Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पेट बोक्न रोक्ने पिल्समात्रै हैन चौधरी ग्रुपसहित नेपाली कम्पनीका आयुर्वेद औषधीहरु पनि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश

Posted on May 22, 2014May 22, 2014 by Salokya

आज ‘नागरिक’ दैनिकमा ‘भरपर्दो साथीबाटै धोका हुने डर’ शीर्षकमा पेट बोक्न रोक्ने पिल्स (खाने चक्की औषधी) गुणस्तरहीन भएको खबर छ। कम डोज भएकोले यस्ता औषधि सेवन गर्नेहरुमा पेट बोक्ने संभावना धेरै हुने रहेछ। भारतको फार्मेसिया कम्पनीले उत्पादन गरेको यो ओरल कन्ट्रासेप्टिभ पिल्स सरकारले देशभरका सरकारी स्वास्थ्य संस्थामा फ्रिमा वितरण गर्दै आएको थियो। ‌औषधी व्यवस्था विभागले यो कम्पनीका बजारमा रहेका सात वटा ब्याच नम्बरलाई बजारबाट फिर्ता लैजान कम्पनी र तिनका आधिकारिक प्रतिनिधिलाई निर्देशन दिएको छ।

भारतीय कम्पनीको पिल्समात्र हैन, चौधरी ग्रुपको सिजी आयुर्वेदद्वारा उत्पादित एउटा आयुर्वेदिक औषधीसहित ८ वटा नेपाली आयुर्वेदिक औषधी पनि कम गुणस्तरको पाइएकोले बजारबाट फिर्ता लैजाऊ है भनेर विभागले निर्देशन दिएको छ।

औषधी व्यवस्था विभागको सूचना हेर्नुस्-
ausadhi

चौधरी ग्रुपको नवलपरासीमा रहेको उद्योग ग्रामबाट उत्पादन हुने सिजी आयुर्वेदको एउटा औषधी आयुलक्स १०० जीएमको एउटा ब्याच न्युन गुणस्तरको भेटिएको हो।

सबैभन्दा बढी उपदेश हर्बल्स उद्योगका औषधी गुणस्तरहीन पाइएका छन्। यो कम्पनीका पाँच औषधी कम गुणस्तरको पाइएको हो।

त्यस्तै सगरमाथा आयुर्वेदिक औषधी उद्योग र आरोग्य भवन वर्क्सका दुई औषधी पनि गुणस्तरहीन पाइएका छन्।

6 thoughts on “पेट बोक्न रोक्ने पिल्समात्रै हैन चौधरी ग्रुपसहित नेपाली कम्पनीका आयुर्वेद औषधीहरु पनि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश”

  1. नारद says:
    May 23, 2014 at 9:44 am

    पिल्स, मिसोप्रोस्तोल र अन्य गर्भ निरोधक औषधिहरु अन्तराष्ट्रिय र बिदेशी दात्रि संस्थाहरु द्वारा अनुदानको रुपमा उपलब्ध हुन सक्ने सम्भावना हुँदा हुँदै पनि स्वास्थ्य मन्त्रालयले आफ्नै बजेटले खरिद गर्न दौडेको कारण बुझ्न गाह्रो छैन|
    यस बारे अर्थ मन्त्रालयको बैदेशिक विभागको भूमिका माथि पनि संशयका साथ् प्रश्न थुपार्न सकिन्छ|
    लामो समयदेखि स्वास्थ्य र कृषी मनत्रालयहरु दात्रि संस्था र अनुदानका उर्वरा खेल मैदान हुन्| अर्थ मन्त्रालय बैदेशिक विभागको उक्साई र सहभागितामा सेमिनार, वर्कशप, तालिम, विदेश भ्रमणको नाउँमा यी मन्त्रालयहरु मार्फत नेपालीको जीवन र भविश्य सिट दिनहु खेलवाड गरिन्छ|

    Reply
  2. Shankar says:
    May 23, 2014 at 1:49 am

    यो औसधी उद्द्योग पतिको बुढा बुढीलाई प्रयोगर्नु पर्छ |
    उनीहरुलाई महिना दिन सम्म घरमै नजर बन्द गराउने र ऊक्त कार्य (?) गर्न मौखिक दबाब दिने , न मानेमा पत्र काटेर सात दिन सम्म मा गरि सक्नु भन्ने आदेश दिने र
    लग बाग डेढ महिना पछि प्रिग्नेंसी टेस्ट गराउने , पोजितिब आए अरु १ साल सक्त कैद गर्ने , न आए बा इज्जत बारी सर्ने |

    Reply
  3. suresh says:
    May 23, 2014 at 1:26 am

    “पेट बोक्नु” भन्दा अरु कुनै उपयुक्त professional शब्द प्रयोग गरेको भए राम्रो हुन्थियो. कस्तो होचौनी शब्द प्रयोग गर्नु भएको.

    Reply
    1. महेन्द्र says:
      May 23, 2014 at 2:35 am

      ए लौ कुन चाहिँ एनजिओवाला आउनु भयो अब । यिनलाई फूलमालाले स्वागत नगरौँ, डलरले गरौँ डलरले। पेट बोक्नु जस्तो गाउँठाउँमा प्रयोग हुने बोलिचालीको भाषालाई ‘होचौनी’ रे । बिचरालाई नेपाली आउने भए ‘होच्याउने’ लेख्थे होला । जान्या छैनन् के अर्नु त । बाबु एनजिओ, यो तलको वसन्त थापाले लेखेको पढ, अलि बुद्धि आउला कि-

      हामीलाई ‘पोलिटिकल्ली करेक्ट’ हुनुपर्ने अवस्थाले बिगारेको छ। अचेल ‘नारी’ लाई नारी भन्दैनन्,स्वास्नीमान्छे र आइमाई त झन् भन्नै भएन। महिला आयोग भन्दा त ठीक सुनिन्छ, तर तीजलाई महिलाहरूको चाडको साटो नारीहरूको चाड भन्दा राम्रो सुनिन्छ नि! कुनै पुरुष स्त्रैण चरित्रको छ भन्नुपर्दा अब के त्यो पुरुष महिला जस्तो छ भन्ने? भोटेकुकुर होइन, हिमाले कुकुर रे! त्यसोभए भोटेताल्चा के हुने? हिमाली ताल्चा? भोटे नुन, हिमाली नुन हुनेभयो। हाम्रो धरानको भोटेपुल पनि हिमाली पुल हुनेभयो। मैले एकपटक हिमाल मा आफ्नो स्तम्भमा अपाङ्गतासम्बन्धी केही लेखेको थिएँ, ‘डुँडे’ या यस्तै। त्यसमा धेरै प्रतिक्रिया आयो, अपाङ्गलाई हेपियो भनेर। अब ‘नहुनुभन्दा कानो मामा राम्रो’ भन्ने उखानलाई के भन्ने? ‘नहुनु मामाभन्दा एकनेत्र भएको मामा राम्रो’ भन्ने?
      पश्चिममा कालो वर्णका मानिसलाई ‘ब्ल्याक’ नभनेर ‘नन्ह्वाइट’ अर्थात् अश्वेत भन्ने चल्यो। तर अमेरिकामा ओबामा राष्ट्रपति भएपछि आरामले ‘ब्ल्याक प्रेसिडेन्ट’ भने त। ‘ब्ल्याक’ लाई ब्ल्याक भन्दा के आपत्ति? ‘पोलिटिकल्ली करेक्ट’ हुने नाममा भाषाको प्राण हरण गर्नुहुँदैन। हरेक भाषा, शब्दका आ–आफ्नै विशेषता हुन्छन् ।

      Reply
  4. Binod Poudel says:
    May 22, 2014 at 11:20 pm

    कम गुणस्तरको भेटिए पछि बजार बाट recall मात्र हैन त्यस्तो औसधि बेच्ने बिक्रेता र उत्पादक दुवैलाई उचित सजाय पनि हुनुपर्छ | त्यो सम्बन्धमा कारबाही हुन्दैछा भने त ठीकै छ, होइन भने पाकेटमारलाई रङगे हात पकडेपछी अब देखि नचोर्नु भनेर छोडेको जस्तो मात्रै भयो नि यो त हैन र |

    Reply
  5. kedar says:
    May 22, 2014 at 7:45 pm

    Monsanto को प्रयोगशाला पनी नेपाल, स्वदेशी बिदेशी दबाई उत्पादकको प्रयोगशाला पनी नेपाल नै, बाद र सिद्धान्तको प्रयोगशाला पनी नेपाल नै भनेपछी विश्वको सबैभन्दा ठुलो बहुआयामिक प्रयोगशाला त नेपाल नै पो भएछ | ल हामीलाई बधाई छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme