Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फूर्सद छ कसैलाई दासढुंगा काण्ड सम्झिन?

Posted on May 17, 2014May 16, 2014 by Salokya

madan_jeevraj ३ जेठ, २०५०
समय अपराह्न साढे पाँच बजे।

सिमसिम पानी परिरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा हुँइकिरहेको थियो। नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर भरतपुरतिर लागिरहेका थिए महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज ‘आश्रित’। चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा जीप असन्तुलित भयो र तल त्रिशुली नदीमा खस्यो। चालक अमर लामा जिउँदै भए। बाँकी दुई जना नदीमा बेपत्ता। पछि दुवैको लाश भेटियो। २१ वर्ष भयो यो घटना भएको तर अहँ, अझैसम्म यसको रहस्य खुल्न सकेको छैन। एक मात्र साक्षी अमर लामाको पनि रहस्यमय तरिकाले हत्या गरिएपछि यो रहस्य सँधैका लागि रहस्यमा नै रहने भएको छ।

माधव नेपाल कुपन्डोलको डेरामा थिए। (हजुर, डेरामा। त्यतिबेला अहिलेको जस्तो शानदार घर थिएन उनको) लेखनाथ कोइरालाले फोनमा ‘मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा पर्‍यो, जीवित हुने सम्भावना छैन’ भन्ने समाचार सुनाए। सुन्ने बित्तिकै केन्द्रीय कार्यालय बागबजारतिर लागे उनी (हजुर, त्यतिबेला बल्खु दरबार बनिसकेको थिएन। केन्द्रीय कार्यालय बागबजारमा थियो) वामदेव गौतमसहित पार्टीका साथीहरुसँग उनी दासढुंगातिर लागे गाडी लिएर। उनीहरु पुग्दा रातको ११ बजेको थियो। मान्छेको ठूलो भीड सास रोकिएको अवस्थामा थियो। गाडी भोलिपल्ट भेटियो, जीवराजको लास गाडीमै थियो। मदनको भने कुनै पत्तो थिएन। तीन दिनपछि गुन्जनगरमा लास भेटियो।

लगत्तै ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ पार्टी देशव्यापी आन्दोलनमा गयो। जनधनको क्षति भयो, ठूलो दबाब दिइयो। तर, कांग्रेसको सरकारले सुनुवाइ गरेन।

सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए। निकै महिनापछि बल्ल एउटा न्यायिक छानबिन आयोग गठन गर्न सरकार सहमत भयो। तर अनिल आयोगको प्रतिवेदन स्वीकारेन एमालेले। जनस्तरबाट गठन गरिएको भनिएको पद्यरत्‍न तुलाधरको आयोगले दासढुंगा कान्डलाई षड्यन्त्र नै ठहर गर्‍यो। पार्टीको तर्फबाट गठन गरिएको केपी ओली आयोगको प्रतिवेदनले पनि त्यस्तै भन्छ। अर्को एउटा आयोग पनि गठन भएको थियो राणा आयोग।

त्यतिबेलाका पत्रपत्रिका कतिले पढेर याद गर्नुभएको छ कुन्नि ? यो घटनामा सीआईएसम्मको हात भएको आशंका गरियो। तर रहस्य खुलेन। एमाले मध्यावधि चुनावपछि नौ महिनासम्म सरकारमा पनि बस्यो। तर यो घटनाको छानबिनतिर सिन्को भाँचेन। रहस्य खुल्न सकेन।

अब त यो घटना धेरै पुरानो भयो। आज केही औपचारिक कार्यक्रममा फूलमाला चढाउने फूर्सद पनि होला कि नहोला कुन्नि नेताहरुलाई। ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भनेर नारा लगाउने एमालेका कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई किन अहिलेसम्म छानबिन नगरेको भनेर सोध्ने हिम्मत छैन। सेतो सारी लगाएर दुई पटक चुनाव जितेकी मदनपत्‍नी विद्या भण्डारीले पनि पतिको ‘हत्यारा’ खोज्न दबाब दिन सकिनन्। त्यसैले यो रहस्य कहिले नखुल्ने भयो।

घटनाका एक मात्र जीवित साक्षी चालक अमर लामाको २०६० साउनमा कीर्तिपुरमा गोली हानी हत्या भयो।

रहस्य

श्यामबहादुर तामाङले दुई नेताको पोस्टमार्टम गर्ने बेला शरीर चिरेका थिए। उनीसँगको कुराकानीमा आधारित एउटा सामाग्री नेपाल साप्ताहिकले केही अघि छापेको थियो। त्यसमा तामाङले भनेका छन्-
“उनको शरीर मोटो थियो, पाइन्ट लगाउँथे। पाइन्टको बटम लगाएको छ भने मानिस पानीमा परे पनि पाइन्ट खस्दैन, खस्यो भने अन्डरवेयर पनि सँगै खस्छ। तर, मदनको शरीरमा पाइन्ट थिएन, खुकुलो इलास्टिकवाला अन्डरवेयरचाहिँ जस्ताको तस्तै थियो। पाइन्ट फुत्किने तर खुकुलो इलास्टिक भएको अन्डरवेयर सुरक्षित रहने, यो कसरी भयो ? मैले अहिलेसम्म बुझ्न सकेको छैन।”

एमाले पंक्तिले षड्यन्त्रका रूपमा व्याख्या गर्दै छानबिनको माग उठाइरहेको थियो। त्यसैले, चिकित्सकहरूले दुवै नेताको शरीरका केही अंगका टुक्रा निकालेर राख्ने निर्णय गरेका थिए। ताकि, तिनको जाँच गरेर नेताद्वयको मृत्यु स्वाभाविक थियो वा अस्वाभाविक भन्ने कुराको अनुसन्धान गर्न सकियोस्। श्यामले आवश्यक अंगहरू निकाल्ने निर्देशन चिकित्सकहरूबाट पाए। त्यसैले निर्देशनबमोजिम दुवै नेताको मुटुको सानो टुक्रा, दुवै मिर्गौलाको आधा-आधा भाग, आधा किलो जति कलेजो, गिदी र रगत शरीरबाट सिरिन्ज (सुई)बाट निकाले।

सिरिन्जबाट नेताद्वयका अंगका यी टुक्रा (भिसेरा)हरू निकालेपछि चिरिएका भाग सिलाउने काम भयो। यो काम पनि उनैले गरे। शव र निकालेका अंगहरूको मुचुल्का तयार पारियो। निकालिएका शरीरका अंगका टुक्राहरू परीक्षणका लागि अस्पतालमै राखियो। सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा गठित छानबिन आयोगको प्रतिवेदनको एमालेले विरोध गरेपछि सर्वाेच्चकै न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को आयोग गठन भएको थियो। त्यस आयोगले भिसेरा परीक्षणका लागि बेलायत पठायो। तर, नेताद्वयको शरीरमा कुनै पनि शंकास्पद रसायन भेटिएन। ती अंग खुमलटारस्थित विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विकास समितिमा सुरक्षित छन्।

मृत शरीरबाट भिसेराका रूपमा निकालिने अंगको मुचुल्का जुन रूपमा बनाइन्थ्यो, त्यही रूपमा भिसेरा अनुसन्धान गर्ने निकायमा पुग्थ्यो। लाहाछापसमेत लगाइएको त्यस मुचुल्कामा पोस्टमार्टममा खटिएका चिकित्सक, प्रहरी र श्यामसमेतले हस्ताक्षर गरेका थिए। श्यामका अनुसार जब राणा आयोगले अनुसन्धान अगाडि बढायो, भिसेरा मुचुल्कामा उल्लेख भए अनुसार सिरिन्जमा होइन, भाइल (सिसाका बोतल)मा फेला परेछन्। उनको अनुमान के छ भने मुचुल्का बाँधेरै सिरिन्जमा पठाइएका शरीरका ती टुक्रा बिनामुचुल्का सिसाका बोतलमा भेटिएपछि आयोगभित्र हल्लीखल्ली भयो। त्यसैले आयोगले भिसेराको अवस्थितिबारे बुझ्न श्यामलाई बोलायो। आयोगका पदाधिकारीहरूले दोहोर्‍याएर उनलाई ‘सिरिन्जमै राखेका थियौ ?’ भनेर सोधेछन्। सिरिन्जमै राखिएको र मुचुल्का पनि त्यही अनुसार बनाएर सबैले हस्ताक्षर गरेको जवाफ उनले दिएका थिए। यो जवाफपछि आयोगका पदाधिकारीहरू मुखामुख गरेर हिँडेछन्। मुचुल्का बाँधिएका नेताद्वयको शरीरका ती अंग रहस्यमय ढंगले सिरिन्जबाट सिसाका बोतलमा किन सारियो भन्ने विवाद सार्वजनिक भएन। ‘नेपाल’ को सामाग्री विस्तृत पढ्न क्लिक गर्नुस्

तपाईँलाई के लाग्छ ? यो घटना दुर्घटनामात्र थियो कि साँच्चिकै कुनै षड्यन्त्र पनि भएको हुनसक्छ ? आफ्नो विचार तल कमेन्टमा लेख्‍नुहोला।

22 thoughts on “फूर्सद छ कसैलाई दासढुंगा काण्ड सम्झिन?”

  1. madan bajracharya says:
    May 18, 2014 at 4:00 am

    नेपालमा ठुला काम गर्नु पर्दा बलि दिने चलन छ/ मदन भण्डारीलाइ “महाकाली सन्धि” गराउनकै निमित बलि दियको हो भनेमा फरक पर्दैन/ किनभने मदन भण्डारी महाकाली सन्धिको बिरोधि थियो र तेतिबेला सिंगो यमाले मदन भण्डारीको प्रभावमा थियो/ मदन भण्डारी सिद्धान्त बात बिचलित नहुने भय पछि उहा जीवित रहेसम्म महाकाली सन्धि गर्ने सकिंदैनथ्यो/ भारतले कब्जजा गरेको कालापानी मुहान भयको; भारतले नेपाल सिट शारदा ब्यारेज बनाउन भाडामा मात्रै लियको तर हाल उसको आफ्नै बनायको नेपालको भुमि र अबैध टनकपुर सन्धि सिट गांसियको महाकाली सन्धि भारतको निमित अत्यन्त जरुरि थियो/ तर महाकाली सन्धि गर्नमा भारत सिट नझुक्ने र भारतलाइ अर्को कुनै नदि दिन नमान्ने तत्कालिन राजा बिरेन्द्र; यमालेको मदन भण्डारी, कांग्रेसकै गणेशमान र तेतिबेलाको नेपालको रास्ट्रिय सम्पदामा विदेश सिट सन्धि गर्दा नेपालले बरावरको हक र लाभ पाउनु पर्ने र सदनको तिन तिहाइ बहुमत बात पास हुने पर्ने लेखियको संबिधान भारत लगायत रास्त्र्वाद्को झुठो नारा लगाउंदै भारतको दलाली गर्ने नेताहरुको निमित ठुलो बाधा” बनेको थियो/ ती बाधा हटाउने क्रममा सबै भन्दा पहिला मदन भण्डारीको बलि चढायो/ तेस्पछि गणेशमानलाई पार्टी बात पाखा लगायो अनि दरवार भित्र बिरेन्द्रको सपरिबार्को हत्या गरियो/ तेती गर्दा पनि महाकाली सन्धिको नाममा महाकाली नदीको लालपुर्जा भारतलाई सुम्पन तेतिबेलाको सदन र संबिधानले दिंदैनथ्यो/ अनेकौ कपटी खेल खेलेर भारत सिट महाकाली सन्धि गरेता पनि तेतिबेला सदनले महाकाली सन्धिलाइ पूर्णता दिनको निमित ४ वटा शर्त हरु तेर्सायको थियो/ जुन शर्तहरुकै कारणले महाकाली सन्धि अनुसार बन्नु पर्ने डिपीआर बन्न नसकेकोहो/ त् भारतको र भारतको दलाली गर्नेको निमित मात्र मदन भण्डारीलाइ नदीमा दुवायर; बीरेन्द्रलाई दरवार भित्र मारेर पुग्दैनथ्यो, गणेशमानलाई पार्टी बात निकालेर पुग्दैनथ्यो; महाकाली सन्धिमा ४ शर्त तेर्साउने सदन र महाकाली सन्धि बात हुने लाभमा नेपालको बराबर हक र लाभ पाउनु पर्ने प्रावधान भयको तत्कालिन संबिधानको पनि हत्या गर्नु पर्ने भयको थियो तिनीहरुलाई/ जुन कुरा उनीहरुले गरि हाले हिन्दिमा लेखियको १२ बुंदे सम्झौता गर्नेहरुले/ नेपालको हालको राजनैतिक अबस्थाको पछाडी महाकाली सन्धि भारतले चाहे जसतै बनाउने षड्यन्त्रको भूमिकाले अहम खेल खेलेकोछ र यो खेलको खेलाडी को को हो र खेलको अम्पायर को हो त्यो सबैले जाने बुझेकै कुरा हो/

    सदनको बहुमत बात राजतन्त्र हटाउन सकिने समेत प्रावधान भयको २०४८को संविधानले लोकतन्त्रलाई बाधा गरेको थियन बाधा गरेको महाकाली सन्धिको नाममा महाकाली नदीको लालपुर्जा बनायर भारतलाई सुम्पन्न हो/ मित्रहरुले “महाकाली सन्धि गराउने ओलीलाई रास्ट्रपति र माधवलाई यमालेको अध्यछ्य बनाउने कुरा सुनेकै हुनु पर्छ/

    Reply
  2. अनुराधा पौडेल फ्रान्स says:
    May 18, 2014 at 3:42 am

    आजको कान्तिपुरमा बिद्या भन्डारीको भनाइ : २०५० साल जेठ ३ गते मेरा निम्ति सगर खसेजस्तै भयो । उहाँ लगायत पार्टीका अर्का वरिष्ठ नेता जीवराज आश्रतिको रहस्यमय मृत्यु भयो । दुई गते उहाँसँग अन्तिम भेट भएको थियो । उहाँ त्यस दिन पोखरा जानुभएको थियो र पोखरा हुँदै चितवन जाँदै गर्दा ३ गते दुर्घटना भएको थियो । दुर्घटना भएको दुई दशक बितिसकेको छ, तर उहाँको सम्झनाले पिछा छोडेको छैन । आफ्नो श्रीमान् गुमाउनुपर्दाको पीडा र उहाँको सम्झना आइरहनु स्वाभाविक हो । तर यतिबेला म मदनको सम्झना विशेष रूपमा गरिरहेकी छु । पारिवारिक सम्बन्धका हिसाबले मात्रै होइन, राजनीतिक रूपमै उहाँको विशेष स्मरण भइरहेको छ ।
    मैले बुझ्न नसकेको कुन मिति देखि उहाँले आफ्ना पतिको रहस्यमय मृत्यू देख्नुभएको रहेछ । दुनियाले हत्याकान्ड भन्छन् उहाँले मृत्यू ।

    Reply
  3. samrat~ says:
    May 18, 2014 at 3:17 am

    भनिन्छ , स्व. मदन भण्डारी को भासन सुन्ने बेला pin drop साइलेन्स हुन्थियो. संसार बाट कम्युनिजम को पतन भै रहेको बेला नेपाल जस्तो सानो देश बाट फेरी एस्तो प्रभाब शालि कम्युनिस्ट नेता को उदाए भै रहेको थियो कि वहा को प्रबबशाली speech सुन्न भारत को पश्चिम बङ्गाल मा उ. कोरिया देखि क्युबा सम्म को पोलिटिकल लिडर हरु को अनुगमन हुन् सुरु गर्यो. जुन कुरा पश्चिमी capitalist सम्रज्येबाद तथा स्वयेम बङ्गाल को खुंखार कम्युनिस्ट मानिने लिडर ज्योति बसु अनि नेपाल को अहिले को ऐरे गैरे UML लिडर हरु लाइ पनि सह्य भै रहेको थिएँ किनकि यो नया प्रभावशाली लिडर को प्रभाब मा अरु सब द. एसिया को कम्युनिस्ट लिडर हरु को पत्ता साफ गर्ला भन्ने एउटा डर को सृजना भै सकेको थियो. उनको बिचार मा बदलिदो समय अनुसार कम्युनिज्म को मूल सिधान्त कार्ल माक्र्स को होस् या माओ से टुंग को होस् लाइ बदलिएर एउटा नया डेमोक्रेटिक सिधान्त अनुसार नया सोसलिस्ट कम्युनाजिम को सिधान्त बोकेर म नया क्रान्ति ल्याउदैछु जसको नमुना नेपाल बाट सुरु गरेर देखाउदै छु भनेर एकदम आत्मा बिस्वास का साथ् अगाडी बढ्न सफल भै रहेको थियो. उन को प्रबाह द. एसिया मा येति बढी सकेको थियो कि आगामी चुनाब मा अहिले को भारत को मोदी को जस्तो जित पक्का पक्कि थियो. येही कारण ले भनिन्छ , उनको रहस्येमये मृत्यु माथि पश्चिमी capitalist सम्रज्येबाद र अरु द. एसिया को तेस बेला को प्रभावशाली कम्युनिस्ट लिडर हरु को पनि हात छ भनेर. जस्मा अहिले को एक दुइ जना UML लिडर हरु को मौन ता देखेर उनीहरु पनि शंका को घेरा मा न परेको हैन किनकि सत्ता को बागडोर को रोल कल को क्रम मा उनीहरु स्व. भण्डारी भन्दा धेरै पछाडी परि सकेको थियो. भनिन्छ !

    Reply
  4. शशङ् लामा, न्युयोर्क says:
    May 17, 2014 at 9:19 pm

    मदन र महाराज बीरेन्द्र कल्ले मार्यो भन्ने कुरा थाहा भएपनि प्रमाणै नभए पछि कुरो सामसुमै भयो | आफन्तले नै खोजिनीति नगरे पछि अरुलाई के चासो ?

    Reply
    1. Suman Bjra. says:
      May 19, 2014 at 12:21 pm

      देश सबै कुख्यात डाँका राजनीति ले पदग्रहण गरेपछि सत्य कुरा प्रकाश मा आउन्दैन केवल धन र पद भएपछि बेबिचार गर्नेको जित हुन्छ /

      Reply
  5. Madan Mani says:
    May 17, 2014 at 8:20 pm

    मदन भण्डारीको निधन पछि को कसको हैसियत माथि पुग्यो भन्ने हेरम न। नेपालमा रहस्यमय हत्याकाण्डहरुमा त्यसबाट फाइदा हुनेलाई शंकाको दृष्टिले हेरिन्छ। जस्तो राजा वीरेन्द्रको हत्याबाट सिधै फाइदामा पुगेका ज्ञानेन्द्रलाई शंका गरियो। यसबारेमा माओवादीले विश्वमै उदाहरण प्रस्तुन गर्न सकिने खालको प्रपोगाण्डा पनि गरयो। प्रचण्डले भारत पुगेर आफूले गरेको प्रपोगाण्डा र भारतको सहयोगले नेपालमा गणतन्त्र आएको समेत भने। तर आर्श्चर्य मदन भण्डारीको हत्याकाण्डबाट फाइदा पाएकाहरुलाई एमालेको मसिहा ठानियो। राष्ट्रियतासँग सम्पन्नता साट्ने नेपाल, ओली अनि खनालहरु राष्ट्रियता र जनवादको नारा लगाएर आम जनतालाई बेबकुब बनाउने भए। अनि यिनै आजकल मदन भण्डारी भएको भए यस्तो हुन्थ्यो भनेर जबजको नारामा देशलाई मर्ुख बनाइरहेछन्। हामी यीनकै सारमा पिटेपनि आमै जाती र पोलेपनि घामै जाति भन्दै फेरी र्सूय नेकपा एमाले भन्दै मख्ख परया छम।

    मदन भण्डारीलाई बेचेर काठमाडौंमा घर ठड्याउने अनि दिल्लीमा मोनमोहनलाई भेटेर छोरीलाई मेडिकलको छात्रवृत्ति माग्नेहरुसँग आशा नगरम। घामजस्तै भइसक्यो मदन भण्डारीको हत्यामा कसको संलग्नता छ भन्ने त

    Reply
  6. Shankar says:
    May 17, 2014 at 6:06 pm

    उसकै स्वास्नी नक्कली हाम्लाई के को दोष | भन्छ कुमार बस्नेत ले एउटा गीत मा त् यो कुरा तेस्तै हो | अब बिद्द्या भण्डारी ले चासो राख्नु पर्नेमा उनी नै यो सामान्य दुर्घटना हो , भने जस्तो गरि चुपचाप बसेपछि बरु तेसै बाट लासको राजनीति गरेर एमाले पार्टी र उनले समेत फाइदा लिएपछि हामीले के भन्ने ?
    नदि को छेउ छौ भुत ,पिचास घुमिरहेको हुन्छ , उसलाई माछा खान जब मुन लाग्छ नदि जानु अगि फुत्त ढुंगा हालेर गहिराइ जाच्ने गर्छ | अब छेउ मा हिडिरहेको जिप देखेर भुतै झुक्किएको हुन् सक्छ |

    देखिने गरि नत्र दोस कसलाई दिने ?
    १) चुनाब मा म लाइ हरायो भनेर कृष्ण प्रसादलाई ?
    २) लोग्ने को सेख पछि बिद्द्या को नाउ ओली सग जोडिन आएबाट स्वयम् बिद्द्या र ओलीलाई ?
    ३) मा कु ने ले मदन मोरेपछी महासचिब पड्कायो तेसैले मा कु ने लाइ ?
    अब उ बेलाको सी आइ ये ,”र” भन्नु चै ”कौन पुछे खेसरिका दाल हो |”| आज को दिन मा चै कुनै नेता तेसरी चम्किए इन्डिया ,अमेरिका ले आफ्नो छैन भने छोड दै न |
    यदि हत्या ( अमर लामा मारेकोले ) हो भने एमाले भित्रको ओली , माकुने दोसी छ |
    न भए सामान्य दुर्घटना हो |
    राजाको काख मा उफ्रेर कोइ बि पी बने ,कोइ मदन ,कोइ गगन थापा , नरहरी बने | बि पी ,मदन मरेर गए
    | गगन र नरहरिले चै ज्ञानेद्रको बिरोध सिबाय खासै केहि गर्न सकेन | तेसैले उ बेला , राजाको बिरोध मा उफ्रिए उसै हिरो हुने बेला | तेसै उ बेला र अहिले फरक छ , अब हिरो हुने चै सक्कली हिरो मान्न पर्छ |

    Reply
  7. Toran says:
    May 17, 2014 at 5:33 pm

    बडो नसुहाउने कुरा, आँफैले मारेको मान्छेहरुलाई सम्झन कुन नैतीकताले दिन्छ?? बरु आजको दिन त एमाले ले रात्रीभोज गर्छ!

    Reply
  8. Prem says:
    May 17, 2014 at 4:44 pm

    Madam Bhandari was a very independent, creative, smart , caring and charismatic leader. They couldn’t buy him som they did with Prachanda and his company- therefore they had to finish him. That is it.
    But here is the biggest and sad thing- UML used him to get into power and forget completely . Worst is his wife Bidya Bhandari who despite of being in cabinet many times- didn’t even dare to raise issue to dig into Dasdhunga case. Shame on her! Shame on K.P . Oli who declared from khullamanch that he knew who killed Madan- Ashrit but did nothing to talk about once he became home minister! Also with Bamdev who led demonstration for task force to find about the truth behind Dasdhunga case. He became deputy prime minister and home minister so many times and he is current home minister- what did he do? Nothing! Ya, he did one thing for sure- smuggled lots of gold from the airport.
    I think UML has been heavily infiltrated of CIA ( led of Pradip Nepal ) and RAW ( led of Oli ).
    You mentioned about Lekhnath Koirala who is from Morang. He used to have problem to buy second pair of shoes ( around 2046 ) – just go and find out how much money he has accumulated !

    Reply
  9. bir bhadra says:
    May 17, 2014 at 4:17 pm

    The congress party of india has always been curse to Nepal. The so called Nepali congress and uml party on nepal are(communist party of nepal even dont know what real communist are,its just a mere name ,like a parrots repeat after fakes, and so are congress-the loyals to gandhians) their puppets at the best.
    We nepalese cant deny the fact that it is in our best interest to be in good relationship with our neighbouring countries but we do have our own sovereignty as well. So we need a good leader who can lead us from scratch and who can show these puppets there are some saputs of nepal ama still left who can revolutionize and scare the hell out of these puppets for the sake of our motherland and its real great people. Jai Nepal

    Reply
  10. ramesh says:
    May 17, 2014 at 1:49 pm

    यो हत्याकाण्ड पछि

    १) नेकपा एमाले को विदेश नीति १८० डिग्री मा परिबर्तन भयो.
    २) कोशी गण्डकी सम्झौता को बिरोध गर्ने, टनकपुर को रास्त्र्घात को बिरोध गर्ने एमाले महाकाली सन्धि गर्न हतारियो.
    ३) एमाले का महाकाली सन्धि गर्न पर्छ भन्ने हरु को आर्थिक हैसिएत एक्कासी चुलियो.
    ४) महाकाली सन्धि गर्न पर्छ भन्ने हरु माधव नेपाल, बिद्या भण्डारी, सोमनाथ पाण्डे,प्रदिप नेपाल, मुकुन्द न्यौपाने,बिष्णु पौडेल,जस्ता को छोरा छोरी(केपी ओली का छोरा छोरी छैनन्) ले भारत का बिश्व्बिधयालय मा मेडिकल र इञ्जिनेअरिङ्ग का राम्रा राम्रा छात्रब्रिती पाउन थाले.
    ५) एमाले र कांग्रेस लाइ भारत ले समदुरी मा (मित्र शक्ति) को रुप मा ब्याबहार गर्न थाल्यो दासढुंगा हत्यकाण्ड को केहि समय पछि.
    ६) महाकाली सन्धि पछि त्यो सन्धि का पक्षधर हरु लाइ क्रेन लगाएर एमाले र नेपाली राजनीति मा तानियो. २ तिर हारेका माधव नेपाल प्रम बनाइए, टुक्का शिरोमणि केपी ओली प्रभावशाली बने, वडा अध्यक्ष को पनि हैसिएत नभएकी बिध्या भण्डारी लाइ उपाध्यक्ष बनाइन.
    यी कुरा हरु को आधार मा त्यो हत्या काण्ड किन भयो, राजा बिरेन्द्र हरु किन मारिए र प्रचण्ड हरु किन डराएर भारत संग आत्मसमर्पण गर्ने अबस्था मा पुगे, भन्ने कुरा थाहा हुन्छ.

    Reply
  11. Kedar says:
    May 17, 2014 at 1:23 pm

    त्यो मर्यो भने त मेरो दिन आउंछ भन्ने एक्लो दौडका फस्टहरुकै एमालेमा हाली मुहाली छ

    Reply
  12. ramji prasad bhattarai says:
    May 17, 2014 at 12:11 pm

    त्यो बेला जनतालाई ठुलो आशा थियो आशामा पानी तब फेर्यो जब आफ़नै मान्छे बिदेसी गुन्डा हरु संग मिलेर सच्चा देश भक्त नेतालाई येस्तो हालत बनाए आज तिनै ठुला भ्रस्ट नेताहरु मै हुम् भनेर बसेका छन् थुक्क बुद्धि भ्रस्ट नेताहरु……………

    Reply
  13. Deepak says:
    May 17, 2014 at 11:20 am

    Even Mr. Manoj Pandit had to face pressure from certain national- international forces while trying to get at the bottom of things in his movie ” Dasdhunga”. Certainly if you watch movie JFK by Oliver stone over murder of american president JF Kennedy, or alternative theory on 9/11 attack in USA: things orchestrated by secret services are intended to mislead the general public. The way Dashunga happened or for that matter Narayanhiti Royal Massacre , any man with a common sense can point towards conspiracy by the circumstances that followed during the periphery of that event. e.g. in Narayanhiti royal massacre Nepali people were first informed by CNN,BBC and indian news channels about the event whereas the state media announced it only in the morning… so any common man guess where to point his fingers….

    Reply
  14. shantdil says:
    May 17, 2014 at 10:39 am

    मेरो विचार मा त्यो दुर्घटना रहस्यमय छ. किनकि

    (१) घटनाको प्रत्यक्ष साक्षी अमर लामा लाइ काँग्रेस पार्टीले आफ्नो कार्यकर्ता बनायो साथै उक्त घटनामा राष्ट्रिय नेताको मृत्युको खोजि मा सारा राष्ट्र लग्नु पर्ने मा काँग्रेस ले छानबिन आयोग बनाउन पनि आलटाल गर्यो.

    (२) एमाले पनि एस घटनामा कम दोसी छैन, आफु पटक पटक सरकार चलाउने अवस्थामा पुग्दा पनि एस घटनालाइ बेवास्था गरेर जनताका सच्चा नेता को हत्या को खोजबिन मा चासो नदिंदा जनतामा एमाले को नेतृत्व पंक्ति माथि पनि विश्वास छ भनेर भन्न सक्ने आवस्था छैन.

    (३) मदन भण्डारी को श्रीमती विद्याले पनि यो घटना लाइ महत्व नदिएको देखिएको र कसैको बुइ चडेर मुलुकको नेतृत्व विचार बिहिन व्यक्तिलाई दिनुपर्छ भनी बखान मा आफ्नो जीवन खर्चिएको देख्दा शंका नलाग्ने आधार छैन,

    Reply
  15. Kale says:
    May 17, 2014 at 10:36 am

    माथि नै भनियो ,पार्टी बोलेन न त पत्नि नै बोलिन। षडयन्त्र भयो भनिन्छ तर कसले गर्यो भनेर भन्न सकेनन कसैले। तर पछिल्ला गतिविधिले केही भन्छ कि भण्डारी र आस्रित हत्यामा र को सँलग्नता थियो । सायद दरबार हत्याकाण्डमा पनि। मतियार चैँ हाम्रा आफ्नै भएका हुन। दासढुंगामा पनि एमालेका केही मतियार भए सायद।

    Reply
  16. ekraj says:
    May 17, 2014 at 10:32 am

    माधव नेपाल को हाल को महल/ बल्खु दरबार केको पैसाले बनेको हो? त्यो पनि खोजि गरे हुञ्छ|

    Reply
  17. uttam says:
    May 17, 2014 at 10:03 am

    राम्रो मान्छे त कहाँ धेरै बाच्न पाउछर हजुर नेपालमा …….अहिलेकै नेता भनौदा हरु को शधयंत्र हो यो/

    Reply
  18. Dhruv says:
    May 17, 2014 at 9:40 am

    I don’t know why to talk about these rubbish things. It’s not more complicated than Royal Massacre. It was just a simple motor accident where driver survived because he escaped narrow death by his quick response during that event. If someone had to kill those they won’t have any witness back. Just simple what I think.
    Everyday there are many accidents on those roads and they were also travelling as common people on common vehicle.
    Accedent happens and we should accept it.

    Reply
    1. Deepak says:
      May 17, 2014 at 11:35 am

      Do u work for CIA or RAW?

      Reply
  19. लौटन अवधि says:
    May 17, 2014 at 8:38 am

    # यो हत्याकाण्ड नै हो जस को तार दरबार हत्या काण्ड, संग जोडिएको छ !
    # एमाले ले गठन गरेको छानबिन आयोग मै सड्यन्त्रकारी हरु जोडिएका थिए !
    # तत्कालिन प्रधानमन्त्री, राजदरबार को एउटा तप्का सहित माथि उल्लेखित सी आइ ए को भारत को आखाले नेपाल हेर्ने नीति अन्तरगत को योजना हो जसमा बिरेन्द्र को बंस बिनास हुनु र ज्ञानेन्द्र लाइ दरबार बाट खेदाउनु – बिरेन्द्र हत्या को आरोप गोयबल्स सैली मा ज्ञानेन्द्र को टाउको मा हाल्दिनु, मिडिया, नेता, गैर्ह सरकारी सस्था(डलर वालहरु) योजनाबद्द किसिम ले लाग्नु ! अनि राजतन्त्र बिघटन गर्नु सोहि योजना को निरन्तरता हो!
    # माओबादी को आन्दोलन को उठान र बैठान पनि सोहि योजना अन्तर्गत हुनु !
    # बिध्या भण्डारी लाइ केहि थाहा नभएको पक्कै होइन ! उनलाई थाहा भएकै हो तर बोल्न चाहदिनन चीन मा पनि माओ लाइ मार्न उनकै श्रीमती लाइ मोहरा बनाइएको हो ! नेपाल मा पनि श्रीमती कै सड्यन्त्र का कारण ज्यान गुमाउने सासक को इतिहास नभएको होइन ! होइन भने पटक पटक सत्ता मा जादा बिध्या भण्डारी को छानबिन गर्नु पर्ने माग किन आउदैन या आयोग गठन किन गरिदैन ?
    # योजना मा साथ् दिने तत्कालिन तेस्रो दर्जा का नेता हरु तत् पश्चात पहिलो दर्जा मा सथान्तरण भएका छन् जसले घटना लाइ दबाउन र राफ साफ पार्ने सजिलो बनाएको छ !

    येस्ता सड्यन्त्र हाम्रो जस्तो सामरिक महत्व भएको देश मा भै रहन्छन त्येसैले डलर मा आमा बेच्ने – “मर्न भन्दा दोस्रो बिहे रोज्ने” र चिना हराउने हरु संग साबधान रहनु – चनाखो रहनु नै राष्ट्र बादी हरु को सधै को आवस्यकता हो !

    Reply
  20. Rajesh rai says:
    May 17, 2014 at 7:11 am

    कसलाई छ र सम्झिन फुर्सद /सबै आफ्नो दाउमा ब्यस्त छन् / भयका दुइ चार जना देस भक्त त् चाडै मरोस भंथान्चन / बुद्धि भ्रस्ट नेताहरु /येस्ताबात देसले निकास पौलान भनेर के आश गर्नु /जय देस

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme