Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिभी परेको भनेर झुक्याउला है ठगले सावधान ! यसरी आफै हेर्नुस् नतिजा

Posted on May 2, 2014May 2, 2014 by Salokya

usembassy अमेरिकाले वर्षेनी चिट्ठाप्रथाबाट बाँड्ने डाइभर्सिटी भिसा (डिभी) अन्तर्गत सन् २०१५ को पहिलो लटको नतिजा नेपाली समय अनुसार गएराति सार्वजनिक भएको छ। पोहोर साल अर्थात् अक्टोबर १ देखि नोभेम्बर २, २०१३ सम्म इन्टरनेटबाट भरिएका आवेदन फारामको आधारमा यो नतिजा निकालिएको हो। डिभी परेको/नपरेको हेर्ने भन्दै विभिन्न फर्जी वेबसाइटहरुले वा इमेलहरुले वा चिट्ठीहरुले झुक्याउन सक्ने हुनाले सावधानी अपनाउनु पर्छ। कसरी थाहा पाउने त चिट्ठा पर्‍यो कि परेन ?
EDV
चिट्ठा पर्‍यो कि परेन भनेर थाहा पाउने एक मात्र उपाय अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तर्गत रहेको कन्सुलर अफेयर्स ब्युरोको आधिकारिक वेबसाइट हो।

यहाँ क्लिक गरी तपाईँ त्यो साइटमा जान सक्नुहुन्छ

यसमा तपाईँले तीन वटा जानकारी भर्नुपर्ने हुन्छ।

पहिलो कन्फरमेसन नम्बर हो। यो तपाईँलाई डिभी फाराम भरिसकेपछि अन्तिममा दिइएको हुन्छ। यसको ढाँचा 2015xxxxxxxxxxxx अर्थात् सुरुमा साल अनि पछाडि अङ्क वा अक्षर हुन्छन्।

कन्फरमेसन नम्बर बिर्सियो भने चाहिँ के गर्ने नि ?

धन्दा नमान्नुस्। यहाँ क्लिक गर्नुस्।

त्यहाँ गएर तपाईँले कुन वर्षको डिभीका लागि आवेदन फाराम भरेको हो त्यो साल, नाम , जन्ममिति र भर्दाखेरी राखेको इमेल ठेगाना अनि त्यसको मुनि चित्रमा देखाइएका अक्षरसँगैको बाकसमा टाइप गरी राख्नुभए कन्फरमेसन नम्बर पाउन सकिन्छ।

कन्फरमेसन नम्बर भएपछि फेरि पुरानै साइट अर्थात् यहाँ जानु पर्ने हुन्छ।

त्यहाँ गएर कन्फरमेसन नम्बर, थर र जन्मेको वर्ष टाइप गरी त्यसको मुनि चित्रमा रहेका अक्षरहरुलाई सँगैको बाकसमा टाइप गरी सबमिटमा क्लिक गर्नुभए डिभी परे/नपरेको थाहा पाइन्छ।

यसबाहेक अरु कुनै पनि उपाय वैध हुँदैनन्। कुनै कुनै कन्सलटेन्सीहरुले हामीले भरेको मध्ये यतिलाई पर्‍यो भनेर सूचि राखेका हुन्छन् भने त्यो झुटो पनि हुनसक्छ। उनीहरुले आफैकहाँ शुल्क तिरेर ग्राहकहरु भर्न आउन् भनेर झुटो लेखेका पनि हुनसक्छन्।

त्यस्तै इमेलहरुबाट तपाईँलाई डिभी पर्‍यो यति डलर पठाउनुस् भनियो भने त्यो ठगी हो भनेर बुझ्नुस्। डिभीबारे जानकारी इमेल वा पहिले जस्तै चिट्ठी पठाएर दिइँदैन भनेर काठमाडौँस्थित अमेरिकी दूतावासले विज्ञप्ति नै जारी गरेको छ।

त्यसैले कसैले पनि फोन, चिट्ठी वा इमेलबाट डिभी परेको भन्दै पैसा माग्यो भने ठगी हो भन्ने बुझ्नुस्। डिभी परे/नपरेको हेर्ने एक मात्र उपाय माथि उल्लिखित आधिकारिक साइट हो।

डिभी परेको भनेर धेरै जना ठगिएको थाहा पाएरै दूतावास आफैले यस्तो सूचना जारी गर्नुपरेको हो। दुःख गरी कमाएको पैसा ठगको हातमा नपरोस्। पैसा कसैको हातमा बुझाउँदै नबुझाउनुस्। कुनै कन्सलटेन्सीबाट भरेर डिभी परेको हो भने पनि फेरि त्यही कन्सलटेन्सीमा जान आवश्यक छैन। तपाईँ आफै बाँकी प्रक्रिया पूरा गर्न सक्नु हुन्छ।

कसैलाई कुनै अन्यौल भए अलि बुझ्ने मानिससित सल्लाह लिउँ। वा तल कमेन्टमा लेख्नुस्, यहाँका बुद्धिमान र सहयोगी पाठकले तपाईँलाई सहयोग गर्नेछन्।

18 thoughts on “डिभी परेको भनेर झुक्याउला है ठगले सावधान ! यसरी आफै हेर्नुस् नतिजा”

  1. sandhya malla says:
    May 8, 2014 at 8:22 am

    Dv त पर्यो तर +२ छैन के गर्नु पर्ला ?

    Reply
  2. bhakta says:
    May 5, 2014 at 3:33 pm

    लार्निग बाई सॆइङ्ग ! के भो त अम्रिका टिक्न नसके केहि सिकेर आउछन नेपालमै केहि गर्छन … नेपालमा अहिले कृषि पढ्नेले भन्दा इजराएल , मलेसिया , यूरोप जानेले सिप आएत गरि कृषिमा तहल्का मचाका छन् / त्यसोत नेपालि जुनै देश मा गए पनि टिकेकै छन् -मिहनेती, ईमान्दार का कारण केहि कमाकै छन् / अहिलेको अबस्थामा आदि जनसंख्या विदेश गए पनि बिग्रने वाला केहि छैन नेपालमा / हासी हासी खान पाउछन भने रोइ रोइ किन बस्ने ? १२ महिना काम गरेर तिन महिना खान नपुग्ने ठाउमा काम किन गर्ने ? सट्टामा तीन महिना काम गरेर १२ महिना खान पाउने र परिवारलाई खुवाउने ठाउमा किन नजाने? राज्यले काम दिन नसकेका बल उमेर भाका छोरा छोरी हरु बिना काम सुतेर खेलेर बस्नु भन्दा बाहिर निस्केर सके परिवारलाई हेल्प गर नसके आफु पालिउ ! घरको जोगाउनु पनि कमाउनु हो भन्ने बिर्सनु हुन्न/ केहि गर्ने लाइ रोक्नु भनेको सामन्ती सोच हो – एसले कमायो भने मा तल पर्छु भन्ने धारणा हो केहि आफन्ती, साथी र गाउका हुने खाने टोबलिएका हरुको ! त्यसैले जसले जहा जहा सक्छ उही उही गर तर मातृ भूमिलाई नबिर्स , घरलाई नबिर्स , दिन दुखिलाई सहयोग गर ……….

    Reply
  3. JeevanB says:
    May 4, 2014 at 3:30 pm

    अमेरिका जाने बितिक्कै सबै कुरा राम्रो हुने पक्कै होइन, जानेहरु र बसिरहनेहरु पनि जे काम पनि गर्छु भनेर नै जाने हुन् | मानशिक र शारीरिक रुपमा बलियो हुनु जरुरि छ | जति सुकै नेगेतिव कुरा गरे पनि अहिले सम्म अमेरिका त खत्तम छ भनेर फर्केकाहरु कोहि देखिन्दैन | जे होश, नया डिभीवालाहरुको अमेरिकाको बसाइ शुखमय होश |

    Reply
  4. Prabin says:
    May 3, 2014 at 12:38 am

    अब खै के गर्ने हो पोहोर साल DV भरेर पछि आफु UK तिर हान्नियो अहिले DV पनि पर्यो ल साथी Bahai Jo amerika मा हुनुहुन्छ सल्लाह दिनुस uk छोडेर USA हान्नु राम्रो होलाकी एती ठिक hola

    Reply
  5. तेजप्रसाद अधिकारी says:
    May 2, 2014 at 9:46 pm

    यो हाम्रो कस्तो नियति…? आफ्नो जन्मभूमि छोडेर अरुको देशमा स्थायी बसोबास पाइने चिट्ठा पर्यो भनेर खुसि हुनु पर्ने…!!!

    Reply
    1. neerose says:
      May 3, 2014 at 3:06 pm

      आफ्नो जन्मभूमि भनेर के गर्ने झुसिल्किराहरुको प्रकोप नियन्त्रण बाहिर गै ज्यादा भयसि तेस्तो ठाउ छाडि जानुनै उचित हुन्छ!
      तेसैले खुशी हुनुपर्याहो, बल्ल झुशिल्किराहरु बाट छुटकारा पाइयो भनेर!
      कि कसो?

      Reply
  6. Teken says:
    May 2, 2014 at 6:36 pm

    यो पहिलो लट हो वने अब कति लट निस्कन्छ होला कृपया जानकारी पाउन पाए आभारी हुने थिए…..

    Reply
    1. महेन्द्र says:
      May 3, 2014 at 8:54 am

      ठ्याक्कै भन्न सकिन्न । सुरुको लटमा नाम परे पनि विभिन्न कारणले अयोग्य भएमा उसको साटो अर्कैलाई डिभी पार्न सकिने प्रावधान छ । त्यसैले कम्तिमा जुन ३०, २०१५ सम्म तपाईँले आफ्नो कन्फरमेसन नम्बर सुरक्षित राखिरहन साइटमा सुझाइएको छ-
      DV-2015 entrants should keep their confirmation number until at least June 30, 2015.

      Reply
  7. Niban says:
    May 2, 2014 at 4:44 pm

    भर्खर DV को नतिजा आयो ! पर्ने जति दाजु भाई लाइ बधाई ! तपाई लाइ DV त पर्यो ! पक्कै पनि खुसि नै हुनुभएको होला ! सपना को देश अमेरिका जान लाग्दा ! कति ले भोज गर्नु भो होला ! नेपाल मा सोचेजति अमेरिका छ त ? अह पक्कै छैन !
    तपाई अमेरिका आइपुग्नु भयो ! आउने बितिकै काम पाउने कुनै ग्यारेनटि हुदैन ! तपाई आएको १ २ महिना सम्म पर्खिनु पर्ने हुन सक्छ ! ठाउँ र मौसम हेरेर ! २ महिना को घर भाडा बिजुली को बिल तपाई ले तिर्नु पर्छ ल्याको पैसा ले ! सामान्यता २ बेड रुम को ७०० जति पर्छ (ठाउँ हेरी कम्ति र अलिक बडी पनि हुन सक्छ ! साथी संग गफ गर्नु नै पर्यो ! Internet जोड्नु पर्यो (४० $) ! ल तपाई ले १ महिना पछि काम गर्नु भयो अथवा तपाई ले काम पाउनु भयो ! तपाई कुनै कुरा मा दक्क्ष र अंग्रेजी ठिक ठिकै छ भने तपाई ले काम गरेबापत घण्टा को $८ ले पाउनु हुन्छ ! काम ENTRY LEVEL हो ! काम मा जान कार अनिबार्य हो ! कुनै कुनै city मा bus नि लाग्छ ! प्राय एउटा कार चाहिंछ ! कार काम गरेर कमाए अनुसार सस्तै मा पाउछ ! तपाई को काम को हिसाब गरम है !
    दिन को ८ घण्टा काम गर्नु भो ( प्राय OT हुदैन )
    ८ * ८ = ६४
    हप्ता को ३२० ( ५ दिन काम )
    यो मा tax काटछ ! तपाई को हात मा २५०-२६० को check हात पर्ला ! महिना को $१०००.
    अब तपाई को खर्च अनुमानित !
    ७०० – घर भाडा !
    १०० – बिजुली को बिल ! ( Winter मा बेसी आउच )
    ४० – Internet को बिल !
    १२०-५० ( कार को insurance )
    २८० ( कार किस्ता मा किनेको हो भने ! महिना को किस्ता )
    खाना खर्च ( २०० )
    फोन – 40
    अब मिलाएर हिसाब गर्नु होला ! धन्यवाद ! तर पछि राम्रै होला भन्ने आशा ले दुख गर्दै छु ! परेको हरु हरेस नखानु होला ! आउनुहोस ! केई सकिएन भने संसार घुमियो भन्दै चित्त बुजाउला !

    Reply
    1. sujan says:
      May 3, 2014 at 3:58 am

      यो तपाई को हिसाब भो, गास स्टेशन /लिक़ुओर स्टोर मा काम गरेमा १२-१५ घण्टा दिन्छ , ८ दोल्लर/ ७ तै दिन को हिसाब ले महिना को २००० दोल्लर त मजाले बच्छ !!! बस काम गर्ने जागर हुनु पर्छ !!!

      Reply
    2. neerose says:
      May 3, 2014 at 3:16 pm

      लटरि किन्नेनी हप्ते पिच्छे दुइ चार वोटा, डिभि त पर्यो भने लटरि कस्सो नपर्ला गाठे!
      नापरेनी अर्को परेको मान्छेको उछिट्याउन त पाइदो रैछानी तेता नेपाला त त्यो पनि छैन क्या! अस्तिना घर चिट्टा खेलाउथ्यो तर जसले घर बनायो तेसैलाई चिठ्ठा पर्ने जसले चिठ्ठा खेलायो तेसैलाई घर पर्ने हाहा!

      तेस्तो गार्यो ठाउमा के बसिराको त, साथिपानी फर्किदा हुन्छ नि हो!

      Reply
  8. Amrit says:
    May 2, 2014 at 4:03 pm

    यो पहिलो लट भनेपछि फेरि अर्को लटमा पनि नतिजा निकाल्छ ???

    Reply
  9. bishal shrestha says:
    May 2, 2014 at 3:11 pm

    डिभि’ प्रचन्डलाई परोस, माकुनेलाई परोस,ओलिलाई परोस,बामदेबलाई परोस, यिनीहरु सबै गएसी नेपाल नै अमेरिका बन्छ बरु यहि बस्छु म !!!
    बरा! स्वर्गका राजा ईन्द्रलाइ पनि डिभि परेन जस्तो छ… हिजो राती रिजल्ट आए देखुन् ननस्टप रोइराछन् ।

    Reply
    1. bijay says:
      May 3, 2014 at 12:54 am

      यिनीहरुलाई डी भी परेर नेपालबाट भगाउन सकियो भने म गणेश भगवानलाइ सयवटा लड्डु चडाउछु /

      Reply
  10. sujan premi says:
    May 2, 2014 at 2:52 pm

    मैले पदी डी भी भरेको त्यहाँ भने जस्तै गरेर राख्दा देखाउदाइन नित

    The information entered is not valid. Please review the Confirmation Number, your Last/Family Name, and Year of Birth
    to ensure you have entered them exactly as they appear on your DV Confirmation Page.

    Several characters are often confused:
    0 = zero, O = letter ‘O’, 1 = one, I = letter ‘I’ (like ‘Ice’), 6 = six, G = letter ‘G’, 8 = eight, B = letter ‘B’ यस्तो भन्छ

    कृपया मलाई स्पस्ट परिदिनुहोला
    सुजन प्रेमी फोन नम्बर ९८४९८५३३८५ र ९८१३९८५५४० सहयोगको आशामा
    धन्यवाद

    Reply
    1. Hari Krishna Wagle says:
      May 2, 2014 at 9:45 pm

      सुजनजी, तपाइंले जानकारी टाइप गर्दा गलत प्रविस्ठी भयो भने यस्तो देखिन्छ. फेरी प्रयास गर्नुहोला. धेरै अँङक अक्षर झुक्किने भएकोले टाईप् गर्दा गल्ति हुनसक्छ. गुड लक्.

      Reply
  11. Anand says:
    May 2, 2014 at 12:36 pm

    पहिलो लोट मा त परेन, दोश्रो लोटको नतिजा कहिले आउछ होला सालोक्यज्यु ?

    Reply
    1. ne-v says:
      May 3, 2014 at 5:05 am

      I think the next (second) result will be published on Sept 1st.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme