–राजेन्द्र ज्ञवाली-
*क्रिकेटलाई भलादमी खेल भनिन्छ। अनि त्यही खेलको राष्ट्रिय टोली देशको क्रिकेटको सर्वोच्च संस्था विरुद्ध आन्दोलनमा ओर्लनुलाई के भन्ने? पारसले कुरा बुझ्दाबुझ्दै किन फेरि आन्दोलनमा ओर्ले त? यहाँ पारसले त कुरा बुझेका हुन्। तर हामीले बुझ्न सकेका छैनौँ, अथवा बुझ्ने प्रयास गरेका छैनौँ।
*सरकारले आफूले सक्दो लगानी गर्नु पर्छ। लगानी कुन रुपमा कसरी भइरहेको छ र त्यसको प्रतिफल कस्तो छ त्यस सम्बन्धमा गम्भिर भएर अनुगमन गर्न पर्छ। के यति गर्न पनि पहिला जनतालाई सिटामोल नै पुर्याउनु पर्छ? राज्यको ढुकुटीबाट कार्यकर्तालाई सहयोग बाँड्दा देशमा सिटामोल पुर्याउन नसकेको कुराको ख्याल गर्न मिल्दैन?
*सरकारले खेलकुद विकासमा ध्यान दिनु पर्छ भन्नुको अर्थ सबै कुरा छाडेर सम्पूर्ण लगानी खेलकुदमै गर्नु पर्छ भन्ने होइन। नेपालका कुनै पनि खेलाडीले त्यस्तो सोचाई राखेका छैनन्।
*क्रिकेटका खेलाडीहरूले गरेको आन्दोलनलाई सतप्रतिसत ठिक भन्न सकिँदैन। खेलाडीमा अनुशासन भएन भने खेलकुद अघि बढ्न सक्दैन। तर खेलाडीमा त्यो अनुशासन होस चाहना राख्ने निकाय आफू स्वयं पनि अनुशासित हुनु आवश्यक छ।
खेलकुद- फगत् एक मनोरञ्जन !
–राजेन्द्र ज्ञवाली-
‘अहिले देशको स्थिति खेलकुदमा ध्यान दिने छैन।’
‘अहिले देश संक्रमण कालमा छ त्यसैले पहिले यसलाई पार लगाउनु पर्छ अनि खेलकुदको पालो आउँछ।’
‘अहिले देशमा सबैभन्दा जरुरी संविधान छ। पहिला त्यता तिर ध्यान दिनु पर्छ। सरकार सबै कुरा छाडेर खेलकुदमा मात्र रम्न सक्दैन।’
‘बरु नेपाली क्रिकेटका कप्तान पारस खडकाले कुरा वुझेका रहेछन्। धमलासँगको अन्तर्वार्तामा उनले त्यो कुरा स्वीकार गरेका छन्।’
हालै बंगलादेशमा भएको विश्वकप ट्वान्टी–२० प्रतियोगितामा नेपाली खेलाडीले गरेको प्रदर्शनपछि नेपाली खेलकुदको विकासका सम्बन्धमा कुरा गर्दा आएका प्रतिकृयाहरू हुन् यी। तर वास्तवमा यी प्रतिकृयाले खेलकुद प्रतिको हाम्रो समाजको सोँच कस्तो छ भन्ने कुरालाई केही मात्रामा भए पनि उजागर गरेको छ। यहाँ पारस खडकाले देशको स्थिति स्वीकारेको कुराको जवाफ त पछिल्लो पटक खडकाकै नेतृत्वमा भएको आन्दोलनले दिएको छ।
वास्तवमा हामीले कहिल्यै पनि खेलकुदलाई विकास प्रकृयासँग जोडेर हेर्न सकेनौँ। अहिले पनि सकिरहेका छैनौँ। यदि माथिका कुरालाई पूर्ण रुपमा मान्ने हो भने केही समय अघि खेलकुदका सम्बन्धमा ड्यास माओवादी नेता सिपी गजुरेलले भनेको कुरासँग पूर्ण रुपमा असहमति जनाउनु पर्ने कारण देखिदैन।
क्रिकेटलाई भलादमी खेल भनिन्छ। अनि त्यही खेलको राष्ट्रिय टोली देशको क्रिकेटको सर्वोच्च संस्था विरुद्ध आन्दोलनमा ओर्लनुलाई के भन्ने? पारसले कुरा बुझ्दाबुझ्दै किन फेरि आन्दोलनमा ओर्ले त?
यहाँ पारसले त कुरा बुझेका हुन्। तर हामीले बुझ्न सकेका छैनौँ, अथवा बुझ्ने प्रयास गरेका छैनौँ।
हो, कुनै पनि देशको आधारभूत आवश्यकता भनेकै गाँस, बास र कपास हो। अनि कुनै पनि देशको नागरिकलाई स्वास्थ्य, शिक्षाm सुरक्षाको अनुभूति राज्यले गराउन सक्नु पर्छ। त्यसमा हाम्रो देश अझ सक्षम भइसकेको छैन। यस्तो अवस्थामा खेलकुदमा मात्र सम्पूर्ण लगानी गर्न सकिदैन। तर हामीले यसलाई त्यसरी बुझ्न सकेका छैनौँ।
यहाँ बुझाइमा आएको अन्तर के भने यदि खेलाडी र खेलसँग सम्बन्धितहरूले खेलकुदमा सरकारको चासो आवश्यकता महसुस गर्छन् भने त्यसको अर्थ सरकारले सबै काम छाडेर खेलकुदमा मात्र लगानी गरोस भन्ने होइन। र, त्यस्तै देशको स्थिति जनतालाई सिटामोल दिन नसक्ने अवस्थामा खेलकुदमा लगानी गर्न सक्ने छैन भन्नुको अर्थ पनि खेलकुदको सम्बन्धमा सरकार चुप लागेर वस्नु पर्छ भन्ने होइन। लगानी सरकारले मात्र होइन निजी क्षेत्रले पनि गर्ने हो त्यसका लागि सरकारले वातावरण तयार पार्न सक्छ।
त्यो भनेको के हो भने सरकारले आफूले सक्दो लगानी गर्नु पर्छ। लगानी कुन रुपमा कसरी भइरहेको छ र त्यसको प्रतिफल कस्तो छ त्यस सम्बन्धमा गम्भिर भएर अनुगमन गर्न पर्छ। के यति गर्न पनि पहिला जनतालाई सिटामोल नै पुर्याउनु पर्छ?
त्यस्तो अवस्थामा पनि खेलकुदलाई मात्र किन अलग्याउने? उच्च पदस्थ कर्मचारी, मन्त्री, सांसदहरूलाई सुविधा उपलब्ध गराउदा राज्यको ढुकुटीबाट कार्यकर्तालाई सहयोग बाड्दा देशमा सिटामोल पुर्याउन नसकेको कुराको ख्याल गर्न मिल्दैन? अर्थात मितव्ययीताको कुरा गर्दा पहिला खेलकुदलाई शिकार बनाउनु वाहेक थुप्रै अन्य विकल्पहरू पहिल्याउन सक्नु पर्छ।
वर्तमान स्थितिमा पनि सरकारले धेरै गर्न सक्छ। केही समय अघि श्रीलंकाका पूर्व खेलाडी एवं नेपाली क्रिकेटका पूर्व प्रशिक्षक रोय डायसले क्रिकेट विकासका सम्बन्धमा नेपालमा पनि श्रीलंका जस्तै स्कुल स्तररिय प्रतियोगिता सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए। उनका अनुसार त्यहाँका अधिकान्स स्कुलमा आफ्नै मैदान छन्।
अब नेपालका स्कुलहरू हेरौँ। के यहाँका सबै स्कुल सबै मापदण्ड पुरा गरेर सञ्चालनमा आइ रहेका छन? धेरै स्कुलमा त विहान प्रार्थान गर्नका लागि विद्यार्थी भेला हुने स्थान पनि छैन। सरकारले सबै स्कुलहरूलाई मापदण्ड अनुसार सञ्चालन गर्न बाध्य पार्दा देशको शान्ति प्रकृयामा असर पर्ला र? सरकारले सबै स्कुलहरूमा खेलकुदका लागि भनेर निश्चित मैदान राख्नु पर्ने मापदाण्ड पूरा गराउदा के विग्रिएला? निजी स्कुलको पनि सहयोगमा देशमा जिल्ला देखि राष्टिय स्तरको स्कुल स्तरिय प्रतियोगिता सञ्चालन गर्न सरकारले प्रेरणादायी भूमिका सरकारले निर्वाह गर्न सक्ने अवस्था रहेन र?
खेलकुदमा कर्मचारी भर्ना गर्दा खेलाडी तथा पूर्व खेलाडीलाई प्राथमिकता दिने व्यवस्था व्यवहारमा लागु गर्न पनि नसकिने स्थिति हो? सरकार त्यसो गर्न पनि सक्षम छैन? तथ्य वुझ्ने हो भने खेलकुद सधै राजनीतिक भर्तीकेन्द्रका रुपमा प्रयोग हुदै आएको छ। यहाँ पार्टीहरूले मात्र नभई नेताहरूले समेत आफ्ना स्वार्थ सिद्ध गर्न खेलकुदलाई प्रयोग गरेको उदाहरण धेरै पाउन सकिन्छ। खेलकुदमा राजनीतिकरण गर्न रोक्नु पनि के उचित हुदैन?
सन् २००६ मा दोहामा भएको एसियाली खेलकुद प्रतियोगितामा मार्च पास गर्ने नेपाली टोलीमा केही यस्ता अनुहार थिए जसको खेलकुदसँगको साइनो थिएन। तिनीहरू राजनीतिक दलको कार्याकर्ता भएकै कारण त्यहाँसम्म पुगेका थिए। यस्तो किसिमको वातवरणमा नेपाली खेलकुद कहिल्यै पनि हुर्कन सक्दैन। त्यो रोक्न जरुरी छ कि छैन?
अनि अर्को कुरा सरकार खेलकुदका सम्बन्धमा अहिले त्यसरी लाग्नु हुदैन किनभने देशलाई पहिला संविधान चाहिएको छ भन्ने तर्क आफैमा हाँसो उठ्दो होइन? यो त दोस्रो संविधान सभा हो। पहिलो संविधान सभा संविधान नबनाइकिन तुहिएको थियो। त्यसका लागि के खेलकुद जिम्मेवार थियो? सरकारले खेलकुदमा समय खर्चेको हुनाले नै गत संविधान सभाले संविधान बनाउन नसकेको हो?
यस किसिमका सोँचाई राख्ने वुद्धिजीवीहरूले वुझ्नु पर्ने कुरा के हो भने संविधान सरकारले लेख्ने होइन, सरकारले निर्माण गर्ने होइन। संविधान बनाउनकै लागि भनेर थुप्रै संख्यामा सांसदहरू चुनिएका छन् र त्यसका लागि वेग्लै समितिहरू बनाइएलान्। सरकार त दैनिक कार्य संचालन तथा देश विकास प्रकृयालाई अगाडि बढाउन हो। यदि खेलकुद पनि विकास प्रकृयाबाट अलग छैन भने यस सम्बन्धमा सोच्नु पर्ने कर्त्यव्य पनि सरकारकै हो।
अर्को तर्क थियो देशलाई पहिला संक्रमणकालबाट पार लगाएपछि मात्र खेलकुद तर्फ ध्यान दिनु उचित हुन्छ। श्रीलंकामा हिंसात्मक तमिल आन्दोलन सुरु हुँदा त्यही संक्रमण कालमा नै त्यहाँको क्रिकेट टिमले टेष्ट स्तरको मान्यता पाएको थियो। अनि त्यो हिंसा चुलीमा भएकै अवस्थामा श्रीलंकाले सन् १९९६मा विश्वकप उपाधि जितेको थियो। अनि त्यही हिंसात्मक आन्दोलनकै क्रममा श्रीलंकाले सुशान्तिका जयसिंघेका रुपमा विश्वस्तरीय खेलाडी जन्माएको थियो।
देशको विकास भनेको खेलकुदलाई अलग्याएर हुने विकास होइन। यहाँ फेरि पनि उल्लेख गर्न चाहन्छु सरकारले खेलकुद विकासमा ध्यान दिनु पर्छ भन्नुको अर्थ सबै कुरा छाडेर सम्पूर्ण लगानी खेलकुदमै गर्नु पर्छ भन्ने होइन। नेपालका कुनै पनि खेलाडीले त्यस्तो सोचाई राखेका छैनन्। अनि सरकार आवश्यक लगानी गर्न सक्ने अवस्थामा छैन भन्नुको अर्थ खेलकुदलाई बेवास्ता गर्नु पर्छ भन्ने पनि होइन।
अर्थात् संक्रमण कालमा पनि खेलकुद तर्फ आवश्यकता अनुसार ध्यान पुर्याउनु पर्छ। खेलकुद राष्ट्रिय प्रतिष्ठासँग जोडिएको कुरा हो। दोस्रो जनआन्दोलनपछि बनेको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक पटक नेपालको सार्वभौमता खतरामा भएको बताएका थिए। देशको राष्ट्रियता कमजोर भएपछि पनि सार्वभौमता खतरामा हुन्छ। अहिले राजनीतिज्ञहरूले पनि स्वीकारेको कुरा के हो भने हाम्रो राष्ट्रियता कमजोर छ। अर्थात राष्ट्रिय सोच कमजोर छ। त्यो राष्ट्रिय सोचलाई मजबूत पार्न खेलकुदले स्यानो भए पनि भूमिका निर्वाह गरेको कुरामा त दुई मत नहोला। उदाहरणका दशक अगाडि काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुद र हालै बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितालाई लिन सकिन्छ। अनी यदि खेलकुदले राष्ट्रियता बलियो पार्न केही मात्रामा भए पनि भूमिका निर्वाह गर्न सक्छ भने यसले त संक्रमणकालबाट मुलुकलाई हटाउनमा केही मात्रामा भए पनि योगदान नै देला नि होइन र?
भारत बाहेकको मुलुक जादा थाहा हुन्छ- आफू नेपालबाट आएको भनेपछि अधिकांशले सोध्छन् कहाँ पर्छ नेपाल? धेरै देशका मानिसले नेपालको नाम पनि सुनेका हुदैनन्। ति मध्ये क्रिकेट खेल्ने राष्ट्रहरूसमक्ष अहिले नेपालको नाम पुगेको छ। यो हामी नेपालीका लागि प्रतिष्ठाको विषय होइन? गौरवको विषय होइन?
नेपाली क्रिकेट टोलीको सम्पूर्ण माग अहिले नेपाल क्रिकट संघ (क्यान)ले स्वीकार गर्ने बताएको थियो तर क्यानको आव्हान अनुसार भएको वार्ता सफल हुन सकेको छैन।
वास्तवमा अनुशासन खेलकुदसँग गहिरो गरी जोडिएको विषय हो। खेलाडीमा अनुशासन भएन भने खेलकुद अघि बढ्न सक्दैन। तर खेलाडीमा त्यो अनुशासन होस चाहना राख्ने निकाय आफू स्वयं पनि अनुशासित हुनु आवश्यक छ। खेलाडीलाई सक्दो आधारभूत आवश्यकता उपलब्ध गराउने आफ्नो कामबाट खेलकुदको विकासको जिम्मा लिएका संस्थाहरू च्युत हुन मिल्दैन।
अहिले नेपाली क्रिकेट टोली आन्दोलनरत छ। यो वास्तवमा एउटा दुर्भाग्यपूर्ण अवस्था हो। तर नेपाली क्रिकेट टोलीको माग हेर्ने हो भने त्यसलाई नाजायज भन्न मिल्दैन। यहाँ क्यानले आफैले गरेको वाचालाई पुरा नगरेका कारण खेलाडीहरू आन्दोलीत भएका छन्।
तर पनि यो स्थितिले नेपाली खेलकुदको लागि सुखद संकेत दिएको छैन। तर कुरा फेरी सरकारमै पुग्छ। आफू अन्तर्गतका निकायले कसरी काम गरिरहेका छन् भनेर हेर्ने जिम्मेवारी सरकारको हो। यसमा सरकार पनि असफल भएको छ। क्रिकेटका खेलाडीहरूले गरेको आन्दोलनलाई सतप्रतिसत ठिक भन्न सकिदैन। तर सरकारले यस किसिमको स्थिति आउन नदिनका लागि पहल गर्नु पर्छ। सचेत हुनै पर्छ।
नेपाली क्रिकेट टोली विश्वकपसम्म पुगेको छ तर देशमा एउटा अन्तर्राष्ट्रिय स्तरको मैदान समेत छैन। यस्तो स्थितिलाई के भन्ने? खेलाडीहरू कतिसम्म आफ्नै बलमा खेललाई अगाडि बढाउन सक्छन? हाम्रा खेलाडीहरूले के कस्तो किसिमको साधन र श्रोतको उपयोग गरि रहेका छन् सरकारलाई यस बारे थाहा समेत छैन।
यदि क्रिकेटकै कुरा गर्ने हो भने पनि सन् २००७ मा वेष्टइण्डिजमा भएको विश्वकप क्रिकेटका लागि भाारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआइ)ले त्यहाँ एउटा क्रिकेट मैदान बनाएर सहयोग गरेको थियो। बिसिसिआइ विश्व क्रिकेटकै धनी संस्था हो नेपालले यदि सरकारी स्तरमा पहल गर्ने हो भने भारतले एउटा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सहयोग गर्थ्यो की? तर त्यो पहल समेत हुन सकेको छैन।
तर कुरा फेरी पनि समाजमै आउछ। सरकार त यही हाम्रो समाजको प्रतिविम्ब नै त हो। अनी हाम्रो समाजले त विश्वकप खेलेर आएका खेलाडीहरू कुनै संस्थाको सबैभन्दा तल्लो तहमा जागिरका लागि धाउदा पनि त्यसलाई सामान्य ठान्दछ। देशमा क्रिकेटको एउटा अन्तर्राष्ट्रिय मैदान नहुनुलाई पनि अनौठो मान्दैन। खेलकुदलाई विकास प्रकृयासँग जोडिएको तथ्यलाई वुझ्ने प्रयास गर्दैन। खेलकुद प्रति हामी यतिसम्म असम्वेदनशील छौँ। अर्थात खेलकुद हाम्रँ लागि एउटा मनोरंजनभन्दा केही होइन। फगत मनोरंजन!
विश्वकपबाट फर्के लगत्तै कप्तान पारस खडकाले देशको स्थिति खेलकुदमा मात्र लगानी गर्न सक्ने नभएको तथ्यलाई स्विकार गरेका थिए। आज उनै खडकाको अगुवाईमा यदि आन्दोलन भइ रहेको छ। अर्थात खडका र उनको टोलीको विचारमा सम्बन्धित संस्थाले क्रिकेटमा सक्ने जति लगानी गरिरहेको छैन। यस सम्बन्धमा सरकारले अभिभावकको भूमिका निर्वाह गर्न सक्छ र गर्नु पर्छ। क्रिकेटमा देखिएको यो समस्याको निराकरण सक्दो चाडो हुनु जरुरी छ। किनभने यो समस्या क्रिकेटको मात्र नभई समस्त खेल जगतको हो। नेपालमा खेल क्षेत्रमा लागेका युवाहरूको संख्या लाखौँमा छ। तर खेलकुदलाई फगत मनोरंजनका रुपमा लिने हामीहरूले कही नेपाली क्रिकेटमा देखिएको वर्तमान स्थिति लाई पनि मनोरंजनकै रुपमा त लिएका छैनौँ ?
(लामो समय कान्तिपुर र नागरिक राष्ट्रिय दैनिकको खेल ब्युरोको नेतृत्व गरेका ज्ञवाली हाल अमेरिकामा छन्)
सहि हो| खेलको देशको बिकाश बाहेक अर्को महत्वपुर्ण पक्ष पनि छ, त्यो हो “समाजको मानसिक बिकाश”, जस्तै: कसरी आफुलाई अरु सक्षम पार्ने; विपक्षीलाई सम्मान गर्ने; हार्दा सम्मान साथ स्वीकार्ने; कसरी खेलको मजा लिने आदी-ईत्यादी| प्रत्येक बिद्यालयमा मैदान राख्नु नै पर्ने व्यवधान गाह्रो पर्ला, तर उचित ठाउँमा पुग्ने मैदानहरु बनाउन आवस्यक छ र साथै खेल क्लबहरुलाई बिध्यालायाहरु संग सम्बन्धन दिन लगाएर, resources शेर गर्ने परिपाटीमा सरकारको intervension जरुरि छ| केताकेतिहरुलाई खेलले धेरै कुरा सिकाउछन!
लेख समसामयिक लाग्यो| धन्यबाद|
system लाई ब्यबस्थित र सपार्दै लानु सबैले अग्रसरता देखाउन पर्छ, क्यानले त यसलाई झन् यसलाई नेतृत्व गर्नु पर्छ| तर आन्दोलन र घुर्कीहरु सबैले छाडेर, र यी पदाधिकारी फलानो पार्टीको ति तिलाना पार्टीको भनेर चै, सधै घुमिफिरी रुम्जाटार नै हो| पहिले देखिको चलन त्यस्तै हुदै आएको थियो, अब यहि पदाधिकारीहरुले यसलाई बदलेर अगाडी बढेमा क्रमभंग हुदै सकारात्मक तिर जानेछ|
( क्रिकेट प्रेमी खेलाडीहरु प्रति मेरो नमस्कार )
पारसले गरेको आन्दोलन हैन यो क्रिकेट खेलाडीले पाऊने अधिकारको कुरा गरेको हो भन्ने कुरा सम्पूर्ण देश बिदेशीहरुलाई थाहा छ / आठ महिना देखिको तलाप नपाय पनि आऊदो दिनमा हुने खेलहरु गाऊ-गाऊ बाट चन्दा संकलन गरेर भाए पनि खेल्नु पर्छ क्यान र सरकारको मुख ताकेर बस्नु हुन्न…
चन्दा उठाएर कहिले सम्म खेल्ने ? चन्दाको भरमा कसरि गुजारा गर्ने ? यो त केवल भावनात्मक कुरा मात्र हो .. खेलाडीहरु चन्दा उठाउन जाने कि खेलको तयारी गर्ने ? तेसैले एउटा गतिलो सिस्टम हुन पर्यो भन्ने माग उठेको हो ..
धेरै वर्ष आगाडी म नि खेल मा आबध थिए.
एक दिन राष्ट्रिय स्तर को खेल हुदै थियो. मेरो एक जना साथी खेल्दै थिए. उनको बिरुद्ध को खेलाडी ले हरेको सबै ले प्रस्ट संग देखेका थिए. तर कुरो के पर्यो भन्दा हार्नु पर्ने खेलाडी को जिल्ला कै मान्छे प्रमुख निर्दायक थिए. नतिजा घोसना गर्दा त हार्नु पर्ने ले जित्यो र राष्ट्रिय टोलि को लागि छनौट भयो.
म नि खेल म ५ वर्ष जति आबध भए. येस्ता कयेउ घटना देखे पछि मैले चै खेल मा राम्रो भबिस्य देखिन र आफु ले केहि सिके को मा खुसि हुदै पढाई लै नै निरन्तरता दिए.
भर्खर नेपाल ले बिस्व कप खेल्दा म नेपाल भन्दा धेरै टाढा थिए. मलाई क्रिच्केट म खासै इन्तेरेस्ट छैन. तर नेपाल ले खेल्ने दिन चै कम बाट बिदा लिएर ३०० किलो मीटर पर साथी हरु भएको ठाउँ म गएर खेल हेरियो. खेल ले हामी लै येसरी एकै ठाउँ म उब्भ्यएको छ. येस्ता धेरै उदहारण हरु छन्.
जय नेपाल !!!
क्यान स्रोतका अनुसार क्यानको ३१ सदस्यीय कार्यसमितिमा अध्यक्ष आङबुहाङसहित एमाओवादीका ९ जना छन् भने बैद्य माओवादीका एक सदस्य छन् । उनीहरु अधिकांश राजनीतिक कार्यकर्ता नै हुन् ।
यस्तै कांग्रेस, एमाले र फोरम लोकतान्त्रिकसम्म छन् । लामो समयदेखि क्रिकेट लागेका भए पनि केही कांग्रेसका सक्रिय कार्यकर्ता हुन् भने केही राजनीतिक रुपमा कांग्रेसप्रति आस्था राख्छन् । एमाले र फोरम लोकतान्त्रिकका एक-एक छन् । क्यानको बोर्डमा दुई जना व्यापारी पनि छन भने केही जो शक्तिमा पुग्छन्, उतै लाग्छन् ।
क्यानका सात उपाध्यक्षमध्ये चारजना माओवादीका छन् । उपाध्यक्षहरु केशव घिमिरे, सुनिलमान अमात्य, दीपक कोइराला र रामचन्द्र शर्मा माओवादी हुन् । सचिव ठाकुरप्रसाद पहाडी र सदस्यहरु दिपाल साउद, रंजित तामाङ र संजिवकुमार पाण्डे पनि माओवादी हुन् । विपतराम चौधरी भने बैद्य माओवादीका हुन् । विद्यार्थी नेता रञ्जित र माओवादी कार्यकर्ता दीपक राष्ट्रिय खेलकुद परिषद्को कोटामा सदस्यमा नियुक्त भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष तारणीविक्रम शाह र उपाध्यक्ष श्रीनिवास राणा क्यानका पुराना पदाधिकारीहरु हुन् । उनीहरुलाई पहिलेका राजावादी भन्ने गरिन्छ । उपाध्यक्ष चतुरबहादुर चन्द कांग्रेसका महासमिति सदस्य हुन् भने विनोदकुमार मैनाली एमाले हुन् । श्रोत : Online Khabar
देशको लागि अहिले संबिधान क्रिकेट भन्दा महत्वपुर्ण छ, सबैलाइ थाहै छ यो कुरा / तर हाम्रा विद्वान सभासद तथा नेताहरुले अहिलेसम्म के नै गरेका छन् र संबिधान बनाउन पनि / अहिलेसम्म त खुट्टा तानातान गर्ने, रिबन काट्ने, हेलिकप्टरमा घुम्ने, अरुलाई मनपरी भन्ने र आफ्नो तथा आफ्ना नातेदारको भुडी ठुलो पार्ने काम बाहेक अरु त केहि गरेको छ जस्तो लाग्दैन / अनि संबिधान अर्को चुनाब सम्म पनि बन्छ भन्ने कुरामा विश्वास लाग्दैन/
त्यसैले सबिधान बनाउने महत्वपुर्ण कामको निहुमा क्रिकेटलाई केहि गर्न सकिन्न भन्नु त जंगलमा बाघले बाख्रा मार्यो भनेर सहरका मान्छेले बरखी बार्नु जस्तै हो /
क्यान को पदाधिकारीहरुलाई Cricket उच्चारण गर्न लायो भने आधा भन्दा बढीले त ” कीरकेट” भन्छन होला — यस्तो लेभलकाहरुबाट केहि आस गर्न सकिन्न | क्रिकेटरको आन्दोलनलाई पूर्ण समर्थन!
क्रिकेट हेर कान्ता बिजोक?? बिना तलब भत्त धन्न दुनिया अगाडी खेलेको बहादुर खेलाडी! सोचौ कुनै कारखानामा ७ — ८ महिना तलब नपाउदा कारखानाको मालिक कारखाना र नजिक को सडक कति जाम नारा बाजी मुद्दा मामला हुन्थे होला तर बहादुर खेलाडीले सयम पुर्बक खेले नेपाल को सान बढायो! अनि क्रिकेट को क्यान हेरौ राजनीतिक गर्ने हरु को भिड राजनीति गर्ने संबिधान सभाको सदस्य चुनाब लडेर हरेका अनि क्रिकेट अगाडी बढाउने योजना नभका हरु.. कसरी बुझोश खेलाडीले बाहिर बाट पाको सहयोग ८० हजार डॉलोर जरिबाना तिर्नु पर्ने लापरबाही न खेल मैदान न खेलाडीलाई भत्त न तलब.. अब अर्को कुरा क्यान को पधकारी हरुले महिने पिछे तलब विदेश भ्रमण खर्च खै खेलाडीलाई? परश खड्का मात्र हैन सारा नेपालीले क्रिकेट खेलाडी हरु र सारा नेपालीले बोल्नु पर्छ अब!
नबुझेको लाई बुझाउन पो सजिलो हुन्छ बुझ-पचाउने लाई के गर्ने?ICC लाई बासलात नबुझाउदा $८४०००.०० जरिवाना तिर्दा ‘चतुर’ को चतुरई कहाँ थियो आज “तलब दिन्छु” भनेर बार्ता मा आउदो’रेछ/पारस जी ले सिस्टम को कुरो उठाउनु भाको छ जुन बहुत जायज छ.. क्यान मा पार्टी का ‘रखेल’ हैन क्रिकेट बुज्ने CEO र प्रबन्धक हुनु जरुरि छ.’८४ बा को तिन मोबाइल’ ले चिना’को नेपाल भन्दा पारस को ‘क्याच’ ले चिना’को नेपाल मा हामी गर्ब गर्छौ….जय टिम नेपाल…..
सम्पूर्ण बेथितिहरुको जरो किलो नउखेलीकन राम्रो रीतको जग बसाउन गाह्रो हुन्छ / अहिले देखिएको समस्या क्रिकेटको मात्र हैन, समग्र देशको हो / अक्षम ब्यबस्थापकीय सेक्टरको एउटा मुहार यतिखेर क्रिकेट नामक ऐनामा जो देखिएको छ, एक एक गर्दै समग्र क्षत्रका अक्षम देश-ब्यबस्थापकहरुलाई पहिचान गर्नु अपरिहार्य छ /
माओवादी ,माओवादी भन्छन् सबैले किन हो म त छक्क पर्छु ।
ब्याक्ती को कमजोरी छ भने अर्को विकल्प खोज्नुको साटो पार्टी लाई
दोष दिएर हुन्छ र??अर्को ब्याक्ती आएपनि कुनै न कुनै पार्टी कै आउने हो।
पार्टी कसैको बाउ को पेवा हुँदैन ,तिमीहरू जुन पार्टीमा छौ त्यो पनि
तिम्रा बाउ को होइन ।समग्र नेपाल र समग्र नेपाली भन्ने भावना हुनुपर्छ ।
हरेक क्षेत्र मा राम्रा मान्छे आउनुपर्छ त्यो जुनसुकै पार्टीको होस् ।
सरकारले सबै कुरो छोडेर खेलकुदमा लगानी गर्नुपर्छ भनेर कसैले भनेको छैन | बुझ्नुपर्ने कुरो के हो भने जुन निकाएले जकामगर्नु पर्ने हो त्यो राम्रो संग नगर्दा तेस्को बिरुद्ध त्येसबाट मर्का जसलाई परेको छ तेस्ले आवाज उठाउनै पर्छ |
अनुशासानको कुरो उठाइएको छ, खेलाडीले अनुशासान्म बस्नु पर्छ, तर कुनै कुराको बिरोध गर्नु अनुशासाहिनता होइन | आफ्नो हक र अधिकार माग्दा कुनै अनुशासान तोडिदैन |
CAN लाई भूतपुर्ब खेलाडी र क्रिकेट जानकार मान्छेहरु चाहिएको छ राजनीतिक कार्यकर्ता हैन / राजनीतिक व्यक्तिहरु सोर्स लाएर छिरेको कुन चै संस्थाले प्रगति गरेको छ र/ बायुसेवा निगम डुबाए, आयल निगम डुबाए, CAN पनि डुबाउदै छन् / सरकारले र ICC ले जति नै पैसा लगानी गरे पनि सबै उनीहरुको खल्ती भरिने त हो नि/ चुप लागेर बस्यो भने नेपालको क्रिकेट फेरी १० बर्षपछि धकेलिने पक्का छ / त्यसैले सबैले आवाज उठाउनु पर्यो /
कुनै समय झन्डा बोकी बिमानस्थलमा स्वागत गर्न गएको भिड सायद चक्काजाम गर्नेको भिड भन्दा कमै थियो होला तर जोशमा कमि थिएन कुनै नेताले क्रिकेटलाई गलत बोल्दा गाली गर्नेको कमि थिएन होला कुनै बरिस्ठ भनाउदो पत्रकारले अन्तर्वार्ता लिंदा खिल्ली उदाउनेको कमि थिएन होला कमेन्ट गर्नेहरुको ओहिरो लागेको थियो तर आज तिनै खिलाडीहरु केहि माग राख्दै छन् जायज माग ति भिडहरु ति नेताहरु ति पत्रकारहरु ति खिल्ली उदाउनेहरु किन मौन छन् कमेन्ट गर्नेहरु किन मौन छन् भोको पेटले देशभक्ति भन्दैन भन्ने कुरा सबैलाई हेक्का छ हिजो बिस्वोकप पुगे राम्रोगरे देश झन्डा बोकी जता गएर नि खेले राम्रो गरे अरु खेलाडीहरु भए तेही देशमा लुकेर बस्थे देशै बद्नाम हुने गरि तर यी खेलाडी फर्के राम्रो गरे तर कसरि खेले कुन परिस्थितिमा खेले कसैको चासो छैन तेही भएर होला अहिले सम्मान फुटबल खेलाडी हरु राम्रो नखेल्नुको कारण …
‘ अरु खेलाडीहरु भए तेही देशमा लुकेर बस्थे देशै बद्नाम हुने गरि तर यी खेलाडी फर्के ‘
यो कुरा अलि हजाम भयन हो!
तेसो त यिनीहरु पनि बंगलादेश मा भयर पो फर्क्या हो कि त?
अरु खेलाडि अमेरिका ब्रिटेन पुगेर पनि त फर्क्या छन् नि!
क्रिकेटले राम्रो गरेको छ तर टाउकोमा चडायर अरु त खेल र खेलाडिनै होइन भन्नु र ठान्नु पर्दैन क्या!
मित्रले नेपाली क्रिकेट खेलाडीहरु कुन कुन देशमा गएर खेले भनेर जान्ने चासो गर्नु भएन छ बंगलादेश त अहिले हालसालै हो इतिहास पनि बुझ्ने कोशिस गर्नुस र अरु खेलको कुरा गर्ने हो भने नेपालको तेस्तो कुन चाही खेलका खेलाडी छन् जो लुकेका या पलायन भाको छैन भन्नुको तात्पर्य सबै हुदैन एक दुइ जनाले गर्दा हुने बदनामीको कारणले हो ….
क्यान पदाधिकारी हरु ले नै नैतिकताको आधारमा राजिनामा दिएर ल्याए कसो होला?
खेलाडीले आन्दोलन गर्नु खेल अनुशासन बिरुद्द होला तर आधारभूत आबस्यकता पुरा हुने सुबिधा पनि छैन भने खेलाडीले कसरि खेल्न सक्छन? नेपालको क्रिकेटको माउ संस्थामा उपाद्यक्ष नै आठजना रहेछन……अनि खेलाडी लाइ श्रावण देखि को तलब दिएका छैनन् रे…..ति माउ संस्थाका तिघ्रेहरुले कति सुबिधा लिएका होलान अहिले सम्म….पारस ले एउटा मुख्य कुरो उठाएका छन त्यो हो पद्दति को….उनले घटना लाइ भन्दा पद्दतिको कुरा गरिरहेका छन………….खेलाडीले तलब नपाउदा भोकै खेले होला देश का लागि…तर आठ महिना सम्म तलब नदिने पद्दति को अन्त्य ति टाउके बाट सम्भव होला जस्तो लाग्दैन है मलाई….क्रिकेट नबुझ्ने (किर्केट वाला) ले भ्रस्टाचारी पार्टीको झन्डा बोकेर भुत्राको बिकाश गर्छन? पारसको आन्दोलन सहि छ…किनभने त्यो बाध्यकारी हो….आन्दोलन गरेपछि एकहप्तामा तलब दिने भन्छन….नैतिकताका आधारमा राजीनाम दिनुपर्ने हो टंक आङ्ग्बुहाङ्गको टिमले….
क्रिच्केट ko मात्र चर्चा भयो लामो समय देखि को लगानी भयको फूटबल मा किन ध्यान जान्दैन किन त्याँहा राजनीति छैन अनि आज सम्म हामीले के पायका ६औ त्यो पनि हेर्न जरुरि ६ कि मात्र राजनैतिक खेल क्रिच्केट मा छ आँखा ले सबै हेर्न जरुरि ६
संक्रमणकाल दोंदाकाल पंचायातकाल राणा काल यो सब आफुले माखो नमर्ने अनि केहि हुन सक्ने ठाउबाट पनि केहि हुन नदिने चोर फटाहाहरुको चाल हो अहिले क्यानमा सबै जंगली ( प्रचंडेका भरौटे) हरुको हाली मुहाली छ न इनलाइ क्रिकेट को क थाहा छ न अरु कुनै खेल कै बारेमा थाहा छ, यिनलाइ त ICC बाट डलर आउछ भन्ने मात्रै थाहा छ तेही डलर पचाउन तेहा डेरा जमाएका छन टंके जस्ता सबै लाइ क्यानभाट नफाले सम्म यस्तै हो तर टंके लाइ फालेर फेरी पनि अर्को पार्टीको नेता भर्ति गर्न चै दिनु हुन्न खेल बुजेको र खेल्कुधको बिकाश गर्न सक्ने खेल छेत्रको बिज्ञ मान्छे भित्र्याउनु अत्यन्त अबसेक छ, दोन्दकाल वा संक्रमणकाल मा क्रिकेट को बिकाश को श्रीलंका को उदहारण त माथि नै भयो, त्यो भन्दा पनि बेहाल देश जहा क्रिकेट खेल्दा ब्याटमा बलको सट्टा ग्रिनेट आउदछ फूटबल मैदानमा खेल्दा खेल्दै रकेट खस्ने गर्छ तेस्तो देश अफगानिस्तानले फूटबल र क्रिकेटको बिकाश कति गरेको छ हाम्रै सामुन्ने छ तेसैले अहिले पारस खड्का र सबै खेलाडीको आन्दोलन सहि छ काम गर्न नसक्नेले ठाउ खालि गरेर जानु पर्दछ टंकेको समूहले बेलामा आफ्नु रिपोर्ट ICC लाइ नबुजाउदा ८४००० $ झन्डै ८४ लाख तिरेको खबर आयको धेरै भएको छैन तेती पैसा बरु खेलाडी लाइ दिन सकेको भए वा खेल बिकाशमा खर्च गर्न पाएको भय के हुन्थ्यो टंके ??????????
सहि कुरो !!!!!!!!!