ्ना नागरिकलाई रक्षा पनि गर्ने दायित्व सरकारको हुन्छ। उनलाई रिहा गर्ने प्रयास त्यसरी पनि हुन्छ कि। आवश्यक छ हाम्रो आवाजको। नत्र ती सामान्य नेपाली नागरिकको लागि कसले बोलिदिन्छ र। आवाजविहीनहरुको आवाज को नै बन्न चाहन्छ र !

(सूचनाका लागि राम बस्नेतलाई धन्यवाद)

7 thoughts on “पाकिस्तानको नारा जेलमा एक नेपाली नागरिक रुँदै, लौ न कसैले नेतालाई सुनाएर उद्धार गरिदेऊ”

  1. Shankar says:
    May 27, 2014 at 11:44 pm

    उनि किन जेल परे त्यो जान्नु जरुरि छ |
    माइ संसार ले एक अन्जान मानिस को दुख को बारेमा लेखेर धर्म नै गर्यो | अब सरकारी तह का सचिब हरुले माइसंसार पढ्ने बिगत मा पुस्टि भएकै हो , त् सरकार को कान मा यो खबर त् पर्य नै होला ? केहि कदम चल्दैछन कि ?

    Reply
  2. बासु says:
    May 27, 2014 at 7:59 am

    सबैले यो इमेल ठेगाना [email protected] मा अनुरोध गरे के हुन्छ? सरकारको मुख हेरी बसे त गोरुपनि ब्याउन सक्छ जस्तो पो लाग्यो |
    नभए फेसबुकको तलको पेजमा गएर अनुरोध गर्दा नि हुन्छ | “एक थुकी सुकी, शय थुकी नदि |”

    https://www.facebook.com/pages/Prime-Ministers-Office/328627107188004

    Reply
  3. Binod says:
    May 26, 2014 at 6:41 pm

    I think he is not the only Nepalese in Pakistani Jail. In 2010 we had noticed 5(most probably) unidentified dead bodies of Nepalese or Nepalese Prisoners. I couldnot remember exactly the case was of dead or prisoner. We had initiated for their resque but due to some security reason, we couldnt proceed further. We were said they were related with Drug case.

    Reply
  4. Suman says:
    May 26, 2014 at 6:34 pm

    We have also lost our relatives and still unknown about his whereabouts. any idea how to find out the identity. whoever he is, our government should process to free him out.

    Reply
  5. mahesh Gautam says:
    May 26, 2014 at 4:28 pm

    सशस्त्र द्न्द्वमा बेप्ता भएका कपिलवस्तु नन्दनगर गाविस ४ हर्नामपुरका २५ वर्षीय श्रीकिसुन लोध पनि हुनसक्छन् है ।

    Reply
  6. Rajan Upriti, Baltimore says:
    May 26, 2014 at 2:42 pm

    हामी अविकशित नेपाली, भारत लाइ दुश्मन, पाकिस्तान लाइ दोस्त भन्छौं क्या रे |

    Reply
  7. Nirmal says:
    May 26, 2014 at 12:54 pm

    मैले त नेपाली दुतावास पाकिस्तानमा फोन गरेर जनाकारी गराए पत्तलगौछौ त भन्नु भएको छ , हेरौ के हुन्छ ……

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme