आज आमाको मुख हेर्ने दिन। अङ्ग्रेजी भाषा नै चलाउन रुचाउनेहरुले आजको दिनलाई मदर्स डे पनि भन्ने गर्छन्। फेसबुक र ट्विटरतिर आज आमा, मम्मी, ममको फोटो राख्नेे लहर चलेको छ। साथीकी आमा चिन्नुहुन्न? आज सोसल मिडिया छिरिहाल्नुस्।
जन्म दिने आमाको तुलना कसैसँग हुन सक्दैन। यो आदर्श वाक्यलाई आदर्शमा मात्रै सीमित गरेर आमाहरुलाई हुर्केका छोराहरुले गर्ने हेला हाम्रो नजरबाट लुकेको छैन। के हो यसको कारण ? कारण जिन्दगीमा अरु आमाहरु पनि हुन्छन्। तीमध्ये कसैलाई बढी महत्व दिँदा जन्म दिने आमा छायाँमा पर्न गएका हुन्छन्। १० किसिमका आमा यस्ता छन्-
१. आफ्नी आमा/जन्म दिने आमा
सबभन्दा मान्नुपर्ने आमा यिनै हुन्। बाउ बरु विश्वासको नाता हो। विज्ञानको भाषामा पुरुषको शुकाणुसँग मिलेर बच्चाको विकासको लागि अण्ड प्रदान गर्ने महिला आमा हुन्। आमाले त्यो शुक्राणु यही पुरुषको हो अर्थात् यही बाउ हो भनेपछि विश्वास गर्नुपर्छ। आजभोलि त डिएनए परीक्षणको कुरा पनि आउँछ। विश्वासको यो नाताविपरीत आमा भने आफूलाई नौ महिनासम्म कोखमा राखेर, दुःखपीडासहित हुर्काउने महान् पात्र हुन्।
२. सासू आमा
आमा त आमा नै हुन् यिनी पनि तर स्वास्नीकी। आफ्नी प्राणप्यारीलाई नौ महिना कोखमा राखेर हुर्काउने पात्र।
३. हजुरआमा (घरको)
आफूलाई जन्म दिने पितालाई नौ महिना कोखमा राखेर हुर्काउने पात्र हजुरआमा। आफ्नो छोरा अर्थात् हाम्रो पिताकै सानो रुप देखेर होला यिनले पनि हामीलाई निकै माया गर्छिन्।
४. हजुरआमा (मावलको)
आफूलाई जन्म दिने आमालाई नौ महिना कोखमा राखेर हुर्काउने पात्र। आफ्नी छोरी अर्थात् हाम्री आमाको सानो रुप देखेर होला यिनले पनि हामीलाई निकै माया गर्छिन्।
५. सानी आमा
हामीलाई जन्म दिने आमाकी बहिनी।
६. ठूली आमा
हामीलाई जन्म दिने आमाकी दिदी।
७. बडीआमा
हामीलाई जन्म दिने बुबाको भाउजु।
८. गुरुआमा
हामीलाई शिक्षा दिने।
९. सौतेनी आमा
जन्मदिने बाउले जन्मदिने आमाबाहेक अरुसित गाँसेको त्यस्तै सम्बन्धको प्रतिफल
अनि
१०.
.
.
.
दशौँ प्रकारकी आमा को हुन् त ?
.
.
.
.
.
.
.
.
.
.
धेरैले गेस गरिसक्नुभएको होला
.
.
.
.
.
.
.
.
यही पात्रले गर्दा पनि जन्मदिने आमा कहिलेकाहीँ छायाँमा पर्न जान्छिन्
.
.
.
.
.
.
.
.
.
.
.
.
यी आमा ती आमा हुन…..
जसलाई आफ्नो जन्म दिने आमाले भन्छिन्- ‘कुनचाहिँ तेरी आमासँग रात-रात भर फोनमा कुरा गरेर बस्छस् हँ….?’
बाँकी कुरा आफै बुझ्नुस् 😛
एक नम्बर आमा र दश नम्बर आमा चाहि सही लाग्यो! आमातीर्थ औशीको हार्दिक शुभकामना!
बच्चा लाइ जन्म दिनु त ठुलो कुरा हो तर बच्चा जन्मी सके पछि हुर्काउने काम अझ ठुलो हो | सबै आमाहरूलाई यस दिन को शुभकामना !
आफ्नै आमा, हजुरआमा, जिजुआमा, धाइ आमा , सासु आमा, सब आमा को नि आमा “नेपाल आमा” लाइ बिर्सेको?
२. सासू आमा
आमा त आमा नै हुन् यिनी पनि तर श्रीमती वा श्रीमनकी।
प्राणप्यारी वा प्राणप्यारालाई नौ महिना कोखमा राखेर हुर्काउने पात्र।
अर्की सबै भन्दा ठुली आमा हुन ..जन्मभुमि -मातृभूमि !!!!
अनि धाई आमालाई भुलेको?
माताका अनकौं रुप छन माता जुनसुकै रुपमा पनि सदैव आदरणीय हुन्
तर मैले जानेको ५ माता येस प्रकार हुनुहुन्छ
१. आफुलाई जन्मदिने माता
२. गुरुमाता
३. भार्या माता
४. राजमाता
५. मित्र माता
पौराणिक भनाइ
माता को ऋण बाट कुनैपनि सन्तान कहिलेपनि उऋण हुन सक्दैन चाहे तिनी समस्त भुमंडलका शासक नै किन नहुन
आमा समुह कि सदस्या हरु लाइ पनि आमा नै भन्छन क्यारे | कोइ आमा हरु अरु को घर घर मा गएर , एक छिन अरुको बचा लाई काख मा राखेर नक्कली माया देखाउदै ”कुची कुची चिकु चिकु ” गर्दै नाक हल्लौछन’ अनि जब बच्चा नाक दुखेर रुन्छन , अनि ”ओले ओले ला ला ला ‘ गर्दै ह ल ल हासेर सक्कली आमाको काख मा बचा फ़र्काउछन |
अर्का थरि देसी आमा हरु हुन्छन | तिनीहरुलाई मदर भन्छन , पोल्दा पोल्दै भागेका जस्ता काला काला चिल्ला टाउको मा सेतो स्कार्फ लगाएका मदर हरु , टोल मा के छिरे खोपा को देउता हराए , केटा केटीहरु हरु ले बातै पिछे ” ओ माइ गड ” ‘जिजस ‘भन्न सिके | यिनै मदर हरु हुन् जिजस लाइ येसु बनाएर गरिब नेपालि को घर घर छिराए |
बाल बालिका हरु गाउँन थाले ” प्रभु येसु आउनु हुन्छ , चुलो मा भात पकाउनु हुन्छ ”|
यिनै संस्करण भित्रकी दिल शोभा आमा लाइ भर्खर धेरै नेपालि ले चिन्ने अबसर पाए |
९० को दसक मा धेरै गड फादर फिल्म बने आजकाल साउद्थ इन्डियन , हिन्दि फिल्म मा गड मदर हिट भएका छन् | गब्बर सिङ्ग को प्रति मुर्ति यी आमा हरु को काम धेरै क्रिमिनल पालेर राख्ने , ग्यांग फाइट गराउने , हप्ता असुली , चन्दा असुली आदि हो |
हाम्रो देश मा त् हुने खाने , ठुला बडा कि आमा लाइ धेरै ले आमा भन्ने चलन पनि छ | आफ्नो सरुआ बढुवा , प्रोमोसन को लागि यी आमा हरुलाई गुड पाक खुवाउन न भुल्नुस |कोइ कोइ लाइ मासु मिठो लाग्छ , मासु चाहिने लाइ गुड पाक , गुड पाक खाने लाइ मासु दिने भुल बिर्सेर पनि न गर्नु होला |
छिमेकी कि छोरी तरुनी भै | येसो आफु कोठा चोटा गर्दा पुलुक्क हेर्थी | बेला बेलामा फिस्स हासेर हैरान पार्थि | एकलाई बस्यो कि मुरली बजाउ बजाउ लाग्ने |
तर मान्न पर्छ ,धेरै फास्ट थि | टोल का हृतिक रोसन सग पार्क , कुना काप्चा तिर भेटिने गर्थी हेर्दा हेर्दै भुडी ठुलो बनाइ |
कलि युग , आजकाल उ पनि आमा भएकी छ | कहिले काइ उतातिर बाथ रुप बाट आवाज आउछ ”मम ! हेर्स्योस त् बेबी रोए जस्तो छ ” |
रात रात भर फोनमा लपक्कै टाँसिएर कुरा गर्न साथ् दिने पनी भाबिस्यकी आमा नै हुन् तर आफ्नै छोरा छोरी कि चैं हुन्छिन कि अर्कैकी त्यो चैं समयले नै बताउला | सबै आमाहरुलाई मेरो कोटी कोटी सम्झना |
मित आमा अथवा मितिनी आमा पनि बिर्सिनु भएन मित आमाले पनि मित छोरा तथा मितनी छोरीलाई साह्रै माया गर्नु हुन्छ आफ्नै छोरा छोरी झै गरेर I
एउटा महत्त्वपुर्ण आमालाइ चाहिँ बिर्सिनु भयो….ति हुन् धर्तिआमा अर्थात् जन्मभूमि |
हामीले सुने अनुसार विगतमा त्यस्ती आमाहरु पनि थिए जसले आफुले जन्म दिएका बच्चाहरुलाई आफ्नो दुध खान बाट बन्चित गराए|
बुबु आमा हायरमा (अहिलेको भाषामा भन्नपर्दा) राखेर उनकै स्तनबाट दुध खुवाउथे र बच्चालाई हुर्काउथे| बिशेष गरेर राजदरवार र राणाकालका कुलीन सम्झनेहरुले यस्तो चलन अपनाएका थिए|
प्रसुति अवस्था पछि दुध सुकेर वा दुध नआएर होइन तर जन्म दिने आमालाई सहज र सुबिधा प्रदान गर्न वा उनको सौन्दर्य्य यौवनमय गराई राख्न पहिले नै योजना गरेर यस्तो चलन गराएका थिए|
बुबु आमा हुनमा त्छाड मछाड चल्थ्यो भन्ने पनि सुनिएको छ| बुबु आमा हुनेका परिवारले पाउने सुबिधा, परिवारको प्रगति र बकसलाई ध्यानमा राखेर बुबु आमा हुन् कुनै एक दुई बिशेष जात लाई मात्र दिईथ्यो| तर दरवार र दरवार नजिक जनजातिका थुप्रै सुसारेहरु पनि बुबु आमा भएका थाहा पाईएको छ|
गत चार पांच पुस्तामा को को बुबु आमा थिए, कसले कसको र किन बुबु खाए अनि खुवाए र बुबु आमाका आफ्नै सन्तान पुस्ता अहिले को को हुन् र छन् भनी पहिचान गरेर साँचो इतिहास लेखिए बर्तमान नेपालको who’s who नै खुलिने थियो, र लिस्टमा पर्ने सम्भावना छ|
एकातिर पुजारी र साईत हेर्नेले आफ्नो परिवारको मात्र उन्नति गराउनमा फायदा उठाए अर्को तिर बुबु आमाका परिवारले पनि फायदा उठाए|
धन्य हुन् बुबु आमाकी दश धारा दुध!
दीपेन्द्र र पारसेले पनि खाएका थिए होला, कसैको जानकारीमा भए लेख्नुहोला|
११ औ नम्बरकी आमा
” छोटी आमा ”
हामीलाई जन्म दिने बुबाको भाई बुहारी l
छोराकी आमा!
छोरीकी आमा!!
कालेकी आमा!
गोरेकी आमा!
ठुलेकी आमा!
सानेकी माँ!
कालिमाँ
गौमाता, गाइ माँ!
भैसिमां!
अरुपनि थुप्रै आमा हरु छन् जिवनमा!
आजकल सबैको प्यारो चाहि,
छोराकी आमा र स्वास्निकी आमा भयाकी छैन टेस्टत्य्बमा जन्म्या सन्तान जसरि आफ्नो आमालाई चाहि फेसबुकमा दर्शन गर्छन स्वास्स्निकी आमालाई चाहि घरमा स्याहार सुसार र ढोग गर्छन!
यो सब छोराकी आमाले गर्दा त् हो!
तेसैले शक्तिशाली छोराकी आमा नै हो!
आमाहरु अभिनयमा निकै नै पोख्त मान्छु भर्खर दुइ बर्षे बालक टुकुटुकु हिड्ने घरि यता घरि उता अनि दुधसंग भात खान थालेका तोते बोलि बोल्न थालेका आमा उसको पछिपछि कचौरा लिंदै भात खुवाउन खोज्दै कहिले गित गाउने कहिले रोए झैँ कहिले हाँसे झैँ गर्ने बिरालो चराको आवाज निकाल्ने लुकिमारी खेल्ने अनि जसोतसो उसको पेट भर्ने यो सधैको अभिनय हुने गर्छ …अब तिनै बालक हुर्किसकेको छ सहरकै धनीमानीमा गनिन्छ गाडी नोकरचाकर सबै छ तर आमा बुढी भैसकेको हुन्छ उसको शरीर खाटमै बस्न खोज्छ सांस फेर्न अक्सिजन लगाउनु पर्छ बच्चाले आमाको अघि पछि डाक्टर नर्सको लाइन लागको हुन्छ अनि भेट्न आउछ समय निकालेर आमाले भात नखाको कुराले उसको मन तिल्बिलाउछ अनि भन्न थाल्छ -आमा भात किन नखाको हेर मैले तपाइँकोलागी दिनरात नर्स खटाएको छु तेत्रो खर्च गरिदिएको छु अनि तपाई भात नखाई दिने औषदी कसरि लाग्छ ..आमा बोल्न सक्दिनन हातले इसारा गर्न थाल्छ छोरो झन् उफ़्रन थाल्छ – अब के ? जहिले नाटक गर्छे घरि के घरि के ?वाक्क लागिसक्यो ….उत्तिखेर उसको सानीआमा देखा पर्छ अनि भन्छे – वाह ! बाबु धेरै ठुलो भैसकिस होइन त ..त जब बोल्न जान्दैन थिइस उसले तेरो इसारा सबै बुझ्थ्यो तलाई भोक लागेको उसले थाहा पाउथी तेरो लागि उसले आफ्नो सारा समय बिताउथि तलाई एकछिन पनि आँखाबाट ओझेल हुन दिन्नथि आज उही आमाले तेरो हातबाट खान खोज्दै छ र तलाई नौटंकी लाग्छ ……
सबै भन्दा खत्तम ९ औं न. कि आमा.
आज आमा को माया फेसबुक मा छताछुल्ल भएको देखेर मा दंग छु
अनि अर्की आमा, धाइ आमा जसले जन्मने बित्तिकै आमाको दुध नआउदा आफ्नो दुध खुवाएर बचाउने आमा | त्यसैले त बिहेमा पनि सम्मान सहित साडी दिने चलन छ नि त |
१०. श्रीमाता ।
हुन त जन्म दिने आमाको ठाउँ कसैले लिन सक्दैन; तैपनि सबै आमाहरूलाई शुभकामना !
एउटी आमा ती हुन् जसले न जन्मौछा न त कुनै नाता नै गसिंछा ती हुन् धाई आमा जसले बच्चा लाई सामाजिक प्राणि बनाउछ .
जन्म दिने आमाहरुले अब यसरि भन्नु पर्ने हुन्छ ,-‘कुनचाहिँ तेरी हुनेवाली बच्चाकी आमासँग रात-रात भर फोनमा कुरा गरेर बस्छस् हँ….?’