प्रहरी रिपोर्टमा के-के आरोप पुष्टि भयो? के छ कानुनी प्रावधान ?
आमाघर (दर्ता भएको वास्तविक नाम वृद्धावस्था व्यवस्थापन तथा समाजिक कल्याण गुठी) की अध्यक्ष दिलशोभा श्रेष्ठबारे परेको उजुरीका सम्बन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरीय प्रहरी अपराध महाशाखालाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। अनुसन्धानपछि तयार पारिएको प्रतिवेदनमा ‘नागरिक’ले लेखे जस्तो यौन दुराचारको आरोप पुष्टि नभए पनि अन्य गम्भीर किसिमका आरोपहरु पुष्टि भएको निश्कर्ष छ।
बालगृहमा विभिन्न संस्थाबाट राख्न पठाइएकामध्ये २० वर्षकी युवतीसहित ४ जना कहाँ छन् भन्ने कुनै विवरण नै फेला नपरेको प्रतिवेदनमा उल्लेख छ। गैरकानुनी रुपमा बालगृह सञ्चालन गरेको, पालनपोषणका लागी भनेर बालगृहमा ल्याइएका बालबालिकालाई घरेलु श्रमिकको रुपमा काठमाडौंदेखि पोखरासम्म पठाएकोसमेत प्रहरी अनुसन्धानले देखाएको छ। अब अनुसन्धानपछि कानुनी प्रक्रिया के हुन्छ त ? कानुनका केही ज्ञाताहरुसँग गरेको कुराकानी अनुसार यस्तो व्यवस्था रहेछ-
कस्तो छ प्रहरी अनुसन्धानको निश्कर्ष ?
संस्थाको नाममा आएको सामाग्री आफ्नै भाइसहित व्यापारीहरुलाई बिक्री गर्ने गरेको, बालबालिकालाई अखाद्य र गुणस्तरहित खाना दिने गरेको, एउटाको गल्तीमा सामूहिक शारिरिक यातना दिने गरेको पनि निश्कर्ष प्रतिवेदनले निकालेको छ।
उजुरीमा लगाइएको आरोप अनुसार प्रहरीले दिलशोभासँग बालबालिकालाई विदेशमा पठाउने गरेको हो या हैन भन्ने सोध्दा नपठाएको बयान दिए पनि नागरिक दैनिकमा छापिएको समाचारको खन्डनका लागि दोस्रो दिन उनैले आमाघरमा गरेको पत्रकार सम्मेलनमा दुई जना बालबालिका विदेशमा रहेको स्वीकार गर्दै देशको नाम युके र क्यानडा समेत भनेका थिए। भिडियो हेर्नुस्।
उजुरीमा धर्मरुपान्तरणबारे केही उल्लेख नभए पनि नागरिकले समाचारमा चर्चको नाम समेत उल्लेख गरेर हिन्दु धर्म मान्ने परिवारका बालबालिकालाई क्रिश्चियन धर्म मान्न बाध्य पारेको विवरण समेटेको थियो। समाचार अनुसार प्रहरीको बयानमा दिलशोभालाई सो विषयमा सोधिए पनि प्रहरी निष्कर्षमा सो बारे उल्लेख गरिएको देखिएन।
उजुरी अनुसार आर्थिक अनियमितता केलाउन दिलशोभाको परिवारको सम्पत्ति विवरण हेर्ने, उनको बैंक खाताको विवरण केलाउने अनि हुन्डीमार्फत् विदेशमा पैसा गएको हो या हैन भन्ने गम्भीर पाटोलाई समेत प्रहरी अनुसन्धानमा महत्व नदेखिएको देखिन्छ।
पुष्टि नभएको भन्दा भएको विषय अत्यन्त गम्भीर
यो त भयो प्रारम्भिक आरोप र त्यसपछि आएको प्रहरी अनुसन्धानको निष्कर्ष। तर, निष्कर्ष आउँदा पनि प्राय सबै उजुरीमा भनिएको अनैतिक गतिविधि अनि नागरिकले भनेको यौन दुराचारमै मात्रै केन्द्रीत भए। जबकि कानुनी दृष्टीकोणमा प्रहरी अनुसन्धानमा पुष्टी नभएको भन्दा पुष्टी भएका विषयहरु अत्यन्त गम्भिर प्रकृतिका हुन्।
नेपालको विद्यमान कानुन अनुसार यौन दुराचार या अनैतिक गतिविधि भन्ने शब्दले आकर्षित गर्ने कानुन केही सार्वजनिक अपराध ऐन मात्रै हो। भारत लगायतका देशमा यौन दुराचार आफैमा गम्भीर प्रकृतिको अपराध र दण्ड सजाय पनि गम्भीर प्रकृतीको भए पनि नेपालमा यसबारे प्रष्ट कानुनी व्यवस्था छैन। कार्यस्थलमा हुने यौन दुर्ब्यबहारबारे कानुन बन्ने क्रममा भएपनि पारित भइसकेको छैन।
जुन एकतर्फी फोन संवादलाई आधार बनाएर आरोप लगाइएको छ त्यो आफैमा विरोधाभाषपूर्ण छ। दुराचार शब्दलाई नेपालको कानुनले घटनाक्रमको आधारमा विश्लेषण गरेर सोही अनुसारको कानुन अनुसार मुद्दा प्रकृया अगाडि बढाउँदै आएको छ। दुराचारको अवस्था अनुसार कतै सार्वजनिक अपराध ऐन त कतै मानव ओसारपसार ऐनको समेत प्रयोग हुने गरेको छ। मेरो दृष्टीकोणमा एकतर्फी फोन संवादको आधारमा दिलशोभामाथि लागेको आरोप पुष्टीको चरणमा पुगेर मुद्दा प्रकृया अगाडि बढ्ने हो भने अधिकतम १० हजार धरौटी हुने सार्वजनिक अपराध ऐननै आकर्षित हुने हो। यद्यपि प्रहरीले यो आरोप पुष्टि नभएको निश्कर्ष निकालेको छ।
तर, प्रहरी अनुसन्धानमा पुष्टी भएका भनिएका अन्य जे जस्ता आरोपहरु छन् यदी तीमाथि प्रहरीले अनुसन्धान प्रकृयालाई मुद्दा प्रकृयामा लगेर सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पुग्ने हो भने दिलशोभामाथि अधिकतम १५ वर्षको कैद सजायको माग गर्नसक्ने समेत कानुनी आधारहरु छन्।
अवैध बालगृह सञ्चालनमा के सजाय हुन्छ ?
दिलशोभाले प्रहरीसँगको बयानमा संस्थाको विधान बमोजिम काम गर्ने अनुमति पाएको भनेका थिए। तर संस्थाको विधानमा बालबालिका राख्न पाउने अधिकार नभएको निश्कर्ष प्रहरी अनुसन्धानको छ।
प्रहरीले पुष्टि गरेको यो अवैध बालगृह सञ्चालन गरेको विषय मुद्दा प्रकृयामा जाँदा संस्था दर्ता ऐन, २०३४ आकर्षित हुन्छ। सो ऐनले सामाजिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, सैद्धान्तिक, शारीरिक, आर्थिक, व्यवसायिक तथा परोपकारी कार्यहरुको विकास एवं विस्तार गर्ने उद्देश्यले स्थापना भएको संघसंस्थालाई सामाजिक संस्थाको परिभाषाभित्र राख्दै यदि दर्ता नगरी सञ्चालन गरिए ऐनको दफा ७ ले त्यस्ता संस्थाका प्रबन्ध समितिका सदस्यहरुलाई स्थानीय अधिकारीले जनही दुई हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ।
बालबालिकाको उद्दार भइसकेको र आमाघरले बालगृह सञ्चालनको अनुमति नलिएको पुष्टि भइसकेकाले जिल्ला प्रशासन कार्यालयले तत्काल दिलशोभासहित सो संस्थाका कार्यसमितिमा रहेकाहरुलाई यो कानुनी प्रावधान अनुसार कारवाही गर्न सक्नेछ।
बालबालिकालाई अर्काको घरमा काम गर्न पठाउने बारे
बालगृहमा पालनपोषणका लागी ल्याइएका बालबालिकालाई घरेलु श्रमिकको रुपमा पठाउनुले बालबालिका संरक्षण सम्बन्धी ऐन २०४८ आकर्षित हुन्छ। बालश्रम निषेध ऐन र घरेलु हिंसा ऐन समेत यसमा आकर्षित हुन्छ।
उजुरी र दिलशोभाको पत्रकार सम्मेलनकै आधारमा दिलशोभाले बालगृहमा रहेका बालबालिका बेवारिसे भएको दावी गरेको देखिन्छ। तर, पछि ती बालबालिका अभिभावकसहितका रहेको खुलेकाले बालबालिकाको पहिचान ढाँटेको कसुरमा दिलशोभाविरुद्ध पुनः बालबालिका संरक्षण सम्बन्धी ऐन आकर्षित हुने पक्का छ। बालबालिकालाई अखाद्य कुहिएको खुवाउनु समेत गम्भीर अपराध हो। अदालतबाट यो कसुर पुष्टि भए आरोपीलाई जेल सजायसम्म हुनसक्छ।
बेपत्ता बालबालिका र विदेश पठाएकोबारे
बालगृहमा आश्रयका लागि पठाइएकी २० वर्षीया युवतीसहित ४ जना कहाँ छन् भन्ने नै नखुलेको प्रहरी अनुसन्धानमै देखिनु अर्को गम्भीर कसुर हो। ती कहाँ छन् अझै प्रहरीले खोजी नसकेको अवस्थामा आमाघरका केही बालबालिका विदेश पुगेको घटनाक्रमसँग यसलाई जोडेर हेर्ने हो भने मानव ओसारपसार तथा बेचबिखन ऐन आकर्षित हुने प्रष्टै देखिन्छ।
काखे बालकलाई समेत विदेशमा पठाउने गरेको र एक जना बालकको विदेशमै मृत्यु भएको जुन दावी छ त्यो दावी अभियोगपत्रमा रुपान्तरण हुने हो भने मुलुकी ऐनको ज्यान सम्बन्धी महलसँगै मानव बेचबिखन ऐन समेत आकर्षित हुन्छ। आरोपको गम्भीरता हेर्दा यदि यो विषय अदालतसम्म पुग्यो र दिलशोभा कसुरदार ठहरिइन् भने धरौटी असम्भव छ नै। आजन्म कारावास अर्थात् २० वर्ष कैदसम्मको फैसला हुनसक्ने कानुनी व्यवस्था छ। यदि बालकको मृत्यु भएको पुष्टि नभई दिलशोभाले पत्रकार सम्मेलनमा स्वीकार गरे अनुसार दुई जना बालबालिका विदेश पुगेको हो भने पनि यसले मानव ओसारपसार ऐन प्रष्टै आकर्षित हुन्छ नै। उनको बालगृह नै अवैध भएकाले त्यहाँका बालबालिका विदेश पुग्नु पनि स्वतः गैर कानुनी ठहरिन्छ।
नेपालमा मानव बेचबिखनको अभियोग गम्भीर छ र कानुन पनि उत्तिकै कडा। यो कसुर प्रमाणित भएमा अधिकतम १५ वर्षसम्मको कारावासको सजायबाट कसुरदारलाई कसैले रोक्न सक्दैन।
हातहतियार तथा खरखजाना, मानव वेचविखन र अपहरणको अभियुक्तको धरौटी निस्कदैन। मानव ओसारपसार र वेखविखन कडा कानुन हो। अन्य अभियोगमा कैद सजायको गन्ती रात र दिन गरेर २ हुन्छ। ओसारपसारमा २४ घन्टाको एक दिननै हुन्छ। नेपालको कानुन अनुसार ३ वर्ष भन्दा बढी कैद सजाय हुनसक्ने कसुरमा धरौटी दिन हुन्न। पूर्पक्षका लागी थुनामै पठाउँछन् ।
बालबालिकालाई शारीरिक यातना दिनुसमेत नेपालको विद्यमान बालबालिका सम्बन्धी ऐन विरुद्धको गम्भीर अपराध हो।
धर्म परिवर्तनबारे
प्रहरी अनुसन्धानमा प्रवेश नगरे पनि धर्म परिर्वतनको विषय अनुसन्धानको दायरामा तानियो भने ६ वर्ष कैद सजायसम्मको कानुनी प्रावधान छ।
मुलुकी ऐनको महल १९ मा गरिएको कानुनी व्यवस्था अनुसार अरुको धर्ममा खलल पर्ने गरी कसैले पनि कुनै धर्म प्रचार गर्न वा कसैले कसैको धर्म परिर्वतन गराउन हुँदैन। सो कुराको उद्योगसम्म गरेको भएमा तीन वर्षसम्म कैद र धर्म परिर्वतन गराइसकेकोमा ६ वर्षसम्म कैदको कानुनी प्रावधान छ। कानुनी भाषामा उद्योग भन्नुको अर्थ प्रयास हो।
यदि हिन्दु पृष्ठभूमिका बालबालिकालाई संरक्षणको बहानामा ल्याएर अर्को धर्म मान्न बाध्य पारिएको हो भने यो विषयले बालबालिका संरक्षण सम्बन्धी ऐन समेत आकर्षित गर्छ।
सो ऐनको दफा २५ मा संरक्षकले गर्न नहुने काम उल्लेख गर्दै बालकलाई निजको धार्मिक वा सांस्कृतिक रीतिस्थितिमा आघात पुग्न जाने कुनै काममा लगाउन निषेध गरेको छ। यदि यो पुष्टि भएमा ऐनले ३ हजारसम्म जरिवाना र ३ महिनासम्म कैदको सजाय वा दुबै सजायको प्रबन्ध गरेको छ।
सहयोग दुरुपयोगबारे
आएका सबै सहयोग कानुनी नजरमा दिलशोभाको निजी सम्पति नभई संस्थाको सम्पति हुन्छ। सहयोग रकम हुन्डी गरेर पठाएको जस्ता उजुरीमा प्रहरी अनुसन्धान प्रवेश नगरेको भए पनि सहयोगका रुपमा आएका सामानको दुरुपयोग भने भएको निश्कर्ष छ।
प्रतिवेदनमा सहयोगका सामानलाई दिलशोभाले आफ्नै भाइ मनोरञ्जन गोपाली र अरु दुई जना व्यापारीले किनेको स्वीकार गरेको उल्लेख छ। यसलाई कानुनले सहयोग दुरुपयोगका रुपमा बुझ्छ। अनुसन्धान अगाडि बढ्दा उनले बेचेको सामानबाट भएको आम्दानी संस्थाकै हितमा उपयोग गरेको देखाउन सके मात्र दुरुपयोग ठहरिँदैन।
सो कसुरले संस्था दर्ता ऐन आकर्षित गर्छ। ऐनले संस्थाको सदस्य वा कर्मचारी लगायत कुनै व्यक्तिले संस्थाको कुनै सम्पत्ति दुरुपयोग गरेमा, स्थानीय अधिकारीले त्यस्तो सम्पत्ति दुरुपयोग गर्नेबाट लिई संस्थालाई फिर्ता बुझाईदिन सक्ने प्रावधान छ।
सोही ऐनमा संस्थाको सदस्य वा कर्मचारी लगायत कुनै व्यक्तिले संस्थाको कुनै सम्पत्ति वा लिखत वा प्रतिष्ठा विरुद्ध कुनै अपराध वा विराम गरेमा संस्था, संस्थाको कुनै सदस्य वा स्थानीय अधिकारीले प्रचलित कानून बमोजिम मुद्दाको कारवाई चलाउन सक्ने अधिकार तोकेको छ।
मुद्दा प्रक्रियासम्बन्धी के छ व्यवस्था ?
नेपालको न्याय प्रणाली अनुसार प्रारम्भिक अनुसन्धान, प्रमाण संकलन प्रहरीको जिम्मेवारी हो। प्रहरीको अनुसन्धानको राय सुझाव र प्रमाणको आधारमा अभियोग पत्र बनाएर मुद्दा अदालतसम्म लैजाने जिम्मेवारी सरकारी वकिलको हो। अभियोग पत्र, साक्षी र अभियुक्तको बयानको आधारमा फैसला गर्ने जिम्मेवारी न्यायालय (अदालत) को हो।
जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले अनुसन्धान गरेर रिपोर्ट तयार पारेकाले सिडिओले चाहेमा त्यसलाई मुद्दा प्रक्रियामा लैजान निर्देशन दिनसक्छ। त्यसपछि यसले औपचारिक रुपमा मुद्दा प्रकृयाको आकार लिन्छ। अनि मात्र पक्राउ र बयानको प्रक्रिया शुरु हुन्छ।
सिडिओले नचाहेमा यसलाई त्यत्तिकै फासफुस पनि पार्न सकिन्छ।
दिलशोभाको बाटो
गाली र बेइज्जती ऐन २०१६ मा ऐनमा बेइज्जतीको परिभाषा गर्दै कसैले अरु कुनै व्यक्तिको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्ला भन्ने जानी जानी, वा विश्वास गर्ने कारण भई लेखेर वा वचनले वा संकेतले वा बुझिने गरी आकार चिन्हद्वारा सो व्यक्तिलाई कुनै दोष लगाएमा वा त्यस्तो कुरा प्रकाशित गरेमा उसले सो व्यक्तिको बेइज्जती गरेको मानिने व्यवस्था छ।
ऐन अनुसार गाली बेइज्जती हुने कुरा छापे वा खोदेमा अरु कसैको बेइज्जती हुन जान्छ भन्ने जानी जानी विश्वास गर्ने मनासिब कारण भई सो कुरा छापेमा वा खोदेमा पाँच हजार रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्म कैदको सजायको प्रावधान छ।
कसैले कुनै कुरामा बेइज्जती हुने कुरा छापिएको वा खोदिएको छ भन्ने जानी जानी सो कुरा बिक्री गरेमा वा बिक्रीको निमित्त राखेमा उसलाई एक सय रुपैयाँसम्म जरिवाना हुनेछ र छ महिनासम्म कैदको सजायको थप प्रावधान समेत छ। दिलशोभाको केसमा ऐनमा यी दुबै दण्ड सजायको प्रावधान आकर्षित हुन्छ।
ऐन अनुसार कसैलाई मुद्दा चलाउनु पर्ने कारण भएमा त्यस्तो कारण परेको मितिले छ महिनाभित्र नालिस दिनु पर्ने हदम्याद तोकिएको छ। फागुन १४ मा समाचार प्रकाशित भएकाले आउँदो भदौ १४ सम्म यसको म्याद कायम रहेकाले दिलशोभाले चाहेमा समाचार प्रकाशनमा संलग्न विरुद्ध अदालतमा गाली बेइज्जती ऐन–२०१६ अनुसार मुद्दा दायर गर्न सक्ने कानुनी बाटो खुल्ला छ।
अनुदान र सहयोग बाट चल्ने समाज सेवा मान्छे हरुलाई पेशा भा’छ…जी. डी .पी मा रत्ति योगदान नपुर्याउने मास्टर्स , पी. एच. डी र पत्रकार विद्वान हरु येई पेशा बाट युवाहरुको role modelभा’छन..बंगुर पालेर भन्दा येही पेशा बाट मुनाफा भा’छ..गाउँ शहर मा उद्योग ,फर्म कम्पनि भन्दा एन जी ओ आइ एन .जी .ओ बढी दर्ता भा’छ ..रोजगारी ,उत्पादन बागमती को पानि मा मिसिया छ ..खै अस्ति सफा गर्ने भन्थे उस्तै देखिन्छ ..विकासे गफ पराल को आगो भा’छ..४५ अर्ब विकास बजेट ४४ -४५ दिन मा सक्नु छ ..देश लाइ अझै पनि सहयोग र अनुदान चाईया छ !
दिलसोभा को असली हर्कत र नियत सामने आइसकेपछि पनि बल पुर्बक कसैले ढाक छोप र समर्थन गर्छ भने यो उनीहरुको समाज सेवा प्रतिको अनुराग र आस्था मात्र हो |
आफ्नो यो असल बिचार लाइ कायम राख्दै बरु आफैले कोइ दिन दुखि , असहाय लाइ
स्वयम् बा कुनै सहि माध्यम पत्तालायेर सहयोग गर्ने हो कि ?
धन्यबाद सालोक्य जी, मेरो मन कै कुरा लेख्नुभो!!!!
अब यो मुद्धा दिल्शोवा र नागरिक पत्रिका मा मात्र सिमित हुनु हुदैन !! यी दुवै तै चुप , मै चुप गरेर यो मुद्धा दबाउन पाउदैनन !!!यो हाम्रो समाज कै मुद्धा भैसक्यो !! पत्रिका ले बिनाप्रमाण तल्लो स्तर को आरोप लगाएर उसको बेज्जत , मानहानी र मानसिक यातना दिसकेपछि माफी माग्दैमा माफी पाउनु हुदैन !! उसले पनि त्यो दण्ड को सजाए पाउने पर्छ, छेत्रिपुर्ती दिने पर्छ !!! तर यौटा आरोप पुस्टि नहुने बित्तिकै त्यो भन्दा नि जघन्य अपराध गरेको पुस्टि भएमा कसैको अनुहार र बोलीमा देखिने निर्दोश्पन हेरेर तेस्त अपराधीलाई बिस्वाश गरेर तेतिकै चाही छोड्न हुदै हुदैन !!! कठोर भन्दा कठोर सजाय हुने पर्छ !!
यो मुद्धा हाम्रो समाज मा रहेका बिकृति हरुलाई सुधार्ने सुवर्ण मौका पनि हो !! कम्तिमा पनि संचार जगत र कथित समाजसेवा छेत्रमा !! जुन छेत्र मा रहेका बिकृति र विसंगति हट्यो भने हाम्रो समाज मा गुणात्मक सकारात्मक परिवर्तन आउनेछ, कुनै दुबिदा छैन !!!पत्रिका र पत्रकार भै भन्दैमा जे मनलाग्छ तेही लेख्ने छुट कसैलाई छैन, जवाफदेही हुने पर्छ !! तेस्तै INGO/ NGO खोलेर समाजसेवाको नाम मा बिदेसी/स्वदेसी पैसा लिएर समाज र रास्ट्र लै नै गद्दारी गर्ने छुट कसैलाई छैन !! संस्था खोल्दै बिदेसी पैसा र उनीहरुको यिसारामा चल्ने, उनीहरुको लागि जासुसी गर्ने , जातिय र साम्प्रदायिक फुट ल्यायिदिने, गरिबीको फाइदा उठाउदै धर्म परिवर्तन गराउने जस्ता रास्त्रघती संस्था हरु बाहेक समाजसेवाको नाम मा आफु र आफ्नो दुनो सोझ्यौना भ्रस्टाचार गर्ने, बृद्ध, चेलीबेटी र बालबालिका बेचबिखन / यौन सोसन / श्रम सोसन गर्ने जस्ता जघन्य अपराध गर्ने हरुलाई कानुनि कठघरामा लेउनै पर्छ !! उचित नियम कानुनछैन भने तुरुन्त बनाउने, फितलो छ भने पनि सुधारेर कडा भन्दा कडा बनाउनु पर्छ र कार्यनोयन गर्ने पर्छ !!
बिना प्रमाण, नागरिक पत्रिका ले लगाउने नहुने यौन दुराचारको आरोप लगायो, र अहिले आएर माफी माग्यो !! बिना प्रमाण आरोप लगाउने र पछि माफी माग्दैमा पत्रिकाले माफी पाउने/नपाउने वा गल्तिको छेतिपुर्ती तिर्नपर्ने भन्ने कुराको बहस हुनु जरुरि छ!! त्यो छुटै पाटो हो !! सालोक्य जी को यो लेख पछि मलाई के लाग्यो भने दिल्सोभा ले नागरिक बिरुद्द मानहानिको मुद्धा लड्ने पर्छ !!
तर , मैले बुझ्न नसकेको कुरा—- अझै पनि कतिपय साथीहरुको कमेन्ट हरु हेर्दा त पुरै ले नागरिक र पत्रकार लै गालि गर्दै दिल्सोभा को पक्छे लिएको देखिञ्छ ! तर त्यो झन् खतरा हो !!दिल्सोभा माथि लागेका कौयोउ आरोप मधे यौन दुराचार को आरोप मात्र पुस्टि हुन नसकेको हो !! तर अरु आरोप सत्य साबित भएको जस्तो देखिञ्छ !! गरिब को नाम मा पैसा उठाएर हिनामिना गर्ने र उनीहरुलाई सारीरिक-मानसिक यातना दिने, गरिब को नाममा लत्ता-कपडा, खानेकुरा उठाएर बेच्ने तर उनीहरुलाई अखाध्य खानेकुरा दिने, उनीहरुलाई अरुको घरमा काम गर्न पठाउने, यौटा युवती र ४-५ जना बालबालिका हरु हराउनु/बिदेसीलाई दिनु/ बेच्नु– तर जवाफदेही नहुनु, अनाथ हरुलाई जबर्जस्ती क्रिस्टियन प्रार्थना गर्न लागाउने / बाइबल पढ्न लागाउदै धर्म परिवर्तन गराउने जस्ता संगिन आरोप पुस्टि भएको हो भने त्यो झन् ठुलो गद्दारी हो !! त्यो आरोप बारे अनुसन्धान गर्नुपर्ने भए अझै गरेर हो हैन हामीले जान्न पाउनु पर्छ !! यौनदुराचार बाहेक अरु संगिन आरोप हरु प्र्मादित भएको हो भने दिल्सोभा र उसका मतियार हरुलाई ठुलो कारबाही र सजाए हुने पर्छ !!
एउटा आरोप पुस्टि भएन भन्दैमा उनलाई पुरै चोख्याएर निर्दोष देखाउने दुश्प्रश नहोस !! आरोप प्रमादित भएको हो भने उसले सजाए पाउने पर्छ !!
यो यौटा सुवर्ण मौका हो, हाम्रो समाज लै जवाफदेही बनाउने, एउटा system बनाउने !!
दिलशोभामा दुधले नुहाएकी, कन्चन छवी भएकी, आदर्शवादी महिला खोज्नु बेकार छ | उनि पनि हामी बसेको झेली समाजको उपज हो| उनलाई देवत्वकरण गरिनुहुन्न | बालबालिका र बृद्व ब्रिद्वाका नाममा आएको पैसाबाट तिनले पनि ति संगै बसेर खाना खाए होलिन, केहि जोड लुगा हालिन होलिन | के बिगारिन त ? उनि पनि त त्यस आमाघरको सदस्य हुन| अहिले पो आमाघर धेरथोर सम्पन्न भयो| शुरुका दिनमा दिलशोभाले गरेको कठोर संघर्षप्रती मानिसहरु किन आँखा चिम्लिन्छन? दिलाशोभाको केश कानुनि रुपमा जिल्ला कार्यालयले केलाउन थालेपछि अब मिडियाले यसलाई कोट्याउन जरुरि ठान्दिन| बरु मिडियाले काठमाडौमा घरभई डेरा भत्ता लिने सभासदहरुको नामावली पेश गरे राम्रो होला | कानुन निर्माताले गरेको यो कार्य पो मलाइ जघन्य अपराध जस्तो लाग्छ |
ब्लड प्रेसर हाई भाका पत्रकारहरु धेरै छन् नेपालमा … आबेस र हतार मा अरुले लेख्लान भनेर उछुनेर लेख्छन अनि फुर्सद मा पछुताउछन , माफि माग्छन !
यो पत्रकार र NGO कर्मी को जुँगाको लडाई हो ! यथार्थतालाइ लुकाउने प्रयास कुनै पनि पक्ष्य बाट नहोस ! दिलशोभा जी लाइ लगाइएको आरोप पुस्टि नभए पनि उनको आत्मसम्मानमा पुगेको आघात को मूल्य कसले कसरि चुकाउने हो ?
मेरो अलि फरक विचार.
कारवाही गरम सबलाई, खै तर कसरि कसले गर्ने ????
१. सिटामोल खान नपाएर बर्सेनि कैयौ बालबालिका मर्न बाध्य हुन्छन् . लौ भनौ अब यस्तो अपराध गर्ने राज्य र सरकारलाई कसले कहिले कारवाही गर्ने ?
२. अस्पताल सम्म नदेखी मर्नु पर्ने अबस्था सिर्जना गर्ने राज्य र सरकारलाई कसले अनि कहिले कारवाही गर्ने ?
३. गाँस बाँस र कपास जस्ता आधारभूत आवश्यकता पूरा गर्न दैनिक हजारौ नेपाली जनतालाई बिदेसिन बाध्य पार्ने राज्य र सरकारलाई कसले अनि कहिले कारवाही गर्ने ?
४. जलश्रोतको धनि देसमा दैनिक सोह्र घण्टा सम्मको लोडशेदिङ्ग गर्ने नेपाल प्राधिकरण , राज्य र सरकारलाई कसले अनि कहिले कारवाही गर्ने ?
५. मानव जीवनको लागि अत्यावश्यक खाने-पानी आपूर्ति नगर्ने, ढल मिसिएको खाने पानी वितरण गर्ने “खाने-पानी संस्थान”लाई कसले अनि कहिले कारवाही गर्ने ?
६. कृषिप्रधान देशमा किसान मार्का नीति बनाउने राज्य र सरकारलाई कहिले अनि कसले कारवाही गर्ने ?
७. राष्ट्रघाती सन्धि गर्ने अनि नेपाली भूमिलाई डुबानमा पारी नेपाली जनतालाई बिस्थापित हुन बाध्य पार्ने राज्य र सरकारलाई कसले कहिले कारवाही गर्ने ?
८. सडकमा अलपत्र परेका बालबालिका र बृद्धहरुलाई उचित ब्यबस्थापन नगर्ने राज्य र सरकारलाई कसले कारवाही गर्ने ?
९. जनयुद्ध को नाममा सत्रौं हजार नेपाली जनतालाई मार्नेहरुलाई कसले अनि कहिले कारवाही गर्ने ?
१०. लडाकुको नाममा अरबौं रुपियाँ घोटाला गर्नेहरुलाई कसले अनि कहिले कारवाही गर्ने ?
११. मल्लिक आयोगले कारवाही गर्न सिफारिश गरेकालाई कहिले कसले कारवाही गर्ने ?
१२. घूस लिएर फैसला गर्ने न्यायाधिशलाई कसले कहिले कारवाही गर्ने ?
१३. शान्ति प्रक्रिया भाड्न डलरको खेति गर्ने बरिष्ठ पत्रकार, नागरिक समाजलाई कसले कारवाही गर्ने ?
१४. नेपाली गरिव जनताको नाममा डलरको खेति गर्ने अनि नेपाल सरकारलाई एक सुको कर नतिर्ने एन. जी. ओ. / आई. एन. जी. ओ. लाई कसले कहिले कारवाही गर्ने ?
१५. प्रायोजित रुपमा सम्पादकीय अनि फ्रन्ट पेजमा कसैका बिरुद्ध समाचार छाप्ने पत्रकार, सम्पादकलाई कसले कहिले कारवाही गर्ने ?
१६. संसारमा नेपाललाई चिनाउने गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रलाई बिकास नगर्ने राज्य र सरकारलाई कसले कहिले कारवाही नगर्ने ?
१७. हालै सर्वोच्च अदालतमा योग्य अस्थाई न्यायाधिशहरुलाई बिदाई गरेर सर्वोच्चले नै कारवाही गर्नू भनी तोकेका बिबादित न्यायाधिशहरु सिफारिश गर्ने न्याय परिषद्लाई कसले कहिले कारवाही गर्ने ? (संसदीय समितीले सिफारिशलाई नरोक्ने पक्का जस्तो नै छ.)
१८. एक मात्र अन्तराष्ट्रिय विमानस्थलको शौचालयको हबिगत कस्तो छ सबलाई थाहा नै छ. खै कसले के गर्ने ? नगरे बापत कसलाई कसले कारवाही गर्ने ?
त्यसो भए जसले जे गरे पनि चुप बसौं, केही नगरौं
१९. मंगल ग्रह बाँझैँ छ, तेहाँ खेती नगर्ने सरकारलाई कसले के गर्ने?
२०. मानवअधिकारको ठेकेदार अमेरिका, टोर्नाडोले उसकै देशमा हजारौं मार्दा हेरी बस्छ । तेसलाई के गर्ने?
२१. मेरो चर्पीमा एसी छैन, फिट नगरिदिन सरकारलाई कसल के गर्ने?
२२. मैले थला पर्ने गरी कसैलाई कुट्दा जेल हाल्ने सरकार, पहिरोले सयौं मार्दा समेत पहिरोलाई जेल हाल्न सक्दैन । यो पक्षपात, यो अन्याय गर्ने सरकारलाई कसले के गर्ने?
सरकारलाई राजनीतिक स्वार्थ पुरा गर्न गरिने खोक्रा तर बिकाउ गाली बेचेर अपराधीनीको ढाकछोप गर्न नखोज !
धर्म परिबर्तन एउटा गम्भीर समस्या हो, यसमा कसैको राम्रो संग ध्यान गएको देखिएन.
हेर्दा झट्ट सामान्य लागे पनि कालान्तरमा यसले ठुलो प्रभाब पर्ने निश्चित छ | २/४ जनाले बिदेशी डलर खाएर ति निर्दोष बालबालिका जसले आफु कुन बाटोमा हिडेका छन् उनैलाई थाहा छैन जब थाहा पौने उमेर हुन्छ उनीहरु नया धर्ममा चुर्लुम्म डुबी सकेका हुन्छन |
समय मै यसमा धेरैको ध्यान जयोस, सबैको भलो होस् |
तेइ त,
हुल का हुल आफु जन्मे हुर्केको देश परिवर्तन भन्दा धर्म परिवर्तन ठुलो समस्या भयो हैन त अब?
मानविय नाताले हेर्दा राम्रो काम गरेकै हो तर कानुनी हिसाबले हेर्दा अर्कै पाटो देखिन्छ ! हामी मनको कमलो छौ र अरुले हाम्रो सोझोपनको फाइदा उठाएको थाहै पाउदैनौ ! यो केसमा मानबिय सम्म्बेदना बढी छ र हामीले भन्दा कानुनले हेरोस भन्दछु ! सत्य तथ्य सबै पत्ता लगाएर राम्रो नराम्रो जे भएको गरेको हो छिटै सुन्न र पढ्न पाइयोस.! जय होस् सबैको !
खोइ के कमेन्ट लेख्नु एस बिषयमा ? हिजो पनि नागरिकले माफी माग्यो भनेर माइसंसार
मा नै अर्को लेख पढेको थिए ! तर धेरै जनाले दिलशोभा जी ले ठिकै गरेकी हुन् भन्ने आशय को कमेन्ट हरु गर्या देखे !
हो यौन दुराचार भएको पुष्टि हुन सकेन छ , तर अरु कतिपय पुष्टि भएका कुरा चाही झिनामसिना बिषय हुन् त ? बच्चा हरुलाई शारीरिक यातना दिएको रे , के एस्लाई अपराध नमान्ने ? सहयोगमा पाएको सामग्री बाहिर बेचेको रे , के यो आर्थिक अपराध हैन र ? स्वीकृति नलिई संस्था चलाएको र पछि आफुले कानून थाहा नपाएर त्यसो गरेको रे , के कानून को बारेमा जानकारी छैन भन्दैमा अपराध बाट उन्मुक्ति दिन मिल्छ ?
समग्रमा भन्न खोज्दा दिलशोभा को “दिल शफा” देखिएन! येति कुरा थाहा पाइसके पछि पनि दिलशोभा को निर्दोषतामा वकालत गर्नेहरुलाई के भन्ने ? हुन त विजय कुमार जस्ता दिग्गज हरु उनलाई बचाउन लागिपरेका छन् रे !!!!!!!!! हेर्दै जाऊ हामीले गर्न सक्ने येति नै हो ! तर अब ति बालबालिका को जिम्मा कुनै असल संस्था लाई लगाउने जिम्मा चाही सरकारले लिने हो कि ? दिलशोभाले जे जति सामाजिक कार्य गरिन त्यसका लागि उनलाई धन्यवाद ब्यक्त गर्दै अब उप्रान्त एस्ता काम गर्न बाट उनलाई रोक लगाइयोस !
बृद्ध-असहाय बालबालिकाहरु सहाराको भोका हुन्छन| यौन पिपाशु यौनको, श्रम शोषक शोषणको अनि मानव-तस्करहरु ……| माथिका सबै मध्ये दिल शोभाले पहिलो भूमिका निभाउनु भयको हो जुन नितान्त मानवीय सेवा हो| गल्ति भय होलान तर राज्य समेत पछि हटेको क्षेत्रमा काम गर्न अवश्य गार्हो हुन्छ|
त्यो त दिल सोभा लाई हुनसक्ने अरु सजाय हरु को कुरा भो तर दिलसोभा लाई सार्बजनिक रुप मै राष्ट्रिय पत्रिका मा हिलो छेपेर यौन दुराचार को मुद्धा उछाल गर्ने पत्रु’कार लाई हुने सजाय को बारेमा नि बुज्न पाए हुने नि उमेस जी….
हेलो अच्युत,
दिलशोभा भन्ने बित्तिकै भगवानै हो भनेर लम्पसार परेपछि आँखा बन्द हुन्छ। अन्धविश्वास भनेको यही हो।
अन्ध नभएको भए माथि लेखिएको छ दिलशोभाको बाटो के हुन्छ भनेर । पढ्दै नपढी कमेन्ट गर्न हतार गर्नुभन्दा कानुनी प्रक्रिया अनुसार मुद्दा हाल्न लगाउँ दिलशोभालाई। त्यस्ता पत्रकारलाई २ वर्षसम्म जेल कोच्न सकिन्छ।
साथमा प्रहरी अनुसन्धानले पुष्टि गरेका अन्य विषय पनि पढौँ त्यसको कानुनी प्रक्रिया पनि बुझौँ । अन्धविश्वासी हुन छाडौँ
“त्यस्ता पत्रकारलाई २ वर्षसम्म जेल कोच्न सकिन्छ।” धन्न्यबाद किसन जी, मैले थाहा पाउन खोजेको येहि हो/
“दिलशोभा भन्ने बित्तिकै भगवानै हो भनेर लम्पसार परेपछि आँखा बन्द हुन्छ। अन्धविश्वास भनेको यही हो।”
“जसले आफ्नो मेहनत को कानुन सम्मत कमाई बाट आफ्नो भाग कटाएर कोहि ‘दीन-दुखि’ लाई खुवाउछ-पाल्छ,असहाय को सहयोगी बन्न खोज्छ” ..समाज सेवा मा मेरो बिस्वाश भनेको यहि हो/
४ जना बुढा-बुढी,केटा-केटि,स्व घोसित अनाथ जम्मा पारेर सहानुभूति सहित रकम जम्मा पारेर आफ्नो घर को चुलो जलाऊछ(नेपाल मा फस्ठाएको डलर खेति)तेस लाई मेरो बिस्वाश ले व्यापार भन्छ, किसन जी यहाँ हाम्रा २पैसे कमेन्ट त के अन्धबिस्वाश हो’र रबिन्द्र मिश्र(हेल्प नेपाल वाला भिखारी) देखि बिजयकुमार हरु को लेख हेर्नुस अनि ‘नागरिक’ लाई कति हतार रेछ उनलाई चोख्याउन… साथै यो प्रकरण मा पहिला को मेरो कमेन्ट नि हेर्नु होला…
अनि यो कुरा मैले लेखेको हेरेर थाहा पाउने ? कमेन्ट लेख्नुअघि आफूले जान्न खोज्या कुरा ब्लगमै लेख्या छ कि छैन हेर्नु पर्दैन ? कमेन्ट भनेको पढेपछि आफ्नो विचार पो लेख्ने हो, नुढी हचुवा हान्न त हैन नि!
भाई अचुत, त्यो पत्रकारलाई २ बर्ष कैद सम्म हुन सक्छ । तर यदि कानुनी रुपमा दिलशोभालाई मुद्धा लगाउने हो भने उनले गरेको अपराधको लागि १५ बर्ष सम्म कैद हुन सक्छ….लौ भन कुस्ले ठुलो र जघन्य अपराध गरेको छ ।?
कमल ‘दाई’ मेरो विचार मा दुवै उस्तै हुन् ‘अपराध’ त ‘अपराध’ नै होनी हैनर?दुवै लाई ‘अपराधी’ नै भनिन्छ नि / नेपाल को कानुन मा ‘सानो अपराधी’ र ‘ठुलो अपराधी’ भनेर बर्गिकरण गरेको छ भने त हजुर सहि नै हो नत्र मेरो मोटो बुद्धि ले’त मेरो घर मा चोर्ने पनि ‘चोर’ बैंक मा चोर्ने पनि चोर…
दिलशोभाले धेरै गल्ती गरेको कुरा कानुनी रूपमा प्रमाणित हुने र प्रत्यक्ष यैानदुराचारको अारोप चाही प्रमाणित नहुने देखिएछ । काम गर्दा गल्ती हुुनु स्वाभाविक हो । दिलशोभा अनपढ मान्छे भएकाले सद्नियत हुदाहुदै पनि उनीवाट नजानेर यस्तो भएको भन्ने देखिन्छ भने विभिन्न विश्वविध्यालयमा समाजसेवा पढिरहेका विध्यार्थीहरूलाइ इन्टर्नसिप गर्ने ठाउँको रूपमा अामाघरलाइ विकसित गरेर प्राज्ञिक क्षमता भएका नयाँ पुस्ता र दिलशोभाको सहयोग जुटाउन सक्ने क्षमताको उपयोग गर्दै राम्रो समाजसेवि संस्था बनाउन सम्भव होला अामाघरलाइ ?
हे समाजका कथित बुज्रुक पत्रकार महोदयहरु!
पहिले भन्नुस तपाईंहरुले आफ्नो घरमा कतिजनालाई आश्रय दिनुभएको छ? लेख्नेबेला जे मनलाग्यो त्यहि लेख्ने अनि अहिले आएर पानीमाथिको ओबानो बन्न खोज्ने? नागरिक मात्रै होइन, माइसंसारले पनि गल्ति गरेको छ यो मामलामा; पत्रकार भएर पत्रकारको हैसियतमा बस्नुस मित्रहरु नत्र दुख पाइएला । यस टिप्पणीको सवालमा म केहि कुरा राख्न चाहन्छु:
१) जहाँसम्म बैधानिकताको कुरा छ; त्यसमा सबै सचेत हुनुपर्छ । दिलशोभाले पनि बैधानिक बाटो अपनाउन पर्छ । तर बैधानिकताको निम्ति कुनै पनि निकायले आजसम्म किन लिखित रुपमा सचेत नगराएको? अनि किन बालबालिका राख्दिनुहोला भनेर सरकारी निकायले पत्र लेखेको ? किन यी बारेमा कलम चल्दैनन् तपाईंहरुको?
२) विदेश पठाएको कुरा: भर्खर मात्रै डिभीको नतिजा सार्बजनिक भयो । त्यो नतिजा सार्बजानिक भएको दिनमा नेपालका लाखौँ लाख जवान मानिसहरुलाई दशैं आएको जस्तै भयो! किन? किनकि यो नेपालीहरुको विदेश मोहले गर्दा हो । नेपालीहरुमा यतिसाह्रो विदेश मोह छ कि उनीहरु यूरोप अमेरिका भनेपछि त घरबार बेचेर हिड्न पनि तयार रहन्छन । होला….विदेश गए होलान/ घरपरिवारले सहमति पनि दिए होलान् तर अचम्मको कुरा के भने दिल्शोभाले चाहने बित्तिकै चाही कसरि विदेश उडाइन होला त? जबकि कोहि नाताप्रमाणित मान्छेसंग बाहेक नाबालकहरु विदेश जान पाउदैनन भन्ने सुनिन्छ । भनेपछि यो बिमानस्थलमा समातिनुपरने हैन र तिनीहरु? कि ट्याक्सीमा चडाएर पठाएको होला क्यानाडा? पठाएकै हो भने नि नियम पुरा गरेको होला, नत्र बिमानस्थलमा रोकिनुपर्ने……यस्तो अवस्थामा पत्रकार महोदयहरुलाई किन खसखस?
३) धर्मपरिवर्तनको बारेमा: यो मुद्दा साच्चिकै जटिल मुद्दा हो । कतिलाई मेरो कुरा चित्त नबुझ्न पनि सक्छ तर यथार्थ यहि नै हो । के कोहि हिन्दु बाउआमाले आफ्नो घरमा जन्मेको बच्चालाई तँ हिन्दु बन्छस कि क्रिश्चियन बन्छस कि के बन्छस भनेर सोधेर न्वारन गर्छ र? गर्दैन नि हैन? के एउटा हिन्दुले आफ्नो बच्चालाई आफुँसंग मन्दिर लग्दैन र? के एउटा मुस्लिमले आफ्नो बच्चालाई आफुँसंगै मस्जिद लैजादैन र? के हिन्दुले खोलेको बालगृहका बच्चाहरु हिन्दु संस्कार मान्दैनन र? यदि दिलशोभाले बच्चाहरुलाई चर्च लैजानु गल्ति हो, त्यसो गर्न पाइदैन भन्ने हो भने माइसंसार कृपया मलाइ जवाफ दिनुस कि अबदेखि उसो हिन्दुले खोलेको बालगृहका बच्चाहरुलाई हिन्दु संस्कार लाद्न पाइन्छ कि पाइदैन ? के मलाई एउटा उदाहरण देखाउन सक्नुहुन्छ, कुनै हिन्दुले चलाएको बालाश्रम वा बृद्दाश्रममा आश्रित कुनै मुस्लिम वा क्रिश्चियन परिवारको बालक वा बच्चा मस्जिद वा चर्च जान पाएको? कुरान वा बाइबल पढ्न पाएको? पक्कै सक्नुहुन्न किनकि त्यो अवस्था कहींकतै छदैछैन, त्यसो हो भने आफुसंग आश्रितहरुलाई आफ्नै आस्थामा हुर्काउन सबैले पाउने क्रिश्चियनले नपाउने भन्ने हुन्छ? यस्ता खुरापाती बहस गरेर कतिन्जेल पेट भर्ने पत्रकारहरु?
दावा लामा जी,
हजुरको बुंदागत प्रश्नको मेरो बुदागत राय !
१) दिलशोभाले बैधानिक बाटो नअपनाउनु नै एउटा अपराध हो | ल ठिक छ संस्था दर्ता गर्नुपर्छ भन्ने उनलाई थाहा नहुन सक्छ किनकि दिलसोभालाइ सबै कानुनी बाटो थाहा नहोला, तर संस्थामा राखिएका बच्चाहरुलाई अर्काको घरमा कामगर्न पठाउनु पाप नै हो | उनि क्रिश्चियन धर्म मान्छिन र बाइबलमा पनि पाप र धर्मको बारेमा धेरै लेखिएको छ | धार्मिक रुपमा जसलाई पाप भनिन्छ त्यसलाई कानुनि रुपमा अपराध भनिन्छ |
२) संस्थामा राखिएका बच्चालाइ विदेश पठाउनु लाइ अमेरिकन डिभी संग जोड्नु हजुरको अन्धबिस्वासको परकास्ठा हो | डिभी भर्नपनि न्युनतम योग्यता (हाइ स्कूल) तोकिएको छ, अर्थात १७-१८ वर्ष भन्दा सानोले डिभी कार्यक्रममा भाग लिन पाउदैनन | १८ वर्ष भन्दामाथिको लाइ थाहा हुन्छ कि उनीहरु के गर्दैछन, त्यसैले त्यो न्युनतम मापदण्ड राखिएको हो | १८ वर्ष भन्दाकमका बालबालिकालाई उनीहरुको बाबुआमाको अनुमति लगायात अन्य कानुनि प्रक्रिया पुरा गर्नुपर्छ | हुनत हजुरले अर्को कुतर्क गर्नु होला कि उनीहरुको बाबुआमा नै थिएनन् | यहालाइ जानकारी होस् उनीहरुलाई सडकबाट ल्याइएको थिएन, दलाल मार्फत कर्णाली अञ्चल बाट ल्याइएको थियो जुन प्रमाणित भैसकेको छ | हो, दिलसोभा संगै विदेश पठाउन सहयोग गर्ने दलाल र अध्यागमनका कर्मचारी लाइ पनि कडा कानुनि कारबाही गर्नु पर्छ |
३) महोदयले सोध्नु भएको छ कि “के कोहि हिन्दु बाउआमाले आफ्नो घरमा जन्मेको बच्चालाई तँ हिन्दु बन्छस कि क्रिश्चियन बन्छस कि के बन्छस भनेर सोधेर न्वारन गर्छ र? ” हो पक्कै त्यसो गर्दैनन किनकि बाबुआमा संग उनीहरुको नैतिक अधिकार रहेको हुन्छ त्यसो गर्ने | यो समाज र कानुनले बाबु-आमालाइ बच्चा १८ वर्ष नहुदा सम्म दिएको एक प्रकारको स्वतन्त्रता हो | तर १८ पछि उसले धर्म परिबर्तन गर्छु भन्यो भने बाबुआमाले पनि रोक्न पाउदैनन | दिल्सोभाले चर्च लैजान उनीहरुका बाबुआमाको स्वीकृति लिएको थियिन वा थियिनन भन्ने अर्को कानुनि प्रश्न पनि खडा भएकोछ |
अरु पनि संगीन आरोप हरु प्रमाणित भैसकेको अबस्थामा सम्बन्धित निकायले प्रक्रिया अगाडी लैजाओस |
जब सम्म दावा जी जस्ता अन्धभक्तहरु परिबर्तन हुदैनन्, हाम्रो समाज १९औ सताब्दीमा नै रहन्छ |
१) अर्काको घरमा काम गर्न पठाउनु अपराध नै हो । म पनि मान्छु त्यो कुरा । तर त्यसमा किन गहिरिएर अनुसन्धान नगरिकन यहाँ जबर्जस्ति खोस्ते पत्रकारिता प्रकट गरिन्छ? के कसैले सोधखोज गरेको छ? उनिहरुलाई किन अर्काको घरमा पठाइयो भनेर? कतै तिनका बाबुआमाले सहमति दिएका हुन् कि? कतै उनिहरुलाई काम गर्न लगिने ठाउँमा आमाघर्मा भन्दा राम्रै ब्यबस्था पो छ कि? गल्ति छ भने त्यसै चिच्याएर भएन नि मित्रहरु! त्यसको अनुसन्धान गरेर जेजे कुरा गल्ति भाको छ त्यसमा प्रश्न उठाउने हो नकि हावाको तालमा सरसर्ती जे देखिन्छ त्यहि सत्य हो भन्ने सोच्ने ! काठमाडौंका ८० प्रतिशत घरमा बालश्रमिक राखिएका छन् । कसैलाई ख्याल छ यो कुरा?
२) डिभी र बालबच्चा विदेश पठाउनु एकै हो । त्यसमा केहि पनि फरक छैन । त्यो दुवै विदेश मोह हो । यती बुज्रुकहरुले किन दिल्शोभाले पठाएका बालकहरुको विवरण खोजेर कुन आधारमा पठाईएको रैछ भनेर सार्वाजनिक गर्दैनन्, किन प्रतिबेदन केहि बोल्दैन यस बारेमा?
३) सडकका हुन् कि कर्णालीका ! त्यो यहाँको बहसको बिषय होइन….आमाघरमा रहेका हरेक बालबालिकाको निम्ति सम्बन्धित गाउँ बिकाश समितिले अति बिपन्न/ अनाथ भनेर बच्चा राख्दिनका निम्ति सिफारिस पत्र लेखेको छ । यदि स्थानिय निकायले सिफारिस गरेको बिपन्नहरुलाई बालगृहमा राख्नु नै गलत हो भने कारबाही होस्, नहोस कसैले भनेको छैन । तर यदि कोहि बच्चा कसैको शरणमा रहनछ भने उसमाथि १८ बर्ष नपुग्दा सम्म संरक्षकको अधिकार रहन्छ, चाहे आफ्नै अभिभाबक होस् वा बालगृहको संचालक । त्यसैले मैले यहाँ भन्न खोजेको चाहिं दिलशोभालाई कारबाही गर्ने नै हो भने अरु बिषय होलान्, नहोलान भन्न सकिदैन तर धर्म परिवर्तनको कारण कारबाही गर्न मिल्दैन ! अन्यथा लहरो तान्दा पहरो थर्किन सक्छ ।
यो दावा लामा आफै नया धर्म परिबर्तन गरेको मान्छे जस्तो छ / नया जोगीले खरानी धेरै घस्स्छ भन्ने नेपाली उखान छ / नेपालमा नया धर्म परिबर्तन गरेकाहरुले आफ्नो नया धर्मको खुबै प्रसंसा गर्छन/ नया धर्मको समर्थनमा वकालत गर्छन / उनीहरुले धर्म परिबर्तन होईन जिबन परिबर्तन हो भन्दै अरुलाईपनि नया धर्म लिन उक्साउछन / यसैको आधारमा यो दावा लामाले धर्म परीबर्तन आधारमा कारबाही गर्न मिल्दैन भन्दै छ /
निकै जान्ने रैछ यार यो मान्छे!
दावा गरि नै भन्यो त्!
दुइ लम्बर को कुरो चाहि के भनेनी यहा बंगाली हरुलाई त नपाली भनेर विदेश पधाउन सक्ने मान्छे छन् हाम्रो अध्यागमन र मन्त्रालयहरुमा अब त्यो नेपालको बालबालिकालाई विदेश पठाउने र रोक्ने कुरा चाहि नगर्दा होला!
अनि तिन लम्बर को कुरा चाहि, धर्म परिवर्तन लोभ लालच र दवाबमा गराउनु नैतिक हराम अनि गैरकानुनी काम हो! अझै तेस्मा संगठित तबरले एउटा मिशनको आर्थिक सहयोगको लालचमा कलिला बालबालिकामाथि दिने दबाब त कमिनापन र आपराधिक कार्यनी हो! मुस्लिम र क्रिस्चिएन बच्चालाई उनीहरुको मस्जिद र चर्चामा जाननदिने भन्ने कुरा छ तेस्मा दावाजिको दृस्टी र सोचाइ मा कमजोरी पो देख्छु म!
कुनै बाल गृह हिन्दु मुस्लिम क्रिस्चिएन को भनेर चलाइदैन त्यो त तेहा रहेको अधिकांश बालकको प्रिस्ठभुमि र सामाजिक बाताबरण साथै प्राप्त अबस्थितिले यस्ता कुरा निर्धारण गर्दछ! एउटा वा दुइटा बच्चा मुस्लिम छ अब तिनीहरुलाई मस्जिदमा ल्याउने लैजाने वा तिनीहरुलाई आफै जा भन्ने? यस्ताकुरा लामो हुन्छ बिबादमा तेसैले आफै राम्ररि सोची बिचार्नु उचित हुन्छ!
यहा कुरा अनाथ बालकलाई सडकबाट उठायर बालगृहमा ल्याउनु भन्दा बिपरित गाउ गाऊ मा दलाल पठायर गरिब हरुलाई लोभ लालच देखाई उनीहरुको बच्चा ल्यायर बालगृहको नाममा संचालन गरिएको क्रिस्चिएन मिशनमा संगठानिक र भूमिगत तरिकाले धार्मिक भ्रस्ट्याइ गर्नु को हो! अनि बालक माथि गरिएको कथित धर्म परिवर्तन र बाल अपराध साथै दवाबको हो यो बाल हिंशा हो, अनैतिक अपराध हो!
जहासम्मको एऊ लम्बरको कुरा छ, त्यो चाहि हाम्रो देशको सरकारी कार्यालय र स्थाई सरकार चलायर बस्ने हाकिम हरुको कमजोरी साथै सरकारी कार्यालय हरु एक अर्कोमा आन्तरिक समानाजस्यता छैन भन्ने कुरा को गहन र पछिल्लो उदाहरण हो!
यहा सडक बिभाग आफूखुसी सडक निर्माण वा मर्मत गर्छ अनि खाने पानि वा ढल सम्बन्धि हाकिम हरु कहिले सडक हाकिमको काम सकिएला र आफ्नो सुरु गरौला भनेर कुरी हेरी बस्छ जव सडक को काम सकिन्छ अनि तेही सकमा खन्ती र गैंचे चाला भनेर आदेश दिन्छ! कुरो तेही हो!
तर यसो भनेर दिलशोभालाई सुद्दिकरण गर्न सकिन्न र मिल्दैन उसले समाजमाथि विश्वासघात गरेको हो भने सामाजिक कानुन तोडेको हो भने तेसै अनुरुप सजाय हुनुपर्छ नत्र यो नजिर बन्ने छ!
ओ के Dawa जी
In a country like Nepal, it is very difficult to track everything. Unless you run an operation with lots of man power, lots of paperworks and lawyers, which requires hefty donations from rich donor organizations. Money would have spent on those bureaucrats. The main point is intention. DilSova’s intention is pure and clear. During execution, few glitches and weaknesses cannot be completely avoided. It happens every sector. As I said, to do so, will require lots of resources.
So, it is an absolute promotion of negative attitude to discourage such a good social work. I really would like everyone including mysansaar and nagariknews to support her.
निश्चयनै कानुनको मात्र कुरा गर्ने हो भने बृ्द्ध र बालबालिकाको संरक्षकत्व उनीहरूको घरपरिवारले वा सो नभए राज्यको दायरा भित्र आउँछ वा आउनु पर्ने हो । तर सो नभएको अवस्थामा दिलशोभा वा अन्य कसैले सदासयता देखाएर संरक्षकत्व प्रदान गर्नु अपराध हैन महान कार्य हो । बालबालिकाको लालनपालन गर्न स्वीकृति नलिनु आफैँमा गल्ति भए पनि दायीत्वबाट पछि हट्ने राज्य भन्दा दिलशोभालाई राम्रो भन्न मिल्छ । तर संस्थाको सम्पत्ति अपचलन, बेचविखन, बालबालिका बेपत्ता वा बिदेश पठाउनु, कामदारका रुपमा घर घर पठाउनु, बाइबलका ठेली बोकाएर धर्म प्रति अन्जानबाल बालिकालाई क्रिस्चियन धर्म अंगाल्न बाध्य पारिनु दिलशोभाले गरेका अपराध मानिनु र सोही अनुसार कार्यवाही गरिनु पर्छ ।
पुलिसले प्रमाणित तथ्य तिर किन खोजतलास गरेन त ! किन यौन दुराचारमा मात्र केन्द्रीत बन्यो ? प्रमाणित अपराधमा छानबिन र कार्यवाही अपरिहार्य छ ।
हो प्रमाणित हुन् नसक्ने र आ-आफ्नो ब्यबसायिक स्वार्थको लागी एउटी महिलालाई यौन दुराचारको बात लगाउने पीत पत्रकार तथा पत्रिकालाई कानुले दिन सक्ने अधिकतम संजाय हुनै पर्छ तर आमाको नाम बेचेर, ममता खोसेर, दर्जनौं बच्चाहरुलाई थांगनामा सुताएर तिनैलाई लिस्नो बनाएर कमाउ धन्दामा लागेकी ब्यापारी दिलशोभाको चैं कुन नैतिकताले गुण गान गाउने हो ? एउटा अपराधको बिरोधमा मासुम बच्चा माथिको दर्जनौं अपराधलाई नजरअन्दाज गर्ने पनी तरिका हुन्छ नि हौ |