Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतारमा काम गर्नेहरुका लागि के हुँदैछ परिवर्तन?

Posted on May 15, 2014 by Salokya

IMG_0484 विश्वकप फुटबल आयोजनाको तयारीलाई लिएर पश्चिमी मिडियाको एकोहोरो पेलानमा परेको कतारले आफ्नो श्रम बजारमा महत्त्वपूर्ण सुधार गर्ने घोषणा गरेको छ। बुधबार आयोजित प्रेस सम्मेलनमा कतार सरकारले त्यहाँ कार्यरत नेपाली कामदारहरुलाई पनि फाइदा पुग्ने कयौँ घोषणा गरेको छ। यद्यपि ती घोषणा कहिलेसम्म कार्यान्वयन हुने भन्नेबारे चाहिँ केही बताइएको छैन। अहिले त हिजो घोषणा भएका प्रस्तावलाई त्यहाँको चेम्बर अफ कमर्समा पठाउन र एडभाइजरी (शुरा) काउन्सिलले अनुमोदन गर्नै बाँकी रहेको दोहान्युज बताउँछ।

के-के परिवर्तन हुँदैछ त ?
अहिले कतारमा कार्यरत विदेशी कामदारहरु त्यो देशमा प्रवेश गर्न इन्ट्री भिसा लिए जस्तै बाहिरिन पनि एक्जिट भिसा लिनु पर्छ। देशबाट बाहिर जानका लागि विदेशी कामदारहरुले आफ्ना मालिकसित अनुमति लिनुपर्छ।

अहिले भने यो प्रक्रियालाई त्यहाँको गृह मन्त्रालयले सञ्चालन गर्ने स्वचालित प्रणालीमा सार्ने प्रस्ताव गरिएको छ।

अर्थात् देशबाट बाहिर जानका लागि कम्तिमा ७२ घण्टा पहिले अनुमतिका लागि विदेशीले निवेदन दिनु पर्छ। साहुले चाहेमा उनीहरुलाई अझै रोक्न भने सक्नेछन्। यो मान्छेलाई बाहिर जान दिनु हुँदैन है भनेर साहुले तर्क गर्न सक्नेछन्। कुनै अपराध गरेको वा आर्थिक अनियमितता गरेको कारण साहुले देखाउन सक्नेछ। त्यसरी साहुले आपत्ति जनाएको अवस्थामा एउटा विशेष कमिटी बनाएर त्यसको समीक्षा गर्ने प्रस्ताव गरिएको छ।

इमर्जेन्सी परेको बेला नि ? त्यसलाई चैँ अलग्गै डिल गर्ने रे। दोहान्युजलाई त्यहाँका सरकारी हाकिमलाई त्यही भनेछन्।

काम परिवर्तन गर्ने
कतारमा रहेका नेपालीहरुको एउटा ठूलो समस्या गैरकानुनी रुपमा काम परिवर्तन गर्नु पनि हो। यहाँका म्यानपावरहरुले एउटा वाचा गरेर लगेका हुन्छन्, त्यहाँ पुग्दा अर्कै काम र अर्कै तलब। त्यहाँमाथि यहाँ काम छोड, अर्कोमा गर्दा धेरै तलब आउँछ भनेर फकाउनेहरु हुन्छन्। लहैलहैमा लागेर जुन ठाउँमा सम्झौता भएको हो, त्यो ठाउँमा काम छाड्ने बित्तिकै उनीहरु गैरकानुनी हुन पुग्छन्।

गैरकानुनी भइसकेपछि स्वतः उनीहरु तल पर्छन्। अनि बिचराहरु अर्को ठाउँमा काम गर्न जाँदा पहिलेको भन्दा पनि कम तलबमा शोषण हुन्छ।

अहिलेको व्यवस्था अनुसार जसको स्पन्सरसिपमा आएको हो, त्यो साहुलाई परिवर्तन गरी कतारमा नयाँ काम गर्न पहिलेको साहुबाट नो अब्जेक्सन प्रमाणपत्र लिनु पर्छ।

अहिलेको प्रस्तावमा पनि खासै परिवर्तन त छैन। कुनै निश्चित अवधिको सम्झौता गरेर आएकाहरुले त्यो अवधिसम्म काम त गर्नै पर्ने हुन्छ। तर त्यो सम्झौता सकिएपछि नयाँ साहुकोमा काम गर्न उनीहरु स्वतन्त्र हुन्छन्। यसका लागि पहिलेको साहुबाट नो अब्जेक्सन प्रमाणपत्र जरुरी हुन्न।

यो त भयो निश्चित अवधिको सम्झौता गरेर आएकाहरुको कुरा। अनिश्चित कालको लागि सम्झौता गरेर आएकाहरुले चाहिँ के गर्ने नि?
कम्तिमा पाँच वर्ष काम गरेको हुनुपर्छ। त्यसो भए मात्र काम परिवर्तन गरेन पाइन्छ।

त्योभन्दा अघि काम परिवर्तन गर्न चाहेमा भने अहिलेको साहुबाट अनुमति अनिवार्य हुन्छ।

पासपोर्ट जफत गरे जरिवाना
कतारमा धेरै नेपाली कामदारको पासपोर्ट साहुले जफत गरेका हुन्छन्। नयाँ प्रस्तावमा कामदारको पासपोर्ट जफत गर्नेलाई प्रति पासपोर्ट १० हजारदेखि ५० हजारसम्म जरिवानाको व्यवस्था छ।

त्यस्तै सम्झौता पत्रको एउटा मोडल पनि सरकारले बनाएको छ। कामदारसँग सम्झौता गर्दा त्यसलाई पालना गर्नुपर्ने भनिएको छ।
कामदारलाई तलब हातले हैन, विद्युतीय रुपमा कामदारको ब्यांक खातामा जम्मा हुने अनिवार्य व्यवस्थाको प्रस्ताव छ।

कामदारहरु बस्ने ठाउँको लागि नयाँ मापदण्ड बनाइएको छ। मापदण्डको विवरण भने उपलब्ध गराइएको छैन।

ढिला तलब दिएमा र नयाँ आवास मापदण्ड उल्लंघन गरे श्रम कानुन उल्लङ्घन गरेको भन्दै कडा सजायको व्यवस्था प्रस्ताव गरिएको छ।

घरेलु कामदार पनि
एउटा महत्त्वपूर्ण परिवर्तन के पनि भएको छ भने हिजोको पत्रकार सम्मेलनमा सरकारी अधिकारीहरुले यो प्रस्तावले घरेलु कामदारलाई पनि समेट्ने बताएका छन्। हालको व्यवस्था अनुसार घरेलु कामदारलाई देशको श्रम कानुनले समेट्दैन थियो। धेरै नेपाली दिदीबहिनीहरु त्यहाँ घरेलु कामदारका रुपमा कार्यरत छन्।

कतार पुग्ने अधिकांश नेपालीहरु आफ्नो हकबारे आवाज उठाउन नसक्ने खालका छन्। विदेशी मिडियाले त्यहाँका नेपालीहरुलाई दाससरह काम गराइएको विवरण एकपछि अर्को गर्दै सार्वजनिक गर्‍यो। तर हाम्रो सरकार र त्यहाँका नेपाली संस्थाहरुले खासै केही गर्न सकेनन्। विदेशी मिडियाकै कारण दबाबमा आएको कतार सरकारले यति परिवर्तनको प्रस्ताव गर्न बाध्य भएको हो। तर कानुन मात्रै बलियो भएर केही हुन्न। ती नेपाली दाजुभाइ, दिदीबहिनीलाई आफ्नो अधिकारबारे सचेत बनाउन जरुरी छ ताकि उनीहरु शोषणमा नपरुन्। खासमा उनीहरु नेपालदेखि नै आफ्नै देशवासीबाटै शोषणमा परिरहेका हुन्छन्। शोषणको यो जालो भत्काउन त्यति सजिलो छैन।

15 thoughts on “कतारमा काम गर्नेहरुका लागि के हुँदैछ परिवर्तन?”

  1. रोशन धरान says:
    May 17, 2014 at 11:42 pm

    म कतार बसेको ९ बर्ष भयो / मैले यहा थापा पाए अनुसार पासपोर्ट जफत गरे कम्पनीलाई १०,००० जरिवाना लाग्दो रहेछ तर यो कानुन कागजमा मात्रै सिमित छ किनकि यहाँ लगभग ९५% labour visa मा आएको कामदारहरुको पासपोर्ट कम्पनि संग छ र तिनीहरुलाई केहि पनि कारवाही भएको छैन फेरी यो बन्न लागेको कानुन “प्रस्ताब” मात्रै हो तर पनि कतारले अहिले सम्म ३/४ पल्ट पत्रकार सम्मेलन गरेर किन हल्ला फैलाई रहेको होला ? यो प्रस्ताब कहिले पास हुने हो केहि पनि भनेको छैन साथै यसको शर्त तथा नियमहरुले के कसलाई ज्यादा फाईदा पुग्ने हो थाहा छैन / सायद साढ़ेको …डा कहिले झर्छ र खाउला भनि मुख मिठ्याउदै पछि-पछि हिड्ने कुकुरको झैँ चाला नहोला भन्न सकिन्न /

    Reply
    1. Luitel Nirajan says:
      May 20, 2014 at 2:36 am

      रोशन जि यो पटक कतारले यो नियम पक्का ल्याउछ किनकी उसलाइ अन्तर्राष्ट्रियस्तरमा दबाब छ। आज भन्दा अगाडीp p राराख्ने लाई जरिमाना थिएन यो त नयाँ कानुनमा समेट्न लागिएको हो।hope something is better then nothing .

      Reply
  2. Arjun Ghatani says:
    May 17, 2014 at 3:58 am

    मा औडा २ बर्सको करार अवोड़े मा आयको तर ahele halla सुन्दिक्षु  ५ वर्ष न वाई कम्पनी चंगे गर्न पैन्दिना वनेर तर मरो विस कापी मा पने रेसिदेंत ५ एअर vaneko क्ष क अब मैले कम्पनी चेन्ज को लागे ५ वर्ष नि पर्खनु पर्ने हो कि क हो यो करार अवोड़े र रेसिदेंत फरक हो कि एऔति हो यसको बारेमा थोरै बुझाई देनुस ल, धनेयाबाद

    Reply
  3. प्रवेश लामा says:
    May 16, 2014 at 4:30 am

    कतारमा काम गर्दा- गर्दै २ बर्ष बस्यो आफ्नो अग्रिमेन सिदेपनी साहुबाट नो अब्जेक्सन प्रमाणपत्र दिने कुरा भएन कतार बाटै कुबेत हिडे साहुबाट नो अब्जेक्सन प्रमाणपत्र आफ्नो अग्रिमेन सिदेपछि पाऊने पक्का भकोछ l

    Reply
  4. Shankar says:
    May 15, 2014 at 11:41 pm

    ( झ्वाट्ट सुन्दा चै छाडा जस्तो लाग्ने , तर हिट गीत | स्वर हालेर , बेस्करी कराएर भाका हालेर गाउनुस )

    कातर जान्छु पइसा कमाउन , कान्छी ल्याउछु घर जम बसाउन |

    जेठी स्वास्नी न राम्री भै , हेर्दा हेर्दा वाक्क |
    आफ्नो जहान झुर लाग्ने अरुको चै च्वाक |
    दिउसो दिउसो भात खान्छु ,राति नर्सिङ्ग ट्वाक |
    कतार मा पाइन्छ ठिटी लौ है ठिटा आँट|

    पानि पर्यो असिना झरेन, डिभी हाल्या कहिले परेन |
    क्रान्ति भयो ,राजा चै गयो , देश को बिकाश कसैले गरेन |

    खान्न ढिडो ल्याइदेउ बर्गर ,
    छैन उपाय सुसिल कै भर्गर ,
    नेपाल लाइ स्विजरल्याण्ड बनाउने ,
    कता गए मुसा ति गनाउने ?

    |

    Reply
  5. Gopal says:
    May 15, 2014 at 10:17 pm

    यकै चोटी सबै परिबर्तन सम्भब हुदैन , कम्तिमा केहि त राम्रो हुदै छ पैला भन्दा.. बरु पारित पो हुने हो होइन ? आसा गरउ बिस्तारै सबै ठिक हुन्छ ….

    Reply
  6. अनोज शाक्य says:
    May 15, 2014 at 7:34 pm

    जापानमा औद्योगिक प्रशिक्षार्थीमा जाने सोच गर्नु भएको सबै महानुभावहरुले निम्न कुरा सोच्नु भएको छ ?
    १, म मान्छे हुँ मलाई समाजमा बस्नु छ त्यसैले म जुन समाजमा जादैछु त्यो समाजमा प्रयोग हुने भाषा सिक्नु पर्छ ।
    २, जसरी हामीलाई हाम्रो देशको रितिरिवाज र संस्कृती सबैले सम्मान गरिदिए हुन्थियो जस्तो लाग्छ त्यसरी नै मित्ररास्ट्र र त्यहाका नागरिकहरुले हामीबाट त्यस्तै कुराको अपेक्षा गरेको हुन्छ ।
    ३, म मानव शरीर हो त्यसैले मलाई बिसन्चो हुन सक्छ त्यस्तो अवस्थामा मैले अरुको भर परेर भन्दा आँफैले आफ्नो समस्याको कुरा डक्टरलाई परामर्स लिन सक्ने बन्नु मेरो कर्तब्य हो ।
    ४, म जस्तै अरु मान्छेहरुको परिवारहरु हुन्छ । मेरो कारण कसैलाई कुनै चोटपटक लाग्यो भने मैले ठुलो गल्ती गरेको हुन्छ त्यस्तो गल्ती हुन नदिनको लागि मैले सामुदायिक सम्बाद गर्नसक्नु पर्छ ।
    ५, मेरो लापर्वाही र अन्जानपनले अरु साथीहरुले दु:ख पाउन सक्छ त्यसैले मैले आफ्नो बिचार र आफ्नो गुनासो आँफैले राख्न सक्ने जतीको भाषा सिक्नु पर्छ ।
    ६,म आफु सक्षम भए संसारमा जहाँ पनि अबसर पाउछ भन्ने कुरामा विश्वस्त छु । अनोज शाक्य

    Reply
  7. kedar says:
    May 15, 2014 at 3:48 pm

    घुमाइ फिराई, वोल्टाई पल्टाई फेरी उस्तै उस्तै हो | आँखामा छारो हाल्ने |

    Reply
  8. kay says:
    May 15, 2014 at 3:33 pm

    “पासपोर्ट जफत गरे जरिवाना
    कतारमा धेरै नेपाली कामदारको पासपोर्ट साहुले जफत गरेका हुन्छन्। नयाँ प्रस्तावमा कामदारको पासपोर्ट जफत गर्नेलाई प्रति पासपोर्ट १० हजारदेखि ५० हजारसम्म जरिवानाको व्यवस्था छ।” – कमेन्ट – पासपोर्ट जफत गर्ने कम्पनि लाइ कारवाही गर्ने नियम पहिलेको हो। १०००० रियल थियो पहिला अहिले ५०००० बनाको मात्रै। (यो एस्तो नियम मध्य एक हो जो कागज मा मात्रै सिमित छ, यस्ता धेरै नियम हरु छन् यो जस्ता को तेस्तै हो)

    काम परिवर्तन गर्ने बारेमा माथि छुटेको कुरा (राख्न आग्रह गर्छु) “ह्याँ बाट विसा सकेर वा क्यान्सल गरेर गए पछि २ वर्ष मात्र आउन नपाउने थियो जुन अहिले हटाइको छ तर कति महिना पछि आउन पाउने हो खुलाइएको छैन, येदि तुरुन्त आउन पाउने हो भने, त्यो ५ बर्स पछि मात्र जागिर फेर्न पाउने भन्नु को औचित्य छैन” तेसैले यो निकै दोधारे छ. तेसैले खुसि हुनुपर्ने केहि देखिदैन।

    एम्नेस्ति को कमेन्ट – http://www.amnesty.org/en/news/proposals-qatar-migrant-labour-reform-missed-opportunity-2014-05-14

    Reply
  9. Aprisha Lama says:
    May 15, 2014 at 12:45 pm

    मेरो विचारमा यो कुनै ठुलो परिवर्तन हुनै सक्दैन, कुरा यति मात्र फरक हो कि कम्पनीको सम्पूर्ण अधिकार कतार सरकारलाई सरेको छ – आधुनिक दास बनाउने कतारको यो परिवर्तनको नाउँ मात्र….

    Reply
  10. karna says:
    May 15, 2014 at 12:16 pm

    सर मैले माथी का सबै समाचार पद्न पाय म धेरै खुशी छु म कतार मा ११ साल देखि काम गरिरहे को छु।म यक कुरा सोद्न चहन्छु साहेत सबै नेपाली हरु लै उपयोग हुन सक्ने छ।अदि हामी कम्पनी को समय पुर गरे र नेपाल् गय पछि कति महिना पछि अर्को कम्पनी मा आयोउन सकिन्छ कृपया जानकती दिनु होला

    Reply
    1. kay says:
      May 15, 2014 at 6:43 pm

      कर्ण सर पहिला या यो बुझ्नुस कि यो “प्रस्ताब” हो पारित हुने नहुने थाहा छैन, भैहाल्यो भने तपाई को contract पक्कै पनि indefinite हो त्यो भनेको तपाई को contract कहिले सकिने लेखिएको हुदैन त्यो हक मा तपाई ५ बर्ष (तपाई को ११ बर्ष भैसक्यो) पछि रोजगार दाता फेर्न पाउने भनिएको छ. यो लागु भयो भने नेपाल जान पर्दैन भन्ने बुझ्नुस। तर यो कतार हो धेरै आसा नगरेको राम्रो!

      Reply
  11. Devnath Thakur says:
    May 15, 2014 at 11:38 am

    नया कोनटराकटमा अाउनेका लागि त ठिकै छ। तर पुराना लेवर हरु जस्ले १० बर्षमा पनि agreement मा हस्ताछर गरुको छैन, त्यस्ताका लागि के ५ वर्ष कुर्नै पर्ने हो त?

    Reply
    1. kay says:
      May 15, 2014 at 6:45 pm

      मेरो बुझाई मा होइन पहिलो contract लाइ नि मान्यता दिनु पर्ने हुन्छ, यदि कम्पनि आफैले नक्कली हस्ताक्षर गरि contract नगरेको भए. तर तेही हो यो कतार हो आसा धेरै नगरेकै राम्रो !

      Reply
      1. Gagan says:
        May 16, 2014 at 12:05 pm

        धन्यबाद Kay जी सबैलाई जवाफ दिनु भएकोमा, के के न होला जस्तो लागेको थियो नया घोषणा कतार सरकार बाट धेरै आशा गर्नु बेकार नै रहेछ, कामदारको खानपिन तथा बसोबासको लागि केहि मापदण्ड बनाए धेरैले राहत पाउने थिए |
        अरु त दुबईको जस्तै सिस्टम होला, तलब बैंक खाता मार्फत भुक्तान गर्नु पर्ने, सम्भाव्य Exit Paper नचाहिने अनि २ बर्ष पछि स्पोन्सर सजिलै परिवर्तन गर्न मिल्ने |

        प्रत्येक बर्ष अनिबार्य (कम्पनीको खर्चमा) बिदाको व्यवस्था गरे चाहि धेरै राम्रो हुने यसो घरको पनि रेखदेख हुन्थ्यो, पारिवारिक सम्बन्ध पनि राम्रो बन्ने थियो | सरकारको पनि बिमान व्यवसाय राम्रो फस्टाउने, यस बारेमा चाहि किन नासोच्या होला |

        सबै आप्रबासीको जीवन सुरक्षित र सरल होस् |

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected]om मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme