Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी फँसाउँछन् विज्ञापनले तपाईँलाई, विज्ञापनबाट जनता ठग्ने चार उपाय

Posted on May 18, 2014 by mysansar

विज्ञापनका सम्बन्धमा Jeremy Clarke को एउटा भनाई निकै प्रख्यात छ। उनी भन्छन्-
“Advertising is like an addiction – it can run and ruin your life”

अर्थात् विज्ञापनले तपाईँको जीवन बनाउन पनि सक्छ, बिगार्न पनि। बनाउने विज्ञापनको कुरा गर्दा जागिरकै विज्ञापनलाई उदाहरणका रुपमा लिन सकिन्छ। कसैलाई जागिरको अवसर विज्ञापन हेरेरै जुरेको हुनसक्छ।

बिगार्ने विज्ञापनहरुको बारेमा चाहिँ सचेत हुनुपर्छ है। रमेश बान्तवाले आफ्ना साथीभाइ र परिचितलाई ठग्ने, बिगार्ने चार विज्ञापनको उदाहरण भेट्टाएका छन्।

विज्ञापन नम्बर १ : वैदेशिक रोजगार

एक जना मित्र ‘वैदेशिक रोजगारको सुवर्ण अवसर’ विज्ञापन हेरेर त्यसैको चक्करमा परी तीन लाख नगद र एक वर्ष समयसमेत स्वाहा पारेका छन्।

विज्ञापन नम्बर २ : कलाकार चाहियो

अर्का मित्रलाई अभिनयको निक्कै सोख थियो। ”कलाकार चाहियो ” को विज्ञापन देख्यो कि सम्पर्क गरिहाल्थे। एक दिन एनटिभी टुमा प्रसारण भइरहेको धारावाहिकमा काम गर्न इच्छुक ”कलाकार चाहियो’ ‘को विज्ञापन देखेर सम्पर्क गर्दा तु. आउन भनेछन्।

उनी हतारिँदै पुतलीसडक पुगे। निर्देशकसँग कुरा हुँदा त रोल नै उनैलाई भनेर लेखिएको जस्तो परेछ। सुटिङ भोलि बिहान ५ बजेदेखि हुने पक्का भो।

पहिलो एपिसोडको पारिश्रमिक नपाउने साथै एउटा फर्म भर्नुपर्ने र दस्तुर बापत रु ३५०० तिर्नुपर्ने रहेछ। अनि सुटिंग स्थलमा खानको लागि रु. एक हजार अलग्गै बुझाउनु पर्ने भनेपछि तीन छक्क परेछन्। कहाँ काम गरे बापत् पारिश्रमिक पाउनुपर्नेमा उल्टो आफूले पो व्यहोर्नु पर्ने बुझेपछि अक्क न बक्क भएछन्।

विज्ञापन नम्बर ३ : अंग्रेजी टाइप गर्न जान्ने चाहियो

कम्प्युटरमा हल्का दख्खल भएका अर्का एकजनाले ‘अंग्रेजी टाइप गर्न जान्ने भए दिनको रु. ८०० – देखि एक हजारसम्म कमाउन सक्ने’ विज्ञापन देखे। फोन गरे।
पहिले तीन दिन तालिम लिनु पर्ने भनियो। ल त नि भनेर २५०० बुझाए। तर काम पाउने आशमा बसेको पनि तीन महिना भइसक्यो। तर काम चैँ छैन, दाम चै स्वाहा।

विज्ञापन नम्बर ४ : घरमै बसी काम गर्न सकिने

मेरा एक परिचित जागिरे छन्। दुई सन्तानको लालनपालन एवं घर खर्चको जिम्मेवारी छ। एक्लैको कमाईले धान्न धौ-धौ पर्ने भएपछि श्रीमतीलाई पनि कतै अल्झाउन पाए अलिक सजिलो हुने सोचेर लागे कामको खोजीमा। अनि देखे विज्ञापन ”विदेशी माला बनाउने कामदार चाहियो, घरमै बसी काम गर्न सकिने, बोनस, भत्ता लगायत महिनाको १५ देखि २० हजार”

अनि त के खोज्छस् कानो …..झैँ भो तुरुन्त सम्पर्क गरेपछि ”काम गर्नुभन्दा पहिले तालिम लिनु जरुरी हुने तर सो बापत रु. ३५०० + फर्मको रु. १०० लाग्ने” बुझेपछि चुपचाप छन्।

यथार्थमा तालिमको नाममा रकम असुल्ने र झुलाउने मात्र रहेछ।

यी हुन् विज्ञापनद्वारा हुने ठगीका केही नमूनाहरु जसलाई म ठगी नै हो भन्न रुचाउँछु। तपाईँले पनि यस्तै केही भोग्नुभएको भए तल कमेन्टमा बाँड्नुस् है।

13 thoughts on “यसरी फँसाउँछन् विज्ञापनले तपाईँलाई, विज्ञापनबाट जनता ठग्ने चार उपाय”

  1. Rajan Gautam says:
    May 22, 2014 at 1:48 pm

    यो सरासर ठगि हो , यस्तै ठगीमा परेका केहि व्यक्तिहरुले ३\४ महिना अघि ठगीमा पर्यौ भन्दै बाणिज्य तथा आपूर्ति ब्यबस्थापन विभागमा उजुरिदियेका थिए तर बाणिज्य ले खासै प्रभाकारी कारबाही गर्न सकेन र त्यो उजुरी त्यसै थन्कियो , तर यस्ता थागीहरु भने दिन परदिन बढिने रहेकाछन

    Reply
  2. रिवाज घिमिरे says:
    May 22, 2014 at 11:52 am

    मेरो त यै बिग्यपनकै चक्करमा कोटेश्वरको न्यु स्टार प्रा लि भन्नेले ५ हजार खाइदियो । ऊठाउने केहि बाटो छ कि ?

    Reply
  3. bijay says:
    May 19, 2014 at 10:33 pm

    ठगि हो भनेर थाहा भए येसो फारम लिन गएको जस्तो गरेर पछि पछि एक हुल केटाहरु पनि साथै लिएर गएर ति ठगहरु बाउको बिहे देखाएर आउन सक्किन र ?

    Reply
  4. Vijay says:
    May 19, 2014 at 9:42 pm

    एकपटक कुन पत्रिका मा हो, फेसबुक चलाउन जान्ने लाइ ८००० मासिक भनेर पो आएको थियो !

    Reply
  5. सिर्जने says:
    May 19, 2014 at 7:17 pm

    यो फराहा फल्ली भन्ने मान्छेले बिज्ञापन गरेर गरेको ठगिको कथा हो / उसको एउटा कम्प्युटर तालिम केन्द्र थियो पुतलीसडकमा, तर धेरै पहिला, २०५६ सालमा / “कम्प्युटर तालिममा छात्रवृत्ति” भनेर छाप्यो, गइयो, जाच लियो अनि अलिकति डिस्काउण्ट दियो, लौ त नि भनेर छ महिने कोर्सको लागि दश हज्जार बुझाइयो (उतिबेला सरकारी अधिकृत को मासिक तलब रु ८,००० थियो) / १०-१५ जनाको क्लास थियो / एक महिना जति पढायो / अनि अचानक तालिम केन्द्र नै बन्द! मान्छे बेपत्ता, परेन फसाद? पुतलीसडकमा थियो, घरको भाडा पनि कति महिना देखि दिएको रहेनछ घरवाला लाइ / तेस्को ठिक अर्को पट्टि अर्को कम्प्युटर केन्द्र थियो, हाम्रो तालिमका कोहि सहपाठी हरुलाई त्यो केन्द्रको पचासौ हज्जार रुपैया पनि फराह फल्लीले झ्वाम परेको छ भन्ने थाहा रहेछ, अनि फराह फल्लीको खोजि सुरु भयो / सनिबार बिहान पाच बजे उठेर उसको पाटनढोका डेरामा पुग्दा ‘फराह’ फरार भैसकेछ / साना केटाकेटी र सिरिमति घरमा, त्यो डेरामा पनि घरवालाको भाडा महिनौ देखि दिएको रहेनछ / त्यो कम्प्युटर केन्द्रको दर्ता कागज पनि कता कताबाट पाइयो / प्रहरीको मा पनि गइयो तर प्रहरीबाट उस्तो सहयोग हुन सकेन / साउदी अरब तिरबाट कसरि कसरि नेपाल छिरेर नेपाली ठगि गर्दै गरेको त्यो फरह फल्ली नेपाली बोल्दा हाम्रो भन्दा राम्रो गरि ‘फरर’ बोल्छ / नेपालीहरुको लाखौ ठगेको छ / कसैले भेट्नुभयो भने मेरो तर्फबाट २-४ लात्ती दिए हुन्छ, “परेको म ब्यहोर्छु” 🙂

    Reply
  6. क्षिर ध्वज says:
    May 19, 2014 at 4:22 pm

    २ वर्ष अघिको कुरा हो म पनि यस्तै online job भनेर बानेश्वोर whitehouse college अगाडीको बाटोबाट पश्चिमतिर १५० मि भित्रको अफिसमा गएँ फारम लिन १२० रुपैंया जति तिरें तर फारम बुझौन्दा तालिमको लागि २००० तिर्नु पर्ने रे …..अनि मैले फारम नै बुझाउन गइन …पछि बुझ्दा त ठग्न बाट बल्ल बल्ल बचेको रहेछु |

    Reply
  7. Prabin says:
    May 19, 2014 at 4:00 am

    के हो यार खै कहिँ नभाको जात्र नेपालमानै हुन्छ काम गर्ने मान्छे नि खोज्ने उल्टो पैसा
    पनि तिर्नु पर्ने हिया जर्गिर किन खान्छ talab athawa parisramik पाउनु हैन अनि कसैलेकाम
    गर्ने मान्छे खोज्छ भने त्रेनिंग खर्च पनि कम्पनीले बेहोर्नु पर्ने हैनर बख डा हरु

    Reply
  8. shailendra (myau) says:
    May 18, 2014 at 11:21 pm

    फोन गरेर तपाइलाई कुन्नि के फारम भरेको चिट्टा पर्यो क्लेम गर्न आउनु वनेर बोलायो. दङ्ग पर्दै गको त ट्रेनिंगमा डिस्काउन्ट रे. अनि महिनाको ५००० मै गर्न पौने रे. येति राम्री राम्री केटि बसेका हुन्छन कि नाइँ भन्न लाज लगेर कतिले फोकटलाल ट्रेनिंग गर्न बाध्य हुन्छन. म चाई जसो तसो उम्किए

    Reply
  9. pramesh says:
    May 18, 2014 at 8:09 pm

    हो मा पनि एक चोटी ठगिएको छु काठमाडौँ मा . फोरम भरेर इन्तेर्विउ को लागि सुक्रबार आउन भन्यो तर त्यहाँ पुग्दा न ओफ्फ़िस न त्यो कम्पनी को बोर्ड छ . डाका हुन् ई

    Reply
  10. BINOD says:
    May 18, 2014 at 7:11 pm

    मा पनि धेरै चोटी माथि भनेझै ठगि मा परेको छु……मैले २ ठाउमा जति कोसिस गरे कहिले २०० को फारम भरेर जानु पर्छ तपाई छानेको नछानेको हामि तपाई लाइ फोन गरेर भन्छु भन्थ्यो तर फोन त के गर्नु ति चोर हरु ले झन्डै झन्डै १२० जना लाइ तेसै गरेर झुकाउने रहेछ पछि उजुरी गर्दा पो थाहा भो त ति त ठग्न लाइ मात्रै यौटा सानो कोठा लिएर अफिस बनाउदो रहेछ ….हेर्नुस त दिन को या हप्ता को १२० का दर ले २०० रुपैया उठाउदा त टन्नै पो हुने रहेछ त ति डाका हरु को ……..तेसैले सतर्क रहनु होला…….

    Reply
  11. कान्छो says:
    May 18, 2014 at 5:57 pm

    अहिले त होइन करिव ११ वर्ष पहिले म पनि झण्डै यस्तै ठगको शिकार हुनबाट बँचेको छु । कान्तिपुर (ल जा पत्रिकाको नामै भन्दिएँ) को यस्तै विज्ञापन देखेर एकजना साथीलाइ लिएर अफिस खोज्दै बानेश्वरको त्यो अफिससम्म पुग्यौँ । एकजना लेडि रेसिप्सनिष्ट मुसुक्क मुस्कुराइन र पहिल्यै भनिन…………जव को लागि आउनु भएको हो? हाम्रो उत्तर-हो…….अनि फेरी सोध्यौँ…….कामको बारेमा केहि जानकारी दिनुस न…….उस्तै मुस्कानका साथ भनिन ‍- पहिले २०० रुपैयाँको यो फर्म भर्नुस अनि मात्र सबै कुरा भन्न मिल्छ …………. ए राता मकै तेस्को थुतुनो बजाउन मात्रै २०० बुझाउनु पर्ने………..त्यसपश्चात कहिले यस्ता विज्ञापन पढिएको थिएन आज माइसन्सारले यसो हेर्ने बनायो । साथीहो झुक्किएर पनि यस्ताको पछाडि नलागौँ………….सव ठगहरुको खुराफाती दिमागको कमाल हो यो …….जागिर सागिर केहि दिन्नन यि नटवरलालहरुले ।

    Reply
  12. Laxman Subedi says:
    May 18, 2014 at 5:23 pm

    बडो खुशी लाग्यो यो लेख पढेर ….online job बारे चै लेख्नु भएन नि ….ति पनि ठगि गर्ने खालका हुन् ….मैले पनि ३५०० जति चढाको छु ….Online Job मा ….

    Reply
    1. Rakesh Nirdoshi says:
      May 19, 2014 at 4:31 am

      कुन कहाँ कसरि के नाम गरेको online job हो सर अलि बडी भन्न मिल्दैन?? मैले त लगभग १० वर्ष अगाडी janatako.com भन्ने मा १२००० जति डुबाएको थिए ! तर अहिले पनि कुनै राम्रा र असल नियेत्का पनि मिल्छन कि भनेर बीच बीच मा पत्रिका हेर्ने गर्छु ! तर खोइ एकचोटी धोका खाएपछि बिस्वसै लाग्दैन !
      कसैले कुनै कम्पनीमा साधारण कम्पुटर जानेको भरमा बास्तबिक online job गरेर आम्दानि पनि गरिरहनु भएको छ भने येही mysansar मार्फत बिस्तृत जानकारी दिनुभए म र मजस्ता पिडित हरु आभारी हुने थिए !! धन्यबाद !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme