पृष्ठभूमिसहित यो शृङ्खलाका पुराना ब्लगहरु पढ्नुस्
अमेरिकाबाट डलर पाउने भाग्यमानीहरु (भाग १)
अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूचि (भाग २)
माथिको सूची सन् २००६ देखि सन् २००९ सम्म ३ वर्षको अवधिमा USAID को OTI मिसन अन्तर्गत बाँडिएका डलरमध्ये सबैभन्दा धेरै पाउने टप टेनको सूची हो। दोस्रो भागमा एन्टिना फाउन्डेसन र नेपालयबारे पाइएसम्मको जानकारी दिइएको थियो। आजको सृङ्खलामा बाँकी संस्थाहरुको नालिबेली हेर्नुहोला।
छुटाउन नहुने पृष्ठभूमि जानकारी-
अमेरिकाले विदेशी मुलुकलाई सहयोग USAID मार्फत् गर्छ। यही USAID भित्र OTI भनेर एउटा छुट्टै विभाग खोलिएको छ। OTI को पूर्ण रुप Office of Transition Initiatives हो। भन्नलाई अनेक थरिका चिप्ला, राम्रा कुरा भने पनि यसको वास्तविक उद्देश्य अमेरिकाको राष्ट्रिय चासो रहेको देशमा आफ्नो स्वार्थ अनुरुपको ‘हस्तक्षेप’ गर्न ‘वातावरण मिलाउन’ सहयोग गर्ने हो।
यसलाई प्रतिवेदनमै रहेको यो अंशले पनि स्पष्ट पार्छ-
कम्युनिकेसन कर्नर
प्रतिवेदनमा रहेको सूची अनुसार कम्युनिकेसन कर्नरले तीन वर्षको अवधिमा ७ पटक गरी २ लाख ७३ हजार ६ सय ९७ अमेरिकी डलर पाएको थियो।
कम्युनिकेसन कर्नर कम्पनी ऐन अनुसार २०५५ वैशाख १६ गते दर्ता भएको कम्पनी हो। दर्ता नम्बर ८४०५ लिँदा कम्पनीले आफूलाई ‘सम्पूर्ण नेपाली स्वामित्वको’ प्राइभेट, बहुल स्वामित्वको संरचना रहेको जनाएको थियो।
कम्पनी ऐन अनुसार दर्ता भएका निजी कम्पनीलाई विदेशी सरकारले सहयोग उपलब्ध गराउन पाउने/नपाउने सम्बन्धमा कानुन विषयमा जानकारहरुलाई नै थाहा होला। मिल्ने भएर नै यो दिइएको अनुमान गरौँ जानकारहरुले यसबारे नबताउन्जेल।
यसको वेबसाइटमा राखिएको जानकारी अनुसार कम्युनिकेसन कर्नर यस्तो हो-
Communication Corner (CC) Nepal’s largest independent broadcasting organization, brings its audience news of politics, business and economics, society, entertainment, sports, science and technology, health, agriculture as well as other topics.
देशभरको सञ्जालका हिसाबमा यसले माथिको सूचीमा सबभन्दा बढी डलर पाउने एन्टेना फाउन्डेसनलाई पनि उछिन्छ। वेबसाइटमा राखिएको जानकारी अनुसार यसका प्रसारण साझेदार अर्थात् यसले काठमाडौँबाट बनाएका कार्यक्रम देशका विभिन्न भागमा रहेका १७४ निम्न एफएमहरुले प्रसारण गर्छन्-
- Aafno FM 104.8 MHz
- Aafnu FM 104.8 MHz
- Aangan FM 89.6 MHz
- Baglung FM 96.4 MHZ
- Bheri FM 105.4 MHz
- Birta FM 105.0 MHz
- Bulbule FM 107.6 MHZ
- Butwal FM 94.4Mhz
- Choice FM 90.4 MHz
- Daunne FM 103.4 MHz
- Dhaulagiri FM 98.6 MHz
- Dhorbarahi FM 88.2 MHz
- Dhukdhuki FM 95.2 MHz
- Dhurbatara Community FM 89.8 MHz
- Dinesh FM 93.8 MHz
- Eagle Fm 99.2 MHz
- FM Mechi Tunes 96.8 MHz
- Gadimai FM 91.4 MHz
- Gorakhkali FM 103.6 MHz
- Gurans FM 107.5 MHz
- Hajurko Radio 102.1 MHz
- Halesi FM 102.4 MHz
- Hetauda FM 96.6 MHz
- Himchuli FM 92.2 MHz
- Ilam FM 93.0 MHz
- Indreni FM 92.4 MHz
- Jaleshwornath FM 90.4 MHz
- Janakpur FM 101.8 MHz
- Kalika FM 95.2 MHz
- Kalinchock FM 106.4 MHz
- Kanchanjungha FM 92.6 MHz
- Khandbari FM 105.8 MHz
- Khaptad FM 91.4 MHz
- Koshi FM 94.3 MHz
- Machhapuchhre FM 90.0 MHz
- Madiseti FM 105.8 MHz
- Myagdi Kali FM 88.2MHz
- Narayani FM 103.8 MHz
- Nuwakot FM 106.8 MHz
- Phoolbari FM 100.6 MHz
- Phoolbari FM 93.2 MHz
- Pokhara FM 95.8 MHz
- Popular FM 99.5 MHz
- Radio Aadhikhola 105.4 MHz
- Radio Amargadhi 97.4 MHz
- Radio Annapurna 93.4 MHz
- Radio Arambha 93.6 MHz
- Radio Arpan 104.5 MHz
- Radio Bageswori 94.6 MHz
- Radio Bandipur 88.8 MHz
- Radio Bardibas 94.0 MHz
- Radio Betana 97.1 MHz
- Radio Bheri Aawaz 95.6 MHz
- Radio Bheri FM 98.6 MHz
- Radio Birgunj 99.0 MHz
- Radio Buddha Aawaz 89.6 Mhz
- Radio Chautari 94.6 MHz
- Radio Chinnamasta 101.4 MHz
- Radio Chitwan 94.6 MHz
- Radio Chomolungma 98.6
- Radio Deukhuri 105.8 Mhz
- Radio Deurali 101.0 MHz
- Radio Dhading 106.0 MHz
- Radio Dhankuta 106.2 MHz
- Radio Dharan 88.8 MHz
- Radio Dhorpatan 104.1 MHz
- Radio Didi Bahini 95.2 MHz
- Radio Ekata 82.4 MHz
- Radio Galkot FM 102.4 MHz
- Radio Gorkha 92.8 MHz
- Radio Gulmi 91.2 MHz
- Radio Hamro Paila FM 87.9
- Radio Harmi 105.4 MHz
- Radio Highway 103.5 MHz
- Radio Himali 10148 MHz
- Radio Janakpur 97.0 MHz
- Radio Janapriye 102.4 MHz
- Radio Jaya Madhesh 93.4
- Radio Kailali 103.7 MHz
- Radio Kailash 103.4 MHz
- Radio Kapilbasthu 104.2 MHz
- Radio Karnali 105.2 MHz
- Radio Krishnasar 94.0 MHz
- Radio Lamjung 88.4 MHz
- Radio Lumbini 96.8 MHz
- Radio Madanpokhara 106.9 MHz
- Radio Madhesh 89.3 MHz
- Radio Madhesh Janaawaj 98.6 MHz
- Radio Madhyapaschim 91.4 MHz
- Radio Madi 107.6 MHz
- Radio Makalu 92.2 MHz
- Radio Makawanpur 101.3
- Radio Malika 102.8 MHz
- Radio Malmala 88.6 MHz
- Radio Mandawi 97.0 MHz
- Radio Marsyangdi 95 MHz
- Radio Muktinath 90.8 MHz
- Radio Nagarik FM 107.5 MHz
- Radio Namobuddha 106.7
- Radio Nari Aawaj 1000.6
- Radio Naya karnali 102.8
- Radio Naya Nepal 104.5 MHz
- Radio Naya Yug 107.3 MHz
- Radio Nepalbani 94.9 MHz
- Radio Nikas 93.4 MHz
- Radio Nunthar 102.6 MHz
- Radio Palung 107.0 MHz
- Radio Panchakoshi 104.0
- Radio Parasi 90.2 MHz
- Radio Parbat 103.6 MHz
- Radio Paschimanchal 99.4
- Radio Purbeli Aawaj 98.4
- Radio Pyuthan 92.0 MHz
- Radio Ramaroshan 92.0 MHz
- Radio Rapti 104.8 MHz
- Radio Ramgyanu 89.0 MHz
- Radio Rampur 103.6 MHz
- Radio Rastriya 89.8 MHz
- Radio Resunga 106.2 MHz
- Radio Rolpa 93.8 MHz
- Radio Sahara 104.2 MHz
- Radio Salhesh 88.8 MHz
- Radio Saligram100.6 MHz
- Radio Samagra FM 107.8 MHz
- Radio Samhathalung 104.2 MHz
- Radio Sansher 106.6 MHz
- Radio Sarada 99.2 MHz
- Radio Sarlahi 105.6 MHz
- Radio Shepherd 88.4 MHz
- Radio Siddhababa 98.4 MHz
- Radio Sindhu 105.0 MHz
- Radio Sisne 92.8 MHz
- Radio Sudur Aawaj 95.0 MHz
- Radio Sunakhari 102.6 MHz
- Radio Sunchhahari 101.5 MHz
- Radio Swargadwari 102.8
- Radio Syangja 89.6 MHz
- Radio Tanahu 97.2 MHz
- Radio Taplejung 94.0 MHz
- Radio Taranga 107.6 MHz
- Radio Terhathum 92.4 MHz
- Radio Tilaurakot 107.6 MHz
- Radio Triveni 100.6 MHz
- Radio Triyuga 104.0 MHz
- Radio Tulsipur 100.2 MHz
- Radio Waling 89.2 MHz
- Ramailo Samudayik Radio 100.6 MHz
- Rautahat FM 90.8 MHz
- Redstar FM 95.3
- Rupandehi FM 102.2 MHz
- Saileswori FM 105.9 MHz
- Saipal Radio 100.6 MHz
- Sanskar FM 88.8MHz
- Saptakoshi FM 90.0 MHz
- Saptarangi FM 101.6 MHz
- Sarathi FM 107.4 MHz
- Saugat FM 103.6 MHz
- Sayapatri FM 91.6 MHz
- Shikhar FM 99.6 MHz
- Shreenagar FM 93.2 MHz
- SKY FM 88.4 MHz
- Smart FM 89.4 MHz
- Solu FM 101.2 MHz
- SuklaFanta FM 99.4 MHz
- Sungava FM 107.0 MHz
- Suryodaya FM 94.0 MHz
- Synergy FM 91.6 MHz
- Tinau FM 98.2 MHz
- Tinlal FM 88.8 MHz
- Tribeni FM 94.4 MHz
- UK FM 106.8 MHz
- United FM 92.4 MHz
- Vijaya FM 101.6 Mhz
- Vijayapur FM 98.8 MHz
साझेदारहरुको यत्रो ठूलो नेटवर्क नै यसको शक्ति हो। किनभने यसले काठमाडौँ वा अन्यत्र ‘सेट गरिएका एजेन्डा’ देशभर फैलाउन सजिलो बनाउँछ। डोनरहरुलाई पनि प्रत्येक एफएमसित बेग्लै ‘डिल’ गर्नुभन्दा धेरै एफएमको ठेक्का लिएको संस्थासँग काम गर्न सहज हुन्छ। काठमाडौँमै भने यसले उज्यालो एफएममार्फत् प्रसारण गर्छ।
देशका विभिन्न भागका एफएमहरु चाहिँ किन यो नेटवर्कमा आवद्ध हुन्छन् त ? स्थानीय एफएमहरुका समस्या छन्। आर्थिक रुपमा उनीहरु सक्षम छैनन्। आफ्नै कार्यालयमा काम गर्नेहरुलाई त तलब दिन गाह्रो छ भने काठमाडौँ वा देशका अन्य भागमा संवाददाता राखून् कसरी? त्यसैले काठमाडौँबाटै तयार भएर आउने बनिबनाउ कार्यक्रम प्रसारण गरिदियो आनन्द। समय पनि भरिने, त्यसरी प्रसारण गर्नलाई उपकरण पनि सित्तैमा सहयोग पाइने (कम्युनिकेसन कर्नरले स्याटेलाइटबाट कार्यक्रम प्रसारण गर्छ, स्थानीय एफएमले रिसिभरबाट त्यसलाई टिपेर आफ्नो टावरबाट फाल्छन् जसलाई स्थानीय स्रोताको रेडियोले टिप्छ)। यस्ता कार्यक्रम प्रसारण गरेवापत् स्थानीय एफएमहरुले कति रकम पाउँछन्, पाउने पनि हुन् कि हैनन् – त्यो सार्वजनिक भएको छैन।
स्थानीय एफएमहरु परनिर्भर भने यसबाट बन्न पुग्छन्। उनीहरुका स्रोताले के समाचार सुन्ने/के नसुन्ने, के बहस गर्ने/के नगर्ने त्यसको नियन्त्रण स्थानीय एफएमले हैन, काठमाडौँको संस्थाले गर्छ।
पत्रपत्रिकाको संगालोसहितको ‘कायाकैरन’, घण्टे समाचार बुलेटिन ‘नेपाल खबर’ बाहेक यसले विदेशी ‘फन्डेड’ कार्यक्रमहरु पनि प्रसारण गर्ने गर्छ।
नेपालमा अमेरिकाको सबभन्दा बढी चासो तिब्बत हुने जगजाहेर छ। तिब्बती शरणार्थीसम्बन्धी कार्यक्रम ‘मितेरी साइनो’ यसैबाट प्रसारण हुने गर्छ। आफ्नो लक्ष्य अनुसार नतिजा नआएको भन्दै डोनर ओपन सोसाइटी फाउन्डेसनले यो कार्यक्रमको फन्डिङ रोकेको छ। फन्डिङ रोकिएपछि अहिले पुराना कार्यक्रम पुनः प्रसारण भइरहेको छ।
कम्युनिकेसन कर्नरमा को-को ?
उज्यालोको साइटमा राखिएको जानकारी अनुसार कम्युनिकेसन कर्नरका बोर्ड सदस्यहरुमा हेमलता राई संस्थापक, सेयर होल्डर छन् भने मुकुन्द श्रेष्ठ डाइरेक्टर। त्यस्तै मन्टेश्वरी राजभण्डारी पनि डाइरेक्टर छिन्। यसका मुख्य हर्ताकर्ता भने गोपाल गुरागाइँ हुन्। वेबसाइटमा राखिएको जानकारी अनुसार उनी कम्युनिकेसन कर्नरका संस्थापक अध्यक्ष र हालका कार्यकारी अध्यक्ष हुन्। उज्यालो मल्टिमिडिया, रेडियो तरङ १०७.६ पोखरा र सप्तकोशी एफएम ९० इटहरी, सुनसरीका संस्थापक पनि उनी नै हुन्।
‘विरोधका आवाज कुकुर भुकाइ’
यसअघि कनकमणि दीक्षितको हस्ताक्षरमा साउथ एसिया ट्रस्टले ‘हिमाल साउथ एसियन’ छाप्नका लागि नर्वेजियन दूतावासबाट लिएको क्रोनर सहयोगको कागजात सार्वजनिक भएपछि गुरागाइँले धेरै चित्त दुखाएका थिए। उनले दीक्षितको पब्लिक फेसबुक स्टायटसमा कमेन्ट गर्दै ‘धेरै कुकुरहरु कसलाई टोक्ने भन्ने थाहा नपाई भुकिरहेको’ कमेन्ट लेखेका थिए।
गुरागाइँको त्यस्तो भाषासहितको कमेन्ट देखेपछि मलाई निकै अचम्म लाग्यो। उनको बारेमा बढी जान्न मन लाग्यो। खासमा उनी लेफ्ट विचारधाराका पत्रकार रहेछन्। पञ्चायत कालमा दुई किसिमको पत्रकारिता चल्थ्यो- एक, प्रतिबन्धित दलहरु (कांग्रेस,कम्युनिस्ट) को विचारलाई प्रवाह गर्ने जिम्मा बोकेका मिसन पत्रकारिता गर्नेहरु। अर्को तत्कालीन संविधान अनुसार सत्ता र व्यवस्थाको पक्षमा लेख्नेहरु। पहिलो किसिमका पत्रकारले चलाएका पत्रिकालाई आर्थिक संकट हुन्थ्यो, अराष्ट्रिय तत्व भनिन्थ्यो र जेलनेल भोग्नु पर्थ्यो। पत्रिकाको दर्ता खारेज गरेर दुःख दिइन्थ्यो भने दोस्रो किसिमका पत्रकारको पत्रिकालाई सरकारले विज्ञापनदेखि लिएर अनेक सुविधा दिन्थ्यो।
गुरागाइँ क्रान्तिकारी पक्षका अर्थात् पहिलो किसिमका पत्रकार थिए। २०४३ सालताका उनी रिपोर्टरका रुपमा कम्युनिस्ट पार्टीको मुखपत्र ‘प्रकाश साप्ताहिक’ मा काम गर्थे। त्यतिबेला उनका समकालीन थिए नारायण ढकाल। ढकालले एमए गरेका थिए र वामपन्थी विचारधारा बोक्ने पत्रिका प्रकाश, दृष्टि र प्रतिपक्ष साप्ताहिकको सम्पादन गरेका थिए।
उनै ढकालले साझा प्रकाशनद्वारा प्रकाशित आफ्नो पुस्तक ‘तीन संवत्सर’मा गुरागाइँको दयनीय स्थितिको वर्णन गरेका छन्। त्यतिबेला पत्रिकामा एक जना कर्मचारी घटाउनु पर्दा कसलाई निकाल्ने भन्ने छलफलमा गुरागाइँ ‘एसएलसी पासमात्र भएकोले अरु पेशामा लागेर आफ्नो परिवार धान्न नसक्ने’ निश्कर्ष निस्किएको पुस्तकमा लेखिएको छ।
मह सञ्चार
प्रख्यात हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा सञ्चालित मह सञ्चार कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छैन। मह सञ्चारले सात पटक गरी ५ लाख ६ सय अमेरिकी डलर पाएको प्रतिवेदनमा उल्लेख छ। नेपालीकलासित कुरा गर्दै मदनकृष्ण श्रेष्ठले भनेका छन्, ‘मदनबहादुर हरिबहादुर शीर्षकको टेलिफिल्म बनाउन यो रकम खर्च गरेका हौं। हामी आफैंले टेलिफिल्म बनाउन सक्दैनौं, कुनै न कुनै सहयोग त चाहिन्छ त्यसैले विदेशी संस्थाको सहयोग लिएका हौं।’
इक्वेल एक्सेस
प्रतिवेदनमा इक्वेल एक्सेसले ६ पटक गरी १ लाख ३० हजार ३६७ अमेरिकी डलर पाएको उल्लेख छ। इक्वेल एक्सेसको आधिकारिक साइट अनुसार इक्वेल एक्सेस र इक्वेल एक्सेस नेपाल फरक संस्था हुन् इक्वेल एक्सेस सन फ्रान्सिस्कोमा कार्यालय भएको आइएनजिओ हो जो समाज कल्याण परिषद्मा समेत दर्ता छ भने इक्वेल एक्सेस नेपाल चाहिँ एनजिओको रुपमा नेपालमा दर्ता छ।
Digital Broadcast Initiative, Equal Access Nepal (Equal Access) was established as an NGO in Nepal in February 2004. Initially, Equal Access, an International NGO based in San Francisco (currently also registered with the Social Welfare Council as an INGO in Nepal), started operations in Nepal as the executing agency for the UNDP Asia Pacific Regional pilot project, Digital Broadcast Initiative.
साइटमा राखिएको जानकारी अनुसार यो संस्थामा
Upendra Aryal Executive Director, Raghu Thapalia, Monitoring and Evaluation Coordinator र Binaya Guragain, Program Coordinator छन्।
Democracy and Elections Alliance Nepal
चार पटक गरी १ लाख १५ हजार ४८२ अमेरिकी डलर पाएको Democracy and Elections Alliance Nepal बारे कुनै जानकारी इन्टरनेटमा मैले फेला पार्न सकिनँ। तपाईँहरुले केही थाहा पाउनु भएको छ भने कमेन्टमा लेख्नुहोला।
बिएफएम
चार पटक गरी २७ हजार ५०८ डलर पाएको बिएफएम विराटनगरको एफएम हो। यसको साइटमा राखिएको जानकारी अनुसार
The Management Committee of BFM 91.2 comprises of Dr. Gyanendra Man Singh Karki as Chairman, Mr. Indra Khatri (Rajan) as Director and Mr. Sandesh Dass Shrestha as Executive Director.
फ्रिडम फोरम
चार पटक गरी ८५ हजार ६०६ अमेरिकी डलर पाएको फ्रिडम फोरमका हर्ताकर्ता तारानाथ दाहाल हुन्। यसको वेबसाइटका अनुसार कार्यकारी निर्देशक कृष्ण सापकोटा हुन्।
बहस जरुरी
माइसंसारले विदेशी नियोग वा संस्थाको सहयोगबारे विरोध हैन बहसको आह्वान गरेको छ। देशका ठूलावडा पत्रकार र स्थापित अग्रज व्यक्तित्वहरुले गरेको काम यदि सही छ भने सही छ भन्ने स्थापित गरौँ। ताकि यही मान्यता अनुसार अरु पनि चल्न सकून्। कसको सहयोग लिन हुने, कसको नहुने भन्नेबारे एउटा मापदण्ड बनाउँ। माइसंसारले पनि सर्भर खर्च जुटाउन पाठकसँग सहयोग माग्दै आएको छ। पाठकसित थोरै चन्दा माग्दा ठूला कम्पनी र दूतावासको दबाब र एजेन्डामा चल्नु पर्दैन भन्ने लागेर त्यसो गरिएको हो। सबै एनजिओ खराब हुँदैनन्, सबै सहयोग दुरुपयोग भएका हुँदैनन्। त्यो उनीहरुले नै साबित गर्नुपर्छ। अहिलेको शृङ्खला अमेरिकी सहयोग निकाय अन्तर्गत रहेको OTI ले सन् २००६ देखि २००९ सम्म कसलाई कति डलर बाँड्यो भन्ने प्रतिवेदनमा मात्र सीमित छ। सहयोग रकम पारदर्शी गर्नुमात्रै पनि गल्ती हो जस्तो लाग्दैन मलाई। तर किन थर्काउने, धम्क्याउने इमेल आइरहेका छन् ? किन ‘खायो त खायो – तेरो बाउको खाएन’ भनेर कमेन्ट आउँछन् ?
अप्रत्यक्ष वा प्रतक्ष्य तरिका बाट आफ्ना देशका सरसामान हरुको हाम्रो जस्तो देशका कलिला बालबालिका हरुलाई दिमाग धुने गरी परिचय दिई उनीहरुविच र सामाजमा चाखलाग्दो गफ को बिषय बनायिञ्छ ! उनीहरुको आफ्नो देश र जनताको प्रतिष्ठा बढाउने किसिमले कार्यक्रम हरु बनायिको हुञ्छ प्रबिधि को परिचय र जनचेतना को नाम मा | कलिला दिमागहरुमा यि कुराहरुले दिर्घलाकिन प्रभाव पारेको हुञ्छ ! येस्तै येस्तै दर्जनौं कारण हुन्छन जुन पत्युना गाह्रो हुञ्छ सिधै हेर्दा,! वृहत अनुसुन्धन गरेर अत्यन्त चलाखीपूर्ण र दुरद्रिस्ठी तरिकाले येस्ता लगानी गरियको हुञ्छ ! संसारमा मानवीयताको मात्र नाममा सहयोग विरलै भयको होला ! राजनीतिक र आर्थिक छ्यमता को निरन्तर मुल्यांकान गरेर तेसै अनुरुप व्यापारिक रणनीति अपनाउने काम हुञ्छ !
ठीकै छ महलाई पैसा चाहियो होला बनाए खाये तर हामी अलिकिति हाँस्न पायो भन्दैमा नागरिक अगुवा प्रवक्ता मान्ने हाम्रो प्रतिनिधित्व मान्ने चलन छोडनु पर्र्थो, पर्छ । डाउब्ट गर्नेहरु लाई यस प्रकरणले सदबुद्दि दिउन ।
यी दलारवादी खुरापातिहरुले राज्यलाई कर तिरेका छन कि छैनन? तिनले खाने तलव भत्ता पनि थोरै हुन्न त्यसको पनि कर तिराउनु पर्यो .
Salokya jee, thank you for writing third part.
I will humble request those individual who holds information regarding British/Indian/Chinese/Italian & Korean funding. Please share those information, who are working for them in disguise of press, reporters, religious leaders, political leaders or what not, that will be great service to our nation. Help Umesh jee by sharing those document you are holding.
Exposing those culprit is only way to stop further damage of our reputation in world stage.
कुनै बिदेशी संस्था वा राष्ट्रले सहयोग गर्छ भने त्यसमा उनीहरुको स्वार्थ पक्कै हुन्छ. उनीहरुले हाम्रो फाइदाको लागि नभई आफ्नो फाइदाको लागि हामीलाई सहयोग गरेका हुन्छन. यति त प्रष्ट छ.
BBC ले “साझा सवाल” लगायत अन्य नेपाली कार्यक्रमहरु संचालन गर्छ. हो ति कार्यक्रमहरुले देशका विभिन्न समस्याहरुको बारेमा बहस गर्न platform दिएको छ. आम नेपालीहरुले पनि यसबाट धेरै कुरा सिक्ने मौका पाएका छन्. तर उनीहरुलाई के फाइदा छ त? त्यो बुझ्नु आवश्यक छ.
महका टेलि-सृंखलाहरुमा “USAID” वा “UKAID” भनेर credit मा लेखिएको मैले देखेको छु. कुनै टेलि-सृंखलाहरु राजनीतिक चेतना बढाउने खालका हुन्छन तर कुनै कुनै भने गैर-राजनीतिक हुन्छन. जस्तै “स्याबास” भन्ने एउटा टेलिफिल्ममा “UKAID” भनेर credit मा लेखिएको छ. यो टेलिफिल्म छोरीलाई पनि शिक्षा दिइनुपर्छ भन्ने सामाजिक बिषयमा आधारित छ. यसमा UKAID ले किन आर्थिक सहयोग गर्यो होला त? नेपालका महिलाहरु शिक्षित हुनुमा उनीहरुलाई के फाइदा? किन पैसा खनाउनु आवश्यक ठाने उनीहरुले यसमा?
अर्को कुरा हामी आफैं आत्मनिर्भर हुने कोशिस नै गर्दैनौं कि? के यो हाम्रो बिचित्रको mentality नै हो कि? जाबो चुनाबको मतपेटिका त हामीलाई बाहिरबाट आउँछ – हामी त्यतिपनि ब्यबस्थापन गर्न सक्दैनौं. र यस्तै कारणहरुले झन् झन् अरुले हाम्रो फाइदा उठाउछन.
कसले कसलाई कति दियो र कसले को संग कति लियो भनेर हेर्नु भन्दापनि महत्वपुर्ण कुरा के कारणले उनीहरुले हामीलाई सहयोग गर्छन भनेर थाहा पाउनु हो. के स्वार्थ छ उनीहरुको? यो थाहा नपाएसम्म हामी सतहमै रहिरहनेछौँ.
सालोक्य जी !! ‘खायो त खायो – तेरो बाउको खाएन’ भनेर कमेन्ट किन आउँछन् ?
किन कि तिन ले आफ्नी आमा लाइ “सोनागाछी” मा बेचेर खाइ रहेका छन् !
त्येसैले येस्ता धम्कि आउछन ! फटाहा को धम्कि भन्दा दह्रो सज्जन को कलम नै हुनेछ !!
“मर्न भन्दा दोस्रो बिहे रोजे” भन्ने हरु आफ्नो बिजनेस फ़ैलाउनमै व्यस्त रहेछन ! बाख्रा को छाला ओढेका ब्वासा हरु को माइसंसार ले राम्रै संग उदांगो गरिदिएको छ ! बिचरा निम्छरा हरु सर्वांग भएर रुन्चे अनुहार ले कुकुर भुकाइ गरिरहेका छन् !!!
– ठूला मिडियाको फ्रन्ट पेज र सम्पादकीयसम्म प्रायोजित हुन्छ भन्ने कुरा मैले धेरै पहिले नै सुनेको थिए. यस्तो कुरा सबैलाई थाहा नहुन सक्छ.
– अझ अरु दैनिकी, साप्ताहिक ले त १०-२० हजार रूपियामा नै प्रायोजित समाचार छापिदिन्छ भन्छन् अरे.
– नेपालमा राम्रो काम गर्नेलाई कहिले नै राम्रो वातावरण भएन, छैन, अनि हुने वाला पनि देख्दिन. तर नि के गर्ने निराश भएर त जीवन चल्दैन, आशै आशमा जिउनै पय्रो.
– राम्रो गर्ने लाई कि त फसाउने, कि तर्साउने / ज्यान मार्ने धम्कि दिने, कि एक्ल्याउने,
– कथित समाजसेवी, नागरिक समाज, बरिष्ठ पत्रकार, चल्ती राजनीतिज्ञ, बरिष्ठ मानवाधिकारकर्मी, बरिष्ठ शिक्षाविद, बरिष्ठ परामर्शदाता, बरिष्ठ प्राबिधिक, उच्च प्रशासकको खोल ओडेर अबैध रूपमा सम्पत्ति जोड्दा पनि समाजमा यिनीहरु नै चल्तिफुर्ती हुने, अझ ठूलो स्वरमा भ्रष्टाचार बिरुद्धको पाठ, लेक्चर दिदै हिड्छन्
– खुराफातिहरुको राज चलेको देशमा तपाई जस्तो पत्रकार यति स्वतन्त्र भएर निष्पक्ष रुपमा कलम चलाउन सक्नु भनेको चानचुने कुरा त हुदै होइन. उमेशजीलाई धम्कि आउनु पनि मा सामान्य नै ठान्छु यस अर्थमा. धम्किको बाबजुद निरन्तरता भनेको “माई संसार” को सबल पक्ष हो, पाठक प्रतिको न्याय हो अनि “माई संसार” को बढ्दो लोकप्रियता पनि हो.
– जनसरोकारसंग सम्बन्धित धेरै बिषयबस्तु तपाईको ब्लगले बाहिर ल्याएको छ, जुन ठूला भनाउदा मिडिया हाउसले आँट गर्न सक्ने कुरा होइन किनकि उनीहरुको अर्कै बाध्यता छ , आफ्नै स्वार्थ छ. त्यसैले पाठकहरुको साथ र सहयोग तपाईलाई निरन्तर हुनेछ, त्यसमा कसैको दुइमत नहोला.
– यस अर्थमा जबसम्म समाजका टाठाबाठाहरुले आफ्नो मात्र दुनो सोझ्याउने काम गर्नेछन् गरिव नेपाली जनताको नाममा, मानवाधिकारको नाममा, जनचेतनाको नाममा, तालिमको नाममा, दलित र जनजातिको नाममा, शान्ति पुनर्स्थापनाको नाममा, द्वन्द ब्यबस्थापनको नाममा, महिला सशक्तिकरणको नाममा, पत्रकारिताको नाममा, समाजसेवाको नाममा, बालबालिकाको नाममा, आफ्नो पहुँचको आधारमा, नेपालको साँचो मानेमा विकास हुन असम्भव नभए पनि धेरै नै समय लाग्ने देखिन्छ.
– यसरि नै तपाईको पत्रकारिता अगाडी बढोस् एकदिन तपाइको जित अवश्य हुनेछ पत्रकारिताक्षेत्रमा. अग्रिम शुभकामना.
होइन हो सच्चा डोल्लरबादीहरु को हुन् नेपालमा भनेर प्रष्ट पार्न थाले है दाता स्वयंले विभिन्न संघ संस्थाहरुको नामावली प्रकाशन गर्दै |
अब हामीले बुझ्नु पर्ने कुरा यी संघ सस्थाहरु कसको स्वामित्वमा छन् र को हुन् मास्टर माईन्ड भनेर |
संचार क्षेत्रलाई राष्ट्रको खोइ कति अंग (दोस्रो कि तेस्रो कि चौथो पो हो ????) पो भन्ने गर्छन भुसुक्क बिर्से | तर जे होस प्राय प्राय नाम चलेका मिडियाहरु सबै नै डोल्लरबादीहरु रहेछन देश भडुवा भ्रामिक ज्ञान र सूचना प्रसारण गर्दै भने कोहि चाही देश विकासको लागि सत्य, तथ्य र यथार्थ ज्ञान र सूचना प्रवाह गर्दै |
यसरी विदेशी सहयोगमा चलाएको मिडियाले निस्पक्ष सूचना प्रबाह गर्दैन भन्ने कुरा त १००% सत्य छ नि हौ | होइन र ?
ए ! चर्को कुरा गर्नेहरुको स्वर किन तिखो हुन्छ भनेको त दना नै अर्को खादा रहेछन- अनि किन नहोस त खरो स्वर ! रबिन्द्र मिश्रले फेरी अर्को एनजीओ चलाएर बसेको छ, त्यो पनि खोजतलास गर्नु होला, शालोक्यज्यू ! बिबिसीको ब्यानरमा चल्ने सझा सवाल जस्ता विभिन्न कार्यक्रमहरु बिदेशी पैसाले नै चलेका छन् !
उमेशजी, नेपाली जनताको दु:ख, पसिना, र रगत बेचेर डलर घिच्ने पाखन्डि र तिनिहरुका भरौटेहरुले तपाईंलाई मन पराएनन, गाली गरे, खिशी गरे, धम्क्याये भने बुझ्नुस्, तपाईं सही काम गरिरहनुभाछ र एक्दम ठीकठाउंमा हुनुहुन्छ। मानसिक ‘दुइ पैसे’हरुको आँखाको कसिङगर हुनुभाकोमा तपाईंलाई बधाई तथा साधुवाद। खुट्टा दर्हो टेक्नुहोल, यि द्रब्यपिसाचहरुले तपाईंलाई आउदों दिन्मा मार पेल्नेछन।
“सहयोग रकम पारदर्शी गर्नुमात्रै पनि गल्ती हो जस्तो लाग्दैन मलाई। तर किन थर्काउने, धम्क्याउने इमेल आइरहेका छन् ? किन ‘खायो त खायो – तेरो बाउको खाएन’ भनेर कमेन्ट आउँछन् ?”
सालोक्य जी, तपाइले आँट गरेर येस्तो खोजमुलक सामग्री राखेर हामि सबैलाई ठुलो गुण लाउनु भएको छ. येस्तो कुरा ठुला ठुला मुल्धारे पत्रिका मा आउने त कुरै भएन. म संग अहिले तपाइलाई सहयोग गर्ने पैसा छैन. आफै पनि संघर्सरत्नै छु. आफ्नो जिउ धनको सुरक्ष्या गर्नु होला. यिनी हरुले जे पनि गर्न सक्छन. हामीलाई तपाई जस्तो मान्छेको खाँचो छ.
कृषिमा जस्तै पत्रकारिता, मानव, महिला, बालबालिका, दलित तथा आदिबासीको अधिकारको पैरबिमा र लोकतन्त्रको वकालतमा GMO बिउ भित्रि सकेछ
डलर सहयोग लिएका हरुको सुची पाए पछि उनीहरुले गरेका काम को लेख जोखा गर्न सजिलो भएको छ / सालोक्य को नालीबेली राम्रो छ / सहयोगमा स्वार्थ अबस्य हुन्छ, यसमा संका नै नगर्दा हुन्छ / तर देश को राष्ट्रियता , संस्कृति माथि आंच पुर्याउने काम गरेको छ भने त्यस्ता व्यक्ति / सस्था हरुको कडा आलोचना गयौ , सामाजिक बहिस्कार गरौ / राम्रो गर्नेको हिसाब किताब transparent खोजौ/
तर मेरो बिचार मा यो सबै पैसा सोझा नेपाली को दिमाग भुटेर अनेपाली मुद्दा लाद्न मात्र प्रयोग भए जस्तो छ/ जसको लागि संचार माध्यमलाइ प्रयोग गरेको छ/
सालोक्यजी, यसपालीको सूचीमा यत्रो बिघ्न रेडियो फुक्नेहरुले डलर कुम्ल्याएको देखियो | अब लौ भन्नुस, बिदेशीहरुले यतिका रेडियोमा पैसा फाली रहेका रहेछन भने त्यो नेपाली बि बि सी भन्नेको काम चाही के नि ? त्यसले पनि त सोझै विदेशबाट पाउण्ड झारेर पचाई रहेको छ | भन्न खोजेको के हो भने, अब बी बी सी नेपाली सेवाले नेपालमा कार्यालय खोलेर कार्यक्रम चलाउनु उचित भएन | बीबीसीले त्यो सेवा बन्द गर्नु पर्छ किनकि जता ततै रेडियो नै रेडियो स्टेशन छरिएको रहेछ नेपालमा त; त्यत्रो तलप खुवाएर पंचायतकालका मण्डलेहरुलाइ अझै पालेर राख्नु र उनीहरु बाट अर्काले अगाडिनै भनि सकेको समाचार फुक्नुको कुनै औचित्य रहेन | सरासर पैसाको दुरुपयोग हो | कसैले यो रिपोर्ट बीबीसीको प्रधान कार्यालयमा वा बेलायती दूतावासमा पठाए हुनेथियो | देशमा समाचार प्रशारण गर्नु, लेख्नु, छाप्नु आदि कार्यमा कुनै अंकुश छैन अहिले | बिबिसी नेपाली सेवाले नेपालबारे बासी खबरहरु दिन्छ र इन्टरनेटको यो युगमा उसले वाह्य समाचार नेपाली रेडियो बाट प्रवाह गर्नु पनि कुनै तुक छैन त्यो भन्दा पहिले कान्तिपुर,नागरिक र अरु अनलाइनले फुकी सकेका हुन्छन | डलर र पाउण्ड पचाउने यस्ता मिडियाहरुको सुची प्रकाशित भए पनि अब के पो होला र …
मेरो विचार मा BBC लाई गाली गर्नु को खासै तुक छैन| उसले BBC UK को Guidance मा काम गर्छ जुन १५~२० वर्ष देखि चल्दै छ| हाम्रा गाउ घर तिर पनि BBC लगाएत CRI (China Radio International) को नेपाली प्रसारण सुनिन्थियो| CRI ले पनि ‘काठमाडौँ इस्थित पत्रकार आनुसार’ भनेर समाचार फुक्थे| BBC, CRI आधी नेपाली सरकारी निकाए मा पक्कै दर्ता छन् होला र नियम कानुन आनुसार काम गर्दैछन होला| उनिहरु बिदेसी पत्रिका को नेपाल हेर्ने एक सानो भाग मात्रै हुन्| अहिले कुरा उठेको नेपाल मै प्रकाशन हुने नेपाली पत्रिका र पत्रकारले Foreign Funding बाट पत्रिका वा कार्यक्रम चलाएका छन् भने तेस्ता क्रियाकलाप गर्न पाउनु पर्छ वा पाउनु हुन्न? येदि हुन्छ भने , समाज सामुन्ने open हुनु पर्छ वा पर्दैन भन्नु हो|
This is a paradigm shift in journalism from ‘journalism is a mirror of societies’ to ‘journalism is a lens in societies’. There should be no foreign intervention in police, judiciary, teaching, and media. Those who receive money from foreigners to work for their interest are evils of societies and they should be punished. I am so sorry for MYSANSAR because those corrupt people, in a sense that they work for American interests, have built such a strong network around that they rule the societies and they are able to manipulate people around upon their interests. As a consequence, I am pretty sure that they will have a big voice at the end of this discussion. This is so unfortunate. Shame on you all journalists and entertainers who worked for foreigners interests.
अमेरिकी, भारतीय, चीन, वेलायत, जर्मनी, जापानी, नर्वे, स्वीडन, स्विस, डेनमार्क, रुस, कोरिया र अन्य राष्ट्रहरुले हाम्रा नेपालका ठालु नेता, पत्रकार, बुद्धजिवी, समाजसेवी, अधिकारकर्मी, जनजाति, दलित, पिछडिएको नाममा दशको देखि नुन चटाएको चटाए खुलस्त गोप्य हो ।
जे भए पनि यो कुरा सार्वजनिक र पारदर्शी गरीएको स्वागत योग्य छ ।
सुरज श्रेष्ठ मास्के
त्यतिकै पत्रकार ,संचार सबै मिलेर प्रजातन्त्र भनेर लडेका छन् त् /कुरो डलर को रहेछ /
नेपालमा रेडियो स्टेसन र राजनीति पार्टी बराबर नै रहेछ/खुसीको कुरो देसमा संचार पनि राम्रो संग
मलजलमा हुर्केको रहेछ /
यो सबै त USAID ले website मा राखेकोले थाहा भयो. तेस्तै थाहा नपाउने त कति होलान. लैनचौर बाट कति जना ले पाई राखेको को होलान. एउटा कुरा मदन हरि दाईहरुले भारत अमेरिका को बिरोध गरेको कहिलै थाहा छैन. के होला कुन्नि.
$ € सबै खाउन , जे गरुन – गरुन तर स्याल ले बाघ को खोल ओढ्ने काम नगरुन , सबै कुरा मा पारदर्शिता हुनु पर्यो , यो कुरा मा पारदर्शिता हुनु आवस्यक छ ,
येही कुरामा मेरो एक नेपाली मित्रबन्धु संग बहस चल्यो , त्यो व्यक्ति अलि mysansar को तेती सप्पोर्ट नगर्ने व्यक्ति परे ,,,,,,,मलाई पो उल्टै तिम्रो mysansar पनि € $ रियल अनि के के हो के हो बिदेशी सहयोग बाटै चल्दैछ , फरक सिर्फ़ BLOGER हरु को सहयोग र अमेरिका नोर्वे सरकारी सहयोग को हो भनेर जवाफ पाइयो!
अब सालोक्य जी , एस्ता मान्छे हरु लै पनि हामीले जवाफ लेख्नु जरुरि छ
जय होसः
मह जोडीले पनि पांच लाख डलरको पारदर्शी हिसाब आफ्नो वेब साईटमा (वा पत्रकार सम्मेलन मार्फत) देखाइदिए उनीहरुको इमेज झनै राम्रो हुने थियो / यो संस्था रजिस्ट्रार कम्पनि कार्यालयमा दर्ता भएको छैन भन्दा आश्चर्य लाग्यो /
र साथै कलालाई जहिले सम्मान,उहाँहरु कलाकारको रुपला कुनै खोट लगाउने मिल्ने ठाँउ छैन।
तर दुईटा कुरा
१)हामीले टेलिफिल्म बनाउन सक्दैन त्यसै लिनु पय्यो भन्नु भयो
त्यो भएर लिनु पय्यो कि पैसा लिन चै टेलिफिल्म बनाईयो
२)पच्छिलो समय त्यहि भएर त्यो हस्य ब्यडग नै रहेन खालि सन्देश मात्र रह्यो
लाल पुर्जा,१५ गते,लक्ष्मी सन्देश मुलक पनि थिए र हास्य मुलक पनि
यो सहयोग लिने यात्रा उ जमाना को #जल # भन्ने, बर्षा बाट पनि जोगाउने अनि घर मा प्रयोग भएको पानि आफै recycle गर्ने , सन्देशमुलक टेलि-फिल्म बाट सुरु भएको जस्तो लाग्यो !!!
डलरमा गोडमेल भएर डलर मैं फलेका समाचार र कार्यक्रम सुन्नु पर्ने हामीले र भुक्ने कुकुर पनी हामीलाई नै बनाउने कस्ता कस्ता सुं…र हरु जन्मेका रहेछन हौ रन पनी
बहस जरुरी नै छ र सरकारले पनि माप्दण्द बनाउन जरुरी छ र सबैले पालन गर्नपनी जरुरी छ जो जान्ने सुन्ने उसैले अगेना दिलमा मुत्ने गर्नु नि भएन नेपाल हाम्रो हो हामीले नै पालन गरौ भन्न चाहन्छु, सालोक्य ज्यु राम्रो काम गर्द धम्की त्रास अबस्य देखाउछन धम्की र कमेन्त गर्नेले नबुजेको हुन सक्छ अथवा सम्बन्धित मान्छे हुनुपर्छ भन्ने मेरो थम्याइ छ । पैसा खायो मलाई केही गुनासो छैन तर जस्लाई हामीले राम्रो सोचेथिम अब एक पटक पुनबिचर गर्नुपर्ने लाग्दै छ ।
केहि प्रसङ्ग यहाँ उल्लेख गर्न चाहन्छु / दुबईमा एक जना नेपाली दाजु थिय / उनि सफा गर्ने काममा आयका थिय / तर कम नगर्ने अनि रक्सि धेरै खाने उनको बनि थियो / फलत ३ महिनामै उनलाई कम्पनि बाट निकाल्ने निर्णय भो तर टिकेट को कुरा ले गर्दा घर जाने प्रक्रिया डीला भो / त्यो समयमा त्यो नेपाली दाजुले मा दुख पाको नेपाली भन्दै नेपालीको कोठा कोठा गएर पैसा सहयोग माग्यो / थुप्रै पैसा उड्यो पनि तर त्यो सब पैसा फेरी रक्सी खयरै सक्यो त्यो दाजुले पछि कम्पनीले एअरपोर्ट प्लेनमा चदाएर नेपाल पडाएको थियो /
एक अर्को घटनामा एक जना नेपाली हामी संगै दुबई गको थियो / एकदम बिरामी भयो / उसै को कोठामा अर्को नेपाली साथी थियो / उसले त्यो साथीको उपचार गर्ने भन्दै थुप्रै पैसा उठायो/ तर उठेको आदि पैसा नेपालमा आफ्नो श्रीमतीको नामामा पठायो/ अनिकेहि रकम त्यो बिरामीलाई दीयो अनि भन्यो यति पैसा मात्रै उड्यो / त्यो मान्छे कहिले काममा गएन त्यो बिरामीलाई भजन गाउदै बस्नथाल्यो/ तर पछि त्यो पनि कामबाट बर्खास्त गरीयो / पछि फेरी कंम्पनी अन्याय गर्यो भन्दै नेपाली संङ्ग सहयोग माग्दै कोठा कोठा हिढयो / हामीले वर्ष दीनामा कमाउने सहायोग भदै उठाएर नेपाल गयो /
यो बिदेसी सहयोगमा पत्रीका चलाउने पनि माथिको प्रसंग जस्तै हो / नेपालमा गरीबी छ, अशिक्षा छ, जातीय बिबेध छ, मानब हनन छ, महिला अधिकार, बाल अधिकार आदि को नाम भजन गाउदै बिदेसी डलर को खेति खुबै फस्टाएको छ / त्यो खेति बाट पत्रकारीता जगत पनि अछुतो रहेन /
I agree with you so nepali people are asking these media are you with us or your sponsors? Whose interest are you serving? I guess they also need money to survive but how about professional ethics ? Has it been compromised ?
भोका स्याल लाई कसरी नचाउन पर्छ डॉलर लाई थाहा छ त्ये भएर त देश को यो स्थिति छ