Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नर्वेजियन दूतावासको पैसामा कनकमणिको मोज, क-कसले खाए शान्तिको नाममा भोज ?

Posted on April 17, 2014April 18, 2014 by Salokya

पहिलेको संविधानसभाको अधिकांश समय सेना समायोजनको विवादमा स्वाहा भयो। यसपालिको चाहिँ सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगको नाममा स्वाहा हुने निश्चित भएको छ। फुजेल निवासी अधिकारीको हत्या प्रकरण र त्यसमा चलेको मु्द्दाका कारण अहिले एमाओवादीले अहिले संसद अवरुद्ध गरेको छ।

यसै क्रममा आज संसदमा एमाओवादी सभासद् शक्ति बस्नेतले नर्वेजियन दूतावासको पैसामा कनकमणि दीक्षितले मोज गरेर शान्ति प्रक्रिया भाँडेको आरोप लगाए। उनीहरुले त्यसको प्रमाण भन्दै कागजातको फोटोकपी पनि टन्नै ल्याएर बाँडेका थिए। एउटा कागजमा कनकमणिको हस्ताक्षर छ। त्यसमा ‘क्षेत्रीय शान्ति र विकासको प्रवर्द्धन गर्न मिडिया उपयोग गर्ने’ भन्दै ३८ लाख ९२ हजार क्रोनर (नेपाली रुपियाँ झण्डै साढे छ करोड) साउथ एसिया ट्रस्टको नाममा लिएको उल्लेख छ। मिडियाले यो वा त्यो जुनै नाममा पनि कुनै सरकार वा संस्थासँग रकम लिनु उचित नमान्ने विश्वव्यापी प्रचलन छ। किनभने यसले स्वतन्त्र हुनुपर्ने मिडियालाई डोनर एजेन्सीको स्वार्थमा उसले उठाएका वा उठाउन भनेका मुद्दाहरु उठाउन दबाब पर्छ।

शान्तिको नाममा लिएको यो रकम मिडिया परिचालनका नाममा आएकोले कुन कुन मिडियाले यो रकमबाट मोज गरी भोज खाए भन्ने खोज गर्न चाहिँ बाँकी छ।

डलरवादीको आरोप
यसपालि एमाओवादीमात्र हैन, कांग्रेसले समेत कनकमणिलाई डलरवादी भएको आरोप लगाएका छन्। कांग्रेस नेता रामचन्द्र पौडेलले यस्तो आरोप लगाएका हुन्।

यो आरोपलाई पुष्टि गर्न सार्वजनिक बहसमा उत्रन कनकमणिले आह्वान गरेका थिए।

बाबुरामले 'डलरमणि' भनेथे दैलेख, आज बिहान रामचन्द्र पौडेलले द्वन्द-पिडित समुहलाई 'कनकमणि दालारवादी' भनेछन। सार्वजनिक बहस गर्नु पर्यो, आउलान्?

— Kanak Mani Dixit (@KanakManiDixit) April 16, 2014

यो आह्वानसँगै माओवादीले यस्तो कागजात सार्वजनिक गरेको हो।

यस्तो छ कागजात-

Norway1

Norway2

Norway3

Norway4

norway5

norway6

norway7

norway8

norway9

norway10

norway11

norway12

एमाओवादीले संसदमा बाँडेको र केही अनलाइनहरुले अरुले चोर्ला झैँ गरी आफ्नो लोगो हालेर टाँसेको यो फाइल नर्वेली दूतावासको साइटमा सार्वजनिक रुपमा उपलब्ध छ। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।

आरोप प्रत्यारोप जारी
संसदपछि अब सार्वजनिक रुपमा आरोप प्रत्यारोप जारी छ। कनकमणिले आफ्नो फेसबुकबाट यो आरोपबारे स्पष्टिकरण यसरी दिएका छन्-

Post by Kanak Mani Dixit.

पूर्व प्रम बाबुराम भट्टराईले भने यसो लेखेका छन्-

Post by Dr. Baburam Bhattarai.

46 thoughts on “नर्वेजियन दूतावासको पैसामा कनकमणिको मोज, क-कसले खाए शान्तिको नाममा भोज ?”

  1. sonam sherpa says:
    April 24, 2014 at 8:07 am

    जसको सिता उसकै गीता बिदेशी को पेशा ढोके पछि कनाकेले बर्वराउनु बाहेक लेफ्ट जानेको छ र ? कनक मणि डलर मनिमा परिणत भो

    Reply
  2. Pingback: बहस अझ व्यापक हुँदै, कान्तिपुरले पनि सोध्यो- मिडिया चलाउन दूतावासबाट आर्थिक सहयोग लिन पाइन्छ ? «
  3. Sheela says:
    April 19, 2014 at 2:25 pm

    सालोक्य जी, धेरै धन्यबाद, मैले mysansar मा यो कमेन्ट धेरै पछि gardaichhu, सोर्री!

    $मणि, पौण्ड-दिरा (मन्दिरा) र प्याकुरेल ब्रदर्स (सुसिल एंड सुबोध co) लाइ बिदेशीले नेपाल लाइ सिध्याउन (खास गरि कम्युनिस्ट लाइ सिश्याउन) का लागि प्रयोग गर्ने गरेका भन्ने कुरा कुनै नौलो होइन, mysansar का कमेन्ट मा पनि बिगत काल मा धेरै चोटि छताछुल्ल भएकै हो/ यो देश द्रोही काम मा यी उल्लेखित तिन पक्ष टप ३ मा पर्छन, तर अरु पनि बग्रेल्ती छन्/
    प्रचण्ड&बाबुराम co पनि यिनकै सिकार भएर जनयुद्धकालिन आफ्ना ‘नया नेपाल’ बनाउने agenda परित्याग गर्न बाध्य भए, अहिले ……सक्यो दैलो देख्यो मात्र हो!!
    अब बैद्य बा पनि येस्तै-येस्तै कुरा को सिकार हुने मेलो मा पुग्न लागेको देखिन्छ/ एमाले त पहिले नै ‘NGO-पार्टी’ मा स्खलित भैसकेको कुरा जग-जाहेर छ/ नेपाल मा ‘RAW’ को हाली-मुहाली त सहि नसक्नु नै छ/ नेता प्राय ‘बिकाउ’ छन्/

    निस्कर्ष: नेपाल अब बिदेशीहरुको क्रिडा भुमि, हामी गरिब दुखि र गुलामी, बुद्दिजिबिहरु या त भाट या त मूक दर्शक (exception बाहेक)

    Reply
    1. neerose says:
      April 24, 2014 at 3:15 pm

      म्याडम अगाडि आउनुपर्यो अब देश हाक्न चलाउन!
      शीला पुजागर्दै शीला लाइ प्राथना गरे बन्छाकी देश!
      हिशिला हरुले भयान अब शिला ले केहि गर्छ कि हेरौ त ल!
      बाकि भयका बचेका त सबै र का दलाल विदेशीका दलाल, एन जी ओ चलाउने, फन्दामा परेका भय अब म्याडम नै अघि सर्नु पर्यो यी बिदेशी र, स बात मुक्त र अछुतो रहेर देश हाक्न पर्यो ल!

      Reply
  4. ramesh babu says:
    April 18, 2014 at 9:28 pm

    फुजेल काण्ड किन येत्रो बिधि चर्कियो भनेकोत कनकमणि राज येस्तोपो रैछ ! ” देसगए भाड्मे” भनेजस्तै खाली आफ्नो दुनो सोझ्याउन कुर्सीकै लागिमात्र एकापसमा हानाहान तानातान गरिरहने नेताजिउ हरु अझै उचाल्ने पछार्नेमै बेस्तभै रहनु ! दुक्ख जति बोकिदिने हामी भेडा जनता छदैछौ केरे .” थुक्क दिछित टुप्पी ” .

    Reply
  5. Aakar Bhushan Nepali says:
    April 18, 2014 at 9:13 pm

    कनक मणिले डलर पचाएको कुरा अब बिबादास्पद रहेन न त पहिला पनि थियो नै | मणिजी आफै “हो मैले पचाएको हुँ” भनि अगाडी आई हुँकार्नु वा स्विकार्नु, अथवा यो डलर पचान काण्डमा अपराधि घोषित गरि कारबाहीको दायराभित्र उनलाई ल्याउन सक्नु एउटा पाटो हो| तर “तत्कालिन सत्ता पक्षबाट पनि ज्यादती भएको छ” भन्ने पृष्ठभूमिलाई आधार बनाउदै माओबादीले गरेको हत्या र अपराधलाई उन्मुक्ति दिने गृहकार्य भईरहेको छर्लंग हुँदैछ, त्यसैको एउटा उदाहरण हो माथि गोकुल कार्कीजीले पोस्टिंग गर्नु भएको योगेश ढकालको स्थलगत रिपोर्ट| रिपोर्टको सत्यता र आधिकारिकतामा मलाई कुनै शंका र प्रश्न छैन| खाली प्रश्न छ फुजेल गाउँका बासिन्दाले भोगी रहेको यथार्थ र सोचिरहेको कुरा त्यो मात्र होइन अनि यो रिपोर्टलाई सार्बजनिक गरिएको समय | लाग्छ यो सबै प्रायोजित छ| सरकारी ज्यादतीलाई उन्मुक्ति दिनु पर्छ भन्ने मनशाय कदापि मेरो होइन | सजाय सबैले पाउनु पर्छ तर प्रत्यक घटनालाई घटना घटाईएको प्रकृतिको आधारमा कारबाही हुनुपर्छ | जस्तै maiya सुनुवार काण्ड, Krishna अधिकारी काण्ड, बुद्धिमान तामांग काण्ड आदि, जुन घटनाहरु जुनसुकै पक्षबाट घटाईएका हुन| मुठभेडमा हुने मृत्यु र अपहरण तथा गिरफ्तार गरि गरिएका हत्यालाई अलग अलग रुपमा बिभाजन गरि कारबाहीको दायरामा ल्याईनु तर्कसंगत देखिन्छ|

    Reply
  6. Kale says:
    April 18, 2014 at 9:07 pm

    हैन नबुझेको कुरा के भने,समस्या कदि मात्र हुन त?
    १. हिजो कमरेड महराले ५० करोड मागेनन र? राजाको शासनको बेला नेपालका कथित वरिष्ठ पत्रकार हरु नै हण्डि खान हिँडेकै हुन,जो अहिले देशका बरिस्ठ लोकतन्त्रबादी भन्दै आफ्नै डम्फु बजाईरहेका छन।

    २.आफ्नो बिरोध गर्ने को सफाया गर्ने माउवादी निति हो,जसको अर्को चरण कदी लक्षित हुन सक्दैनन र?

    ३.यदि कदी माउवादी बिरोधि हुँदैमा उनको बिरोध गरिन्छ भने गलत छ किनकि उनी लोकतान्त्रिक देशका नागरिक हुन उनलाई कुनै पनि वाद या बिचार को समर्थन या बिरोध गर्ने छुट छ।
    ४.कदी शान्तिप्रक्रिया का बिरोधि र शान्तिप्रक्रिया भाँडुवा रे, कसरी ?
    एउटा ब्यक्तिले भाँड्न खोज्दा भाँडिने यो कस्तो शान्ति प्रक्रिया हो?यस्तो शान्ति किन चाहियो ,फगत मुर्दा शान्ति ।
    ५.सेना समायोजन गर्न ६ वर्ष लाग्यो,अहिलेसम्म आयोग बनेको छैन। कस्को गल्ती ? कदीको? कि राजनितिक दलको ? इच्छाशक्ति छैन ,अरुलाई आरोप लायो अनि जिम्मेवारीबाट पन्सियो।
    ६.कुखुरा चोर,बलात्कारी ,हत्यारा सहिद भएका छन,त्यसले शान्ति ल्याउँछ?पहाडको पाखो वारि पार्टीलाई जिम्मा लाएर शहरमा महल ठड्याउनेले शान्ति ल्याउँछन् ?
    ७. दोरम्बा घटना कदीले घटाएको हो? सेनाले २०५८ चैतमा तेह्रथुममा एउटा घरमा १९ जना मार्यो ,केही निर्दोष सहित,गल्ती कस्को? कदीको?

    Reply
    1. नेपाल बहादुर शिंह says:
      April 23, 2014 at 8:37 pm

      पंचायतकाल देखि बहुदल र लोकतन्त्रकाल सम्म बिदेशी दात्रि राष्ट्रले दिएको ऋण अनुदानको खोजि नीति गरेर यी शासकहरुलाई धुलो चाटाउनु पर्छ! यिनीहरुको श्रीसम्पत्ति विवरण लेख जोखा गरेर बाँकी सब जफत गरेर राष्ट्रिय कारण गरिनु पर्छ !कुकुरहरुले मारेर जाँदा के यो सब सम्पत्ति संगै लिएर जाने हो,यो कुकुरहरु नर्कमा गए पनि भ्रष्टचार मै डुब्ने भो,

      Reply
  7. bhakta says:
    April 18, 2014 at 4:59 pm

    शान्ती भाड्ने काम गरेर फेरि जनअदालत जन्म्यो भने ६ क्लास पढेका जनदालतको श्रीमान्ले कति भाटा लगाउन भन्ने हुन् यीनीहरुलाई हे भगवान……….

    Reply
  8. पूर्ण नेपाली says:
    April 18, 2014 at 3:39 pm

    यो त नाङ्गो राष्ट्रघाती हो तर एलाई भन्दा नि एस्लाई पैसा खिलाउने को भण्डाफोर गरौँ

    Reply
  9. Shiba says:
    April 18, 2014 at 2:47 pm

    यी दाता भन्ने हरुले तेतिकै पैशा कहाँ दिन्छ? कहिँ न कहिँ इनको पनि भित्रि कर्तुत अबस्य छ होला! नर्वे ले सफा मन ले नेपाल मा कुनै कम गर्छ भने नसोचे हुन्छ बिधुत निकाल्ने अनि बेच्ने नेपाल सरकारलाई नर्वे कै भाउमा अनि नेपाल सरकारले नेपालीलाई दिने नेपालको भाउमा यो भाको सुनेको हो एस्तो देश बाट देको पेशा मा कहिन कहिँ कालो खोट होला कनकमणि दिक्षित बाट कहाँ प्रोयोग भयो त्यो अबस्य बाहिर औला! तर एसको आडमा मावोबादिले संबिधान बनाउने बेला बबाल गर्दै समयमा संबिधान नेपालीलाई दियन भने बुझ्नु कि चलखेल भाकै हो !

    Reply
  10. Bibash says:
    April 18, 2014 at 2:26 pm

    जसले हान्यो उसले जान्यो खाउ खाउ आखिर नेपाल त हो नि ..

    Reply
  11. jiwan says:
    April 18, 2014 at 2:26 pm

    दिक्षित family राम्रै जस्तो लाग्थ्यो मलाई आज सम्म. आफ्नै मेहनत ले गर्दा नै सम्पन्न भए जस्तो लागेको थियो. तर भित्र भित्र हामीले बुज्न नसकिने रैछ. आज बाट दिक्षित family लाइ हेर्ने मेरो हेराई बिल्कुल बदलियो. येदि उनीहरुले नेपाली लाई आउने बिदेशी सहयोग मा रजाई गरेका हुन् भने कडा कारबाही हुनु नै पर्छ.

    Reply
  12. Kumar says:
    April 18, 2014 at 1:49 pm

    What about the grants, ammunition and billions that Maoist got from India? What about billions looted money of Maoist ? Will that not interrupt peace process if a NGO’s that much money matter in peace process.

    Reply
  13. rkdube says:
    April 18, 2014 at 12:07 pm

    शान्ति सम्झौता भाड्न पैसा खाएको भनेर अग्रीमेंट मा लेखेको हुदैन तर काम चाहिं त्यहि हुन्छा बिदेशी संग पैसा खाने काममा त्यसैले अब नर्वे दुताबास मा पैसा माग्ने को भिड हुन्छा देश द्रोही हरुको, सत्री हरुको / बुझ्ने लै यो कुरा गहिरो छ नबुझ्ने लै घर मुनि पहिरो छ भनेको येही हो /

    Reply
  14. Suren says:
    April 18, 2014 at 10:55 am

    फुजेल घटना धेरै चर्काउनु ठिक होइन जस्तो लाग्छ मलाई…हो नन्द अधिकारी को छोरा मारिए..ति आमा बुबा लै ठुलै चोट पर्यो तर प्रतिवादी हरु देख्दा व्यक्तिगत रिसिबी सादना खोजे जस्तो लाग्छ…यौटा यौटा केस यसरि हेर्ने हो भने जेल जाने को सुची लामै हुन्छ माओबादी, कांग्रेस एमाले, सेना र पुलिस का मान्छे हरु को ….द्वन्द समाधान गर्दा मर्का पर्दा पर्दै पनि सहनु पर्छ कैले कहिँ…के गर्नु….बरु अधिकारी दम्पति लाइ सरकार ले आर्थिक सहगोस गरोस…हुन त पैसा ले उनीहरु ले छोरा पाउदैनन तर जे गरे पनि, प्रचण्ड लाइ नै मारे पनि उनीहरु को छोरा त फिर्ता आउन्न न….तेइ भएर अब मन लै बलियो बनाएर देश को लागि यौटा त्याग गर्दिनु नै ठिक हो कि जस्तो लाग्छ….अन्तिम निर्णय गर्ने अधिकार त उनीहरु को हो..तेइ हो येही निउ मा अरु थप नेपाली हरु नमरुन…अब रह्यो कनकमणि जी को बारे मा…मलाई यसमा धेरै धेरै थाहा भएन…तर येदि यो पैसा गैरकानुनी रुप मा लयको भए छानबिन गर्नुपर्छ सरकारले …यस संगसंगै यी छानबिन को सुची मा हुनु पर्ने अन्य कुरा हरु:
    १. माओबादी सिबिर मा लडाकु को हिसाब किताब…यो त अरब कै हिसाब मा आउछ होला..यो प्रकरण ले नेपाल मा धेरै नब धनाड्य हरु को जन्म भाको छ…
    २. महरा ले चिनिया संग मागेको डेड करोड को हिसाब
    ३. सर्बहारा माओबादी ले चड्ने गरेको पचासौ लाख को गाडी हरु को हिसाब किताब
    ४. २५ हजार जति तलब खाने हाकिम हरु को काठमाडौँ मा ठडिएका सयौ महल हरु …
    ५. भ्याट चल्ने सयौ ब्यापारी हरु

    यसो हेर्दा त कडा छानबिन गर्ने हो भने २०-३० प्रतिशत नेपाली त जेल मा हुन्छन जस्तो लग्यो…बाकि २०-३० प्रतिशत खाडी तिर छन् …खै नया नेपाल बनाउने कल्ले हो..?

    Reply
    1. SANT says:
      April 18, 2014 at 1:24 pm

      Surren जी,

      तपाइको तर्क एकदम सहि हो, तर सोच्नुस त आझै येस्तै डोलरमणि, युआनमणि, अरबपति पुकदा जस्ता लाई भैगो ज भयो अब भनेर संबिधान बनाव भन्ने हो भने हाम्रो देश मा न्याय, कानुन, र संबिधान को के नै अर्थ होला र / अनि अर्को कुरा, २०-३० % होस् कि १०० % जनता नै किन नपरुन सबैलाई कारबाही हुनुपर्छ येदि तिनीहरुले कानुन बिपरित काम गरेका भए / जाबो ४७ साल को संबिधान modify गरेर चाहिने कुरा राखेर नचाहिने कुरा फालेको भए ६ वर्ष पहिला नै संबिधान बन्थ्यो…सब चोर नै चोर हुन् ….तेसैले न माओबादी न काँग्रेस न एमाले न मधेसी जो सुकै अपराधमा संलग्न छन् सबैलाई कारबाही हुन पर्छ….सबैले हाम्रो देश लाई मागी खाने भदो बनाएका छन्…तेत्रो जनयुध्ह गरेर १३००० जनता मरेपछि तिनीहरुले के नै राम्रो गर्न सके र देश र जनता को लागि…दिनहु विदेश पलायन हुदैछन हाम्रा जनता हरु….अनि भन्ने बेला संक्रमणकाल भन्ने घण्टा संक्रमणकाल …. आफ्नो नाम मा बिदेशी बैंक र नेपाल मा अरबौ को लगानी अनि सब्रसाधरण चै मुर्गा…..

      Reply
  15. Ramesh says:
    April 18, 2014 at 10:50 am

    डलर Money दिक्ष्चित भन्दा कस्तो होला…

    Reply
    1. asoc says:
      April 18, 2014 at 5:35 pm

      क्रोनर मणि दीक्षित !! :द

      Reply
  16. Lekhnath Kafle says:
    April 18, 2014 at 10:35 am

    उहिले बाबुराम र अहिले रामचन्द्र पौडेलले भनेको पुग्यो बा ! अझै पनि कनकमणि (डलर मणि / क्रोनर मणि / पाउण्ड मणि) ले सार्बजनिक बहस गर्ने हो कि ? हिजो त १२ हात उफ्रेका थिए ! अब डलर / पाउण्ड र कोर्नर मात्रै होइन चिनिया युयान र भारतीय रुपिया खाने को को छन् मिडिया र मानव अधिकार सम्बधि सस्थाहरुमा त्यो पनि अरु कसैले सार्वजनिक भए हुन्थ्यो ! नेपाली मिडिया र मानव अधिकार कर्मीहरुको साच्चैको अनुहार बाहिर आउने थियो ! डलर मणिको यो यत्रो ठुलो खबर रिपोर्टर्स क्लबले चाहिँ प्रकाशित गरेन छ ! के रहस्य होला ?

    Reply
  17. डिल्ली says:
    April 18, 2014 at 9:31 am

    कनकमणी किन अलिक बढी नै कुर्लन्थे मिडियामा भन्ने बल्ल थाहा पाउन थालियो । उनी त डलरको झुसिलो डकार पो डकार्दा रहेछन् त सरकार, माओबादी र शान्ति प्रकृया धमिल्याउने गरी । सायद फुटबाट लुटन पल्किनेहरूलाई शान्ति प्रकृयाले टनक टनक टाउको दुख्छ होला कनकमणीलाई जस्तै । त्यसैले वास्तबिकता भन्दा बढी आवस्यकता भन्दा बढी रंगिचंगी छापामा छाउने कनकमणीको ओजस्वी छबी डलर छायाँमा नाच्न पो थाल्यो । मिडिया गलत हैनन् भने माओबादीले फुजेलका अधिकारी परिवारमा ज्यादति गरेकै हुन् । तर त्यो एक कालखण्ड थियो जसमा घटेका घटनालाई जति बढाए पनि देशले निकास निकाल्न सक्तैन । त्यसैले दण्ड, सजाय, कार्यवाही र माफी जस्ता प्रकृया आवस्यकता पर्छ नै बाँच्नेहरूलाई मूल प्रकृयामा ल्याउन । तर किन हो मिडियाहरू सकारात्मकता तिर भन्दा नकारात्मकतालाई उचाल्छन् र बेकसुरमा सेलाएको रगत उमाल्छन् । उम्लिएको रगत फेरि सेलाए पछि बिचार गर्दा मिडिया नै दोषी देखिन्छन् । अपराध विद्रोही र राज्य पक्ष दुबैबाट भएको हो । सेना र पुलिसलाई गलत देख्नु मूर्खता सिवाय केही हैन न त माओबादीको मिलिसिया र जनसेनालाई दोष दिएर हुन्छ । त्यसलाई हैकम चलाउने र लगाम फुकालेर युद्धमैदानमा होम्नेहरूलाई कदापी सही भन्न सकिन्न । जो मारिए पनि नेपाली मारिएका थिए । मरणको प्रयोग सही वा गलत हुन सक्ला तर प्रकृया दुबैको गलत थियो ।

    माओबादीले नियम कानुन र संबिधान केही नमानेर व्यक्ति हत्या गर्दै “तत्कालीन कानुन?”मा अपराध गरेको थियो भने कानुनका पालक मानिएकाहरूले गैह्र कानुनी बाटोबाटै मानिस मारेका थिए समातिएकालाई भिडन्तको नाम दिदै भने “ठूला” पत्रकारहरू आगोमा पेट्रोल थपेर न्यानो ताप्दै नै थिए र अहिले पनि त्यसरी नै तापिरहेका छन् । कनकज्युहरु हो विदेशी मोलमा कति खरिद हुन्छौ र नेपालीको शान्ति भाँडी हिड्छौ ? तिमीले खाएका विदेशी रक्सी र मासुको स्वादमा ती निरिह नेपालीको लासको स्वाद र गन्ध नमिसियोस् ।

    Reply
  18. विजय तामांग says:
    April 18, 2014 at 7:31 am

    दलरबादि कनकमनिहरु शान्ति प्रक्रियाबिरुद्ध किन ज्यान छाडेर कुर्लल्छन भन्या त बल्ल पो बुझियो . देशमा राजनीतिक समस्याको समाधान भएर शान्ति प्रक्रियाले गति लियो भने त यिनीहरुको आउने मुहान सकिन्छ . यी भंदुवाहरुले शान्ति चाहेका छैनन् भन्ने देखिन्छ .

    Reply
  19. mahesh says:
    April 18, 2014 at 6:18 am

    अनि अर्को कुरा फुजेल का गाउले १३ जना एकै दिन एकै समय रत्न नगर गएर कृष्ण अधिकारी को हत्या गरे होलान!

    Reply
  20. mahesh says:
    April 18, 2014 at 6:15 am

    यो मुद्दा(कृष्ण अधिकारी हत्या) प्रायोजित रुप मा उथाइएको भन्ने के कुरा ले निर्धारण गर्छ भने: नुर प्रसाद अधिकारी को छिमेकी गाउले जसमा ५०-६० बर्ष का घर को अभिभावक , ४५-५० बर्ष कि गृहणी हरु लाइ पनि किटानी उजुरी गरिएको छ, एउतै गाउ बात माओबादी मा येति धेरै र यो उमेर समूह का मान्छे लागेका थिएअ होलान?

    Reply
  21. प्रवेश लामा says:
    April 18, 2014 at 5:27 am

    कोहि धर्मको नाममा, कोहि सस्थाको नाममा ,कोहि सुकुम्बाशी ऊदार गर्नेको नाममा,कोहि सुरुङ्ग बाटोको नाऊमा जता बट्टा पनि पैसा जम्मा गरेकै छ (सरकारले एक ठाऊ बट्टा जम्मा गरेको पैसा को लेखा जोखा छैन जुन हो हामीले बनाएको पासपोर्ट ) एक जना लाई १०,००० लिन्छ भने कतारमा मात्र ३लाखको हरहरिमा छ अरु देशहरुमा कति होला ? १०,००० गुण ३ लाख गुन्न गर्नु होला कति हुन्छ ?

    Reply
  22. के बि राउत says:
    April 18, 2014 at 4:23 am

    कनकमनी दिक्षित यदि मानव अधिकार बादी हुन भने द्वन्द काल मा सेना बाट मारिएका हरु को बारे मा चही किन बहस गर्दैनन अनि कृष्ण अधिकरी को वकालत गर्नेले दवन्द काल मा टाउको को मोल भयको बेला काहा थिए के ती टाउको को मोल्ल पाउने चाहिँ मनब होइनन किन चुप थिए त्यो समयमा ….

    Reply
    1. Suman Bjra. says:
      April 18, 2014 at 2:28 pm

      जे जुन देश ले पैसा ख़ुवाउन छ तेसै अनुसार देशमा अशान्ति मचाउन चाहने व्यक्ति कनकमणि भएर आएको छ / देशको प्रतीषाता बढाउने काम गर्नु सताउल्टो आफ्नो भुँडी र मोज्ज्गरेको पोल आज सबै को सामु खोलेको छ / पंचायती व्यवस्था देखि नेपाली जनतालाई मारेर को मारे / न देश को कुतैनिका क्षेत्र राम्रो न राजनीति नै तेस्तै अब मेडिया कर्मी कनकमणी पनि बुद्धि बिबेक हिन ब्यकित केवल पैसा को लागि कोहि भारत को राजदुताबास ,कोहि बेलायेती राजदुताबास त कोहि अमेरिका बाट पैसा खाएर देश डुबाउने व्यक्तिहरु मात्र /
      हेग को कानुन नियम पालना कुन देश ले पालना गरेको कनकमणी लै प्रस्न गर्छु के भारत ले गरेको छ अमेरिका जापानले गरेको छ / गृह युद्ध निम्त्याउने तिमि जस्तो व्यक्ति पैसा खाएर गरेको हो इराक मा नभएको हतियार बेलायेती कुकुरहरु ले अमेरिक सामुने जुथो बयान दिएर लडाई गरेरे अहिले सम्म शान्ति छाएको छैन / सद्दाम हुस्सेन ले भन्दा अमेरिकन अह्रुले बदी मान्छे मारी सकेको छ / तिर्मो हेग को नियेम पालना कहाँ गयो के थाहचैन भनेर चुपचाप बसेको तिमी ले पनि नेपालमा अशान्ति मचिए गृह युद्ध भयो भने बेलायेत्को मन्त्रि जस्तै आत्माहत्या गरेरे मर्छौ/

      Reply
  23. raju says:
    April 18, 2014 at 3:02 am

    my sansar कै दुइटा ब्लग, पर्देसको काम, अनि आजको, स्वोदेसको काम, हामी ढुकुटी भर्ने कोसिसमा छौ, यी चोरहरु रित्याउने,—बिर्सिऔ कि क्या हो नेपाली जनता कनकमडीलाई काधमा बोकेर जितेको जनआन्दोलन?— नेपाली चेत्न अजै बाकि छ ! जे देश ????

    Reply
  24. सिर्जने says:
    April 18, 2014 at 2:59 am

    हन यो नर्वे दुतावास पनि के भा’को, गरिब नेपालीको नाममा मेडियालाइ पैसो बाड्दै हिड्ने? पैसो धेरै भा’को भए गाउ गाउमा स्वास्थ्य सिबिर चलाउनु, सन्दुक राउत, महाबिर पुन लाइ सहयोग गर्नु /

    Reply
  25. सिर्जने says:
    April 18, 2014 at 2:54 am

    कनकमणि ज्यु,
    अझै सार्बजनिक बहस गर्ने रहर छ? नेपालमा शान्ति ल्याउने नाममा डलर खा’को होइन क्रोनेर पो खा’को त होइन? आम्मामा हो के सारो घिच्न सकेको हौ छद्मरुपी मेडिया कर्मी एन जी ओ ले / तपाई बहुरुपी दिक्षित ज्यु लाइ के नाम ले बोलाउने होला अब?

    Reply
  26. Laxmi Tamang says:
    April 18, 2014 at 2:48 am

    डलर कमाउन नसक्नेहरु डलर कमाउन सक्नेहरुको बिरोध गर्यो हाम्रो देश यस्तै छ सल्लाह भन्दा पनि हल्लामा चल्ने | आखिर नेपाल लगायात सबै गरिब बनाईएका राष्ट्रहरु भनेकै डलरमा चल्ने हुन् मन मस्तिष्क शासक र शोसकहरुको गरिब र भिखारी भएकोले गर्दा |

    Reply
  27. bipin says:
    April 18, 2014 at 1:33 am

    यस्ता डाका डोल्लरबादी ले गर्दा हाम्रो देश खत्तम भयको छ !!!!….

    Reply
  28. vijay says:
    April 18, 2014 at 12:57 am

    यो त बाहिरियालाइ हात परेको सूचना भयो…यस्ता पैसा अरु मिडिया लाइ कति ओइरिये होलान बिगतमा ( या अझैपनि?)?? कल्पना मात्र गर्न सकिन्छ ! दक्षिण एसियाली पत्रकारिता एक थोपा पनि चोखो छैन !!

    Reply
  29. Krishna Lamsal says:
    April 17, 2014 at 11:36 pm

    यो मान्छे मलाइ पहिले देखि नै एक रत्ति मन पर्दैन, कारण यो पहिले देखि नै पैसा मा सजिलै बिक्ने मान्छे हो. २०६२ ताका यसले RAW को पैसो खाएर राजतन्त्र को कम्ति उछितो काटेन. तर त्यति बेला सबै को लागि यो मान्छे नागरिक समाज को अगुवा भयो. अहिले जब यसले पैसो खाएर माओबादि ताक्यो अनि मात्रै यसको असली रुप सबैले थाहा पाए.

    Reply
  30. gokul karki says:
    April 17, 2014 at 11:06 pm

    तिम्रो अदालतको भान्साबाट
    काँचो रगतको गन्ध आइरहेको छ /
    तिमी बसेको बेन्च-बेन्चबाट
    मान्छेको आलो रगत बसाइरहेको छ ,,,,,
    चाभेजले ठिकै भनेका थिए,
    अमेरिका शैतान हो
    बिश्व शिकारी बुश अपराधी हो
    तथ्यहरुले बोलेकै छ
    दृष्टिहरुले भेद खोलेकै छ
    तेसैले हे कथित मानव अधिकारका मसिहाहरु हो
    बिश्व मानव हत्याराका पाउ पूजकहरु हो
    दिउसै रात पार्ने चेस्टा नगर
    चेतना निभाउने कष्ट नगर
    तिम्रो अदालतको संचालक को हो,
    हामीलाई थाह छ, भ्रम नछर ,,,

    हेगको धम्कीले क्रान्ति रोकिन्न
    कुँडा कर्कटहरु हो, अब झुकिन्न ,,,,,,

    नेपालमा युद्दको आगो झोसेर कुनै पनि कथित मानवअधिकारकर्मी-ठुला घरानियाँ मिडियाकर्मीहरु भोलि नैं यो देश छोडेर नभागुन / उनीहरुको साथमा दोहोरो नागरिकता-ग्रिनकार्ड आदि इत्यादी छ कि छैन, कडाइका साथ जाँच-पर्ताल होस् / कथमकदाचित यी महासयहरु देश छोडेर भागे भने सन्निकट आइरहेको युद्दको क्रममा हुने भिषण मानव अधिकार हननको घटनाहरुलाई तिनका पितामह अमेरिकाले खडा गरेको हेगको अदालतमा कुद्दै गएर कान फुक्ने अर्को शकुनी हामीले कहांबाट जोहो गर्ने ? अहिले त हेग जान चाइने योग्यता पुगेका २-४ जना मात्र होलान् / तर भोलि यो संख्या बढेर करोड पुग्न सक्छ, जसले दपेटिइ-दपेटिइ बाँच्नु भन्दा त हाँसी-हांसी हेगको फासिलाई स्विकार्नेछन् /

    फुजेलको स्थलगत अध्ययन पनि पढ्नुस :-

    गाउँले भन्छन्- गल्ती अधिकारी दम्पतीकै
    २०७० चैत २९ गते १०:५५ मा प्रकाशित 4120 27 0
    योगेश ढकाल, (फुजेलबाट फर्केर)
    Nurprasad-ko-Gha
    फुजेलस्थित अधिकारी दम्पतीको घर
    ’फुजेल जाने बाटो कताबाट हो ?’ गोरखा बजारभन्दा केही तल लक्ष्मी बजारमा स्थानीयलाई सोध्यौं । ती पसलेले पाउदेखि शीरसम्म केहीबेर एकटकले नियाले । केहीछिन बोलेनन् । नसुनेझैं लागेर फेरि सोध्न लागेको थिएँ, मुन्टो अर्कातिर बटारेर ‘ऊ त्यही ओरालतिरबाट हो ।’ जवाफ फर्काए ।
    धुलाम्मे कच्चीबाटो त्यसमाथि जंगलभित्रको उकालो र ओरालो थियो फुजेल जाने बाटो । बस्ती त्यति थिएनन् बाटो छेऊमा । कोही भेट्नेवित्तिकै फुजेल जाने बाटो सोध्नुपर्ने अवस्था थियो । बाटोमा खुलेर स्थानीयले हामीलाई जवाफ दिएनन् । फुजेलमा पुग्दा त्यस्तै भयो ।
    लक्ष्मीबजारदेखि फुजेल पुग्दासम्मै स्थानीयहरुमा एकतमासको उदासीपन आउथ्यो फुजेल गाउँ सोध्नेवित्तिकै । अनुहारमा त्रास प्रष्टै देखिन्थ्यो । ‘नुरप्रसाद अधिकारीको घर कुन हो ? हामीले फुजेलमा एक स्थानीयलाई सोध्यौं । उनले डराउँदै बाटामाथिको घर देखाइदिए । उजाड । ठूलो घारीभित्र थियो घर ।
    बोल्नै डराउँछन्
    कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै आमा गंगामाया र बाबु नन्दप्रसाद अनशन बसेपछि गोरखाको फुजेल गाउँ यतिबेला चर्चामा छ । द्वन्द्वकालीन अवधिमा फुजेलमा सुरक्षाकर्मी र माओवादी दुवै पक्षबाट १९ जनाको हत्या भएको रहेछ । तीमध्ये एक थिए कृष्णप्रसाद अधिकारी । ०६१ सालमा कृष्णप्रसाद अधिकारीको हत्या तत्कालीन नेकपा माओवादीले चितवनमा गरेको थियो । ०६१ सालअघि युद्धको त्रास जति थियो, फुजेलवासीले त्योभन्दा कयौं गुणा त्रास ०६४ पछि भोगिरेहको अनुभूति भयो । ०६४ सालबाट निरन्तर फुजेलवासी अधिकारी परिवारको मुद्दामामिला झेल्दै आएका छन् । कहिले बिजुली लाइन विस्तारको विवादमा गोरखा धाएका छन् । कहिले कृष्णप्रसादको हत्याको आरोपमा चितवन धाउनुपर्ने बाध्यतामा छन् ।
    फुजेलवासी एक्लैदुक्लै नयाँ मानिसलाई भेट गर्दैनन् । खुलेर कुरा गर्न सक्दैनन् । सुरक्षाकर्मी बेलाबेला पुग्छन् । सुरक्षामा चिन्ता नलिन भन्छन् । तर, पनि फुजेलवासीको मन थामिन्न । को कतिखेर कृष्णप्रसादको हत्याराको सूचीमा परी गिरफ्तारीमा परिने हो भन्ने उनीहरुमा डर, त्रास छ ।
    ‘नन्दप्रसादकी माइली भाउजूलाई अंश दिनुपर्छ भन्नेहरु कृष्णप्रसादको हत्याराको सूचीमा छन् । नन्दप्रसादले गाउँ छाडेेपछि गाईभैंसी, बाख्रा पालिदिने, खेतीपाती लगाइदिनेहरु पनि हत्याराको सूचीमा छन् । अहिले पनि नन्दप्रसादको बारेमा केही बोल्यो भने हत्याराको सूची थपिने धम्की आइरहेको छ । त्यसैले बोल्नै डर लागिरहेको छ’ स्थानीय रुदप्रसाद पन्तले भने ।
    गाउँलेहरुका अनुसार अहिले पनि नन्दप्रसादका छोरा नुरप्रसाद गाउँलेलाई हत्याराको सूची थपिने भन्दै त्रास देखाइरहेका छन् । मोबाइलमा म्यासेज गर्नेदेखि हल्कारामार्फत धम्की आउने गरेको स्थानीयको भनाइ छ । स्थानीयहरु नयाँ मानिससँग सामुहिक मात्रै भेट गर्छन् । रामकहानी सुनाउँछन् । कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका ११ जना दोषी होइनन् भनेर उनीहरु दशीप्रमाण जुटाउँछन् । यसैमा दिन बितिरहेको छ उनीहरुको ।
    ’हामीले बोलेको मिडियामा आउँदैन’
    ‘हामीले जे बोल्यो, त्यसको ठीक उल्टो काठमाडौं पुग्छ । त्यही भएर बोल्न पनि मन लाग्दैन । तपाईहरुसँग बोलेर पनि के हुन्छ र’ स्थानीय भैरवाश्रम उच्चमाविका शिक्षक शम्भुप्रसाद देवकोटाले भने । मानवअधिकारीकर्मी र पत्रकारको टोली ५ पटक फुजेल पुगेसकेछन् स्थलगत अध्ययनका लागि । उनीहरुसँग स्थानीयले सामुहिक अन्तरंग गरेछन् । अधिकारी परिवारलाई सजिलै पुनःस्थापित गराउन सकिने मानवअधिकारकर्मीको टोलीलाई जवाफ दिएका रहेछन स्थानीयले । तर, त्यही मानवअधिकारकर्मीको टोलीले अधिकारी परिवारको सुरक्षा ग्यारेन्टी नभएको रिपोर्ट तयार पारेछन् । त्यसपछि फुजेलका ४२ घरपरिवार पुरै आक्रोशित छन् काठमाडौका मानवअधिकारवादीसँग ।
    fujel1ताङलीचोक बतासेको प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसमेतले अधिकारी परिवारलाई सहजै पुनस्थापित गर्न सकिने लिखितरुपमै सरकारलाई जानकारी दिएका रहेछन् । ताङलीचोकको प्रहरी चौकीमा भेटिएको एउटा जिल्ला प्रहरी कार्यालय गोरखालाई पठाएको एउटा पत्रमा अधिकारी परिवारका लागि सुरक्षा अवस्थामा कुनै समस्या नभएको र हत्यामा गाउँलेको संलग्नता नभएको उल्लेख छ । ‘कृष्णप्रसादको मृत्यु तत्कालीन द्वन्द्वरत पक्ष माओवादीबाट चितवनमा भएको हो । र, नुरप्रसादले घरमा आफैले ताला लगाएर काठमाडौ गई बस्ने गरेको, खेत बाँझै रहेको तर भोगचलन गर्न सकिने अवस्थामा रहेको’ पत्रका उल्लेख छ ।
    जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर रामचन्द्र पौडेलले पनि फुजेलवासी त्रासमा बाँचेको बताए । ‘अधिकारी परिवार आए भने गाउँमा चौकी नै राखेर भए पनि सुरक्षा दिन तयार छौं । तर,उनीहरु नै आएका छैनन्’ पौडेलले भने ।
    झगडाको चुरो
    स्थानीयवासीले हाम्रो टोलीलाई दिएको वयान अनुसार नन्दप्रसाद परिवारले आफ्नै एकाघरकी माइली भाइबुहारी सीता अधिकारी -एकल महिला) र टुहुरा तीन छोरीहरुलाई अंश नदिई चर्को आर्थिक अभावमा पारेपछि स्थानीयले अंश दिलाइदिन पहल गरेका रहेछन् । छुटिई भिन्न नभएका नन्दप्रसादका माइला भाइको रुखबाट लडेर मृत्यु भएको रहेछ । त्यसपछि भाइबुहारीलाई अंश नदिई निकाल्न खोजेछन् । सीताले अंश दिलाइदिन छरछिमेकसँग गुहार मागिछन् । र, कही अंश दिन बाध्य भएपछि गाउँलेप्रति रुष्ट बनेर नन्दप्रसादले अंश दिलाउन पहल गर्नेहरुलाई रिसिइवी साँध्न गाउँलेलाई कृष्णका हत्यारा हुन् भनी किटानी जाहेरी दिएको आरोप नन्दप्रसादकी माइली भाइबुहारी सीता अधिकारीले भनिन् ।
    त्यहीसँग जोडिएर अर्को घटना भएछ गाउँमा । विजुली लाइन विस्तार गर्ने क्रममा अधिकारी परिवारको जग्ग्ामाथि विजुली लाइन पर्न गएकोमा गाउँलेहरुसँग विवाद गरी गाउँलेविरुद्ध उजुरी दिन गएका ०६४ पुस १० गते गाउँ छोडेका रहेछन् । अधिकारी दम्पतिले विजुली लाइन विस्तारको विवादपछि माइती/ससुरालीमा बसी भाइ/सालोलाई घरमा घाँस दाउरा गर्न पठाएका रहेछन् । तर, त्यसरी पठाएको व्यक्तिले केही समय रेखदेख गरेर घर फर्केका रहेछन् । अधिकारी दम्पति त्यसपछि गाउँमा नफर्की सदरमुकाम गई गाउँलेविरुद्ध उजुरी हालेछन् । त्यसबखत उनीहरुका गाईभैसी,बाख्रा भएको र त्यसको करिब एक डेढ महिनासम्म घाँसपात स्थानीयले गरेको भनाइ छ । गाउलेले घाँसपात गर्दैगर्दा अधिकारी परिवारले उल्टै धम्क्याउने र जसले घाँसपात गर्छ उसलाई पनि बाँकी नराख्ने र कृष्णप्रसाद हत्याराको आरोपमा किटानी जाहेरी दिने भनी हल्कारा पठाएपछि गाउँलेले स्थानीय ताङलीचोक बतासे चौकीलाई जानकारी गराई घाँसपात गर्न छोडेको स्थानीय पन्तले बताए । पछि बतासे प्रहरी चौकीले केही समय घाँसपात गरेको र उनीहरुले पनि लामो समयसम्म घाँसपात गर्न नसक्ने भएपछि गाईभैंसी थलामै मरेका रेकर्ड प्रहरी चौकीमा छ ।
    स्थानीय शिवप्रसाद पौडेलका अनुसार ससुरालीबाट सिधै गोरखा सदरमुकाम गई कृष्णप्रसादको हत्यारा भनी गाउँलेलाई धरकपड गर्न प्रहरी प्रशासनलाई रिपोर्ट गरेको र सो पश्चात सबै गाउँले सदरमुकाम गई प्रहरी प्रशासनको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरी कृष्णप्रसाद हत्यामा गाउँलेको कुनै संलग्ता नभएको र उक्त घटना द्वन्द्वकालीन अवस्थामा भएको भनी जिल्ला प्रशासन कार्यालय गोरखाले ०६४ सालमा मुद्दा नचल्ने भनी निर्णय गरेको र द्वन्द्व पीडितका नाममा अधिकारी परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउने निर्णयसमेत भएको रहेछ ।
    के भन्छन् आरोपी र स्थानीय ?
    Ram-prasad-Adhikariरामप्रसाद अधिकारी, हत्या आरोपी
    कृष्णप्रसादको हत्या भएको दिन हामी गाउँले फुजेलमै कुलो खनिरहेका थियौं । मृतकका दाजु नुरुप्रसाद स्वयम् हामीसँग कुलो खन्नेमा थिए । घटना घटेको खबर सुनेको भोलिपल्ट पनि हामी कुलो खनिरहेका छौं । हामी कुलो खन्न गएपछि अरु साथीहरु शवबारे बुझ्न चितवन गएका हुन् । के हामी एक सेकेन्डमा चितवन पुगेर कृष्णप्रसाद अधिकारीलाई मारेर यहाँ आइपुग्यौं होला ?
    आरोप लगाउनुपर्ने खास कारण व्यक्तिगत रिसिइवी नै हो । नुरप्रसादकी माइली आमा (सीता अधिकारी)लाई अहिलेसम्म अंश दिन मानेका छैनन् । माइली आमालाई अंश दिनुपर्छ । उनलाई टुहुरा बालबच्चा पाल्न गाह्रो हुन्छ भनेर गाउँलेले अंश दिलाइदिन पहल गरेका थिए । त्यो एउटा रिस हो । अर्को कुरा चाँहि बिजुली लाइन विस्तारको हो । अघिल्लो दिनसम्म नन्दप्रसादचाँहि विजुली वाल्न सहमत थिए । र एक हजार रुपैयां शिक्षक लोकनाराण अधिकारीलाई उनका नाममा लगाइदिएका हुन् । नुरुप्रसादले बेलुका के भन्यो भोलिपल्ट मलाई चाहिँदैन भन्न थालेर घरछेऊमा गाडेको पोल हटाउन भने । सम्झाउने कोशिस गरियो । केही सीप नलागेपछि स्थानीय विद्युत समितिले पोल सार्ने निर्णय गरयो ।
    शिवप्रसाद पौडेलको घरमा बिजुली लाइन लैजान खोज्दाखेरि उनको बारीको एउटा रुख मुठार्न पर्ने भयो, तारले छुने भएकाले । त्यो बुटा मुठारेपछि नुरुप्रसादकी आमा गंगामायाले पोल नै काटिदिइन् । त्यही पोल काटेलगत्तै उनीहरु घर छोडेर हिँडेका हुन् । सत्य यस्तो हुदाँहुदै ज्यानमाराको मुद्दा हाल्छन भने हत्या गरेको पुष्टि गराउन कारबाही भोग्न तयार छौ भनेर सुरक्षाकर्मी र मानवअधिकारकर्मीलाई पनि भनेका छौं हामीले ।
    sita-Adhikariसीता अधिकारी, हत्या आरोपी (नुरुप्रसादकी माइली आमा)
    नन्दप्रसादकी माइली भाइबुहारी हुँ । मेरा तीन नानी छन् । मेरा श्रीमान रुखबाट लडेर बित्नुभएको हो । उहाँहरु तीन दाजुभाइ हुन् । पछि मलाई छुट्याइदिनुभयो । दाजुभाइ छुटिई भिन्न भएका थिएनौं । मेरा श्रीमानको मृत्युपछि अंश नदिने भन्नुभयो । कसरी नानी पाल्ने भन्ने गाह्रो भयो । त्यतिबेला गाउँका छरछिमेकले अंश दिनुपर्छ भन्नुभयो । त्यही कारणले हामीलाई हत्याको आरोप लागेको हो । देखेको सुनेको केही होइन । मेरो घर तल छ । आउने जाने थिएन । मेरो दाइले पनि अंश पाउनुपर्छ भनेर बोल्दिनाले दाइ विष्णु तिवारीलाई पनि ज्यान मुद्दा हालेका छन् ।
    रेडियो, टिभीले भनेको र पत्रिकामा कृष्णप्रसादको हत्यामा संलग्न छ रे भनेपछि आरोपी भनेको थाहा भएको हो । अहिलेसम्म घर छोडेर कहीँ गएको छैन । कोही आउँदा कृष्णप्रसादको घर कुन हो भनेर सोध्नुहुन्छ । कोही आउँदा के भएको हो यस्तो भन्नुहुन्छ । अहिलेसम्म सुरक्षाकर्मीले पनि केही भनेका छैनन् । झुटो मुद्दा हो । मैले अंश माग्दा गाउँलेलाई आरोप लगाइएको छ । मेरो आत्मादेखि लागेका चाँहि मेरै रिसले गाउँलेलाई दुख दिएको हो ।
    shiv-poudelशिवप्रसाद पौडेल, छिमेकी
    भलको पानी दायाँबाया भयो भनेर मलाई मुद्दा हालेको हो नन्दप्रसादले । अहिले पनि भलको विवाद भएको गौंडा देखाउन सक्छु । कृष्णको हत्या गरेको ११ जनाको ज्यान मुद्दामा चाँहि मलाई मुद्दा हालेको होइन । अरुमै मुद्दा हालेको छ । गाउँका ३५ जनालाई मुद्दा हालेको छ । ०६४ पुस १० गते बिजुली लाइन विस्तार गर्दा गंगामायाले पोल काटिन् । अनि उनीहरु गाउँ छोडेर हिँडे । बाहिर भएका बाख्राहरु पनि खोरमा लगेर थुनिछन् । खोर र घरको ढोकामा ताला लगाइछन् । यही डाडाँडाँडै लोग्ने स्वास्नी भागेर हिँडेका हुन् । अदालतमा चाँहि भाला, खुकुरी लिएर खेदेका भनेर उजुर गरेछन् । उनीहरु गाउँ छोडेको २३ दिनसम्म आएनन् । र, २३ दिनका दिन ४२ जना जिल्लामा गएर विद्युत लाइन विस्तारमा यस्तो यस्तो विवाद भएको भनेर सिडियो र डीएसपी गीता उप्रेतीलाई भनेका हौं । सीडिओ कार्यालयमा ‘नुरप्रसाद खुरक्क गाउँमा बाआमा लिएर जानुहोस् । यस्तो फटाहा काम पनि गर्ने’ भनेर सिडिओ, डीसएसपीले भन्नुभयो । त्यसपछि ‘यहाँ म मिल्दिन’ भन्दै नुरप्रसाद हिँडेको हो ।
    अनि कृष्णप्रसादको हत्याको कुरामा पनि त्यहाँ नुरुप्रसादले छवेलाई कैद हाल भन्न थाल्यो । यस्तो अपराध हामी गर्न सक्दैनौं, छविलालले मारेको होइन भनेर कागज गरेर आयौं हामी सिडिओ कार्यालयबाट ।
    उ गाउँमा आएन । पुस १० गतेदेखि २ महिना त हामीले उसको गाईभैंसी, बाख्रा पालिदिएको हो । ४ वटा सानाठूला भैंसी, ६ वटा बाख्रा थिए । पछि नुरप्रसादले जसले बस्तुभाऊलाई घाँसपात गर्छ, उसलाई पनि कृष्णप्रसादको हत्याराको सुचीमा राख्दिन्छु भन्दै धम्की पठाउन थाल्यो । त्यसपछि हामीले जीउनधन सरकारको भन्दै छोडिदिएको हो बतासे प्रहरी चौकीलाई जानकारी गराएर । मरेपछि पनि चौकीबाट प्रहरी आएर पुरेको हो । हामी खाल्डोमा हालेको पनि होइन,प्रहरीले नै हालेको हो । त्यो माइन्यूट त प्रहरीसँग पनि छ ।
    Rewati-poudelरेवती पौडेल, ७९ वर्षीया स्थानीय महिला
    गाउँ नै उज्यालो पार्ने छविलालाई थुन्नहुन्छ ? आफुले पढाएको विद्यार्थीलाई आफैले मार्छ ? आफ्नै छोरो काट्न सक्छ ? आफुले पढाएको विद्यार्थी र छोरो उस्तैउस्तै त हो नि ।
    गंगामाया साह्रै बदमास भएर निस्की । परिवार समालेर बस्नुपर्नेमा अहिले अनशन बसेकी छ । बिजुलीको पोल आफैले गएर गिडीँ अनि ओरालो लागेर हिँडी । यसरी गाउँलेलाई जिउँदै मार्नहुन्छ ? बरु पुरै गाउँलेलाई लगेर एकै चिहान पारिदिए हुन्थ्यो । यसरी दुःख पाउनुभन्दा ।
    शम्भुप्रसाद देवकोटा शिक्षक भैरवाश्रम उच्चमावि
    Shambhu-Devkota
    घटनाको १८ महिनापछि मात्रै किटानी जाहेरी दिएको हो नुरप्रसादले । उसले दिएको किटानी जाहेरी पनि गलत छ । ०६१ जेठ २६ गते दर्ता भएको किटानी जाहेरीमा नम्बर नखुलेको मोटरसाइकलमा आएका पेस्तोधारी ३ जना अज्ञात व्यक्तिले चितवनको रत्ननगरपालिका वडानम्बर १ बकुलहर चोकमा हत्या भएको उल्लेख गरेको छ ।
    ०६२ मंसिर २६ गते पुनः दिएको किटानी जाहेरीमा गोरखाको फुजेल गाविसका ११ जनालाई आरोप लगाइएको छ । पुरै झुटो मुद्दा लगाएर गाउँलाई दुःख दिने काम भएको छ ।
    – See more at: http://www.onlinekhabar.com/2014/04/187160/#sthash.bnvcktt3.QKBxk02N.dpuf

    त्रासमा बाँचेको फुजेलको रामकहानी :: Nepal, Political News, Science, Social, S

    Reply
  31. शशङ् लामा says:
    April 17, 2014 at 10:12 pm

    कनकमणिहरु द्वन्द्वपिडितलाई दया गर्नलाई नभई देशमा अरु दंगा मच्चाउन दिलचस्पी लिइरहेका छन् ! पिडितलाई अधिकार दिलाउनलाई त यत्रो पनि होइन रहेछ ! लु वास्तविक अधिकारकर्मी भए प्रविण गुरुङ प्रकरण र मैया सुनुवार घटनालाई उछालेर हेरोस त ! अनि हामी पनि मानौंला कनकहरुलाइ ! यो अर्थोक केहि होइन , कनकहरु प्राप्त गणतन्त्रलाई भत्काउन खोज्दैछ ! फुजेल काण्ड त निहुँ मात्र हो , संबिधान बन्न नदिने कुटिल चाल चाल्दैछ ! सावधान !!!!

    Reply
  32. hong says:
    April 17, 2014 at 9:48 pm

    कुन सहि कुन गलत भन्ने कुरा आफ्नै ठाउँमा छ,सब बहसका बिषय हुन् तर नेपालका साना संघ संस्था देखि नेपालका university होस् (TU ,KU) अथवा राजनैतिक दल (ए नेकपा मओवादी ) र हुदाहुदै स्वोयम नेपाल सरकार सबै विदेशी दाताहरुको आनुदानबाट चल्ने त हुन् नि ….नेपालका कोई डलरमणि कोई युआन महरा , सबै लाज पचेकाहरु..

    Reply
    1. bibek dhakal says:
      April 18, 2014 at 6:39 am

      एकदम ठिक भन्नुभो| याँहा कोइ “डलर” मणि , कोइ “युआन” महरा, अनि धेरै जसो “आइ सी” — जस्तै ” आइ सी ” कोइराला , “आइ सी” ओली , ” आइ सी” नेपाल …..( अनगिन्ती)

      Reply
  33. बशन्त राज says:
    April 17, 2014 at 9:09 pm

    लहरो तान्दा पहिरो आउछ भन्थे हो रछ भन्ने हाम्लाई लागिराछ /

    Reply
  34. shivaraj khadka says:
    April 17, 2014 at 8:52 pm

    यहाँ कोहि भन्दा कोहि कम छैनन् त्यसैले तै चुप मै चुप हुञ्छ यहाँ हेर्दै जानुस /

    Reply
  35. ashok says:
    April 17, 2014 at 8:49 pm

    हिमाल खबर पत्रिका पनि सुरुमा बिदेशी दाताहरु, बिशेस गरेर भारतीय गुप्तचर सस्थाहरु, बाट संचालित छ भन्ने कुरा मैले सुनेको थिए ! ज्ञानेन्द्रको पालामा कनकमनीको हाउभाउ हेर्दा हो कि जस्तो पनि लग्यो ! त्योबेला देखि कनक दिक्षित प्रतिको मेरो दृष्टीकोण बदलीएर आयो ! रबिन्द्र मिश्र पछि मलाई मन नपर्ने नेपाली पत्रकारहरुको नाम लिनु पर्दा कनकमनी दिक्षितकै नाम पहिला आउछ ! पत्रकार भएपछि कलम चलाउनु सक्नु पर्छ !

    Reply
  36. Jeevan says:
    April 17, 2014 at 8:31 pm

    खाउ खाउ तिमीहरुकै छ दिन मजा संग खाउ

    Reply
  37. Shankar says:
    April 17, 2014 at 8:29 pm

    फ्याउरो धेरै किन उफ्रिन्छ भनेको त् अंगुर को लागि रहेछ |

    Reply
  38. Chetan Nepali says:
    April 17, 2014 at 8:02 pm

    यो दीक्षित परिवार पुस्तौ देखि दलाली गर्दै आइरहेको कुरा सबैलाई थाहा छ ! यस्ता दलालीहरुलाई आफ्नो पुर्ख्यौली थलो तिर नालाखाते सम्म देशले शान्तिको सास फेर्न पाउने वाला छैन !

    Reply
  39. Dilli says:
    April 17, 2014 at 7:54 pm

    त्यो त डाँका नै हो तर अरे यार जाबो येति को लागि बेमौसमी रडाको गर्नु पर्छ त !!!! अनि भट्टराई ज्यू तपैले श्रीमती को नाम मा खायको अनि ति बिचरा लडाकु को नाम मा आयको salary लुटेको धन को हिसाब किताब खोइ त !!!! पनि माथि ओबानो !!! अलि कति पनि लाज सरम छैन है छाती फुलायर हिड्न लाई!!!!

    Reply
    1. mani says:
      April 17, 2014 at 10:11 pm

      सहि भन्नु भयो, यो सबै पैसो को खेल हो, जसले सक्छ तेस ले खाने दाउ हो | सबै ले बेच्ने भनेको जनता को नाम हो |
      कोइ जनता क नाम मा बिदेशी को पैसो लुट्चन भने कोहि आफ्नी मातृभूमि को रगत पसिना त कोहि आफ्नै कार्यकर्ता को जिन्दगि|

      वाह पैसा , क्या बात पैसा .

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme