पशुपति होमिओप्याथिक अस्पतालमा केही समय अगाडि उपचार गर्न पुगेको थिएँ। पहिलो चोटी उपचार गर्दा जाँच पनि सित्तैमा, अनि औषधी पनि सित्तैमा पाएको खुशी लाग्यो। यस्तो सित्तैमा काठमान्डूमा गर्ने पनि ठाउँ भएको एकमनले त विश्वास गर्न गाह्रो भो। सोचे एस्तो ठाउँमा बरु उपचार राम्रो भए त डाक्टरलाई बरु केही खर्च इनामै दिए नि केही छैन। तर जाँचपछि डाक्टरले चिनेको एक क्लिनिकमा गएर ‘रगत जाँच’ गरेर ल्याउनु भनेर मलाई एक पर्चा थमाए पुल्चोकमा रहेको ‘ललितपुर डाइबिटीज क्लिनिक’को। मैले नि ठिकै छ नि त, रु.१००० जति लागे पनि के फरक पर्यो र, थोरै कमिशन लिए नि ‘गरी खाओस्’ डाक्टरले भनेर उपचार गर्ने ठाउँ गए। अनि सोधे कति हो त खर्च भनेर। त्यहाँको पसलेले जवाफ दियो, मात्र रु. २६००/- रे। अनि थाहा भो यो कमिशनको सक्कली खेल।
जाबो रगत जांच गर्न त्येत्रो लागेपछि सरकारले सित्तैमा उपचार गर्न खोलेको अस्पतालको के अर्थ रह्यो र? तर जाबो रगत जाँच त अन्तै भए नि गरिन्छ नि भनेर पर्चा लिएर त्यसमा लेखिएको टेस्ट अन्त नि गरिन्छ कि भनेर नि गए। धेरै जस्तो ठाउँ सामान्य ‘लिबिड प्रोफाइल’ भनिने जाँचको रु. ६०० लिँदो रैछ। तर त्यो पर्चामा लेखिएको HBP नामको जाँच कुनै अन्तको ठाउँलाई थाहा रहेन रैछ। किन भन्दा त्यो जाँचमा फ़हरिस्त लुकाइएको रहेछ त्यो ‘HBP’ को नाममा जुन कि त त्यो क्लिनिकलाई मात्र थाहा रैछ, कि त त्यो डाक्टरलाई मात्र। २-४ दिन बुझेर हेर्दा रगत अन्त रगत जाँच गर्न असम्भव देखेपछि म हाललाई औषधी खाने तर रगत जाँच नगर्ने निर्णयमा पुगे। खुशीको कुरा औषधिले मेरो १४ बर्ष देखी बल्झिएको टन्सिललाई साँच्चै राम्रो असर गर्यो।
उपचारको औषधी सकिएपछि म फेरि अस्पताल गएँ। त्यो बेला अस्पतालको अर्कै डाक्टरलाई देखाएर भए नि बरु उपचार जारी गरुँ भन्ने सोचले अस्पताल गएँ। तर अर्का डाक्टरले पुरानो पर्चामा डाक्टरको नाम नखुलाए पनि मलाई अर्को डाक्टरको अक्षर देखेर त्यहीँ जान आदेश दिए।
दुनिया भरी एक डाक्टरले अर्को डाक्टरको रिफरल हेरेर उपचार गर्नु हुने भए नि, त्यो अस्पतालमा त्यस्तो नमानिने रैछ, सायद कमिशनकै लागि।
अन्तमा गएँ उही पुरानो डाक्टरकोमा। अनि औषधी अरु केही दिन बढाउन मिल्छ कि भनेर सोधेँ अनि डाक्टरलाई जे रगत जाँच गर्ने भए नि मेरो एक साथीले सित्तैमा गर्दिन्छ भने। डाक्टरले अन्त त्यो जाँच नहुने र त्यो जाँचपछि मात्र अरु औषधी थप्ने कुरा गरे।
यो घटनापछि म कुनै अन्तै ठाउँ उपचार गर्ने तर सित्तैमा उपचार गरिने भनेको त्यस ठाउँको आर्थिक शोषणमा नपर्ने निर्णय गरेको छु। म कमाउने र आफै गरी खाने मानिसलाई समेत रु. २६०० भनेको सानो हुन्न। त्यति पैसाले मेरो १ महिनाको पेट्रोल खर्च धानिन्छ यो सहरमा।
झन् काठमाण्डु बाहिरका धेरै मानिसहरुको लागि त्यो रकम घर फर्किने टिकटको रकम हुन सक्छ। एस्तो कमिशनको खेलको असर के अनन्त लोभको असरमा परेर पैसामा तौलिने त्यस्ता डाक्टर र त्यो क्लिनिकका मानिसले बुझ्छन् त?
पुनश्च: डाक्टर अस्पतालको दरबन्दी पाएका ५ नम्बर कोठामा बस्ने डा. अमित गुप्त नामले चिनिन्थे। हाललाई मैले यो समाचार संगै जोडेको तस्विरमा आफ्नो नाम, बिल न. र फोन न. इरेज गरेकोछु।
कोरिया र अमेरिकाको नेपाली अम्बासी मात्रै हैन कतारको एम्बासिको पनि चाला यस्तै छ आफैले लागेको फोटोले केहि पनि काम गर्दैन उनीहरुले भनेकै ठाउमा दस्तुर तिरेर मात्रै फोटो खिच्नु पर्छ / आखिर यो सब कमिसनकै खेल हो, विश्वको हरेक कुनामा कुनै एक नेपाली लाई अर्को नेपालीले नै ठगि रहेछ
कोरिया स्तित नेपाली एम्बेसीले पनि कमिसन को खेल खेलको थियो | MRP पासपोर्ट बनाउन जादा हामीले वेबशाइटमा भने जस्तो फोटो लिएर जादा हुदैन | नाचुरल भएन | तपाइको पासपोर्ट बन्दैन फिर्ता आउछ | बेकारमा दुख पाउनु हुन्छ भन्दै कमिसन खाने एउटा नजिक को स्टुडियोमा पुन फोटो खिच्न सबैलाई भनेको थियो|
वाशिंगटन डि सी को दुतावास ले MRP को लागि फोटोमा धेरै दुख दियो मलाई / अन्तमा उनीहरुले भनेकै स्टुडियोमा गएपछि पनि कपाल लामु भयो रे, निधार देखिएन रे, ए बाबा ठाकुरे, निधार देखेर मान्छे चिन्ने हो र? नभए नहोस फर्केर नेपालबाट आयो भने अर्को फोटो खिचौला भनेर भनेपछि राख्यो, पछि पासपोर्ट त बनेर आएछ /
गरिब भयर जन्मिनु हाम्रो के दोस छर। गाउको चौतारी देखि बिदेश उड्न लागेको पिलेनको ढोका सम्म ठगी नै ठगी। खै किन हुन्छ हाम्रो देशमा यस्तो।
रगत जाँच्ने विभिन्न तरिका हुन्छन| जस्तै तपाईले डाईबिटिजको कुरो निकाल्नु भएकोले, त्यो ग्लुकोज टेस्ट त हैन? भन्ने शंका लाग्यो| यदि ग्लुकोज टेस्ट हो भने त, यो टेस्टको अलिक बढी खर्च लाग्न सक्छ है? अरु डाक्टरकोमा गएर सेकेन्ड-ओपिनिओन लिनु होला| आफ्नो स्वास्थ्यमा खेलवाड गर्न हुन्न|
साथै त्यो डाक्टरको बिषयमा यस्तो शंका लाग्छ भने, कतै जाहेरी दिन सकिन्छ भने, उजुरी दिनुहोला| भोलिका बिरामीहरुले तपाईलाई धन्य मान्नेछन|
यस्तो कमिसन को खेल धेरै अस्पतालमा छ / मलाई धेरै पटक सिभिल सर्भिस अस्पतालमा परेको छ/ यदि उपभोक्ता सरोकार केन्द्रबाट छानबिन हुने हो भने त्यहाँका हरेक डाक्टरलाई मुद्दा चलाउन सकिन्छ/
मैले मेरो एउटा मिल्ने प्याथोलोजी ल्याबमा काम गर्ने ( साउदी अरबमा) भारतको डाक्टर लाइ रगतको H.B.P. टेस्ट भनेको के हो ? भनेर सोधेको High Blood Pressure टेस्ट हो रे, अनि जाबो रक्तचाप जांच गरेको पनि २६०० रुपैया…!!! यो सरासर लूट भएन र ? येसैलाई आधार भनाएर सम्बन्धित ल्याब/डाक्टर लाइ कारवाही गर्न मिल्दैन?
बैदेशिक रोजगरीमा जादा पनि त्यही हाल छ / म्यानपावोरले जुन मेडिकलमा जा भन्छ त्यही जानु पर्छ / नत्र अरु मेडिकल गए हुदैन भन्छ / यसमा पनि कमिसनको खेल छ /