Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब मन्त्रीहरुको बैठकमा खाजा खर्च नहुने

Posted on April 16, 2014 by mysansar

प्रधानमन्त्रीको निवास र कार्यालयमा चियापान खर्च वापत् झण्डै ३ लाख रुपियाँको बिल आएकोबारे ब्लग तपाईँले पढिहाल्नुभयो। (यहाँ हेर्नुस्) तर अब यस्तो खाजा खर्च नहुने भएको छ।

प्रधानमन्त्री सुशील कोइरालाले सरकारी खर्चमा मितव्ययिता अपनाउन मन्त्रिपरिषद्का सदस्यलाई भनेपछि खाजामा खर्च नगर्ने निर्णय भएको छ। यो निर्णय कार्यान्वयनसमेत सुरु भइसकेको जानकारी हिजो उपप्रधानमन्त्री तथा वामदेव गौतमले एउटा कार्यक्रममा दिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले मन्त्रिपरिषद्को बैठक तथा अन्य बैठकमा सहभागी हुँदा अब खाजामा खर्च नहुने भएको हो।

तपाईँलाई लाग्ला, के नै बचत होला र खाजा खर्च कटौति गरे। हिसाब हेर्दा वर्षमा आठदेखि १० करोडसम्म बचत हुने रहेछ।

बिहान हुने छलफल र बैठकमा निवासबाटै चिया तथा नास्ता खाएर आउन र अपराह्न तथा साँझमा हुने बैठकमा चिया र बिस्कुटमात्र दिने कुरा भएको छ।

उपप्रधानमन्त्री गौतमका अनुसार मन्त्रालयहरुको खाजा खर्चमा पनि मितव्ययिता ल्याउन सुरुवात भइसकेको छ।

13 thoughts on “अब मन्त्रीहरुको बैठकमा खाजा खर्च नहुने”

  1. Basant says:
    April 17, 2014 at 5:39 am

    हो त नि खाजा खाएर काम गरोस तर घुस नखाओस अनि घुस खाएका लाइ फूलमाला अबिरे जात्रा नगरोस

    Reply
  2. Rekha Ghale says:
    April 17, 2014 at 2:25 am

    के गर्नु त भन्ने बेला मा खाजा को बिल खाको भन्दा २० गुना धेरै बिल मा हिसाब राखेपछि

    Reply
  3. Albin Shrestha says:
    April 17, 2014 at 1:35 am

    तेहि त भन्या एकातिर बाट बन्द गरेपनि अर्कोबाट चुहिहाल्ने होला / भ्रस्टाचार चाही रोके पो त राम्रो हुने नि/

    Reply
  4. Shankar says:
    April 16, 2014 at 11:59 pm

    जनता ले खाजा न खाउ भन्या छैन , खाजा को नाउमा भ्रास्ताचार न गर भनेको हो |
    सुसिल र अरु चाउरे बुढा हरुले उसै पनि साल मा ८-१० करोड को खाजा खादा पद मा बहाली रहदा नै सुइकिने डर हुन्छ | पाचन सक्ति सकिएर पत्तै न पाई सुराल मा हग्ने बेलामा पी यम भएका छन् |ग्यास्ट्रिक , डैबितिज, ब्लडप्रेसर उनीहरुको नया कार्यकर्ता हुन् |
    यी कार्यकर्ता ले फेरी उनीहरुलाई जापान , इन्डिया , अमेरिका हुदै यम ग्रह सम्म न पुर्याई देला भनेर कसले भन्न सक्छ ?

    Reply
  5. sandip sharma says:
    April 16, 2014 at 11:02 pm

    अर्को स्टेप यी मर्न लागेको नेता हरुले औसोधोउपचार बापत सरकार संग लियको पैसा कन्ट्रोल गर्नु पर्यो. काम गर्न नसक्ने बुढो बिरामी मानिस लै किन देस लिड गर्न दिने?

    Reply
  6. Mk says:
    April 16, 2014 at 10:56 pm

    “कमाउन भन्दा , खर्च गर्न जान्नु ” भन्छन ; तेसैले एस्तो कुनैपनि बचत कार्येक्रम स्वागत योग्य मात्रै न भएर आबशेक छ /

    अनि , मन्त्रि हरुका लावालस्कर सल्लाहकार हरु हटाएर धेरै रकम बचत गर्न सकिन्छ ; येस्तिर पनि ध्यान जावोस/

    Reply
  7. kamal says:
    April 16, 2014 at 9:48 pm

    खाजा टन्न खानु तर घुस नखानु!

    Reply
  8. Tulashi Giri says:
    April 16, 2014 at 8:15 pm

    घुस खान भन्दा खाजा खान दिन पर्छ यी पाल्तु हरु लाई.

    Reply
  9. sanat sharma says:
    April 16, 2014 at 7:39 pm

    बिचरा सोझा प्रधानमन्त्रि छन्. सबैले राम्रो कुरोमा त यिनलाई समर्थन गरौ . खाजा खर्च जोगाउन पर्र्याछैना भन्ने जस्ता कमेन्ट नगरौ.

    Reply
  10. Mandar says:
    April 16, 2014 at 5:09 pm

    बचत गर्नु राम्रो हो तर आर्जन पट्टि के के नीति अख्तियार गरेको छ यस सरकारले त्यो पनि जान्ने हो कि ? किन भने सम्रिधिको मूख्य कारक तत्व बचत स्सहायक अनि आर्जन मूख्य हो |

    Reply
  11. Mandar says:
    April 16, 2014 at 5:08 pm

    बचत गर्नु राम्रो हो तर आर्जन पट्टि के के नीति अख्तियार गरेको छ यस सरकारले त्यो पनि जान्ने हो कि ? किन भने सम्रिधिको मूख्य कारक तत्व बचत थोरै अनि आर्जन धेरै हो |

    Reply
  12. lok says:
    April 16, 2014 at 4:02 pm

    खाजा खर्च जोगाउनु पर्याछैन कसैले. घुस नखाइदिये हुन्थ्यो. टन्न खाजा खाएर देश को हित सोच्ने नेता चाइयेको छ हामीलाई .

    Reply
  13. kedar says:
    April 16, 2014 at 3:14 pm

    खाजा त खान पाइंदैन भनेर मन्त्रीहरु बैठक मै नआइदेलन भन्ने डर |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme