Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली मिडिया/सम्पादक कोबाट परिचालित ?

Posted on April 23, 2014April 23, 2014 by सञ्जीव लम्साल

Editor_Cartoon
प्रेस स्वतन्त्रताको ठूल्ठूला सैद्धान्तिक कुरा गर्ने मिडिया/सम्पादक आफूले आफैलाई स्वेच्छिक बन्धनमा पारिरहेका हुन्छन्। त्यसरी बन्धनमा पारेर कठपुतलीसरह बनाउने शक्तिहरु के के होलान् ? तपाईँको विचार तल कमेन्टमा लेख्नुस्।

31 thoughts on “नेपाली मिडिया/सम्पादक कोबाट परिचालित ?”

  1. madan bajracharya says:
    April 28, 2014 at 11:31 pm

    पत्रकारहरुलाई विकृत बनाउनमा पहिलो जिम्मेवार नेता र दलहरुनै हुन्/ फलाना पत्रिका फलाना दलको “……”फलाना पत्रकार फलाना नेताको “…….” / यो हामीले सुन्दै आयकै कुरा हो/ नेताको “फलाना” हुने बिदेशीको पनि फलाना बन्ने नै थियो बने/ नेता सच्चियुन नेपाल सच्चिन्छ/ किन भने आज नेपाल आम नेपालीको हो भन्नु भन्दा नेताको नेपाल हो भन्नु पर्ने बनेको छ/ नेताले भनेको नेपालीले नमाने के हुन्छ त्यो आय दिन हामीले हेर्दै आयकै कुरा हो/

    Reply
  2. Ambaris says:
    April 25, 2014 at 10:51 am

    कोहि भारुमा, कोहि डलरमा, कोहि यानमा बिकेका भन्ने त सुनिन्थ्यो तर यूरोपको महँगो पैसामा पनि नेपालको प्रेस बिकेको खबरले नेपालको छबी उक्लिएको हुनु पर्छ किनकि अन्तरराष्ट्रिय स्तरमा आफ्नो भाउ राख्ने अबसर जो कोहिले पाउदैनन |

    Reply
  3. Chetan Nepali says:
    April 25, 2014 at 1:11 am

    अहिले आएर कुरो बुजियो किन नेपाली मिडियाहरुले बास्तवमा सत्य सुचनाको प्रवाह गरेर देशको चौथो अंग बन्न नसकेको रहेछ भनेर ! यस्ता भाते सम्पादकहरुको भुस्याह पत्रकारहरुले गर्दा नै होला देश उभो होइन उधो तिर लाग्दैछन जसले देश र जनताको बास्तविक समस्या वा इस्स्युलाइ कहिल्यै राम्रो संग सम्बोधन गर्न सकेन !!

    Reply
  4. Suraj Shrestha Maskey says:
    April 24, 2014 at 7:29 pm

    खुला गोप्यमा कुरामा लोकतन्त्र दिवसमा के लेख्ने?
    लाजै मर्नु भै सक्यो हामीलाई !!!

    सुरज श्रेष्ठ मास्के

    Reply
  5. abhi says:
    April 24, 2014 at 1:50 pm

    बिदेशी सहयोग लिएर देश चलाउने सरकार कसको नियन्त्रण मा छ? बिदेशी सहयोग लिएर शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, संचार, पर्यटन, भौतिक विकास, बाताबरण र नाम नलिएका सबै क्षेत्र का सरकारी, गैर सरकारी संघ संस्था चलाउने र lobbying गर्ने हरु कसको नियन्त्रण मा छन्? बिदेशी सहयोग लिएर चल्ने सेना र प्रहरी कसका नियन्त्रण मा छन्? उत्तर छ भने कसैको अनुहार मन नपरेकै भरमा खेदो खन्न मा लाग्नुभएका महान बुद्दिजिबि हरुले हामीलाई पनि जानकारी गराउनु हुञ्छ कि???

    Reply
  6. Navin Rayamjhi says:
    April 24, 2014 at 1:26 pm

    पत्रकारिता कहिले पनि स्वतन्त्र हुदैन र नेपाल जस्तो गरिब मुलुकको पत्रकारिता को त् के कुरा गर्नु?

    Reply
  7. प्रवेश लामा says:
    April 24, 2014 at 6:39 am

    नेपाल मिडिया/सम्पादक ज्यू ,

    ऊखान थियो दुंगा बोल्छ,माटो बोल्छ तर सुन्दा अचम्मा लाग्थ्यो आज २१ओं सताप्तिमा यो सानो कठपुतली ले अंग्रेजी,हिन्दि ,चिनीया,नेपाली बोलेको र संसार ले बुज्ने सांकेतिक भाषा बिचको ऒलाको ईसारले बोलेको बुझिन्छ ….

    Reply
    1. अभिषेक लामा says:
      April 24, 2014 at 9:45 pm

      समयको माग हो प्रभेश जी !……अंइनस टाइनले भन्थ्ये अबको तेस्रो बिस्व उद्दामा प्रयोग गर्ने हातियार भनेको ढुंग को खोड़ा हुनेछ भन्थ्ये तेसै स्वरुप अब बन्दुक पटकायर मान्छे तर्सिन्न तर सांकेतिक भाषा बिचको औला ठटायो भने संसार तर्सिन्छ तर गल्ति गर्नु भयन ! कि कसो साथीहरु ……?

      Reply
  8. ashok says:
    April 24, 2014 at 3:10 am

    बिगत बिस बर्षदेखि कनकमणिले बिदेशी दाताहरुबाट सहयोगको नाममा कति पैसा लिएकोछ र त्यसलाई कसरी खर्च गरेको छ- नेपाली जनताले जानकारी लिने अधिकार छ, तुरुन्त छानबिन गर्नु पर्छ ! यदि पारदर्शिता देखिएन भने कनाकेलई देशद्रोहिको नाममा जेल हाल्नु पर्छ !

    Reply
    1. नेपाल बहादुर शिंह says:
      April 25, 2014 at 8:33 pm

      ऋषि धमला जस्ता जता जता दान दक्षिणा बढी पाउँछ त्यसकै गुनगान गाएर हिंड्ने महान चाटु पत्रकार र मानव अधिकारको हुङ्कार दिंदै एकल जातिय शासन चलाउने मानव अधिकारबादी टपरेहरु र कनके जस्ता दलाल जो गरिव नेपाली र नेपालको नाम
      बेचेर आइएनजिओ र एनजीओ खोलेर बिदेशी डलर कुम्ल्याउने हुँडारहरु नेपालमा प्रशस्त छ र यसको छानविन हुन् जरुरि छ ! जनताले तिरेको कर राजस्व राज्यको दुकुटी देखि लिएर विदेशीले दिएको ऋण अनुदान सबै बिदेशी बैंकमा थोपार्ने निरङ्कुश पंचायतका नायक महेन्द्र,बिरेन्द्र,ज्ञानेन्द्र शाह र तिनका मतियारहरु मात्र नभएर प्रजातान्त्रिक समाजबादका नायक गिरिजा देखि लिएर
      राम शरण महत,खुम बहादुर खडका,सुजाता कोइराला र बहुदलिय जनबादको गफ छाँट्ने माकुने,झाले,खनाल,सर्वहाराको हितमा भाषण चुट्ने,सर्वहारालाई नै लुट्ने र चुट्ने माओबादिक कमंदार प्रचन्ड,भट्टराइ,बैधेको बिदेशमा बैंकमा राखेको पैसा जफत गरिनु पर्छ !

      Reply
  9. बेखालाल नेपाल says:
    April 24, 2014 at 1:46 am

    देशका ठुला पत्रिकाहरु कुनै न कुनै रुपमा बिदेशी अनुदान (आफ्नो स्वार्थ जो लेखौंन) पाउदा रहेछन – कठपुतली बन्न| सारै नमज्जा लाग्यो झुर लाग्यो| सबभन्दा झुर त पत्रकारहरु बीच कठपुतली बन्ने होडबाजी पनि रहेछ भन्नेमा रह्यो |

    Reply
  10. chandra says:
    April 24, 2014 at 1:04 am

    कलम धारी बेस्यहरु जहाँ द्रब्य देखछन् तेही बिस्तार लगौछन

    Reply
  11. abhinav says:
    April 23, 2014 at 11:03 pm

    पैसा नै हो सबको शक्ति ,पैसाले नै भुलाउंछ
    हुँदा खाँदा को व्यक्ति लाइ कुकुर बनाई डुलाउछ

    पैसा नै हो सबै थोक भन्ने भ्रम गराउछ
    तेसका लागि चाकडी को पराकाष्ठामा पुर्याउछ

    दण्डवत ढोग नानाथरी सबै थोक गराउछ
    परिआये अर्काको पाइताला पनि चट़ाउछ

    Reply
  12. Shankar says:
    April 23, 2014 at 11:03 pm

    नेपाल मा भन्न सकिन्छ |
    १) नेपाल लाइ खान र आफ्नो मुट्ठी मा राख्न चाहने दक्षिण | उसले दिर्घ कालिन रुप मा आफ्नो पकड मा राख्न नेपाल को चौथो अंग भनिने पत्रकारितालाई लाइ तेही अनुसार प्रयोग गर्छ | अरु पुछार मा समाउछ उसले घाटी मा | जस्तो कि हिजो भारतीय बिस्तार बाद सग लड्ने , सुरुङ्ग युद्द्द गर्ने भन्ने हरुको जरो चै उता रहेको पछि पुस्टि भयो ( स्रोत ::यस दि मुनि को किताब ,बेला बखत को अन्तर्वार्ता , सत्ता पाउनु अघि र पाएपछि को ब्यबहार ),

    २) चीन र भारत को प्रगति न रुचाउने अमेरिकी र युरोपियन ले नेपाल लाइ मैदान बनाएर तेही अनुसार खेल्न चाहन्छ | नेपालि जात जाति फुटाएर हुन्छ कि , धर्म प्रचार गरेर हुन्छ कि जातीय दंगा , धार्मिक द्वन्द उनीहरुको मिसन हुन्छ र उनीहरुले पनि पत्रकारिता लाइ तेही अनुसार प्रयोग गर्छ |
    पछिलो उदाहरण कनक र उसले उडाएको ( पचाएको चै न भनि हालु अईले) भनिएको करोडौ रुपिया तेस्तै बिभिन्न उद्देस्य बोकेका येन जी वो हरु |

    ३) कांग्रेस को देशान्तर , एमालेको दृस्टी , माउबादिको जनादेस , रा, प्रा पा को जनधारणा , जनआस्था यो पनि एक किसिम को मिडिया नियन्त्रण हो |

    Reply
  13. Lalit Narayan says:
    April 23, 2014 at 10:57 pm

    त्यसरी बन्धनमा पारेर कठपुतलीसरह बनाउने शक्तिहरु :
    # चर्को घर भाडा
    # महंगी
    # सन्तानलाइ सके सम्म राम्रै लालन पालन र शिक्षा दिक्षा दिउँ भन्ने भावना
    # श्रीमतीको कचकच
    # पत्रकारको पिडा देखेर फाइदा उठाउन खोज्ने ब्यापारी, राजनीतिज्ञ, र बिदेशी शक्ति

    Reply
  14. Farak Mat says:
    April 23, 2014 at 10:44 pm

    मेडिया मात्र होइन साथी हो सभा सद को पनि यांजियो धन्दा छ, एमाले का नेता का स्वास्नी का सबै का यांजियो छन्, कति पय नेता का आफ्नै यांजियो छन् अझै . पूर्व अर्थ मन्त्रि सुरेन्द्र पाण्डे कि श्रीमती पूर्णशोभा चित्रकार को ल्याण्ड माइनिङ्ग सम्बन्धि यांजियो छ, शंकर पोख्रेल कि श्रीमती को आफ्नै, मनमोहन कि बुहारी शान्त को आफ्नै, सी. पी. मैनाली कि श्रीमती सीता खड्का उर्फ निलम के सी को आफ्नै यांजियो अझै छ, खोज्ने हो भने येस्ता कुरा पनि बाहिर ल्याऊ साथी हो

    Reply
  15. mani says:
    April 23, 2014 at 7:49 pm

    द्रब्य …….. द्रब्य ……. धेरै द्रब्य …….
    जोश ले दिन्छ तेसैको तलुवा चाट्ने हो……आफुले न पाए कराउने अनि बेठिक भन्ने पायो भने हो यो ठिक हो भन्ने….
    यो संसार पुरै द्रब्य पिचास ले भरिएको छ ….. जो पनि हुन सक्छ ….

    Reply
  16. बशन्त राज says:
    April 23, 2014 at 6:43 pm

    कुरानै गर्ने हो भने हरिबंस आचार्य र मदन कृष्ण श्रेष्ठ को मह संचार मा पनि बिदेसी लगानी छ / मह संचारलको रेडियोमा कार्यक्रम रेडियो पत्रीका “छीनोफानो” आउने गर्छ / यो एन्टेना फ़ोउन्देशनको लगानीमा मह संचारले उत्पादन गरेको हो / एसमा मह चैतारी भन्दै सम सामयिक बिसयमा न्याय निसाब गरेको सुनाईन्छ / यसरी बिदेसी लगानी गरेर रेडियो कार्यक्रम चलाउनु सहि हो गलत मैले बुझ्न सकिन हो ?????

    Reply
    1. Bipin Tripathi says:
      April 24, 2014 at 1:15 pm

      मह संचार तथा अन्य विदेशी दाता को सहयोग प्राप्त भनिएका (यदि सच्चाई हो भने ) संचार माध्यम हरुले राम्रो गरेका छन् या छैनन् भन्ने राष्ट्रिय छलफल कै एक विषय हो भन्ने लाग्छ | तर यो भन्दा पनि अझै महत्वपूर्ण छलफल बारे एक पत्रकार मित्रले के लेखेका छन् भन्ने कुरा यहाँ प्रस्तुत गर्दछु : “पत्रिका वा अनलाइन चलाउन सकिएन, कर्मचारीलाई तलब खुवाउन सकिएन या आफूले बंगला, गाडी इत्यादि किन्न सकिएन भनेर दूतावासमा प्रपोजल बोकेर दौडने भिखारी दर्शनशास्त्रले मुलुकलाई कतातिर लैजान्छ र कस्तो राष्ट्रिय चरित्रको विकास गराउँछ भन्ने विषयमा बहस गर्न जरुरी छ । अझ तिनै भिखारीहरुले मागी खान पाउनुपर्छ या भिखारी चरित्र जिन्दावाद भन्दै वकालत गर्न थाले भने यो देशको स्वाभिमान, राष्ट्रिय चरित्र के बाँकी रहन्छ ? यो देशका पत्रिकाले हामीसँग भिख माग्छन् भन्ने विदेशीमा सन्देश गयो भने हाम्रो इज्जत र स्वाभिमान कति बाँकी रहन्छ ? यो पनि बहस गर्न जरुरी छ । ” – Arun Baral

      Reply
  17. Dhruba Raj says:
    April 23, 2014 at 5:51 pm

    कठपुतली बनाउने कोहि होइन| पत्रकारहरू लोभीपापी भयर हो

    Reply
  18. dharmendra says:
    April 23, 2014 at 5:46 pm

    कठपुतली बनाउने शक्ति के के हो त्यो त मलाई थाहा छैन तर कठपुतली बन्ने कमजोरी चाही नेताहरु र तिनका चम्चा हरुकै हो जसलाई देशको भन्दा धन को माया छ

    Reply
  19. shree basanta says:
    April 23, 2014 at 5:19 pm

    कनकमणिको यो कुराले मात्र होइन पहिले देखिनै कुन पत्रिका कुन देश बाट कुन पत्रिका कुन देशबाट संचालित छन भन्ने कुरो आइरहेकै हो | बिदेशीको इशारामा चल्ने जो कोहि पनि देश र जनताको दृष्टिमा नमक हराम हुन् | कोहि भारुमा, कोहि डलरमा, कोहि यानमा बिकेका भन्ने त सुनिन्थ्यो तर यूरोपको महँगो पैसामा पनि नेपालको प्रेस बिकेको खबरले नेपालको छबी उक्लिएको हुनु पर्छ किनकि अन्तरराष्ट्रिय स्तरमा आफ्नो भाउ राख्ने अबसर जो कोहिले पाउदैनन | अर्कोतिर प्रेस मात्रै किन यत्रा आइएनजिओ/एनजीओको स्रोत बिदेशी पैसानै हो | धर्म प्रचारका लागि कति पैसा आएका छन् खै तिनको खोजि ? समग्रमा नेपालीत्वको बिक्रि हो – प्रेस, स्वाभिमान, धर्म, इमान | बरु यी कुराको लिलाम बढाबढनै गर्नु बेश होला अन्तरराष्ट्रिय जगतमा |

    Reply
  20. kedar says:
    April 23, 2014 at 3:07 pm

    मिडिया र सम्पादकहरुलाई कठपुतली बनाउने जम्मा जम्मी ३ वोटा छन् तेस्ता सक्तिहरु छन्:
    १. पैसा—- मिडिया हाउस चलाउन प्रकासन सुचारु राख्न
    २. पैसा—- सम्पादकको व्यक्तिगत इच्छा र आबस्यकता पुरा गर्न
    ३. पैसा—- पत्रकारिता छेत्र भन्दा बाहिर पनी आफ्नो प्रभाब छर्न

    Reply
  21. डिल्ली says:
    April 23, 2014 at 2:13 pm

    धेरै के भन्ने र समग्रमा सम्पादक हल्लाउने शक्तिलाई निम्न बर्गमा बाँड्न सकिन्छ ।
    १) कालो शक्ति (यो शक्ति दुई प्रकारको छ)
    क) टुप्पीवाल शक्ति (सिधै दक्षिण तिर पर्छ यो यसको बोटमा भारु फल्छ) ख) बुर्कावाल (त्यही दक्षिणबाट पश्चिममा पर्छ रेगिस्तानसम्म फैलिन्छ)
    २) खैरो शक्ति (सात समुद्र पारी) (यो पनि दुई प्रकारकै छ)
    क) पश्चिम उत्तरको खैरो शक्ति (जहाँ युरो फल्छ) ख) सुदूर पश्चिमको खैरो शक्ति (जहाँ डलरको खेति हुन्छ)
    ३) नेप्टो शक्ति (उत्तर तिर पर्छ)
    ४) धनुष्टङ्कार शक्ति (यो चाहीँ सम्पादकको लच्काइमा छ)

    Reply
  22. Dinesh Baral says:
    April 23, 2014 at 2:02 pm

    बिदेशी त्यसमाथि पनि युरोपेली क्रिस्टियनबादीहरु जो नेपालमा जातीय दङ्गा फैलाएर क्रिस्टियन धर्मको लागि भ्याक्कुम बनाउन चाहन्छन् ! हिजो ज्ञानेन्द्रको बिरुद्दमा लाग्न कनके र प्रचंडे दुवैले खाएकै हुन् ! अहिले प्रचण्डको बिरुद्दमा कनके खायो !

    Reply
  23. Shisir says:
    April 23, 2014 at 11:47 am

    सर्बप्रथम राजनैतिक आस्था
    त्यसपछि छिटो राजधानीमा घर बनाउने, गाडी, सुनचांदी जोड्ने मेलो
    सधै शक्तिको पछि लाग्ने चाटूकारिता

    Reply
  24. achyut says:
    April 23, 2014 at 11:27 am

    पत्रकारीतको मान मर्यादा बुझ्नेलाई कसैको शक्तीको बलले चलाउन सक्दैन, अरु त अरुनै हुन् पतन भएर जानेछन् । d

    Reply
  25. hari har sharma says:
    April 23, 2014 at 10:53 am

    पैसा, पैसा, पैसा
    पैसा को लागि यो सब गरेको हो /
    नचाउने उही, बिदेशी प्रभु //

    Reply
  26. कुसुम ज्ञवाली says:
    April 23, 2014 at 9:17 am

    संसारमा कोही पनि स्वतन्त्र छैन, सम्पादक र पत्रिकाको के कुरा भो र । स्वतन्त्र हुने इच्छाकै पनि दास भइयो भने पनि वास्तवमा स्वतन्त्र बन्न सम्भव हुदैन ।भो अरू नकुरा गरम्…।

    Reply
    1. bibek dhakal says:
      April 24, 2014 at 7:29 am

      यहाँ मलाइ असान्दर्भिक विषय भए पनि खुसुक्क जोड्न मन लागेको – ” पर्यटन क्षेत्रमा विदेशी लगानी” हो| देशको मेरुदण्ड पर्यटन क्षेत्रमा अहिले कतिपय होटल र ट्राभल एजेन्सीहरुको “देखाउने” प्रोप्राइटर नेपालि भएपनि असली साहु चाहिं बिदेशी छन्, जसले आको आधा भन्दा बढी पैसा सोहोरेर लान्छन| यसले गर्दा देशलाई बार्षिक को कुरा छोडम, हप्ते पिछे लाखौँ घाटा भैरहेको छ| नेपाल जस्तो आर्थिक अवस्था कम्जोर भएको देशमा पर्यटन जस्तो विसुद्द देशको रिसोर्सेजबाट आर्जन भएको पैसा बिदेशमा गएको देख्दा चित्त दुख्दो रहेछ| यो विषयमा सम्बन्धित निकायको ध्यान जाओस!!!

      Reply
  27. ramesh says:
    April 23, 2014 at 9:06 am

    मुख्य कुरो राजनीतीक पाटीहरु हुन् तेस पछी बीदेसी सक्ति हरु सबै भन्दा ठुलो कुरा आफु पानी हो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme