देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान आइतबार निर्धारित समयभन्दा करिब ५ घण्टा ढिला सुरु भयो। मतदान सुरु हुँदा राति अबेर भइसकेको थियो। पत्रकारहरु भेडाबाख्रा झैँ भर्याङमा अव्यवस्थित रुपमा लाइन लागिरहेका थिए। अनि भनिरहेका थिए- जिन्दगी मै भोट हाल्न यति लामो लाइन बस्नुपरेको थिएन। होहल्ला उत्तिकै ! साढे दुई बजे नै हुने भनिएको मतदान खै कुन्नि के कारणले हुन सकेन। जब न्युजरुममा ‘पिक आवर’ सुरु भयो र जब धेरै पत्रकार कार्यालय वा घर फर्किसकेका थिए, तब बल्ल मतदान सुरु भयो। हेर्नुस् कति अव्यवस्थित रहेछ चुनाव, केही फोटो-
विधान संशोधन गरेपछि त्यसलाई जिल्ला प्रशासनले अनुमोदन गर्नु पर्ने रहेछ। सुरुमा त त्यसैका लागि ढिला भयो। त्यहाँमाथि यसपटक समावेशी पदहरु थपिएकाले कस्तो किसिमको मतपत्र बनाउने भन्ने पनि अन्यौल रहेछ भन्ने सुनियो। त्यसैगरी प्रज्ञा प्रतिष्ठानको चौरमा मतदान गराउने विचार पनि दर्किएको पानीले असफल बनाइ नै हाल्यो।
ल भैगो नि त भोलि चुनाव गराउँदा हुन्न थियो त ? हुन्न रे, ८/१० लाख रुपियाँ थप बजेट लाग्छ रे- देशभरबाट आएका प्रतिनिधि (सभासद्- संविधान बनाउने सभासद् हैन, पत्रकारका सभासद्) लाई थप एक दिन पाल्नु पर्दा।
साँझ ढल्दै गएपछि पत्रकारहरु घरतिर लाग्दै गए। काम गर्नेहरु कार्यालयतिर लागे। अनि दलका कार्यकर्ता जस्ताहरु भने लाइनमा तँछाडमछाड गरी बस्दै। कांग्रेसीहरु यो सब कम्युनिस्ट प्यानललाई जिताउने षड्यन्त्र हो भन्दै थिए।
यसपालि पत्रकार महासंघको राजनीति पनि गजबको छ। सबभन्दा पहिला बुझ्नुस्- नेपाल प्रेस युनियन भनेको नेपाली कांग्रेस, प्रेस चौतारी भनेको एमाले, क्रान्तिकारी पत्रकार महासंघ भनेको एमाओवादी र क्रान्तिकारी पत्रकार संघ भनेको ड्यास माओवादीका भ्रातृ संगठनहरु हुन्। यसपालि कम्युनिस्टहरु जति एक ठाउँमा मिलेर गठबन्धन बनाएका छन् भने कांग्रेसको एकलौटी उम्मेदवार छ। तर त्यहाँभित्र घातअन्तर्घात हुने निश्चित छ। त्यसैले परिणाम रोचक हुनसक्छ।
अझ रमाइलो त के भने अन्तिम समयसम्म के-के पदमा क-कसको उम्मेदवारी छ भन्नेसम्म भोट हाल्नेहरुलाई थाहा थिएन। महासंघको वेबसाइटमा उम्मेदवारीको त कुरै छाडौँ महाधिवेशन भइरहेको छ भन्ने जानकारीसम्म छैन। वकिलहरुको बार एसोसिएसन, उद्योगी/व्यापारीहरुको उद्योग वाणिज्य महासंघभन्दा खत्तम देखियो सूचना प्रवाहमा समेत स्वयं सूचनाका संवाहकहरु।
रातमा चुनाब गर्ने कुरा सुन्दा एक नेपाली उखान याद आयो / यो नेपाली उखान ढिलासुस्ती संङ्ग सम्बन्धित छ /
“इयाली बियाली दिन गुमाई, जुनेली रातमा बिस्कुन सुकाई /”
५ घण्टा ढिला चुनाब सुरु, त्यो पनि रातमा माथि को उखान चरितार्थ भै गो नी /
यी शिक्छित पत्रकार भनौदा हरुलाई देखेर घृणा जाग्यो भेडा बाख्रा भन्दा के कम अनि सुँगुर बुन्गुर ले गर्दिन होला येति सारोह फोहर
ऋषि धमला चै देखिन त फोटो मा 🙂
फोवोर को थुप्रो हो ! अनि येति धेरी भरंगमा , बिदेस मा भए बरुण यन्त्र ले बन्द गरि दिन्थ्यो. Too many people on the stairs, it’s a fire hazards. Surprise no one was injured or killed…
पत्रकार हुन् कि पत्रुकार ? के बिधि कागज छरपस्ट पारेको ?
शिक्षित पत्रकारको अशिक्षित ब्यबहार
हेर यिनीहरु को गति, बिचरा भेडालाई नुन देखाउदा भिडभाड गरे जस्तो। दिनरात समाचार संकलन गर्न ठाउ ठाउमा पुग्नु पर्ने हरु त अलि फुर्तिला र पातला हुनु पर्ने के बिधि मोटा हुन् ।बंगुर जस्ता।।
अरुको खोईरो खनेर समाचार बनाउनेको हालत देख्दा अचम्म लाग्छ बा।
नेपालमा येस्तै हो जान्ने सुन्नेले सोझो नियम अनुसार हिड्नेलाई संधै भेंडा बाख्राकै
ब्यबहार गर्छ | अनि निहित स्वार्थमा हिड्ने संघ संगठनले बल मिचेर अर्काको हक हित
खोस्ने गर्छ | हाम्रा पत्रकार पनि सभासद भन्दा कहाँ कम छन र ?
भ्रष्टको गोडा मोल्ने चेतनशील बर्ग र सत्य तथ्य समाचार दिएर जनचेतना जगाउने संचारमा झुटाको खेति गर्ने भेडे पत्रकार र खुमे,बले,जोशी,वाग्ले,हवाल्द्दार जस्तो चोखो कुशल नेता भएको देशको अवस्था कस्तो होला,आफै अनुमान लगाउनुस,
रास्ट्रको चौथो अंग भनिने पत्रकरिकता जहाँ स्नातक, स्तानाकोतर र बिध्यबिरधि गर्नेहरुको यो हाल छ भने दुइ करोड भन्दा बढी स्नातक भन्दा तलका हामी नेपालीहरुको हालत अनुमान गर्न सकिन्छ
मेरो बिचारमा भित्र हुने सबै मतदाताहरुले मत खसाल्न पाउछ नै होला !!!
मिचा मीच गर्ने हाम्रो प्रवृति दशको देखि देख्दै छु
सार्वजनिक ठाउं हरुमा त झन् बेहाल छ
कहिलो घैटोमा घाम लाग्ने होला ?
सुरज श्रेष्ठ मास्के
यिनै पत्रकारहरु अरुलाई अर्ति उपदेश दिन्छन् , यसो गर्नु पर्यो उसो गर्नु भन्छन् पहिला आफ्नो घर बनाउनेतर्फ लाग अनि अरुलाई अर्ति देउ। भ्यागुतोको नाम बासुदेव भन्या जस्तो पारा गर्नेछन् ।
यस्तो भएन उस्तो भएन भनेर समाचार लेख्न र भट्याउन त सजिलो हुन्छ। थाहा पाउनु भयो गर्न कति गाह्रो हुदो रहेछ। नमरि स्वर्ग देखिन्न!