– डा. लेखनाथ काफ्ले –
क्षमता नभएको मान्छे र सम्भावना नभएको देश हुँदैन। यो त सत्य हो। यसलाई कसले होइन भन्न सक्ला र ? उसो भए हामी नेपाली मान्छे र हाम्रो देश नेपालको क्षमता र सम्भावना के होला त ? आज म यसो गम खाँदै यसै सन्दर्भमा बसाछटालाई दुःख दिन्छु तर मेरो ति आलापहरूका प्रत्युक्तिका भ्रमहरू मेरा क्षुद्र तन्तुहरूले निकाल्न सक्दैनन् । एक गिलास द्राक्षारस के ग्रहण गर्दछु, तै तै मेरो स्नायु प्रणालीमा एक झड्का लाग्छ र मेरो ब्रहम खुल्छ, “माग्नु”।
हो, माग्नु नै हाम्रो क्षमता हो, खुबी हो र जन्मौंदेखि निखारिएको सम्भावना पनि। हामीलाई संसारैभरि सायद कसैले जित्लान् माग्ने कलामा। हामी हाँसेर माग्छौ, नाचेर माग्छौ, उठेर माग्छौ, कुटेर माग्छौ, जुटेर माग्छौ, फुटेर माग्छौ तर माग्छौ। मागी रहन्छौ। थोरै दिएर धेरै माग्छौ, कहींलेकाहीं धेरै दिएर पनि थोरै माग्छौ। रोएर माग्नु, तामा तुलसी छोएर माग्नु, डण्डा देखाएर माग्नु, झण्डा देखाएर माग्नु, बन्दुकको छाँयामा माग्नु, दौलतको मायामा माग्नु तर मागिरहनु हाम्रो क्षमता हो, कलात्मक क्षमता।
त्यसैले माग्न छोड्नु हुदैन। जुन दिन माग्न छाडियो, कन्फर्म, हामीले हाम्रो पहिचान छाडियो। यत्रो क्षेत्रीय पहिचानको हल्ला चलिरहेको समयमा आफ्नो पहिचान गुमाउने, त्यो त हुनै सक्दैन। तपाईंहरूलाई थाहा नहोला, म खुसुक्क भनिदिन्छु अगिल्लो संबिधानसभा बिघटन भएको कारण नै माग्नु हो नि। हाम्रा पत्रकार, लेखक, कलाकार, खेलाडी र आफूलाई राम्रै माग्ने हुँ भन्नेले पनि यो कुरो नबुझेर दुख पाइरहेका छन्। बास्तबमा बिघटन माग्ने कुराले नै भएको हो। जम्माजम्मी भएका ६०१ जना सबै नै माग्ने परेछन, दिने कोहि भएन छन्। अनि कसरी जनतालाई संबिधान दिन्थे र? त्यो त संविधान माग्नेहरू जनताहरूकै गल्ति हो, माग्नेसंग माग्ने ? अन्ततिरबाट दुईचार पाना मागेर काम चलाउन पनि खोजेका रहेछन तर दिनेहरूले खुल्ला दिन नसक्ने, लिनेले पनि खुल्लै लिन नसक्ने भएपछी त्यो घाँडो सभा बिघटन गरिदिएछन् दुवै तिरका मिलेर। दुवै तिरको चेपुवाको लठभद्रो संबिधानसभा तिर परेछ। त्यसैले पैसा हजम, खेल बिचमै खत्तम, संविधान पेन्डुलम।
यसो निधार कन्याउँदै गर्दा लाग्छ, हामी त माग्नै जन्मेका हौं कि? हाम्रो नेताले पहिले भोट माग्छ, पछि मान माग्छ। जनताले सेवा र विकास माग्यो भने नेताले आफ्नो सुरक्षित भबिष्य माग्छ। विकास गरे मान्छे टाठा हुन्छन्, माग पुरा गरेपछि भोट माग्ने भाँडो रहदैन अनि उनीहरू पनि के गरुन त? कोहि मिडियामा आफ्नो फोटो र खबर छपाई माग्छन, कोहि तक्मा, फुली, मान र पुरस्कार माग्छन्। दिनु पर्नेले नै लिनेसँग माग्छन्। बाउले छोरासँग भविष्यको टेको माग्छ, छोरो अहिले नै बाउको सम्पूर्ण जयजेथाको हिस्सा माग्छ। गाउँतिरबाट सहर झरेका केटो सहरिया केटी माग्छ सामाजिक संजालमा, सहरकी केटी ग्रीनकार्ड, पिआर वा समुन्द्रपारीको भिसा भएको ठिटो माग्छे सपनामा आफैसँग र बिपनामा देउतासँग।
“भिक्षु धर्मं सर्व धर्मं प्रधानम” भनेर नै होला हामी सबै कहीं न कहीं कतै न कतै मागेरै बाँचेका छौं। त्यसैले त दिनु त हाम्रोलागि जात जानु हो, धर्म खोसिनु हो, नर्कमा धकेलिनु हो। त्यस्तो असती काम पनि कसैले गर्ला? बरु हाम्रो क्षमता र दखललाई पूर्ण उपयोग गर्न हामी सबैले एउटा ठूलो माग्ने बिश्वविद्यालय खोल्नु पर्छ। म पूर्ण बिश्वस्त छु, त्यो विश्वविद्यालय संसारकै सर्वोकृष्ट हुने छ किनकि हाम्रा बेपारी, कलाकार, नेता, लेखक, कवी, जनता सबैले त्यहाँ पढाउने छन्, जो शताब्दीऔ देखि माग्न दखल छन। हामीले अक्सफोर्ड, हावर्ड र क्याम्ब्रिजलाई त सजिलै माथ गरिदिनेछौं। बरु कुनै दिन चन्द्रमा, मंगल वा अन्य ग्रहमा बस्ति बसाइने भएमा उता पनि हाम्रो कला सिकाउन उतैबाट स्कलरसिपका केहि कोटा मागेर उतै गएर सिकाउनु पर्दछ, ताकि हाम्रो कला पृथ्वीमा मात्रै नभई ब्रह्माण्डभरि नै फैलियोस।
एउटा कुरा चाँहि सत्य रहेछ, हामी आफूले नमागी नै यो धरतीमा झरेछौं। यो जगतमा झरी सकेपछि त बाँच्नु नै पर्यो, बाँच्नको लागि सकेको मागौं। अझै धेरै बाँच्नु छ, कालसंग याचक बनि अझै केहि समय अवधिको भिक्षा मागौं। अवधि थप्न त हामी माहिर नै छौं क्यारे।
हामी माग्दा माग्दा यस्ता माग्ने भयौं कि अब हामीमा दिने भन्ने न कुरा नै बाँकि रह्यो न त विचार नै। जब विचार नै माग्ने भै सकेपछि, जीवन माग्नेको त हुने नै भयो। त्यसैले हामी नेपालीहरू नेपालबाट जताजता पुगेका छौं, माग्न छाडेका छैनौ। आफ्नो आफ्नो गच्छे र औकात अनुसार माग्ने काम जारी छ। पद, कुर्ची र मान माग्नु, पुरस्कार, इज्जत र नमस्कार माग्नु, झुण्डझुण्ड भएर माग्नु, कुण्डकुण्ड पुगेर माग्नु हाम्रो कुल, जाती र इतिहासको गाथा हो। त्यो हामीले अत्यन्तै जोगाएर राखेका छौं। गाउँ सहर फैलाएर राखेका छौं। हामी हाम्रो परम्पराकोलागि ज्यान दिनेछौं तर छोड्ने छैनौ। कसैले छाड भन्यो भने बरु त्यसैलाई छाडिने छौं तर आफ्नोपन छाड्ने छैनौ। बरु अरूलाई पनि आफू जस्तै बनाउने, संसारलाई नै माग्ने बनाउने हाम्रो अभियान छ जारी रहने छ।
अब हामी २१औं शताब्दीमा नयाँ तरिकाले मागौं। देशको गरिबी देखाएर मागौं, हिमाल देखाएर, बुद्ध लेखाएर मागौं। बालगृहको पसल थापेर मागौं, बिबिध नामधारी ट्रष्टको नाममा मागौं, मिडिया, मानवाधिकार र देश बिकासको काममा मागौं, बृद्ध आश्रमको बोर्ड टाँगेर मागौं। विदेश भाँसिएर उतै पिआर, ग्रिनकार्ड र आइडी मागौं, स्वदेशमा दुई चार जना दबंगीहरु पालेर चन्दा, फिरौती र चर्को ब्याज मागौं। फेसबुकमा लाइक मागौं, मन्चमा माईक मागौं तर मागौं । स्थान, काम र परिस्थिती हेरी, अपि जोखी मागौं, समाजसेवी, हाकिम, मन्त्री, नेता अभिनेता भएर मागौं, डाक्टर भएर मागौं, बैद्य भनेर मागौं, स्वदेशी बनेर मागौं, बिदेशी बनेर मागौं, लाइन जोडेर मागौं, नियम तोडेर मागौं, साहित्य लेखेर मागौं, अरूको प्रगति देखेर मागौं, दिल खोलेर मागौं, चाकडी चाप्लुसी घोलेर मागौं, अरू लडेको सुखमा मागौं, कोहि अगाडि बढेको दुखमा मागौं। तर मागौं, माग्नु नै जिन्दगी हो, पौरख हो, भाग्य हो।
माग्न यदि कसैले दिदैन भने अनसन बसौं, धर्ना गरौं, चक्काजाम, नेपाल बन्द मसाल जुलुस, डण्डा मार्च, झण्डा मार्च जति सकेका, जानेका र सकिने सबै गरौँ तर माग्ने बाताबरण बनाऔ।
मेरो अस्तित्व तिमीहरू रहनुमा नै छ, त्यसैले जय माग्नेहरू, जय माग्नेका आदी देवता, कुलगुरु ! हे माग्नेका पनि माग्ने पशुपतिनाथ, हाम्रा देशका सबै भन्दा ठुला माग्नेहरू डलरप्रेमी मानवाधिकारकर्मीहरु, राजदूतावासबाट पैसो माग्ने पत्रकारहरु, नेता, हाकिम, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपती र ठग बेपारीबाट निमुखा जनको रक्षा गर ! भिक्षाम् देहि !
Superb!
लेख हेरेर हाम्रो र बिशेष गरि नेताहरुको घैटोमा घाम लाग्ला जस्तो लाग्दैन
हामी नेपालीहरुको घैटोमा घाम २०४७ साल र २०६३ साल पछि लागेन हैरो नेपालको नयाँ संविधान पछि लग्नेहो कि ?
हाम्रो बार्षिक ५ खर्ब (५०० अरब) को सरकारी बजेटले प्रत्येक नेपालीको भागमा पुग नपुग
रु. १८,०००/- पर्दछ
साधारण तर्फको रास्ट्रपति देखि परिचारिक (सबै भन्दा कम तलब पाउने) को तलब भत्ता, गाडी, तेल, मसलन्द, ओफ़िस इत्यादी को खर्च रु. २०० अरब भन्दा लग्दछ बाँकिको ३०० अरब मध्ये सावाँ र ब्याज रु. १०० अरब अनि रु. २०० अरब विकास कामको लागि सबै खर्च भयो भने एक नेपालीको भागमा रु. ७५००/- भन्दा कम
हामी आम नेपालीहरुको बिचारमा नेपालमा उद्योग धन्धाको द्रुत विकास, जलबिधुत, पर्यटन, प्राकृतिक श्रोतको दिगो सन्तुलित बिकाश अन्य क्षेत्रको पनि बिकाशगरेर मात्र केहि दशकमा मात्र “भिक्षाम देहि” बाट मुक्ति हुने सम्भावना छ
अन्यथा थाल त कचौरा लिएर हिडेको हिदै !!!
सुरज श्रेष्ठ मास्के
एक पटक म भक्तपुर कमलविनायकबाट नगरकोट आफन्तको घरमा गएको थिय/ बसमा जानेक्रममा खरीपाटी देखी अलि माथि बाटो साखुरो भयकोले जाम भयो / त्यो स्कुल नाकिकैको बाटो थियो / दीउसो ४ बजेको समय थियो भर्खर स्कुल सकेर स-साना छात्रछात्रा घर फर्कदै थिय / सार्बजनिक बस अनि बिदेसी पर्यटक चड्ने लामो बस तेसमाथि नगरकोट भक्तापुरको सगुरो बाटो जाम हुनु कुनै नौलो कुरा थियन / मलाई अच्चम्म लाग्ने कुरा के थियो भने जसै ति छात्र छात्रा बिदेसी पर्यटकको बस नजिक पुगे कोहि “ओन रुपिज प्लीज”, कोहि “चकलेट प्लीज ” भन्दै माग्न थाले / बिदेसी त्यो देखेर कतिले दीय पनि /त्यहा टीचरहरु पनि थिय / त्यो देखेरपनि टीचरहरु नदेखे झैँ गर्दै थिय / आझ कोहि टीचर चाहि माग माग भन्दै सीकाउदै थिय / त्यो नेपालीहरुको माग्ने सोभाब देखेर एकदम दुख लाग्यो / हुनत नगरकोट देखि चगुनारायण सम्म बिदेसी हरु खुबै पद यात्रा गर्ने गर्छन / त्यो पर्यटक हरुलाई त्यहाका जडयाहा हरुले मागेर दुख दियको पनि छन् / यसमा नेपालीकै बदनाम हुन्छ / खै नेपालीको यो माग्ने सोभाब सायद तीतो यर्थार्थ हो जस्तो लाग्यो /
गज्जपको लेख, वाह!
Though its looks entertaining while reading the blog, its very very fantastically illustrated the Idea and the concept. Well, done Kafle sir. Any Nepali, who reads this blog and understands its concept no doubt he really agree with this.
सार्है मननयोग्य लेख | यो त व्यंग्य होइन, माग्ने जति सबैलाई ४४० भोल्टको झट्का भयो |
जता ताता,सर्ब्रथ मागौ खाऊ यो नै हाम्रो अस्लियेत अनि पहिचान बनेको छ जे छापियो अनि पडियो आच्छा लगा हाम को /सुरु मा ब्रतबंधन को नाम मा बाहुन ले सानै देखि माग्न सिकाएको ले पनि होला हाम्रो प्राक्टिस माग्न मा संसार मै अब्बल नै छ/
माग्नु हाम्रो संस्कार सगै जोडिएको कुरा हो | हिन्दु धर्म अनुसार ग्रिह्स्था श्रम पछि बान प्रस्ताश्रम आउछ जसमा भिक्ष्यातन गरेर जिबन बिताउनु भन्छ | आफ्नो लागि संग्रह केहि न गर्नु भन्छ | यो त् हाम्लाई हाम्रो धर्म ले सिकाएको कुरा भो |
मंकिजम र डनकिजम को फ्युजन बाट जब प्रचण्ड पथ बन्यो उसले हामीलाई गाउको गरिब
र मध्यम बर्ग सग मागेर हैन लुटेर लिने र बिदेसी मिसनरी , ”र ” आदि समक्ष्य मागेर मात्र हैन झुकेर , नतमस्तक भएर लिने नया बाद नै सिकायो | राता रात कोइ कोइले कम्निस्ट जम , र गिलास को रम छोडेर यो बाद फलो गरे आज उनीहरु नया नेपाल मा काठमान्डू को नया घर मा बस्ने भए |
सारंसमा फेरि माग्न नपरोस भनेर मागौं भनेर भन्दा कसो होला
सहि हो काफ्लेजी,
मानिस असन्तोषी प्राणी हो भन्ने कुराको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुभएको छ! तर दिनेको भन्दा लिनेको संख्या बढी हुँदा समस्या उत्पन्न हुने पक्कापक्की छ, जय मागतन्त्र!!
निकै उत्कृस्ट व्यंग | शब्द चयन, शब्द फ्युजन अनि सटिक प्रस्तुति | हामी माग्ने खलक का सन्ततिहरुको ब्रहममा गतिलो छाप छाड्न सफल छ यो लेख |
Nice article. Here are some more thought provoking points on magne culture:
1. Once a professor mine used to say that we Nepali have reached to the bottom of the international scale on begging. A beggar at least owns a begging bowl, but in Nepal we do not even have that. We have beg on a bowl that too has been borrowed from somebody else. If you do not agree with me, see we have invited foreigners just to write project proposals for us.
2. In Bangladesh, once the street beggars went on a strike demanding (literal term in Nepali is mag or magne) that they should be given not less than 100 taka.
3. Magne lai tato bhat – meaning beggars cannot chose, therefore, we end up having a bashi bhat. Correct?
तितो सत्य:)