अहिले डिजिटल पत्रिका सेतोपाटी Vs अखबारी पत्रिका कान्तिपुर हेर्न पाइएको छ। निहुँ- कनकमणि दीक्षितले नर्वेजियन दूतावासबाट पत्रिका छाप्न, पत्रकारलाई तलब बाँड्न, लेखको पारिश्रमिक दिनमात्रै हैन त्यो रकम बैँक ट्रान्सफर गर्ने शुल्कसमेत जोडी सबै खर्च व्यहोर्ने गरी झण्डै साढे ६ करोड रुपियाँ लिएको सार्वजनिक भएको। त्यसरी दूतावासको पैसा लिएर पत्रिका चलाउनु ठीक होइन भनेर कान्तिपुरले आइतबार सम्पादकीय ठोक्यो। त्यसो त शनिबार माइसंसारले पनि त्यो कुरा उठाएको थियो, तर ‘दुई पैसे ब्लग’को आरोप लगाइयो, अब ‘दुई पैसे’को कुरा कसले सुन्ने! कान्तिपुरको सम्पादकीयपछि त्यसले कुटनीतिक वृत्तमा एक किसिमको हलचल नै मच्चाइदियो। नर्वे दूतावासले त्यो सहयोग देशले हैन राजदूतावासको कोषबाट गरिएको भनिसकेको छ। यो केसले राजदूतै परिवर्तन होला जस्तो समेत भइसकेको छ। ड्यामेज कतिसम्म भएको छ भन्ने थाहा पाउन कान्तिपुरले लेखेको सामान्य सम्पादकीयको जवाफ सेतोपाटीले‘विशेष सम्पादकीय’ लेख्नुपरेबाट स्पष्ट हुन्छ। शीर्षकका तीन शब्द भने समान छन्- मिडियामा विदेशी लगानी
संकेत र प्रत्यक्ष
कान्तिपुरले आफ्नो सम्पादकीयमा छुस्स सेतोपाटीलाई संकेत गर्ने गरी एउटा कुरा लेखेको थियो-
नेपालमा लगानी-स्रोतको पारदर्शिता कायम नगरी चलेका पत्रिका र अनलाइनहरू पनि छन् ।
सेतोपाटीले भने आफ्नो विशेष सम्पादकीयमा कान्तिपुरको नामै किटेको छ। कान्तिपुरप्रति नै बढी आक्रामक छ।
कान्तिपुरको पूरै सम्पादकीयको सार विदेशी लगानीभन्दा पनि विदेशी दूतावासको लगानी हुनुहुँदैन भन्ने छ। कान्तिपुरका सम्पादक सुधीर शर्माले ट्विटरमा भने पनि ‘प्रश्न विदेशी लगानीको होइन, विदेशी दूतावासको लगानीलाई लिएर हो’
@sudeepshree प्रश्न विदेशी लगानीको होइन, विदेशी दूतावासको लगानीलाई लिएर हो
— SUDHEER SHARMA (@sudheerktm) April 20, 2014
कान्तिपुरको सम्पादकीय मिडियामा विदेशी लगानी हुँदैन भन्ने पक्षमा छ भने सेतोपाटीको विशेष सम्पादकीय हुन्छ भन्ने छ।
यी दुईको बहसले सर्वसाधारणलाई अन्यौल बनाएको छ। खासमा विदेशी लगानी भनेको नाफा कमाउने उद्देश्य राखेका विदेशी कम्पनीले देशको कम्पनी ऐन अनुसार मिडियामा गर्ने लगानी हो। छिमेकी देश भारतमा निश्चित प्रतिशत विदेशी लगानी मिडियामा गर्न पाइने नीति बनेको धेरै भयो। नेपालमा त त्यही पनि खुला गरिएको छैन। त्यसमा बहस भएको छैन। सेतोपाटीले विदेशी दूतावासले बाँड्ने सहयोगलाई पनि त्यसैमा जोडेर विदेशी लगानीको नयाँ परिभाषा दिएको छ।
स्वार्थ आ-आफ्नै
सन् २००० को दशकमा दि हिमालयन टाइम्स अङ्ग्रेजी र अन्नपूर्ण पोस्ट नेपाली दैनिकमा घुमाउरो बाटोबाट (नाम नेपालीको राखे पनि काम भारतीयले गर्ने गरी) भारतीय लगानी आउँदा कान्तिपुरले नेपाली मिडिया मालिकहरुको संगठन मिडिया सोसाइटी नै गठन गरेर खेदो खनेको थियो। संयोग, अहिले सेतोपाटीमा आवद्ध कतिपय पत्रकारहरु त्यतिबेला कान्तिपुरमै थिए र उनीहरु त्यतिबेला विदेशी लगानी हुनुहुँदैन भन्ने समाचारमा हो मा हो मिलाउन बाध्य थिए।
मिडियामा विदेशी लगानीको बहस चले कान्तिपुरले अहिले पनि हुनुहुँदैन नै भन्छ होला। आफ्नो नम्बर एक पोजिसनमा खतरा पर्ने गरी अरु प्रतिद्वन्द्वी आओस् भन्ने किन चाहन्छ र ऊ ! उसको स्वार्थ एक नम्बर हुनु।
यद्यपि मिडिया चल्ने भनेको लगानीले मात्र हैन। कुशल व्यवस्थापन र दक्ष पत्रकार नभई मिडिया चल्दैन। विदेशी लगानीले मात्र चल्ने भइदिएको भए अन्नपूर्ण पोस्ट भारतीय साहुले एक वर्षअघि नेपाली साहुलाई बेच्न बाध्य हुँदैन थिए। साहु छुट्टिएर टप पत्रकारहरुलाई साथै लैजाँदा पनि कान्तिपुर नम्बर वन पोजिसनमै रहिरहने थिएन।
सेतोपाटीको चाहिँ के स्वार्थ त ?
सेतोपाटी अहिले ठूलो घाटामा छ। केही अघि अमेरिकामा भएको अन्तर्क्रियामा सेतोपाटीका सम्पादक अमित ढकालले वर्षमा ६८ लाख घाटा भएको हिसाब सुनाएका थिए। खर्च महिनामा ६ लाख, आम्दानी वर्षमा ३/४ लाख हुने उनले बताएका थिए। हेर्नुस् भिडियो-
कनककारिताको सेतोपाटीले किन विरोध गर्न सक्दैन भने यत्रो घाटाको पूर्ति गर्न ऊ आफैलाई पनि त्यही मोडलमा नगई नहुने स्थिति छ।
तर्क-‘सहयोग लिन पाउनु पर्छ’
सेतोपाटीले विदेशी सहयोग लिन पाउनु पर्छ भनेको छ। सम्पादकीयमा सरकारी टिभी नेपाल टेलिभिजन बनाउन चीनको सहयोगदेखि लिएर रेडियो नेपालमा भएको विदेशी सहयोग खोतल्दै ‘बिबिसी नेपाली सेवा पूर्ण रुपमा विदेशी सहयोगमा सञ्चालन हुन्छ’सम्म भनिएको छ। कसो भारतको अलइन्डिया रेडियो, चीनको सिआरआईको नेपाली सेवा पनि पूर्ण रुपमा विदेशी सहयोगमा सञ्चालन हुन्छ लेख्न छुटाइएछ।
कान्तिपुरमाथि बढी नै आक्रामक सम्पादकीयमा त्यहाँको टिभी कार्यक्रमको फेहरिस्त प्रस्तुत गरिएको छ
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने थुप्रै कार्यक्रम विदेशी सहयोगमा उत्पादित रहने गरेका छन् । कान्तिपुर टिभीबाट प्रसारण हुने सम्भवतः सबैभन्दा लोकप्रिय कार्यक्रम साझा सवाल विदेशी लगानीमा, विदेशी संस्थाले निर्माण गर्छ र कान्तिपुर टिभीले पैसा लिएर बजाउँछ । सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले कान्तिपुर टिभीमा सञ्चालन गर्ने समकोण कार्यक्रम नर्वेजियन दूतावासको सहयोगमा उत्पादित कार्यक्रम हो ।
विगतमा कान्तिपुर टेलिभिजनबाट प्रशारित ‘मेरो जिन्दगी मेरो विश्वास’ र ‘तटस्थ तर्क’ अमेरिकी सहयोग संस्था ‘एन्टेना फाउन्डेसन’ र एनजिओ ‘एनडिआई’ले उत्पादन गरेका कार्यक्रम हुन् । ‘मेरो जिन्दगी मेरो विश्वास’ र ‘तटस्थ तर्क’का विषयवस्तु कान्तिपुर पत्रिकामा पैसा तिरेर प्रकाशित हुन्थे ।
सेतोपाटीले उठाएको यो विषयमा गम्भीर छ। यसले एउटा त हामी कति पत्रु भइसक्यौँ त, एउटा टक शो पनि विदेशी सहयोगबाट चलाउनु पर्ने रहेछ भन्ने देखाउँछ।
उसको सम्पादकीयमा भनिएको छ-
विदेशी लगानी वा सहयोग लिने सञ्चार गृहको तटस्थताप्रति प्रश्न उठ्ने तर सीधै विदेशी सहयोगमा उत्पादित कार्यक्रम र विषयवस्तु प्रसारण र प्रकाशन हुँदा निष्पक्ष हुने तर्क असंगतिपूर्ण छ । हाम्रो यसमा पुरै असहमति छ ।
यसले चाहिँ अलि कुरा मोड्न खोजेको छ। माथिका कार्यक्रमहरु एउटा व्यवसायिक टेलिभिजनको समय किनेर प्रसारण गरिएका कार्यक्रम हुन्। खासमा तपाईँको छोराको बिहेको भिडियो पनि पैसा तिरेपछि टेलिभिजनमा बज्ने स्थिति छ। देशमा उद्योगधन्दा छैन भन्दैमा फस्टाएको एनजिओ उद्योगको धन्दामा लागेर पत्रकारहरुले कार्यक्रम बनाउने र मिडियाले पैसा लिएर बजाउने क्रम पनि अन्त्य हुनुपर्छ।
अर्को कुरा विदेशी लगानी वा सहयोग लिने सञ्चार गृहका मालिक त्यही भूमिकामा मात्र सीमित भएको भए तटस्थताको प्रश्न नउठ्न पनि सक्थ्यो। सेतोपाटीले बचाउ गर्न खोजेका पात्र कनकमणि दीक्षितले क्रोनर सम्झौता गैरनाफामुखी भनिएको साउथ एसिया ट्रस्टका कार्यकारी निर्देशकका रुपमा गरेका थिए। उनै दीक्षित हिमाल खबरपत्रिकाका प्रकाशक हुन्। उनै दीक्षित एउटा पत्रिकाका प्रकाशक भएर पनि अरु विभिन्न पत्रिकाको ओप-एड (विचार) पृष्ठमा लेखहरु लेखिरहन्छन्। मानौँ उनी सबै प्रमुख पत्रिकाका ‘सुपर सम्पादक’ हुन्। पत्रकारिताको विश्वव्यापी प्रचलनको कुरा गर्ने हो भने एउटा पत्रिकाका प्रकाशकले अर्को पत्रिकामा ओपएड आर्टिकल लेख्ने त कुरै छाडिदिउँ, एउटै पत्रिकामा रिपोर्टिङ गर्ने पत्रकारलेसमेत ओपएड लेख्दैनन्। किनभने समाचार लेख्ने काम एउटाको हो भने विचार दिने काम अर्कोको। हाम्रोमा त समाचार पनि रिपोर्टरले लेख्या छ, विचार पनि उसैले लेख्या छ। कहिले समाचारमा विचार देखिन्छ त कहिले विचारमा समाचार। अनि उनै दीक्षित मानव अधिकारका एक्टिभिस्ट भएर सडकमा उत्रिरहेका हुन्छन्। उनै दीक्षित बेनीमा द्वन्द्वकालमा गोलीले क्षतविक्षत भएको बिजुलीको खम्बासमेत ल्याएर आफ्नो पाटनको जग्गामा गाडेर द्वन्द्वको खेती गर्छन्। उनै दीक्षित आफ्नो पुस्तकमा नेपाललाई बुद्ध जन्मेको देश र सगरमाथाको देश भनेर केटाकेटीलाई सिकाउनु हुन्न भन्छन्, उनै दीक्षित एक्टिभिस्ट भएर लबिङ गर्दै लुम्बिनीमा हुन लागेको अर्बौँको लगानी रोक्छन्, संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनको नेपाल भ्रमण रद्द गराउनसमेत सफल हुन्छन्।
अब बहस यसमा पनि हुनुपर्छ एउटा पत्रकारले एनजिओ खेती गर्न पाउने कि नपाउने ? पत्रकार पनि हुने एक्टिभिस्ट पनि हुन पाउने कि नपाउने ?
कसले पाउने कसले नपाउने ?
विदेशी सहयोग लिन पाइन्छ भनेर कनककारिताको मात्रै पक्ष लिएको हो कि सबै क्षेत्रमा विदेशी सहयोग लिन पाइन्छ भनेको हो ? त्यो प्रष्ट भएन।
आदिवासी-जनजाति, दलितलाई उनीहरुको अधिकारका सचेत बनाउने भन्दै गरिएको विदेशी सहयोगले देशै टुक्रने स्थिति आयो भनेर कोकोहोलो गरेको अस्ति भर्खरै हैन ? मिडियालाई सहयोग भनेर फेरि त्यस्तै मुद्दा उचाल्न लगाइयो भने पाइने कि नपाइने ? भारतीय दूतावासले लगानी गरेर मधेस भारततिर र चीनको दूतावासले लगानी गरेर चीनतिर जोडिएको भूभाग चीनतिर टुक्रा गर्ने अजेन्डा बोकेको मिडिया आयो भने के गर्ने ?
कि सहयोग हामी जस्ता एलिटले मात्र पाउनु पर्छ, ती वर्षौँदेखि उत्पीडित, राज्यको स्रोत साधनमा पहुँच नभएकाहरुले पाउनै हुन्न? धन हुनेलाई चइन चइन, गरिबलाई ऋणमाथि ऋण। धन हुने एलिटले नामै नसुनिने पत्रिका छाप्न दूतावासबाट करोडौँ सहयोग मागेर चलाउँछन्। तीभन्दा इमान्दार ती गरिब नेपाली हुन्, जो थोरै हजार ऋण लिएर मलेसिया, कतारमा श्रम बेच्न जान्छन् तर कानुनमै नभएको ३६ प्रतिशत ब्याजलाई इमान्दार भएर तिरिरहन्छन्।
सिन्डिकेटमा प्रहार
मिडियालाई आवाजविहीनको आवाज भन्ने सिद्धान्तमा मात्र हो। खासमा यो शक्तिशालीहरुको, चर्को आवाज हुनेहरुको आवाज अझै चर्को गर्ने हतियार हो। तपाईँ एकचोटी मिडियालाई ध्यान दिएर नियाल्नुस्, प्रष्ट हुन्छ। नेपाली मिडियामा पनि यस्तै सिन्डिकेट छ।
किशोर नेपाल लेख्छन्–
आफूलाई नेपाली मिडियाको एकमात्र ठेकेदारका रूपमा प्रस्तुत गर्दै आएको संगठित जमातले नेपालीले के पढ्ने र के नपढ्ने मात्र होइन, कुन पार्टीलाई लोकतान्त्रिक मान्ने र कुन नेतालाई लोकतान्त्रिक नमान्ने भन्ने पनि निरुपण गर्न खोजेको छ । यो जमातको तरफदारी नगर्ने र नजिक नबस्ने सञ्चारकर्मीहरू पटकपटक लाञ्छित भएका छन् । दृश्य र अदृश्य सबै प्रकारको साधन–स्रोतमा हालिमुहाली त छँदै छ, यो जमातको । अब यो जमात सबैले आफ्नैजस्तो विचार राखून् भन्नेतिर लागेको छ ।
नेपाली मिडियालाई राम्रोसँग नियाल्नुस्, तपाईँले अहिले देख्नुहुनेछ कसरी यो प्रकरणमा तपाईँले बनाउने विचारलाई निर्देशित बनाउने हिसाबले लेख, समाचार, सम्पादकीयहरु आउँदै जाने छन्। चिन्दै पनि जानुस् को को रहेछन् यो सिन्डिकेटमा।
अरु केहि होइन बाजेहरुको खाने मेलो हो| प्रशासन, न्यापालिका, सेना र राजनीतिमा पनि त्यही व्याप्त छ|
यो देश बिगार्ने को को हुन् अझ पनि थाहा छैन भन्नुहुन्छ भने आँखा बन्द गर्नुस|
विदेशी लगानी र विदेशी हण्डीको वीचमा फरक छ । मागेर लिएको दुईचार डलरलाई विदेशी लगानी भन्नु भनेको किराना दोकानमा हात पसार्ने भिखारीले आफ्नो ‘बिजनेश’मा दोकानदारको लगानी छ भन्नुजस्तै हो । – See more at: http://www.onlinekhabar.com/2014/04/191086/#sthash.F4RqfrPx.qKqtHR2P.dpuf
बिदेशी सहयोगले नचल्नि नेपालमा कुन चाही छेत्र बाँकि छ होला र ?? सबै छेत्रमा हाभी भएको छ,,,त्यो भित्र पाउनि बिदेशीको इशारामा चल्छ नपाउनि ठुल्ठुला रास्त्रियताको कुरा गरेर कुर्लानछा मात्र फरक येति हो ,,,,,,,यिनको सहयोगले अब नेपाली नेपाली अर्को युद्द लड्नमात्र बाँकि राखेको छ,,,,येस्मा मुलत तपाई हामी र बुद्दिजीबी पत्रकार भनौदाहरु बेलैमा होसियार नहुनी हो भने ,,,,निकट भबिस्यमा ठुलो संकट नआउला भन्न सकिन्न,,,>>>dollar पाउनि र नपाउनि बिचको लडाईले ,,देशले हार्नु हुदैन ,,,मेरो भन्नु येति मात्र हो
हाम्रो देशमा पत्रपत्रिका को के खाचो छर ? कृपया बिदेशीको पैसालियेरा पत्रिका नानिकाल, पढ्नलाइ तनाब I
तितो-सत्य: कनकमणि भन्दा १०० गुणा धेरै अमित ढकाल ज्यु लोभी-पापी हुनुहुन्छ | पैसा को लागि अमित ढकाल ज्यु ले जस्तो सुकै कार्य (झुट -फट्ट्याइ ) गर्न पनि पछि पर्नु हुदैन | मान्नुहोस या न मान्नुहोस, “बिदेशी प्रभु को पैसा र इसारा मा ” देश र जनता लाइ लात हानेर पैसा कमाउन मा माहिर हुनुहुन्छ |
राजनीतिक नेत्रित्तो दरिलो भएर, देशका शक्तिकेन्द्र हरुलाइ सशक्त रुपमा परिचालन नगरेसम दुताबास त के, एक व्यक्ति ले पनि सचिब लाइ किन्न सक्ने स्थिति छ नेपालमा .
हैन यो नागरिक समाज भन्ने नागरिक को लागि हो कि डलरवालाको संस्था हो? मा कसरि बिस्वास गरम यिनी हरु हामी जस्ता स्वतन्त्र नागरिकका प्रतिनिधि हुन् भनेर? कसले बनायो यिनलाई हाम्रा प्रतिनिधि? खै केहि बोल्दैनन कोहि पनि? हाम्रो आवाज भनेको मिस्टर दीक्षितले बोल्ने नै हो त?
माधवी जस्तो कृतिका लेखक जन्मिएको कुलमा नेपाललाई बुद्ध जन्मेको देश र सगरमाथाको देश भनेर केटाकेटीलाई सिकाउनु हुन्न भन्ने मानब (?) जन्मिएको छ, !
धन्यवाद सालोक्यजी ।
नेपालका एलिट पत्रकारहरुका बारेमा साह्रै घतलाग्दो विश्लेषण आयो । अदृश्य स्रोतबाट पैसा ल्याएर राज्य र समाजको आँखामा छारो हाल्दै आफूलाई एलिट भनाउन रुचाउनेहरुको जोखाना बराबर ल्याउनुभो । राजनीतिमा, कर्मचारीतन्त्रमा जस्तै राज्यको चौथो अंगका एलिटहरुको नैतिक अवस्था के रहेछ त्यो पनि जानकारी पाइयो । मलाई यो सबै वहस दुई जना भिखारीहरुबीचमा स्वयम्भू अगाडि भिख माग्न पाइन्न भन्ने र पशुपति अगाडि भिख माग्न पाइन्छ भन्ने विवाद जस्तै लाग्ये । हामीजस्ता पब्लिकलाई यी एलिटहरुको बुद्धिवादबाट न कहिल्यै केही भएको थियो न नेपाली समाज यिनीहरुको बुद्धिविलासिताबाट लाभान्वित हुनेछ ।
‘क म दि ‘ ज्यु केहि त् बोल्नुस , सत्य के हो मुख खोल्नुस /कतै लाटो खान्छ १ बलद्यांग, बाठो खान्छ ३ बलद्यांग भा को त् होइन ?
येस्ता लाइ के को ज्यु ज्यु ..सिधै भने भै हाल्यो नि बिदेसी को पाल्तु कुत्ता ! येसो हेर्दा नर्वे को मात्र हैन धोत्ति को पनि पैसा लिएको हुनु पर्छ. बुध भगवान नेपाल मा जन्मेको भन्न मिल्दैन रे . who cares !! अहिले लुम्बिनी नेपाल मा पर्छ तेसैले नेपाल मा जन्मेको भन्न सकिन्छ. तेसो भए भारत मा ग्यान हासिल गरेको पनि भन्न मिल्दैन किन कि तेती बेला भारत राज्य पनि थिएँ ..स साना राज्य हरु थियो भारत मा ६० वर्ष अगाडी सम्म..अनि सगर माथा को दक्छिन मोहडा र चुचुरो नेपाल मा पर्छ खालि पिठ्यु अथवा उतार तिर को ढाड मात्र तिब्बत मा पर्छ तर सन्धि अनुसार चुचुरो मा पुग्न तिब्बत वाट, नेपाल सरकार को सहमति लिनु न पर्ने मात्र हो कनके !!
सार्है राम्रो लेख आयो यता :
मागेर खाऊ तर ‘मगन्ते दार्शनिक’ नबन
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
– See more at: http://www.onlinekhabar.com/2014/04/191086/#sthash.F4RqfrPx.3VYUINxD.dpuf
पुस्तौ देखिन नैतिकतालाई लात हानेर दलाली गर्दै आएका दीक्षित परिवारका होनहार कमदिले पनि आफ्नो पुर्खाको बिडो चै राम्रै थामेर आएको कुरा सबैलाई ज्ञान नै छ ! तर उसलाई आफ्नो बुद्धिको अहमताले गर्दा यो होस् छैन कि कुनै पनि चिज/कुरा जसको शुरुवात हुन्छ, त्यसको अन्त पनि हुन्छा भनेर !
ज्ञानीहरूले आफ्नो स्वर्थकोलागीगर्ने कुतर्क बिपरित, धेरैको विचार र पहिले थाहानपायको तथ्य थाहापाउने मौका दिने मेरो संसारको गरिमा बढेको छ. यो मुद्दा देसको भबिष्यको नीति संग जोडियको छ. बहस जारि रहनै पर्छ. धन्यवाद.
टेलिभिजनले बिदेशी सहयोगमा बनेको कार्जेक्रम देखाउदा “फलानो देश वा सस्थाको सहयोगमा बनेको” भनेर भन्दो हो त / पत्रिकाले पनि बिदेशी सहयोग लिएपछि तेसरी भनेको भए कसैले केहि भन्ने थिएनन होला / लुकी लुकी घिउ खाएको कुराको पो आपत्ति हो त हैन र?
जब मैले २०६४ सालमा कनाक्मनिको बार्तालाप सुने, कुरा थियो हुमन right सम्बन्धि तर पुरा कार्यक्रम भरिनै माओबादी लै मात्रै गाली गर्यो. मलाई लग्छ माओबादी द्वन्द पंडित ले पनि तेती धेरै बिषय बस्तु वन्द बाहिर गयर तथानाम गाली गलोच गर्न सक्दैन तर उ मनाबधिकार बादी भयर हरे राम के के सुन्नु पर्यो …….. तेस्पछि मैले आज सम्म हिमाल पनि पढेको छैन र कनकमणि को कुनै पनि कार्यक्रम हेर्न सुन्न चाहन्न……तर पनि के गर्ने जता ततै उसकै समाचार छ …………कलाकार सन्नी लेओने को चर्चा र पत्रकार कनकमणि को चर्चा एकै लग्छ मलाई .
आदरणीय साथीहरु हेर्नुस न कोहि कोहि कति भाग्यमानी कहिले नि घाटा नहुने ब्यबासाय गर्ने- कनकमणि ($$$$$)! अनि सेतोपाती ले newyork टाइम्स नै चलाको क्या तेत्रो बजेट? गफै त हो सम्धी !
गफ हैन सम्धी, तितो सत्य हो!
माइ संसार साँच्चै दुई पैसे ब्लग हो । कुनै खोज मुलक समाचार भन्दा बढी सेनसेस्नल इस्यु हरु मात्र खोजीरहन्छ यो। कुनै स्कुलको ब्याकरण गुरु झैं शब्द शब्दमा लुकेको अर्थ खोज्न तल्लिन छ भलै त्यस भित्रको शब्दहरुको कुनै निहित अर्थ नहोस् ।कनकमणि र कान्तिपुर एक अर्काका बिपरित शत्रु नै हुन जस्तो लाग्दैन । अनि सेतोपाटीले उनको काँध किन थाप्नु पर्यो र! जब कनकमणि आफै पत्रिका चलाउँछन् । अर्को कुरा कनकमणिको लेखहरु कान्तिपुरमा नियमित रुपमा छापिएकै छन। जस्तो अाजै छापिएको छ ।
सी:http://www.ekantipur.com/np/2071/1/9/full-story/387944.html
मिडियामा बिदेशी लगानीको विवाद त चरमचुलीमा छ; ‘विद्वान’ पत्रकार हरुले छिनो-फानो गर्लान नै; तर यो ब्लगमा सालोक्यजी ले बुद्ध र सगरमाथाको प्रसङ्ग जोडेको चाहिं ‘जसरि हुन्छ कनक लाई दनक’ भन्ने हिसाबले आएको जस्तो लाग्यो; किनकि नेपालीलाई बुद्द र सगरमाथाको कुरा गरेर उचाल्न सजिलो हुन्छ। वास्तबमा नेपाल मात्रै हैन; ‘अति- रास्ट्रबाद’ ले ग्रसित प्राय मुलुकको समस्या येही हो। मान्छे आफ्नो बिबेकको सुन्नु भन्दा बढी ‘खोक्रो-रास्ट्रबाद’ र ‘झुटो इतिहास’को ‘डोज’ खाएर हुर्केको हुन्छन र त्यहि सुन्न मन पराउछन। मलाई पनि बुद्ध नेपालमा जन्मेको सुन्न मजा लाग्छ अनि सगरमाथा नेपालको भन्न रमाइलो लाग्छ; तर येसो सोच्दा त कनक मणीको तर्क पनि सहि हो जस्तो लाग्छ र यो विचार राख्ने अरु पनि होलान सायद। बुद्ध के ‘नेपाल’का राजा का छोरा हुन् त? अनि बुद्ध जन्मिदा ‘नेपाल’ भन्ने राष्ट्र अस्तित्वमा थ्यो भन्ने तर्क गरे पनि उनि जन्मेको ठाउँ ‘नेपाल’मा पर्थ्यो होला त? त्यसो भए त उनलाई नेपालका राजाका छोरा भनेर लेखिनु पर्ने! अनि सगरमाथा कहाँ पर्छ त नक्सा हेर्दा थाहा भै’ हाल्छ! जुन घटनाहरु हुदा संसारको नक्सा नै अर्को थियो त्यो कुरा लाई लिएर अहिले अति-आत्मरतिमा किन रमाउनु? हो बुद्ध जन्मेको ठाउँ अहिलेको नेपालमै पर्छ र सगरमाथा पनि अलि बढी नेपाल मै पर्ला; हाम्रो भाग्य; गर्व गर्छौ;( र त अहिले सम्म संसारलाइ अलि बढी फुर्ति लाउन सक्या छौँ); तर त्यस भन्दा पर के?! बुद्धको नाममा झगडा गर्न तयार हुने पनि हामीनै हो; सगरमाथामा गोरा साहब हरुलाई चढाउन ज्यान गुमाउने पनि हाम्रै शेर्पा हुन्! जुन ठाउँमा पनि जित्न लाइ बुद्ध र सगरमाथा नघुसाउने हो कि?!
‘झुकेन यो कहिले; लत्रेन यो कहिले’ भनेर ‘जंगी निशान’को गीत गएर अनि बुद्ध र सगरमाथाको नाम लिएर रगत उमाल्न त सजिलो हुन्छ तर लथालिङ्ग आन्तरिक अवस्था अनि हात-मुख जोड्न धौ-धौ भएर हरेक दिन हाते झोला बोकेर बिदेसिन अनि रगत-पसिना बगाउन बाहिरन बाध्य हाम्रो बर्तमानमा यी र येस्तै कुरा हरु चाहिँ भद्दा मजाक जस्तो मात्रै लाग्छ मलाई चाही अनि भूपी शेरचनको कविताको याद आउछ।
म कनक मणी दिक्षितको अन्ध भक्त हैन तर गाली गर्न मन लाग्यो भन्दैमा कुतर्क गर्न पनि मन लाग्दैन। उनका आफ्नै ‘एजेन्डा’ होलान तर कसैले नसक्ने बेलामा राज्यको सेनाले मारेर पुरेको खाल्डो खोतल्ने काम पनि गरेकै हुन्। अनि उनले लिएको ‘सहयोग’ को कुरा त सार्बजनिकनै थियो(सहि गलत बहस हुदै गर्ला); माओबादीले पर्चा बाँड्नु अघिनै। यहाँ सार्बजनिक नभएका कति ‘सहयोग’ छन् सबैले बुजेकै छन्।
रमाइलो त कुनै बेला टाउकाको मोल तोक्ने र तोकिनेहरुको अहिले घाँटी जोडिएको छ; बुझ्नेले किन भनेर बुझेकै छन्। अनि दुबैको गलत कामको आलोचना गर्ने (माओबादीको चाहिँ खेदो गर्नेनै भनौ) लाई चाहिँ निम्नस्तरको गाली र तर्क-कुतर्क सबै गरेर कुना पार्ने काम हुदै छ; मेरो अनुभव मा। कानुन बिपरित गलत काम गर्नेले कानुन अनुरुपको सजाए पाउनुपर्छ(यो त भन्ने कुरा न हो; कानुन कुन चरीको नाम भन्ने अवस्था छ!); तर अहिले जसरि एक जनालाइ तारो बनाउने काम हुदै छ त्यो चाहिँ तर्क-संगत लागेन मलाई। निजि विचार; गलत अर्थ नलागोस भन्ने कामना सहित!
एका देश मा पति पत्नी थे| सिकारी पतिले अन्जान मै एक दिन राजाको मुजुर मारेर ल्याएछ | पति पत्नी मजाले मासु भात खाएछन | कुरा तेहा सम्म ठिकै थ्यो , तर पत्नी लाइ तेती ले पुगेन ,आफ्नो सहेलिलाई धक्कु पनि लगाउनु पर्यो | तेसैले पधेरा मा पानि लिन जादा दात कोत्त्याउदै सुनाइन ” हिजो मुजुर को मासु खाएको , दात मा अड्केछ | ” एक कान ,दुइकान ,मैदान , राजाको कान मा खबर पुग्यो | तेस्पछि सत्यानास |
भनेपछि रुपिया , पैसा त् पाए खाने ठाउमा डलर , युरो को स्वादै अर्कै हुन्छ त् त्यो सब ले जानेको , बुझेको कुरा नै हो | कनक धेरै उफ्रेको र फुर्ति देखाएको ले सायद !!
मलाई ऋषि धमला भन्दा पनि घृणा लाग्छा यो डलरमडी प्रति . कसरि भन्न सकेको हो बुद्ध नेपालमा जन्मेको होइन, सगरमाथा नेपाल मा पर्दैन भनेर. येस्ता राष्ट्र घाती हरुको सामाजिक बहिस्कार नभए सम्म देश उभो लाग्दैन .
यहाँ को पत्रकारिता भनेकै धमला, दीक्षित जस्ता व्यक्तिहरुको चंगुलमा फसेको छ ! म यति छाती ठोकेर भन्न सक्छु यहि माइ संसार जत्तिको स्वतन्त्र भएर काम गर्ने आँट आजको नागरीक, कान्तिपुरले कुनै हालतमा गरेका छैनन् ! सेतोपाटीको अदृश्य कपडा लागेको भ्रममा नाङ्गै हिंड्ने राजाको कथा जस्तो चरित्र त यहीं बाट पनि छर्लंग भयो नै ! हुन् त माइ संसार माथि पनि धनवान हरुले कोशिश नगरेका त नहोलान सफल भएनन् होला ! यो देशमा शान्ति कायम हुन् दलहरुको चरित्र सच्चिनु त पर्छ नै तर त्यो कुनै दुतावासको कलो खानेहरुले होइन देशको कानूनले दोषीलाइ कठघरामा पुर्याएर नियम बमोजिम हुनु पर्छ ! दीक्षित राष्ट्र प्रति इमान्दार मानिस त पक्कै होइनन तर उनि आफ्नो स्वार्थ पुरा गर्न बिदेशीको डिजाइनमा चलेकै भए पनि उनले उठाएका मुद्दा सोचनीय छन्, दीक्षित र उनि जस्तालाई कारवाही गरिनु त पर्छ तर त्यहि आडमा माओवादी र नेपाली सेनाले युद्दकालमा गरेको आफ्नो ज्यादती-कुकृत्य लुकाउने वा स्वत: माफ हुने स्थिति आउन दिनै हुन्न ! दलहरुको व्यवहार हेर्दा र सत्य निरुपणको अहिलेको बहश हेर्दा यहाँ स्पष्ट छ हिंजो जनयुद्दका नाममा र त्यसलाई निस्तेज पार्ने निहुँमा माओवादी,तत्कालिन सरकार चलाउनेहरु अनि सेनाले ज्यादती गरेकै हो, सबैले पानि धमिल्याएर माछा मारेकै हुन् होइन भने अहिले सेनाले हेलिकप्टर भाडा माओवादि जस्तो पुँजीपति दललाई दान गरेर कुन पुन्य कमाउन आँटेको ? के त्यो पैसा तिनीहरुले आफ्नो तलब-भत्ता वा सामान खरिदको नाममा गर्ने लुटबाट कट्टा गर्छन ? त्यो हाम्रो पैसा हो सेना, प्रचण्ड शेर बहादुर, माधव कुमार हरुको पैसा होइन त्यो ! अहिले यी सबै एकै कित्तामा उभिएर स्याल भाका मिलाउंदै छन् लहरो तान्दा पहरो गर्जिने अनुमानमा ! होइन भने आफ्नो ब्यारेक राख्न निह्था जनताको सम्पति बन्दुक देखाएर हडप्ने सेनाले हेलिकप्टर भाडा पनि पेरिश डाँडाको एमाओवादिको दरवार कब्जा गरेर असुल्नु पर्छ ! बिदेशीलाइ पैसाको लागि हाम्रो शान्तिलाई बलात्कार गराउने दीक्षित देखि माओवादीलाई जनताको रगत-पसिना बाउको बिर्ता सम्झेर दान गर्ने सेनाको जिम्मेवार व्यक्तिहरु लाइ कारवाही हुने पर्छ ! अन्त्यमा अब राज्यले पत्रकारिताको आडमा तस्कर,गुण्डा र प्रशासनको बिचमा बिचौलियाको भूमिका निभाउने, विदेशीलाई राष्ट्रियता बलात्कार गराउने पत्रकार अनि अपहरणकारी, बम बिश्पोट गराउने, बलात्कारीको पक्षमा मुदा लड्ने वकिललाई नाके डोरी नलागे सम्म यो मुर्दा शान्तिको नाममा यस्ता ब्यापार चलिरहने छन् !
………………खास मा कुरोचाई के भने नि सेतो पाटी का पत्रकार हरुले अरु लाइ मान्छे नै देख्दैनन किन भने नेपाल मा सबै भन्दा बुद्दिजिबि भनेका कथित “दिछित” हरु र हामी नै हो भन्ने भ्रम छ यिनीहरु मा
छलफल चल्दै जाँदा कुनै पनि पत्रिका चोखो देखिदैनन ,
अन्तमा यी सब एक भएर एक अर्काको पोल नखोल्ने
सहमति गर्छन होला l
(सुनेको कुरा – कान्तिपुर र नागरिक फुट्नुमा
पनि नेपालमा गणतन्त्र ल्याउन,
कुनै छिमेकी मुलुकले यिनमा करोडौ
लगानी गरेको र त्यो पैसा बराबर भाग नलाग्नु नै हो l)
चोरको खुट्टा काट् भन्दा जुरुक्क उचाल्छ भन्थे सेतोपाटीले त्यसै गर्यो। दूताबासको हङ्गण्डी प्रकरणमा क.दी. पो तानीएका हुन् त। पाटनका भारदारका कर्तुत बाहिर आउँदा सेतोपाती पतिले खुट्टा जुरुक्क किन पारे? दूताबासको हण्डीको स्वाद यिनले पनि लिन भ्याइसकेको कुरा अब कसैले भनिरहनु पर्दैन। पाठकलाई भ्रमित पार्न कति न वैदेशिक लगानी र दूताबासको हण्डीलाई एकै ठाउ राखेर कुरा गोलमाटोल पार्ने प्रयास गर्दा र’छन्। गोलमाटोल पारेर धर पाइन्न सेते सम्पादकज्यू, हिम्मत भए लगानीको स्रोत पाठकलाई देखाउ!
This issue has again revived the issue of foreign assistance or foreign investment in media and lively discussions have been taking place which is good. Most of the opinions that have come so far are in favor of one side/party (either in support of foreign assistance/ investment in media or just opposite of it). This is just an example and there might be other media who had received or are receiving or in the process of receiving such support. Therefore, rather than wrangling around the debate/discussions, it would be worthwhile to be clear from policy perspective which might not be clear enough and as a result such issues have been risen up time and again.
एउटा अनपढ मूर्ख भन्दा पढेलेखेका मूर्ख देश र समाजको लागि निक्कै हानिकारक हुन्छ भन्थे “कमदी” यसैका उदाहरण हुन।
यहाँ भन्दा धेरै भने ३ पैसे कमेन्ट होला फेरी 😀
यो कुरो याद आयो (timing!):
अहिले लाग्दैछ, व्यर्थैमा ट्विटर तिर कालो पोतिएछ, लोकमान कार्की प्रकरणमा| कनकमणि दीक्षितको चाहि नर्वेजियन दुताबासलाई समाजमा केहि गर्दैछु है, भन्ने देखाउने धाउन्न रहेछ! यहि दान झार्न| त्यहि समय तिरै साझा बसको कुरो| तर यो साझा बस चाही राम्रै काम हो| धन्यबाद उनलाई| तर बुढाको धाउन्न त ठुलो माछा मार्ने पो रहेछ| हामी भेंडाहरू लस्करै थियौ|
सेतो पाती र नागरिक पत्रिकालाइ कनक मणिले चारो हाले jasto chha , मुख चुहाई उसको पक्छमा लेख्दै छन्
यहाँ कुरो प्रस्ट हुनु जरुरि छ. नेपाल मा ३४००० एनजीओ छन् जसले कुनै न कुनै बिदेशी सहयोग लिएका छन्. अनि आइएञ्जिओ मार्फत आएपनि पैसाको हिसाब दुताबास मार्फत नै हुन्छा. विदेश बाट आएको पैसा दुताबास लै जानकारी नहुने भन्ने हुदैन. नेपाल क २६ ओत मन्त्रालय मा बिदेशी पैसा ले चलेका प्रोजेक्ट को लिस्ट लामो छ. नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ प्रत्येक मन्त्रालय मा पेट प्रोजेक्ट छन् र त्यहाँ जना कर्मचारी र नेता कअ मान्छे को लिन छ. यो देश वितर वितरि धमिरा ले खाइसकेको छ.
सेतोपाटी अहिले ठूलो घाटामा रहेछ | केही अघि अमेरिकामा भएको अन्तर्क्रियामा सेतोपाटीका सम्पादक अमित ढकालले वर्षमा ६८ लाख घाटा भएको हिसाब सुनाएका थिए। खर्च महिनामा ६ लाख, आम्दानी वर्षमा ३/४ लाख हुने उनले बताएका थिए ! यत्रो घाटा भैकन् पनि यो डिजिटल पत्रीका चलिरहेको छ्| ६८ ६८ लाख घाटा भएर पनि चल्ने डिजिटले पत्रीका बुझिनसक्नु भयो | कुनचाहीँ दुतावासले द्रब्य ठेलिरहेको छ? थाहा पाउनु परेन त ?
दुइपैसे भएपनि नेपाली पाठकले माइसंसार लाइ नै अत्यधिक मन पराउँछन्| माइसन्सारको कमेण्टहरुमा जनताको भावना ब्यक्त हुन्छन !!!
मिडियामा विदेशी लगानी हुनुहुन्न भन्नुमात्रै तर भित्रभित्र सबै पत्रकार विदेशी लगानीमा एनजीओ धन्दा चलाउँदै आएको तथ्य कहीँबाट छुपेको छैन ।
· कान्तिपुर कै सम्पादक सुघीर शर्मा र मोहन मैनाली नेपाल मधेश फाउण्डेशनको मिडिया र मधेश परियोजना चलाइ रहेका छन् ।
· किशोर नेपालले नेपाल टेलिभिजनमा चलाउने मतअभिमत कार्यक्रम उनको आफ्नै एनजीओ सेन्टर फर प्रोफेसनल जर्नालिज्म इष्टडिजले विदेशी लगानीमा तयार पार्दै आएको छ ।
· पत्रकार तारानाथ दाहालको आफ्नै एनजीओ फ्रिडम फोरुमनामक एनजीओमार्फत विदेशी लगानीमा काम गदैआएका छन् ।
· हिमाल मिडिया नजीक रहेका बसन्त थापाहरुको आफ्नै एनजीओ खोज पत्रकारिता विदेशी लगानीमै संचालित छ ।
· महिला पत्रकार बबिता बस्नेत, निर्मला शर्मा, नेपाल पाक्षिककी यसोदा तिम्सिना, रमा पराजुलीलगायत सबैका आआफ्ना एनजीओ छन् जुन एनजीओमार्फत विदेशी लगानी भित्र्याउँदै मिडियाका क्षेत्रमा काम हुँदैआएको छ ।
· रघु मैनालीको उज्यालो एफएमदेखि एन्टिना फाउण्डेशन, एफएमहरुको राष्टिय संन्जाल सीआइएनजस्ता एनजीओ मिडियामा विदेशी लगानी रोकिने ती मिडियामा दोस्रोदिन देखि ताला लाग्ने निश्चित छ ।
· देशभर संचालित २५० को हाराहारीमा रहेका सामुदायिक भनिने एफएम रेडियोहरु पूर्णतः विदेशी दातामाथि निर्भर छन् । दाताले लगानी नगरेको भोलिपल्ट ती एफएम बन्द हुने देखिन्छन् ।
· पत्रकार महासंघका पूर्व सभापतिहरु अधिकांशका आफ्ना निजी एनजीओ छन् ।
· नेपाल टीभीमा संचालित अर्थको अर्थ नामक कार्यक्रम कान्तिपुरका आर्थिक पत्रकार गोकर्ण अवस्थीले विदेशी सहायतामै चलाएका छन् ।
· पत्रकार सबैका आआफ्ना पत्रकार एनजीओ छन् । कसैका कृषि पत्रकार समूह, कसैका वातावरण पत्रकार समूह (जो रेडियो सगरमाथाको जननी हो र भैरव रिसालजस्ता वरीष्ठ पत्रकार जोडिएको ठाउँ हो), शिक्षा पत्रकार समूह, आर्थिक पत्रकार समूह, पानी पत्रकार समूह, महिला पत्रकार समूह, वातावरण परिवर्तन पत्रकार समूह के के ??
खोतल्दै जाने हो भने यस्ता च्यादर ओडेर ध्यू खानेहरुको लामो सूची अगाडि आउँछ । बहस जारी राखाँै ।
कनकमणि जी आफ्नो गौरवमय इतिहास नबुझ्ने र बुझेर पनि इतिहासको अपमान गर्ने देशद्रोही हुन् । नेपालका प्रवुद्ध इतिहासकारहरुले मात्र नभइ भारतीय इतिहासकार तथा भारतीय शासकहरुले नै अहिलेको नेपाल बिगतमा कति ठूलो थियो भन्ने कुरा प्रष्ट रुपमा उल्लेख गरेका छन् । नेपाल देशको इतिहास हजारौ वर्ष पुरानो छ । तपाइँले इतिहासतिर फर्केर हेर्नु भयो भने आजको नेपाल बिगतमा पूर्वमा असमको कामरुप कामक्षा, दक्षिणमा पटलीपुत्र र कतुर अर्थात अहिलेको पटना, दक्षिणमा कतुर इलाहावादनजीक, पश्चिममा उधमपुर उल्लेख छ । अझ कुनै इतिहासकारको दाबीअनुसार त पश्चिमी सीमा हालको अफगानिस्तानको खैबर घाटी उल्लेख गरेका छन् ।
स्कन्द पुराणको अध्याय ८१ अध्यायमा नेपालको व्याख्या छ । इशा पूर्व १००० वर्ष अघिको यर्थोवेदमा नेपालको व्याख्या छ । तेस्रो शताब्दीमा चाणक्यले नेपालको व्याख्या गरेका छन । २२ सय वर्ष पुरानो अशोक स्तम्भमा सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको स्तम्भमा हिद बुद्ध जाते नेपाल अर्थात यस स्थानमा बुद्ध जन्मेका थिए र यो देश नेपाल हो भनी प्रष्ट भनेको सीमास्भम्त अहिले पनि लुम्बिनीमा ठडिएकै छ ।
त्यसैले सहरिया धनाढयको प्रतिनिधित्व गर्ने कनकमणि महोदय इतिहासको कुव्याख्या तिर पनि नलागौँ यो देशद्रोही काम हुन्छ ।
मिडिया सोसाइटीले जसरि संगठितरुपमा नाफामुखी बाटो लिन्छ र मिडियामा सम्पादकीय स्वतन्त्रताको हनन गर्दै आफु अनुकुल प्रयोग गरिआएको कुरामा दुइमत छैन ! कुरा बिदेशी लगानी भन्दा पनि पारदर्शिताको कुरा जस्तो लाग्छ !
कान्तिपुरका सम्पादकले के भन्न सक्लान बिदेशी दुताबास वा बिदेशी लगानीमा कति फरक छ भनेर ! आफ्ना साहुजीको मोलाइजा गर्ने प्रश्न मात्र प्रश्न हो र सम्पादक ज्यु !
सेतोपाटी मा सेतो लाइ सेतो र कालो लाइ कालो भनेर अन्तर्मन देखि भन्न सक्ने व्यक्तिहरु छन् होला जस्तो लागेको थियो, तर यो सम्पादकीय पढे पछि अरु पित पत्रकारिता गर्ने पत्रकार हरु भन्दा चाही फरक लागेन| कुरा बिदेशी लगानी को मात्र होइन, समाचार मा कुनै बिज्ञापन दिने अथवा रेडियो र टि भी मा कुनै कार्यक्रम चलाउने मात्र पनि होइन, संचार घर को पुरा प्रसासकिय खर्च, लेखकलाई तलब सहित पछाडिको ढोका बाट पैसा दिएर संचार माध्यम लाइ आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न पाउने कि नपाउने भन्ने हो| यसलाई बाताबरण कार्यक्रम, कृषि कार्यक्रम संग तुलना गर्नु भनेको सेतोपाटी समूह को पित पत्रकारिता को नमुना हो |
देश को लागि भलो चिताउनुस, ठिक लाइ ठिक भन्नुहोस बेठीकलाई बेठिक भन्नुहोस, तर कुरा चबाएर साहु र दाता हरु लाइ चाकरी गरेर नालेख्नुस | अन्नपुर्ण पोस्ट पत्रिका को बारेमा हिजो पनि कुरा निस्केकै हो, त्यतिबेला नै नियन्त्रण नगरेको हुनाले कनक मणि जस्ता मान्छे पनि लम्पसार परेर डलर मणि भएछन | सेतोपाटी समूह, तपाई हरु संग आँट र अन्यत्र बाट चारो पाएर नैतिकता बेच्नु भएको छैन भने भन्नुहोस जसले गरे पनि यो सिधै खतरनाक कुरा हो | यदि सहयोग नै गरेको छ भने पनि हिमाल खबर पत्रिकाले बाहिर मुख पृष्ठमा नर्वेजियन राजदुतावास बाट सहयोग प्राप्त पत्रिका लेखोस | आफुलाई स्वतन्त्र र नागरिक को आवाज भन्ने अनि झ्याल बाट करोडौ पैसा लिएर उसको भक्ति गर्ने? यो मिल्ने कुरा हो? आज सम्म थाहा थिएन, हामि सबैले कनक मणि ले पत्रिका चलाउन यसरि करोडौ को प्रोजेक्ट ल्याएका छन् भनेर| उनलाई सुनाउनुस दुतावास को पैसा मा निकालेको पत्रिका निशुल्क बाड्न सक्दैनौ भने बाहिर दुतावास को सहयोग मा प्रकाशित लेख भनेर | तर दोहोरो मापदण्ड बनाउन पाइन्दैन|
तपाई हरुलाई प्रजातन्त्र को परिभाषा झन् बढी थाहा होला, तर आफु अनुकुल ब्याख्या नगर्नुहोस | कुनै पार्टी कांग्रेस एमाले अथवा माओबादी को गुलामी नगर्नुस | पत्रकार हरु साच्चिकै स्वच्छ स्वतन्त्र र निष्ठावान हुने हो भने डलर मणि जस्ता बिदेशी दाता को सिधा खाने हरु अनि नेपाल का राजनीतिक पार्टी हरु को दलाली नेता हरु सबै ठेगान लाग्नेछन |
setopati को सम्पादक ज्यु ले रेडियो नेपाल या अन्य संचार को बस्तुमा भएको सहयोग लै जबर्जस्ति घुसाउनु भएछ | उंहाले त्यो रेडियो नेपाल या TV टेलिफोन या अन्य Techonology मा भएको लगानी र कलम या कुनै बिसयेबस्तु लेखाऊन को लागि भएको लगानी मा विभेद देख्नु भएन या छोप्न खोज्नु भयो ? सम्पादक ज्यु ले एउटा कुराको ख्याल राख्नु पर्यो कि कुनै पनि communication infrastructure मा हुने बैदेसिक सहयोग जस्तै कि satellite मा हुने सहयोग , रेडियो , टेलिफोन या कुनै पनि technology मा हुने सहयोग जो आफ्नो देश मा त्यो प्राबिधिक छेमता नहुदा हुने सहयोग र कलम चलाउनका लागि या कुनै देशको जनताको बैचारिक , धार्मिक , कानुनी हैसिएत लाइ पुरापुर हैकम चलाउनका लागि आफ्नो देशको स्वार्थ अनुकुल कोहि दलाल मणि या डलर मणि पाउछ भने उसले तेंह लगानी गर्नु मा फरक हुन्छ | आज हाम्रो जस्तो देशमा Satellite छैन | हामी तेश्को लागि बिदेशी सहयोग लिन पनि सक्नेछौ तर हाम्रो देशको अन्तरिक बिसय , या हाम्रो देशको संबेदन सिल इन्फोर्मेशन तेंह बाट बाहिर जाने गरि लगानी हुन्छ या कोहि दलाल मणि या डलर मणि तेंह खेल खेलिरहेको हुन्छ भने हामीले तेश्को लेख जोखा र पर्तिबाद गर्ने पर्छ | सम्पादक ज्यु अब भन्नुस तपाई को कलम कंह बाट निर्देसित छ ? तपाइको कलम लाई कताबाट लगानी भैरहेको छ ? तपाई कुनै बेपार गर्न चाहनु हुन्छ नाफा कमाउन चाहनु हुन्छ भने तेस्त क्षेत्र थुप्रै छन् नेपालमा | तेत तिर लाग्दा राम्रो होला तर देशको अन्तरिक र संबेदन सिल कुराहरुमा बिदेशी स्वार्थ को पर्तिनिधी बन्दै लेखिने र चलाइने कलम हरुलाई कलम बतानै पर्तिबाद गर्नु पर्ने हुन्छ |
The furor has been quite astounding. At the end of the day, every body is looking at the cut they get.
ठिकै छ, करोडौ “डलर” पचाएर देशमा आउन लागेको शान्ति भाँड्ने “मिलियन डलरे” भनेर चिनिनु भन्दा थोरै पैसामा ब्लग चलाएर भएपनि निर्धक्क भएर जनतालाई सहि सूचना (प्रमाण सहित) प्रदान गरेर दुइ “पैसे” भनेर चिनिनु बेश छ| किन चिन्ता गर्नुहुन्छ उमेश जी?
नेपाल जस्तै संसारका कम बिकसित मुलुकहरुको हालत यस्तै हुने हो । अंग्रेजी अरु भन् बढी जान्ने ् बिदेशीहरुको चाकडीमा माहीर हुने र जसरी पैसा कमाएको भए तापनि सम्पतिको धाकले चुरिफुरी लाउनेेहरुको बिगबिगी हाम्रो जस्तो मुलुकमा त्यसै घट्ने वाला छैन । राजनैतिक पार्टीहरुको नेताहरु नै बिदेशीहरुको दलाल गर्ने मुलुकमा अरु बढी महत्वाकांक्षी जन्तुहरुको के कुरा गर्ने हो र ? बरु हामीले के चिन्ता गरौं भने यि सबै दलालहरुलाई समाज बाट कसरी बहिस्कृट गर्ने ? नेपाली समाजलाई भ्रष्टहरुको जाल बाट मुक्त गर्न सबै इमान्दार नागरिकहरुको एैकेबद्धताहुनु जरुरत छ र यिनिहरुलाई अझबढी नंग्याउनु त्यतिकै जरुरत छ ।
संस्कृत मा एउटा भनाइ छ ” धर्मो रक्षति रक्षित ” अर्थात् “जसले धर्मको रक्षा गर्छ,उसको रक्षा धर्म ले गर्छ/ ” मलाई यो उक्ति मा धर्म भनेको न्याय हो जस्तो लाग्छ / त्यसकारण कसैले कुनै बिदेशीले दिने पैसा, महंगा उपहार, कुनै सुबिधा-सहुलियत को प्रलोभन मा परेर आफ्नो देशका गोप्य सूचनाहरु अरुलाई दिने, कुनै राजनीतिक पार्टी बिशेषको खेदो खन्ने , कुनै व्यक्ति बिशेषको चरित्र हत्या गर्ने, कुनै संस्था बिशेष लाई बदनाम गर्ने जस्ता कुराहरु हुनु भनेको आफ्नो देश,समाज, राष्ट्रियता र आउने पुस्ता प्रति ठुलो अन्याय गर्नु हो जसले हाम्रो आफ्नो हीत त गर्दैन नै हामीलाई दुख परेको बेलामा हामीले न्याय नपाउन सक्छौ / त्यसैले यस्ता अनुचित र अन्यायपूर्ण कामहरु कोहि बाट पनि नभए हुन्थ्यो /
‘डलरमनी डिक-शिट’ प्रकरणको सुरुमा यिनिहरु यस्तो गहिरो बिषयलाई ‘अमर्यादित प्रहार’ भनी बिषयान्तर गर्न खोजेका थिए (http://setopati.com/bichar/10451/)। सोसल मिडियामा ‘डलरमनि’प्रतिको तिब्र जन-आक्रोश्लाई यिनिहरुले ‘असभ्य प्रतिकृया’ आदी भनेर कुरो अन्त मोड्न पनि नखोजेका हैनन। तर मेरो विचारमा सोसल मिडियामा असभ्य प्रतिकृयाको बिउ रोप्ने, सिकाउने र सहमती दिने पनि यै ‘बौद्धिक ढंगको प्रतिष्ठित पत्रिकाका सञ्चालक र प्रकाशक’भनाउंदा डिक्-शिटहरुनै हुन्। प्रमाणको लागि यिनले राम्चन्द्र पौडेललाई खिशी गरेको यो एउटा टविटनै काफी छ: https://twitter.com/KanakManiDixit/status/456259961173987328 । तर उमेशजी र अरुहरु हुँदै कान्तिपुरसम्मा यो बिषय समेटिएपछी यिनिहरु केही जवाफ दिन वाध्य भएका हुन। यिनिहरुको प्रस्टिकरणको तार्किकरुपमा धज्जी उडाउनु भएकोमा उमेश्जीलाई बधाई तथा धन्यवाद।
जड कुरो भनेको ‘कनककार’हरु नेपालको कुनै पनि बिषयलाई एउटा मात्रै दृष्टिकोण्ले हेर्छन: यस्ले माओवादिलाई फाईदा पुग्छ कि घाटा। माओवादिलाई घाटाहुने भो भने कनककारहरु गधालाई बाउ मान्न पनि तयार हुन्छन र यदी माओवादिलाई फाईदा पुग्छ भने बाउलाई पनि गधा बनाइ भारी बोकाउन पछी पर्दैनन, देश-जनता आदी को त के नै कुरो भो र। म पनि मान्छुकी जघन्य अपराधीले सजाय पाउनै पर्छ। तर यो एउटा सही कुरो गरेर तेस्को आड्मा गद्दारी गर्न कदापी पाइंदैन।
अर्को कुरो, यो ‘डलरमनी डिक्-शिट’ले बिदेशी दुतावास्को लिखित्-अलिखित शर्तहरु मानी करोडौ कुम्लाएर, देशको सबै भन्दा महँगो पत्रीकालाई (हिमालको ३५ र नेपाली टाइम्स्को ५० पर्छ) ट्रस्ट्मार्फत चलाएर ‘गैर्नाफामुखी’ भनी शम्भु थापालेझै कती करठगी गरेको रइछ, त्यो पनि पत्ता लगाउनु पर्यो।
There are several reasons to doubt on the objectives of so called grant from Norwegian embassy to Kanak Mani. Following are some reasons:
1. To get such huge amount of grant, the recipient has to do
a exceptional contributions in the respective field. Himal and others associated newspapers and magazine are not so popular in Nepal. Their
facebook fans are as many as that of ratopati. Ratopati has been started just less than a year back.
2. Lets suppose, Kanak has such a brilliant idea that impressed the sponsor and they awarded grant to him. But, in a country where labour cost is so cheap, that huge amount in the field of journalism is itself doubtful. Due to economic crisis, it has been quite difficult to get grant in other challenging fields like science and technology there itself in Europe.
नर्वेको एम्बेसिलाई नेपालले राख्न दिएको पैसा होला त्यसो भए,
यहि कनके कारण नै हो नर्वेमा अहिले पनि बुद्ध भारतमा जन्मेको भनेर स्कुलमा पढ्नु पर्छ बहने एवेरेस्ट चीनमा
सहयोग लिन नपाउने भन्ने सबैले जाने बुझेको छन् र बुझपचाएर गरिरहेका छन् । यौटा कथा याद आयो । बाबु मर्दा रोइरहेको छोरोलाई उसको साथीले सम्झाउन थालेछ तैले रुदैमा तेरो बुबा बाँच्ने भए म पनि सँगै लागेर रोइदिन्छु तर उहाँ बाँच्न सम्भव छैन भनेको कुरा घत लागेछ र रुन छोडे छ तर जब आफूलाई सम्झाउने साथीको बुबा बिते त्यही आफूलाई सम्झाउने साथी त्यसरी भक्कानिएर रोएको देख्दा आश्चार्य मानेर सोधेछ मेरो बुबा मर्दा त्यसरी सम्झाउने तँ किन रुन्छस् ? भन्दा उस्ले तेरो जस्तो मात्रै थिए त मेरा बाउ भनेर झन साह्रो रोएछ । कुरा यस्तै मात्रै हो । एउटालेमात्र ठूलो भाग खाएको देखेर पत्रुकारहरू रुदै छन् तर खान चाहीँ सबैले खाइरहेका छन् । हेर्दै जाउँ गाँड कोराकोरमा क-कस्को गाँडमा अड्केको सत्यता बाहिर छताछुल्ल हुने हो ।
एक देशमा दुई वटा चोर बिरालोले दुधको कुरौनी चोरेर ल्याएछन / त्यो चोरेर ल्याएको कुरौनी बराबर भाग लगाउने बिषयमा विवाद भएछ / यो कुरा परबाट एक चलाख कुईरे बादरले हेरेर बसेको रहेछ / त्यो बादरलाई निकै भोक पनि लागेको रछ / तर खानेकुरा पाउन सकेको थियन / कुरौनी भागबण्डामा दुई बिराला बीचको विवाद देखेर बादरले भोक मेट्ने जुक्त्ति लगाएछ / अनि त्यो दुई बिरालो बीचआई न्याय कर्ता बन्दै बराबर कुरैनी बाड्ने प्रस्ताब राखेछ / त्यो झगडाको बिच त्यो बादरको प्रस्ताबलाई त्यो दुई बिरालाले स्वीकार गरेछन / अनि बादरले कहिँ बाट तराजु ल्याएर कुरौनीलाई दुई तराजु बीच २ भाग लगाएर राखेछ / एका पट्टि को भाग एक बिरालोलाई अर्को पट्टिको अर्को बिरालोलाई भन्दै भाग लगाएछ / यसरी कुरौनी राख्दा जतापति तराजु बडी ढल्कन्छ त्यो पट्टि धेरै भो भन्दै झिकेर आफ्नो मुखमा हाल्दो रछ / यसरी अर्को पटी बडी हुदा त्यसै गर्दो रछ / यसरि बादरले आफ्नो पेट भरेछ / अन्त्यमा थोरै बराबर गरेर दुई बिरालोलाई बाडीदीएछ / यो कथा अनुसार माथिको प्रसंगमा बिरालो को को हुन् अनि चालक कुईरे बादर को हुन् तपाईहरु आफै बुज्नुस ???
जता ततै फैलिएको कुडा कर्कट लाई येसरी नै बहसमा भिडाएर तर्कले हराएर नै सफा गर्न सकिन्छ | नालबाट निक्लेको गोलीले त आवाज बन्द गर्ने र सिनो बढाउने मात्रै हुन् |
कान्तिपुरले बिदेशी दुतबासले मेडियामा लगानी गरेको कुरालाई आपति जनाएर सम्पादकीय लेख्यो- कुटनैतिक दृष्टीकोणबाट हेर्दा यसमा केही लजिकहरु भेटीएलान ! अस्ट्रियामा जन्मेको रोबर्ट मुर्धोकले अमेरिकाबाट संसारभर मेडियाको व्यापार गरेको छ- हामी नेपालीहरुले स्टार च्यानल हेर्छौ, यहासम्म हामी कसैलाई समस्या छैन, किनभने यो बिशुद्ध ब्यबसायिक कर्म हो !
अब कनकतिर फर्कौ- कनकेले त बिदेशी कुटनैतिकहरुबाट पत्रिका चलाउने नाममा पैसा लिएर राजनिती गरिरहेको छ- नेपाली जनताको आपत्ति यसमा हो ! हरेक व्यक्तिले आफ्नो राजनीतिक विचार राख्न पाउनु उसको मौलिक अधिकार हो, तर ब्यबसायिक पत्रकार भएपछि देश र समाज प्रतिको जिम्मेवार निस्पक्ष निर्वाह गर्नु उसको पहिलो कर्तब्य हुन आउछ- कनकेले त्यो गरेको छैन ! नेपाली जनताहरुको आपत्ती यसमा हो ! बिदेशीहरुबाट पैसा लिएर उनीहरुलाई खुसी पर्ने कर्म संसारको जुनै पनि मुलुकमा ‘ट्रिजन’ अथवा राजद्रोही क्रियाकलाप मानिन्छ ! कनकेको त भुतै कमारो रहेछ- अपुतालीको सम्पति पनि उसैलाई ! बिदेशी दलालको बिल्ला भिरेर मजाले नागरिक समाजको नेतृत्व गर्ने पनि कनके नै- शरम त हामी नेपाली जनताहरुलाई लग्नु पर्ने हो !