Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार दलको गठबन्धनले जितेको पत्रकार चुनाव

Posted on May 5, 2014 by mysansar

FNJनेपाल पत्रकार महास‍ंघको २४ औँ महाधिवेशनमा नेकपा (एमाले), क्यास र ड्यास दुवै माओवादी र मसालका भ्रातृ संगठनहरुको गठबन्धनको प्यानल एकातिर थियो भने अर्कोतर्फ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनको प्यानल। समावेशी उपाध्यक्ष एउटा बाहेक अन्य पदाधिकारीमा यही गठबन्धनका उम्मेदवार विजयी भए। खासमा ड्यास माओवादी र कांग्रेसबीच गठबन्धनका लागि वार्ता पनि भएको थियो। तर भागवण्डामा कुरा नमिलेपछि ड्यास अर्को गठबन्धनमा मिसियो। चार दलको गठबन्धन हुँदा पनि खुला उपाध्यक्ष र खुला सचिवमा १० र ९ भोटको अन्तरले मात्रै युनियन उम्मेदवार पछाडि परे।

इमेज च्यानलका समाचार प्रमुख डा. महेन्द्र विष्टको नेतृत्वमा चुनिएको पत्रकारको नयाँ नेतृत्वबाट के अपेक्षा गर्ने त ? रविराज बरालको ब्लग-
• कम्तिमा महासंघ नेतृत्वमा गैरपत्रकार पुगेका छैनन्। महासंघलाई पत्रकारमात्रको संस्था बनाउने गरी पूनर्संरचना गर्ने सम्भावना जिवित छ भन्ने प्रमुख संकेत यही ह