नयाँ जहाज भित्र्याउँदा बोकाको बलि दिने नेपाल बायु सेवा निगमले हालै मात्र नयाँ जहाज ल्याउँदा चाहिं बोकाको सट्टा नरिवल फोरेर भित्र्याएको खबर सुनेपछि निगमको घैंटोमा बल्ल घाम लागेछ भन्ने लाग्यो। हो कहिले-काहिँ हाम्रोमा संस्कृति र अन्ध-बिश्वास छुट्ट्याउन गार्हो छ । निगमको लोगोमा आकाश भैरब भएकोले गर्दा भैरबको पूजा गर्दा बलि दिने चलन रहेछ । भगवानलाई खुशी पार्न भन्दा पनि नयाँ जहाजको स्वागत धुम-धामले गर्न मेसो निकालिएको पनि हुन सक्छ । त्यति सम्म त संस्कृतिको हवाला दिन सकिन्थ्यो होला तर जब जहाज बिग्रिन्छ, अनि त्यसलाई ठिक पार्न स्वस्ति शान्ति या बलि तिर लागियो भने त पक्का अन्धविश्वास हुन जान्छ । तपाइँ पनि त्यहि सोच्नु भयो होला हैन ? तर सम्बन्धित निकाय चाही यस्तो सोच्दो रहेनछ।
केहि वर्ष अघि अन्तर्राष्ट्रिय मिडियामा एउटा गजबको समाचार फैलियो — नेपालमा बिग्रेको जहाज ठिक पार्न बोकाको बलि। मलाई पनि लाग्दैन कि निगमले बलि दिएर मात्र जहाज ठिक पार्न खोजेको होला, तर समाचार त त्यसरी नै आएको थियो।
हेर्नुस् बोकाको बलि दिएको फोटो
बिबिसीको समाचार
रोयटर्सको समाचार
बलि दिन लगाउनेलाई पनि पक्कै थाहा हुनु पर्छ कि आधुनिक इन्जिनियरिंग प्रयोग गरेर बनाएको जहाज बोकाको बलिले ठिक हुँदो हो त बोइङले जहाजको साथ-साथ बोका फार्म पनि खोल्दो हो। त्यसो भए किन यसो गरियो त? हामीहरु कुनै कुरा गलत हो भन्ने जान्दा जान्दै किन गर्छौ त?
डरले।
खासमा भन्दा हामीहरु धेरै जसो धार्मिक हुने भनेको मुख्यत: दुई कुराले हो – डर र लोभ। दर्शन र सोच त दोस्रो तहमा आउँछन्। साधारणतया हामी कुनै कुराको आकांक्षा राखेर माग्न पूजा गर्छौ, भाकल गर्छौ – त्यसलाई लोभमा समावेश गर्न सकिन्छ। पूजा गरेन या कसैलाई मानेन भने भैराखेको पनि गुम्ने हो कि भन्ने डरले पनि पछि लागिराखेका हुन्छौं। त्यो हो डर। पहिला पहिला पर्चा आउँथे डर देखाउंदै – यति वटा पर्चा छापेर बाँड, नत्र अनर्थ हुनेछ, छापेर बाँडे के के पाउने छौ। आजकल इमेल र फेसबुकमा पोस्ट आउँछन् – यति वटा इमेल पठाऊ वा सेयर गर नत्र अनर्थ हुन्छ भनेर।
झार-फुक गर्ने झाँक्रीदेखि ठुला-ठुला साधुहरु कहिले डर त कहिले लोभकै भरमा अस्तित्व जोगाएका छन्। बिरामी भए डाक्टरकोमा नगई उपचार हुन्न भन्ने जान्दा जान्दै पनि कहिलेकाही हामी पछाडी लागिरहेकै हुन्छौ — तै पनि कतै केहि भैहाल्छ कि भन्दै । अरु त अरु — पश्चिमा स्वास्थ्य शिक्षा हासिल गरेका नेपालका धेरै डाक्टरै पनि पछि लागिरहेको देखिन्छ– आफ्नै ज्ञानको उपहास गर्दै।
यो बिग्रेको मेशिनलाइ बलि दिएर ठिक पार्ने पनि त्यहि भएर हो । मिस्त्रीकोमा लगेर त बनाइन्छ बनाइन्छ, तर पनि बलि पनि दिई हालौ न, के नै जान्छ र भन्दै । फुटबल खेलअगाडि पञ्चबलि दिएको पनि सुनिएकै हो। अस्पतालका ठुला र महंगा उपकरण बिग्रिदा पनि बोकाको बलि दिएको सुनेकै हो । बैज्ञानिक हिसाबले पूजा या बलिले मेशिन बन्नु (या बिग्रनु ) मा कुनै कोरिलेशन नभएपनि संस्कृतिको नाममा बलिको सट्टा पूजा सम्म त ठिकै होला, तर अब पूजा भयो, मर्मत गर्नु पर्दैन- ढुक्क हुनुहोस् भन्नेसम्म चाहिं कोहि नपुगुन्, यही कामना छ।
हिन्दु शास्त्र के भन्छ :
१) पद्मपुराणको पद्मोत्तर खण्डको १०४औं अध्यायमा स्वयं दुर्गादेवीले भगवान् शिवसँग भन्नुहुन्छ :
यूपे वध्वा पशून् हत्वा…….. आत्मादीन् घातयेत् स तु ….
अर्थात्
हे भगवान् शिव, (मौलो) मा बाँधेर क्रूरतापूर्वक पशुको हत्या गरी वंधुहरूको साथमा मासु खाने व्यक्ति मारिएको पशुको शरीरमा भएका रौं जति वर्षसम्म असिपत्रवन नामक नर्कमा पर्ने छ । हे भोलेनाथ जसले मेरो र हजुरको नाम बेचेर आफ्नो श्रीमतीको छोराछोरीको या कूलको नाममा पशु बलिको भाकल गरेर पशु हत्या गर्ला ऊ आकाशमा चन्द्रसूर्य रहेसम्म नर्कमै बसी रहोस् र त्यस्तालाई म स्वयम् नर्कमा लगुला |
साधारणतया यमदूत पापीलाई नर्कमा लान्छन तर यहाँ देवी दुर्गा स्वयम् त्यस्ता बलि दिनेलाई नर्कमा कोच्ने बताउनु हुन्छ | देबी त्रिपुरासुन्दरी देवी दुर्गा कै रुप हुनुहुञ्छ |
२) महाभारतमा भनिएको छ– सुरा मत्स्याः पशोर्मांसं द्विजातिनां बलिस्तथा
धूर्तः प्रवर्तितं चैतन्नैतद्वेदेषु कथ्यते –
अर्थात् मदिरा, माछा, मासु र द्विजको बलि जस्ता कार्यहरू धूर्त (फटाहा) हरूले आफ्नो स्वार्थ सिद्ध गर्न सुरू गरेका हुन् वेदहरूमा यसको विधान छैन ।
३) अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी ।
संस्कर्ता चोपहर्ता च खादकश्चेति घातका: ।। – मनुस्मृति ५.५१
अर्थात्
जो पशुहत्या गर्छ, जो मांसाहारीको पक्ष लिन्छ वा प्रश्रय दिन्छ, जो मासुको बिक्रि गर्छ र जो खरीद गर्छ, जो यसलाई पकाउछ र जसले मासुको भक्षण गर्छ तिनीहरू सबैको बिनाश हुन्छ |
४) य: अहिंसकानि भूतानि हिनस्ति आत्मसुखेच्छया ।
स जीवंश्च मृतश्चैव न क्वचित् सुखमेधते ।। – मनुस्मृति ५.५४
अर्थात्
त्यो मनुष्य जो अबोध पशुको कुनै पनि कारणले हत्या गर्दछ त्यसको मृत्यु पछिको गति भयावह हुञ्छ |
५) “ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।
धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।
६) “अहिंसा परमो धर्म” नै बैदिक सनातन धर्मको मूल नारा हो |
७) कुलपूजाको दिन बुद्ध जयन्ति पर्दछ | श्रीमद भागवतममा उल्लेख भए अनुशार भगवान बुद्ध स्वयम् भगवान कृष्ण हुन् | मानिसहरूले वेदको गलत अर्थ लगाएर पशुहत्या शुरु गरे, जसको बचाऊ गर्न भगवान श्री कृष्ण, बुद्धको रुपमा यस धरातलमा आएका थिए | के अब हामी यति नीच/स्वार्थी र कमीना भयौ कि भगवान बुद्धको दिनमा पनि पशु बलि दिनेछौ ?
…..
यस्ता अनेकौ श्लोकहरू शास्त्रमा लेखिएको छ तसर्थ शास्त्र पढ्ने र सो अनुशार धर्म गरौ न कि चली आएको चलन देखासिकि गरेर।
हिन्दु धर्म बिशाल छ | बेदमा भूत, प्रेत र पिशाचको अनुष्ठानदेखि लिएर, महत तत्व अन्तर्गत सुर्य, शिव आदि हुदै, बिष्णु तत्व अन्तर्गत भगवान श्रीकृष्णसम्मका अनुष्ठान गर्ने तरीका वर्णित छन् | तामसी गुणका भूत, प्रेत र पिशाचको अनुष्ठानमा बलि प्रयोग हुञ्छ भने बिष्णु तत्व अन्तर्गत भगवान श्री कृष्णको भक्त हुनको लागि न्युनतम आवश्कतामा मात्र पनि मासु, मदिरा, चुरोट, जुवा, अमर्यादित स्त्री पुरुष सम्बन्ध छोड्नु पर्दछ | कृष्ण भगवानले भागवत गीतामा भन्नु भएको छ कि मनुष्य प्रकृतिको सतो, रजो र तमो मध्य कुनै एक गुणबाट प्रभाबित भएको हुन्छ। तमो गुणबाट प्राभाबित ब्यक्तिले भुत/प्रेत को पूजा र अनुष्ठान गर्छन। भुत-प्रेतको पुजामा क्षणिक तामसिक लाभको लागी पशु/मानब बलि, रक्सी आदि चढाइञ्च। मुर्ख मनुश्यले आफ्ना यस्ता तमोगुणी पुर्बजहरुको देखासिकी गर्न थाले र कालांतरमा अज्ञानबश देवता/देवीको लागी पनि पशुबलि दिन थाले। धन्य छ आजको दिनसम्म भगवान शिव, बिष्णु, श्रीकृष्णको लागी भने बली दिएका छैनन तर हिन्दूहरु यस्तै अज्ञानी र धार्मिक ग्रन्थ न पढने तर धर्मको नाममा देखासिकी मात्र गरी रहने हो भने चाडैनै यिनीहरूले भगवान शिव, बिष्णु वा श्रीकृष्णका लागी पनि बलि दिने छन।
वर्तमानमा वेद, पुराण, स्मृति भन्दै पशु बलिको पक्षमा भनिने श्लोकहरू धुर्तहरूले पछि वेदादिग्रन्थहरूमा मिलाइदिएका हुन् । मध्यकालमा जिह्वालोलुपहरूले आफ्नो जिब्रो र पेटको पूजाका लागि आफ्नो पापमय कार्यलाई धार्मिक खोल ओढाएर आफू निन्दाबाट बच्नका लागि चातुर्यले स्वरचित कल्पित श्लोकहरूलाई प्रेश आदि नभएको समयमा वेदादिग्रन्थहरूमा मिलाएर त्यसैलाई शास्त्र प्रमाण भन्दै यज्ञमा पशु बलि शुरु गरेका पनि हुन् ।
देवान् पितृन् समभ्यच्र्य, यज्ञशिष्टं मांसं भक्षणीयम्, प्राणत्यये क्रतौ श्राद्वे
अर्थात्
देवता पितृलाई चढाएको मासु, यज्ञ शेष मासु र प्राणसंकटको बेला खाइएको मासुले दोष लाग्दैन
भन्ने जस्ता वचनहरू शास्त्रमा पछि मिलाइएका हुन् । आफूलाई भने सानो चोट लाग्दा पनि चिन्तित हुँदै अनेकौं डक्टर वैद्यहरू कहाँ दौडिने तर बोल्न नसक्ने अवोध निरपराध पशुहरूलाई भने मारेर सेवन गर्ने के यहीं मानवता हो ?
प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो। यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध = वध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो। अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याइन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो। कयौँ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाइन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो। त्यस्तै कयौं मानिसहरु जिज्ञासा गर्छन् : यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि। तर स्मरण रहोस्, पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ। त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन। जस्तै भनिएको छ –
“यद् घ्राणभक्षो विहित:सुरायास्तथा पशोरालाभनं न हिंसा।
एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदु: स्वधर्मम्।।“
( श्रीमद्भागवत ११ -५-१३ )
अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन (स्पर्श, स्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो। तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु-तर्क प्रस्तुत गर्ने गरिन्छ।
कतै-कतै टीकाकारहरुले आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु भन्ने लगाएको पाईन्छ, तर यदि आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु हुने हो भने विवाह पद्दतिमा “तत: बर:कन्या हृदयं आलभेत” लेखिएको अर्थ के होला ? त्यसैले संस्कृतका एउटा शब्दको अनेक ठाउँमा अलग-अलग अर्थ लाग्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन। भनिएको पनि छ : “अर्धमात्रा लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा” अर्थात् व्याकरणकारहरुले आधा मात्रा मात्रै पनि पाए भने पनि पुत्रोत्सव मनाउछन् रे।
त्यति मात्र नभएर रामायण, महाभारत आदि ग्रन्थको कयौं ठाउँमा मांस शब्दको प्रयोग भएको छ। जस्तै- वाल्मीकि रामायण अयोध्या कांड ५३|२, १६| १ आदि ठाउँमा फलको भित्रि गुदीलाई पनि मांस भनिएको छ। त्यसैले भगवान् श्री रामले सीताका निमित्त “यो मांस पाकेको र उपर्युक्त छ, तिमी यसलाई खाऊ” भन्नुभएको हो।
तसर्थ ..
हाम्रो धर्मशास्त्रमा पाँच प्रकारका यज्ञको विवेचन भएको छ भने पाँच प्रकारका बलिको पनि व्यवस्था गरिएको छ। यी पन्चबलि निम्न प्रकार छन् :-
(१) गोबलि :- गाईका निमित्त गोग्रासका रुपमा पकाइएको भोजन पातमा गाईलाई दिने।
(२) श्वानबलि :- कुकुरलाई खाना दिने।
(३) काकबलि :- पृथ्वीमा कागलाई बलि दिने।
(४) देवादिबलि :- पातमा देवतालाई बलि दिने।
(५) पिपीलिकादिबलि:- कीरा-फट्यांग्रा, कमिला आदिलाई पातमा बलि दिने।
यसप्रकारले नित्य पञ्चमहाबलि दिनुपर्ने विधान शास्त्रमा वर्णित छ। जसरी सन्ध्या आदि नित्यकर्म नगर्दा प्रत्यवाय नामको दोष लाग्छ त्यसैगरी पञ्चबलि नगर्दा पनि दोष लाग्छ भन्ने शास्त्रको निर्णय छ। यहाँ ‘बलि’ शब्द कुनै हत्या हिंसा, मार-काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन। भोजनका लागि जुन हविष्यान्न घरमा पकाइन्छ त्यसैले बलि दिनुपर्दछ (अभावमा साग-पात, फल-फूल, गहुँ, चामल, तिल, मूंग, जौं आदिलाई पात ओछ्याएर पातमा बलि दिनु पर्दछ )
हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको छैन। “अहिंसा परमो धर्म:” भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या गलत तर्क गर्न खोज्नु अल्पज्ञताको नै परिचय हो।
बाश्तवमा, पाशोमा बाँधिएकोलाई पशु भनिन्छ । मानिस पनि काम, क्रोध, लोभ, मोह र अहंकारको पाशोमा बाँधिएको छ । यिनै पाँच विकारहरूको बलि (त्याग) गर्नु नै वास्तविक बलि हो । तन्त्र ग्रन्थमा भनिएको छ कामक्रोधौ पशुतुल्यौं विघ्नकृतौं बलिं दत्वा जपं चरेत् अर्थात् मनुष्यलाई विघ्न वाधा दिने काम क्रोध नै पशु हुन् । यिनको बलि दिएर ईश्वरको उपासना गर । यिनै पाँच विकार रूप पशुको बलि नै वास्तविक पंच बलि हो । बोका, रागा, हाँस आदिको हत्या क्रूर अत्याचार हो ।
निष्कर्ष:
यदि कहि उपल्लो शक्तिको अनुष्ठानमा जीब हत्या वा मासु वा रक्सी चढ़ाइन्छ भने कि त त्यो भुत/प्रेतको अनुष्ठान हुनुपर्छ वा कुनै नी-कृष्ठ तामसिक तंत्र साधना हुनुपर्छ वा अध्यात्मिक ज्ञान न भएका राक्षसीय ब्याक्तिहरुको कार्य हुनु पर्छ, यस बाहेक अरु केहि हुनै सक्दैन ।
१) बलि प्रथा मुर्ख वा आध्यात्मिक ज्ञान नभएका र मतलबी राक्षसि प्रबृत्ति भएका व्यक्तिहरूको कार्य हो | यसो गर्ने व्यक्ति मृत्यु पश्चात सोझै भुत, प्रेत योनिमा जान्छन वा नर्कमा सजायका लागि जान्छन र नर्कमा सजाए समाप्ति पछि मनुष्य योनिमा अपाङ्ग र गरीब कुलमा जन्म लिन्छन |
२) यदि तपाई वेदिक सनातन धर्म (हिन्दु) मा बिश्वास गर्नुहुञ्छ भने मांस भक्षण आजैबाट छोड्नुहोस् | मांस भक्षण गर्नु कसैलाई पशु हत्यामा उक्साउनु हो र तामसिक कार्य हो | त्यसमाथि मांस भक्षण गर्ने ब्यक्ति मृत्यु पश्चात सोझै जनावरको योनिमा जान्छन र त्यसपछि मनुष्य भै गरीब कुलमा जन्म लिन्छन|
नव नियुक्त प्रधानमन्त्रीले त निवास छिर्नु अगाडी बोका बलि दिने देशमा नया जहाजलाइ पूजा गर्नु कुन चाहिं अनौठो भयो र ?
यो सबै परा पुर्ब काल देखि ब्राह्मण पण्डित हरु ले आफु ले गरि खाने भाडो को उपाए निकालेर बनाएको चलन चल्ती हो. तेसैलाई त्यो बेला को अरु अनपढ बर्ग हरु ले ति बिध्वान भनाउदा पण्डित हरु को कुरा स्वीकारेर बसाल्दै आएको एउटा चलन मात्र हो. जुन समय को गति मा बदलिने छ जुन अब को एउटा पुरानो बाकि एउटा generation को समाप्ति को साथ् साथै एस्तो अन्धबिस्वास भोग चलन पनि सकिने छ. आज को युग information technology को युग हो. बिजुली न पुगेको ठाउ मा इन्टरनेट को माध्येम बाट ज्ञान आदान प्रदान गर्न सक्ने छ्येमता भी सक्यो. दिमाग को IQ जो कोहि ले पनि पछि develop गर्न सक्छ जुन कि कुनै बर्ग को मान्छे जन्मिदै ठुलो IQ लिएर जन्मने कुरा हैन. तेसैले यो अन्ध बिस्वास चाडै नै अन्त् हुन्छ तर पुरानो एक generation अझै बाकि छ तेस्पची मात्र. अनि एकदिन दक्छिन काली बलि चढाउने ठाउ बन्द भएर पार्क मा परिणत हुने छ जुन ठाउ मा animal cruelty अत्यादिक मात्र मा छ.
यो अहिलेका राम र बुद्दका सम्बाद हो |
हा हा !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
यहाँ ! मार्ने र काट्ने कोहि पनि छैन ???? क्या गजब !!!!! बा ! अनि मासु पसल चाहि किन भिड लग्यो नि ? य ! पसलमा बेचेको मासु त् खान नै पर्यो ? नि ? के रे ? पसलमा बेच्ने मासु ज्यान नभएको मासु हो ? कसरी मारेको ! आफुले देखेको छैन ! मारेको त् हेर्न नि मन छैन ! बरु किनेर ल्यायो पकायो खयॊऒऒऒऒऒऒऒ हि हिः
ब्यबसाहिक दिस्तिकोंले पशु लाई दिनहु कसरी मार्ने ? थाहा छ?देखेको छ ? साचेको छ ?कल्पना सम्म पनि गर्नु भयो ? गर्नुस ! हेर्नुस ! बुज्नुस ! अनि भनुस ! लेख्नुस ! मासु खाने चिज नै होइन ! विज्ञानले पनि प्रमाणित भै सक्यो |मासु खानु स्वास्थकर होइन | तर ! रह्यो बलि को कुरा :-
बलि दिनु हुन्छ भन्दिन् कहिले पनि म ! तर मनको कुनामा कता कता लागेको कुरा ! भगवानको अगाडी मार्ने ब्यक्ति त् दोसी होला ! पसुले त् सुख ले मर्न पायो कि ? कि ! कि कसो ? किन भने ! पहिला त् मासु खान्थे | भोग्नु नै छ होला | म पशु जन्म लिए भने ! भगवानको अगाडी बलि नै चधोस | तर अब देखि चाहि मासु खान्दिन्न |
भगवान ले भनेको रे येतातिर FAX आएछ ###लु तथास्थु अरे !!!अर्को जन्म मा कुखुरो , हाँस , बोको , राँगो जे हुन् मन छ तेही भएर जन्मेस अरे ###
मासु खान मन लागे पकाएर खानु नि केको बलि र सलि भन्दै जग हसाउनु पर्यो….पटमुर्खहरु
यो २,४ घुश्या हरुले मासु खाने मेलो गरे नत्र येस्ता अन्ध बिस्वास सबै धर्म मा भरपुर छ |
कोइ पानीमाथिको ओभानो छैन |
निश्चय पनि हाम्रो भाग मा रहेको अन्ध बिस्वास , रुढी बादी फाल्ने हाम्रो जिम्मा हो |
तर आफै नाङ्गो बसेर अरुलाई कुरी कुरी गर्ने देखि के भन्नु खै ?
हाम्रा देशका ठुला नेताहरु “प्रधानमन्त्री हुने जोग छ कि छैन मेरो” भनेर देखाउन भक्तपुरका “जान्ने” को मा जान्छन रे भन्ने सुनेको थिए / धरान तिनकुने भन्दा केहि दक्षिणमा चारकोशे झाडीमा बिस्वोर्कर्मा मन्दिर छ, त्यहाँ नजिकै पुगे’सी बस ड्राइवर हरुले ट्वाँ पारेर हरन बजाउथे, बिस्वोकर्माको स्तुति गरेको होला शायद / कमलादी गणेशस्थानमा गाडीनै कुदाएर परिक्रमा गर्ने चलन थियो पहिले पहिले / अहिले पनि देउताको मुखमा लड्डु, बर्फी कोच्ने चलन छदैछ / पाथिभरा देबीको मन्दिरमा बर्षेनी दशौ हज्जार बोका (पाठाहरू) हरू काटिन्छन / गढ़िमाइ मेलामा २ लाख जति चौपाया मारिन्छन अनि धेरैजसो त्यसै फालिन्छन / माथिदेखि तल सम्म चेतना को खडेरी छ /
बिदेशमा बस्ने नेपाली, भारतीयहरु पनि मन्दिरमा लगेर नया गाडीलाई नरिवल फोरेर पुजा गर्दछन / मलाई आमाले बुधबार, बिहिबार र सुक्रबार बाहेक अरु दिन केश काट्न जानै दिनुहुन्नथ्यो / मेरी सिरिमति बिहिबार टाउको नुहाउदिनन, म पनि १०-१५ बर्ष अगाडी सम्म हातले घाटीमा छोयो भने हातमा फु-फु गर्ने गर्थे, अहिले त्यस्तो केहि बार्ने गरेको छैन / सनिबार यात्रा सुरु गर्नु हुदैन भन्थे, कति गरियो कति / मोटरईकल हिड्दा बिरालो (कालो बिरालो समेत) ले बाटो काटेको गनिसाध्ये छैन, बाचियेकै छ / इ सब वाहियात अन्धबिस्वासहरू छोडेर हामीले अलि कामलाग्ने कुराहरु गर्न सिक्नुपर्छ /
दुइ चोक्टा मासुको लागि नाटक ? यस्ता कर्मचारी राजनीतिज्ञ देखेर बिदेशी हास्नु हास्छन .. यो पनि भ्रस्ट्चार हो .. यूरोप तिर यस्ता भ्रस्टचारिलाइ ज्यान मारे सरह कारबाही गर्छन र पो देश बन्छ / देश लाइ सम्झ्यो माया लाग्छ सस्कार र मान्छेको बानि हेर्यो दिक्क लाग्छ , देश फर्कन अलि अलि पलाएको जागर पनि त्यसै त्यसै मरेर आउछ …..
घुमिफिरी तेही कु-रमचारी -टार !!!!!!!!!!!घुमिफेरी कुरो तेही भ्रस्ट विमानस्थल को कु-रमचारी तिरै गयो मेरो कमेन्ट ..विमानस्थल को कु-रमचारी हरु ले बोका को बिल तेरसियौदा यामान को ठुलो राँगो को बिल पेश गरे होलान!!!
फेरी ६ महिना अघि नै दशैँ सरि चोक्टा अनि साप्रो हसुर्ने मेसो हो यो !!! देखाउन २ बोका बलि दिए , हसुर्न कति बलि दिए होलान , कुरो पारदर्शिता नभाको अड्डा को पर्यो !!के भन्ने
सन्दर्भ बस्!!!
युरोप तिर भए जनावर अधिकार को कुरा हुन्थ्यो , बिरोध हुन्थ्यो!!!!
अब नेपाल मा मानवअधिकार नै कुन चरो हो भन्छन भने जनावर अधिकार को के कुरो निक्लेला !!!!!
अर्काको देश छिरी छिरी मानव अधिकारको कुरा खोक्तै मान्छे मार्दै हिड्ने अम्रिकाने र युरोपियन कुइरेहरू मरेको मात्रै खान्छन् र भन्या ? मासु त जनावर मारेरै खान्छन् होला त ! खान काटेको जनावरको चाहीँ अधिकार हुँदैन कि ! मानव अधिकार कुइरेले बढी उल्लङ्घन गर्छन् प्रजातन्त्रको नाम दिएर भन्यो भने गल्ति नै त नहोला है अफ्रिका, मिडिलइस्ट आदि हेर्ने हो भने छर्लङ्ग हुदैन र ? कि आफ्ना देशका नमारेर अरुका देशका मार्नु भनेको मानव अधिकारको रक्षा भन्छन् भने त्यो परिभाषा त थाहा भएन । जहाजमा बली दिने कुरो चाहीँ खराब नै हो ।
मेरो कमेन्ट को मनसाय सिर्फ जहाज मा बलि दिने कुरो को सन्दर्भ मा हो ##दिल्ली जी ## राख्नु भएको तर्क को सहमत गर्छु,
मासु खाने काटेर कि मारेर कि मरेको सिनो मात्रै खाने भन्ने कुरो मा बहस अत्यन्त गहिरो रुप मा हुनेछ , जनावर अधिकार को कुरो झनै !!!!!
अनि मानव अधिकार को कुरो झनै गहिरो बहस को बिषय हो ,
डिल्ली जी,
सुजी जी को कुरा को चुरी फुरी के हो भने सभ्य समाज मा मासु खाने हो भने कुनै भगवान को नाम मा घाती रेटी रेटी मारेर मासु चाइ आफै हाम पार्ने चलन छैन. Farming गरेको जनावर लाइ तड्पाई तड्पाई मारिन्दैन र भगवान को नाम मा बलि चधाइन्दैन. कुरो तेती मात्र हो. आवेग मा बोल्नु भयो जस्तो छ. ल तपाइँ लाइ पनि अर्को साल डि भी परोस !!
चुरी फुरी को बिस्तृत बयान लेखिदिन जागर चलाई दिनुभएकोमा सादर धन्यवाद !!!!!!सम्राट जी ####
यो अपसंस्कृति हो| कुपरम्परा हो| outdated भईसक्यो| यस्ता कुसंस्कारहरुलाई एकैचोटी जरैदेखि उखेलौ त भन्दिन तर बिस्तारै फालेर परम्परा जनाउन मात्र एउटा सांकेतिक रुपमा मात्र राखे हुने हो|
जब उद्घाटन नै हिँसाबाट श्रीगणेश गरिन्छ भने कसरि दिन सक्ने होला अहिंसाका प्रतीक Buddha was born in Nepal भन्ने संदेश?
बोकाको हैन नेता, नेति र कर्मचारीको बलि दिन थाल्ने हो भने विग्रेका जहाज भटाभट बन्न थाल्थे होलान् । पहिलेको रोयल नेपाल एयरलाइन्स कर्पोरेशन “आरएनएसी” अहिलेको नेपाल एयरलाइन्स कर्पोरेशन सजिलोमा “नाक” थेप्चिएको चाहीँ गिर्जाउ पु्त्री सु(कु?)जाता बोक्सी लागेरै हो । त्यो कुजाता बोक्सी लागे पछि देखि कहिले धमिजा मसान लाग्यो त कहिले चेजको भूत चढ्यो । तराईमा मानव मलमूत्र खुवाउने “ग्याङ”लाई पहाड चढाएर कुजाता मन्साउन लगाए यो थेप्चिएको “नाक” साइजमा आउने थियो कि ! नरिवल फोरेर होइन बोक्सा बोक्सी नेता नेति कर्मचारीको खप्पर फोरे चाहीँ पक्का भूत भाग्छ । नत्र जागिर यताको टिकट उताको काटे पछि जहाज खाली उडिरहन्छ । भोकले बिचरोको कहिले पाङ्ग्रो सुन्निन्छ त कहिले ढोका चोइटिन्छ । कहिले तार चुडिन्छ त कहिले भित्तोमा बज्रिन्छ । त्यस्तै रहेछ देशलाई र हवाई अड्डालाई दशा एकै पटक लागेको हो । १५०० जनताको “भोग” दिएर पनि दशा टरेन । ६०१ को भोग दिँदा तै बरु टर्छ कि !