काम कै बीचमा फोन आउँछ- मम्मी के खाजा खाने? यो मन पर्दैन, त्यो मन पर्दैन। फेरि छोराछोरी बीच झगडा हुन्छ। रुवाबासीसँगै अर्को फोन आउँछ।
फोन राख्न भ्याएको हुँदैन, फोनको घन्टी फेरि बज्छ, “ए … सुन त! म आज ढिलो आउँछु है, साथीहरुसँग भेटघाट छ।”
अब श्रीमानबाट घरमा केही सहयोग हुन्छ कि भन्ने आश गर्नै परेन, ढिला आउने खबर आइसक्यो।
उता छोराछोरीको लगातारको फोन, यता पार्लरमा भीडभाड – एउटा शरीर कता-कता बाँडिने??
यसरी जागीर खान्छन् नेपालमा महिलाहरु
-लक्ष्मी ज्ञवाली-
“राम्रोसँग पढनु पर्छ, जागीर खानु पर्छ अनि सुख पाइन्छ।”
बाल्यकालमा कहिलेकाहीँ स्कुल नजान खोज्दा हजुरआमा र आमाले यसरी सम्झाउनु हुन्थ्यो। दुःख र सुखको खासै अनुभव बाल्यकालमा के हुन्छ र ? राम्रो पढ्यो भने ठूलो मान्छे बनिन्छ भन्ने कुरा बाल मस्तिकमा बुझेर हो वा नबुझी घुसिसकेको थियो।
हजुरआमा र आमाले गर्ने गरेको काम र लगातारको खटाइ बिना केही प्रतिकृया यी आँखाले देखेका थिए राम्रोसँग।
बिहान ३ बजे नै उठ्नु हुन्थ्यो उहाँहरु भने सुत्न जाँदाको समय थाहा नै पाउँदैन्थ्यौँ। किनकी हामीहरु सुत्न जाँदा उहाँहरु ढिकी र जाँतोको कामका व्यस्त हुनुहुन्थ्यो। अहिले मनन् गर्छु, सायद हामीहरुलाई पढाएर आफूले जस्तो भोगेको त्यो खटाइ पढेका छोराहरुलाई पक्कै पर्दैन भन्ने कुरामा उहाँहरु विश्वस्त हुनुहुन्थ्यो। अनि पो पढेपछि जागीर पाइन्छ ,जागीर खाए सुख पाइन्छ भन्ने विश्वास थियो उहाँहरुलाई।
पढेका छोरीहरुले जागीर खाएर सुख पाउँछन् भन्ने हजुरआमा र आमाका ती विश्वास केवल विश्वास मै रहेका छन्। व्यवहारमा पढे लेखेका छोरीहरुको जागीरे जीवन कामको प्रकृति भिन्न भए पनि दुःख र खटाइ भने उहाँहरुको भन्दा कम छैन।
आफ्नो सीप र योग्यता अनुसारको पेसालाई अङ्गाल्दा अहिलेका महिलाहरुलाई भ्याइनभ्याइ छ।
उनीहरु माथि पेशागत जिम्मेवारी र घरपरिवारको जिम्मेवारीको दोहोरो भूमिका निभ्याउने कर्तव्य पनि कायम हुने हुँदा आफ्नो पेसालाई निरन्तरता दिन निकै संघर्ष गर्नु परेको उनीहरुको अनुभव छ।
वरिस्ठ ब्युटिसियन एक साथी भन्छन्- “आफ्नो पेशा र घर परिवार सँगसँगै चलाउनु महिलाहरुको लागि फलामको चिउरा चपाउनु जत्तिकै हो। ”
कहिलेकाहीँ आफै देख्ने गर्छु उनको व्यस्तता। बिहान उनी पार्लर कोर्स पढाउँछन् भने दिउँसो आफैले खोलेको पार्लर चलाउँछन्। तीन छोराछोरीकी आमा उनीहरुको लालनपालन कै लागि पनि खट्नुपर्ने बाध्यता छ। घर, छोराछोरी र इस्टमित्रको ख्याल राख्ने काम पनि आफैले गर्नुपर्ने जिम्मेवारी पनि छ।
काम कै बीचमा फोन आउँछ- मम्मी के खाजा खाने? यो मन पर्दैन, त्यो मन पर्दैन। फेरि छोराछोरी बीच झगडा हुन्छ। रुवाबासीसँगै अर्को फोन आउँछ।
फोन राख्न भ्याएको हुँदैन, फोनको घन्टी फेरि बज्छ, “ए … सुन त! म आज ढिलो आउँछु है, साथीहरुसँग भेटघाट छ।”
अब श्रीमानबाट घरमा केही सहयोग हुन्छ कि भन्ने आश गर्नै परेन, ढिला आउने खबर आइसक्यो।
उता छोराछोरीको लगातारको फोन, यता पार्लरमा भीडभाड – एउटा शरीर कता-कता बाँडिने?? शरीर आफ्नो पेशामा संलग्न भए पनि मन चाहिँ घरपरिवारको साथमा पुगेको हुन्छ। आफ्नो अनुपस्थितिमा घरमा राम्रो व्यवस्था हुँदै हुँदैन। अति दुःख छ महिलाहरुलाई- उनी गुनासो पोख्छिन्।
अर्की मित्र कलेज पढाउँछिन्। उनको पनि दुखेसो त कम रहेनछ।
महिला भएकै कारण आफ्नो पेशालाई राम्रोसँग अङ्गाल्न नसकेको र महङ्गीको मार खप्न क्षमता भए पनि पैसा कमाउन नसकेको अनुभव उनीसँग रहेछ।
बिहान ४ बजे उठे पनि बिहानी क्लास लिन नसकेको यथार्थलाई यसरी पोखिन् उनले- घरमा एक मात्र बुहारी आफू। सासु-ससुरा, देवर-नन्द, आमाजु सबैको चित्त बुझाउँदै छोराछोरीको रेखदेखसम्म आफ्नै जिम्मेवारी भएको हुँदा आफ्नो पेशाले आफूलाई सास्ती पुर्याएको उनको भोगाइ छ।
श्रीमानको मात्र जागीरले पूरै घरपरिवार चलाउन मुस्किल छ। जागिर नखाउँ सजिलो छैन, खाउँ भने पनि सजिलो छैन। शिक्षित भए पनि आखिर मार महिलालाई नै पर्दोरहेछ, वास्तविकता ओकलिएको गुनासो उनको पनि सुनियो।
शिक्षित महिलाहरुका यी पीडालाई जबसम्म पारिवारिक रुपमा मनन् गरिँदैन वा घर परिवार सम्हाल्ने जिम्मेवारी महिलाको मात्र होइन भन्ने भावनाको विकास गरिँदैन, तबसम्म महिलाले आफ्नो पेशालाई पूर्ण रुपमा अङ्गाल्न सक्दैनन्। खाएको जागिर पनि छोडेर घरपरिवार कै लागि घरभित्रको सीमित दायरामा घेरिनु पर्ने बाध्यात्मक स्थिति कुनै पनि क्षमतावान महिलालाई पर्नु हुँदैन।
महिला र पुरुस बराबर छ भन्छ तर महिला र पुरुस kahile बराबर हुने सक्दैन.पुरुस बाहिरको काम सके पछि घरमा आराम लिन पाउने खाजा खाना को ओर्देर गर्न पाइने तर महिला बाहिरको काम सकी फेरी घरको काम सकाउनु पर्ने कसरि बराबर हुन सक्छ?
आफ्नो पिडा सबै लाई ठुलो लाग्छन लक्ष्मी जी हामी ‘महिला -पुरुष’ दुवै पिडित छौ कम्ति मा यो जेनेरेसन को, परम्परागत र आधुनिकता को बीच को पिढी हामी हौ, तपाई हामी ले बुझ्ने छौ अनि हाम्रा सन्तान लाई सजिलो होला/ अबको २० वर्ष पछि मेरी बुहारी ले गर्दा मलाई गार्हो भो(अहिले साथीको सासु ले गर्दा गार्हो भाको जस्तो) भनेर ‘माई संसार’ मा लेख नलेख्नु होला…..तपाई कि बुहारी(भाई-बुहारी)ले “सासु ले गर्दा गार्हो भो” भनेको सुन्दा कस्तो अनुभब हुन्छ एक पटक येसरी पो सोच्ने होकी????
मेरी आमा ले !!!ए एकछिन धैर्य गर न हो !!के मेरो चार वटा हात छन् ? भनेको याद आयो !!!
बस्ताब मा महिला लाई घरायसी काम भन्दा अरु कुनै जागिर गर्दा गारो चै हुन्छा नै तर सबै जना लाई यस्तो गारो हुदैन कति महिलाले घरको काम मा अलिकति पनि सहयोग नगर्ने अनि कमाई भन्दा बढी खर्च गर्ने , श्रीमान लाई विदेश पठाउने अनि छोरा छोरी लाई होस्टल मा राख्ने , आफु चै जागिर गर्दै छु भन्ने तर श्रीमान ले कमायको पैसा सक्ने प्रवृतिका महिला हरुको कमि छैन. अन्त मा श्रीमान घर आउने बेलामा अर्कै संग भएभरको सम्पति बटुलेर भाग्ने नत्र श्रीमान लाई पैसाको विवरण देखाउन नसक्दा दिनरात घरमा कलह सिर्जना गर्ने खालका महिला हरु पनि मैले देखेको छु, अझ जागिर भन्दै घर बाट निस्कने तर अरु नै पुरुष संग दिन बिताउने महिलाको पनि कमि छैन हाम्रो नेपालमा. जे होस् कानुन ले नै महिला लाई अधिकार दिएको छ कि श्रीमान ले चाहेर पनि श्रीमती लाई दिवोर्स दिन पाउदैन. जय होस् सबै यस्ता महिला को
रमाइलो निस्कर्ष
“आफ्नो जिन्दगी अनि आफ्नो काम अनि आफ्नो श्रीमती कसैलाई राम्रो लाग्दैन”
साच्चि हो कि क्या हो
तर सबैलाई त्यो दुख छैन / मेरो बुढी ९ बजे सुतेर ८ बजे उठ्छ/ किनकि काम नै छैन त किन उठाउनु जस्तो लाग्छ / जागिर गर्न भन्दा interest छैन भनछ/ nevermind /
यो पढेर केहि कुरा याद आयो, मेरो छिमेकीको घर, बिहान उठेर लोग्ने पसल जान्छ, नानाथरि गफ चुटेर ४ पल्ट चिया पिउछ तर घर मा अरुले कालो चिया पिउनु पर्छ! घर मा श्रीमती बिहान ५ बजेदेखि उठेर, बच्चा हेर्नुकि, बुडाबुडीलाइ (सासु ससुरालाइ) हेर्नुकि, खान पकाउनु कि, अनि बाख्रा गाइ सबै उसको जिम्मा, बीचरालाइ भ्याई नभ्याई हुन्छ, अनि त्यो लोग्ने भन्ने टुप्लुक्क ९:३० बजे आउछ र स्वास्नीलाइ थर्काउछ भात ढिला पाक्यो भनेर, अनि अफिस जाने बहानामा घर बाट निस्कनछ तर अफिस गएर काम होइन घुस कसरि खान पाइञ्छ भनेर दाउ हेर्छ नत्र हाजिर गरेर निस्कनछ अनि कतै गएर टन्न जाड धोक्छ अनि रात परेछी घर जान्छ अनि त्यो दिनभरी कामले थाकेर भात कुरेर बसेको स्वास्नी लाई मैले त बाहिरै खाएर आए, त खा भन्छ र गएर सुत्छ, बिचरा त्यो श्रीमती खाना खाएर, धन्दा सकेर कोठामा जान नपाइ घोडाचढ्न थाल्छ! आफु सन्तुस्ट भएर सुत्छ अनि भोलि फेरि त्यहि दीन! देश बनेन भनेर हामी चिन्ता गर्छौ तर पहिला आफ्नो घर बनाउने र जीवन मा अरुको पनि मन हुन्छ र तिनलाई पनि मायाको खाचो छ भनेर कहिलेइ सोचेनौ! धिक्कार छ हामी जस्ता पुरुस भनौदाहरु लाई.
पहिला घर अनि परिवार लाई सहयोग गरौ अनि सत्कर्ममा लागौ अनि हेर्नुस देश त आफै सुध्रिछ! आफैबाट परिवर्तनको सुरु गरौ! मैले त आफुलाई परिवर्तन गरे अब तपाईहरुको पालो.
एकदम सहि यो कुरा!मेरो समस्या नि तेही छ.आमा/बाले पढे लेखे जागिर खाए सुख पोउथ्ये छोरिले भनु हुन्थेयो.पढेर राम्रो जागिर पनि खायियो.तर मन को पिर कति सम्म छ भने बिहान ५ बजे देखिको बेलुका १०बजेको हुन्छ घरको काम सक्दा.तै पनि सासु को चित नबुझेर…बिहान मा ७ बजे काम मा नागैजल सम्म गण गन गन गरिराखेको हुन्छ भने…बेलुका ६ बजे फर्कदा नि गन गन सकेको हुदैन…यसरि नै मैले ५ वर्ष बिताई सके…अब अजै कति सहनु पर्ने हो….अनि खै त छोरि मान्छे लाई शुख?आफ्नो खुटमा उविनेहरुको एस्तो हालत छ भने अरु छोरि चेलीको हालत कस्तो होला मा कल्पना नि गर्न सक्दिन!के छोरि मान्छेले नै सबै सहेर बस्नु पर्ने?छुटेर बसम भने बा/आमा ले किन तेसो गर्नु भन्छन!बुडो त कुरै नगरम….बुडो भनेर केहि मनको कुरा पोख्यो भने अगि नै सासु लाई पोल लगाई सकेको हुन्छ…अनि काममा जादा आफ्नो साथीभाई संग मन को कुरा राखेर मन हलुका बनोउनु देखि अरु विकल्प नै चिन…किन छुटेर बस्नु पर्यो…तेसो गर्दा तेस्को दोस छोरि मान्छे लाई नै जान्छ….गरि खान नसकेर!भने पछि छोरि मान्छे ले कहिले सुख पौने हो?
खाली आइमाईको कुरा आइमाईको हक हितको कुरा के कमि आइमाइलाई अहिले पुरुषको भन्दा बढी अधिकार दिइएको छ । विदेशी केटालाई टार्गेट गरेर माया जालमा फसाउने फसाइसके पछि उस्को पैसा हुन्जेल मोज गर्ने पैसा सकिए पछि उसकै अगाडि अरु केटासँग रात विताउँदा पनि केटाले केही गर्न सक्दैन आफ्नी हो भनेर अलि कति कुट पिट ग¥यो या गालि ग¥यो रमिता हल्ला ग¥यो रमिता । डिभोर्स दियो भने आफ्नो सम्पत्ति चिरिप्प । फेरि त्यो केटी अर्को केटालाई यसरी फसाउँछे लोग्नेमान्छे पिडित छ कि केटी । नेपाली मा ४० प्रतिशत आइमाईमाईहरु घरबाहिर पर पुरुषसँग सम्बन्ध राख्छन । अफिसजानेहरु चाडै प्रतिबेदनले देखाउनेछ । यो भन्दा लोग्नेमान्छेले नगरि कसरी स्वास्नी मानिसले गरेर भएको हो र ? भन्ने कुरा आउला राम्रो तरिकामा बसेको लोग्ने मान्छेले के गर्ने त्यस्तो बद्चलन आइमाईलाई कुनै कानून छ । अझै स्वास्नी मानिस यस्तो र उस्तो ?
यो लेख पठेपछी एक कथा याद आयो /
हात्तीलाई हात्ती कै जीउ भरि हुन्छ / कमिलालाई कमिलाकै जीउ भरि हुन्छ /
हात्तीलाई आफ्नो ठुलो जीउको कारण धेरै खानु पर्ने हुन्छ / कहिले कही खतरानाक अबस्थामा लुक्ने समस्या हुन्छ / हात्तीको ठुलो जीउकै कारण अरु मानबबस्तिमा हाहाकार हुन्छ / अनि हात्तीलाई लाग्छ बरु सानो किरा कमिला भयर जन्मियको भए बेस हुन्थो /
अनि यता कमिलाको आफ्नै समस्या छ / कमिला सानो छ कहिले हावाले उडाएर कमिलाको परिवार संग बिछोड गराईदीन्छ / अनि उनीहरुको मेहनतले बनाको दुलो (कमिलाको घर) कुनै अलि ठुलो जनावर आयर कुल्चीएर बिगारी दिन्छन / कहिलेपानीले उनीहरु को फुल परिवार सबै बगाएर बिनास गरि दिन्छन / अनि कमिलालाई लाग्छ यदि कमिला हात्ती जस्तै ठुलो भाको भए हुन्थो /
निस्कर्ष आफ्नो जिन्दगी अनि आफ्नो काम अनि आफ्नो श्रीमती कसैलाई राम्रो लाग्दैन / अरुकै जिबन अरुकै काम अरुकै श्रीमती राम्रो लाग्छ / यो मानब सोभाब हो भन्नेमलाई लाग्छ /
अर्को कुरा नेपाली महिलाहरु मलाई देवी हुन भन्ने लाग्छ / महान देवीहरु जस्तै: सुर्पनाखा (रामायण अनुसार सिताको सउता बन्न खोज्दा लक्ष्मणले नाक काटी दीयका थिय / अनि उनले गयर राबनलाई सिता अपहरण गर्ने सल्लाह दीयाकी थिईन /), गंगा (महाभरत अनुसार भिस्म पितामहको माता जसले आफ्नो ७ बच्चालाई नदीमा दुबाएर हत्या गरीन /), कुन्ती ( बिबाह अघि कर्णलाई जन्माएर खोलामा बगाउने अनि पाच पाण्डबको आमा ), द्रॊपदी( पाचवोटा पतीभयाकी श्रीमती), आदी आदी / यस्ता महान देवी नेपाली चीलीको सधै आदर र सम्मान गर्नु पर्छ भन्ने हाम्लाई लागिराछ /