Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मापसेको भित्री चुरो

Posted on May 12, 2014May 12, 2014 by mysansar

drunkard अल्कोहल धेरै प्रकारका हुन्छन्। अन्न तथा फलफूलमा मर्चा अथवा मर्चाकै काम गर्ने ब्याक्टेरिया हालेर कुहाएर जाँड बनाई त्यसैबाट बनाइने हामीले पिउने रक्सीचाहिँ खासमा एथनल हो। ब्याक्टेरिया भन्नेबित्तिकै हानिकारकमात्र हुँदैनन, थुप्रै प्रकारका लाभदायक पनि हुन्छन्। दही जमाउने, सेल फुलाउने पनि ब्याक्टेरिया नै हुन्। हाम्रो ठुलो आन्द्रामा पनि करिब ४०० प्रकारका लाभदायक ब्याक्टेरिया हुन्छन्। अन्न तथा फलफुलमा चिनीतत्व पाहिन्छ त्यही तत्व नै रासायनिक प्रतिक्रियाद्वारा रक्सी बन्दछ।

रक्सी कति कडा भन्ने कुरा त्यसमा मिसिएको पानीको मात्रामा भर पर्छ। जाँड नउमालिकन बनाइने छ्यांङ, बियर, वाइन आदिमा बढीमा १५% सम्म अल्कोहलको मात्रा हुन् सक्छ, बाँकी पानी हुन्छ। त्यो भन्दा बढी प्रतिशत अल्कोहल भएको रक्सी बनाउन परे जाँडलाई तताएर वाष्पीकरणको माध्यमले अल्कोहलमा पानीको मात्रा घटाउनु पर्छ र तताउंदा निस्केको बाफलाई कुनै माध्यमले पसिनाको रुपमा संकलन गर्नु पर्दछ।

घरपाला रक्सी पार्दा तताउँदै गरेको जाँडलाई माथि चिसो पानी भएको भाँडोले छोप्नुको कारण अल्कोहलरुपी बाफलाई चिसोमा ठोक्काएर तरल बनाई झार्नु हो। घरपाला रक्सी बनाउंदा १० पटकसम्म पानी फेरिन्छ। ३ पटकसम्मकोमा अल्कोहलकोमात्रा बढी हुने भएकोले ३ पाने रक्सी कडा भएको हो। पानी १०० डिग्री सेल्सियसमा वाष्पीकरणक हुन्छ भने अल्कोहल ७८.३ डिग्रीमा, तसर्थ ७८.३ डिग्री नजिकको रक्सी बढी कडा र १०० डिग्री नजिकको कम कडा हुन्छ। विज्ञानमा यसरी बनाइएका कडा रक्सीलाई (high concentration alcohol) भनिन्छ।

शुद्ध इथानोल २००% सम्म प्रूफ (Proof) हुन्छ तर बिशेष औधोगिक तरिकाबिना यो प्राप्त गर्न सकिन्न। त्यसैले हामीले खाने रक्सीको सिसीमा जति प्रतिशत प्रूफ भनेर लेखेको हुन्छ, त्यसको ठिक आधा अल्कोहलको मात्रा र बाँकी पानीको मात्रा छ भन्ने बुझ्नु पर्छ। जस्तै भोड्कामा ७०% प्रुफ लेखेको छ भने त्यसमा ३५% अल्कोहलको मात्रा छ भनेको हो।

हामीले खाने ठोस खाना पाचन भै मसिनो बनेर सानो आन्द्रा हुँदै शरीरमा पुग्न समय लाग्छ तर रक्सीलाई पच्नु पर्दैन। खाने बित्तिकै २०% जति आमासयले नै सोस्दछ, बाँकी तुरुन्तै सानो आन्द्रामा पुगी सोसिएर रगतमा मिसिन्छ र शरीरका सबै कोषमा पुगी प्रभाब पर्दछ। यही प्रभाब पार्नु भनेको नै रक्सी लग्नु भनेको हो।

सामान्यतया एक बयस्क मान्छेको कलेजोले १ घन्टामा २० मिलिलिटर जति भोड्का, ७० मिलिलिटर जति वाइन, अथवा २०० मिलिलिटर जति बियरमा भएको अल्कोहलको मात्रालाई शुद्ध बनाउन सक्छ, त्यो भन्दा छिटो र बढी खाएको रक्सी सिधै रगतमा पुग्दछ। रगतमा हुने अल्कोहलको मात्रालाई Blood Alcohol Concentration (BAC) भनिन्छ। यदि BAC ०.०५% देखियो भने त्यसको अर्थ १०० मिलिलिटर रगतमा ५० मिलिग्राम अल्कोहल मिसिएको छ भन्ने हो। एक सानो ग्लास वाइन, एक पेग व्हिस्की. अथवा एक क्यान बियर खाँदा करिब BAC ०.०५% हुन्जान्छ। उत्तरी अमेरिकाका कतिपय राज्यमा BAC ०.०५% सम्म भएमा गाडी चलाउन पाइने, ०.०५-०.०८% सम्म भएमा १२ घन्टासम्म गाडी चलाउन नपाइने तर लाइसन्स खारेज नहुने, र त्यो भन्दाबढी भए खारेज हुने नियम छ। जापानमा भने रुघाखोकीको औसधि खाएर समेत गाडी चलाउन नियमत बर्जित छ।
रक्सी खाएको मान्छेले कुनै दुर्घटना गरायो भने BAC ०.०४% सम्म भएमा दुर्घटना हुनुमा अल्कोहल कारक तत्व नहुने, BAC ०.०५% भए अल्कोहलको भूमिका १%, BAC ०.०८% भए २%, BAC ०.१२% भए ८% र एवं रीतले BAC ०.२२% भए ३०% हुने ताजा अध्ययनहरुले देखाएका छन्। BAC ०.५०% भएमा फोक्सो र मुटुले कामै नगरी मान्छे मर्न पनि सक्छ।

रक्सीले हामीलाई कसरी र कस्तो प्रकारको असर गर्छ भन्ने बुझ्नलाई मस्तिष्कको बनौट र काम गर्ने तरिका मोटामोटी बुझ्नु पर्ने हुन्छ।

मानव मस्तिष्कका मुख्य ३ भाग हुन्छन्। गर्दनमाथि मेरुदण्डसंग जोडिएको भागलाई हाइन्डब्रेन (Hindbrain), त्यसको ठीकमाथिको केही भागलाई मीडब्रेन (Midbrain) र त्यो बाहेक अगाडिसम्मको संपूर्ण भागलाई फोरब्रेन (Forebrain) भनिन्छ। तर कामको हिसाबले २० भन्दा बढी भाग हुन्छन्। मस्तिष्कलाई बिशेषज्ञहरुको समूह पनि भनिन्छ किनकी मस्तिस्कका हरेक भागले संगसंगै काम गर्दछन, फेरि हरेक भागको आफ्नै छुटै भूमिका पनि हुन्छ। जस्तै:- हाइन्डब्रेनमा हुने सेरिबलम (cerebellum) भन्ने भागले शरीरका अंगहरुको संयोजन र नियन्त्रण गर्दछ। त्यसरी नै मस्तिष्कका कुनै भागले गति, कुनैले दृश्य, कुनैले स्मरण, कुनैले छोएर अनुभब गर्ने कुरा, कुनैले गर्न हुने या नहुने कुरा छुट्याउने कुरासंग सम्बन्धित मूल काम गर्दछन। यी संपूर्ण खण्डमा हुने गिदीमा करिब १ खरब जति न्युरन (neuron) भन्ने स्नायुकोषहरु हुन्छन्। कुनै पनि काम राम्रोसंग सम्पादन हुन्को लागी खासखास (neuron) हरुको बिचमासमेत बिद्धुतीय र रासायनिक संचार सम्पर्क हुनु पर्दछ।

जब बाहिरी संसारबाट प्रकास, आवाज, गन्ध, स्वाद, आनन्द आदिका संकेतहरु शरीरले थाहा पाउँछ, ती संकेतहरु रासायनिक तथा विद्दुतीय संकेतमा परिणत भै शरीरको एक भागबाट अर्को भागमा र मस्तिष्कको एक भागबाट अर्को भागमा संचारित हुन्छन। जब यस्ता संकेतहरु मस्तिष्कको कुनै एक भागको मस्तिष्ककोष (neuron) मा आइपुग्छन, तिनीहरुले पुनः न्युरोट्रान्समिटर (neurotransmitters) भन्ने नयाँ संकेत सृजना गरी अन्य भागका मस्तिष्ककोषसँग नयाँ सम्पर्क स्थापना गरी नयाँ प्रतिक्रिया र आवश्यक कार्य गर्दछन्।

कस्तो हुन्छ त रक्सीको असर मस्तिष्कमा ? रक्सी खाने ब्यतिलाई रक्सीले मनोरन्जन दिइरहेको भान हुन्छ तर औषधी बिज्ञान अनुसार मानिसलाई डीप्रेस बनाउने एक प्रकारको (depressant) र लत लाग्न सक्ने लागु पदार्थ दुवै हो रक्सी। हाम्रो दिमागले सही काम गर्नु भनेको माथि भनिएझैँ मस्तिष्कका अनगिन्ति तन्तुहरुको बिचमा संचार स्थापना भै सही कार्यको लागी आवस्यक निर्णय गर्नु हो। रक्सीले एकआपसमा सम्पर्क स्थापना गर्ने चाहाने कतिपय सूचना संकेतहरुलाई अबरोध पुर्याई केन्द्रीय स्नायु प्रणाली (Central Nerve System) को गति नै घटाइदिन्छ। जब केन्द्रीय स्नायु प्रणालीको गति कम हुन्छ, सम्पर्क हुनुपर्ने मस्तिष्ककोषहरुको बिचमा सम्पर्क नभई खासै सम्बन्ध हुनुनपर्ने मस्तिष्ककोषहरुको बिचमा सम्पर्क स्थापना हुन्छ। अनि त व्यक्तिको कुनै कुरालाई ग्रहण गर्ने तरिका, आवेग, भावना, चलमल गर्ने गति, श्रब्य तथा दृश्य आदि कुरा नै बदलिन्छन र नयाँ प्रकारका बन्दछन। रक्सीको असरले केन्द्रीय स्नायु प्रणालीको गती नै कम हुने भएकोले यसरी परिवर्तित ब्यबहारहरु कमजोर प्रकारका र अस्वाभाविक हुन्छन। थोरै खाँदा थोरै प्रभाब हुने भएकोले आनौठो, रमाइलो प्रकारको, थकाइ, पीर, चिन्ता बिर्सेजस्तो अनुभब र महसुस हुन्छ, तर बढी सेवन गर्दा शरीर नै विषाक्त बनी शरीर तथा मष्तिस्क दुबैमा बिशाल नकारात्मक प्रभाब पर्दछ। सामाजिक पक्ष त अझ छुटै कुरा हो जसलाई यो लेखमा समेटिएको छैन।

हाम्रो शरीरले खाएको २०-२५% तत्व मस्तिष्कले प्रयोग गर्ने भएकोले रक्सीको मात्रा पनि मस्तिष्कले बढी प्रयोग गर्ने नै भयो, अनि स्वभावैले रक्सीको असर पनि मस्तिष्कमा बढी पर्ने नै भयो। मस्तिष्कले नै सारा शरीरलाई निर्देशन र नियन्त्रण गर्ने भएकोले मस्तिष्क बढी प्रभावित हुँदा शरीर र शरीरका अंगहरु पनि बढी प्रभावित हुने नै भए। रक्सी खाएको व्यक्ति धंगधंगाउनु, बोली लार्बराउंनु, ध्यान नपुर्याउनु, अलमल पर्नु आदि मस्तिष्क प्रभावित हुनुका परिणाम हुँ। त्यसको अलावा रक्सी खाएको बेलामा बढी गफ गर्ने, हल्ला गर्ने, जोसिने, रिसाउने, अपराध गर्न समेत सुरिने, कपडामै पिसाब गर्ने आदि परिणामहरु पनि मस्तिष्ककले सही गतिमा सही सूचना दिन नसक्नुका नौला र अस्वाभाविक परिणाम हुन्। परिणामहरु पनि नसाको असर अनुसार फरक हुँदै जान्छन्। शुरुमा रमाइलो गरिरहेको मान्छेले झगडा गर्न थाल्नु त्यस्तै कारण हो। रक्सी लागेको मान्छेले गाडी चलाउन सक्छु भन्नु पनि अस्वाभाविक अबस्थामा स्वाभाविक क्रिया गर्न सक्छु भन्ने रक्सी प्रभावित भाबना हो। बास्तबिकतामा उसले नखाएको बेलामा झैं गरी चलाउन सक्दै सक्दैन।

अत्यधिक रक्सी सेवन गर्यो भने त alcohol poisoning नै हुन्छ। बान्ता गर्नु, निद्रा नलाग्नु, बिहोस वा अचेत हुनु, रगतमा चिनीको मात्र एकदम घट्नु या बढ्नु, शरीरको तापक्रम एकदम घट्नु र कुनैकुनै बेला रक्सी लागेकै अवस्थामा मृत्यु हुनु alcohol poisoning का परिणाम हुन्।

एक वयस्क व्यक्तिले दिनमा ७.५ देखि ८ घण्टा सुत्नु जरुरि हुन्छ। पुरा सुताइ चार अवस्थामा बाडिएको हुन्छ। पहिलो र दोश्रो अवस्थामा दिमागको गति छिटो हुन्छ तर तेस्रो र चौथोमा एकदम ढिलो हुन्छ। पछिल्ला दुई अवस्थामा मात्र व्यक्ति मस्त निद्रामा परी तरोताजा हुन्छ। तर रगतमा BAC बढी भएको बेला दिमागको गति द्रुत नै हुन्छ र सुते पनि व्यक्तिको निद्रा पुगेको हुँदैन। रक्सीको कारण निद्रा नपुग्दा दृश्य कम हुन्छ, टाउको दुक्छ अनि सारा शरीर नै मानसिक तथा शारीरिक रुपले शक्तिहीन र थकित हुन्छ।
अन्तमा रक्सीले जस्तोसुकै असर गर्ने भए पनि मान्छेले खान छाड्दैन किनकी यो समाजको अभिन्न अंग भैसकेको छ। अर्को कुरा रक्सी खाने मान्छेले खान थालेपछि नलागुन्जेल नखाई छाड्दैन। त्यसैले खाँदै नखानु सर्बोत्तम प्रतिज्ञा, कहिले काहीं र थोरै खानु धेरै खानुभन्दा उत्तम प्रतिज्ञा, र सुरक्षित ठाउँमा खानु अनि खाएको बेला जोखिमपूर्ण काम किमार्थ नगर्नु बाँच र बचाऊको भीष्म प्रतिज्ञा हो। तपाईंको प्रतिज्ञा कुन पर्यो त ?

(गौतमले हरेक साता माइसंसारमा विज्ञान ब्लग लेख्दै आएका छन्। यो त्यही शृङ्खलाको ब्लग हो। उनका अन्य विज्ञान ब्लग पढ्न यहाँ क्लिक गर्नुस्)

18 thoughts on “मापसेको भित्री चुरो”

  1. Saugat says:
    May 16, 2014 at 10:24 am

    This is a wonderful piece of writing. All people drinking or non-drinking should read it. Good job Gautam ji.

    Reply
  2. pawon says:
    May 14, 2014 at 9:42 pm

    superb.simplified yet everything included.
    cough syrup/anti cold medicines /anti allergic(रुघा खोकी eg coldin,d cold,sinarest,ctz(cetrizine),sedoz,sedosolvin ect) contains antihistaminic medicines.they cause sedation (लट्ठ) .so it is inadvisable to drive after taking these kind of medicine too.esp if taken along with alchol.
    some anti allergic like(fexofenadine) allegra,aladin,levocet,loratadine doesnot cause sedation.

    Reply
  3. लौटन अवधि says:
    May 14, 2014 at 9:04 am

    खाएको बेला जोखिमपूर्ण काम किमार्थ नगर्नु बाँच र बचाऊको भीष्म प्रतिज्ञा हो। – मेरो प्रतिज्ञा यहि हो !

    Reply
  4. Shankar says:
    May 14, 2014 at 2:57 am

    सबै धर्म ग्रन्थ हरु मा लग बाग रक्सीको उल्लेख छ | तेसैले खास येसैले पत्तोलागाये भन्न गाह्रो छ | तर अति जानकारीमुलक लेख को लागि लेखक लाइ धन्यबाद |

    Reply
  5. Prakash says:
    May 13, 2014 at 5:42 pm

    ब्याक्टेरिया हैन उदय ज्यू, YEAST ले FERMENT गरेर बन्छ Ethanol.

    Reply
  6. बिनोद तिमिल्सिना says:
    May 13, 2014 at 9:06 am

    हिजो सम्म उत्तम र भिष्म प्रतिज्ञा गरिएको थियो,अब यो लेख पढे पछि सर्वोत्तम प्रतिज्ञा गर्ने सोच आयो,कहिले सम्म टिक्छ हेरौं!!!

    Reply
  7. Tanka Basel says:
    May 13, 2014 at 4:17 am

    A small amount of poison is medicine and a large amount of medicine is poison! रक्सि एउटा बरदान हो।यो ओखती हो। यो ईन्धनको रुपमा पनि प्रयोग गर्न सकिन्छ। रक्सिलाई बिषको रुपमा होईन ओखती र ईन्धनको रुपमा प्रयोग गरौं! रक्सि खराब होईन; यसलाई दुरुपयोग गर्ने खराब हुन।

    Reply
  8. prakash says:
    May 12, 2014 at 7:10 pm

    यो मापसे बाट उठेको पैसा कहाँ जाडो रहिछ अनि रक्सि बेच्ने लाइ घाटा परेको छ कि छैन बुझ्न पाए हुन्थ्यो

    Reply
  9. रैथाने says:
    May 12, 2014 at 5:50 pm

    रामो जानकारी को लागि धन्यबाद गौतम जी!
    आफु त जत्ति अगाडि आयो तेत्ति पिउने सक्याउनै पर्ने खाले ट्वाके पर्यो!
    बढ्दो उमेर संगै अब यहाले भने जसरि ख्याल राख्नुपर्ला!
    तर एउटा कुरो चाहि के भने यत्रो जानकारी गराउनुभयो मापासे भन्दापनि रक्सीको बारेमा यी कुरा भन्दापनि मलाइ जान्न मन लाग्या कुरो चै के भनेनी,
    यो रक्सि पत्तोलाउने को होला?
    कहिले देखि रक्सीको सेवन (धोक्न भन्नुपर्ला) थाले होला मान्छेले?
    यो रक्सि पत्ता कहा लगायो होला पहिले!
    के भनेनी, बिश्वोभारी-जहातही, स्वोरगमानी नर्कमा पनि, देवता र दानब लाइ पनि, धनि-गरिब, उँचा-निंचा, विद्वान- मुर्ख, जन्मिदा वा मर्दा- पर्दा, दुखमा नि शुखामा नि, धर्ममानी कर्ममा नि जसलाई नि हुने नभय हुदैनाहुने यस्तो महान उजफुल कुरा पत्तो लगाउने मान्छेको सम्मानमा शिर निहुरायर सास्टाङ्ग गरि एक गिलास उचालेर चियर्स गर्न मन लाग्या छ क्या!
    उहिले देखि खोजे सोधे सोचे अंह कतै थाहा भयान को हुन् यी महामानव भनेर!
    यो चाहि बताइदिउन साथि भलो हुन्थ्यो बरु!

    Reply
    1. ramesh says:
      May 12, 2014 at 8:51 pm

      रैथाने जी,
      मलाई पनि रक्सि को आविष्कारक को हो भन्ने कुरा थाहा पाउनु मन लागेको छ. रक्सि को आबिस्कारक माथि यो संसार मा ठुलो अन्याय भएको छ. संसार भरि उसको आविस्कार को साम्राज्य छ, तर उ नै गुम नाम छ, येदि आफ्नो आविस्कार को पेटेन्ट गर्थ्यो भने उ आज संसार को सबै भन्दा बढी धनि हुने थियो.

      Reply
  10. Iku says:
    May 12, 2014 at 3:30 pm

    सबै भन्दा पहिला गौतम उदय जी लाइ धन्यवाद अनि सालोक्य जी लाइ पनि धन्यवाद ! जिबन उपयोगी यो लेख पढेर मैले रक्सि नखाने प्रतिज्ञा त गर्न सक्दिन तर सदा झैँ कहिले कहिँ अनि कम पिउने छु! ( . . . कहिले काहीं र थोरै खानु धेरै खानुभन्दा उत्तम प्रतिज्ञा. . . ) लेखमा भनिए झैँ उत्तम प्रतिज्ञा त होला ?!

    Reply
  11. bibek dhakal says:
    May 12, 2014 at 3:06 pm

    पढुन्जेल रक्शि खराब हो जस्तो लाग्छ, खान थालेसी फेरी सब अबगुणहरु कता बिर्सीइन्छ कता… एउटा गायकले गएकै छन् नि
    – ” कोइ गार्डेन मा आइ ढलिंग, कोइ भर्याङ्गमा लड़िंग
    घर जाने भन्दै कत्तिले त, बाटोमा गएर वाकिंग
    कहिले नपिउने बाचा गरिंग,
    दुइ चार दिन पछि सबै कुरा बिर्सिंग … 😀 ”

    अनि त्यतिबेला किशोर कुमारले भनेको ठिकै हो जस्तो लाग्छ –
    ” नशा शराब में होता तो नाचती बोतल”

    — अनुभव मा आधारित

    Reply
  12. Manu Chhetri says:
    May 12, 2014 at 2:42 pm

    खाँदै नखानु सर्बोत्तम प्रतिज्ञा,, मलाई रक्सि खाने र खादै गरेको वा मातेर हिडेको मान्छे देख्दा अत्यन्तै घिर्णा को साथ् रिस उठेर आउछ, कसैले खान्छ भने खवोस तर उसले अरुलाई नोक्सानी, डिस्टर्ब न हुने तरिकाले खवोस,, हाम्रो बिसेस गरि गाउ घर तिर देख्न पाइन्छ मान्छे हरु रक्सि खाएर गाउ नै हल्लाउदै हिडछन आफु नै सर्ब शक्तिमान भएको महसुस हुदो रैछ कि सक्ने नसक्ने सबै संग लड्न तम्सिन्छन अझै घरमा त स्वास्नी छोरा छोरि लाइ कुटेर निकाल्छन यस्ता रक्सि पहलमान हरुलाई चाइ कहिले चेताना आउला यो राक्सीले इज्जत र मान सम्मानको त धुलो नै कदेको देखिन्छ अझै नि मान्छे यसै मा दुब्छ्न, चेतना भया सबैमा अहिले अफुनु कमाइ रक्सि मा सक्ने अनि मुटु कलेजो मिर्गौला आदिको रोगि बन्ने पछि छोरा नाति तिन पुस्ता सम्म लाइ पुग्ने गरि ऋण लगायर मोर्ने भन्दा यो रक्सि नखाई इज्जतका साथ समाजमा बाँचौ बाँच्न दिउ

    Reply
    1. Manu Chhetri says:
      May 13, 2014 at 3:05 pm

      मलाई थाहा थियो र कमेन्ट लेख्नु आगाडी याद पनि थियो कि धेरै भन्दा धेरै मापसे मा उद्दत मापसे पहलमान मित्रजन हरुलाई यो वास्तविकता लेखिएको कमेन्ट पच्दैन भनेर डिसलाईक गर्ने सबै मित्र लाइ धन्यबाद

      Reply
    2. रैथाने says:
      May 13, 2014 at 6:04 pm

      केहि रक्सीको दुरुपयोग गर्ने मान्छेको पछिलागेर रक्सीलाई नराम्रो देख्नु भन्दा रक्सीको राम्रो पक्षलाइ हेरी सदुपयोग गर्न सुझाउनुस!
      रक्सि खानेहरु झुटो बोल्दैनन!
      अमेरिकी रास्ट्रपति आफ्ना मिटिङ्ग मा वाइन चियर्स गरि सुरु गर्छन, कतिपय अफिसियल भेटमा ह्विस्की सुट्क्याउछन!
      भिटामिन र टोनिकमा रक्सीको मात्रा राखिएको हुन्छ!
      रक्सीको उचित प्रयोगले घाउ छिटो निको बनाउदछ!
      क्रिस्चियन पादरी हरु चर्चामा प्राथना गर्दै वाइन सुट्क्याउछन भने प्राथना गर्न आउने मान्छेहरुलाई पनि चुस्की लगाउन भन्छन!
      हाम्रा पुरेत बाजेहरुपानी पुजा गर्दै गर्दा कहिलेकाही ट्वाइलेटमा सुटुक्क बाहुन पोको सुट्क्याउछन (हाहा जोक हो है यो चाहि ठट्टा गर्या)
      रक्सीको सहि प्रयोगले शरिस स्वस्थ र तन्दुरुस्त राख्न अनि विभिन्न रोग निदान गर्न निकै मद्दत पुग्छ!
      रक्सीले पिडा कम गर्न र मनोरंजन मा रौनक दिन सहयोग गर्छ!
      अब तपाइँ हरु रक्सि खायर मात्ने रक्सीको दुरुपयोग गर्ने आफुलाई नियन्त्रण बाहिर पुर्याउने मान्छेहरुलाई हेरी सोची रक्सीलाई नराम्रो ठान्नुहुन्छ गालि गरि श्राप्नु हुन्छ भने हाम्रो भन्नु केहि छैन!
      तर रक्सि दुइ किसिमको मान्छेले मात्र खानुहुन्न मेरो बिचारमा,
      रोगीले!
      बालकले!
      बाकि अरुले आफ्नो सारीरिक, मानशिक र आर्थिक गच्छेले भ्याउने सम्म खाया हुन्छ!
      तेस्तै परे बेला मौकामा हाम्लाई पनि निम्तो बोलाय हुन्छ!

      Reply
      1. Manu Chhetri says:
        May 14, 2014 at 3:47 pm

        कुरा र लेख्ने सैली फरक हुदा हुदै पनि रैथाने जी तपाइको र मेरो कमेन्ट को सार तेस्तै तेस्तै हुन्छा मैले नि कसैले नाखावोस भनेको छैन माथि नै भनेको छु खानेले खवोस तर आफ्नु रक्सि खाने बानीले अरुलाई असर नगरोस साथै आफ्नै लागि पनि त्यो रक्सि सेवन फाइदा मन्द होस् नकि घरपरिवार र आफ्नु समेत बिचिल्ली पारेर दिनभरी कमाउने साझ परेसी भट्टी मा रमाउने,, तपाई हामीले देखेकै छौ नि मापसे पहलमान त सडक तिर तेस्तेरी कसैले नाखावोस मेरो भन्नु पनि यहि हो जय सोमरस !!!!!!!!!!

        Reply
  13. achut says:
    May 12, 2014 at 2:20 pm

    ओहो !सारै राम्रो ज्ञान बर्धक लेख,हुनत गौतम जी का सबै लेख हरु सरल तथा शिक्षा प्रद नै हुन्छन…धन्न्यबाद सर..

    Reply
  14. Sisir says:
    May 12, 2014 at 1:37 pm

    लेखकलाई धेरै धन्यबाद, एकदम नया र नौलो तरिकाले जानकरी दिनु भएकोमा .. तपैका पहिलेका लेखहरु पनि निक्कै ज्ञान बर्धक छन् .. तपाइको लेख सरल छन् र इस्पस्त छन् , सबैले बुझछन होला सायद .. अरु राम्रा लेख र जानकारीहरुको आशा गर्दछौ ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme