यस वर्षको मिस नेपाल सुविन लिम्बु घोषित भइन्। पत्रपत्रिकामा उनका फोटो र ताज जितेपछिको अनुभव छापिएका छन्। मिस नेपाललाई एक किसिमले ‘ग्लोरिफाइ’ गरिएका सामाग्रीमात्रै हामी पढ्न पाउँछौँ। हुनत उबेलामा जस्तो मिस नेपाल हुँदा विरोधका आवाज सुनिन पनि छाडे। तर पनि मिस नेपाल हुनेले पाएका चिजहरुको मात्रै ‘ग्लोरिफाइ’ हुने किसिमले किन सामाग्री प्रस्तुत गरिन्छ ? गुमाउनु परेका चिज किन लुकाइन्छ ? किन देशभरबाट आवेदन आह्वान गर्दा पनि मुश्किलले ३० जनाको मात्रै आवेदन पर्छ मिस नेपालमा? किन चार्म घट्दैछ मिस नेपालको? किनभने मिस नेपालको चमकदमकभित्र कहालिलाग्दो शोषण छ।
शब्द कडा लाग्ला, तर मिस नेपाललाई आयोजकले एक वर्षसम्म दासी जस्तै आफ्नो स्वार्थका लागि जोताउने काम गर्छ। मिस नेपालले आफैले खोजेर गरेको कमाइमा पनि जति कमाइ गर्छ त्यसको ४० प्रतिशत हिस्सा आयोजकले नै कुम्ल्याउने गर्छ। मिस नेपालले वर्षदिनसम्म आयोजकको अनुमतिबिना काठमाडौँ समेत छोड्न पाउँदैन। आयोजक संस्थाको इशारामा मुस्कुराउनुपर्छ, उसको च्वाइसको पहिरन लगाउनुपर्छ, बोलाएको ठाउँमा जसरी भएपनि पुग्नैपर्छ, प्रायोजकले आयोजना गर्ने भोज भत्तेरमा सो पीस बनेर ठिंग उभिनुपर्छ।
सौन्दर्य प्रतियोगिताभित्र चलेको कालो व्यापारबारे राजन नेपाल र स्वरुप आचार्यले दुई वर्षअघि शुक्रबारमा एउटा खोजमूलक कभरस्टोरी छापेका थिए। त्यसमा मिस नेपालका आयोजक हिडन ट्रेजरको कर्तुतबारे व्याख्या छ। यहाँ त्यही सामाग्रीको अंश साभार गरिएको छ-
हिडन ट्रेजरको आम्दानीको माध्यम मिस नेपाल
सन् १९९४ मा पहिलोपटक काठमाडौँ जेसिसले मिस नेपाल प्रतियोगिता आयोजना गरेको थियो। तर हिडेन ट्रेजर नामक संस्थाले प्रायोजकको सहयोगमा यो प्रतियोगिता आयोजना गर्न थालेपछि अहिलेसम्म उसैले यसलाई निरन्तरता दिँदै आइरहेको छ। सुरुका वर्षमा मिस नेपाल भनेपछि जुन चार्म हुन्थ्यो, त्यो अहिले लगभग मरिसकेको छ।
हिडेन ट्रेजरले टाइटल विजेतालाई एक वर्षसम्म दासीजस्तै गरेर आफ्नो स्वार्थ पूरा गराउनमात्र काममा जोताउने गरेको छ। मिस नेपाल भइसकेपछि एक वर्ष विजेताले हिडेन ट्रेजरको अनुमतिबिना केही पनि गर्न पाउँदिनन्। मिस नेपालको कमाइको ४० प्रतिशत हिस्सा ट्रेजरले नै कुम्ल्याउने गरेको छ। सम्झौता अनुरूपमा आम्दानीको ६० प्रतिशत मिस नेपाललाई र ४० प्रतिशत ट्रेजरलाई बुझाउनुपर्छ। मिस नेपाल सदीक्षा श्रेष्ठले यसमा सहमति जनाइन्। उनले भनिन्, ‘यो पूर्ववत सम्झौताअनुरूप नै हो। त्यसैले यसमा म केही कमेन्ट गर्दिनँ।’
आफैँले खोजेको काममा पनि हिडेनले आफ्नो हिस्सा दाबी गर्छ। ‘उसले डिल गरेको प्रोजेक्टमा बेनिफिट सेयर गर्नु केही हदसम्म ठिक भए पनि मिस नेपालले खोजेको काममा पनि कुत उठाएको शैलीमा पैसा असुल्नु नराम्रो पक्ष हो,’ एक पूर्व मिस नेपालले भनिन्।
मिस नेपालले वर्षदिनसम्म हिडेन ट्रेजरको अनुमतिबिना काठमाडौँ समेत छोड्न पाउँदैनन्। ‘दसैँमा टिका थाप्दा पाउने दक्षिणामा पनि हिडेनले भाग खोज्ला भन्ने डर भइसक्यो,’ अर्की पूर्व मिस नेपालले भनिन्। टाइटल जितेपछि व्यक्तित्व विकासका लागि पाउनुपर्ने सामान्य स्वतन्त्रता मिस नेपालले पाउँदैनन्। पाएको अवसर हिडेन ट्रेजरले अनुमति दिएन भने गुम्छ।
आयोजक संस्थाको इशारामा मुस्कुराउनुपर्छ, उसको च्वाइसको पहिरन लगाउनुपर्छ, बोलाएको ठाउँमा जसरी भएपनि पुग्नैपर्छ, प्रायोजकले आयोजना गर्ने भोज भत्तेरमा सो पीस बनेर ठिंग उभिनुपर्छ। यस्तै दर्जनौँ बाध्यतामा मिस नेपाल बाँधिएका हुन्छन्। आम्दानीमा चाहीँ आँखा गाड्ने तर स्ट्याटस मेन्टेनका लागि भने हिडेन ट्रेजरको तर्फबाट खासै केही सहयोग हुँदैन। कार्यक्रममा ट्याक्सी चढेर हतारिँदै पुगे पनि उनीहरूले ट्याक्सी खर्च समेत पाउँदैनन्। (शुक्रबार, १५ सेप्टेम्बर २०११)
मिस नेपाल हेर्दा सुन्दरीहरु देखिन्छ अधिकारको कुरा के गर्नु हिडेन ट्रेजरले टाइटल विजेतालाई लगाम लगायको घोडा जस्तो बनाऊदोरहेछ एक वर्षसम्म दासीजस्तै गरेर आफ्नो स्वार्थ पूरा गराउनमात्र काममा जोताउने गरेको छ।
कस्तो लाग्यो ?
मिस नेपाल हुनु राम्रै हो किनभने सबैले चिन्छन, एउटा गरिखाने बाटो पनि बन्न सक्छ तर तेत्रो मेडिया मा आउने कार्यक्रम को पुरस्कार चै छि छि छि ……जाबो एक लाख रुपेले के हुन्छ?? कम्तिमा पनि २०/२५ लाख हुनु पर्छ, बिज्ञापन बाट करोडौ उठाउने, अनि पुरस्कार चै डेड दुइ लाख ले झारो टार्ने ????
मेरो बिचार मा मिस नेपाल प्रतियोगिता १५ दिने ट्रेनिंग कार्यक्रम बाहेक केहि होइन! सहभागी हरुलाई कसरि हिड्ने, कसरि बोल्ने, कसरी क्याट वाक गर्ने, कसरी राम्री देखिने, कसरी लुगा लगाउने भन्ने सम्म पनि सिकाउनु पर्ने रहेछ! प्रतियोगी हरु को प्रस्तुति हामीले हेरेकै हो ! अनि येही येस्ता कुरा पनि नजान्ने लाई हिड्ने, क्याट वाक गर्ने, लुगा लगाउने , सिकइन्छा कार्य क्रम अवधि मा ! होइन भने हेर्नुस प्रतियोगिता पछि सुन्दरी हरु को interview उनीहरु ले येस्ता प्रतियोगिता यहि सिकेको बताएका हुन्छन !अनि जेसले१ ५ दिने ट्रेनिंग कार्यक्रम मा जेसले छिटो यी कुरा सिक्छ उही नेपाल सुन्दरी हुन्छः !. अनि एस्तो सेलेकसन बाट बिजेता ले कसरि आन्तारास्त्रिया पदक ल्याउने? पहिले नै तेलेंत भाएको बीच कोम्पितिशन गरे पो सहि मा मिस नेपाल निस्किन्छा! सुन्दरी हरु को सोसन को कुरा मा , जब सम्म महिला ले आफ्नो बुद्दि मा गर्व गर्न सिक्दैन , जब सम्म आफ्नो छ्यमता मा गर्व गर्ने दिन आउदैन, २, ४ जना ले तिमि त राम्री छौ भन्या भरमा, घर को येना मा आफु ले आफु लाई विश्व सुन्दरी देखेकै भरमा येस्ता सुन्दरी प्रतियोगिता मा भाग लिने समय भए सम्म सोसन भै रहन्छः! पैसा हुने लाई राम्रा युवती को खोजि एसले पुरा गर्छ ! युवती को खोजि मा गल्लि गल्लि घुमी रहनु परेन!
यो त खाडीको श्रम सम्झौता जस्तै रहेछ / अलिकति फरक छ / खाडीमा चाहि २ बर्ष सम्म नेपालको म्यानपावोर बाट गएको कम्पनि छाडन पाईन्न / मिस नेपालमा चाहि एक बर्ष सम्म त्यो हिडेंन ट्रेजर छाड्न नपाईने रछ /
भनेको ठाउमा पुग्ने भने पछि त बेड रुममा पनि त पुग्नै पर्यो होला, अनि एस्तैलाई पो हो मिस नेपाल भन्नु पर्ने ?
जान्ने भनाउदा झुन्डले ShortCut तालिम दियर बिशेष ब्यग्ती बनाउने रे?? 😀
प्रतिस्ठा/Title अर्थात मोहको लागि आत्मा बेचिने भ्रमिक खेल हो यो जहाँ रुप/स्वरुपको बाहिरी मात्र चर्चा हुन्छ। बौधिक कुरा गर्न खोज्छन अनी स्वरुप मै अल्झिन्छन।
हुनत यहाँ देखाउने अनी देख्ने बाहेक केही हुन्न, “छोटो तालिम तुरुन्तै प्रभाव।”
नामै हिडेन ट्रेसर..लुकाएर सम्पति असुल गर्ने यी वेबस तरुनी हरु संग ..यिनी हरु लाइ पनि एकचोटी अख्तियार ले केरकार गर्ने पर्यो..संचालक हरु सबै जना अनुहार हेर्दै खान्दाउ हरु जस्तो छ.
‘लाै मलाइ शोषण गर’ भनेर थापिन गए पनि शोषित हुनु कदाचित स्वाभाविक बन्न जान्छ । चेलीवेटीहरू अाफै ‘मिस नेपाल’का अायोजक खोज्दै जान्छन् ।
चेलिवेटीहरू शोषित भएकाछन् त्यसो हुन हुदैन, कतिपय सहभागी छोरीहरूको अस्मिता संकटमा परेका गंभिर विषय पनि समाचारका अाएका छन् । श्रम एेन अन्तरगत रहेर मिस नेपालले गर्न पर्ने कामको संझैाता गर्ने बाध्यकारी ब्यबस्था भए श्रम संवन्धी समश्याको समधान हुनसक्थ्यो। संविधान त बनाउन नसकिएको अबस्थामा यस्ता ‘सानातिना’ कुरामा सरकारले के ध्यान दिने ?