ड्रिमल्याण्ड अर्थात स्वप्नभूमि अमेरिका ! अरुहरु जस्तै हरेक नेपाली आँखामा सुन्दर सपना साँचेर अमेरिका आएका हुन्छन् । तर कतिका सपनाहरु साकार पनि हुन्छन् । कतिका बेकार र कतिका निराकार ! स्वप्नभूमि अमेरिकामा मान्छेका सपनाहरु यस्तै भएका छन् । थोरैका साकार, धेरैका बेकार र त्यो भन्दा धेरैका निराकार ।
तै पनि अमेरिका भासिनेको संख्या अझ बढ्दै छ । हुदाहुदै मानव तस्करीको बाटोबाट भयानक जोखिमका साथ अमेरिका छिर्ने साहस पनि बीर नेपालीहरुले देखाएका छन् । यी बीरहरुका लागि भने अमेरिका रहर हैन वाध्यता बनेको छ ।
अमेरिकामा नेपालीको संख्या कति छ भन्ने कुराको वास्तविक तथ्याङ्क छैन । अनुमानका भरमा करीव दुईलाख छन् भनिन्छ । सन् २०१० को जनगणना अनुसार अमेरिकामा नेपालीको संख्या ५९ हजार ४ सय ९० मात्र रहेको छ तर जुन वास्तविकता भन्दा धेरै तल छ ।
अमेरिकामा नेपाली आप्रवासको इतिहास हेर्ने हो भने अन्य देशको तुलनामा सधंै न्युन नै रहेको छ । अमेरिकी आप्रवासी विभागको तथ्यांक अनुसार सन् १८८१ देखि १८९० सम्ममा १९१० जना अमेरिका प्रवेश गरेको पाइन्छ । तर यो संख्याभित्र नेपाली नागरिकको संख्या कति थियो भन्ने छुट्याइएको छैन । यो अवधिमा नेपाल, भारत, भुटान र म्यानमारका समेत नेपालीभाषीलाई वंशअनुक्रममा “अन्य एशियाली” भनेर नेपालीका रुपमा उल्लेख गरेको पाइन्छ ।
सन् १९४७ मा अमेरिकासँग कुटनीतिक सम्बन्ध स्थापना भयो । सन् १९५९ मा काठमाडौंमा दुतावास खुलेपछि अमेरिकासँग नेपालीहरुको सीधा सम्पर्क सुरु भयो । नेपालीहरु नेपालबाटै भिसा लिएर अमेरिका प्रवेश गर्न थाले । यसअघि भारतबाट आउनु पर्ने भएकोले कति नेपाली अमेरिका प्रवेश गरे ? स्पष्ट देखिदैन ।
सन् १९७४ मा पहिलो पटक अमेरिकी आप्रवासी नीति अनुरुप नेपालीलाई बेग्लै श्रेणीमा बर्गीकृत गरेको पाइन्छ । त्यस वर्ष ५६ नेपाली अमेरिका प्रवेश गरेको देखिन्छ । सन् १९९० को अमेरिकी जनगणनाले नेपालीको संख्या २६१६ देखाएको छ । जसमा सन् १९५९ भन्दा अघिको संख्या पनि समावेश छ । यस अनुरुप सन् १९९० सम्म औसत वार्षिक एकसयभन्दा कमको संख्यामा नेपाली अमेरिका प्रवेश गरेको देखिन्छ ।
सन् २००० को हाराहरीदेखि अमेरिकामा नेपालीको संख्या ह्वात्तै बढेको पाइन्छ । बढ्नुको कारण भने मूलतः नेपालको खस्कदो र निरासालाग्दो राजनीतिक तथा आर्थिक अवस्था र डीभी भिसाप्रतिको आकर्षण नै रहेका छन् ।
अमेरिका प्रवेश गर्ने मध्ये जसले उच्च तथा प्राविधिक शिक्षा हाँसिल गरेका थिए, जसले यहाँ आइसकेपछि राम्रो शिक्षा हाँसिल गरे, जसले व्यवसायमा हात हालेर सफलता प्राप्त गरे उनीहरुका सपना भने साकार भएको मान्नु पर्छ । तर जोसँग उच्च शिक्षा थिएन, भएर पनि अँग्रेजी भाषामा राम्रो पकड थिएन, कुनै व्यपारव्यवसाय गर्न सकेनन् र गरे पनि सफलता पाउँन सकेनन् उनीहरुका सपना भने निराकारै नै भएका छन् । वर्षौ बिताइसक्दा पनि ती सपनाले आकार लिने सम्भावना क्षीण छ ।
वास्तवमा सोचेको अमेरिका भोगेपछि भेटिदैन, भोगेको अमेरिका सोचेकै हुदैन । तै पनि अमेरिकाभन्दा बाहिरका लागि अमेरिका अझै ड्रिमल्याण्ड नै छ । बनारसी लड्डु नै भने पनि हुन्छ अमेरिकालाई– “खाया तो भी पछताया, नही खाया तो भी पछताया ।”
अनुमान अनुसार अमेरिकामा रहेका करीव २ लाख नेपाली मध्ये धेरैभन्दा धेरैको दैनिकी “टुवल्भ आवर्स अ डे एण्ड सेभेन डेज अ विक”को चक्रमा चलेको छ । यो चक्रभित्र “ओभर स्टे”देखि वर्क परमिट, ग्रीनकार्ड र सिटिजनसीप होल्डरसम्म घुमिरहेका छन् ।
अमेरिकाभित्रको अमेरिकाका दुःख र सुखका यथार्थहरुसँगै नेपालीहरुले यहाँ सबैथोक गरेका छन् । दशैतिहार, तीज, ल्होसार पनि मनाएका छन् । देउसी भैलो, होली–फागु पनि खेलेका छन् तर सबैथोक मध्ये सबैभन्दा बढी राजनीति गरेका छन् । परोक्ष–प्रतक्षरुपमा धेरै राजनीतिक दलका भातृ संगठन छन् । नाममात्रका मात्र किन नहुन् छन चै छन् । ती संगठनले केही नगरे पनि आफ्ना नेता आउँदा खादा ओढाएर अर्को पार्टी र नेतालाई गाली गर्न चैं लगाएकै छन् ।
पार्टीगतमात्र हैन जातिगत राजनीति पनि गरेका छन् । नेपालकै हाराहारीमा जातीय संगठन पनि खोलेका छन् । जिल्लाजिल्लाका सम्पर्क समितिहरु छन् । क्षेत्रक्षेत्रका सहयोग समितिहरु प्नि छन् । थौरेले निष्ठाले गरेका छन् धेरैले अभीष्ठा र नियतले गरेका छन् । राजनीति पछि समाजसेवा झन् बढीले गरेका छन् ।
अमेरिकामा नेपाली कति छन् भन्ने यकिन नभए जस्तै नेपालीद्धारा संचालित संघसँस्था कति छन् त्यो पनि यकिन चैं छैन । सबैखाले गरेर पाँचसयभन्दा बढी होलान् नेपालीका संघसँस्था अमेरिकामा ! यी मध्ये केही प्रशंसनीय र उदाहरणीय पनि छन् । तर धेरैले नियतपूर्वक सँस्थाको खोलमात्र ओढेका छन् । अपवादलाई छोडेर प्रायशः सबै सँस्था बिना दर्ता संचालन भएका छन् । कानूनी हैसियत नै छैन । यहाँका कतिपय पुराना कथित ठूला सँस्थाको हालत पनि त्यस्तै छ, त्यसरी नै चलेको छ । प्राय कुनै सँस्थामा पारदर्शिता छैन । नीति, नियम, विधान, प्रकृया कता के छ कसैलाई थाह छैन प्राइभेट कंपनी भने पनि हुन्छ अमेरिकाका नेपाली संघसँस्थालाई । झोलामा अफिसमा, खल्तीमा डलर । चलेको छ यहाँ समाजसेवाको लहर । पुराना र कहलिएका सँस्थाको हालत पनि त्यही नै छ भन्दा फरक पर्दैन ।
पुरानो सँस्था ए एन ए अमेरिकाको वर्षौको कलह हात हालाहालसम्म पुगेर अदालतमा गइसकेपछि पनि भित्रभित्रै भुसको आगो भएर बलिरहेको छ । अर्को विश्व चर्चित एन आर एन अमेरिकाको हालत पनि त्यस्तै छ । आजसम्म यो सँस्थाले आफ्नो जग नै बनाउन सकेको छैन । हल्लैहल्लाको भरमा चलेको छ । हल्लैहल्लालाई धेरैले विश्वास गरेका छन् । हरेक सँस्थामा भित्रभित्र सधैं मारामार र लडाइँ छ । विडम्बना नै भन्नु पर्छ अमेरिकाको सबैभन्दा पुरानो र बोक्रे ख्याति कमाएका यी दुबै ठूला(?)सँस्थामा बल्ल पहिलो पटक बल्ल सीमित प्रकृया अपनाएर निर्वाचन गरिदैंछ । तर हात्ती आयो…. हात्ती आयो…. हल्ला भने कता हो कता छ ।
नेपाल जाँदा हातमा पानीको बोटल, टाउकामा अमेरिकी ह्याट, छातीमा अमेरिकन झण्डा पोतिएको गन्जी र गोपालकट्टु (हाफपेन्ट भन्दा अलि लामू पेन्ट भन्दा छोटो कट्टु) लाएर अमेरिकन बनेर अँग्रेजी नमिसाई नबोल्ने कति चटकीहरु अहिले एन आर एनको उमेद्वार बनेका छन् ।
यता अमेरिकामा चैं एक एक पटकको नेपाली सधैंको नेपाली भन्दै भित्तामा नेपाली झण्डा टाँसेर, टाउकामा नेपाली टोपी भिरेर फोटो खिच्दै फेसबुकमा राख्दै सच्चा नेपाली बनेर भोट माग्दै छन् । रत्नपार्कका चटकी फौबन्जारले पनि यतिसारो त गर्दैनन् होला !
वास्तविकतालाई स्विकार्ने हो भने अमेरिकाका नेपाली संघसँस्थालाई हावा फुस्किएका भकुण्डो भने पनि हुन्छ । अझ कतिका त हावै भरिएका छैनन् । विवाद रहित सँस्था सायद छदाँ पनि छैनन् भन्दा सायद अत्युक्ति पनि हुदैन । विवाद नै नेपालीको ‘ओरिज्नल’ स्वाद भएको छ ।
विवादको प्रमुख कारण पद नै रहेको छ । पदका लागि एकले अर्काको वध गर्ने शास्त्रिय र सनातन चलन झन प्रचण्ड छ अमेकामा । पद पु¥याउन कतिपय सँस्थामा त अध्यक्ष र सभापति दुबै राखिएका छन् । यी अनौठा उदाहरहरु देख्ने–सुन्नेलाई भने “कति हास्नु हउ…” भने जस्तो भएको छ ।
अर्को हास्यास्पद सत्य के पनि हो भने एउटै मान्छेले सातओटा सँस्थाका चौधवटा पद ओगटेको हुन्छ । संसारका कहीँ नभएको एउटै मान्छे एउटै सँस्थामा सल्लाहकार र डाइरेक्टर पनि भएको छ । अनि जहाँ गयो तिनै अनुहार, तिनै मान्छे, तिनै बकम्फुसे कुरा । आफू जुन सँस्थामा हुन्छ त्यो संसारकै उत्कृष्ठमा गनिन्छ, नभए सबैभन्दा निकम्मामा ठानिन्छ ।
अमेरिकामा नेपाली सँस्था दिनानुदिन बढ्दैछन् तर अनुहार भने तिनै दोहोरिदैछन् । सँस्था खोलिनुका कारण भने अनेक छन् । सबैभन्दा मुख्य कारण चाहिँ खादा र मालाको शोख र भोक नै रहेको छ । त्यसपछि व्यक्तिगत प्रतिशोध र रीसरागले खोलिएका छन् । अरुले नमाने पछि आफुले आफुलाई ठूलो बनाउँन पनि खोलिएका छन् । प्रायशः सबै जसो सँस्थाले नेपाली समाजको सजिलो प्रचलित प्रथा “स्वधोषणा प्रकृया”लाई अपनाएका छन् । कार्यक्रममा धेरै जसो आफैंले आफैंलाई सम्मानित गर्ने कार्यक्रम हुन्छन् । मान्छे फ्लोरमा भन्दा मञ्चमा बढी हुन्छन् । खादा र झल्किने मालाको बेपार पनि अमेरिकाको केही ठाउँमा राम्रैसँग चलेका छन् ।
अर्को झन् हास्यास्पद सत्य के पनि हो भने– यहाँका समाजसेवीे कोटको एउटा खल्तीमा माला र अर्कोमा खादा हालेर हिड्छन् । चर्पीमा छिरेर फोटो खिच्छन् र फेसबुकमा टाँस्छन् । फेसबुकको वाहीवाहीले ल्याएको आत्मरतिमा निदाउँछन् । त्यही निद्राको दङ्दङेमा आफूलाई महान् देख्छन् ।
अमेरिकामा नबिकेका यी महान् समाजसेवीहरु मातृभूमि नेपाल गएको बेला टाइसुट लगाएर अन्तर्वाता दिन्छन् । पत्रकारले पनि लिन्छन् सर्वसाधरणले पनि पत्याउँछ । सम्मान गरेर पठाउँछन् ।
मैले देखेको अर्को हास्यास्पद कटु यर्थाथ के पनि छ भने– एउटा सँस्थामा एउटै मान्छे वर्षौदेखि वर्षौसम्म अध्यक्ष हुन्छ । आफ्नो सँस्थाले केही नगरे पनि अर्को सँस्थाको कार्यक्रममा सधैं जान्छ । सधैं मञ्चमा हुन्छ । सधैं खादा र माला लाउँछ । सँस्था कता छ ? अरु सदस्य कता छन् ? को हुन् ? कसैलाई थाह हुदैन । विभिन्न सामाजिक संघसँस्थाका नाउँमा यसरी पगरी धारण गर्ने धेरै छन् । यथार्थमा त्यो पगरी भने “गधाको घाँटीमा महुवाको माला” जस्तो देखिन्छ ।
“जीवनको सम्पूर्ण अर्थ नै मानवताको सेवा हो ।” दार्शनिक लियो निकोलाभिच टोल्स्टायले भनेको यो वाक्यांशलाई आत्मामा राखेर निष्ठाले गरिने कार्य हो समाजसेवा । तर निष्ठा भनेको हात्तीका देखाउने दाँत जस्तो भएको छ अहिले ।
नेपालीले यी सबै जानेर पनि गरेका छन् । नजानेर पनि गरेका छन् । जान्नेभन्दा नजान्ने झन् जान्ने देखिएका छन् । केहीले नबुझेरै सबैथोक जानेका छन्, नजानेरै सबैथोक बुझेका छन् । यदाकदा ठ्याक्कै उस्तै लाग्छ चीनिया दार्शनिक कन्फुसियले भने जस्तै– “जान्ने बोल्दैन, बोल्ने जान्दैन” !
यी बाहेक नेपालीहरुले पत्रकारिता पनि गरेका छन् । जाने–बुझेकाहरु पत्रकारिताको न्यूनतम मर्यादाभित्र रहेका पनि छन् तर धेरै जसोले अमेरिकाको नेपाली पत्रकारितामा पनि “नबुझेरै सबैथोक जानेका र नजानेरै सबैथोक बुझेका छन् ।” पत्रकारिताको कखरा थाहा नभए पनि “साभार पत्रकारिता”को भरमा फलाना अनलाइनको प्रधान सम्पादक भनेर चिनिएका छन् । समाचार के हो र कस्तो हुन्छ भन्ने न्यूनतम ज्ञान नभए पनि ठाउँठाउँमा घाँटीमा खादा र छातीमा बिल्ला भिरेर यी पनि सम्मानीत भएकै छन् ।
यहाँभित्र एक अर्को अद्भूत रोचक सत्य छ । एक जुगमा एकदिन भने जस्तो अमेरिकाका धेरै नेपालीहरुको जीवनमा त्यो एक दिन आउँछ । खपिनसक्नु खुशीको दिन ! त्यो एक दिन मूतलः यी समाजसेवीहरु नै अत्यन्त खुशी हुन्छन् । ठूलो पार्टी गर्छन् ।
स्याम्फेनमा नुहाउँछन् । रक्सीमा डुब्छन् । नेपाललाई नै गाली गरेर मातृभूमि नेपालप्रति अगाध श्रद्धा देखाउँछन् । आफू बाहेक अरु सबैलाई खराब देख्ने सदाबहार वाँणीको बिगुल झन् चर्कोगरी फुक्छन् । देश बिगारे भनेर सबैलाई सत्तोसराप गर्छन् । यस्ता नेपालीको त्यो अथाह खुशीको महान् दिन हो– मातृभूमिको नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको दिन !
सायद विडम्बना नै भन्नु पर्छ …..लाई भन्दा देख्नेलाई लाज भने जस्तो गरी चलेका छन् अमेरिकामा नेपाली सामाजिक संघसँस्था र प्रत्रकारिता !
हालः बोस्टन, अमेरिका ।
के गर्ने येस्तो हो जय पशुपति नाथ को कृपा ले./. नेपाल लै कस्सैले पनि भित्रि मान्न ले गाली गरेको छैन . येदि त्यो गाली हो भने अदृश्य रुप मा नेता हरु लै हो जो नेता भनौदा हरु ले बुझ्नु पर्छ\. येदि साछी नै गाली गर्ने हो भने त त्यो व्यक्ति को पुरा नाम परिवर्तन भै सकेको हुनेछ.. मेरो विचार मा नेपालका नेता हरुले बुझ्नु पर्ने कुरा हो. यौटा कुरा भने अटल छ जुन कुरा मान्छे ले पाउंदैन अथवा पौने कुनै सम्भावना हुदैन तेसबेला त्यो कुरा को आलोचना मात्रै हुन्छा. तेइ हो यहाँ पनि. साएद शिव प्रकाश जी को पनि केहि गुनासो र मत भिन्नता होला नत्र किन तेस्तो तिखो प्रहार.
एकदम सान्दर्भिक लेख. अमेरिका वा विदेशको जुनसुकै देशमा भएका नेपाली हरुको वास्तविक चित्रण. यिनीहरुलाई अमेरिका चलाउन दिनुपर्छा, १० वर्ष पनि नलाग्ला अहिलेको नेपाल बनैदिनालाई. अब आफै विचार गर्नुस यिनीहरुको चर्तिकला. दुइलाख जनसंख्या मा २००० भन्दा बढी त संघथाननै होलान. तेस्मा पनि गुठबन्दि त कति कति गनी र भनि साध्य छैन. यिनीहरुले नेपालको बिकाश गर्लान भन्नु त उही साँढेको झर्ला र खाउँला जस्तै हो.
लेख अत्यन्तै यथार्थपरक छ , किन अन्यथा लिनु पर्यो र ? त्यो त सचाई पो होत , मैले पनि एक बर्स साउदीमा यन आर यनको केन्द्रिय कमिटिमा काम गर्ने अवसर पाएको थिए , हामीहरुको यो अवस्थालाइ बास्तबिकता ठानेर त्यसैमा रमाउने हो अरु त उपाय नै छैन |
मेरो व्यक्तिगत गुण भन्दा संगठनमा भएका साथीहरुको मानसिकता फरक पाएको ले अर्को पटक यन आर यनमा न रहने निर्णय गरेको थिए मैले पनि |
हाम्रो बास्तबिकता भनेको नै यो लेखमा बर्णन गरेको जस्तै हो र यसलाई अन्यथा लिनु पर्ने, या रिस रागले गर्दा लेखेको भनेर बुझ्नु पर्ने त लागेन है मलाई त, बाँकी पाठकहरु पनि धेरै ज्ञानी हुनुहुन्छ |
शिव प्रकाश जी तपाइको यो लेख तथ्यपरक र सान्दर्भिक लाग्यो / यो लेख र त्यसमा आएको विश्वभरि छरिएका नेपालीहरुको कमेन्ट हेर्दा Nepal बाहिर रहेका नेपालीहरुको वास्तविक चित्रण अझ प्रस्ट भएको छ / यो नै नेपालीहरुको पर्याय हो जो संसारमा जतासुकै गए पनि आफ्नो चरित्र प्रकट गरि हाल्छन / भर्खरै नेपालीको एउटा झुण्डलाई न्युयोर्क मेरा एकजना मित्रले यिनीहरु पक्कै नेपाली हुनुपर्छ भन्दा म छाँगा बाट खसे जस्तै भए / बेलायत देखि अमेरिका सम्मको यात्रा बाट पाएको उसको पहिचान गर्ने सक्ने अदभुत कला / के गर्ने हामी नेपाली ! आकाशमा फर्केर थुकेपछि मात्र थाहा पाउने कठै बिचरो नेपाली /
अमेरिकाका नेपाली समाजसेबीकाे सक्कली चित्र । अब चै सुधृन्छन् की ?
धन्यवाद लेखक ।
नेपालीको राजनीति बाँदरे प्रबिती जुनसुकै देशमा गएपनि विभिन्न राजनीति संघथन खोलुनु पर्ने आफनो देश त दुसुकुत बनायो त्यो रोग अझ नया ठाउँमा गएर पनि बिजारोपण गर्ने पर्ने /
अफ्नोदेश कुहिएको राजनीति ले जलस्रोत को धनि बनाएपनि धारमा हावा बाहेक नआउने / येही हावा बोकेर जाने नेपाली ले नेपाली विदेश मा राजनीति को अदाम्बरीमा शोसन गर्ने मात्र अवासय्क सर सल्ला को नामोनिसान छैन फुरसस्द छैन बनेर बेपता हुने यो नेपाली को जाति / समाज सेवा गर्ने नाटक मात्र हो अमेरिका मा साथी स्वास्नी पनि उडाएर लाने देश हो / अनि हामी विदेश मा बस्ने NRN को द्वांग फुक्ने सबै नेपाली लाई देखाउन को लागी कस्तो शिर उच्छा गरेको यो नेपाली ले /
सिब प्रकास जी का कुरा शत prsheeta न भनू धेरै यारथार्तापरक छन
अन्तिमको नागरीकता लिनु को खुशी, भय दोहरो नागरीकता को लागी मरी हत्ते गरेर लाग्नु पर्ने थियन
उमेरको हद पुग्न लागेका कैयन नेपाली बुडेश्काल्को मेडिकेयर र सोसल सेकुरिटी को लागी पनी त्यो हद सम्म पुगेका छन ,तर मर्न नेपाल नै जान चाहन्छन
“हास्यास्पद सत्यः अमेरिकामा नेपाली समुदाय र समाजसेवा” लेख पढेर क्रिया–प्रतिक्रिया गर्नहुने सबै पाठकहरुमा हार्दिक नमन ।
सामाजिक सञ्जाल तथा सञ्चारमा कुनै पनि विषयमा कुरा उठेपछि त्यसमा सचेत पाठकबाट भिन्न खाले बिचारहरु अभिव्यक्त हुनु स्वाभाविक हो । यस्ता कुनै पनि विचारलाई नकारात्म रुपमा लिनु हुदैन भन्ने मेरो धारणा छ ।
मैले यस लेखमा उठाएका कुराहरु मनगढन्ते पाराले कसैलाई होच्याउने र पूर्वाग्रही पनि नभई हाम्रो प्रवृत्तिकलाई हामी समक्ष देखाउने प्रयत्न मात्र गरेको हँ । यसमा मेरो अमेरिका बसाईको पन्ध्रवर्षे अनुभव र देखे–भोगेका कुराहरु नै उल्लेख गर्ने प्रयत्न गरेको छु । हुन सक्छ– लेख धेरै लामो हुने भएकोले केही कुराहरु नसमेटिएको पनि ।
अर्को कुरा के पनि हो भने म आफैं पनि जानेर वा नजानेर, निष्ठाले वा नियतले अथवा अभीष्ठाको भोकले कतिपय ठाउँमा संलग्न भएको हुँला । मैले मैमाथि पूवाग्रही भएर मेरै प्रवृत्तिलाई पनि उजागर गरेको हुँला । त्यसकारणले पनि यो कसैप्रति पूर्वाग्रह हैन भन्ने मरो बुझाई छ ।
अमेरिकामा बसेर हृदयदेखि नै नेपालको भलो चिताउने र राम्रो गर्न चाहने पनि हुनुहुन्छ तर गर्ने भन्दा गरेजस्तो गरेर आफ्नै अभीष्ठा पुरा गर्ने कति छन् यहाँहरु सबैलाई थाह भएको कुरा यहाँ व्यक्त प्रतिक्रियाहरुबाट पनि अनुमान गर्न सकिन्छ ।
जहाँसम्म लेख नकारात्मक भएको र लेखकलाई उपचार गराउने सल्लाह एक पाठकले दिनु भएको छ मेरो लेखको अनुच्छेद ११मा लेखिएको छ– “सबैखाले गरेर पाँचसयभन्दा बढी होलान् नेपालीका संघसँस्था अमेरिकामा १ यी मध्ये केही प्रशंसनीय र उदाहरणीय पनि छन् ।” सायद यसैबाट बुझ्न सकिन्छ, मैले प्रस्ट्याइरहनु नपर्ला । यसै प्रसंगमा मनोविद् युङ्गको भनाइ राख्ने अनुमति चाहन्छ– मलाई एउटा सद्दे मान्छे देखाइदेऊ, म त्यसलाई निको पारिदिन्छु । त्यसकारणले उपचार हामी सबैलाई चाहिएकाे होला ।
अर्को कुरा– कुनै कुरामा आफुलाई चित्त नबुझे त्यो दोष सामाजिक सञ्जाललाई दिनु भन्दा पनि आफ्ना विचार खुलासँग राख्नु र बहसमा ल्याउनु नै समाजिक सञ्जालको सदुपयोग हो जस्तो पनि लाग्छ ? हुन त आफूलाई चित्त नबुझे नकारात्मक सोच्नु पनि हामी मान्छेको स्वाभाविक प्रवृत्ति हो तर विकृति र विसंगतिलाई औल्याउनु सञ्चार माध्यमको धर्म पनि हो ।
जहाँसम्म एक पाठकले उठाउनु भएको पानीको बोटल, टोपी, गञ्जी र गोपाल कट्टुको प्रसंग छ त्यो प्रतीकात्म रुप र अर्थमा मात्र जोडिएको हो । त्यसको मूल रुप त हाम्रो चरित्र र प्रवृत्ति नै हो ।
अर्को एउटा अनुरोध– हामी नेपालीले हाम्रो सँस्कारको साँचो जनै र कन्दनी मै झुण्ड्याएर हिड्ने प्रवृत्तिलाई त्यागौ भन्ने पनि हो । सबैप्रति धन्यवाद ।
In summary, your article is contemporary and awakening for those who want to take it positively. Change should start within ourselves. Everyone should be honest within oneself in these days where the honesty, truthfulness, (real) love/happiness, and wisdom is lacking/deteriorating. The Nepali community (organization) leaders should work with sincerity (being accountable what they speak and do as well as producing their performance or financial reports). Small things (right or wrong doings by leaders) may bring large impacts. Character matters. It needs years to build one’s character and takes couple minutes to ruin it. Let us not be leaders just for cheap popularity. Think about BIG PICTURE. Leaders and people serving Nepali community who provide volunteer service should ego-free if they really want to serve the community. Please learn to make your sacrifice selfless and your reputation long-lasing and eternal, if possible. People want faith and trust with people who serve the community. SPEAK only whatever you can DO. While you hold a responsible position, general people remember your “word of mouth”, you may not. I am in U.S.A. for last 14 years and am cautiously giving my approval for advisory role only in reputed organizations. As author said, I have seen people holding several (advisory) positions without providing any creative role. They just want to be published in media. Worse, many of them want to create a false impression among their friends and public via social medias (e.g., facebook, twitter etc.) without providing any substantial contribution to the society. People who have quality do not do such kind of things. As a matter of fact, we need to adhere to bylaws of the organization we have approved; many leaders do not do it (as author said) either they want to just skip it or do not have much understanding of English. The business meetings in many of the organizations have been egocentric in order to fulfill/approve their agendas. They discuss, argue, shout and finally it ends up with factions within the organization/committee. In turn, this has been counterproductive to attain the mission of organizations. Rather it has been a venue to promote their personal agendas, honoring themselves and their near/dear, publishing in media etc. Please note that public do not care much about publishing in medias and getting cheap popularity (which is short-lived) if the TRUTH does seem sour in future or long-run. So good leaders should purify their character (honesty, truthfulness, accountability, adhering to bylaws, code of ethics etc.) first and take up steps afterwards.
अमेरिका को नागरिकता लिई सकेपछि त्यहि को राजनीति गर्यो भने राम्रो हुन्थ्यो . आफु ले छोडेको ठाउँ को राजनीति गरेर समय को बर्बादी हो जस्तो लाग्छ. समाज सेवा जता गरे पनि राम्रो हुन्छ .
यतिमात्र कहाहोर, आफु पदमा पुग्नाकोलागी अरुकोमानहानी गर्न पछिपर्दैनन, अरुलाइ दुख्खादिन, अनाबस्यक हल्लाफैलाउन, सानो झुण्ड निर्माण गरि त्यसबाट सम्मान प्रमाणपत्र थाप्न निकै अगाडी बद्छन.
नेवारी मा भन्ने गरिन्छ “बुसिं बानि सी से ले तानी” अर्थ: “जन्मदैको बानि मरेपछि हराउछ”
लेखकको यो सहासिक खोज पूर्ण लेख को लागि धन्न्यबाद त अबस्य पनि पकाउनु भयको छ कृपया मेरो पनि आदरापूर्ण धन्न्यबाद स्विकार्नुस
“नेपाल जाँदा हातमा पानीको बोटल, टाउकामा अमेरिकी ह्याट, छातीमा अमेरिकन झण्डा पोतिएको गन्जी र गोपालकट्टु (हाफपेन्ट भन्दा अलि लामू पेन्ट भन्दा छोटो कट्टु) लाएर अमेरिकन बनेर अँग्रेजी नमिसाई नबोल्ने कति चटकीहरु अहिले एन आर एनको उमेद्वार बनेका छन्”
१. हातमा पानीको बोतल किन नहुनु त नेपाली पत्रिकामै प्रत्येक दिन जस्तो पानीमा प्रदुषण बारेमा प्रसस्त लेख्नुहुन्छ. नेपाल मा राम्ररि बिचार गरेर हेर्नेनै हो भने विदेश बाट आउनेले बोटलको पानि पिएको कुरा खुब गर्नु भयो तर हाम्रो देशको कुन चाहि कुना होला बोतल को पानि नबेच्ने, मेरो ब्यग्तिगत बिचारमा त विदेश बाट आउने हारले बोतल को पानि भन्दा उमालेको पानी पिउने गरेको सुन्छु, बरु बिपरित देख्न पाइछ प्रसस्तै, बोतलमा पानि जसरि नेपालमा बेचिन्छ त्यो मात्र ले पनि अड्कल लगाउन सकिन्छ बोतलको पानि कसले पिउने गर्न थालेकोछ भनेर. स्वास्थ्य हुन् को लागि गर्नु कुनै नराम्रो कुरा होइन?
२. नेपाल मा हुने हामि नेपाली ले पनि टाउकोमा ढाका टोपी लगाएको देख्न पाए कति मजाले तपाइको यो लेखको सार्थक हुने थियो, त्येसैले कसले कस्तो टोपी लगायो भनेर किन खेदो काट्नु ?
३. छातीमा अमेरिकन झन्डा भएको गन्जी लगाएको मा पनि यहा लेखक ज्यु लाइ सार्है मर्का परेको रहेछ, तपाइँ आफै डुल्नुस त लुगा बेच्ने पसल नेपालका कुनै पानी सहर वा बजारमा कत्तिका भेटिन्छन हाम्रो मौलिक नेपलित्वो झल्किने गन्जी बेच्न राखेका बरु एसको बिपरित विदेशीकै लागि भनेर बेचिने पसल हरुमा भेट्नु हुन्छ हाम्रा नेपालि पनका सर सामान, के गर्नु बिडम्बना हामि नेपालीलाई अर्काको चियो चर्चामै दिन खर्चन आनन्द … खै कुन्नि किन ….
४. गोपाल कट्टु को बारेमा भने सहि हो नेपालमा कट्टु लगाएको भेट्टाउन मुस्किलै हुन्छ खै कुन्नि किन हो लेखक तपाइँ आफै अनुसन्धान गरेर अर्को लेख लेखुस न है, टन्टलापुर घाम होस् त्येही विदेशीले सिकाएको पतलुन पसिनाले लुछुर्पै भिजाउदै भएपनि लगाउनु पर्ने
५. अंग्रेजी मिसाएर कुरा गर्ने कुरा भने पत्त्याउन गाह्रो भयो कारण नेपालमा रास्ट्रीय समाचार भन्ने हरु समेत यो रोग बाट मुक्त छैनन् साथि तपाइँ नै भन्नुस अंग्रेजी नाघुसाई बोलेको कुनै समाचार दिशा निर्देश होस्सु या “फाएर साइड” (कार्यक्रमको नामै अंग्रेजीमा ) के नेपालमा समाचार सुन्ने T V हेर्ने सबैले अंग्रेजी जान्दछन?
साझा सवाल जुन कार्यक्रम भन्नेनै हो भने बिदेशी हो तर संचालकले अंग्रेजी मिसाएको सुन्न पाउनु हुन्, कुनै पनि कार्यक्रम होस् भेला होस् उदघोसक हरु जानी नजानी अंग्रेजी नमिसाइ बोल्दै बोल्दैनन चाहे त्यो जुम्ला होस् या पोखरा, भोजपुर कतै पानी अंग्रेजी नजान्नेलॆ चाहि हिन्दि भने पनि मिसाई हाल्छ/
६. अब आयो सस्था र सस्था का सभापति र अनन्य सदस्यको कुरा, माथि भने जस्तै “बुसिं बानि सी से ले तानी” जुन सस्कार मा हुर्क्यो तेही आनी बानि लाइ दैनिक जिबन प्रयोग गर्नु कुनै नौलो कुरा होइन तर तपाइको लेख मा जेकुराको उत्खनन गर्नु भएकोछ तेस्ले प्रस्ट पार्छ जसले एस्तो गरेकाछन के का लागि र कस्ता ले गरेका छन साएद तपाईला लेख्न अप्ठेरो लाग्यो, बरु अमेरिका बसेकालाई भनेर होच्याउने प्रयास भने गजबले गर्न खोजेको छ भनेर प्रस्ट बुझिन्छ, एस्तो प्रतिसोधात्मक लेख लाइ यो सामाजिक संजाल मा न बिकाउनुस “उही नेपालि पारा” जस्तै भन्दिन भनेको करै लाग्यो
बरु ओमन नै ठिक रहेछ . ८ घण्टा काम ८ घण्टा घुमघाम ८ घण्टा आराम .
आफु त खाडीको १२ घन्टे काममा परियो काहा आराम कहाँ काम / बिहान घाम नाझुल्किदै काममा गयो भने बेलुकी घाम अस्ताए पछि कोठामा पुगिन्छ / कि सुत्यो कि काममा अन्य काममा फुर्सदै हुन्न / यो समाचार पनि कामको ब्रेक बेलामा एसो मोबाइलमा हेरेर नेपालका गतिबिधि बारे जानकार होइन्छ /
त्यस्तो ठाउँ गएर खर्चगर्नु भन्दा नेपालमा आफु पढेको बिद्यालयका साना नानीहरुकोलागि कापी, कलम, हुर्कदै गरेका केटीहरुलाई शौचालयको व्यवस्था गरे कति राम्रो हुन्थ्यो|
यहि सोचेर आफु तराईबासी पहाडेले गाउको बिद्यालयमा गएर कुरा गर्न खोजेको झन्नै मारेनन्, हाम्लाई गरिब सोचेको भनेर!
भुत्राको समाजसेवा? उही दिलशोभाको जस्तैहाल होला भन्ने डरले लगेको केहि £ आफैलाई खर्च गरे!
सब्बै धनि नेपालीको जय होस्!
नेपाली संस्था हरु बेलायत मा कति छन् त्यो त मलाई पनि थाहा भएन ! पहिला नेपाली समाज बेलायत भन्ने थियो , पछि गएर धेरै जातिले आफ्नो जातको नाम मा समाज खोल्न थाले ! अहिले अनगिन्ति पुगेको छ ! यिनीहरुको मुख्य उद्देश्य चाही राजनीति गर्नु नै हो , कसैको सेवा गर्नु संग यिनीहरुलाई वाल मतलब छैन , पाए आफ्नै सेवा चाही गर्छन !
माथि साथीहरुले अस्ट्रेलिया, बेल्जियम , मलेशिया मा पनि तेस्तै अवस्था छ भन्ने लेख्नु भयो , हामी नेपाली हौ र हाम्रो संस्कार नै तेस्तै छ , जहाँ गएपनि हामी आफ्नो पारा छोड्दैनौ ! नेपाल मा नै बसेर राजनीति गर्नु नि बरु विदेश गएर पनि एस प्रकारको राजनीति किन गर्नु पर्यो ? मलाई लाग्छ सबै ठुला र सच्चा नेपाली नेता हरु राजनीति गर्न विदेश तिर लागेछन, तेसैले नेपालमा राम्रा नेताको खडेरी परे जस्तो छ !
म पंक्तिकारको कुरामा शतप्रतिशत सहमत छु , हो येस्तै छ नेपाली हरुको चाला विदेश तिर !
लेख सही र सत्थ छ, यो अमेरिका’को मात्रै हैन यूरोप मा पनि यस्तै गर्छन । हामी नेपाली को स्प्लित multiple personality को राम्रो लेख लेखनु भा’रैछ ।
“यहाँभित्र एक अर्को अद्भूत रोचक सत्य छ । एक जुगमा एकदिन भने जस्तो अमेरिकाका धेरै नेपालीहरुको जीवनमा त्यो एक दिन आउँछ । खपिनसक्नु खुशीको दिन ! त्यो एक दिन मूतलः यी समाजसेवीहरु नै अत्यन्त खुशी हुन्छन् । ठूलो पार्टी गर्छन् । स्याम्फेनमा नुहाउँछन् । रक्सीमा डुब्छन् । नेपाललाई नै गाली गरेर मातृभूमि नेपालप्रति अगाध श्रद्धा देखाउँछन् । आफू बाहेक अरु सबैलाई खराब देख्ने सदाबहार वाँणीको बिगुल झन् चर्कोगरी फुक्छन् । देश बिगारे भनेर सबैलाई सत्तोसराप गर्छन् । यस्ता नेपालीको त्यो अथाह खुशीको महान् दिन हो– मातृभूमिको नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको दिन !” शिव प्रकाश जी को लेख बाट साभार ।
बेल्जियम मा पनि यस्ता मान्छे हरु छ्याप छ्याप्ती छन् है / अरुको पैसा खाएर लुकी लुकी हिड्ने मनुवा हरु पुरस्कारको प्रयोजन गरेर माला भिर्छन / नेपाल गएर सम्मानित हुन्छन , यहाँ चाही फोन समेत उठौदैनन पैसा तिर्नु पर्ने साहु को फोन हो कि भनेर / संसार भरि कै नेपाली जाती को पहिचान हो जस्तो लग्यो यो प्रबृत्ति /
नेपालीहरु जहाँ गएपनि किन एकै किसिमको ब्यबहार देखौछन? कारण हो उनीहरु एकै किसिमको को कल्चर मा हुर्किनु. अब उनीहरुको जन्म र पालनपोषण जुन संस्कृतिमा भयो जे सिके त्यहिगारे. हो हामीलाई अनौठो लग्यो होला. हरेक नया समाज पुरानो समाजको गर्भबाट जन्मन्छ त्यसैगरी हरेक नया पुस्ता पुरानो पुस्ता बाट जन्मन्छ त्यसकारण सोचौ हाम्रा पुराना पुस्ता ले हामीलाई के सिकाएका रहेछन र सबैकुरो भएर पनि नेपाल केहि नभएको देश किन बन्न पुग्यो भनेर राम्रो बानि व्यहोरा र सभ्य भैदियेकाभाये आफ्नै देशमा पौरख गरेर बस्ने बाताबरण बन्नेथियो र अरुमाथिको आश्रित हुनुपर्ने थिएन हामी हाम्रा पुर्खाले दिएका कल्चर को पिडा भोगिरहेकाछौ पुराना शासक हरुले फुटाएर साशन गर्न जुन कल्चर को बिजारोपण गरे त्यो हटेन शासक गए शासन गर्ने पद्दति गएन पुस्ता फेरियो विचार फेरिएन.जटिल प्रश्नहरु छन् केवल गुनासो गरेर यो मेटिने वाला छैन. येस्कोलागी बैचारिक परिवर्तन को आवस्यकता छ त्यसको लागि दिर्घकालिन योजना बद्ध कार्यक्रम चलाउन सक्नु पर्छ. अस्तु:
बर्मा गयो कर्म संगै , नेपाल गयो कपाल संगै भनेको साचै रहेछ . लालसलाम भन्दा अपराध नै हुने भयर हो कि त्यो चाही सुनिदैन तर यहाका केहि मुखियाहरु भेट हुँदा र फोनमा पनि जय नेपाल भनेको सुन्दा नेपाल बिगार्नेहरू यहि आए छन् भन्ने थाहा हुञ्छ.
मा गरीब देश को गरीब परिवार मा जन्मेको मान्छे हो म आफ्नो गरीब परिवार लाई माथि उकास्न खोज्छु . मलाई धनि परिवार मा गएर धनि परिवार को सेवा गरेर बस्न चाहन्दैना . म आफ्नो परिवार कुनै दिन राम्रो होला भनेर सोच्छु . म आफ्नो देश Nepal कुनै दिन राम्रो होला र राम्रो बनाउन चाहन्छु . सबै नेपाली हरु ले आफ्नो देश नेपाल लाई छोडेर अरु देश को नगरीक बनिरहेछ र अरु छिमेकी देश को नगरीक हाम्रो देश को नगरीक बन्दै आइरहेको छ . अब कुनै दिन नेपाल मा नेपाली हरु नभै बिदेशी हरु को राज्य हुन सक्छ .
सहिकुरा पनि देखियो तर अलि अपुरो भयो. नेपाली हरु आपस मा झगडा गर्छन जसको मुख्य कारण नेपाल को राज नीति हो. अब मान्नु एकछिन् को लागि नेपाल मा दल बिहिन मात्रै होस् त यो अमेरिका को झन्डै आधा जति संग्संथा त आफसेआफ बन्द हुनेछ. किन कि जसले जे भनेपनि संस्था खोल्ने अनि झगडा गराउने remote control त नेपालका नेता हरु को हात मा नत्र किन नत्र किन एकजना नेता अमेरिका आयो कि त दर्शन गर्ने को भिड हुन्छा. अर्को कुरा येदि नपाल मा अर्को पार्टी हरु जन्म्यो भने फेरि अमेरिका मा पनि बढेर जाने छ संग अनि संस्था हरु. यो सबै को जरो नेपालका नेता हरु हो.
बरु एउटा कुरा के भने कतै शिव प्रकाश जी पनि एती बसेर राजनीति गर्ने बिचारमा त हुनु हुन्न? नत्र येसरी चित्त नबुझेको कुरा लेख अलि राम्रा कुरा हरु पनि भएको भए राम्रो हुन्थ्यो किनकि जो मान्छे ले धेरै खाली आलोचना गर्छ तेसैले नै संस्था खोलेको मैले सुनेको छु.
जानकारी भया
यति मात्र हो र? दिनभरी क्लिनिङ्ग काम गर्ने मान्छे, बेलुकी कोठा पुगेपछि नेपाल चलाउने कुरा उही गर्छ !
शिब प्रकाशजी
यी येस्तै हुन् भन्ठान्ने , आफु त् तेस्तो हैन भन्ने लाग्छ भने अलि छेउ मा बस्ने र आफुलाई फरक ठान्ने | तेस्तै भैदिनु पनि नसा हो , म त् तेस्तो हैन भन्ठान्नु पनि नसा हो , यो लेख्ने पनि नसा मा छ , पढ्ने पनि नसा मै हुन्छन |केहि फरक छैन सिब प्रकाश जी |
समाज मा कोइ आफुलाई जेन्टल म्यान भएको अभिनय गर्न रुचाउछन , जो सिद्द हस्त छन् ति न बोलेरै आफ्नो काम सिध्याउछन , कोइ कोइ लाइ टाइम मा बोलेर आफ्नो काम सिध्याउने बानि हुन्छ , कोइ छुचो मुख गरेर आफ्नो कुरा राख्छन | आखिर सबैले आफ्नो काम गर्ने हुन् , सैली फरक फरक हो |
कोइ खुकुरी सिधै गर्धन मा हानेर मार्छन , कोइ हलाल गरेर , हत्या हिम्सा न गर्ने एउटा कुरा हुन्छ अब मार्ने नै हो , मारिने मर्ने नै हो भने परिणाम त् एकै हो |
तात्पर्य अरु एस्तो भयो बा भए भनेर टाउको न दुखाउनुस त्यो अरुको समस्या भो |
आफु लाइ कस्तो राम्रो लाग्छ तेस्तै बन्नुस | कागज मा सानो नोट लेखेर राख्नुस , म ग्यारेन्टी दिन्छु जति राम्रो छु भनेनी कुरा काट्ने निस्की नै हाल्छन |
जो जस्तो ब्याक्ग्राउनद बात आ छ तेस्तै कुरा गर्ने हो | फेरी पनि आस्चर्य मान्ने अधिकार छैन मानिसलाई | उ पनि तेही हो | फरक छ त् खालि भगवान मात्र |
शिव ज्युले देख्नु भएको र लेख्नु भएकोकुराहरु माथि मेरो आफ्नो धारणा राख्न चाहन्छु /
वहाँले लेख्नु भएको सत् प्रतिसत कुराहरु मेल खान्छन जहाँ र जुन बिदेशी मुलुकहरुमा धेरै नेपालीहरु बसोबास गर्छन / म पनि केहि साल पहिले साइप्रसमा थिएँ र नेपलिज फ्रेन्डसिप सोसाइटी अफ साइप्रस भन्ने संस्थामा अवध थिएँ / कमिटि को धेरै ठुलो प्रयास स्वरुप संस्था विधिवत रुपमा दर्ता गर्न सफल पनि भयौं / त्यसको एक साल पछि एन आर एन साइप्रस पनि विधिवत रुपमा दर्ता गर्न सफल भए कमिटिका मित्रहरु /
त्यस बखत साइप्रसभरि लगभग २००० जति नेपालीहरु थिए होलान / यी दुइ संस्थामा पद ओगट्नको लागि अनेक बवाल मच्चाउने हरु निक्लिए, जाल झेल अनि, एकले आर्कालाई भए नभएको आरोप लगाउने, बद्नाम गर्न खोज्ने हरु देखिए / कमिटि गठन गर्दा चुनाव गर्नु पर्ने स्थिति हुने गर्थ्यो /
हाल आएर जव नेपालीहरुको संख्या मुस्किलले ४०० – ५०० मा झर्यो यी दुइ संस्थाहरुको अस्तित्व संकटमा परेको छ कमिटीमा बस्ने पधाधिकारीहरु नभएर / नेपालीहरुलाई ज्यु ज्यु गर्नु पर्ने सम्मको अवस्था हुन्थ्यो अध्यक्ष्य बनिदिनु पर्यो वा यो पदमा बसिदिनु पर्यो भनेर /
एन आर एन साइप्रस अझै सक्रिय , अस्तित्वमा छ र जसो तसो साथीहरुले राम्ररी चलाउदै हुनुहुन्छ तर एन एफ एस सी को अस्तित्व छ या छैन थाहा भएन / यी सब खेलहरु धेरै संख्यामा नेपालीहरु भए मात्रै हुने हो जस्तो लाग्छ /
लु भो शंकर जी यस्तो कमेन्ट गर्ने पनि नशा नै हो बिहान चिया पिउनु त्यसपछि खाना खानु त्यसपछि नास्ता फेरी साझ खाना खानु पनि नशा नै हो …दिशा गर्नु पिसाप फेर्नु पानि पिउनु सबै नशा हो (तपाइको भनाइमा) किनकि यो सधै गर्छन ..फरक यत्ति हो कसैले चिया कपमा पिउछन कसैले गिलासमा ..खाना खादा कोहि कुर्सीमा बस्छन कोहि गुन्द्रोमा ….प्राय रातिमा सबै सुत्छ्न फरक यत्ति हो कोहि ८ बजे कोहि १० बजे कोहि १/२ बजे …यो सबै यी यस्ता कुरा हरु सबै नशा हो भनेर भन्न त मिलेननी कि पार्वती संग बाट मार्दै गाजा धतुरो तान्दा झ्यापमा के लेखे के पत्तै पाउनु भएन मित्र ….
गोबिन्द जी
सिब नसा मा हुदा शंकर न हुने कुरै भएँन | म पनि यहि लोभी पापी मध्येकै हुँ|
चिया पिउनु पनि नसा हुँन सक्छ ( दिन को २,३ कप भन्दा बढी भयो भने ) , खाना खाने पनि नसा हुँन सक्छ मात्रा भन्दा धेरै भए , जसले रोगलाई निम्त्याउछ |
यहा भन्न खोजिएको कसैलाई सरिफ देखिने र हुने नसा , कसैलाई राजनीतिको नसा आदि
यी दुवै हानिकारक हुन्छ भन्न खोजिएको |
अँ गाजा कै असर हुनुपर्छ , ठिक भनेकु छु भने त् राम्रै असर मान्नु पर्छ नि ?
…..लाई भन्दा देख्नेलाई लाज भने जस्तो गरी चलेका छन् क्यानाडामा पनि !
एउटा शेरचन नाम गरेका मित्र पनि अति ठुलो भएर बहुत विद्वानहरुका बडा नेता भएका छन् ! यिनको भाषण सुन्दा आफै शिर निहुराउनु पर्ने हुन्छ लाजले ! यिनको अंग्रेजी मिसिएको भाषण र यिनको फुर्ति हेर्दा अर्कै किसिमको मज्जा हुन्छ शिर नै निहुराउनु परे नि !
यिनी जस्ता दिलदार दानी अरु छैन जसरी बल्ल बल्ल घण्टा गनेर ल्याएको पैसाले खुबै पुरस्कारको प्रयोजन दिन्छन ! बोलि कति खरो छ भने भनि साध्य छैन !
शिव प्रकाश जी को विचार सत प्रतिसत सत्य छ ।
यस्तो समस्या अमेरिका मा बस्ने नेपाली को मात्र नभएर संसार को जुन सुकै मुलुक मा बस्ने नेपाली हरुको हो । यो त हाम्रो संस्कार नै हो ।
मुख्य समस्या के हो भने हामी कोहि कसै भन्दा सानो हुन खोज्दैनोउ । हामी भित्र जुन प्रकार को इर्श्या को बिकाश भै रहेको छ त्यहि नै समस्या को जड हो । फलानो र तिलानो ले जे गर्यो हामी पनि त्यहि काम गर्दै छौं , उसले गरेको काम गलत जान्दा जान्दै पनि । हामी उसैको पछि लाग्दै छौं तर सामाजिक बहिस्कार गर्न सक्दैनोउ ।
तुलनात्मक रुप मा अमेरिका भन्दा सानो समाज भए पनि अस्ट्रेलिया मा पनि त्यहि समस्या छ । आखिर हामी जन्मेको र हुर्किएको परिबेस बाट हामीले पाएको शिक्ष्या नै त्यहि त हो । “बर्मा गए कर्म संगै” भने जस्तै हामीले पाएको शिक्ष्या पनि त हामी संगै पछि लगेर जाने नै भयो नि ।
शिव सर, तपाईले यहाँ एकदम सहि र रोचक प्रशंगको वकालत गर्नु भएको छौ | युरोप र अमेरिकातिर रहेका केहि शिकक्षित नेपाली वर्गहरुमा त यस्तो बिकृति पाईन्छ भने, अरु खाडी मुलुकहरुमा लाटाको देशमा गाँडो तन्नेरी भने झैँ यस्ता कति छन कति ? हुन त आफु नेपाली भएर अर्को नेपालीको यसरी गुण-गुण गर्न नमिल्ने हो तर आफ्नै भन्नेहरुदेखि सुरकक्षित हुन सारो भएपछि के नै गर्नु र ?
शिव प्रकाशजी, धन्यबाद अमेरिकामा बस्ने नेपालीका संघ संस्थाको यथार्थ चित्रण गरिदिनु भएकोमा | संघ संस्थामा लाग्ने नै केहि गर्न होइन खादा लाउन र नेपालबाट आउने लुच्चा नेताको नजिक परेर अरुको अगाडी देख्ने सुन्ने बन्न हो | नेपालमा पनि फेरी तेस्तैको वाहवाही चल्छ यो पनि बिडम्बना हो | कति तोरिलाउरेहरु त अमेरिकाबाट आएको भन्दा ओबामालाई नै जस्तो गरेर भाउ दिन्छन | नेपालकै लागि गर्न मन छ भने नेपाली रेडियो चलाउन, TV चलाउन, नेपाल सम्बन्धि अनुसन्धान संस्था खोलून, नेपालको पर्यटनमा सघाउ हुने कार्यक्रमहरु गरुन, खालि दुइ पैसे काम गरेर खादा र माला लाउने अनि अर्काको खोइरो खन्ने काम मात्र नगरुन | तेसैले बुझ्नेले यस्ता संघ संस्थासंगको संलग्नता मन पराउन छाडी सके |
यता अस्ट्रेलिया मा नी तेस्तै हो , टोल टोल मा नेपाल society र संघ हरु छन् , नेपाल को ७५ जिल्ला को संघथान हरु छन् , नेपाल को प्रतेक जात जति को organization छन् , अनि प्रतेक पोलिटिकल पार्टी को भात्री सघथान छन् , लाग्छ नेपाल ,मा भय जति को चिज येहे छ , तर सबै को मतलव , नेपाली community मा अलि सान र मान पौने दाउ,
यहाँ यूके मा त्यो भन्दा ३ गुना बढी छ जस्तो लाग्यो, जस्तै
१) बर्पाक घले हरु को समिति( बर्पाक कत्रो होला र त्यो गाउ का मान्छे हरु यूके मा कति होलान र घले हरु को मात्रै संगठान चाहिएको होला?)
२) पोखरा रामबजार निबासी क्षेत्री हरु को संगठान.
३) हर्लिन्ग्तन नेपाली समाज
४) हेज निबासी भूपू गोर्खा हरु
५)हंस्लो निबासी भूपू गोर्खा महिला संघ
५) विजयपुर बासि गुरुङ समाज
६) फक्स्टोन नेपाली समाज
७) क्षेत्री समाज
८) तमुधि लन्डन समाज अनि तेस्को लन्डन मेट्रोपोलिटन भित्र का सबै काउन्सिल मा एकाइ अनि सबै जात जाति अनि पार्टी हरु को तेस्तै समाज
९) तेही अनुसार को पार्टी हरु को पुरा यूके को एउटा संगठन अनि यूके का सबै ठाम शहर हरु मा तेस्को एकाइ,
नेपाली ले झैँ इन्डियन हरु ले ( इंडिया नेपाल भन्दा धेरै गुणा बढी जनसंख्या, क्षेत्रफल ,बहुभाषिक देश भएको र इन्डियन हरु यूके मा नेपाली भन्दा धेरै गुणा बढी भएको) संगठन बनाउने हो भने इन्डियन हरु को कस्तो हुन्थ्यो होला? नेपाल बात इन्डियन हरु ले सिक्न पर्ने तेही हो कि?
अपबाद स्वरुप यूके बसी को १४ बर्ष मा म भने कुनै पनि संगठन को सदस्य छैन र तेस्प्रती रुचि छैन. सबै नेपाली को निम्ति पुरानो सस्था येति नै काफि छ.
शिवको प्रकाश अलिक धमिलॊ भो जस्तॊ लाग्यो!
नेपाल को नाम जगतमा चिनाउने जमात हरु को बारेमा मौन भएको देख्दा!
तितो यथार्थ | बडो गजबसंग व्यंग्य हान्नु भएछ |
यो बर्णन संग मेल नखाने कुनै शहर भए बताइदिनुहोला त्यतै बसाइ सर्न हुन्थ्यो |
लेखक ज्यु, तपैले सबै नकारात्मक मात्र देखु भयो जस्तो लग्यो . यस्तो नकारात्मक मात्र देख्ने रोग लागेको पनि हुन सक्छ. उपचार गरायो भने यो रोग निको हुन्छ . तपाइको लेखन सैली राम्रो छ . सकारात्मक भएर, रिस, बैरभाव नराखी अनुसन्धानात्मक (स्रोत खुलेको) लेख लेखुनु भएमा हामी पाठक लै आनन्द साथै सूचना दुवै पौने थियौ… जय होस् .. नेपाल को जय होस् … सबै को जय होस् …
अमेरिका जति बेलायतमा हाम्रा जनसंख्या र छेत्रफल नभए पनि गोर्खाली इतिहासको कुरा भने पुरानो र धेरै महत्वपूर्ण छ I बढ्दो चाप र समयले हामीलाई ए र बि मा केहि फरक छैन ‘शिव’ ज्यू I यहाँ पनि नेपालीपन उस्तै नै छ, ”बल्ल-बल्ल केरा पायो, बोक्रै…..” भने झैँ I सलाम छ मेरो सहि औल्याउनु भएको सत्य कुरामा अब केहि सोच्ने हो कि त सबैले ?
शिवजी को लेख एकदम रमाइलो र वास्तविक लग्यो/ तपाईले अमेरिका को कुरा गर्नु भयो तर बेलायतको पनि कथा त्यहि हो, मात्र पात्र र मंच फरक हो / त्यहि को जस्तै संघ संस्था, अध्यक्ष्य, सदस्य, अनि बेकम्मा पत्रकार/ मलाई त तपैले बेलायत को कथा लेख्नु भए जस्तो लग्यो/ जे भए पनि तितो यथार्थ लेख्नु भयो /
सबै नराम्रा कुराहरु मात्रै देख्नु भएको रहेछ लेखक जी ले / अरुको रिस ले संस्था खोलेका धेरै छन् भन्नुभएको रहेछ / कुरा ठिकै होला / म कुनै पनि संस्था को सदस्य होइन , तर मलाई यो लेख पनि रिस – राग ले नै लेखनु भाको जस्तो लग्यो / नत्र अमेरिका आउने जति पछुताउने भए कि नेपाल नै फर्किनु पर्ने भो / मैले सुनेको शिब प्रकाश जी ले लेखनु भाको होइन भने त केहि भन्नु छैन ……………………………./
यहाँ अष्ट्रेलियामा पनि यो भन्दा चर्को छ हौ शिव प्रकाश ज्यु .
जाहा गयानी नेपालिहरु हुन् आफ्नो पहिचान छाड्ने कुरो औन्नानी
सबैको जय होस्
कस्तो एना जस्तोगरि छर्लंग हुने गरि लेख्नु भयको |
मलाई मन परेको सब्दावालीहरु.
“यस्ता नेपालीको त्यो अथाह खुशीको महान् दिन हो– मातृभूमिको नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको दिन !”
“वास्तवमा सोचेको अमेरिका भोगेपछि भेटिदैन, भोगेको अमेरिका सोचेकै हुदैन” यहाँका समाजसेवीे “कोटको एउटा खल्तीमा माला र अर्कोमा खादा हालेर हिड्छन् । चर्पीमा छिरेर फोटो खिच्छन् र फेसबुकमा टाँस्छन् । फेसबुकको वाहीवाहीले ल्याएको आत्मरतिमा निदाउँछन् । त्यही निद्राको दङ्दङेमा आफूलाई महान् देख्छन् ।”
सहि बिस्लेशन लाग्यो. अझ नेपाल जादा आफ्ने घरमा खाने-बस्ने गर्ने आफन्तले अमेरिकामा कतिबेला फोन नै उठाउदा रहेनछन/ केहिले त फोन उठाउदा पनि डलर चाहिन्छा जस्तो गर्छन/
शिव जी अमेरिका मा रहने नेपाली हरु मा तपाई ले उल्लेख गरे जस्तो कुरुति भए पनि रिति का कुरा भने बिर्सनु भो …
मलाई नेपाली टोपी जसले लगाए पनि राम्रो लाग्छ …. “नेपाली अमेरिकन” ले लगाउदा झन् राम्रो …. नेपाल को चिन्ता जसले गरे पनि राम्रो ….
नेपाल मा बसेर जन्म भुमि मा काम गर्नु अति उत्तम तर बेरोजगार भै जुवा ताश खेलेर र नेता सरापेर बस्नु भन्दा अमेरिका मा सातै दिन १२ घण्टा घोतिनु नै बेश हैन र ? कम्ति मा देश न सपरे पनि बिगारे को त छैन .
कोहि अमेरिका मा राजनीति गर्छन, संघ संस्था खोल्छन, खोलुन … नेपाली को लागेको बनि न हो – येदि तेस्ता संस्था ले गैर कानुनी काम गरेका छन् भने police मा खबर गरौँ |
तेसै ले कसै लै देश छोड्ने मन छ, नागरिकता छोड्ने मन छ छोदुं … तर नेपाल लै माया गर्छु भन्ने वा माया गर्ने पनि अधिकार छ … आनेथा सम्झिनु हुदैन
हाहाहा कति हाँस्नु हो शिब प्रकाश जी लाइ मान्नुपर्छ हो …सत्य तथ्य तर जो जस संग सम्बन्धित कुराहरु छन तिनीहरुलाई साह्रै अमिलो चुक भन्दा अमिलो ..चुक बरु मुखमा हाल्दिए पनि पिएर भएपनि पचाउलन यो तिखो शब्दहरु पचाएछन भने आकाशतिर फर्किएर थुक्दिनुहोला अब कमेन्ट पढ्न पो मजा आउला जस्तो पो लाग्यो गाठे….
यहाँ बेल्जियम मा पनि ठ्याक्कै यस्तै छ! लेखकले बेल्जियम को कथा लेख्नु भएको त हैन !!!!!!!!!!!!!!!!
NRN का टाउकेहरुले आफ्नो आर्थिक, ब्यबसायिक हितको लागि सामान्य प्रबासी नेपालीहरुलाई प्रयोग गरि रहेकाछन भन्ने सामान्य कुरा पनि बुझ्न नसक्नेहरु वा NRN का टाउकेहरुका दायाँ-बाँया उभिएर फोटो खिचाउन पाउनु अहोभाग्य ठान्नेहरु NRN का नेता !
…….यहाँका केहि स्वनामधन्य नेता नेतृहरु ब्यागमा माला र खादा हालेर हिड्छन् । चर्पीमा छिरेर फोटो खिच्छन् र फेसबुकमा टाँस्छन् । फेसबुकको वाहीवाहीले ल्याएको आत्मरतिमा निदाउँछन् । त्यही निद्राको दङ्दङेमा आफूलाई महान् देख्छन्……
……..पत्रकारिताको कखरा थाहा नभए पनि “साभार पत्रकारिता”को भरमा फलाना अनलाइनको प्रधान सम्पादक भनेर चिनिएका छन् । समाचार के हो र कस्तो हुन्छ भन्ने न्यूनतम ज्ञान नभए पनि ठाउँठाउँमा घाँटीमा खादा र छातीमा बिल्ला भिरेर यी पनि सम्मानीत भएकै छन् ……..
……प्रायशः सबै जसो सँस्थाले नेपाली समाजको सजिलो प्रचलित प्रथा “स्वधोषणा प्रकृया”लाई अपनाएका छन् । कार्यक्रममा धेरै जसो आफैंले आफैंलाई सम्मानित गर्ने कार्यक्रम हुन्छन् । मान्छे फ्लोरमा भन्दा मञ्चमा बढी हुन्छन् । खादा र झल्किने मालाको बेपार पनि अमेरिकाको केही ठाउँमा राम्रैसँग चलेका छन्……..
……अनि जहाँ गयो तिनै अनुहार, तिनै मान्छे, तिनै बकम्फुसे कुरा ………
लेखकले बेल्जियम को कथा लेख्नु भएको त हैन !!!!!!!!!!!!!!!!
शिव प्रकासजीले सारै नै शान्दर्भिक कुरा लेख्नु भयो, यथार्थ तेस्तै छ बेल्जियममा पनि,भनि साध्य छैन, करिब ५ हजार जति नेपाली भएको यो सानो देशमा ६० भन्दा धेरै संघ संस्थाहरु छन् !!!
सन्ध्या , बेल्जियम
यहाँ netherland मा नि येस्तै छ. जम्मा Nepali छन् २०००/३००० पार्टी छ
२०/२५ वोटा aja यहाँ त जात को नाम मा नेपाल को ठाउँ को नाम नि पार्टी खोलेकोछ
दशैं प्रोग्राम मा जादा नि तो प्रतेक पार्टी को aadchaye को वशन मात्र २/३ घण्टा सुन्नु पर्चा
अनि अरु बेला को प्रोग्राम मा प्रोग्राम मा thai पार्टी को सद्शयेहरु मात्र हुन्छन. एक अपश मा नि
ये partyharuko दुस्मनी छ. यौटा को pro यौटा जादैन aarko मा आर्को
कैलेहे किन त सोचेर हास utcha haha
लेखक ले भनेको अक्षरस सबै थोक मिल्छ बेलायतबासी नेपाली हरुमा | टन्न गांठ कामाएर खर्च गर्ने सही ठाउँ नदेखेर ढोंगी संस्था खोल्दै हिरो बन्न चाहन्छन हाम्रो नेपालीहरु |
यो पढेर फेरि केहि कुरा याद आयो.
नेपालीलाइ सबै थोक आउछ, बाटो बनाउदा उसैले इनञ्जिनियर भन्दा तगडा गरि कसरि बनाउने भन्दिन्छ, बिरामी लाइ के भएको अनि के के उपचार गर्ने त्यो पनि भन्छ, देश कसरि चलाउने त्यो पनि भन्छ, समाजसेवा देखि लिएर अरु के के हो के के उसलाई थाहा नभएको त यो दुनियामा सायदै केहि होला ! अनि आखिरमा सोध्यो तपाई काम चाही के गर्नु हुन्छ त? ये काम त म केहि नि गर्दिन, घरै बसेको छु के गर्नु कामै पाइदैन !!! ये बाबा हो कुरै सुनेर बेहोस हुने डर पो भो त गाठे !
यो अमेरिकाले मान्छेको निन्द्रै गाएब बनायो है !!!! सपनाको देश सुनेरै मरिने भो, देख्न त त्यतिकै होला !!!
अरु त थाहा भएन लेखक महोदय, तर संस्था खोल्ने कुरामा र खादा लाउने कुरामा चाही १००% सहमत छु|
जीवनमा केहि गर्न नसके पछि संघ संस्था खोलेर अध्यक्ष, उपाध्यक्ष, कार्यकारी निर्देशक आदि ईत्यादी बन्नेहरुलाई मेरो हार्दिक शुभकामना|
नेपाली को पहिचान भनेकै आपसमा लड्ने हो तेसैले संसारको कुनैपनि देशमा नेपालीहरु जुधेर नै बसेका छन् | अरु कुनैपनि देशका मान्छेहरु एक आपसमा मिलेर एउटै संस्थामा अटेर बसेकाछन् तर नेपालीलाई मै हु भन्ने श्वोभाबको कारणले कतैपनि मिलेका छैनन , अनेक नामका संस्थाहरु खोलेका छन्, साचिकै हग्नेलाई भन्दा देख्नेलाई लाज हुने भयो |
“……. लेखेको भए पनि कुरा यथार्थको धरातलमा मेल खान पुगेको छ! शिव प्रकाश दाईलाई साधुबाद! तर मेरो विचारमा त्यस्तो बिधि होइन होला, कृपया, यसो सकारात्मक रुपबाट पनि हेरियोस् न हजुरले …! हजुरको सकारात्मक दृष्टिकोण पनि राख्नु भएको खण्डमा केहि राम्रा कुराहरु पनि पाठकहरुले ग्रहण गर्ने थिए कि…अमेरिका यानेकि स्वप्नभूमिको !!!
शिवप्रकाशले जे देख्नुभयो, त्यहि लेख्नुभयो| ठिक लेख्नु भयो| राम्रा नराम्रा सबै चिजलाई सुन्दर शान्त बिशाल भनेर गोल मटोल कुरा गर्ने एकथरि छन्| जिन्दगीभर ढांटेर आफु र आफ्ना सन्ततिहरु ढाँटीएको समेत पत्तो पाउंदैन | बर्मा गएपनि कर्म संगै भनेजस्तै नेपाली विदेश गएपनि नेपालको बकमफुसे राजनीति आफूसंगै बोकेर ल्याएको छ| बिदेशमा त्यस्तो राजनीति गर्नेमा नेपाली कांग्रेसको भात्री संगठनको रुपमा रहेको नेपाली जनसम्पर्क समिति नामक संस्था छ, जसले अम्रिकाली सहरहरुमा च्याप्टर माथि च्याप्टर खोल्दै आइरहेका छन् | जतिसुकै च्याप्टर खोले पनि त्यो च्याप्टरमा भएका नौ दश जना बाहेक त्यसको कुनै जनाधार छैन| कारण विदेशमा मानिस यति ब्यस्त हुन्छन कि कुनैपनि च्याप्टर र फ़्याप्टरमा लाग्ने फुर्सदै हुँदैन | ति च्याप्टर वा कुनै संगठनमा लागेको मानिसहरु लघुताभासले पिडित भएका, identity crisis परेका व्यक्तिहरु हुन , खादा र फूलमाला लगाएर मन्चमा चढन पाउदा आत्मरति लिने मनुष्यहरू हुन | नेपाली समाजको लागि तिनले सिन्को भाँचेर ल्याउन्दैन| अझ न्युयोर्कको ज्याकसहन हाइटमा सप्ताहान्तमा यसो घुम्न गयो भने एक न एक संगठनको अध्यक्ष संग ठोकिन्छ, ठोकिन्छ ! अनि शुरु हुन्छ नेपालको पाङ्गदुरे राजनीतिक गफ……..मलाइ त अब यस्तो लाग्न थालिसक्यो, नेपालीहरु नर्थपोलमा गएपनि राजनीति गर्न छोडदैन | राम्रो राजनिती गरे त हुन्थ्यो नि ! जहाँ गएपनि झेली राजनिती गरेर पो मार्यो !!!!!!!!!
जापान मा पनी यस्तै छ ताइन तुइका सस्था गर्ने केहि होइन !!
उत्तम लेख, यथार्थमा आधारित तर्क र विश्लेसण. USA मा सामाजिक सेवा पैसाले किन्न पाइने जस्तो भयको छ. नेपाली को हितमा काम गर्ने संस्था र स्वंसेवक निकै कम छन्, धेरै पैसाकै बल ले पद हत्यायर मपाई बन्ने धेरै छन् .
कटु यथार्थ | हामीलाइ बिगारेको राजनीतिले नै हो ………..चाहे देश बाहिर होस् वा देश भित्र होस् ……..जाति को नाममा राजनीति, क्षेत्रको नाममा राजनीति, लिङ्गको नाममा राजनीति…..काम गर्ने होइन सबैले राजनीति गर्ने भएपछि ठगि नगरी कसरि खाने| अरु लै देश बनाएनन भनेर गाली गर्नु भन्दा पहिला मिहेनत गरेर आफु बनौ| आफु बने पछि देश र समाज लै केहि गर्न सकिन्छ| बास्तबिकता जहाँ गए पनि, जहाँ बसे पनि आफु जन्मेको मातृभूमि को माया सबैलाई लाग्छ, हैसियेत अनुसार मातृभूमिको लागि केहि गर्ने मन सबैको हुन्छ | तर गाठी कुरा चै “हार्ड work” लै नबिर्सौ | जय नेपाल |
मनै छुने ,यथार्थ अनि उत्कृस्ट बिस्लेसन को लागि मुरी मुरी धन्यबाद . तर यो त नेपाली हरु को बन्सानुगत चरित्र नै होइन र.? आत्मा रति मै रमाउने ?
नेपालीहरु जहाँ गए पनि उस्तै हुन् . अमेरिका मात्र हैन मलेशिया पनि तेस्तै छ हौ सर .
अरुले के गरे भन्ने कुरामा धेरै टाउको दुखाउनु भन्दा आफुले के गर्ने, के गरें वा कसरी गर्ने भन्ने कुरामा आफ्नो उर्जा प्रयोग गर्नु ठीक होला ! “एउटै मान्छेले सातओटा सँस्थाका चौधवटा पद ओगटेको हुन्छ”..पद भनेपछि राल चुहाई हाल्ने तर सिन्को नभाँच्नेहरू चै मैले पनि देखेकै हो !
लेख सही र सत्थ छ, यो अमेरिका’को मात्रै हैन यूरोप मा पनि यस्तै गर्छन । हामी नेपाली को स्प्लित multiple personality को राम्रो लेख लेखनु भा’रैछ ।
“यहाँभित्र एक अर्को अद्भूत रोचक सत्य छ । एक जुगमा एकदिन भने जस्तो अमेरिकाका धेरै नेपालीहरुको जीवनमा त्यो एक दिन आउँछ । खपिनसक्नु खुशीको दिन ! त्यो एक दिन मूतलः यी समाजसेवीहरु नै अत्यन्त खुशी हुन्छन् । ठूलो पार्टी गर्छन् । स्याम्फेनमा नुहाउँछन् । रक्सीमा डुब्छन् । नेपाललाई नै गाली गरेर मातृभूमि नेपालप्रति अगाध श्रद्धा देखाउँछन् । आफू बाहेक अरु सबैलाई खराब देख्ने सदाबहार वाँणीको बिगुल झन् चर्कोगरी फुक्छन् । देश बिगारे भनेर सबैलाई सत्तोसराप गर्छन् । यस्ता नेपालीको त्यो अथाह खुशीको महान् दिन हो– मातृभूमिको नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको दिन !” शिव प्रकाश जी को लेख बाट साभार ।