[यो ब्लग हिजो प्राविधिक कारणले अपूरो छापिएकोले क्षमा माग्दै पूरा अंश थपेर आज पुनः राखेको छु- Salokya]
केही समयदेखि पूर्वी नेपालका केही जंगलमा झुसिलकिराको प्रकोप (outbreak) ले लालीगुराँसका रुखहरू नांगा भएका खबर पत्रपत्रिकामा आइरहेका छन्। ती झुसिलकिरा कहाँबाट आए ? किन यस्तो प्रकोप भयो ? र, यो प्रकोपको कसरी नियन्त्रण गर्न सकिएला ? भन्ने जिज्ञासा ती क्षेत्रका बासिन्दा र केही सरकारी, गैर-सरकारी संघसस्थाहरूबाट आइरहेका छन्।
ती झुसिलकिराहरूबाट कहाँ आए?
अहिले चर्चामा रहेका झुसिलकिराहरू रातो टाउके गुराँसे झुसिलकिरा (red-headed azalea caterpillar) हुन् र यिनको वैज्ञानिक नाम डाटाना मेजर (Datana major) हो। यिनीहरू पुतलीका टाढाका नातेदार “मोथ” हुन् । मोथ र पुतलीमा धेरै भिन्नता हुन्छन, जस्तो कि सामान्यतया पुतलीहरू दिनचर हुन्छन भने मोथहरू रात्रिचर।
अहिले देखिने रातो टाउके गुराँसे झुसिलकिरा डाटाना मेजर मोथका लाभ्रे हुन्। वयस्क मोथ पखेटा फैलाउँदा ४-५ सेमी सम्मका हुन्छन भने लाभ्रे ५ सेमीसम्म लामा।
Datana drexelii मोथ पनि रातो टाउके गुराँसे मोथसंग निकै मिल्दो जुल्दो देखिने भएकोले कहिलेकाँहीं हामीहरू ती दुई बीच झुक्किने गर्छौं। वयस्क रातो टाउके मोथका पखेटाहरू खैरा-सुन्तले रंगका हुन्छन् भने पछिल्ला पखेटाको रंग अलि गाढा हुन्छ तर Datana drexelii का पखेटा भने गाढा राता-खैरा हुन्छन्।
Datana drexelii का लाभ्रेहरू शरीरमा पहेँला धर्कासहित बढी राता हुन्छन् तर यिनीहरूले गुँरासमा आक्रमण गर्दैनन्।
लाभ्रेहरू शुरुका अवस्थामा सातवटा ठाडा राता धर्काहरू सहित पहेलो शरीर र काला टाउके हुन्छन तर उमेर बढ्दै गए पछि यिनीहरू झन् रंगीन हुदै जान्छन्। परिपक्व लाभ्रेका टाउका र खुट्टा चम्किला राता हुन्छन भने बाँकी भाग मध्ये अन्तिमको एउटा खण्ड पनि रातो नै हुन्छ र बाँकी भाग कालो।
शरीरको माथिल्लो भागमा ८ वटा पहेला र कहिलेकाँहीं सेता लामा धर्काहरू हुन्छन। प्युपा र बयस्क मोथले गुराँसका पातहरु खादैनन बरु यसका लाभ्रेहरूले नै हुन् बोट नै नांगो हुने गरी गुराँसका पातहरू खाने।
यिनीहरूको मुख्य बसोबास हुने ठाँउ नै गुराँसको बोट भएकोले यिनीहरू अन्त कतैबाट आएका होइन। तिनीहरू पहिलेदेखि नै त्यहीँ थिए। अहिले प्रकोप भएकोले हाम्रो नजरमा परेको मात्रै हो।
पोहोर साल पोथी मोथले अरु बेला भन्दा धेरै अण्डा पारेको र तिनका प्युपा अहिले बयस्क भै निस्केर धमाधम अण्डा पार्नाले अचानक धेरै लाभ्रे देखिएका हुन्।
वसन्त मौसमको अन्तदेखि गर्मी मौसमको शुरुतिर पोथी मोथले गुराँसको पातको तल्लोपट्टी एक पटकमा ८०-१०० अण्डाको थुप्रो पार्दछे। अण्डाबाट निस्कने बित्तिकैको पहिलो लाभ्रेले गुराँसका पातका नसाहरू मात्रै बाँकी रहने गरी हरियो भाग सबै खान्छन्।
त्यसपछि हुर्केका लाभ्रेले पातका हरियो भाग मात्रै होइन कि पातका नसाहरू समेत खाइदिन्छन। त्यसरी खाने हुँदा यदि धेरै लाभ्रे एउटै गुराँसको रुखमा भएको खण्डमा त्यो रुख पुरै नाङ्गो हुन जान्छ।
यो मोथले साधारणतया एक वर्षमा एउटा पुस्ताको मात्रै जीवनचक्र पुरा हुने भएपनि हावापानी र तापक्रम मिलेको खण्डमा कहिलेकाँहीं दोश्रो पुस्ताको केही खण्ड पूरा गर्न सक्छ। दोश्रो पुस्ताको जीवनचक्र पनि शुरु हुने भएमा गुराँसका पातहरू अझै धेरै खाइदिने हुनाले जंगल अझै धेरै नाङ्गो हुन जान्छ।
लाभ्रे पूर्ण विकसित भइसकेपछि जमिनमा खसेर माटोमा ५-१० सेमीमुनि प्युपाको रुपमा सुशुप्त भै बस्दछ र अर्को बसन्तमा वयस्कको रुपमा निस्कन्छ।
किन यस्तो प्रकोप भयो?
जंगल एउटा बिशेष पर्यावरणीय प्रणालीको सन्तुलनले चलेको हुन्छ। त्यो प्रणालीमा केहि तलमाथि परेमा त्यस्तो प्रकोप हुन जान्छ। केहि हाम्रो नजरमा पर्छन, केहि पर्दैनन्।एउटा प्रजातिको संख्याले अर्को जीवको संख्यालाई सन्तुलनमा राखेको हुन्छ। त्यो सन्तुलित प्रणालीको कुनै सदस्य जीवको संख्या कुनै पनि कारणले तलमाथि हुनासाथ अर्को जीवको पनि संख्या तलमाथि हुन जान्छ। त्यसमा पनि सबैभन्दा धेरै संख्यामा रहेका जीवले दोश्रो संख्यामा रहेका जीवलाई पहिलो हुन सधै रोकेर राखेको हुन्छ तर कुनै कारणले सबैभन्दा बलियो जीवको संख्यामा कमी भयोभने दोश्रो जीव माथिको दबाब खुकुलो भै तिनको संख्या अचानक बढ्न थाल्छ। त्यसको संख्या अचानक बढीदिने तर त्यसलाई नियन्त्रण गर्न सक्ने शत्रुजीवहरूले आफ्नो संख्या त्यहिं अनुपातमा तत्कालै बढाउन नसक्नाले झनै धेरै संख्यामा बढ्न जान्छन र त्यो प्रकोपको रुपमा देखिन्छ।त्यस्तो प्रकोप कहिलेकाँहीं त्यो प्रणालीमा कुनै बाहिरिया जीवको प्रवेशले पनि हुनसक्छ।बाहिरिया जीवले त्यहाँको सबै सन्तुलन खल्बल्याई दिनेहुनाले त्यस्तो हुने हो।
प्रकृतीमा यस्ता घटनाहरु सामान्य हुन्। यस्तो प्रक्रियाहरूप्रकृतीमा चलिरहेका हुन्छन, जसरी पृथ्वीमा ठुलो बर्षात, खडेरी, हावाहुरी, आँधी, भूकम्प वा सुनामी आउछन । यी सबै प्रकृतीका रहस्यमय गतिबिधि र ब्यबहार हुन् जसका पछाडी अनगिन्ति कारणहरू हुन्छन्।
केहि समयपछी राता टाउके लाभ्रेको शत्रुजीवले आफ्नो संख्या पनि हर्लकै बढाई दिन्छ, मोथले पनि वरपर भएका सबै खानेकुरा खाएर सकेको हुनाले, खाना र बसोबासको लागी आ-आफैमा प्रतिष्पर्धा भैदिनाले कि त संख्या घट्न जान्छ वा अलि परसम्म प्रकोप फैलिन जान्छ। तर मौषम र अन्य प्राकृतिक कारणले गर्दा अनन्तसम्म प्रकोप यसरी नैचलीराख्न सक्दैन।कसै-कसैले यसलाई बातावरणमा आएको परिवर्तन वा पृथ्वीको तापक्रममा भएको वृद्धि (global warming) लाई पनि कारण मान्नसक्छन तर त्यो खाली एउटा अनुमान मात्रै हो। त्यस्तो प्रकोप नै आउने गरी तापक्रम बढी सकेको छैन।त्यो प्रमाणित गर्न निकै लामो र गहन अनुसन्धानको जरुरी हुन्छ। एउटैप्रकोपलाई आधार मानेर त्यस्तो निर्क्यौल निकाल्नु बिज्ञान सम्मत हुदैन।
यो प्रकोप कसरी नियन्त्रण गर्न सकिएला?
यो मोथका लाभ्रेहरू निकै खन्चुवा हुन्छन र समुहमा रहने र समूहमै रुखका पातहरू खाने हुनाले रुखहरू पुरै नांगै हुन धेरै समय लाग्दैन।आज सध्ये देखिएको गुँरास भोलि नांगो हुनजानु यस्तो बेला सामान्य हो।यी मोथहरूनिश्चित क्षेत्रमा फैलिएपछि र केहि समय बितिसकेपछी प्रकृतीले पनि आफ्नो सन्तुलनलाई जोगाइ राख्न गर्ने प्रयासहरूले यो किरा दोश्रो भन्दाबढी पुस्तामा पुग्न सक्दैन। मोथको शत्रुजीवको संख्यामा वृद्धि हुनजाने, लाभ्रेको खाना सकिने र अरु प्रजातिका जीव जन्तुको दवाब पनि पर्ने भै यो दोश्रो पुस्ता पछि आफै नियन्त्रण हुन्छ।
अमेरिका र अन्य देशमा गुराँसलाई आफ्नो बगैचामा पनि लगाउने हुनाले केहि विषादीको प्रयोग गरी यो कीरालाई नियन्त्रण गर्ने गर्दछन तर पूर्वी नेपालको प्रकोप ठुलो जंगलीक्षेत्रमा भएकोले विषादीहरुको प्रयोग सम्भव देखिदैन। फेरी विषादीको प्रयोगले एउटा किरा नियन्त्रण गर्दा जंगलमा अर्को प्रकोप आउन पनि सक्छ वा नदेखिने गरीविषादीका अन्य नराम्रा असर पनि पर्दछन। सानो क्षेत्र र बगैचामा भने स्पिनोसाड (Spinosad)र बिटी ब्याक्टेरिया (Bacillus thuringiensis)(BT) को प्रयोगले यो किराको प्रभावकारी नियन्त्रण हुन सक्छ।विदेशतिर यस्तो जंगलमा प्रकोप हुदा हवाईजहाजबाट उक्त मोथको उपयुक्त शत्रुजीवहरुलाई छाडिने र जैविक नियन्त्रण गर्ने गरीन्छ। यिनका प्रमुख शत्रुजीवहरू बिभिन्न किसिमका बारुलाहरू, कुमालकोटीहरू र अरिंगालहरू हुन्।त्यसैले सकिन्छ भने बारुलाहरू, कुमालकोटी र अरिंगालहरूलाई संकलन गरी प्रकोप भएको ठाँउमा छाडीदिनाले तिनीहरूले नै केहि समयमा नै जंगल भरि फैलिएर लाभ्रेको शिकार गर्दछन, खानेकुरा धेरै भएकोले धेरै बच्चाहरू उत्पादन गरीयो किराको नियन्त्रण गर्दछन।
के यिनले कृषिबाली र फलफूलहरूलाई पनि नोक्सान गर्छन ?
यिनीहरू गुराँस बाहेक, स्याउ, ब्लुबेरी, रेडओक र एक किसिमको रोजमेरी (Bog Rosemary) मा खाना र बास्थानको लागि निर्भर रहन्छन। ति बोटहरूबाहेक अन्य कृषिबाली वा बोट बिरुवामा आक्रमण गरेको अझैसम्म पाइएको छैन।लाभ्रे झुसिलकिराको झुसले मानिस वा पशुपंक्षीलाई असर गर्नु, छाला चिलाउनु वा आँखामा परेमा बिझाउनु र दुख्नु बाहेक अन्य असर अझैसम्म भेटिएको रेकर्ड छैन। तर गुराँसकै कारणले विकास भएको पर्यटन र शौन्दर्यमा परेको नोक्सान र गुराँसको फूल र त्यसको जुस बेचेर गर्ने गरीएको आम्दानी भने नहुने पक्कै छ।
अब के गर्ने ?
नेपालको अहिलेको उपलब्ध प्राबिधिक मानवश्रोतर प्राबिधिक अबस्थालाइ हेर्दा तत्कालै बिषादी वा बिटी प्रयोग गरी गरीने नियन्त्रणका कुनै पनि उपायहरूअंगाल्नु उपयुक्त देखिदैन। अब का २-३ महिनामा यो प्रकोप यो बर्षलाई आफै नियन्त्रण हुने नै छ। तर प्रकोप फैलिएको क्षेत्र, लाभ्रेको घनत्व, प्रकोप शुरु र अन्त भएको समय र प्रकोप बिकासक्रमको गहन अनुगमन गर्ने, अरिंगाल, बारुलाहरू र कुमलाकोटीहरूको गोला, घनत्व र पाइने क्षेत्रको पहिचान गरी अर्को बर्ष प्रकोप हुने लक्षण देखिनासाथ तिनको प्रयोग गर्ने गरी तयारीमा बस्न सकिन्छ। छाला बेसरी चिलायो वा आँखामा झुस परी बेसरी बिझाउने र दुख्ने भयो भने तुरन्त डाक्टरको सल्लाह लिनु पर्दछ।
अन्तमा
सबैभन्दा महत्वपूर्ण कुरा हामी सबैले प्राकृतिक पर्यावरण प्रणाली, यसको संचालन बिधि र यसको महत्व जानी राख्नु पर्दछ।प्रकृतीको स्वचालित प्रणालीमा गरिने कुनै पनि बाहिरी हस्तक्षेपलाइ प्रकृती आफैले नै बिभिन्न प्रतिक्रिया सहित प्रतिकार गर्दछ। त्यसैले प्रकृतीलाई प्राकृतिक रुपमा नै स्वयं स्वचालित हुन दिनु पर्दछ। प्रकृती र यसका विबिध रहस्यमय प्रक्रियाहरूलाई नबुझी हठात कुनै पनि कदम चाल्नु हामी आफैलाई घातक हुन सक्छ ।
(लेखक ताइवानको एक प्रतिष्ठित प्रतिष्ठानमा किटविज्ञको रुपमा अनुसन्धान र प्रविधि विकासमा कार्यरत छन्।)
पाठकहरुले लेखकलाइ जिस्काए मात्रै, मलाइ चाइ केहि सोध्न मन लाग्यो:
(१) झुसिल्किराको प्रकोपले हाम्रो राष्ट्रिय फूल लालिगुरासका रुखहरु मर्दैछन त अब? केहि गर्नुपर्छ कि यो आफै निको हुने प्रकोप हो?
(२) झुसिल्किराको प्रकोप मौसम परिवर्तन (climate change) संग सम्बन्धित छ कि?
(३) जापानमा बसेर लेखकले “पोहोर साल पोथी मोथले धेरै अन्डा पार्यो” भनेर कसरि भन्न सक्नु हुन्छ? तपाइको लेखको अधार के हो? कसैले सम्बन्धित स्थानमा गएर अनुसन्धान गरेको छ?
प्रिय मित्रहरु,
मैले उमेशजी लाई बिस्तृत लेख पठाएको थिए, वहाले पहिलो खण्ड मात्रै छापिदिनु भयो त्यसैले तेस्का अन्य पक्षको जानकारीमा कन्फ्युजन र अधकल्चो भयो. पुरै लेखमा समस्या, समस्याका बिषादी रहित सजिला नियन्त्रण / व्यवस्थापनका उपयाहरु र अहिले गर्नु पर्ने कामहरुको विवरण पनि छ. कृपया यस लिंकमा गएर पुरै लेख पढ्नुहोस् वा डाउनलोड गरेर सम्बन्धित निकाय, व्यक्तिहरुलाई दिनुहोला.
https://drive.google.com/file/d/0B3iz3yE3eCExbFNzMnZlWG5raHc/edit?usp=sharing
This reminded me of “a cow is a four footed animal” type essay written during my school days. The arrival of zushil kira coincided with Sushil Koirala.
गुरास को ठाउँ मा देश , झुसिल्किरा को ठाउँ मा नेता , लाभ्रे र प्युपा को ठाउ मा नेता का आउरे भाउरे धुपौरे राखेर पढ्दा त गज्जब लेख बन्ने रे’छा . कता कता ” मकैको को खेति ” को सम्झना आउने .