-शेखर ढुङ्गेल-
अमेरिकी राजनीतिमा नेपाली मूलका व्यक्तिहरुको प्रवेशबारे निकै ठूलो हल्लाखल्ला मच्चाइने गरिन्छ। केही आप्रवासी नेपालीहरुले अमेरिकी राजनीतिमा प्रवेश गर्ने इच्छा देखाएको वा रहर गरेको प्रसङ्गको यथार्थ अमेरिकाबासी नेपाली र नेपाली समुदायले बुझ्न जरुरी छ।
अमेरिकी सिनेटर, कांग्रेस वा अन्य स्थानीय राजनीतिक पदाधिकारीको लागि छनौटमा पर्न इच्छुक व्यक्तिको आफ्नो मतदाता रहेको क्षेत्रमा उसको योगदान, पहुँच अनि मतदाताको विश्वास (समर्थन) एक र पहिलो छनौटको आधार हो।
यो यथार्थलाई ढाकछोप गरी केही आप्रवासी नेपाली रहरमा वा चर्चा बटुल्न निवेदन हाल्ने अनि प्रारम्भिक छनौटमा समेत नपरिकन आफूलाई उम्मेदवार भन्ने गरिरहेका छन्। त्यतिमात्र कहाँ हो र, उनीहरुले आफ्नो मतदान क्षेत्र वा मतदाताभन्दा बाहिर पुगेर पनि नेपालीहरुसित अर्थ संकलन गर्न थालेका छन्।
त्यस्ता स्वघोषित उम्मेदवारले आफ्नो मतदाता क्षेत्रमा होस् वा नेपाली समुदायमा कहीँ, कतै, कुनै प्रकारको योगदान गरेको देखिँदैन। उम्मेदवार छनौट प्रक्रियामा नै रहेको अवस्थामा नेपाली भएका कारणले अन्य क्षेत्रका नेपालीसित चन्दा संकलन गर्नु बुद्धिमानी हो ?
आफ्नो मतदाता क्षेत्रका नागरिकको समर्थन र आर्थिक सहयोग नै एक मात्र छनौटको कसी हो। अन्य क्षेत्रका मानिससित आर्थिक संकलन नै छनौटमा पर्ने आधार हो भन्नु गलत हो।
यदि त्यसो हुन्थ्यो भने १६५ वर्ष पुरानो इतिहास बोकेको आप्रवासी भारतीय र चिनियाहरुबाट अमेरिकी सदन/कांग्रेस आज भरिएको हुन्थ्यो, होइन र? के उनीहरुसित अर्थको कमी छ? जनसंख्याको कमी छ?
कारण के भने आप्रवासीहरु काम र व्यवसायमा बढी ध्यान दिन्छन् र राजनीतिमा कम। अनि यहाँका नागरिक, जसलाई राजनीति गर्नुछ, दशकौँ समुदायको सेवामा लागेको हुन्छ। त्यहाँको स्थानीय समस्यालाई लिएर सरकारसित सम्पर्कमा हुन्छ र समस्या समाधानको लागि लामो समयसम्म लागेको हुन्छ। अनि त उसलाई त्यो समुदायले चिन्छ, कामको मूल्यांकन गर्छ, विस्वास गर्छ अनि छनौट गर्छ।
तल दिएको अमेरिकी निर्वाचन आयोगको लिंक हेर्नुस्,
http://docquery.fec.gov/pdf/121/12970911121/12970911121.pdf#navpanes=0
यसअगाडि छनौट प्रक्रियाबाट नै बाहिर भएका रौनियारको चन्दा संकलनको लिस्ट हो माथिको। हेर्नुस त- उनी स्वयंले युएस डलर ६३० हालेका छन् भने नेपाली समुदायबाट करिब १४/१५ महिना लगाएर २२१ हजार डलर उठाएका रहेछन्। खोइ त उनको क्षेत्रका मतदाताले दिएको सहयोग? यो २२१ हजार डलर नेपालको स्वास्थ्य, खानेपानी वा शिक्षामा लगानी हुनसकेको भए?
आफ्नो योग्यता र क्षमतालाई भन्दा रहरलाई प्राथमिकतामा राखेर नेपाली समुदायलाई आर्थिक भार बोकाउनुभन्दा पहिले आफूले पनि मतदाता क्षेत्र र समुदायमा योगदान गरेको हुनुपर्छ भन्ने मेरो मान्यता हो।
नेपाली समुदायमा गरे पनि, नगरे पनि आफ्नो मतदाता क्षेत्रको नागरिकको विश्वास प्राप्त गर्न सक्नेलाई नेपालीले सहयोग नगरे पनि विजय हासिल गर्न गाह्रो छैन। यही यथार्थ हो।
अमेरिकामा नेपाली समुदायको भ्रमको राजनीति अन्त गरौँ। पहिले स्थानीय मतदाताको विश्वास जितेर प्रारम्भिक छनौटमा पर्नुस् अनि मात्र नेपाली समुदायमा अर्थ संकलनमा आउनुस्। अन्यथा नलिनु होला, भ्रम त चिर्ने पर्छ। १४ वर्ष भयो यो माटोमा आजसम्म कुनै अर्को मतदान क्षेत्रको उम्मेदवारले मलाई चन्दा मागेको छैन। हो, आफ्नो मतदातालाई भने इमेलबाट सँधै स्मरण गराइन्छ।
दर्शन जी ले आज फोन गरेर केहि अपूर्ण खबर गयो सच्याउनु पर्यो भने पूर्ण विवरण सहितको लिंक र आफ्नो स्पस्टिकरण समेत मेरो फेसबुक बक्स मा पठाउनु भएको छ त्यो भन्दा पहिले वहा सित फोन बार्ता भएको थियो र बार्ताको क्रममा वहाले नेपाली उखान चोर्न लुट्न पो हुन्न माग्न के को लाज भने जस्तो “मैले जबर्जस्ति मागेको होइन क्यारे …”भन्नु भयो यस सम्बन्धमा मैले केहि कांग्रेस म्यान र सेनेटर कुरो गर्दा कानुनि रुपमा माग्नु अन्यथा नहुने भए पनि आफ्नो मतदाता भन्दा बाहिर गएर माग्नु नैतिक रुपले समर्थन नगर्ने भन्ने सोचाई रहेछ तर वेब साइटमा भने कहिँ बाट पनि मन पराउने अमेरिकन ले सहयोग गर्छन रे दर्शन जी ले मेरो फेसबुक बक्स मा पठाउनु भएको मेसेज जस्ताको तस्तै
Here are my corrections and notes to this blog posting:
1. The correct website of the Federal Election Commission for campaign financials is: http://www.fec.gov/fecviewer/CandidateCommitteeDetail.do this website explains the Receipts, Disbursements, Cash summary and it has the final two-year campaign report.
The link Mr. Dhungel posted brings up only the April 15th Quarterly report. One could question the author’s motives behind putting just this unrepresentative link and generalizing from it.
2. The article mentions that I only contributed $630 to the campaign. The FEC report clearly shows my total contributions are $11,624.
3. The article mentions total contributions of $221,000 but the report shows that total contributions were only $209,248. Again, Mr. Dhungel missed the net candidate contribution to the campaign, of $11,624, which is the difference.
4. The article mentions that non-Nepali have not contributed; this is totally false as the reports filed with shows contributions from non-Nepalis both in and outside my district.
5. All the donations and campaign expenses are detailed in the FEC reports listed. The Net result of the campaign was that the campaign had a zero balance at the end. The report shows clear details about how the contributions were spent on getting the campaign message to the voters including major expenses were on TV advertisements, mail pcs, campaign staffs etc.
Committee/Candidate Search
http://www.fec.gov
people need to type Darshan rauniyar for congress to see the full report.
at the link provided.
Please apologize and correct your writings. thanks.
You must also write that My Sansar posted your article without your consent and that is in violation of writer’s copyright. And ask mysansar to remove the article from their website immediately.
Chat Conversation
म एउटा सामाजिक सुधारको लागि लागि परेको नेपाली समुदायको मानिस ले सामाजिक दायित्व पुरा गरेको हो । व्यक्ति होइन प्रवृति को भ्रम लाइ चिर्न खोजेको हो । यो ब्लग म आफैले माइसंसारलाई पठाएको हुँ । त्यसैले माइसंसारले कपिराइट उल्लङ्घन गरेको छैन । धन्यबाद दर्शन जी सहयोग र आफ्नो स्पस्टिकरण को लागि
नेपालमा माओबादीले चन्दा आतंक मचाएको थियो भने अमेरिकामा नेपाली कांग्रेस ले चन्दा आतंक मचाईरहेको छ। आकिर अमेरिकामा जतिपनि उठेको थिए तिनीहरु सबै नेपाली कांग्रेसकै हुन्। रौनियार देखी भण्डारीहरु सबै कांग्रेसी नै हो। अमेरिकामा यो कांग्रेसीहरुको चन्दा आतंक यति भयावह छ की बरु नेपालमा माओबादीहरुको चन्दा आतंक त्यति सार्हो थिएन। गरिबलाई त चन्दा माग्दैनथ्यो माओबादीले तर अमेरिकामा त कांग्रेसी उर्दी नै छ “एक व्यक्ति अनिवार्य चन्दा!!!”
गफिष्ट हरू बोस्टनमा पनि छन् । सबै ठाउम पद चाइने । मान्छेले हेर्न पनि नचाहेको मुख जहाँ पनि देखाउने । तेही मुखले सबै थोक गर्ने । सधै जान्ने सुन्ने । लाइन्स क्लब मा पनि छन् । जिविएनसीमा पनि छन् । साहित्य समाज मा पनि छन् । दुइ मिलयन उठाएर पशुपति र बुद्ध मन्दिर बनाउँछु भनेर हिडेका छन् यि गफिष्ट । सुनेर हास्छन् अरू मान्छे चै ।
युकेमा पनि तेई ताल हो |
वडा सदस्यमा उठेर हार्छन, फुर्ति प्रधानमन्त्री हुने गर्छन |
बिष्णु गुरुङ भन्नेले चाई वडा सदस्य जित्या हो है !
आशा छ अब उप्रान्त भने अम्रिकाने नेपाली हरु को घैटो मा घाम लाग्यो. म आफै पनि यसको सिकार भए …”जित्न को लागि पैसो मात्रै एउटा फ्याक्टर हो, होइन भने सिधै जितिन्छ” भने …मैले बिस्वास त गरिन तरई पनि मेरो सानो डोनेसन ले नेपाल को बिज्ञापन हुन्छ भने लौ त् नि भनेर …थोरै सकेको दिये…..त्यति बेला त तपाई को साथि लाइ पनि सम्झाउनु होस्, साथि को साथि लाइ सम्झाउनु होस् भने. इमेल पनि लगे …पछि त बाल छैन ….कमसे कम एउटा मास इमेल पठाएर धन्न्यबाद भन्न त सकिन्थ्यो त्यो पनि छैन …..अब त् जो सुकै चन्दा माग्न आए पनि , प्रदर्शन गरेर भन्दिने हो , “यी लैजा निकालेर, दुइ डल्लोर” भनेर.
‘गोराको’ देश मा गरिने ‘कालो’ धन्दा को एक सटिक नमुना हो यो; जसमा दुख साथ भन्नु परेको छ कि उनि नेपालीमुलका नै रहेछन /रौनियार जी ले सधन्याबाद चन्दा फिर्ता गर्नु पर्छ , येदि उनि लाई केहि लाज शरम लागे /
यी मुला नेपाली को जात नै यस्तै हो | ठुलो गफ नगर्ने लाई कम्जोर सोच्ने मानसिकता छ यिनको | हुन त म पनि नेपाली नै हुँ तर बिस्तारै नेपाली हरु संग संगत गर्न छोड्दैछु | बिस्व को #२ गरिब देश तर गफ र ताइफ़ाइ सुन्यो भने अचम्म लागेर आउछ | हैन कति सम्म ठुलो हुन पर्ने
हो ? मेरो एउटा साथी थियो यहाँ यूनिवर्सिटी मा जैले नि हार्वर्ड, MIT अनि Nature र Science भन्दा अरुको कुरै नगर्ने | गफ सुन्दा लाग्थ्यो अर्को वर्ष को नोबेल पुरस्कार पाउने वाला छ | अब undergrad देखि म संगै पढेको, उसको आन्द्रा भुडी सब थाहा भएको मलाई त एस्तो गफ दिन्थ्यो अरु लाई कस्तो दिन्थ्यो होला …..
I agree with you shekhar ji. These activities only for cheap popularity. Here is more interesting thing ,it looks Mr Bhandari is endorsed by Nepali Congress Maryland Chapter. Self announced nepali conress leaders are campaigning to raise money. Even all nepali people who lived in Baltimore don,t know about his candidacy. In this situation we can guess what outcome will come. These people are trying to run, even though they can,t stand.
नेपालमा विद्यार्थी हुँदा राजनीति गरेको दिनको, क्याम्पसको भौतिक संरचना निर्माणमा घोटाला गरेको झल्को, नेताले विदेशी सहयोग र देशको ढुकुटी रित्याएको सिको त्यस्तै उस्तै होला र त अम्रिकाने राजनीतिमा पनि ठडिन्छन् अनी थक्किन्छन् । नेपालमा भने सञ्चार माध्यमले मसला भेट्छन् । फलानो अम्रिकाने ……… मा उठ्यो, फलानो बेलाइति …..मा उठ्यो, चिलानो अस्ट्रेलियामा ……मा उठ्यो उठेको उठेकै गर्यो जित्ला जस्तै गर्यो भन्दै फुटबल खेलको प्रत्यक्ष प्रशारण दिए जस्तो दिन्छन् । नेपाली नागरिकता त्यागेका र चुनाव उठ्नेमात्र हैसियत भएका उनीहरूसंग नेपालका संचार माध्यमले चाहीँ नतमस्तक हुँदै उताको भिषा हातमा थमाई पो देला कि भनेर चाकरी बजाए जस्तो लाग्छ । उठ्ने दश बल्ड्याङ खान्छ । को कोसंग चन्दा उठाउँँछ । थोरै जोगिएको पनि धनको सत्या नास । पत्रिकामा पढ्नेहरूको समयको पनि सत्यानास ।
तल को लिंक मा पुरा चन्दा दिने को लिस्ट छ मैले पनि चन्दा दिएको थिए तर मेरो नाम चाही त्यो लिस्ट मा छैन
http://www.fec.gov/fecviewer/CandCmteTransaction.do
यो लिस्ट पुरा हो कि होइन यदि हो भने मेरो नाम र अरु पनि दाता को नाम किन छुटे छ म संगै दिने मित्र हरु को नाम चाही लिस्ट मा छ यौटा अचम्म को कुरा यो मान्छे ले येतिका धेरै नेपाली हरु को लिस्ट कहाँ बाट पायो उसले आखिर मा आफुले जम्मा $६५० मात्रै खर्च गरेछ
पैसा उठाउने बेलामा पक्का पक्कि जित्छ भन्ने तर अन्तमा जम्मा २ % मात्रै भोट ल्यायो यो धेरै अचम्म को कुरा पर्यो मेरा साथी भाइले गर्दा म पनि बेकुव भए
मेरो मनको कुरा गर्नु भो मित्र,पश्चीम वासिंटन तिरका एक जनाले नेपाली मुलका महाशयले आफुलाई मिडियामा अमेरिकाको संसद्को रुपमा नै प्रस्तुत गर्छन र नेपाली मिडिया पनि तेसै रुपमा लेख्छ , उनको हैसियत तपाईं हामी सबैलाई थाहा छ ” अचिलाई गर्नेलाई भन्दा देख्नेलाई लाज ” भनेको यहि हो कि ?
सिधै दर्सन रौनियारलाई इमेल लेखेर भने हुन्थ्यो नि त यो कुरा किन माइसंसारमा हल्ला फैलाउनु परेको हो? एकजनालाई आधार बनाएर नेपालीले येसो गर्छन उसो गर्छन भनेको अलि सुहाएन| फेरी चन्दा दिनेले आफ्नै इच्छाले दिएको होला जबर्जस्ति गरेको हैन होला यसमा के को टाउको दुखाइ? यो तरिका efficient भएन भनेको हो भने मा पनि स्वीकार्छु| तर कसैको एउटा प्रयासलाई असफल भन्न सकिएला, गलत नै कसरि भन्ने?
Pramesh jee,
Why do you think the writer should have written an email to Darshan?
Don’t you think people have right to be informed? I think this writer has done a civic job by informing people about the laws and ethics of American politics. Darshan had come to my state for fund raising, and since I did not know about the law about fund raising a that time, I myself participated.
Darshan’s case was not only unsuccessful, but it was also against the US laws and unethical (unless the fund was raised through a family dinner at home, which was not the case in my state. It was organized at a Nepali restaurant and well-advertised through the local Nepalese association). It is our pride and advantage to have some from Nepalese origin to have involved in American politics and to be elected in the senate or house, but the way it works here, as the above article mentions, is completely different from Nepali context. My only hope is to see our representations in the US politics, and let us hope we will not have to see anyone charged against illegal and unethical activities.
बिनु जी,
“अमेरिकी राजनीतिमा नेपाली मूलका व्यक्तिहरुको प्रवेशबारे निकै ठूलो हल्लाखल्ला मच्चाइने गरिन्छ।” मलाई चाही यो लेखको पहिलो बाक्य नै अपाच्य भएर कमेन्ट गरेको हो| “नेपाली मुलका व्यक्तिहरुको” भनेर धेरै जना भएजस्तो गरेर शेखरजीले लेख्नु भएछ बास्तबमा लेख हेर्दा चाही दर्शन रौनियारले के के गरे भन्ने मात्रै छ | त्यसैले रौनियारलाई नै इमेल लेख्या भए राम्रो हुन्थ्यो भनेको हो मैले|
मेरिल्याण्डका नया उमेद्वारको बारेमा चाहि मलाइ थाहा नभएकै हो| तेस्तो हल्लाखल्ला भैसकेको छैन होला| यहा कमेन्टहरु पढेर थाहा पाए| बास्तबमा लेखकले कुरा चपाएर “नेपालीहरु येसो गर्छन उसो गर्छन” भन्नुको सट्टा “पहिला दर्सन रौनियारले येसो गरे अहिले नया अर्का आउदैछन उही तरिकाको सिको गर्दै” भनेको भए लेखको आसय पनि बुझिन्थ्यो मेरो कमेन्ट पनि अर्कै किसिमको आउथ्यो होला|
खुशी लाग्यो ब्लग मा लेखेकोकुरा पढ्न पाउँदा/ तर एउटा कुरा मैले नबुझेको के शेखर जी कि जे पनि नेपाली ले अमेरिका मा गर्न खोजे त्यो त एउटा प्रयाश हो. प्रयास गर्दै मा एकै चोटी अमेरिका को senator नै हुन्छ भन्ने छैन यो त प्रारम्भिक चरण हो. जसले अमेरिका मै जन्मेका नेपाली मुलका बासिन्दा लै हौसला अनि प्रतियोगी बन्ने चेतना जगाउञ्छ / अब यहाँ ले भने जसै हुने हो बहने त प्रयास नै नगरे पनि भयो. कुनै साना हिम चुली नै न चढी कन सगरमाथा चढ्ने कुरा भो यो त. अब कुरा गरम सहयोग को. बास्तव मा इतिहास हेर्ने नै हो भने त रौनियार हरु त भारत बह्ता हो नि होइन र? अनि भारती मुलका व्यक्ति ले येदि यहाँ येसरी लड्ने हो भने त सहयोग कति हो कति तर आफ्नो पुर्खा को देशलाई रौनियार जी जस्ता बेक्ती ले नेपाली मुलको हो भनेर जुन गौरंवान्वित भएर नेपाली हुन् भनेर सुरु गर्न लग्नु भएको कार्यलाइ अन्यथा लिनु राम्रो होइन जस्तो लग्छ. अनि ६६० डलर र २२१ हजार को तुलना गर्नु एकदम अशोभनीय जस्तो लग्यो मलाई. अनि २२१ हजार डलर ले नेपालमा यो त्यो हुन सक्थ्यो भन्ने कुरा पनि अलि सुहाएन कि? साएद तपाई पनि नेपाल मा त पक्कै हुनु हुन्न होला. अनि तपाइँले नेपाल मा के गर्नु भयो त? एउटा example देखाईदिनुस .. आफुले केहि गर्न नसके पनि गर्न खोज्ने लै त हरेस नदिनुस्…. कि तपाई पनि उही ड्याङ्गको मुला… ” जो जोगी आएपनि कानै चिरेको ” जे होस् आजकल अमेरिका र अमेरिका मा बस्ने नेपाली प्रति जो कोइ को पनि रिस राग जस्तो छ. बरु एस्त रीस लै जारी देखि हटाउनु पर्यो
अमेरिकाको राजनीतिमा नेपालीहरु छिर्नु नराम्रो कुरा होइन , तर ति राजनीतिकर्मीको उद्दश्य नेपाली समुदायको लागि मात्र नभई सम्पूर्ण अमेरिकाको लागि राजनीति गरेको राम्रो हुन्छ \ मैले त यहाँ के देख्ने गरेको छु भने कतिपय राजनीतिकर्मीहरुले आफुलाइ एक दुइ ठाउँमा उम्मेदवारी दिन्छन अनि सिंगो देशको यौटा सानो नेपाली समुदायमा आयर भोट माग्ने चन्दा माग्ने गरेको देखिन्छ , अझ के पनि भन्ने गरेको देखिन्छ भने अमेरिकामा नेपालीको उन्नतिको लागि उसले दियको उम्मेदवारी रे |नेपालीको उन्नतिको लागि नेपालीमुलको मान्छे ठाउमा हुनुपर्छ भन्ने कुरा हासोलाग्दो हुन्छ| यो देशका सबै जनतालाइ बराबरीको सिद्धान्त बाट हेरियको हुन्छ|
म त यन आर यन को पनि जरुरि देख्दिन\ नेपालीले आफ्नो देशलाई सहयोग गर्ने मन भय नेपाल सरकारको निगरानीमा यौटा आर्थिक तथा समजीक कोष बनाउने अनि जो जो लाई सहयोग गर्ने मन छ त्यो संस्था मार्फत सहयोग गर्ने . यो कुर्ची ,पद ,बैठक भन्दा पनि माथि उठियो भने बास्तविक सहयोग गर्न सकिन्छ नेपाल र नेपालीहरुको लागि |
नेपाली जहाँ पनि घिण लाग्दो राजनीति गर्छ। चन्दा उठाउन नेपाली झन खप्पिस छ । नोट यहाँनेर नेपाली भनेर सबै नेपालिलाइ संबोधन गर्न खोजिएको छैन। जो जुन सँग सम्बन्धित छ भन्ने बुझ्नु पर्छ ।
Wow…What an article!!
Hats off to writer.
यसअगाडि छनौट प्रक्रियाबाट नै बाहिर भएका रौनियारको चन्दा संकलनको लिस्ट हेर्नुस त- उनी स्वयंले युएस डलर ६३० हालेका छन् भने नेपाली समुदायबाट करिब १४/१५ महिना लगाएर २२१ हजार डलर उठाएका रहेछन्। हेर्नुस खोइ त उनको क्षेत्रका मतदाताले दिएको सहयोग? यो २२१ हजार डलर नेपालको स्वास्थ्य, खानेपानी वा शिक्षामा लगानी हुनसकेको भए?
अब राजनीतिको नाममा डलरको खेती नेपाली समाज अमेरीका सम्म फैलीयछ / माओबादीले जन युद्ध सुरु चन्दा मागेरै गरेका थिय / अमेरीकामा पनि यो चन्दाको रोग फैलीसके छ /
It is 100% correct Shekhar ji. I myself am getting sick of this kind of stuff in here.Look at the result of it.There is one who is doing the same stuff again in Maryland. His name is H B Bhandari.He teach english. Because he teach english he thinks he is more important than any other people of america.He is just trying to get the popularity or something like that.Just a celebrity.Its weird that how people of nepal haven’t learn that work is more important .Nepal’s situation is at that condition because everybody is involved in politics and in USA we believe at work.
शेखरजीले साह्रै चित्त बुझ्दो कुरो गर्नु भयो | दर्शन रौनियारले त चन्दा आतंक नै मच्चाएका थिए| उनी न्युयोर्क आउँदा, ल न त नेपाली नै हो भनेर धेरथोर दिएर पठायौ | पछि फेरी फोन गरेर पनि मागेर ल्याउँछ! के अचम्भ ! | चुनाव हारेपछि अहिलेसम्म नाक मुख देखेको छैन, धन्यवाद पनि भनेको छैन | अब त जोसुकै मु# उठेपनि पहिला प्राइमरी चुनाव जितेको हुनुपर्छ, नेपाल र नेपाली समुदायको लागी केहि गरेको ब्यक्ति हुनुपर्छ | अनि बल्ल सोचिन्छ | यी उम्मेदवारहरुलाई चन्दा माग्न उचाल्ने अम्रीकि रैथाने नेपालीहरु पनि हुन् है | नत्रभने मेरिल्याण्डका उम्मेदवार ह्यारी भण्डारीले के खान न्युयोर्कमा चन्दा माग्न आउनु ???