Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फरक हुन्छ महिला र पुरुष मस्तिष्कको काम गर्ने तरिका

Posted on April 14, 2014 by mysansar

गत हप्ताको लेखमा मानव मस्तिष्कका मुख्य भाग र तिनीहरुको शरीरका अन्य अंगसंग हुने बाह्य संजाल तथा मस्तिष्क-मस्तिष्क बिचमा हुने आन्तरिक संजाल (Network) को बारेमा चर्चा भएको थियो। यस पटक चाहीं महिला तथा पुरुष मस्तिष्कको रंग, मस्तिष्कभित्रको संजाल नक्सा र मस्तिष्कको काम गर्ने तरिकाको बारेमा चर्चा गरौँ ।

आधारभूत रुपमा हाम्रो गिदी सेता र कैला रंगका तन्तुहरु मिलेर बनेको हुन्छ। ज्ञान र सिप सिकाइमा दुवै रंगका तन्तुको उस्तै भूमिका हुन्छ। नयाँ अनुसन्धानहरुले पत्ता लगाए अनुसार पुरुषले कुनै कुरा सोंच्दा गिदीका कैला तन्तुहरुको धेरै प्रतिशत प्रयोग हुन्छ भने महिलाले त्यस्तै कुरा सोंच्दा गिदीका सेता तन्तुहरुको बढी प्रतिशत प्रयोग हुन्छ। तर जुनै रंगका तन्तुहरुको जे जति मात्रामा प्रयोग भए पनि यसले बौद्धिक क्षमतामा कम या बेसीको प्रभाब पर्दैन।

पुरुषको सामान्य ज्ञान क्षेत्रमा महिलाको भन्दा साढे छ गुणा बढी कैला तन्तुको भूमिका हुने र महिलाको सामान्य ज्ञान क्षेत्रमा पुरुषको भन्दा दश गुणा बढी सेता तन्तुको भूमिका हुने कुरा University of California र University of New Mexico का बिशेषज्ञहरुको संयुक्त अनुसन्धान टोलीले पत्ता लगाएको कुरा “Neurolmage” नामक जर्नलले प्रकाशन गरेको छ।