Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकाबाट डलर पाउने भाग्यमानीहरु (गोप्य कागजातबाट भएको खुलासा)

Posted on May 8, 2014May 13, 2014 by Salokya

OTI देशभित्र खासै नपढिने र कति छापिन्छ भन्ने नि नखुलेको एउटा पत्रिका छाप्न, बाँड्न, पत्रकार/कर्मचारीलाई तलब खुवाउन मात्र हैन, लेखवापत् लेखकलाई पारिश्रमिक दिन र त्यो पारिश्रमिक बैँक ट्रान्सफर गर्ने चार्जसमेत व्यहोर्ने गरी नर्वेजियन दूतावासले गरेको करोडौँको सहयोगको चर्चा अहिले अलि सेलाएको अवस्था छ। विदेशीले आफ्नो स्वार्थ हेरी दिने सहयोगलाई ‘विदेशी लगानी’ भन्दै विषयान्तर गर्ने प्रयास पनि भए। लगानी र सहयोग फरक कुरा हुन्। ‘लगानी’ कानुनसम्मत विदेशी कम्पनीले गर्ने हो। ‘सहयोग’ विदेशी सरकार वा संस्थाले आफ्नो स्वार्थ पूरा गराउने भित्री उद्देश्य राखेर बाँडिने रकम हो। नेपाली जनताको नाममा आएको हुनाले कसले कति सहयोग पायो, सबैलाई जानकारी हुनुपर्छ। तर अहिलेसम्म यो कुरा लुकाइएको छ।

अमेरिकी सरकारले नेपालमा बाँडेको डलरबारे एउटा गोप्य प्रतिवेदन मेरो हातमा परेको छ। आज माइसंसारले खुलासा गर्नेछ- क-कसले पाएका थिए तीन वर्षको अवधिमा २ करोड अमेरिकी डलर।
OTI
अमेरिकाले विदेशी मुलुकलाई सहयोग USAID मार्फत् गर्छ। यही USAID भित्र OTI भनेर एउटा छुट्टै विभाग खोलिएको छ। OTI पूर्ण रुप Office of Transition Initiatives हो। भन्नलाई अनेक थरिका चिप्ला, राम्रा कुरा भने पनि यसको वास्तविक उद्देश्य अमेरिकाको चासो रहेको देशमा आफ्नो स्वार्थ अनुरुपको ‘हस्तक्षेप’ गर्न ‘वातावरण मिलाउन’ गर्ने सहयोग हो।

यसलाई प्रतिवेदनमै रहेको यो अंशले पनि स्पष्ट पार्छ-
oti_mission

यो सन् २००६ देखि सन् २००९ सम्म OTI को मिसनबारे गरिएको मूल्याङ्कन प्रतिवेदन हो। यति अवधिमा यसले २ करोड अमेरिकी डलर झण्डै ३ सय व्यक्ति/संस्थालाई बाँडेको थियो। यो दुई करोड डलर मिडिया सपोर्ट र नागरिक समाज केन्द्रित कार्यक्रमका लागि छुट्याइएको प्रतिवेदनमा उल्लेख छ। को को थिए त ती डलर पाउने भाग्यमानीहरु ? प्रतिवेदनमा सबैको नाम त छैन, केही हामीले सुन्दै आएका, चिनेका नाम भने अवश्य छन्। हेरौँ उनीहरुको सूची-
Grantees1

Grantees2

बुझ्नु पर्ने कुरा के हो भने माथिको सूचि डलर पाउने भाग्यमानी (Grantees) को सम्पूर्ण सूचि हैन। यो त २ करोड अमेरिकी डलर बाँडेको प्रभाव केकस्तो पर्‍यो भनेर मूल्याङ्कन गरी प्रतिवेदन तयार पार्न अमेरिकाबाट आएको टोलीले भेटेर कुराकानी गरेका भाग्यमानीहरुको सूचि मात्र हो।

कसले कति डलर पाएको थियो भन्ने हिसाब पनि प्रतिवेदनमा छ। अर्को ब्लगमा त्यसको खुलासा गरिनेछ।

सम्बन्धित ब्लगहरु
धेरै डलर पाउने टप टेनको सूची – एन्टिना फाउन्डेसन, नेपालय (भाग २)
धेरै डलर पाउने टप टेनको सूची – कम्युनिकेसन कर्नर, मह सञ्चार, इक्वेल एक्सेस लगायत (भाग ३)
कुनै प्रतिस्पर्धाबिना खुसुक्क दूतावासमा बोलाएर दिल्ली, बेइजिङ, लण्डन वा वासिङटनको भ्रमण गराउने चलन हिजो पनि थियो, आज पनि छ। यो सेवा–सहुलियतको ‘मज्जा काठमाडौँका केही खास मिडियाकर्मीहरुले लिइरहेकै छन्- सञ्जय घिमिरेको ब्लग

47 thoughts on “अमेरिकाबाट डलर पाउने भाग्यमानीहरु (गोप्य कागजातबाट भएको खुलासा)”

  1. cRIS says:
    May 13, 2014 at 5:50 am

    हरिबंश आचार्यज्युको, “चिना हराएको मान्छे” पढ्दा लागेको थियो, कसरी मह जोडीको यस्ता स्वच्छ बिचार बोकी, अग्रगामी सोचाई राख्ने मान्छेले सिधै, संघीयता र पहिचान सहितको संघीयता दुबैको बिरुद्दमा खरो रुपले उत्त्रिन सकेको!! – यी अहिले कारणहरु यसरी असरल्लई तैरिन थालेछ| बिडम्बना! यो बिचार उहाँहरुको हुने सक्दैन भन्ने मलाई भान भा थियो, अहिले पुष्टि भो| धन्यबाद|

    मान्छेलाई आफ्नो पारिवारिक पृष्ठभूमिको आडमा भाबुक बनाएर, भावनामा बगाएर देशको राजनीतिमा आवाज घुसाउने तरिका मलाई चुईया लाग्यो| चुतियापनको पनि हद हुन्छ नि! emotional traders भएछन मह संचार! जनताको भावाना संग खेलवाड गर्ने?

    मलाई चित्त बुझेन| नीजि बिचार हो|

    Reply
    1. Dhan says:
      May 20, 2014 at 12:17 pm

      Not only hari bansha madan k. cris jee, mr Amrit gurung has never spoken a single word on federalism. His way of expression during programs and Facebook has been more against it. I always wondered why !! Now here’s the answer. Khai k khai k !! Kasailai Purna biswas garna nasakine bho.

      Reply
  2. Pingback: अमेरिकाबाट धेरै डलर पाउने संस्थाको नालिबेली – ३ « Mysansar
  3. Bijaya Ghimire says:
    May 9, 2014 at 4:12 pm

    नेपाललाई धमिराहरु बाट कहिले मुक्त पार्न सकिएला. अब पुर्बिय मोडेलको पुनर्जागरण गरेर पश्चिमी प्रभाव निस्तॆज पार्न तिर लग्नु पर्ला जस्तो छ !

    Reply
  4. Tanka says:
    May 9, 2014 at 12:51 pm

    बानेश्वरको रत्नराज्य स्कुल अगाडि बग्रेल्ती ब्याईरहन्थे मोटी र काली । मह सम्बन्धीत संस्था(क्याट)लाई फोन गरेर पठाईदिएपछि उनीहरुले अप्रेशन गरेर पठाईदिए । त्यो डरल यहाँसम्म पनि आईपुगेको होला । कारण पुर्याईयो भने डलरपनि पाईदो र छ भन्ने बुझ्नु पर्यो । ति सप्पै डलर पाउनेहरुले देश बेचेको भए समाचार पहिलेनै कतै न कतै चुहिनै पर्ने हो । कानुनी कारण अब थाहा पाईएला, थाहा पाएको कुरो चाहीँ काम गरेर डलर खाएछन् । नराम्रो काम गरेको भए अब था पाईहाल्लेला क्यारे । …बानेश्वर चोकमा दश रुपियाँको विज्ञापनले यस्तो गजपको रेडियो कसरी चलाएको होला भन्ने सोचेको थिएँ, कारण यो रहेछ, यि कसैले केही नराम्रो गरेको चाहीँ मलाई थाहा छैन । डलर खाएछन मात्र भन्नु भन्दापनि, यस्तो यस्तो गरेर यति खाएछन् भन्ने थाहा पाउन पाए आनन्द आउँथ्यो ।

    Reply
  5. Pingback: अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूचि « Mysansar
  6. कृष्णकुमार केसी says:
    May 9, 2014 at 10:29 am

    मणी भएकाहरुले मणी बेचेर डलरमणी भएको होलान् भन्ठ्नेको थिएँ केहि दिन पहिलेका समाचारहरु पढेर अहिले यो ब्लाग पढेर के लाग्यो भनी हाम्रो देशका पत्रकारहरुले आफ्नै आामको दुध(मातृभुमी) बेचेर धेरै जना डलर मणी भएका रहेछन् धिकार छ तिमीहरुलाई यो देशमा जन्म लिएकोमा ।

    Reply
  7. roshani says:
    May 9, 2014 at 7:46 am

    यी कमेन्ट पढ्न आउने मध्ये नेपालमा पत्रकारिता पढेका कोइ खरदार मुखिया (गोपाल गुरागाईंको भाषामा है ) छन् ? कोइ छ र आफ्नो हैसियत को पुष्टि गर्ने मन छ भने यो लेखको बाह्रौ प्यारा पढ्नु होला |

    Reply
    1. Biplab says:
      May 10, 2014 at 3:09 pm

      सुव्वा हुन आइए वा सो सरह पास गरेको हुनुपर्छ । गुरागाई सरले एसएलसी पास गरेको हो रे । त्यसैले उहाँ आफु सुव्वा हुने छाँट नदेखेर नै खरदारी पेशामा लागेको हुनु पर्छ ।

      आफु जस्तो अरुलाई त्यस्तै ठाने, भने किन रिसाउनु ?

      Reply
  8. Bishnu KDLS says:
    May 9, 2014 at 7:43 am

    आज सम्म राम्रो मानिएका sancharkarmi र पत्रकार पनि मुछियेचान
    लाज मर्दो !

    Reply
  9. बेखालाल नेपाल says:
    May 9, 2014 at 6:58 am

    देशमा द्वन्द फैलाउन अनेकन प्रयास भैराखेको सबैलाई थाहा नै छ| स्वार्थी संसारले यो सानो मुलुकमा डलरको वर्षा गर्दै छन् ! तर यहाँ डलरमणि हुन चाहना राख्नेको भिड नै देख्दा पो दुख लाग्छ! देशको बाल छैन बस आफ्नो स्वार्थ पुरा गर्दै छन्! यो झुरतन्त्र कहिले सम्म खै!

    Reply
  10. बिर्ख लिम्बु says:
    May 9, 2014 at 2:54 am

    देश बनाउछु भन्नेहरुनै यस्तो गतिका छन. देशलाई साच्चै म माया गर्छु भन्नेहरुलाई तल तलै पाखा लगाईदिन्छन. देशको तेस्रो आखा भनेको पत्रकारहरु हुन उनीहरु नेताका पछि-पछि लागेर बेहाल छन . हाम्रो देशमा चाडै आमुल परिवर्तन ल्याउन कुनै नेता तथा पत्रकारहरुले कहिल्यै सोचेनन, जव सम्म यिनीहरुले आफ्नो देश भनेर सोच्दैनन् तवसम्म हाम्रोदेशाको गती यस्तै हुनेछ.

    Reply
  11. Suren says:
    May 9, 2014 at 2:27 am

    नियम कानुन अनुसार grant लेको हो भने यो आपत्ति को बिसय भएन …तर पारदर्शी चाही हुनु पर्यो…र यो देश को हित मा हुनु पर्यो…तर शंका किन लाग्छ भने आजकल देश मा सुकिला मुकिला हरु को निकै बिगबिगी छ ….असली रुपहरु सतह मा आउदै छ …चर्को कुरा गर्ने मानबअधिकारबादीहरु, आइ. न .जी. ओ र एन. जी .ओ का टाउके हरु, ठुला पद मा भएका सरकारी हाकिमहरु, सेना प्रहरी का ठुला दर्जा वालाहरु, प्रभाबसाली प्राय नेताहरु सबै को आयस्रोत यस्तै अदृस्य पैसा वा भ्रस्टाचार हो भन्ने अब घाम जतिक्कै छर्लंग छ…कारबाही पनि कसले गर्ने? तिहा पनि दुध ले नुहाएका को छन् र?

    आजकल मलाई कोहि मान्छे ठुलो पद वा शक्तिसाली हो भन्ने थाहा भयो भने सुरु मै यसले गलत ढंग बाट कमायो होला भन्ने लाग्छ र respect नै आउदैन….तर येदि त्यस्ता मान्छे हरु really इमान्दार हुन् भन्ने विश्वास लग्यो भने चाही १० गुना बादी श्रद्दा जाग्छ…

    Reply
  12. बशन्त राज says:
    May 8, 2014 at 11:09 pm

    बी बी सी समाचार अनुसार हालै एक चिनिया पत्रकारलाई चिनले पक्राउ गरयो / किन भन्दा ति पत्रकारलाई चिनको गोय्प्या सूचना दीयको आरोपमा पक्रीयाको रहेछ / येस्ता कुरा गर्यो भने चिनमा प्रजातन्त्र छैन तसर्थ सरकार बिरुद्ध बोल्नु त्यहा अपराध मानिन्छ / तर बिदेसीको अनुदानमा पत्रीका चलाऊनु भन्दा चिनको जस्तो सासन नै ठिक हो / तर उत्तर कोरीय जस्तो सासन चै होईन है /

    Reply
  13. raju sthapit says:
    May 8, 2014 at 10:27 pm

    खान नपाय न हास्नी , पैसा नपाय न नाच्नी बानी परी सक्यो नेपाली लाई …

    Reply
  14. Mk says:
    May 8, 2014 at 9:47 pm

    नेपालीहरु गरिब मात्रै भए ठिकै थियो, येसरी हरिप भएको देख्दा सारै चित्त दुख्यो / यो महामारी लाई कसरि रोक थाम गर्ने होला ?

    Reply
    1. Krishna says:
      May 9, 2014 at 5:13 am

      यसलाई रोकथाम गर्ने भनेको खोइजि खोजि भ्र्स्ताचारी र देश द्रोही लाइ नाङ्गे झार बनाउनु नै हो र हामी जस्ता जनताले यिनलाई बहिस्कार गर्नु पर्छ !
      अब चोखो त को छ होला ? कि छदै छैन ?? मेरो मन धरधर रोयो

      Reply
  15. महेन्द्र says:
    May 8, 2014 at 9:42 pm

    सञ्चारमाध्यममा विदेशी लगानीबारे टिकाटिप्पणी भएका बेला नेपालमा मनोरञ्जनको राम्रै इतिहास बोकेको ‘मह’ सञ्चारसमेत मुछिएको छ ।
    हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाममा सञ्चालित मह सञ्चारका लागि विभिन्न शीर्षकमा पटक पटक विदेशी सहयोग प्राप्त भएको खुलाशा भएको छ ।
    मह सञ्चारले उत्पादन गर्दै आएको केही टेलिफिल्ममा विदेशी रकम प्रयोग भएको हो । महलाई अमेरिकाले मोटो रकम दिएको हो । मह सञ्चारका लागि अमेरिकी सहयोग नियोग युएसएआइडी (USAID) ले संविधानसभाताका निकै ठूलो रकम दिएको छ ।
    प्राप्त प्रमाण अनुसार मह सञ्चारलाई अमेरिकी सहयोग नियोग युएसएआइडी (USAID) ले सन् २००६ देखि २००९ सम्म सात पटक गरी कूल अमेरिकी डलर पाँच लाख ६ सय दिएको छ ।
    यो रकम विहीबारको विनमय दर अनुसार ४ करोड ८७ लाख रुपैयाँ भन्दा धेरै हुन्छ । अघिल्लो संविधानसभालाई लक्षित गरेर रकम दिएको हो । प्राप्त रकमबाट मह सञ्चारले मतदाता शिक्षा सम्बन्धि टेलिफिल्म बनाएको थियो ।
    विभिन्न टेलिभिजनबाट टेलिफिल्म प्रसारण समेत भएको थियो । तर मदनकृष्ण श्रेष्ठ भने आफूहरुले उक्त रकम सोझै नबुझेको बताए ।
    ‘केमोनिक नामक संस्थाको सहयोगमा हामीले काम गरेका हौं,’ उनले भने, ‘मदनबहादुर हरिबहादुर शीर्षकको टेलिफिल्म बनाउन यो रकम खर्च गरेका हौं ।’
    महजोडीको नाममा मह सञ्चारका नरेन्द्र कंशाकारले रकम बुझेका हुन् ।
    मदनकृष्ण भन्छन् ‘हामी आफैंले टेलिफिल्म बनाउन सक्दैनौं, कुनै न कुनै सहयोग त चाहिन्छ त्यसैले विदेशी संस्थाको सहयोग लिएका हौं ।’
    http://www.nepalikala.com/2014/05/08/1752/
    मह जस्तो लोकप्रिय कलाकारले समेत आफैले टेलिफिल्म बनाउन नसक्ने रहेछन् । कुनै न कुनै सहयोग चाहिने बताएछन् । हरे रामराम, अरुको हालत के होला !

    Reply
  16. Raman Dhakal says:
    May 8, 2014 at 9:26 pm

    राम्रो उद्देस्यक लागि नेपालको हितमा पारदर्शी ढंगले रकम दिएको भएता तेसबाट देशलाई फायिदा पुग्ने थियो/ अंग्रेजी राम्रो बोल्ने, हुने खाने, देखाउनका लागि क्रान्तिकारी कम्युनिष्ट नारा दिने र बाहिर खोख्रो राष्ट्रबादको कुरा गर्ने र भित्र भित्र बिदेशीको स्वार्थ पूर्ति गर्ने काममा लाग्ने, गोपाल गुरागाईं कुन्दा दिक्षित जस्ता गरिबको नाममा धन कुम्ल्याउनेहरुलाई देशको कानुनको दायेरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नु जरुरि छ/ सलोक्याजी जस्तो देशभक्त नेपाली कति होलान र? वहाले यो समाचार प्रकाशमा ल्याएर देशको लागि ठुलो काम गर्नु भएको छ/ नामावली आए पछि यो समाचारलाई FM रेडियो, नेपाली अरु पत्र-पत्रिकामा प्रकाशन गरेर दुष्कर्म गर्नेहरुलाई नागरिक र कानुनी दुवै कठघरामा ल्याउन सबैले प्रयास गर्नु हुन पनि मा निबेदन गर्न चाहन्छु/
    फेरी पनि सालोक्य जी लै मुरी- मुरी धन्यवाद/

    Reply
    1. krish says:
      May 8, 2014 at 10:58 pm

      ए त्यसोभए लुकाउन का लागि प्रतिक्रान्तिकारी नारा लाउने ,भरिलो राश्त्रघाती कुरागर्ने कांग्रेसीहरुलाई त कानूनी दायरामा ल्याउनु पर्दैन नि होइन त साइदुवा / कि कांग्रेसी जति ले राम्रो उदेस्यले कुम्ल्याएका हुन् ?

      Reply
  17. BeeKalpa says:
    May 8, 2014 at 8:49 pm

    राम्रो प्रयास, डलर को खेति गरेर देशमा अराजकता सिर्जना गर्नेहरुको भण्डाफोर गर्नु पर्छ ,
    सबैको मुखुण्डो उतार्नु पर्छ,
    देश निकाला गर्दा कसो होला?

    Reply
    1. सिर्जने says:
      May 8, 2014 at 11:20 pm

      देश निकाला गर्नु एकदम राम्रो: भुटानी नेपालीहरु लाई डुक्पाले देश निकाला गर्यो, पछि नेपाल ले’नि पाल्न सक्दिन भनेर फेरि देश निकालेकै हो / अहिले उनीहरुको जिन्दगि राम्रै छ / डलर खानेहरुलाई देश निकाला गरेर डलर कमाउने देश मै पठाइदियो भने डलर खाएर पचाउन भन्दा डलर कमाउन गारो रै’छ भन्ने त थाहा पाउछन / राम्रो /

      Reply
  18. सुबोधराज प्याकुरेल says:
    May 8, 2014 at 8:35 pm

    कानुनको शासन, लोकतान्त्रिक विधी र सार्वजनिक जवाफदेहिताको वकालत गरिआएका अनेकनको नाम गाँसीएर आएको छ यो समाचारमा। उहाँहरुले र सरोकार राख्ने सबैले सम्बन्धित निकायहरु अर्थात नियमनकारी निकायहरुबाट उपयुक्त जवाफको आशा गरौँ /माग राखौँ।
    गैर सरकारी संस्थाहरुका हकमा सार्वजनिक जवाफदेहिता प्रमाणित गर्न गैससले पालना गर्नुपर्ने आचार संहिताका बारेमा गैसस महासंघले अबिलम्ब कार्यविधी जारी गर्नुपर्छ। असल कामकालागि कानुन पर्खिएर बस्नु पर्दैन।
    उल्लेखित ब्यक्ति र संस्थाहरुले प्रतिकृया /प्रष्टिकरण दिने मौका पाउनुपर्छ। ठाडठाडै गाली, गलौज र शंका, उपशंका नगरिहालौँ। नेपाल कानुन नभएको जंगली देश होइन। हामी पुराना र बिधी बिधान भएका देश मध्येमा पर्छौँ। अमेरिकी वा अन्य कुनैपनि वैदेशिक वा कुटनीतिक निकायले सम्बन्धित देशको जानकारी, सहमति र सहकार्यको सुनिश्चितता बेगर लगानी, दातब्य गर्नु हुँदैन /पाइँदैन। हुनसक्छ जतापनि हात थाप्ने, दाँत ङिच्याउने मगन्ते सरकारी नेताका चालले गर्दा हामीलाई र हाम्रो कानुन र अन्तर्राष्ट्रिय मान्यतालाई समेत यदाकदा बेवास्ता गरिएको होस।.संसदको कुर्सी र सांसदले चढने, तिनलाई ओसार्ने मिनी बस समेत माग्न सक्ने मगन्ते नेताका कारण जसलाई जे सुकैको नाममा जतिसुकै रकम दिएहुन्छ भन्ने लागेको होस।
    गल्ति /कमजोरी जे भएको छ त्यसलाई सच्याउने, सार्वजनिक गर्ने, कानुनको परिपालना गर्ने गराउने शिक्षा र अवसरका रुपमा यस्ता सुचनालाई लिनु पर्छ। तर, गाँठी कुरा के पनि छ भने, माईसंसारले सञ्चार गरेको यो समाचारको सत्यता स्थापित हुन्छ कि हुँदैन। जवाफदेहि र सत्यनिष्ठ सञ्चारको खडेरी पनि उत्तिकै ब्याप्त छ हामीकहाँ।

    Reply
    1. kedar says:
      May 9, 2014 at 3:44 am

      तपाई र तपाईंको नाम चलेको गैर सरकारी संस्थाले कती ह…डी थाप्यो, कती सदुपयोग र कती गोजीमा उपयोग गर्यो नेपाली जनतालाई इमान्दारीका साथ् भन्दिए पुग्यो सर | म त कहाँ तेस्तो अरु जस्तो हुँ भनेर नेपाली जनतालाई हँसाउन चैं न हंसाउनुस है, फेरी मेरी बास्सै हेर्न छोडछन् नि नेपालीले

      Reply
    2. roshani says:
      May 9, 2014 at 8:04 am

      सुबोधजी
      मानवअधिकार र नागरिक समाजको नाम मा यस्ता बिदेशी निकाय बाट “ठुलो” रकम लिनेहरुमा तपाइकै नाम आउछ, शंका नगरौं | सामाजिक र आम रूपमा स्वत स्फुर्त उठ्ने आन्दोलनलाइ तपाइले लट्टीपट्टि पारेर डलर थाप्ने भाडो बनाउनुहोला भनेरै तराइमा उठेका भुमि र दलित अधिकार सम्बन्धी आन्दोलनमा तपाइलाइ छेउ पर्न नदिएको हो, झन्डै एक दशक अघि | पछिल्लो जनआन्दोलन शुरु हुने बेलामा देबेन्द्र राज पाण्डे, कृष्ण पहाडी लगायतको अगुवाइमा शुरु भएको नागरिक अभियानमा तपाइलाइ टास्सिन नदिनुको कारण पनि यही हो | “सामाजिक र नागरिक ” यी दुइ शब्द को चरम दुरुपयोग आफ्नो व्यक्तिगत स्वार्थका लागि र दाता संग डलर माग्ने प्रोपोजलको लागि कसरी गरिन्छ भन्ने कुराको तपाइँ आफै उदाहरण हुनुहुन्छ |
      यदि राम्रो मनले आफु पनि सुध्रिने इच्छा राखेर यो कमेन्ट लेख्नु भएको हो भने, तपाइलाइ साधुवाद | मेरा कुरा गलत हुन् भन्ने दावी गर्नुहुन्छ भने आउनुस यही फोरम मा बहस गरम | नत्र यस्ता कमेन्ट लेखेर आफुलाई चोख्याउने प्रयास नगरिदिनु होला | तपाइँ केही सकारात्मक र केही नकारात्मक दुवै पक्ष तर्फबाट प्रख्यात/कुख्यात हुनुहुन्छ | चित्त दुखे माफी पाउँ |

      Reply
  19. Chetan Nepali says:
    May 8, 2014 at 8:10 pm

    यसबाट के पुस्टि हुन्छ भने नेपालमा पत्रकार होइन पत्रुकारहरुको जमात मात्रै रहेछ, देशको चौथो अंग भनौदाहरु थुइका !!!!

    Reply
  20. Jitman Rai 'Sabin' says:
    May 8, 2014 at 7:57 pm

    हा हा हा राष्ट्रको चौथो अंगको हालत, बिदेशी डलर सामु लम्पसार । पाए अलकत्रा निल्नेहरु नै देशका ठुला पत्रकारहरु अनि उनीहरु नै लगाऊ छन्, देश भक्तिको बढे बढे नारा । हरे मेरो देशको हविगत……

    Reply
  21. neden dongala says:
    May 8, 2014 at 7:49 pm

    नेपाल यो अवस्थामा पुर्याउनेमा कही कतै पत्रकारको ठुलो हात छ! किनभने पत्रकार दाजु भाइहरुले कहिले पनि साचो सत्य लेख्न जान्नु भएन जहिले पनि पैसा र पार्टीको हिसाबले काम गर्नुभयो! पत्रकारहरुले पत्रकारिता धर्म निभाउन सक्नु भएन झुटको खेति पत्रकारितामा गर्नु भयो! संसार भर छरिएर रहेका हामी नेपालीहरु नेपाली पत्रिका पढ्न कति उत्सुक हुन्छौ पत्रिकामा जे लेखिएको त्यसमा बिश्वास गर्छौ! त्यसैले पत्रकार दाजु भाइहरुले सत्य तथ्य बुझेर मात्र लेखिदिनु हुन्छ होला भन्ने बिश्वास लिएकी छु!

    Reply
  22. Biplab says:
    May 8, 2014 at 7:32 pm

    ओहो गुरागाई परिवारको मोज हेर न । बाफ रे बाफ । पुरै परिवार नै डलर खाँदो रैछ र पो उज्यालो रैछ । हुन पनि बर्षेनी विचरा गुरागाईले कसरी गाडी फेर्नु त डलर नपाए ।

    यति धेरै डलर खाँदा नि संस्था घाटामा गयो भन्दै कर्मचारी हटाउँछु भन्दै गर्जिन्छन् रे मालिक । के रैछ खास कुरो चैं ?

    धन्य हो अमेरिका, धन्य हुन् गुरागाई सर र म्यामहरु

    Reply
  23. manohari bhattarai says:
    May 8, 2014 at 4:30 pm

    यो देशमा अब कोही पनि बिटुलो रहेन . बिदेसीको हरिओ घास खानबाट ??
    सिर्फ़ हामी सोझा साझा नेपाली बाहेक ??

    Reply
  24. kedar says:
    May 8, 2014 at 4:08 pm

    डलर र यूरो हण्डी मुक्त र पारदर्शी हण्डीको नेपाली पत्रकारिताको कल्पना यो नेपाली समाजमा हाम्रै ज्यानले देख्न पाउनेवाला छैन |

    Reply
  25. क्षिर ध्वज says:
    May 8, 2014 at 2:29 pm

    जनताहरु बेकारमा डी भी भरेर बसेका .. पत्रकारको कलाकारको परिचयपत्र १ कपि संगै संलग्न गरि खुरुक्क US Office of Transistion Initiatives मा निबेदन दिएको भए डलर नै यहि पुर्येदिने रहेछन त ………

    Reply
  26. ramesh says:
    May 8, 2014 at 12:41 pm

    नरेन्द्र कंसाकार मह संचार को प्रमुख हर्ता कर्ता हुन् मदन कृष्ण र हरि बंश पछि का. उनले लिएको डलर को बारे मा मह जोडी ले थाहा नपाउने भन्ने कुरै छैन, र अझ मह को नाम मा नै आएको छ. मह जोडी ले पनि घुमाउरो गरेर खाएछ अमेरिकी हण्डी.हुन् त उनि हरु पछिला समय खालि प्रायोजित टेली शृंखला मात्रै बनाउथे, उनि हरु को बोलि, क्रियाकलाप मा यो डलर को प्रभाव छ कि छैन होला त?

    Reply
    1. Mahesh S says:
      May 8, 2014 at 10:38 pm

      महले टेलिफ़िल्म वनाउन प्रायोजक चाहीन्छ भनेकै छ । टेलिफ़िल्ममा प्रायोजकको नाम नी राखेकै छ । काम गरे पंछी पारीश्रमीक/नाफा नी लिएकै होला । क्रीयाकलापमा यो डलरको प्रभाव परेको छ कि छैन त्यसको मूल्याँकन तपाई हामी दर्शकले गर्ने हो नी । के तपाईलाई क्रीयाकलापमा यो डलरको प्रभाव परेको छ जस्तो लाग्छ?

      Reply
    2. सन्तोष says:
      May 9, 2014 at 9:44 am

      रमेशजी, मह जोडी को बोली र क्रियाकलापमा सांचिकै डलर प्रभाव पाउनुभो त? अहिले सम्म मेरो परिवार, साथी-भाई तथा चिनजानका व्यक्तिहरु बाट त वहाँहरुको बारेमा राम्रोनै सुनेकोछु! कुनै लहै लहै मा लागेर जे पायो तेही नभनौं भन्ने आग्रह गर्न चाहन्छु !!!

      Reply
      1. ramesh says:
        May 9, 2014 at 12:36 pm

        सन्तोष जी, मैले आरोप लगाएको होइन “डलर को प्रभाव परेको छ कि छैन ” भनेर प्रश्न उठाएको हो. मेरो व्यक्तिगत कुरा गर्नु हुन्छ भने उनि हरु पनि पाखण्ड नै हुन् कि जस्तो लाग्छ.

        Reply
  27. Mukesh Budhathoki says:
    May 8, 2014 at 12:33 pm

    यो स्वार्थको हण्डी $$$$$$$$
    खानेलाई लाउनुपर्छ डण्डी !!!!!—-|||\\\\\~~~
    तर गर्ने कसले ???
    पाउण्ड, युरो वा के के खानेले ??????
    नखाने कोहि भएपो सत्ताको साथमा !
    तर धैर्य गर्नुहोस !!
    बल छ नेपालीको बातमा र लातमा !!!!!!

    Reply
  28. लौटन अवधि says:
    May 8, 2014 at 11:55 am

    माइ संसार को गजब काम ! धुर्त फटाहा हरु को निद हराम !!

    यी हण्डीवाल हरु को भण्डाफोर हुनै पर्छ !!

    Reply
  29. bibek dhakal says:
    May 8, 2014 at 11:54 am

    डलरमणिहरु को त बिगबिगी नै रैछ नेपालमा!

    Reply
  30. cRIS says:
    May 8, 2014 at 11:49 am

    कुन्दा दीक्षित र मह संचार पनि लिस्टमा देखेर दु:ख लाग्यो!

    Reply
  31. arjun says:
    May 8, 2014 at 11:32 am

    हैन यो पत्रकार भन्ने को जातै भतुवा र भातमारा मात्रै हो कि क्या हो ? बेश्याले बरु आफ्नो शरीर बेच्छे, यी पत्रकार भनौदा हरुले त देश कै इज्जत पो बेच्दा रैछन त गाँठे ! आफ्नो तुच्छ र क्षुद्र स्वार्थ को लागि मुलुक को सूचना बेच्ने र बिदेशीको प्रोपोगान्डा मच्चाउन सहयोग गर्ने दलाल हरु लाइ त सार्बजनिक ठाउँ मा उभ्याएर लात मर्नु पो पर्छ है /

    Reply
  32. Suresh Paudel says:
    May 8, 2014 at 10:23 am

    राम्रै हात धुवाई भएछ त बगेको गंगामा…

    Reply
  33. Niraj Shrestha says:
    May 8, 2014 at 10:17 am

    देश बिगार्ने त पत्रकार हरुनै हुन, अरुको स्वार्थ अनुरुप उचाल्नी पछार्नी, भड्काउने, उक्साउने लास्टाँ नेतालाई दोष लगाउने अनि हामी पाठक, श्रोता, दर्शक लाटाले केरा हेर्या जस्तो।

    Reply
  34. roshani says:
    May 8, 2014 at 9:34 am

    ओहो गोपाल गुरागाईं परिवार ले त लास्टै बटुलेछ नि | गुरागाईं आफै, छोरी ज्वाइको रेडियो अडियो ले छुट्टै, छोरी शिखाले छुट्टै, ज्वाई दीपेन्द्र खनियाले छुट्टै, भाइ बिनय ले छुट्टै | हन कति खाए हूनन यार ?

    Reply
  35. Krishna says:
    May 8, 2014 at 9:27 am

    सय मा नब्बे बैमान, तै पनि हाम्रो नेपाल महान

    Reply
    1. सिर्जने says:
      May 8, 2014 at 9:52 pm

      कृष्ण जी,
      यो चै हिन्दिबाट अनुबाद गर्नुभो तर “सयमा उन्नान्सय …… ” हुनुपर्ने हो कि?
      १० प्रतिशत इमान्दार भएको भए त किन एस्तो बिजोक हुन्थ्यो र?
      कि बाकि ९ प्रतिशत चै एमाले जस्तो तटस्थ, यानिकी जता मल्खु उतै ढल्कु?

      Reply
      1. Krishna says:
        May 9, 2014 at 5:09 am

        हुनु पर्ने उनान्सय नै हो सृजाने जी तर इमान्दार पनि छन् है भनेर…….. १०% चाही इमान्दार लाई ध्यानमा राखेर छुट्याएको हो तर यो अधिकतम नै हो
        एमालेको सन्दर्भमा मेरो कुरा के भने…… कुन्नु कसले हो यो पार्टी त उभय्लिंगी हो भन्थे……… सन्चै होकी सोचनीय छ

        Reply

Leave a Reply to Biplab Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme