Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो छ बागमती अहिले

Posted on April 15, 2014April 16, 2014 by Salokya

bagmati

नयाँ वर्षको पहिलो दिन मुख्य सचिव लगायत धेरैले बागमतीमा नुहाए। गुह्येश्वरीको घाटमा बागमती सफा हुँदै गरेको सन्देश दिन यस्तो नुहाउने कार्यक्रम राखिएको थियो। हरेक शनिबार बागमती सफा गर्ने कार्यक्रम जारी छ। गुह्येश्वरी घाटनजिकै ढललाई सीधै बागमतीमा मिसाउन छाडेर अर्कै पाइपबाट लगिएको छ। अहिले गुह्येश्वरी घाट नजिकै बागमती कस्तो देखिन्छ त ? केही फोटो र भिडियो हेर्नुस्।

bagmati1

bagmati2

bagmati3

bagmati4

bagmati5

bagmati7

भिडियो हेर्नुस्-

turk
अहो, पहिलेभन्दा गजबको देखिएछ त बागमती भन्दै फोटो खिचिरहेको बेला पारीपट्टी एक जना विदेशीले यसरी तुर्क्याउँदै गरेको देख्दा नरमाइलो लाग्यो।

पशुपति मन्दिर छेउ आर्यघाटमा भने यस्तो छ दृश्य-
bagmati8

bagmati9

bagmati10

पानी यस्तो छ रे-
bagmati

bagmati1

14 thoughts on “यस्तो छ बागमती अहिले”

  1. binod says:
    April 19, 2014 at 9:02 pm

    केहि भए जस्तो लागेन !!!!

    Reply
  2. सबिता says:
    April 18, 2014 at 12:05 pm

    झूठ । कसैले नुहाएन बागमतीमा । त्यो त गुह्येश्वरी ढल निकास मा हरेक महिना लाखौं खर्च गरेर प्रशोधन गरेर निकालिएको पानीमा नुहाएको मात्र थियो । बेकारमा हल्लाको पछाडि लाग्ने काठमाडौं बासी हिस्स परे । कोही माइकालाल छ भने कुपण्डोल वा चोभारमा नुहाएर देखाओस् ।

    Reply
  3. Chetan Nepali says:
    April 16, 2014 at 9:24 pm

    खोलाको के कुरा गर्ने !!!

    धारामा दुइ हप्ताको एकचोटी पानि आउदानि बाल छैन सरकारलाई !! धन्न बाचिरछन काठमाडौँ बासी !!!

    Reply
  4. sanjay says:
    April 16, 2014 at 7:58 pm

    एउटा Public Toilet नै नभए पछि क गरुस त बिचरा कुइरे ले, खान बरु १२ घण्टा रोक्न सकिञ्छ, तुर्काउन त १२ मिनट पनि रोक्न सकिन्न .

    Reply
  5. सिर्जने says:
    April 16, 2014 at 7:56 pm

    प्रयोगशाला नमुना संकलनमा हेर्दा सबै ठिकै जस्तो देखिएपनि एउटा मुख्य कुरा छुटेको छ त्यो हो – ब्याक्टेरिया / मुख्य सचिब सम्मले नुहाएको पानीमा कम्तिमा दश हज्जार ब्याक्टेरिया (E-Coli) प्रति १०० मिलिलिटर होला, स्वस्थ खोलाको पानीमा अन्दाजी १०० भन्दा धेरै हुदैन / एस्तो धेरै ब्याक्टेरिया भएको पानीमा नुहाउने, पौडी खेल्ने गर्दा विभिन्न रोग लाग्ने धेरै नै सम्भावना हुन्छ /

    Reply
  6. Suraj Shrestha Maskey says:
    April 16, 2014 at 6:49 pm

    बाग्मतीलाई स्वछ गर्ने प्रयास र काम धेरै सराहनीह छ
    दीर्घकालीन बागमती स्वछ गुरु योजना लागु गरेमा हामीले केहि बर्षमा माछा, गनोउला, भ्यागुता, बगुला, सर्प, कछुवा, झिङ्गे माछा, माउसुली, गंगेटो, घोंगी र अन्य जलचरका साथै हिउदमा आउने चार चुरुन्गीहरु पुनः प्रशास्त हेर्ने सौभाग्य प्राप्त गर्नेमा निकै आशावादी छु

    मेरो बिचारमा व्यापक वातावररीय शिक्षा र सो को अनुसरणले निकै सकारात्मक काम गर्ने छ

    सुरज श्रेष्ठ मास्के

    Reply
  7. kumar Gotame says:
    April 16, 2014 at 3:29 pm

    Very good Initiative, Well Done. It looks nice. Make sure We are not going to Dump everything again in Bagmati River.

    Reply
  8. लौटन अवधि says:
    April 16, 2014 at 2:15 pm

    बागमती साच्चै सफा गर्ने हो भने त्येहा ढल मिसाउने, लास जलाउने कार्य तुरुन्तै बंध गर्नु पर्छ ! यो देखिएको त् २ दिन को रमझम मात्रै हो

    Reply
  9. bibek dhakal says:
    April 16, 2014 at 11:11 am

    त्यो तुर्क्याउने कुइरे लाइ कान समातेर उठबस गर्न लाउनु पर्ने !

    Reply
  10. Shankar says:
    April 16, 2014 at 10:17 am

    विष्णुमति :: ये बागमती , तँ त् निक्कै च्वाक देखिस इ स नि त् मोरी | के क्रिम प्रयोग गर्छेस , भन न हामीलाई |
    बागमती :: के क्रिम प्रयोग गर्ने नि ? आज काल पुरा न्याचुरल भा छु , क्रिम प्रयोग गर्दिन |
    पहिला पहिला मानब क्रिम , भैसी क्रिम सेफ्तित्यंक क्रिम खुब प्रयोग भयो | बिहार देखि कलाकार हरु बिहानै बिहानै क्रिम दल्न आउथे |
    आज काल नो क्रिम ,नो सेन्ट | ओ के |

    बिष्णु मति : आइ सी |

    Reply
  11. bibek says:
    April 16, 2014 at 7:48 am

    आहा कति सुन्दर …… गरे के हुन्न र ……… कस्तो बागमती कस्तो सुन्दर भएछ सारै खुसि लाग्यो. सायद मा पनि कुनै दिन काठमाडौँ आयो भने बागमती सफा गर्न अबस्य आउछु ……. ज जसले यस्तो राम्रो काममा सहयोग गर्नुभयो वहा लाई सलुट गर्नुनै पर्छ …….

    Reply
  12. Rajendra Shrestha says:
    April 16, 2014 at 6:36 am

    प्रयाश सराहनीय छ . यो कामलाई सरकारी र जनस्तर बाट निरन्तरता दिइनु पर्छ . जनचेतना, सरकारी तत्परता र कडा कानून को आवसक्यता छ . ढल छुटै पाइप बाट लगे पनि आखिर मा एक ठाउँ मा नदि मा मिसाउने त हो. काठमाडौँ र काठमाडौँ बाहिर घर , उद्द्योग को ढल प्रसोधन गरेपछि मात्र खोला मा मिसाउनु पर्छ. काठमाडौँ को तेत्रो जन संख्या को ढल प्रसोधन गर्ने wastewater treatment plant भएजस्तो लाग्दैन.

    Reply
  13. उज्ज्वल पौडेल, भरतपुर १०- चितवन, नहर पारीको तेस्रो घर says:
    April 15, 2014 at 10:16 pm

    धेरै नै प्रसंशनीय काम भएको रहेछ | “ठोस” बागमती बाट “लेदो” बागमती अनि “लेदो” बाट “तरल” बागमती सम्म भैसकेको रहेछ | यस्तै निरन्तर सफाईले पुरानै “सुद्ध” बागमती हुन धेरै समय नलाग्ला | यो कामको लागी श्रेय जसलाई जान्छ, ति सबैलाई धेरै धन्यबाद |

    Reply
  14. Sheela says:
    April 15, 2014 at 9:55 pm

    आहा कति सफा भएछ | गरेत जे पनि हुन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme