Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोटरसाइकल किन्ने पैसामा कार

Posted on May 7, 2014May 8, 2014 by mysansar

-किरण ढकाल-

Toyota-Avalon_2013_photo_01 • कारको मूल्य जब थाहा पाएँ, जिब्रो टोकेको टोक्यै भएँ। हामी नेपालीहरुले नयाँ मोटरसाइकल किन्ने पैसामा यहाँ कार चढ्न पाइन्छ। त्यो पनि बिल्कुल सन् २००४ देखि पछिका नयाँ ब्रान्ड अनि अटोमेटिक फङ्क्सन भएका टोयोटा, निसान लगायत कम्पनीहरुका न्यू ब्रान्डहरु।

• हाम्रो देशमा मोटरसाइकल कुदेजस्तै यहाँ कार कुदिरहेका हुन्छन्। कार हुनु यहाँ नौलो कुरा हैन, काम गर्नेहरुका लागि। अर्थात् नेपालमा मासिक ३०–४० हजार आम्दानी गर्नेहरुले यहाँ कार चढ्न मज्जाले सक्छन्।

• आफ्नो कार देखाउँदै उसले मलाई सोध्यो, नेपालमा कति पर्छ होला नि ? मैले अनुमान गरेर भने, करिब करिब पर्ला नेपाली ४०–५० लाख। ऊ त आत्तियो। हत्तेरिका।

कार, सपना र जाम्वियन अनुभव

-किरण ढकाल-

म सपनाको कुरा गर्दै छु। कार सपना। मैले देखेको सपना। सानैमा देखेको हो कार हुईक्याँउने सपना। त्यो पनि आफ्नो। पूरापूर व्यक्तिगत। परिवारसँगै देशदर्शनमा घुम्न जाने। के यो सपना म जस्ता मोटरसाइकल चढ्ने औसत मध्यम आम्दानी भएका नेपालीहरुका लागि सम्भव छ ?

मेरो कार सपना उडन्ते भइसकेको थियो। कहीँ विस्मृतिमा हराइसकेको थियो। तर जाम्विया, जहाँबाट म यो ब्लग लेखिरहेको छु, ले यो सपनालाई ब्युँझाइदिएको छ। म त्यही सम्भावनालाई जाम्वियाको अनुभवका आधारमा शेयर गर्दैछु।

मलाई थाहा छैन, तर भौगोलिक रुपले एकदमै टाढा (नेपालसँग तुलना गर्दा) रहेको जापानबाट आयातित कार चढिरहेका छन् जाम्बियनहरु। र, त्यो कारको मूल्य जब मैले थाहा पाएँ। जिब्रो टोकेको टोक्यै भएँ म। अर्थात् हामी नेपालीहरुले नयाँ मोटरसाइकल किन्ने पैसामा यहाँ कार चढ्न पाइन्छ। त्यो पनि बिल्कुल सन् २००४ देखि पछिका नयाँ ब्रान्ड अनि अटोमेटिक फङ्क्सन भएका टोयोटा, निसान लगायत कम्पनीहरुका न्यू ब्रान्डहरु।

जाम्विया दक्षिण अफ्रिकामा पर्ने भूपरिवेष्ठित देश। पश्चिमाहरुले लगाइदिएको ट्यागका आधारमा भन्नुपर्दा अविकसित। बाटोघाटो उति राम्रा पनि छैनन्। आउने बित्तिकै मेरो कार सपना व्यूझाइँदियो जाम्बियाले। जाम्बियामा मोटरसाइकल भन्दा बढी छन् कार।

“तपाईँलाई अचम्म लाग्छ यहाँ मान्छे भन्दा बढी कार देख्नुहुन्छ, ” मलाई एनआरएन जाम्वियाका अध्यक्ष विदुर खनाल सरले यसो भन्दै लुसाका घुमाउनु भाको थियो। हुन पनि हो, सडकपेटीमा मान्छे हिँडेको देखिदैन, बरु कार दौडिएको प्रशस्त देखिन्छ लुसाकाका सडकमा। जोसँग पनि, जता पनि। हाम्रो देशमा मोटरसाइकल कुदेजस्तै यहाँ कार कुदिरहेका हुन्छन्। कार हुनु यहाँ नौलो कुरा हैन, काम गर्नेहरुका लागि। अर्थात् नेपालमा मासिक ३०–४० हजार आम्दानी गर्नेहरुले यहाँ कार चढ्न मज्जाले सक्छन्।

“कार चलाउन जान्दिनँ” भनेको त मलाई अर्कै ग्रहबाट आएको झैं पो गरे त जाम्वियन साथीहरुले। नियाम्वे, मेरो अफिसको साथी मलाई भन्दै थियो, “कार उनीहरुका लागि दैनिक आवश्यकता हो रे।” मेरो तलव भन्दा करिव आधा तलव पाउने उसंग मैले कहिल्यै नचढेको निशान एक्सटेरो एसयुभि अटोमेटिक कार छ। जसमा गियर चलाइरहनुपर्दैन। एअर व्याग सहित अत्याधुनिक सबै सुविधा।

कार सन् २००६ मा बनेको हो। उसले त्यो कार जम्माजम्मी नेपाली ६ लाखमा किनेको हो। दर्ता प्रक्रियामा मुस्किलले उसको २० हजार खर्च भयो। वार्षिक कार नवीकरणका लागि १० हजार रुपैंया खर्च गर्छ ऊ। पेट्रोलबाट चल्ने उसको कारले १३ को माईलेज दिन्छ त्यो पनि धुलाम्मे र हिलाम्मे जाम्वियन गाउँले सडकमा समेत। आफ्नो कार देखाउँदै उसले मलाई सोध्यो, नेपालमा कति पर्छ होला नि ? मैले अनुमान गरेर भने, करिव करिव पर्ला नेपाली ४०–५० लाख। ऊ त आत्तियो। हत्तेरीका। ओ गड, उसले भगवान् पुकार्‍यो।

जाम्वियामा मात्र हैन, तेश्रो विश्वका अधिकांश देशहरुले जापानी सेकेन्ड ह्याण्डकारहरु आयात गर्छन्। नेपालमा पनि सेकेन्ड ह्याण्ड कार ल्याउन अनुमति दिने हो भने कार सपना पुरा हुने पुरापुर सम्भावना देखिरहेको छु म। सेकेन्ड ह्याण्ड भनेका थोत्रा हुन् भन्ने भ्रम चाहि हामीले नपालौं किनकी गाडि एकदमै नयाँ र केवल २०–३० हजार किमि चलेका पनि सारै सस्तोमा निर्यात गर्छ जापानले। यसवारेमा मज्जाले गुगल सर्फ गर्न पनि सकिन्छ।

मलाई कत्ति पनि थाहा छैन, किन नेपालमा जापानी सेकेन्ड ह्याण्ड कारहरु आयात गर्न नदिइएको होला। किन सवारी साधनमा यति धेरै चर्को राजस्व लिइएको होला नेपालमा ?

यातायात व्यवस्था कार्यालयको तथ्यांक अनुुसार नेपालले गत आर्थिक वर्षमा ९५९५ र यो आर्थिक वर्षको प्रथम ६ महिनामा ५ हजार ७ सय २१ कार, जिप भ्यान दर्ता भएका छन्। र यहि अवधिमा गत वर्ष १७५३८१ र यो आर्थिक वर्षको प्रथम ६ महिनामा ८७१७८ मोटरसाइकल दर्ता भएका छन्। राष्ट वैंकको तथ्याक अनुसार नेपालले वार्षिक करिव २६ अर्व रुपैंया वरावरको सवारी साधन आयात गर्ने गरेको छ। यो तथ्यांक निरन्तर उकालो लागिरहेको छ प्रत्येक वर्ष।

यस आधारमा भन्नुपर्दा, यदि सेकेन्ड ह्याण्ड कारको आयात गर्न दिइयो भने नेपालबाट विदेशिने रकममा धेरै वचत हुन सक्छ। अर्को कुरा, पेटोलियम पद्धार्थको आयात बढ्छ भन्ने तर्क छ, त्यो एकदमै धेरै पक्कै बढ्ने हैन। मेरो सोझो हिसावमा, २६ अर्वको आयातलाई १० अर्वमा झार्न सकियो भने पेटोलियम पद्धार्थ त केवल ५ अर्व त वढि हुने हो नि। यस अर्थमा पनि देशको ९ अर्व त पक्कै वचत नै हुन्छ। अर्थात यति रकम नेपालमा नै वचत हुन्छ। मोटरसाइकलको आयातमा समेत कमी आउँछ। एउटा घरमा ३ वटा सम्म मोटरसाइकल राख्ने हाम्रो परिवारपनि छ नि हैन।

मेरो सपनाको वाधा चाहि २ वटा हुनसक्लान्। वातावरण प्रदुषण। र बाटो गतिलो छैन। मलाई लाग्छ, वातावरण प्रदुषणका कुरा हुदैन। किनकी अहिले पनि नेपाली सडकमा करिव ५० प्रतिशत अर्थात ७ लाख भन्दा वढि सवारी साधनहरु ६ वर्ष अगाढिका नै छन्। वायु प्रदुषणको मापदण्ड पुरा गर्न नसक्ने सवारी साधनलाई आयातमा नै रोक लगाउन सकिन्छ र यसको चेकजाँच नेपालमा हैन, जापानमा नै गर्न सकिन्छ। अझ जापानले नै वायु प्रदुशित कारहरुलाई निर्यात गर्ने अनुमती दिदैन।

रह्यो बाटोको कुरा। म त सकारात्मक पो छु यसबारेमा। अव वन्ने बाटाहरु कार मैत्री वन्नेछन्। खेतमा अर्थात २ फुटे बाटो निकाले कै भरमा घर वनाएर शहर कूरुप बनाउने कुरामा कमी आउँछ र व्यवस्थित बाटो घाटो वन्दै जानेछ। अर्थात जहाँ ईच्छा, त्यहाँ उपाय।

केही मानिसहरु आफैंले उत्पादन गरे भइहाल्यो नि पनि भन्नेवाला छन्। तर मलाई लाग्छ, आफैंले उत्पादन गरेपनि कार यति सस्तो हुदैन। अर्को कुरा कार हामीले उत्पादन गर्ने कुरा हास्यास्पद मात्र हो। त्यसैले कार केवल सम्भ्रान्त र ठूला भनिनेहरुको मात्र पेवा नबनाऊ।

किनकि हामीले आफैंले बनाउन नसके पनि हाम्रो सपनालाई पूरा गर्न त सक्छौं नि। कार सपना पुरा हुनका लागि सम्वन्धित सबैको ध्यान जाओस्। नेपाल फर्किने वित्तिकै आफ्नै कार किन्ने सपनामा म त यहाँ कार चलाउन पनि सिकी पो रहेको छु त।

नेपालगञ्ज घर भएका ढकाल हाल जाम्बियामा छन्। ब्लग लेख्न शौखिन उनी आफ्ना विचार मेरो नेपालगञ्ज ब्लगमा राख्छन्। यो ब्लग उनले उनीबारे थप जान्न मन भए यता जानुस्।

[तपाईँलाई के लाग्छ- के उनले भने जस्तै नेपालमा जापानी सेकेन्ड ह्यान्ड कार आयात गर्न दिनु ठीक होला ? कि यसले झन् समस्या निम्त्याउँछ जस्तो लाग्छ ? आफ्नो विचार तल कमेन्टमा राख्नुहोला]

47 thoughts on “मोटरसाइकल किन्ने पैसामा कार”

  1. khagenji says:
    May 17, 2014 at 3:50 pm

    कार को भन्सार घटाउनु पर्यो, हामी विदेश मा बसेर कार चलाउने बनि परिसकेका लाइ नेपाल मा आएर नि कार चलाउन पर्यो नि , कार रहर होइन बाध्यता भै सकेको कुरा सबै लाइ अबगत होस्,

    Reply
  2. suresh says:
    May 12, 2014 at 9:21 am

    Before 2046 BS, Nepal allowed the import of used(second hand) vehicles from all over the world. The buses (mini bus) that we see on Bhaktapur and Kirtipur route and lot of tourist buses were imported from Germany which still run in the city.
    India ordered Girija Prasad Koirala to stop the import of second hand vehicles so that India could sell its vehicles to Nepal. People were not buying Indian made vehicles before the ban because Indian vehicles were poor in quality compared to Japanese and European vehicles. Even brand new Indian Tata buses could not compete with USED Japanese and European cars/buses.

    So the Indian agent GPK banned the import of used vehicles citing air pollution. In addition, he imposed 230% import tax to vehicles brought from third country, while Indian vehicles had to only pay around 30% tax.

    It was India and GPK who took the opportunity away from Nepali people to be able to afford Japanese/European vehicles.

    The life span of a brand new Tata bus is around 10 years but a new Mercedes/Toyota bus will easily run for 20+ year. Its was nothing but India’s policy to sell their inferior product by using GPK and GPK gladly agreed to stay in power!

    Reply
  3. himali thaila says:
    May 11, 2014 at 10:51 pm

    बिचर प्रकट गर्ने अधिकार छ, सबै मित्र हरुको विचार केहि हद सम्म ठिकै लग्यो मैले बुझे अनुसार चाही आजभन्दा १५.२०बर्श अघाडी सम्म धेरै किलो मिटर चलिसकेका पुराना गाडी हरु गाडी धनि ले फाल्ने बेला होस् या गाडी पारखी ले नया गाडी किन्ने बेलामा या पुरानो गाडी फाल्नु पर्दा कवाडीवाला हरु मार्फत केहि पैसा दिएर फालिने चलन थियो. त्यही टाइमिङ्ग मा चिनेको मन्छे या कसै ले मलाई दिनुहोस भनेर माग्यो भनेर फ्री मा दिने चलन थ्यो.त्यहि समय ताका केहि फाट्ट फुट्ट पाकिस्तानी र केहि अफगानिस्तानी हरु ले फ्री मा लिएका गाडी जम्मा गरेर आफ्नो देस या दुवै तिर पठाउने गर्थे सुरु को टाइम तिर गाडीको कम गर्ने मानिस हरु अहिले अरबपति भएका छन् . अहिले आएर यो ठुलो व्यवसाय को रुपमा फस्टाएको छ जापानिज सेकेन्डहेन्ड गाडी हरु धेरैविकाससिल मुलुक हरुमा लगिन्छ अतिविकसित मुलुक हरुमा रस्सिया अस्ट्रेलिया निउजिलेंड अदिदेस हरु मा लगिन्छ यहाको मेसिन हरुको त कुरै नगरौ कोरिया आफ्नै उत्पादन गर्ने देस भएर पनि त्यहाका ब्यापारी हरु जापानी पुराना मेसिन देखि लिएर पुराना मोटर बोट हरु लिएर जान्छन जापान का पुराना समान र गाडीहरु कोपपुलर को कारण चाही राम्रो प्रबिधि र कडा फलाम भएको कारणले कारणबस दुर्घटन भयो भने पनि फलाम कडापन को कारण गाडी पूर्ण रुपले छातबिछात नहुनु कोकरण ले गाडी भित्र भएको मान्छे बच्ने सम्भावना बढी हुनु नै हो .हाम्रै छिमेकि देस श्रीलंका र पाकिस्तान र बंगलादेस जापानको सेकेन्डहेन्ड गाडी देखि लिएर क्रिसी का औजार निर्माण का औजार कवाडी साइकल सम्मपनि लगिन्छ हुने बिरुवाको चिल्लो पात भन्द झैँ २०५० सम्ममा त्यहि छिमेकि बंगकदेश बिस्व को दसौ अर्थतन्त्र को स्थान मा पुग्दै छ . अबपनि नजान्ने र गर्न नसक्ने ले सधि सक्ति मा बसेर यो र त्यो वनेर नेपाली जनतालाई गुमराह मा राखेर गर्छु भन्ने लाई अधिकार सुभिधा दिनमा कन्जुस्याई गर्नु हुदैन .

    Reply
  4. bhakta says:
    May 10, 2014 at 2:39 pm

    कुरो बुझ्नु भो भने यसलाई ब्यापार राजनीति भन्छन …त्यसो भो भने भारतीय गाडी ब्यापार ह्वात्तै घट्छ / यस्तै यस्तै भारतीय मोनोपोली बजारले नेपालि उपभोगिलाई बाध्य तुल्याएको छ /
    लेखकले भन्या जस्तै हुने हो भने धेरै नेपालि धन को बचत हुञ्छ, पैसा जोगाउनु भनेको कमाउनु हो /
    भारतीय नया गाडी बराबर जापानिज ८० हजार कि मि चलेको गाडी !
    आफुले मात्र कुरो बुझेर के गर्नु ?

    Reply
  5. संगम भुसाल says:
    May 10, 2014 at 2:10 pm

    कार मात्रै भएर चलाउन सकिने भए त ल्याए भैहाल्थ्यो नि,, सडक चाहिएन हजुर,, सडकभरि कार नै कार भए भने कुदाउने कता हो ?? कि पंखा पनि छ त्यो कार मा उडाउन को लागी || हाम्रो देशमा भएको सडक संरचना अहिले यहाँ चल्ने सवारीलाई पनि पर्याप्त छैन,, पैला सडक फराकिला र धेरै बनाउन पाए, बल्ल तपाइलाई ठेकेदारी गर्न बाटो खुल्थ्यो किरण जी |

    Reply
  6. Suresh says:
    May 9, 2014 at 8:58 pm

    कार धेरै आयात गर्दा मात्र देश र जनतालाई राम्रो हुने चै पक्कै पनि हैन | यदि साच्चै यातायातमा क्रान्ति ल्याउने हो भने सार्बजनिक यातायातमा ध्यान दिउँ | १० सिट भएका ट्याम्पो र १४ सिट भएका माइक्रो बस बन्द गरम | साझा ले आयात गरेका जस्ता बसहरु मात्र आयात गरम आब उपरान्त | यातायातमा सिन्डिकेट रोकम, ट्राफिक पुलिसले राजस्व उठाउने भन्दा पनि सवारी नियम पालन गराउने र यात्रुको सुरक्षामा ध्यान दिउन | प्राइभेट ट्रान्सपोर्ट भन्दा पब्लिक ट्रान्सपोर्टमा ध्यान दिउँ |

    Reply
  7. डिल्ली says:
    May 9, 2014 at 10:50 am

    तुलना गर्दा मान्छेको जीवन मूल्य बाहेक अरु आधारभूत धेरैकुरा नेपालमा महङ्गो नै पर्न सक्छ । मोटरसाइकलको मोलमा कार यो धेरै देशमा हुँदो रहेछ । रिकण्डिशन कार नेपालमा पर्ने मोटरसाइकलको मोल भन्दा सस्तोमा पनि पाउन सकिन्छ ।

    मैले भोगेका केही तथ्य राख्न चाहन्छु ।
    १) विजुलीको मोल नेपाल र कोरियामा लगभग बराबर छ ।
    २) भिषा शुल्क विदेशीले नेपालमा १ वर्षकालागि करिब ५०० अमेरिकि डलर भन्दा बढी तिर्छन् तर कोरियामा नेरु ६,००० (६५ डलर) भन्दा सस्तो छ ।
    ३) सिमेन्ट नेपालमा १ बोरा (५० किलो) को लगभग रू १,००० पर्छ त्यो पनि सहज पाइदैन तर कोरियामा सिमेन्ट ४० किलोको रु ४०० नेपाली बराबर पर्छ ।
    ४) रिकण्डिशन गाडी मोटर साइकलको मोल भन्दा सस्तोमा पाउन सकिन्छ जस्को कर नेपालमा मोलको २००% लाग्छ ।
    ५) पासपोर्ट बनाउन भारतमा १,००० भारु लाग्छ नेपालमा ५,००० मोरु लाग्छ त्यो पनि गुणस्तर आकास पाताल फरक छ । अझ विदेशबाट बनाउँदा त १५,००० मोरु पर्न जान्छ ।
    ६) राम्रो गुणस्तरको पेट्रोल पाइन्छ नेपालकै मोलमा तर नेपालमा जस्तो घण्टौँ लाइनमा बस्नु पनि पर्दैन मिटर पनि मार्दैनन् कनाहा पनि तौलिदैनन् ।
    ७) कर्मचारीले काम गर्छन् लाग्ने राजस्व उठाउँछन् र तोकिएको समयमा काम गरिदिन्छन् टेबल मुनीबाट घुस टक्र्याउनु पर्दैन राजस्वले काम चल्छ तर नेपालमा राजस्वमा थपेर घुस चढाउनु पर्दा चर्को महङ्गो पर्छ ।
    ८) पिउँदा पिरो आउने अम्ल र अपानवायुकको भण्डार कोकाकोला नेपालमै महङ्गो पर्छ ।
    ९) भुसिया कुकुर सरह मान्छे मार्ने गाडी किन्न नेपालमै महङ्गो पर्छ ।
    १०) कुटमा प्लेटिङ गरेको खासा ब्राण्ड बाहेक राम्रा इलेक्ट्रोनिक समान नेपालमै महङ्गो पर्छ ।
    ११) गरिब देशको संसद कार्यालयका कर्मचारीको खाजा भत्ता नेपालकै महङ्गो पर्छ ।
    १२) पुरुष सभाषदहरूको सुत्केरी भत्ता संसारका कुनै देशले तिर्दैन । नेपालको थप शिर्षक हो ।

    Reply
  8. pramod says:
    May 9, 2014 at 9:19 am

    स्मरण रहोस, जाम्बियामा जापानिज गाडीको व्यापार गर्ने Top 5 मा नेपाली पनि छन् है |

    Reply
  9. लौटन अवधि says:
    May 9, 2014 at 9:00 am

    कुरो सकारात्मक छ ! सकारात्मक तबर ले सोच्ने हो भने !!! नेपाली धुर्त नेता र कर्मचारी को गास बास को सवाल छ सजिलै त कहा देलान र ?

    Reply
  10. Shree... says:
    May 9, 2014 at 1:56 am

    0 प्रतिशत भन्सार शुल्क राखदिये हुञ्छ, इंडिया वा जापान वा अमेरिका..

    Singapore मा जस्तो license plate लै लिलामी गर्ने अनि तेही स्रोत ले बाटो बनाउने…. bus पनि थप्ने …. बाताबरण पनि राम्रो बनाउने … हुनेले तिर्छ, नहुने ले bus चद्छा!

    Reply
  11. कमल शर्मा यु ए इ says:
    May 8, 2014 at 10:50 pm

    नेपालमा कार चड्ने सपना देख्ने साथीहरु हाम्रो जस्तो सार्वजनिक गाडी चलाउने सडक नभएको देशमा सस्तोमै कार आयात गरेर बारीको कान्ला बाट कुदाउने विचार छ कि कसो हो सबै संग कार हुनु पुर्व कार चलाउने सडक पनि त हुनु पर्यो नि |

    Reply
    1. bikash sherstha says:
      May 12, 2014 at 10:42 am

      घर हरु भत्काउदै जानु पर्छ पैसा वाला ले गाडी चलाउन बाटो भै हल्छा नि

      Reply
    2. khagenji says:
      May 17, 2014 at 3:45 pm

      सडक हेरेर कार किन्ने होइन , आबस्यकता हेरेर किन्ने हो

      Reply
  12. कमल says:
    May 8, 2014 at 8:24 pm

    मित्रहरु, पार्किङ्गको समस्या बारे पनि ध्यान दिनुस है| कार कि फोल्डिंग हुनपर्यो नत्र आकाशमा पार्किङ्ग गर्नपर्यो| सबैले ड्राइभर राख्ने क्षमता हुने होइन| काठमान्डौको यातायात समस्या हल गर्न धेरै कारहरु भित्राएर होइन, सुचारु रुपले बस संचालन गरे हुन्छ| लामो यात्राका लागि पनि प्राइभेट सेक्टरलाई बस सेवा व्यवस्थापन गर्न दिन पर्छ| राष्ट्रिय स्तरमा जब हाम्रा योजना नै सुनियोजित ढंगले हुँदैन भने व्यवस्थापना गर्ने भन्ने अर्कै चरीको नाउँ हो|
    हाम्रो अन्तराष्ट्रिय एयरपोर्टमा प्लेनबाट ओर्ले पछि यात्रुहरुलाई कुईया बसमा लादेर अध्यागमनमा फालिदिन्छ र प्लेनमा लैजादा पनि त्यही हो| धेरै जसो बस चालकको व्यवहार पनि स्वागत होइन तर किन यी यात्रुहरुले मलाई दुख दिईरहेको छ भन्ने दिक्दारी अनुहार, courtesy भन्ने चिज नेपालीले गुमाएको हो कि नसिकाएको जस्तो लाग्छ?
    एयरपोर्टमा यात्रुहरुको सुबिधा र सर्ब साधारण जनताको यातायातको लागि भनेर ड्युटी र कर मुक्त बस सवारी साधन ल्याउन दिईयो भने चोरेर खाईहाल्छ ‘रे|
    कार्यान्वयन र अनुगमन अनि कानुन नियमको पालनाको अभावमा र रक्षक नै भक्षक भएको हालतमा कसलाई के भन्ने?
    म योजना आयोगलाई इस्लामाबाद देखि लाहोर सम्मको ४०० कि मि को मोटर वे कसरि प्राइभेट सेक्टरले सुव्यवस्थापन गरेको छ त्यो बुझ्न अनुरोध गर्दछु| दिल्लीदेखि आग्रा सम्मको बस यात्रा कसरि संचालन भएको छ त्यो थाहा गर्न अनुरोध गर्दछु|
    अझ धेरै कार भित्राउने कुरा नगरौ|
    व्यवहारिक योजना, सही कार्यन्वयन, सुव्यवस्थापन, अनुगमन, मुल्यांकन, सुधार आदिमा ध्यान दिए राजधानीमा अनि राजधानी देखि जिल्लामा प्राइभेट सेक्टरले बस संचालन गर्न सक्ने थिए|
    नत्र भने बाबुरामको नाईट बस सरह हुनेछ|

    हाम्रा मन्त्रिहरु, सचिव र योजना आग्योगका सदस्य उपाध्यक्षहरुलाई महिनामा तीन चोटी अड्डा जाँदा र आउँदा पैदल यात्रा गर्न परने अनिवार्य गरिन परने नियम होस् भन्ने चाहन्छु| यो व्यवहारिक छैन भन्ने तर्क ठिक हुनेछैन|
    तब मात्र उनीहरुले प्रत्यक्ष रुपमा अनुभव गर्नेछन हाम्रा समस्याहरु|

    Reply
    1. BHAWANEE TIWARI THEBE (Austria) says:
      May 9, 2014 at 12:58 am

      खै के भन्नु / ठाउँ पिछेको रहर चलन अनि सौख / म भएको देश संसारकै धनि देशहरु मध्ये पर्छ / अनि यातायात सुबिधाको लागि एक नम्वर मा पर्छ / बाटोमा गाडी एकदम थोरै देखिन्छ / खाली सार्वजनिक बस, त्राम अनि रेल धेरै चल्छन / It is number one country in the world for the public transport and connectivity.
      अझ अचम्मको कुरो त साइकल चडनेको पो ठुलो शान हुन्छ /

      Reply
  13. Sameep says:
    May 8, 2014 at 7:21 pm

    कुरा राम्रै लाग्यो मलाई त। तर म एउटा मेरो ‘नेपालको सडक’ अनुभव सुनाउन चाहन्छु। केहि महिना अगाडी नेपाल जाँदा मैले बसुन्जेल मोटरसाइकल चलाएको थिएँ। बाटोमा सवारी चलाउदा बायाँबाट ओभरटेक गर्न नहुने, रातो बत्तीमा रोक्ने, ‘No Parking’ मा पार्क नगर्ने जस्ता सामान्य नियम पनि सवारी चालकहरुले वास्ता नगरेको पाएँ। हो, केहि बेर विदेश बसेपछि नियम-कानुन पालन गर्नु पर्छ भन्ने तत्व-ज्ञान आउँछ, मलाई पनि त्येस्तै लाग्यो, पुरै पालन गरें।

    एकदिनको कुरो- म बाइकमै थिएँ, अगाडी जेब्रा-कक्रसिंग आयो, बाइकको गति कम गरें र रोकें। पछाडीको गाडीले हर्न बजाएको बजै गर्न थाल्यो, तैपनि मैले चुपचाप रोकी राखें, सहन सकेनछ कि के हो, गाडीवालाले स्वाट्ट ओभरटेक गरेर मेरो दायाँपट्टि ल्याएर “पाखे मु**” भनेर गयो। यस्तो अवस्थामा रिस उठ्न पर्ने, मलाई एकदमै हाँसो उठ्यो। फेरी गाडी पनि रातो नम्बर प्लेट वाला, गाडी चलाउने राम्रैसंग ठाँटिएको। अब हेर्दा पढेलेखेको, भद्र-भलाद्मी मान्छेलाई त जेब्रा-क्रसिंगमा रोक्न पर्छ भन्ने थाहा नहुने ठाउँमा सस्तो गाडी भित्र्याउनु ठुलै दुर्घटना हो जस्तो मलाई लाग्छ।

    सवारी-साधन भित्र्याउन भन्दा पनि सवारी चालकहरुलाई नियम-कानुन व्यवस्थित गरे राम्रो हुन्छ। अनि अर्को मेरो आफ्नै विचार – “मुलुक प्रगतिसिल नागरिकले गाडी चढेर भन्दा सार्वजनिक सवारी साधन चड्दा हुन्छ”।
    बाँकी प्रभुको जे इच्क्षा

    Reply
    1. मन says:
      May 9, 2014 at 2:10 am

      एकदम साँचो कुरो| मैले भोगेको पनि त्यही हो| हेर्दा भलादमी अनि पढे लेखेका जस्ता देखिने पैसा भएका र सोच नभएका नीजी कारका चालकहरुले जेब्रा क्रसिंगलाई महत्व नदिएको देखे| महिला, केटा केटि र बृद्धहरुले बाटो काट्दा तोडेरै हांक्दा पनि गाडीमा सवार भएका तथाकथित भद्रजन मौन रहन्छन| बाबुले कमाएको धनमा किनेको गाडी र मोटर साईकल हाँक्ने र सके भ्रष्टचार गरेको पैसामा मोज गर्ने युवा ड्राइभरको ट्राफिक नियम फलो गर्ने र पैदल हिंड्नेलाई देखाउने सौजन्यबारे कुरै नगरे हुन्छ|
      ट्राफिक नियम स्कुल र कलेजमा सिकाईनु पर्छ र ट्राफिकमा निगरानी गरेर सो नियम तोड्नेलाई तु जरिमाना गरिन पर्छ — मापसे पारामा|

      Reply
  14. tekendra bista says:
    May 8, 2014 at 6:32 pm

    कार भन्दापनि डोजर स्कावेटर जस्ता गाडीहरु ल्याउनु पर्छ र देशको विकास गर्नुपर्छ !कि कसो साथीहरु ?

    Reply
  15. रैथाने says:
    May 8, 2014 at 6:06 pm

    बाटो बनाउन चाहि कसैको बाउलाई तातो नलाग्ने खालि गाडि किन्ने र गाडि बेच्ने कुरामा मात्र त होनी टाइफ़ाइ!
    गाडि सस्तो होस् ठिकै छ! सेकेण्ड हान्द ल्याओस ठिकै छ तर गाडिमा २०० प्रतिशत कर लिउ र त्यो पैसा बाटो निर्माण गर्न खर्च गरौ!
    अनि प्रत्यक बर्ष सडक कर शुल्क लगाउ!
    अनि पेट्रोलमा बाताबरण शुल्क पनि लगाउ!
    नभय गाडि किन्ने मान्छेले बर्षमा एक महिना नया सडक बनाउन श्रमदान र एक महिना पुरानो सडक को मर्मत सम्भार र सफाइमा श्रमदान गर्ने नियम ल्याउ अनि सेनेण्ड हान्द थिर्ड हान्द थर्ड क्लास फोर क्लास को गाडि जसलाई मन लाग्छ किनोस! तर त्यो गाडि बिग्रिएमा फाल्ने वा तह लगाउने शुल्क लिन नभुल्नुहोला!

    Reply
  16. Siyan says:
    May 8, 2014 at 4:07 pm

    नेपालमा गाडीको मूल्य भन्दा पनि गाडीमा लगाइने कर तथा अन्य शुल्क अत्यधिक महँगा छन्, त्यहि पैसाले नेता मन्त्रि सबैले चयन गर्छन, गाउमा ज्वरो आउदा खाने सिटामोल पुर्याउन नसक्ने सरकारले नेताहरुलाई भने हवाई एम्बुलेन्समा राखेर विदेश दगुराउछ, अनि अत्यधिक कर नलगाए कता बाट पुर्याउनु?
    घुमिफिरी रुम्जाटार भनेको यहि हो, साधारणको पहुचमा भएको बस्तु सम्म पुग्न धेरै छेकबार भएपछी कसको बाउको के लाग्छ.

    Reply
  17. roshan says:
    May 8, 2014 at 3:26 pm

    गाडी सस्तो भएको भए त बरु अलि टाढा नै बस्थे होला अनि बिकाश पनि बाहिर नै हुन्थियो कि !! अहिले त त्यो सम्भव भएन किन भने bike मा त्यति यात्रा गर्न सकिन्न . त्येसैले गर्दा सबै सहर मा कोची राखेका छन् . अनि कहाँ हुन्छ बिकाश.

    Reply
  18. sanu nep says:
    May 8, 2014 at 1:07 pm

    जाम्बिया मा जस्तो Nepal मा जापानिज सेकेन्ड हेन्ड गाडी वित्रायो यो भने भखर चौडा पारेको बाटो फेरी अरु चौडा पार्न को लागि घरहरु भत्काउनु पर्ने हुन्छ. म पनि गाडी किन्छु मेरो घर गए पनि के भो र गाडी त भै हाल्छ नि हा हा हा बाइक बेचेर गाडी किन्न पुग्ला कि

    Reply
  19. ramesh says:
    May 8, 2014 at 12:47 pm

    सस्तो कार जस्तै टाटा को नानो कार नेपाल मा ल्याए मा के होला? मोटर साइकल र साइकल विस्तापित हुन्छ र रत्नपार्क बात माइतिघर जान ५ घण्टा लाग्दछ.

    Reply
  20. prakah says:
    May 8, 2014 at 11:25 am

    अचम्म मान्नु पर्ने कुरा होइन पत्त्यारनै नलाग्ने कुरा हो । मान्छे भन्दा बढ़ी गाड़ी कुनै हालतमा छैन । ठोकुवानै गर्छु हुदैन । कृपया पूरा जाम्बिया घुम्नुस । भ्याकुता कथा नदोहोराउनु होस ।

    Reply
  21. Bidur says:
    May 8, 2014 at 8:37 am

    पुरानो जापानी गाडी ल्याउन नपायर हामिले दुख पाको हैन, सरकार ले गाडी मा धेरै कर लियर हो. हामि गाडी मा २४०% कर तिर्छौ.

    Reply
    1. madan bajracharya says:
      May 8, 2014 at 9:40 pm

      बिदुर जी
      तेश्रो मुलुकमा बनेको कारमा मात्रै २४०% भन्सार लाग्छ तर भारतमा बनेको ९बनेको के भन्नु जडान भयको भने हुन्छ) कारमा मात्र ३०% लाग्छ/ तर अचम्मै लाग्ने कुरो के हो भने भारतमा जडान हुने कारमा ३०% भन्सार लगाउने सरकारले नेपालमा जडान हुने कारमा लगभग ६९% अन्तशुल्क लगायायर नेपाली कार नेपालमै नबिक्ने बनायाको छ/ अमेरिकामा टोयोटा होन्डा जस्तो मात्र केहि बर्ष चलेको कारहरु नेपाली १२ देखि १५ लाखमा उधारोमै पाइन्छ/ १० बर्ष जत्ति चलेको बा १लाख ५० हजार माइल भन्दा बढी गुडेको केहि पनि कैफियत नभयको गाडीहरु त् नेपाली ५ लाख जत्तिमै पाउँछ/ सायद पेट्रोलियम प्रदार्थमा मिसावट नहुने ले हो कि अमेरिकामा कुनै पनि गाडी यक लाख ५० हजार माइल भन्दा बढी इन्जिन र ट्रान्समिसन बिना कुनै मर्मत नै चल्छ/ मात्र ९० हजार माइल चलेको २००५ को हुन्देई कम्पनीको राम्रै सुनाता कार मैले मात्र नेपाली २ लाख ७० हजारमा किने र अहिले पनि तेही कार २ बर्ष देखि चलाउँदैछु/

      Reply
      1. govinda says:
        May 9, 2014 at 6:24 pm

        ईन्डियामा बनेको गाडीमा ३०% मात्रै होइन कि जस्तो लाग्यो मलाई । ईन्डियामा २.3 लाख भारतीय रुपैयाँँमा पाइने टाटा नानो कारको मुल्य वेबसाईटमा नेपाली ८ – ९ लाख पर्ने देखेको थिएँ । कर अली बढी नै लिन्छ कि ?

        Reply
  22. cRIS says:
    May 8, 2014 at 8:02 am

    कार, बाईकको कुरो आउँदा यो नबिर्सौ कि, आम जनतालाई यस तर्फ निरुत्साहित पार्न नेपालमा २००% जति भन्सार राजस्व कर तिर्नु पर्ने बनाईएको छ| जुन थोरबहुत ठीकै हो भन्ने लाग्छ मलाई| 🙂

    Reply
  23. Ram says:
    May 8, 2014 at 7:46 am

    साथिहरु नेपाल भनेको काठमाण्डौ मात्रै होइन ।

    Reply
  24. kishor says:
    May 8, 2014 at 7:30 am

    जापानी सेकेण्डह्याण्ड गाडी भित्र्याउन दिएपछि भारतीय बाइक र गाडी कल्ले किन्छ त !

    Reply
  25. विकु सिंह says:
    May 8, 2014 at 5:50 am

    किरण जी तपाईले केहि महत्वपुर्ण कुराहरु बिर्सिनु भयो |
    जापानको कानुनले गाडी बाट हुने प्रधुसनलाई एकदम कडाइ गर्छन र तेह गाडीको भाउ पनि एकदम छिटो घटने (fast depreciation) हुने हुदा खेरि ६ वर्ष पछि त भाउ एकदम थोरै भएर कसैले बेच्ने सुर पनि गर्दैनन् | हो तेस्तै गाडीहरु चाही बाहिर अरु देशमा पाठाउछन् जुनमा चाही अलि राम्रै नाफा हुन्छ फेरि |
    अब आयो हाम्रो देशमा किन उपयुक्त हुदैन भनेर | सबै भन्दा पहिला त हाम्रो देशमा सडकको बाया पट्टि चालाइन्छ (left hand drive) र तेस्तो गाडीहरु दाया पट्टि चलाउने मात्र हुन्छ (right hand drive) जुन हाम्रो, भारत र अरु केहि देशको लागि उपयुक्त हुदैन |
    यो नियम लगायो भने हाम्रो देशमा गाडीको स्यंख्या ह्वातै बढ्छ किन कि गाडी एकदम सस्तो हुन्छ | र तेस्तो नतिजा भनेको धेरै प्रदुसन, ज्यादा ट्राफीक जाम र तेल धेरै उपयोग हुन्छ | र तपाईको तेलको भाउ र गाडीको आयातको समबन्द तेती सहि होइन | तपाई जाम्बिया कै तन्थ्यंका हेर्नुश | जाम्बियाको जनसंख्या नेपालको भन्दा पनि आधा छ तर नेपाल र जाम्बियाको तेल आपूर्ति हेर्नुश उस्तै उस्तै छ | जाम्बिया(http://www.eia.gov/countries/country-data.cfm?fips=ZA) र नेपालले(http://www.eia.gov/countries/country-data.cfm?fips=NP) बार्षिक १८ – २० करोड ब्यारेल तेल उपभोग गर्छ |
    अब तपाई आफै भन्नुस येसरी सबैले गाडी सस्तोमा चड्दा खेरि तेलको उपभोग घट्छ कि बढ्छ ? बरु गाडीबाट उठेको राजस्वले नेपालको सार्बजनिक यातायातको राम्रो बेवास्ता र सडक विस्तार गर्दा राम्रो हुन्छ | हाम्रो देशमा अहिले धेरै ठाउमा सडक राम्रोसंग पुगेकै छैन के गर्ने गाडी धेरै थुपारेर ?
    र अर्को अन्तिममा नेपालमा केहि हुन्न भन्ने भावना पनि सहि होइन | ७० को दसकमा दछीन कोरिया एकदम अबिकसित र गरिब देश थियो तर छोटो समयमा नै उसले प्रगति गरेर आज संसारको धानी राष्ट्र बन्न सफल भएको छ | उनीहरुले आज गाडी बनाउन सक्छन भने हामी किन सक्दैनौ र ?

    Reply
    1. जीवन नेपाली says:
      May 8, 2014 at 12:34 pm

      बिकु जी, नेपाल र जापान मा driving स्टाइल एकै छ..
      तलको विकिपीडिया लिंक चेक गर्नु भए राम्रो हुनेथियो

      http://en.wikipedia.org/wiki/Right-_and_left-hand_traffic

      Reply
    2. sanu nep says:
      May 8, 2014 at 1:18 pm

      जापान मा पनि राइट हान्द द्राइव हो

      Reply
  26. Tanka Basel says:
    May 8, 2014 at 5:32 am

    कार चढ्दैमा सभ्य र विकसित हुने होईन। कार केवल यात्राको साधन हो। सिङ्गापुरका जनता अझै पनि सार्वजनिक यात्रा रुचाउँछन् यध्यपि उनिहरु धनि छन। व्यक्तिगत साधान भन्दा सार्वजिनकलाई जोड दिईनु पर्छ। समथर भुभागमा त साईकल राम्रो। अरुले घोडा चढे भनेर धुरि चढन नहतारिऔ! घाँटीहेरि हाड निलौ!

    Reply
    1. Prakash says:
      May 8, 2014 at 8:19 am

      सिङ्गापुर को कुरा नगरु साथी, प्राय बिकसित सहरमा धेरैले गाढी ट्रेन स्टेशनमा राखेर ट्रेन चढेर काममा जाने हो
      हाम्रो जस्तो सार्वजनिक साधन छैन त्या
      ठाउँ पनि हेर्नु पर्यो सुनेको भरमा कमेन्ट लेखि हाल्नु पूर्व त्यो ठाउँको बारेमा अलिकति अध्यन गर्दिउ
      नत्र नेपाली नेताको जस्तो हुन्छ बोलि
      गफमात्र दिएर हुन्न

      Reply
      1. sk dinesh says:
        May 9, 2014 at 7:18 am

        प्राय बिकसित सहरमा धेरैले गाढी ट्रेन स्टेशनमा राखेर, ट्रेन चढेर काममा जाने हो.
        किन कि सिटीमा अत्यधिक ट्राफिक हुने गर्छ, नत्र सबै लाइ आफ्नो कार अफिस अगाडी लानमन लाग्ला

        Reply
  27. shree basanta says:
    May 8, 2014 at 3:55 am

    कार चढ्न त सबैलाई शौख हुन्छ | ढकालजीको कुरामा असहमत हुने कुरा छैन | मुख्य कुरा नेपालमा मध्यम स्तरका जनताका लागि सरकारको सोचमा परिबर्तन ल्याउनु जरूरी हुन्छ | सरकारी आयको स्रोत घट्न जान्छ सरकारको चिन्ता यहि मात्र हो | दोस्रो, बाटो घाटो साँघुरा छन यसै त जहिले पनि जामका जाम हुन्छन अन्धाधुन्द मोटर भित्रिएमा के हुन्छ ? हुनत मोटरसाइकल बिस्थापित हुँदा अलिकति फरक त पर्छ | शहरी एरियामा पार्किंग छैन | यी सबै कुरा व्यवस्था गर्न सकिने कुरा हुन् | अतः मुख्य कुरा सरकारी सोच फेरिनु पर्छ कसरि मध्यम बर्गलाई गाडी चढाउने भन्नेमा | दुइ चार लाखमा पाइने गाडीलाई सरकारी कर शुल्कले चालिस पचास लाख पुर्याउदा माथिका बर्गलाई केहि फरक परेको छैन | ओहोदामा बस्नेहरुले सित्तै चढ्न पाइहाल्छ्न, नेताहरुलाई सरकारी गाडी भेटको रुपमा आइहान्छ साला मामा भान्जा समेतलाई, अझ बिशेष सुबिधा पास गरेर सस्तोमा पाउने बन्दोबस्त मिलाई हाल्छन, ब्यापारीहरुलाई जनता लुटेको पैसाले महँगो गाडी किन्न केहि असर गरेको छैन, डन र गुन्डालाई धम्क्याएर लुटेको र भारतीय चोरीका गाडी छंदैछ | नसक्नेका अगाडी गाडी चढ्दा पो शोख हुन्छ त्यसैले उनीहरु अरु साधारण जनाताई गाडी चढ्ने हैसियतमा पुगेको हेर्न पनि चाहदैनन् |

    Reply
  28. Narayan Sapkota says:
    May 8, 2014 at 3:09 am

    As far as I know, you can import used car up to 5 years old, however you will need to go via authorised dealer. Only authorised dealer can open a LC for custom charges. Once custom approves it then you can import the car. Authorised dealer will charge hefty commission for the service. Hence government must allow all public to import used car as long as custom is paid duly.

    Reply
  29. ck shrestha says:
    May 8, 2014 at 2:40 am

    कुरा सहि हो लेख राम्रो छ | कयौं धनि राष्ट्र हरुले पनि जापान बाट second hand गाडी
    आयात गर्छन यो कुरा मलाई राम्ररी थाहा छ किन भने मैले १ वर्ष पुरानो गाडीहरु निर्यात गर्ने कम्पनि मा काम गरेको थिए त्यो कम्पनि त्रिशुली को नेपाली भाइको थियो जापान मा त second hand गाडी हरु त सार्है सस्तो पर्छ ४०/५० हजार किलोमिटर चलेका गाडी हरु त नेपाली १/२ लाख मा पनि पाइञ्छ Toyota,nisan.कम्पनीका र निर्माण कार्यमा प्रयोग हुने डोजर;स्काभेट,जेनेरेटर जस्ता समान हरु पनि निकै सस्तोमा पाइञ्छ | हाम्रो त सरकारको नीति नियम नै खै के हो | कति नेपाली हरु त बिदेशमा आफ्नो कार चढ्न सकिन्छ भनेर पनि बिदेशिएका छन् | कति देश हरुमा त भिखारी संग पनि आफ्नो कार हुन्छा| यदि नेपाली हरुले पनि सस्तो मा कार चढन पाउनेहो भने सस्तोमा निर्माण कार्य को लागि हेभी इक़ुइप्मेन्ट पाउने हो भने बिदिशिने मा पनि कमि आउने थियो |

    b

    Reply
  30. bijay says:
    May 8, 2014 at 1:56 am

    ठाउँ अनुसारको कुरा हो/ त्यसो त अमेरिकामा अलि राम्रो नया साइकल र छ सात वर्ष चलेको ठिकै खालको ( यो लेखमा उल्लेखित सबै गुण भएको) कारको मूल्य उस्तै उस्तै हुन्छ/ अलि हुने खानेले चै अलि हुने खाने कार जस्तै BMW, audi, maserati नै चढ़छन्/ साइकल चद्नेको पनि बेग्लै सान हुन्छ/

    कार चढ्ने सौख नै हो भने कुरा अर्कै हो, नत्र दस पन्ध्र मिनेट हिडेर वा साइकलमा अधिकांश ठाउँ पुग्न सकिने सहरमा बढी कार थपेर के हुने हो खै? अझ बढी प्रदुसन, बाटोमा जाम र पेट्रोलको अभाब /

    काठमादौमा बढी कार भन्दा ब्यबस्थित र सुरक्षित ठुला सार्बजनिक सबारी साधनको आबस्यक छ र ति सबारी साधन चलाउने ज्यानमारा मनस्थिति नभएका चालकहरुको आबस्यकता छ/ अनि कार छाडेर रवाफ देखौनेहरुको कमि हुनु पनि जरुरि छ, जो दस मिनेट हिड्नुको सत्ता दस मिनेट ट्राफिक जाममा फस्न रुचाउञ्छन /

    Reply
  31. kedar says:
    May 8, 2014 at 1:56 am

    …..इन्डियन नयाँ कार भन्दा ५० हजार कि. मी. कुदेका जापानिज कार धेरै मजबूत, धेरै माइलेज दिने र किफायेती हुन्छन | हाल मोटरसाइकलको कारणले भैराखेका दुर्घटना पनी धेरै कम हुन्छन | एउटा पूर्ण परिवारले सुरक्षित यात्रा गर्न सक्छन | लेखकको जस्तै धेरै नेपालीको सपना पनी साकार हुन्छ |

    …..तर के गर्ने मध्यम बर्गले मोटरसाइकल छोडेर साइकलमा झरेको हेर्न चाहने बर्गले गाडीमा उक्लिन किन दिन्थ्यो होला र !!

    Reply
  32. Samjhana says:
    May 8, 2014 at 1:48 am

    युगान्डामा पनि तेस्तै हो, केन्यामा हुदा देखि थाहा पाएको थिए, यहाँ कार त नेपाल मा बाइक लाइ पर्ने पैसाले किन्न सकिन्छ | यहाका मानिस हरुले online किन्ने हो जापान बाट | कुनै कुनै गाडी त येति सस्तो हुन्छन कि… हेर्नुस त.. http://www.beforward.jp/, http://www.japanesevehicles.com/, प्रायले यिनै वेब साइट बाट हो किन्ने..

    Reply
  33. Krishna says:
    May 8, 2014 at 12:47 am

    खोइ पहिले एउटा ब्लगमा साइकल चढ्नु पर्यो भनेर आको थियो| आज फेरी कार छाड्नु पर्यो रे. अब आर्को ब्लग मोटरसाइकल चढ्नु पर्यो भनेर आउला|

    नेपालमा सस्तोमा कार आयात गर्नु राम्रो कुरा हो, जनताले सस्तोमा कार चढ्न पाउछन- तर नेपालमा पहिले सबै चालकलाई traffic नियम को बारेमा सिकाउनु जरुरि छ| अनि त्यो काठमाडौँ को बाटो.. कल्पना गर्न पनि सकिन्न.. कारहरु अट्ने ठाउँ पनि हुदैन| अनि हामिहरुमा traffic नियम पालना गर्ने भन्ने कन्सेप्ट नै हुदैन… जहाँ दुलो पायो त्यहि गाडी छिरायो …दुर्घटना निम्त्याउने बाटो मात्र हुन सक्छ! कसैले जेब्रा क्रसिंगमा गाडीले रोकेर बाटो क्रस गर्न दिएको देखेको छ? मैले त तेस्तो कहिले नि देखेको छैन|

    Reply
  34. B.M . ADHIKARI says:
    May 8, 2014 at 12:42 am

    कतार आउनुस हजुर घुम्न त्यो भन्दा सस्तो छ कार यहाँ …

    Reply
    1. सिर्जने says:
      May 8, 2014 at 10:08 pm

      कार नि सस्तो भए’सी कतारिहरुले भैरा’को पैसो खर्च गर्न नसकेर के गरम भैरा’को बेला झन् आपत पर्यो तिनलाई, च्व च्व बिचरा कतारिहरु! अब नेपाली कामदारहरु लाइ तलब पो अलि काम अनुसारको दिने कि? अनि काम गर्नेहरुको ज्यान जोखिममा नपारी फुटबल स्टेडियम बनाउने कि?
      यो BBC को लेख पनि हेरुम-
      http://www.bbc.com/news/magazine-27142647

      Reply
  35. sagar says:
    May 8, 2014 at 12:40 am

    हिजो र अस्ती मात्र मैले मेरो साथीहरुको माझ मा येस्तै कारको बिषयमा गम्भीर भएर छलफल चलाएको थिए तर निस्कर्ष भने मेरो कुरो हावामा उड्नु भन्दा अरु कतै पुग्न सफल भएन ! आज लेखकले मनको कुरो नै क्या मज्जाले लेखिदिनु भएकोमा धन्यबाद नदिरहन सकिन !!

    Reply
    1. Prakash says:
      May 8, 2014 at 8:30 am

      साथी देश अनुसार को भेष
      नेपालमा सत्य कुरा बोल्नु हुन्न अनि तेस्तो आइडिया पनि सुनाउनु हुन्न उल्लु बनाउछन
      राम्रो कुरा सुन्ने बानी त कहाँ छ र हामी संग
      कसैले राम्रो कुरा गरि हाले पनि कसरि उडाउने, तल झर्ने भन्ने पो सोच आउछ सबैलाई
      मलाई पनि यो कुरा धेरै मानमा खेलेको कुरा हो
      मैले बंगलादेश मा अध्यन गर्दा
      तर सुनाउनु कसलाई सुन्ने कसलाई

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme