Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ह्वाइटहाउस, डनबस्को, नोबल एकेडेमी लगायत नाम चलेका कलेजको लाजमर्दो पारा लौ हेर्नुस् त

Posted on May 19, 2014 by Salokya

हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज,
काठमाडौँ डनबस्को कलेज,
सान इन्टरनेसनल कलेज,
कान्तिपुर सिटी कलेज,
कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इञ्जिनियरिङ,
नोबल एकेडेमी, पोखरा
निजी क्षेत्रका नाम चलेका कलेजहरु हुन् यी। विद्यार्थीहरु टन्नै हुन्छन्। फि पनि महँगै छ।

तर हेर्नुस् त बिजोग, यी लगायत २७ कलेजका हजारौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको छ। विद्यार्थीबाट टन्नै शुल्क उठाउने यी कलेजले सम्बन्धन शुल्कवापत् युनिभर्सिटी (पूर्वाञ्चल) लाई भने पैसा तिरेनछन्।

अब युनिभर्सिटी पनि के कम, कलेजले पैसा नतिरेको रिसको झोँक निर्दोष विद्यार्थीहरुमाथि पोखिदिएछ।

जेठ २ गते सूचना निकाल्दै पूर्वाञ्चल युनिभर्सिटीले भनेको छ- बाँकी रहेको रकम चुक्ता नगरेसम्म २७ कलेजका विद्यार्थीहरुको रिजल्ट नै स्थगित गरिदिन्छौँ।
हेर्नुस् सूचना-
PU_Withheld_Notice

बिजोगको कुरा यतिमा मात्र सीमित हुँदैन। तपाईँले देख्नुभयो होला माथिको सूचनामा निमित्त परीक्षा नियन्त्रकको हस्ताक्षर छ। किन ? किनभने परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतलाई अख्तियारले भ्रष्टाचार र अनियमितताको छानबिनका लागि निलम्बन गर्न आदेश दिएको छ।

परीक्षा नियन्त्रकको के कुरा, उपकुलपति डा. महेश्वरमान श्रेष्ठ र रजिष्ट्रार डा. निरोज पाण्डे समेत अख्तियारको आदेशमा निलम्बनमा छन्।

13 thoughts on “ह्वाइटहाउस, डनबस्को, नोबल एकेडेमी लगायत नाम चलेका कलेजको लाजमर्दो पारा लौ हेर्नुस् त”

  1. Kalyan Poudel says:
    June 2, 2014 at 3:49 pm

    Lack of Timely Monitoring.

    Reply
  2. Rekha says:
    May 21, 2014 at 10:09 am

    What is the government doing when millions of students are devastated?Who is going to compensate the cost,time and the labor invested by the students and the hopes of the family members?How can the government act so pathetic by playing with these students and their families?

    Reply
  3. devendra says:
    May 20, 2014 at 4:49 pm

    प्राइभेट प्लस टु बन्द गर्नु पर्छ, सामुदायिक स्कुल हरु संचालन गर्नु पर्छ जसमा सबैको पहुँच पुग्छ….

    Reply
  4. Sisir says:
    May 20, 2014 at 1:56 pm

    यो बिद्यार्थी माथिको घोर अन्याय हो .. दोषी संस्था र सम्बद्ध व्यक्तिलाई कारबाही गर्नु छाडेर किन निर्दोष माथि प्रहार ? यो कानुनी सिधान्त बिपरित छ .. परिक्ष्य हुन भन्दा अगाडी PU के हेरेर बसेको थियो, तेती बेलै एस्तो सूचना सार्बजनिक गर्नु पर्ने होइन ? अनि हाम्रा बिद्यार्थी संगठनका मालिकहरु कुन दुलोमा लुकेर बसेका छन् अहिले ?

    Reply
  5. alisa says:
    May 20, 2014 at 11:40 am

    कलेजको गल्ति निर्दोष बिध्राथी लाई किन दिने? कलेज लाई कानुन लगाउनु पर्छ. बिधार्थी को result रोक्नु भनेको सस्तो , अन्प्रोफेसनल कार्य मात्र पुस्टि हुञ्छ. कालाजले भोग्नु पर्ने दुख बिध्राथी
    ले किन भोग्ने.

    Reply
  6. bijay says:
    May 20, 2014 at 1:55 am

    अचम्मको कुरा पेट्रोलको भाउ बढ्यो भनेर सडक भरि ढुंगाको बर्षा गर्ने बिध्यार्थिहरु एस्तो कुरामा चै चुइक्क बोलेको जस्तो लाग्दैन / कि चै ठुला ठालु नेताका लगानी भएका कलेजहरु परे यी?

    Reply
  7. kedar says:
    May 19, 2014 at 11:12 pm

    जसरि हुन्छ पैसा कमाउ पैसा
    बिद्यार्थी/अभिभाबक लुटेर हुन्छ कि
    सरकारी कर छलेर हुन्छ
    शिक्षकको कमाइ मारेर हुन्छ कि
    ताइ न तुइका सस्ता शिक्षक हालेर हुन्छ
    येसो गर वा उसो गर
    गर्न सक्ने जे सुकै गर
    तर
    पैसा चैं कमाउ है पैसा

    Reply
    1. ausmitra says:
      May 20, 2014 at 1:02 am

      विद्यार्थीको रिजल्ट होइन संचालक समितिका सदस्यहरुको बैंक र सम्पत्ति रोक्का (Freeze) गर्नु पर्यो नि. विद्यार्थीले त बरा पैसा तिरेको तिर्यै गर्नु पर्छ.

      Reply
  8. भक्तपुरे says:
    May 19, 2014 at 9:34 pm

    सम्बन्धन शुल्क नतिरेको हैन तिरेको हो, तर लिनेले लिएर निलम्बनमा परेर हिरासतको बाटो तताउँदैछन् / अनि नयाँ आउनेले सुचना निकाल्न परेन त?

    Reply
  9. Anjaan says:
    May 19, 2014 at 4:04 pm

    लाजमर्दो समाचार !!! यस कुरा बाट के प्रस्ट हुञ्छ भने यी college हरु ले बिधार्थी हरु को भबिष्य को कुनै मतलब गर्दैनन् र गरेका पनि छैनन्, यिनीहरु लाई त पैसा मात्र चाहियको छ बिधार्थी हरु बाट, busines गर्नु छ बस !!!!

    Reply
  10. Sanjay says:
    May 19, 2014 at 3:17 pm

    This is all education system hijacked by mafia in the country. White House doesn’t pay its junior teachers on time. The teachers are selectively paid .. Juniors keep teaching either without wages or low wages never paid on time . Same goes true with other colleges. Xavier international is very infamous in doing this.but the founders keep making money and have gotten rich on the blood and sweat of hard working teachers. Don Bosco had the purbaanchal vc flown abroad to get approval for some of its programs. The entire system is rigged and broken and these ppl keep thriving !! There is little hope in Nepal .

    Reply
  11. Shankar says:
    May 19, 2014 at 3:05 pm

    कलेज र युनिबर्सिती दुबैको काम गैर जिम्बेबार भयो |
    नाउ सुन्दै कति बिटुलो लाग्छ ,नौरंगी काम कै लागि आएजस्तो डन बस्को कलेज , ह्वाइहाउस कलेज | असली नाम स्याँगजाली ले खोलेको कलेज , झापाली ले खोलेको कलेज राखेको भए हुने नि |
    पुर्बांचल युनिबर्सिती फेरी गजब कै रहेछ , सब घुस्काण्ड मा निलम्बन मा परेका गजब छ |

    Reply
  12. eklavya says:
    May 19, 2014 at 2:24 pm

    अरु देशमा भ्रस्टाचार हुन्छ तर सायद १०% वा त्यो भन्दा नि कम ति पनि अनुसन्धान पछि देखा पर्छन अनि घरको न घाटका भैदिन्छ तर हाम्रो देशमा कुनै पनि छेत्रमा ९०% भन्दा बढी भ्रस्टाचार हुन्छ र फूलमाला अनि अबिरले स्वागत हुन्छ प्रसङ्ग यहि मोहन बहादुर बस्नेत कै लिउ चुनाव अघि सम्म सिन्धुपाल्चोक मा अरुको घरमा बास बस्दै हिड्ने मान्छे आज अकुत सम्पतिको मालिक छ तलबको कुरा गर्ने हो भने यी सम्पति यिनका सात पुस्ताले देख्न पौदैनथियो होला आज सात पुस्ताकोलागी कमाएका छन् …सायद भागबण्डा नमिलेर होला सहि गर्न पनि भ्याएछन ….येस्तालाई अरुको भविष्यसंग के मतलब जो देशको हुन सकेन त्यो जनताको छोरा छोरीको के होला ….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme