-ब्रजेश-
एकपटक एक जना डाक्टर आफ्नो साथीलाई बेलुकी खानाका लागि निम्तो दिन उनको घर पुगेछ। साथी घरमा नभएकाले उसले सन्देश एउटा कागजमा लेखेर ढोकामा अड्क्याएर छाडेछ। ‘एक सातादेखि समय मिलाउन खोजिरहेको थिएँ। फलानो मितिमा फलानो समयमा मेरो घरमा खाना खानका लागि आउनू।’
साथीले बेलुकी सन्देश पढ्न खोजेछ। तर, डाक्टरको अक्षर न पर्यो, बिचरोले निकै प्रयत्न गर्दा पनि त्यसको छेउटुप्पो केही फेला पार्न सकेनछ। उसको दिमागमा एउटा जुक्ति फुरेछ। डाक्टरको अक्षर सबैभन्दा राम्ररी बुझ्न सक्ने कला भनेको त औषधी पसलेहरूसँग हुन्छ। उनीहरूले त अवश्य बुझ्छन् भनेर ऊ आफ्नो घरनजिकको औषधी पसलमा गएर त्यो कागज देखाएछ।
‘साहूजी, यो के लेखेको हेरिदिनुस् त!’
पसलेले त्यसलाई ध्यानपूर्वक हेरेछ, ती मान्छेलाई एकैछिन पर्खन भन्दै भित्र गएछ। आउँदा उसको हातमा दुईथरी औषधी थिए। औषधी पसलेले भनेछ, ‘यो खानाअघि र यो खानापछि दुई-दुई चक्की सात दिनसम्म खानू।’
डाक्टरका अक्षरहरूका बारेमा थुप्रै हास्यास्पद प्रसंग फेला पर्छन्। तर, यो सुन्दा हाँसोउठ्दो प्रसंग भए पनि यसका पछाडि एउटा गम्भीर पक्ष पनि लुकेको छ। हुन पनि हो, डाक्टरहरूको अक्षर बुझ्न वास्तवमै अत्यन्त कठिन हुन्छ। मैले पनि अहिलेसम्म कुनै पनि डाक्टरको स्पष्ट बुझिने प्रेस्क्रिप्सन देखेको छैन।
मानौँ, उनीहरू कसले सबैभन्दा अस्पष्ट र छरपस्ट अक्षर लेख्न सक्छ भन्ने अदृश्य प्रतियोगितामा भाग लिइरहेेका हुन्छन्। बिरामीका लागि जीवनदान दिने औषधीजस्तो संवेदनशील कुरा लेख्ने अक्षर किन त्यस्तो हुन्छ? यसको परिणाम कस्तो हुन्छ? यसका नकारात्मक पक्ष केसम्म हुन सक्छन्?
गुगलका अनुसार डाक्टरहरूको खराब अक्षरका कारण विश्वमा वर्षभरमिा सात हजारभन्दा बढी बिरामीको ज्यान जान्छ रे! झन् हाम्रो जस्तो साक्षरता र शिक्षाको कमी भएको मुलुकमा यो अझै गम्भीर र संवेदनशील कुरो हो। हामीकहाँ त औषधी बेचबिखनमा धेरै हेलचेक्र्याइँ हुन्छ। एउटा निश्चित पढाइ गरेर परीक्षा उत्तीर्ण गरेपछि मात्र औषधी पसल खोल्न पाउने प्रावधान त छ। तर, त्यो पढाइमा डाक्टरका बुझ्न नसकिने अक्षर कसरी डिकोड गर्ने भन्ने तालिम र अभ्यास गराइन्छ कि गराइन्न भन्नेचाहिँ थाहा छैन।
त्यस्त अधिकांश पसलमा स्वीकृति पाएका मानिस बस्दैनन्। ऊ आफ्ना अरू काममा लागेर श्रीमान्, श्रीमती, बाबु, आमा, सासू, ससुरा, दाजु, भाइ, साथी वा कर्मचारीको भरमा पसल चलाइरहेका उदाहरण हरेक टोलमा देख्न पाइन्छ। एक त डाक्टरको अक्सर नबुझिने अक्षर, त्यसमाथि तालिम नलिएका मान्छे। त्यति हुँदाहुँदै पनि औषधी ग्राहकले मागेको भरमा बिनाप्रेस्क्रिप्सन बेचिन्छ। पसलेले आफै पनि डाक्टरसरह जिज्ञासुहरूलाई औषधी दिइरहेका हुन्छन्, मानिसहरूले लिइरहेका हुन्छन्। यस विषयमा पनि अनुगमन र कडाइ आवश्यक छैन र? हामी त अरू धेरै कुरामा जस्तै यसमा पनि आँखा चिम्म गरेर पशुपतिनाथको भरमा बसेका छौँ।
एउटा साधारण जिज्ञासा के भने अरू पेसामा हुनेको अक्षर खराबलाई नराम्रो मानिए पनि डाक्टरका लागि किन यो लागू नहुने होला? डाक्टरको अक्षर किन कागले छेरेको जस्तै हुनुपर्ने होला? केही डाक्टरको भनाइ खोतलखातल गर्दा मुख्यतः दुईवटा कुरा पाइन्छ। पहिलो, पढाइका क्रममा निकै कम समयमा निकै धेरै नोट टिप्नुपर्ने भएकाले बिजुलीका गतिमा औँला नचलाई त्यो सम्भव हुँदैन। वर्षौंसम्म अभ्यस्त भइसकेको त्यो गति पछि पनि बानी नै बनिसकेको हुन्छ। दोस्रो, बिरामीको चापले गर्दा दिनभरमिा यति धेरै प्रेस्त्रिmप्सन लेख्नुपर्छ, सबैमा क्यालिग्राफी देखाउन सम्भव हुँदैन।
दुवै कुरालाई नकार्न नसकिए पनि मानिसको स्वास्थ्यजस्तो संवेदनशील कुरामा यस्तो जुवा खेल्न हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि आफ्नै ठाउँमा टड्कारो छ। यसको एउटा एकदमै साधारण समाधान हुन सक्छ। डाक्टरले प्रिन्टेड प्रेस्क्रिप्सन मात्र दिने। प्रविधिले यति ठूलो फड्को मारेको युगमा सानातिना डिपार्टमेन्टल स्टोरले त पि्रन्टेड बिल दिन सक्छन् भने डाक्टरले ल्यापटप वा डेस्कटप प्रयोग गर्न नसक्ने भन्ने कुरै छैन। विश्वका थुप्रै मुलुकमा यो अनिवार्य भइसकेको छ र उनीहरूले यसलाई व्यावहारकि प्रयोगमा ल्याइसकेका छन्।
हाम्रो जस्तो अल्पविकसित मुलुकको ग्रामीण र दुर्गम क्षेत्रमा यो त्यति सहज नहुन सक्छ। त्यस्तो ठाउँमा कमसे कम औषधीको नाम र सेवन गर्ने तरिका सबै ‘क्यापिटल लेटर’ (ठूला अक्षर)मा मात्र लेख्ने अभ्यास गर्न सकिन्छ। केही दिन अभ्यास हुने हो भने त्यसरी पनि त्यति नै छिटो अक्षर लेख्न सकिन्छ। त्यति सानो प्रयासले मानिसको जीवनमा नै असर गर्ने कुरामा सुधार हुन सक्छ भने त्यो किन नगर्ने ?
(लेखकको अनुमतिमा उनको साइट ब्रजेश डट कमबाट साभार। प्रेस्किप्सनका नमूना डा. सुधांशु जोशीको ट्विटरबाट)
[तपाईँले पनि स्वदेश वा विदेशमा यस्तै गरी डाक्टरका अस्पष्ट अक्षर देख्नुभएको छ? नबुझेर हैरानी भोग्नुभएको छ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नु होला]
त्यो त डाक्टरको signature mark जस्तै भैसक्यो | उसको अछ्यर तेस्तै हुनु पर्छ नत्र साधारण मान्छे ले कसरि थाहा पौने डाक्टरले नै लेखेको हो भनेर 😀 हा हा हा
बुढी – बुढा, हाम्री छोरी त पछि गएर डाक्टर हुने लगभग पक्का भएछा नि!
बुढा- हो र , किन नि? साइन्समा १०० मा १०० लेराइ हो?
बुढी – धत्! त्यो जाबो साइन्सले के हुन्छ र ? ( खुसि हुँदै) ह्यानडराइटिङ्ग मा 0 लेराइछ !!!
Objective: To determine whether doctors have worse handwriting than other health professionals.
Design: Comparison of handwriting samples collected prospectively in a standardised 10 seconds’ task.
Setting: Courses on quality improvement.
Subjects: 209 health care professionals attending the courses, including 82 doctors.
Main outcome measures: Legibility rated on a four-point scale by four raters.
Results: The handwriting of doctors was no less legible than that of non-doctors. Significantly lower legibility than average was associated with being an executive and being male. Overall legibility scores were normally distributed, with median legibility equivalent to a rating between “fair” and “good.”
Conclusion: This study fails to support the conventional wisdom that doctors’ handwriting is worse than others’. Illegible writing is, however, an important cause of waste and hazard in medical care, but efforts to improve the safety and efficiency of written communication must approach the problem systemically–and assume that the problems are in inherent in average human writing–rather than treating doctors as if they were a special subpopulation.
कुरो त् ठिक हो!
तर कुरो के हो के हो!
भन्थ्यो हाम्रो तल्लाघरे दै जहिले नि, ह्यानी तेस्तै भन्नुपर्ने जस्तो पो भो गाठे!
मेडिकल डाक्टरको प्रेसक्रिप्सन मा पनि अब एम अर पी लगाइदिन पाय हुन्थ्यो सरकार!
तर सरकार आफै रनभुल्लमा छ कसको उपचार पहिले गर्ने भनेर के गरोस बिचरो!
यसमा सरकार ले भन्दा बरु मेडिकल काउन्सिल ले उर्दी जाहेरी गर्यो भने हुबहु र तन्दुरुस्त छिटै हुन्छ तेसैले यो मेडिकल काउन्सिल मार्फत सबै डक्टर लाइ प्रेसक्रिप्सन स्पस्ट बुझिने गरि सम्भब भयासम्मा एम आर पी नभय हातले भयानी स्पस्ट लेख्नुपर्ने र औसधिको नाम जेनेरिक लेख्नुपर्ने उर्दी गर्न ढिलाइ भैसकेको छ क्यारे!
पहिले पहिले अधिकांश नेपालीले अंग्रेजी पढ्न बुझ्न सक्दैनथे र प्रेसक्रिप्सन भनेको डक्टर र औसधि पसलेको लागि मात्र हुन्थ्यो तेसैले डाक्टरको लागि सुरुको अक्षर र पसलेको लागि अन्तिमको अक्षर बुझ्नेगरी बिचमा जे धस्कायपनी हुन्थ्यो आजकाल त नेपालि भन्दा अंग्रेजी बढी बुझ्ने पढ्ने मान्छे छन् तेसैले डाक्टर हरुले राम्ररि बुझ्नेगरी लेख्नु पर्छ भन्ने हाम्रोकुरो हो किनकि हामीले के औषधि खादैछौ भन्नेकुरा हामीलाई यथेस्ट जानकारी हुनुपर्छ किनकि कतिपय अबस्थामा त डाक्टरको प्रेसक्रिप्सन पढ्न नसक्दा पसलेले हचुवामा औषधि दिने गरेको एकाध घटना मैले पनि देखे भोगेको हो!
तेसैले प्रेसक्रिप्सन लेख्ने यो बिषयलाई मेडिकल काउन्सिल ले अलि गहन बिषय बनायर समाधान ढुडोस भन्ने मेरो पनि आग्रह हो!
अन्तमा यो बिषयलाई हामीमाझ बहशामा ल्याइदिनुभयको मा ब्रजेश जी लाइ धन्यवाद!
म हाल बसोबास गरिरहेको ठाउमा के छ भने doctor ले computerize system बाट prescription लेख छन्. जसमा प्रस्ट संग doctor को नाम Medicine को नाम, मात्रा र सेबन गर्ने समय लेखिएको हुनछ. तेस बाहेक एउटा bar code prescription को अधारिक्ताको लागि राखिएको हुनछ. जस लाई कुनै पनि pharmacy मा गएर check गर्न सकिनछ जसले गर्दा हुन सक्ने धेरै दुर्घटना को रोकथाम भै राखेको छ जस्तो मलाई लागछ तेस्तै किसिमको सिस्टम नेपालमा पनि सुरु गर्न सकियो भने धेरै हद सम्म समस्याको समाधान हुन छ होला.
portugal
That is very good question why the patient can not be given a printed prescription. Even in India the Doctors have started giving a printed prescription. These days even in Nepal computer has started becoming a basic requirement among most of the family, then why not Doctors. If somebody tries to blame load shedding and other things, I may not agree.
When they can use Inverter at home to see the emails and go to Facebook why can not they put Inverters at their clinic.
For example Anzit and Amgit are two different medicine for different purpose but sounds similar. If by mistake, the pharmacist makes the mistake in reading and gives another medicine the patient, instead of curing his stomach trouble, goes to sleep as Anxit is given for sleep disorders.
आज भोलि युरोप तिर laptop र printer doctor को साथ मै देखिञ्छ. उनीहरुले बिरामी लाई तुरुन्त प्रेस्क्रिप्शन print गरेर दिन्छन. हामी को मा पनि doctor साहब हरुले तेसो गरे कसो होला?
मैले दस चोटी पढ्दा पनि नबुझेर सोधेको त अघि देखि के हेरिरा भनेर गाली पो गर्छ बा यस्तो पनि Doctor .
1.This is totally depend on individual. How they write?
2. Though they write not clear but they write correct, well understood by pharmacist.
3. Obviously, it’ll be better if every patient can get printed copy of prescription but due to lack of resources (electricity, time, person, cost)..this is not possible immediately.
4. Some hospitals are providing printed copy of prescription on discharge from hospital not in OPD patient
5. Generally older doctors handwriting is really questionable but younger one doing great.
मा जापान मा छु、जापान माकम्प्युटर बाट मात्र लेखेको हुन्छ ,नेपाल मा डाक्टर ले लेखेको तरिका एकदम गलत छ , ओखति को नाम र प्रयोग गर्ने तरिका प्रयोग गर्ने हामीलाई पनि थाहा हुनुपर्छ, तियो हाम्रो अधिकार हो . येस्ता डाक्टर मुर्ख रअन्न पशु हुन् , कारवाही होस् , foolish
Actually dr also dont know exact speling of medicine so they do like that
सहि कुरा तर यो नेपाल को सन्दर्भ मा मात्र लागु हुन्छ I यु के मा चाही कम्प्युटर प्रिन्ट प्रेस्किप्सोन दिन्छन I
राम्रो लेख हो हिजो भर्खर पनि बि बि सी मा समाचार आएको थियो इंडिया मा कति मान्छे हरु को जयन् जान्छा भनेर
मेरो विचारमा चाही बिरामीले रोगको बारेमा धेरै जानकारी नपाओस र सोचै सोचले बढी थला नपरोस भन्न क लागि होला.
बिधार्थी हुदा पदुन्जेल सम्म राम्रो अक्षर भए पनि जब इन्तेर्न्शिप तथा काम गर्न सुरु गरिन्छ हरेक दिन न्युन समयमा अति नै धेरै कुरा हरु लेख्नु पर्ने हुन्छ ,जसको फलस्वरूप अक्षर नराम्रो अनि अस्पस्ट हुने बानि बस्छ ! उदाहरण स्वोयम म आफै पनि एक हु !
एकपटक स्विम्मिंग जानिसकेको मान्छे ले जीवन भर बिर्सन सक्दैन/ एकपटक साइकल कुदौन जानी सकेपछि फेरी कुदैन बिर्सने हुन्न भने झैँ एकपटक अछ्यर राम्रो भएको मान्छे को सदैभ धेरै राम्रो नहोला तर काग ले छेरेको जस्तो काइते चै हुन्न होला / this is all about careless….
NMC को जाच कम्प्युटर छाडेर हस्तलिखित हुनु पर्यो, अक्षर नबुझिने हुदा ठाडै अनुत्तीर्ण गर्न सक्नु पर्छ| सोहि बराबरको अक्षर प्रेसक्रिप्सनमा पनि हुनु पर्यो, नत्र लाइसेन्स रद्द गर्ने नियम हुनु पर्छ| यसो गर्दा बिजुली, कम्प्युटर, प्रिन्टर, मसि, कागज छैन भन्ने बहाना हुदैन!
हरेककुरामा गन-गन नगरी समस्याको समाधानको उपाय पनि दिन सक्नु पर्छ| खाली विदेशको तुलना गर्ने हो भने “भगवान सबका भला करे, शुरुवात हमारेसे करे” !
बिदेशमा सबै पेपर कम्प्युटरको साहारामा बनाइन्छ,त्यसैले यहा(कतारमा) त्यो देख्न पाएको छैन. तर नेपालको सन्दर्भमा यस्ता धेरै घटना छन् जसले प्रतक्ष्य या अप्रत्क्ष प्रभाव पार्छ जनमानसमा /
एउटा घटना यहा राख्नु सान्दर्भिक देखे
कुरा २ वर्ष पहिनाको हो झापाको सदरमुकाम देखि नजिकै एक यस्तै घटना घट्यो जुन औसधि पसलेको कमजोरीले अनि लापर्वाहिले भो/ गाउकै एक ६८/६८ सालकी हजुर आमालाई सधै पेट दुख्ने, टाउको दुख्ने बिराम तर त्यो दिन अकिल बढिनै दुखेर नातिनीलाई साथ लिएर उनि लागिन चन्द्रगडी तिर तर बाटामा उनीलाई हिड्न कठिन भो र उनि लागिन नजिकैको औसधि पसलमा/ त्यहा एक भारतीय औसधि पसले बस्थे उनीले हजुरआमाको हेरेर सुइ लगाई दिए सुइ लगाएको १५/२० सेकेण्डमै हजुरआमाले मुखबाट फिज निकालिन अनि उनीलाई एम्बुलेन्समा मेची अञ्चल अस्पताल लगियो तर उनिको प्राण बाटैमा उडेछ/
यसरी एक जनाको गल्तीले ज्यान गुम्यो/ ति भारतीयले बीना अनुमति औसधि पसल चलाएको पनि पाइयो/ उनीलाई सजाय त भो तर यस्ता घटना रोक्न सरकार अजाही संबेदनशील भएको पाइन्न/ बिशेष भारतीय सिमा क्षेत्रमा सरकार बिशेष चनाखो हुनुपर्ने देखिन्छ/ तर सरकार साथमा हामि जनता पनि यो बिषयमा दोषी छौ/ औसधि पसल देख्यो छिर्यो त्यो होइन पहिना उसले झुन्दियाको प्रमाण पत्रमा नजर लगाउने प्रमाणपत्र नभए प्रहरीलाई खबर गर्ने गरे केहि हद सम्म यो समस्याको निदान हुने देखिन्छ/
एक घण्टा को २०० देखि ५०० लिने doctor हरु छन्, अनि एउटा laptop किनेर printed Prescription दिए राम्रो हुने थियो.
हा हा हा हा , कोपिला जी लै थाहा रहेन छ . हात छामे को भर मा ५०० लिन्छ
त्यो पनि १० १५ मिनेट हो. एक घत त कहाँ हुनु .
त्यो त डाक्टरको signature mark जस्तै भैसक्यो | उसको अछ्यर तेस्तै हुनु पर्छ नत्र साधारण मान्छे ले कसरि थाहा पौने डाक्टरले नै लेखेको हो भनेर 😀 हा हा हा
ब्रजेश.कम मा नेपाल साप्प्ताहिक को मेरो स्तम्भ बायाँ फन्को बाट साभार गरिएको हो
I think the main reason behind bad handwritings of the doctors is that they do not know the spelling of the medicine names. If written clearly their spelling mistakes will be very visible. Hence they write in bad hand writing so that the the pharmacies can only know (or say guess) what the medicine is (mostly) but cannot see their wrongly spelled words.
कुरा त ठिकै हो, डाक्टर को अछेर राम्रो वा नराम्रो नै हुनु पर्छ भन्ने कुनै जरुरि छैन. साएद मैले सोचेको के भने उनीहरुले लेख्ने भन्दा सोच्ने गति तिब्र हुन्छ. सायद त्येसैले होला. बिदेसमा प्रभिदी को कारणले खासै कुनै समस्या छैन. उनीहरुले सिधै सोध्छ, कुन पसल मा औसधि किन्न पायक पर्छ, अनि आफ्नो कम्प्युतर बाट सिधै त्यो पसल मा लेखिदिन्छ.
डाक्टर ले अलि सुधार गर्नु साएद राम्रो हो, अनि औसधि पसल मा असक्षम ब्येक्ति बस्नु नराम्रो मात्र होइन बरु गैरकानुनी नै गर्नुपनि पर्छ.
म पनि यस कुराले गर्दा पिडित नै भएको मान्छे हो / dr को अछ्यर नबुझेर वाक्क हुनु पर्ने हुन्थ्यो जतिबेला म HAMS Hospital मा काम गर्थे/ pharmacy school जादा को समय मा dr र Pharmacist को सम्बन्ध राम्रो हुन पर्छ भन्ने पधिन्थ्यो तर थ्यो कुरा त पढिने मात्र रहेछ ब्यबहार मा त कहाँ लागु हुने रैछर /
dr ले लेखेको कुरा नबुझेर भित्र केबिनमा सोध्न गयो भने येति नि नबुझ्ने भने जस्तो गरेर patient कै अगाडी होच्याएर बोल्ने गरेको पनि पाइयो/ तर के गर्ने मनमनै मैले तेसरी लेखेको भए तैले त के तेरो सात पुस्ता ले नि बुझ्दैन थियो होला भन्दै लुरुक्क पर्दै फर्कन पर्थ्यो/ कतिपय pharmacy मा त अन्दाजी नै दिने गरेको छ… होला को भरमा / बिचारा बिरामी नि के गरोस आफु झन् भुट्टो भांग केइ बुझ्ने हैन त/ अनि pharmacy को मान्छे ले जे भन्यो तेइ त खानै पारो नि / Metronidazole दिन पर्ने मा omeprazole दिएको त कति भेट्यो कति के गर्ने किरा मार्ने ठाउँ मा gastric को औसधि खाए पछि कसरि निकोहोस त/ हुन त pharmacy मा काम गर्ने को पनि धेरै नै लापरबाही हुन्छ येस्कुरामा/ न बुझे त confirm नगरे सम्म कहाँ दिन भयो त नि खान हावाको तालमा हैन र /
हामीले पढ्दा medicine को generic नाम अनि कुन medicine ले कसरि काम गर्छ (mechanism of action ), SIG code हरु पढ्न पर्छ तर कुन dr ले कसरि लेख्छ भन्ने कुरा सायद कसैले नि पढ्न पर्दैन होला/ कुनै dr ले कुनै hospital मा एक दिन मा १० जना मात्र बिरामी हेर्ने अथवा कुनै dr को मा जम्मा जम्मी दिनभरिमा १० जना मात्र बिरामी आउने गरेको पनि भेटिन्छ अब के दिन मा १० जना मात्र हेर्ने dr को नि साचिकै समय को कमि भएर एस्तो भागेरा ले छेरेको जस्तो अछ्यर लेख्या हो त / अबस्य पनि हैन तर किन एस्तो लेख्या होत भन्दा लापरबाही नै मान्न पर्छ/
हाल म USA मा pharmacy मानै काम गर्दै छु खासमा यहाँ नि थ्यो समस्या नभएको त हैन तर फरक येति मात्र हो यहाँ कम छ/ हर कुरा मा नियम लागु गरेपछि dr नि ठेगान लाग्ने रहेछन अनि pharmacy नि ठेगान लाग्ने/ प्राय त सबै electronic prescription हुन्छन यहाँ/ Patient goes to visit dr., the dr will create profile and then whatever the medication is needed sends to nearest and convenient pharmacy electronically, so the electronic prescription doesn’t have any problem the name of the medication, quantity and the direction is written clearly, but the hand written prescription sometimes creates problem and we have to call the dr to verify. The most irritating thing is that dr office keeps us on hold sometimes even for an hour and the patient doesn’t understand that the dr has to either write clearly or need to verify the prescription and they start yelling at us.
So the complete removal of this problem is there should be some kind of rules that dr needs to write the prescription only in the printed or electronic form. I know it might not be possible everywhere in nepal but it is possible in most of the places.
The minute thing which nobody cares in nepal is the great thing here. These people follow everything because there are very strict rules under each and every step of work as like nobody cares when the prescription is written and how many refills does a prescription has. This is very minute thing in nepal but no pharmacy can dispense the medication without confirming these things here.
We can make changes and solve the problems.
नेपाल मा गरेको अनुभव नेपाली भाषा मा अनि USA को experience english मा written …..वह क्या गज़ब !!!!!!!!!!!!!
ब्रजेशजीको यो लेख ठिक छ / डाक्टरहरुलाई म ठुलो मान्छे हु भन्ने मपाइत्व पनि अल्लि बढी नै हुने भा’कोले त्यस्तो गर्ने गरेका हुन् जस्तो मलाई लाग्छ / प्रेस्क्रिप्सन जस्तो संबेदनसिल कुरामा खेलाची गरेर मान्छेको ज्यान जोखिममा राख्नु ठिक होइन / डाक्टरहरुले अलि ध्यान पुर्याउनु पर्यो /
डाक्टर ले अक्षर बिगारेर लेख्नु को एक मात्र कारण
औसधि पसले लाइ encrypt गरेको संदेश ” मैले त यो मुर्गा लाई लुटे ल तिमीले कति सक्छौ लुट “
डेस्कटप् र प्रिन्टर चलाऊन बिजुली चैं कल्ले दिन्छ ब्रजेश् दाई?
पैसा तिरेपछि बिरामी आँफैंले ‘हामीले पनि बुझ्न सक्ने गरी लेखिदिनुस्’ भन्न सक्नुपर्छ।
खेलाँची गर्ने चिकित्सकलाई दण्ड जरिवाना गर्ने-गराउने।
उखानै छ ” Carefully read your prescription , you can die of misprint .” प्रिन्ट भएको ठाउमा त एस्तो उखान छ भने, नभा ठाउमा कस्तो छ होला ?
क्यानाडा को कुरो, डाक्टर ले प्रिन्ट गरेर प्रिस्क्रिप्सन दिन्छन, फार्मेसी ले त झन् औसधि को बट्टामा बिरामी को नाम सहित खाने तरिका लेखेर दिन्छन , त्यहि हो फार्मेसी मा चाही अल्लि समय कुर्नु पर्छ आधा घण्टा देखि १ घण्टा सम्म ,
Medical team must alert in this matter.
Pharmacists are the much more serious on this things.
खोइ अस्ट्रेलिया मा Ta printed प्रेस्क्रीप्शन नै हुन्छ ! Partek pharmacy मा qualified pharmacists हुन्छन ! Doctor ko prescription को Ek कपी हामीलाई दिन्छन arko हामीलाई sign गराई उनीहरु राख्छन र printed sticker मा बिरामी को नाम जन्म मिति Kun time मा कति पर्योग गर्ने ! pharmacy को नाम फोन number addres vayako sticker partyek medicine को packet मा लगाई dinchhan त्यो medicine बिरामी बाहेक aru lay use गरेर kehi vayema pharmacy र doctor को कुनै responsibility हुदैन ! तर बिरामी lAi serius case vayo vanye investigation Garda date expire Kharab अछ्यर को KARAN गलत medicne pharmacy Baata दिएको vetiyema अदालत सम्म केस पुग्न सक्छ र त्येस्तो pharmacy लै जरिवाना र सरकारले Banda गराई दिन्छा ! Tyesailay उनीहरु ले prescription को प्रुफ राख्ने garyeko जस्तो लाग्छ मलाई !
यसका कारणहरु:
१. औसधि तथा रोगको नाम लामो तथा गार्हो हुने हुदा यसरि लेखेपछि स्पेलिंग मिस्टेक देखिदैन.
२. डाक्टर हुनुभन्दा धेरै अगि देखि नै डाक्टरको handwriting लेख्ने एउटा fantasy हुन्छ.
३. यसरि लेखेपछि अरुलाई बुझ्न गार्हो हुने भो. डाक्टर भनेको बेग्लै श्रेणीको मानिस हो भन्ने कुरा तेस्ले स्थापित गराउने भो. लाटो देशमा गाड़ो तन्नेरी भने जस्तै हुने भो.
यहाँ डाक्टर भन्नाले डाक्टर मात्र नभएर यस्तो अक्ष्यर लेख्ने मेडिकल profession का सबै व्यक्तिलाई भनेको हो. मैले जानेको यति नै हो अरु चाहि डाक्टर साहेबलाई सोध्नुपर्छ.
यो लेख धेरै डाक्टरहरुले पनि पढ्नु हुन्छ होला / येसो डाक्टर साबहरुको प्रतिक्रिया पनि बुज्न पाए हुन्थ्यो/
म त डाक्टर पो हुँ त भन्ने संस्कृति जहाँ राम्ररि मौलाएको हुन्छ तेहिंको डाक्टरको अक्क्षर मात्रै कागले छेरे भन्दा गयेगुज्रेका हुने हो
ःव्ग्भ्ह ज्ज्ब्घ्ह्ह्ह्ह ज्झ्ग्य ज्जुन्ह्ह्ग ज्ज्क्झ्ह kink क्ज्क्क्ज्ज्ञ न्ह्ब्न्ह्ह्न्न
म पनि dr भएको ले मेरो type गर्ने style नै येस्तै ….
Dr Lal श्रेष्ठ.
गरिबी अनि कन्जुसी को परिणाम हो , खुरक्क कम्प्युटर मा लेख्ने अनि प्रिन्ट गरे कुन माई का लाल ले बुझ्दैन??
एकदमै साधारण समाधान :
डाक्टरले प्रिन्टेड प्रेस्क्रिप्सन मात्र दिने। प्रविधिले यति ठूलो फड्को मारेको युगमा “सानातिना डिपार्टमेन्टल स्टोरले त पि्रन्टेड बिल दिन सक्छन् भने डाक्टरले ल्यापटप वा डेस्कटप प्रयोग गर्न नसक्ने भन्ने कुरै छैन।”
हाम्रो जस्तो अल्पविकसित मुलुकको ग्रामीण र दुर्गम क्षेत्रमा यो त्यति सहज नहुन सक्छ। त्यस्तो ठाउँमा कमसे कम औषधीको नाम र सेवन गर्ने तरिका सबै ‘क्यापिटल लेटर’ (ठूला अक्षर)मा मात्र लेख्ने अभ्यास गर्न सकिन्छ। केही दिन अभ्यास हुने हो भने त्यसरी पनि त्यति नै छिटो अक्षर लेख्न सकिन्छ। त्यति सानो प्रयासले मानिसको जीवनमा नै असर गर्ने कुरामा सुधार हुन सक्छ भने त्यो किन नगर्ने ?
सही सुझाब .
आशा छ यस्तो महत्वपूर्ण सुझाबलाई स्वास्थ्य शिक्षा मन्त्रलायले पनि गम्भीर रुपमा
महशुस गरोस् र त्यही अन्रुरूप निर्देशन देओस !