Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

व्यङ्ग्य : घोप्टेभिर आयोग

Posted on April 25, 2014 by mysansar

साक्षात सुशील

मुलुकको चालिसप्रतिशत भन्दा बढी अशिक्षित र बेरोजगार रहेको नेपाल जस्तो देशमा यस ‘घोप्टेभिर नन प्रोफिटेबल जस्तो गौरबशाली संस्थाले अनगिन्ती संख्यामा रोजगारी र चेतना दिदै आएको आम जनसमुदायमा बिधितै छ । तर बेला बेलामा यस घोप्टेभिर ननप्रोफिटेबललाई अनावश्यक बिबादमा तानेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्ने एक खालका अराजकतत्वको हाबी हुँदै गएको छ । त्यस किसिमको गतिबिधिलाई निरुत्साहित गर्न र घोप्टेभिर ननप्रोफिटेबल जस्ता गैरनाफामुलक संस्थाको उद्देश्य पुर्ति गर्न नेपालको सरकारसँग देहायका मागहरू पेस गर्न चाहन्छ । माग पेस भएको एक हप्ता भित्र सुनुवाई नभएको खण्डमा यस घोप्टेभिरले सरोकारवालाहरूलाई घोप्टो पार्न वाध्य हुनेछ ।

आठ बुँदे माग:

· गौतम बुद्धको जन्मस्थल प्रमाणित गर्ने बहानामा दक्षिण छिमेकी राष्ट्र भारतका क्रुर तानाशाह सम्राट अशोकले निर्माण गरेको अशोक स्तम्भ यथाशिघ्र स्थानान्तरण हुनुपर्छ । बिदेशी सम्राटले नेपाल जस्तो सार्वभौमिकता सम्पन्न मुलुकको सरकारको अनुमति बिना निर्माण गरिएको सो स्तम्भले नेपालको सार्वभौमिकतालाई मात्र चुनौती दिएको छैन, गौरबशाली इतिहास बोकेको धरहरालाई समेत छायामा पारेको छ । भक्तपुरको इट्टाभट्टाको चिम्नीको झझल्को दिने सो स्तम्भले नेपालको प्राकृतिक शौन्दर्यलाई कुरुप बनाईदिएको हुँदा यथासिघ्र त्यस स्तम्भलाई भारत कै बिहार तर्फ स्थानान्तरण गर्न पहल गरियोस् ।

· बिश्वब्यापी तापमानले सगरमाथाको हिउँ पग्लिएर अन्तमा कालापत्थर मात्र रहने बैज्ञानिक भबिष्यबाणी भैसकेको अवस्थामा केही अदुरदर्शी अराष्ट्रिय तत्वले नेपालीको गौरबलाई सगरमाथासँग जोडेका छन् । निकट भबिष्यमा नेपाली को अनुहारमा कालापत्थर जस्तो कालो धब्बा जोडेर हाँसोको पात्र बनाइने प्रयास भैरहेको छ । सगरमाथा आरोहणका क्रममा बिदेशीले फ्याक्ने फोहोरको कारण नेपालको जैबिक तथा प्राकृतिक बिबिधतामा गम्भीर असर परेको छ । त्यस्तै देश बिकासमा लाग्नुपर्ने हातहरू बिदेशीको भारी बोकेर सगरमाथा चढ्दा ठुलो श्रमशक्ती खेर गएको छ । बेला बेलामा आउने हिम पहिरोको कारण उद्दार गर्न हेलिकप्टर प्रयोग गर्नुपर्दा देशको अर्थतन्त्रमा असर परेको छ । सगरमाथाको अस्तित्वले कुनै पनि नेपालीलाई फाइदा नपुगेको हुँदा नेपालतर्फबाट यसको आरोहणको बाटो तत्काल बन्द गरिनुपर्छ ।

· गरिबी र पछ्यौटेपनले ग्रस्त नेपालमा बिभिन्न समयमा ठुला भनिने देश र संस्थाका तथाकथित उच्चपदस्त ब्यक्तिहरू नेपाल आइरहने सबैमा बिधितै छ । यसरी गरिबी, प्रदुषण, निरक्षरता, बेरोजगारी र भद्रगोलको स्थितिमा सुधार नगरिकन बिदेशी नेता भ्रमण गराउदा बिदेशमा नेपालीको बेज्जत हुनसक्छ । संयुक्त राष्ट्र संघ जस्तो संसारभरी फैलिएको संस्थाको महासचिव नेपाल आउँदा नेपालको समस्या संसारभर एकैपटक उदांगो भएर गौरबशाली नेपाली जनताको बिश्वभर बेज्जत हुन सक्ने भएको अब उप्रान्त कुनै पनि बिदेशी नेता र संयुक्त राष्ट्रको महासचिवलाई भ्रमण नगराइयोस ।
र
· बार्षिक ५० लाख पर्यटक भित्र्याउने योजनाको नाममा लगानी हुन लागेको लुम्बिनी बिकास परियोजना तत्काल बन्द गरियोस । गौतम् बुद्ध शान्तिका अग्र दुत हून । उनले दिएको शान्तिको ज्ञान बिपरित लुम्बिनीमा तडक भडक र अशान्ति फैलाउने, सडक बनाएर गाडी गुडाउने, अस्पताल बनाएर बिरामी चिच्याउने र कराउने, बौद्ध विश्वबिधालय निर्माण गरेर टायर बालिने र आन्दोलन् गरिने, फाइभ स्टार होटेल बनाएर गाना बजाना गर्ने, जस्ता विकृति रोक्न लुम्बिनी बिकास परियोजना खारेज गरियोस् ।

· बेला बखत तिब्बती शरणार्थीले गर्न लागेको आत्मदाह रोक्न नेपाल प्रहरीले अमानवीय तवरले लाठिचार्ज गर्ने गरेको छ। स्वतन्त्रता खोसिएको तिब्बतका नागरिकसँग भएको स्वतन्त्र शरीर बाल्ने कि भिजाउने भनेर निर्णय गर्ने जिम्मा तिब्बती कै हो । अदालतले पनि आफ्नो शरीरमाथि आफ्नै हक हुने फैसला गरिसकेको छ। यसमा नेपाल सरकारले गर्ने हस्तक्षेप तत्काल बन्द गरिनुपर्छ र उनीहरूलाई सुरक्षित र सुबिधाजनक तवरले आत्मदाह गर्न बौद्ध गुम्बा नजिक आत्मदाह सेन्टर निर्माण गरिनुपर्छ र मट्टितेल र पेट्रोल नि:शुल्क उपलब्ध गराउनुपर्छ ।

· नेपाली समाजमा उपवासको परम्परा प्राचीनकाल देखि चलिआएको हो । उपबासले शरीर र मनलाई स्थिर राख्छ । उपबास बस्न प्रेरणा दिने ब्यक्तिलाई प्रचिन कालदेखि नै सम्मानको द्रिष्टीले हेर्न्थ्यो । लगातारको उपवासलाई अनसन भनिन्छ । अनसन पनि उपवास कै निरन्तरता भएको हुँदा कुनै पनि ब्यक्तिलाई कुनै पनि बिषयमा अनसन बस्न प्रेरणा दिने, आवश्यक बन्दोबस्त मिलाइदिने, सुकिसकेको घाउ कोट्याएर नुन छर्किन मद्द्त गर्ने ब्यक्तिलाई राष्ट्रिय सम्मान गरिनुपर्छ। यसलाई एजेन्डा सेटिङ गरी देशका प्रभावशाली मिडिया र पाटीपौवाहरुमा छाप्न दिनुपर्छ।

· द्वन्दको क्रममा राज्यपक्ष र बिद्रोहीको तर्फबाट गराइएको हत्या र बेपत्ताको बिषयमा सत्यनिरुपण र बेपत्ता आयोग बनाउने तयारी गरेको छ । तर त्यस द्वन्दको क्रममा मारिएका कुखुरा-बाख्राको बिषयमा यो आयोग किन मौन छ ? के कुखुरा बाख्राको चै प्राण नै होइन ? सेना-माओबादीको भिडन्तमा परेर जंगलमा चरिरहेका कयौँ कुखुरा-बाख्रा मारिएका छन् । पशुपन्छी हकहित बिपरित मारिएका ती कुखुरा बाख्राको खोजीनीति गर्न पनि एउटा आयोग बनाउनुपर्छ। अन्यथा यो बिषय पेटा वा त्यसले अलि कम डलर दिए अन्य अन्तराष्ट्रिय पशुपन्छीबादी संस्थासामु पुर्‍याएर भए पनि यो संविधान नबनासभा विघटन गर्न वाध्य पारिनेछ ।

· आर्थिक मन्दी र पर्यटकको कमि भएको अवस्थामा बिदेशी मुद्रा भित्र्याउन संचार माध्यमलाई अधिकार दिइनुपर्छ । दर्जनौको संख्यामा रहेका संचार माध्यमले आफ्नो अनुकुल दुतावाससँग सम्बन्ध स्थापित गरेर बिदेशी मुद्रा आर्जन गर्ने हो भने अबको दश बर्षमा डलर, क्रोनर, युरो, युवान, आइसी, जस्ता मुद्रा सँचित हुन गै मुलुक आर्थिक सम्रिद्धी तर्फ सम्किन सक्नेछ । यसर्थ यथाशिघ्र यस घोप्टेभिर ननप्रोफिटेबलको नेत्रित्वमा ‘दुतावास र मिडियाको जोडी मिलाउन शक्तिशाली ’घोप्टेभिर आयोग’ बनाउन जोडदार माग गर्दछ ।

अदक्ष

क्रोनर मनी

घोप्टेभिर नन प्रोफिटेबल प्रा लि पुल्चोक
(नर्वेली दुतावासको दायाँ)
पोष्ट बक्स ६ करोड ५० लाख

(द्वन्दमा मारिएका दुबै पक्षप्रति समबेदना )

22 thoughts on “व्यङ्ग्य : घोप्टेभिर आयोग”

  1. Shankar says:
    April 26, 2014 at 12:51 am

    समाचार
    – – – – –
    ( दुर्भाग्य तपाइँ हाम्रो ,समाचार बाचक हकला परेछ, कुनै कुनै अक्ष्यर ”ह ” भन्ने )
    आज साझ चिमोटर्सक्लब मा होप्टे भिर आयोग को बैठक बस्यो |बैठक को सभापतित्त्व चिमोटर्स क्लब का अद्ध्यक्ष्य छि छि हमला ले गर्नु भएको थियो |
    उक्त अवसर मा बोल्दै होप्टे भिर आयोग का महा सचिब हाम बहादुर भुमिपुत्र ले भन्नु भो ,
    ”बुद्द काँ जन्मियो ? न तपाइले देख्यो न मैले देख्यो | आनी किन लुम्बिनी मा लेख्यो ? लुम्बिनी मा न लेखेर काठमान्डू मा लेखेको भए आर्को काठमान्डू बनाउन सक्थ्यो भारत ले ?
    ( ट् र र तालि )|
    आब मु चुमोलोंग्मा को बारे २ सब्द बोल्छ |यास्लाई सगर माथा पानि भान्छा | चाढन को लागि गाडी राडी सब पाउछ , साइकल चढ़ ,हबाइजात चढ़ , फेरी पनि मुन्छे लाइ मोर्ना को लागि त्यो डाडो नै किन चाढ छ हँ ?आम्रिकान धेरै आएर डिस्ताब भो हाम्लाई | तेसैले आहिलेसम्म संबिधान लेख्नु साकेंन हो |
    तेसै ले चोमोलोंग्मा को गेट बन्द गर | ( फेरी तालि )
    आनी यो बिदेसी पानि कात्ति पो आउछ त् हो | नेपाल हिर्नु भान्छ भन्ने बेलामा हाम्रो बुरी लाइ लाइन मार्छ |( तालि )

    फिरी लुम्बिनी बिकास , बिकाश भन्छ | बिकाश बस्छ हाम्रो गाम मा , लुम्बिनी मा बिकाश खोज्छ , दिमाग न भएको हरु ( झन् जोड ले तालि )|
    आनी यो तिबाती हरु किन मोर्छ कालै न आइ ? हाम्लाई बाल्न को लागी मट्टीतेल छैन सोम हरु जिउ मा घास्छ | बान्द गार यो सब ( फेरी तालि )

    आनी को भुकै भुकै बासेर आन्सान भान्छ | लु म जाड खाएर आन्सान बस्छ तै ले के गर्छ ? ( सरकार लाइ ठाडो चुनौती !)
    गुगुरा , हास को बारे मु बोल्दैन | पात्रिका ले पैसा खायो ,पैसा खायो भान्छ कसरि गान्छ ?हास ले , गुगुराले चारा भनेर झुक्केर पैसा टिप्छ पत्रिका ले कसरि खान्छ ?
    भो मु बोल्दैन | काती बोल्नु हो |

    Reply
  2. ramesh babu says:
    April 25, 2014 at 9:26 pm

    मनि नै मनि हाबी भएको मुलुकमा खै के चै खोजतलास होलार ? क्रोनर मनिले झटारो हानिसक्यो होला ? तै चुप मै चुप !!

    Reply
  3. eklavya says:
    April 25, 2014 at 8:37 pm

    हाम्रा आदरणीय ८६ बा (प्रम)ले लेखेका होलान भनेको अर्कै पो परेछ के गर्ने उनलाई पनि झटारो हान्ने बानि छ क्या …तिनता मोबाइल देखाएर राष्ट्रप्रेमी राजनीतिज्ञहरुलाई देखाउदै सानातिना के उदाउ भन्दै ठुलै प्लेनको तयारीमा थिए तर भएन हेर्दा हेर्दै गिरिजाले पो उदाए लाउडा अनि टनकपुर …येसो मौका खोज्दै थिए हातमा त तिनता मोबाइल पो बाँकी …तिनलाई पनि कसरि पांलु भैराख्या बेला तिनता त त्रिनेत्र पो भैदियो गाठे कसरि कन्ट्याक्ट जुदाएछ कुर्सि पो दिलाइदियो ….बा त्यो मोबाइल अक्सन मा हाल्न मिल्छ भने हालिदिनुपर्यो के थाहा भोलि अर्कै प्रम होला नि …..

    Reply
  4. सिर्जने says:
    April 25, 2014 at 8:06 pm

    झटारो तगडो छ, ठाउमा लाग्छ कि लाग्दैन आप झर्छ कि झर्दैन हेर्न बाकी छ /

    Reply
  5. Shankar says:
    April 25, 2014 at 4:50 pm

    समाचार
    – – – – –
    ( दुर्भाग्य तपाइँ हाम्रो ,समाचार बाचक हकला परेछ )
    आज साझ चिमोटर्सक्लब मा होप्टे भिर आयोग को बैठक बस्यो |बैठक को सभापतित्त्व चिमोटर्स क्लब का अद्ध्यक्ष्य छि छि धमला ले गर्नु भएको थियो |
    उक्त अवसर मा बोल्दै होप्टे भिर आयोग का महा सचिब हाम बहादुर भुमिपुत्र ले भन्नु भो ,
    ”बुद्द का जन्मियो ? न तपाइले देख्यो न मैले देख्यो | आनी किन लुम्बिनी मा लेख्यो ? लुम्बिनी न लेखेर काठमान्डू मा लेखेको भए आर्को काठमान्डू बनाउन सक्थ्यो भारत ले ?
    ( ट् र र तालि )|
    आब मु चुमोलोंग्मा को बारे २ सब्द बोल्छ | चाढन को लागि गाडी राडी सब पाउछ , साइकल चढ़ ,हबाइजात चढ़ , फेरी पनि मुन्छे लाइ मोर्ना को लागि त्यो डाडो नै किन चाढ छ हँ ?आम्रिकान धेरै आएर डिस्ताब भो हाम्लाई , संबिधान लेख्नु साकेंन हो |
    तेसै ले चोमोलोंग्मा को गेट बन्द गर | ( फेरी तालि )
    आनी यो बिदेसी पानि कात्ति पो आउछ त् हो | नेपाल हिर्नु भान्छ भन्ने बेलामा हाम्रो बुरी लाइ लाइन मार्छ |( तालि )

    फिरी लुम्बिनी बिकास , बिकाश भन्छ | बिकाश बस्छ हाम्रो गाम मा , लुम्बिनी मा बिकाश खोज्छ , दिमाग न भएको हरु ( झन् जोड ले तालि )|
    आनी यो तिबाती हरु किन मोर्छ कालै न आइ ? हाम्लाई बाल्न को लागी मट्टीतेल छैन सोम हरु जिउ मा घास्छ | बान्द गार यो सब ( फेरी तालि )

    आनी को भुकै भुकै बासेर आन्सान भान्छ | लु म जाड खाएर आन्सान बस्छ तै ले के गर्छ ? ( सरकार लाइ ठाडो चुनौती !)
    गुगुरा , हास को बारे मु बोल्दैन | पात्रिका ले पैसा खायो ,पैसा खायो भान्छ कसरि गान्छ ?हास ले , गुगुराले चारा भनेर झुक्केर पैसा टिप्छ पत्रिका ले कसरि खान्छ ?
    भो मु बोल्दैन | काती बोल्नु हो |

    Reply
  6. क्षिर ध्वज says:
    April 25, 2014 at 11:45 am

    “उनीहरूलाई सुरक्षित र सुबिधाजनक तवरले आत्मदाह गर्न बौद्ध गुम्बा नजिक आत्मदाह सेन्टर निर्माण गरिनुपर्छ र मट्टितेल र पेट्रोल नि:शुल्क उपलब्ध गराउनुपर्छ । “

    Reply
  7. Sisir says:
    April 25, 2014 at 10:51 am

    एउटा निहत्था मान्छे मार्नु जगन्य अपराध हो र तेस्ता अपराधीलाई कारबाही हुनै पर्छ अरु सब तपसिलका कुरा हुन् ..

    Reply
    1. bibek dhakal says:
      April 25, 2014 at 5:05 pm

      मुख्य कुरा भनेको शान्ति स्थापना हो ; अरु सब तपसिलका कुरा हुन्!
      तर गम्भीर अपराध गर्नेहरुलाई उन्मुक्ति दिन चाही हुन्न….
      मुद्दा जटिल छ तर जसरि नि मिलाउनै पर्छ, र मिलाउनको लागि आपसमा मिल्नुको विकल्प छैन !

      Reply
  8. Prayash says:
    April 25, 2014 at 10:27 am

    अधक्ष ज्यु, यो आयोग मा कनक मणि लै प्रमुख सल्लाहकार मा राख्नु पर्छ है नत्र भने यो आयोग चलाउन क्रोनर कहाँ बाट आउछ,

    Reply
  9. प्रवेश लामा says:
    April 25, 2014 at 9:43 am

    व्यङ्ग्य घोप्टेभिर नाम सुन्दा अचम्मा लाग्यो पड्दा पड्दै सिदेकै थाहा पाएन …५ किलोको तरबारले खसीलाई मार हान्दा खसी नछिनिन सक्छ, घोप्टेभिरको व्यङ्ग्यले नेताको आन्द्र छिनिन्छ /

    Reply
  10. बशन्त राज says:
    April 25, 2014 at 9:36 am

    कसैले भारत पहिला एक राज्य थियो भन्छ भने त्यो मान्छे पनि गलत हो भन्ने मलाई लाग्छ / हिन्दु धर्म ग्रन्थ अनुसार भारत बर्षमा पौराणिक कालमा अनेक राज्य थिय भनियको छ / यो कुरा महाभारत या रामायण बाट प्रस्ट हुन्छ / रामायण कालमा मिथिलांचल (हाल को जनकपुर जुन नेपाल मा पर्छ) नामको राज्य थियो / मिथिलांचलमा सिताको स्वोयाबर हुदा भारत बर्षबाट अनेक राजा आयको अनि धनुमा तादो चडाउन प्रयास गएको कथा आउछ भने इतिहासमा भारत कसरि एक राज्य भो ?
    महाभारत अनुसार पनि त्यही कुरा आउछ / कसिराजको ३ छोरीहरु अम्ब अम्बिका अनि अम्बालिका स्वोयाबर गर्दा पनि भारत बर्षका सम्पूर्ण राज्यका राजाहरु आयका भनियको छ / एसबाट के प्रस्ट हुन्छ भने पौराणिक काल देखि नै भारत एकै राज्य थियन /
    यिनै अनेक राज्य बिभाजन भयाकलेनै मुगल आयर आफ्नो मुगल सम्राज्य फैलाएका हुन् / तर पनि ति मुस्लिम मुगल अनि हिन्दु राजा हरु बिच बारम्बार लडाई भही रहन्थ्यो / त्यो समयमा अन्ग्रेजहरु ब्यपारी बनि भारत बर्ष मा खुसे अनि भारतलाई ईस्ट इंडिया कम्पनि बनायाका हुन् / यदि आज आयर कसैले भगवान किसन को जन्म भारत भन्ने देसमा भाको भन्छ भने त्यो पनि गलत हुन जान्छ / किनभने अन्ग्रेज आऊनु अघि त्यहा कुनै भारत भन्ने राज्य थियन / हिन्दु राजाहरुको अनेकन राज्यको समुहलाई भारत बर्ष भानिथ्यो /
    मैले यो कुरा किन गरेको भने कनक मणिले भगवान बुद्ध नेपाल जन्मियाका होईन भन्ने तर्क गरेका छन् / उनले भनेकै अनुसार जाने हो भने पनि बुद्ध भारत पनि जन्मियाका होईनन / बुद्धको जन्मको समय भारत भन्ने राज्य नै थियन / बरु त्यो समयमा नेपाल भन्ने राज्य थियो / जुन कहिले उपत्यकामा सिमीत् रहन्थ्यो त कहिले विस्तार भयर भारत बर्षका अन्य राज्यपनि नेपालमा गाभिन पुग्थ्यो / जस्तो राजा मानदेवले राज्य विस्तार गरेपछि चागुनारायण मन्दिर को निर्माण गर्नु एक प्रमाण हो /
    यूरोप एक महादेस भय जस्तै इतिहासमा भारत बर्ष एक राज्य हरुको समूह थियो / एक हिन्दु तथा बौद्ध राज्यहरुको महादेस थियो / तसर्थ इतिहासमा कसैले भारत भन्ने एक राज्य थियो भन्ने तर्क गर्छ भने त्यो मुर्ख हो/ कनक मणिले तर्क गरेजस्तो मुर्ख तर्क या भनोउ डलर खाने तर्क हो जस्तो लाग्छ /

    Reply
  11. Lekhnath Kafle says:
    April 25, 2014 at 9:29 am

    अब यो दनकले कनकको कस्तो छनक दिखिने हो कुन्नि ? यो दुइ पैसे ब्लगले ६ करोड डलरको टाउकोलाई टनटन्ती बनाइ दिन्छ भन्ने भुलेछन क्यारे ! चेन्नाई एक्सप्रेस को एउटा बाक्य छ नि “Don’t under estimate the power of common man” त्यस्तै दुइ पैसे कमन म्यानको दुइ पैसे ब्लगको शक्तिलाइ नजर अन्दाज गर्दा धेरै पछारिएका छन् टुप्पाबाट भुइमा.
    हिजो कुचो लिएर दिल्लीको गल्लि गल्लि हिड्ने अरविन्द केजरिवालले सोनिया र मोदीको टाउको तेसै दुखाएका होइनन.

    Reply
  12. लौटन अवधि says:
    April 25, 2014 at 9:00 am

    हा हा हा सेतो कपाल लाइ भित्तै मा पुग्ने गरि दनक दिनु भएछ !

    सेतो कपाल !!!

    छरपस्ट सेतो कपाल
    सड्यन्त्र र धोका का सेता हिमाल
    आत्मा बेचेर हिडिरहेका
    लास का पुत्ला हरु
    कात्रो सरि ढाकिएका आवरण हरु

    बुद्द जन्मेको खेलाची ठान्ने हरु
    सगरमाथा को अस्तित्व लाइ तगारो ठान्ने हरु
    गोर्खाली को हार लाइ जित देख्ने हरु
    कागज मा चित्र कोरी
    गोर्खाली ले गोरेलाई ढोगेको देखाउने हरु

    अन्तरनिहित कुरो खाटी रैछ यहा
    कसले कसलाई ढोग्दो रैछ यहा
    हण्डी को हड्डी मा बाच्दो को रैछ यहा
    मरेको लास मा कात्रो बेरेर
    हिड्दो को रैछ यहा !

    मानब अधिकार को फगत ढोंग रच्ने हरु
    जबर्जस्ति उठाई – तर्साइ – लोभ्याई
    निराहार बस्न लाउने हरु
    भताभुङ्ग र बिग्रेकै देख्न
    सधै देख्न चाहने हरु

    छैन तिम्रो अस्तित्व अब यो देश दुनिया मा
    सगर्व गोर्खालीले जितेकै हो देश दुनिया मा
    बुद्द हाम्रै देश का सपुत हुन् अनि हुन् हाम्रै अन्तर आत्मा
    तिमि नभएर के भयो र सगरमाथा –
    अविचलित छ हाम्रै जगत मा

    थाहा भयो सेतो कपाल
    तिम्रो कर्तुत को सारा भण्डाफोर भयो
    २ पैसे ब्लग भए के भयो त
    तिम्रो भन्दा –
    हजार गुणा देश प्रेमी भयो –
    इज्जत भयो – सम्मान भयो

    तिमि ले बिदेशी पाउ मा सिर टेकाउदै मा
    सारा गोर्खाली ले टेकाउदैनन्
    तिमि जिउदो लास को चल्ता पुर्जा भए नि
    इमान बेचेर अरु ले आफै लाइ जिउदो लास बनाउदैनन
    याद राख बुद्द लाइ नेपालि होइनन भन्ने लाइ –
    सगरमाथा नेपाल को होइन भन्ने लाइ –
    जितेको युद्द र आफ्नो स्वाभिमान लाइ –
    हार भन्ने हरु लाइ
    सारा नेपाली ले टुक्रा टुक्रा पार्न बेर लाउदैनन !!
    सारा नेपाली ले टुक्रा टुक्रा पार्न बेर लाउदैनन !!
    सारा नेपाली ले टुक्रा टुक्रा पार्न बेर लाउदैनन !!

    Reply
  13. sanumaya odari says:
    April 25, 2014 at 7:40 am

    झटारो सही छ. यी मनीले सधै यस्तै यस्तै कुरा हरु लेखेर वाक्क पारेका थिए. र का मान्छे होलान भन्या त युरोपेली स्तरका मान्छे रहेछन भन्ने थाहा पाउँदा अलिकति खुशी नै लाग्यो. 🙂

    Reply
  14. Tanka Basel says:
    April 25, 2014 at 6:24 am

    यस बर्षको मदन पुरस्कार घोप्टेभिर आयोगलाई! कनक दिक्षितलाई फोर्स लाउनु पर्यो! नेपालको साहित्यिक प्रतिष्ठा उनकै खल्तीमा छ! जड्याँको नाममा स्थापित भए पनि कौडि त ५०-६० बोरा चामल आउने खालको छ! भोकमरि लागेका साहित्यकारलाई त्यहि पनि राहत!साक्षत शुसिल जि! जँड्याहा पुरस्कार बहिष्कार नगर्नुहोला! लिष्टमा नाम चढ्छ! चामलको भात खान पनि पाईन्छ ,अमर पनि होईन्छ !

    Reply
  15. xyz says:
    April 25, 2014 at 5:58 am

    Sounds like a knock on Kanak. There are three ways now – my way, high way and Norway.

    Reply
  16. ashok says:
    April 25, 2014 at 5:42 am

    नहुने र गर्न नसक्नेहरू पापी पेट पाल्नको लागि कचौरा लिएर बाटोमा भिख माग्छन।

    पढे-लेखेका, टाठा-बाठा अनि गर्न सक्ने र जान्नेहरू त्यहि भिखारीको कथा कोर्छन, बिदेशि दुताबास धाउछन अनि डलर, पाउन्ड, क्रोनरमा भिख माग्छन्। भिख मागेकै पैसा ले देश बिदेश घुम्छन, सभा सेमिनार गर्छन, अनि भन्छन नेपालमा गरिबी छ, अशान्ति छ। तपाईं हामी चाँही टाठा बठा पल्टने को कुरा सुन्छौ, त्यसमा नै भुल्छौ, हो रैछ क्यारे भन्छौ, अनि थपडी बजाउछौ ।

    Reply
  17. मधु सुदन says:
    April 25, 2014 at 5:37 am

    Correction
    देश द्रोही तथा राष्ट्र घाती dallar मणि लाई राम्रो ब्यङ्ग, यदि देशमा राम्रो सुशासन भएको भए जेल मा जाक्नु पर्ने . dallar मणि को पक्ष्य मा लेखने वा बोल्ने सबै देश द्रोही हुन् .
    लेखक एबम माई संसार लाई धेरै धन्यवाद . यो मुद्दा लाई अझ प्रकाशित गरि सरकार लाई दबाब दिएर र सम्बन्धित दुत लाई देश निस्कासन गर्नुपर्ने . कसैले हस्ताक्षर अभियान चलाउनु पर्ने

    Reply
  18. ashok says:
    April 25, 2014 at 4:54 am

    २००० बर्ष पहिला यशु जन्मिएको ठाउ इजरायललाई संसारभरका क्रिश्चियनहरुले अझै पनि पबित्रभुमीको रुपमा पुज्ने गर्छन ! कति ग्रन्थहरुमा इजरायल शब्दलाई पबित्र शब्दको रुपमा उल्लेख गरेको पाइएको छ ! बुद्धको पालामा नेपाल नभए जस्तै उबेला पनि इजरायल भन्ने देश थिएन ! बुद्धको पालामा जस्तै त्यसबेला पनि देशको नाममा संसारको कुनै पनि ठाउमा सिमाना कोरिएको थिएन ! अहिले आएर इतिहासकारहरुले गौतम बुद्ध अहिलेको नेपालमा जन्मिएको हो भनेर लेख्दा कनके जस्ताहरुलाई असहज महसुस भएको देखिन्छ ! के यसलाई चाकडीको भाषा हो भनेर बुझौ?

    Reply
  19. Deepak says:
    April 25, 2014 at 3:32 am

    लु अब भयो एस्तो पनि माग, घोप्टो परेको सोच, हिजो हामी कहाँ थियेउ आज कहाँ र भोलि कहाँ पुग्नु छ भन्ने कुरा नसोचेको जस्तो लग्यो , धेरै भलो हुने माग लागेन:
    धेरैलाई जागिर देएको रे , लुन मलाई पनि दिनु पर्यो घोप्टे नपर्ने जागिर, अहेले नै आउथे नेपाल.

    हे अरजक्तोत्यो नेपाल बिकाश गर्न देयेउ सक्छौ भने ब्रस्ताचार रोक, के के पनि सुन्न पर्छ बिहानी….
    अनि अर्को कुरा येसो लेख स्क्रीनिंग पनि गरे हुन्थियो सालोक्य जी, 🙂

    Reply
  20. Abhi says:
    April 25, 2014 at 2:45 am

    पोष्ट बक्स ६ करोड ५० लाख

    Reply
  21. RAAZ says:
    April 25, 2014 at 1:10 am

    सहि व्यङ्ग्य / क्रोनर मनीहरुलाई यो व्यङ्ग्यले छोला जस्तो लाग्दैन मलाई त /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme