काठमाडौँमा हजारौँ मानिस भाडाको कोठामा बसेर जीविका चलाइरहेका छन्। उनीहरुलाई थाहा छ, भाडा कति महँगो हुँदै गइरहेको छ। एउटा सानो कोठा आजभोलि हजार रुपियाँमा नपाइने भइसक्यो।
तर यही राजधानी काठमाडौँमै एक रोपनीभन्दा बढी जग्गा महिनाको ४० रुपियाँभन्दा कम तिरेर पनि एउटा फाइनान्स कम्पनीले उपभोग गरिरहेको छ भन्ने सुन्दा तपाईँलाई अचम्म लाग्ला। तर कुरा सत्य हो।
महालेखापरीक्षकको कार्यालयले हिजो राष्ट्रपतिलाई बुझाएको ५१ औँ वार्षिक प्रतिवेदनमा यो तथ्य उल्लेख छ। पशुपतिनाथको गुठी जग्गा यसरी व्यवसायीहरुले न्युन रकम तिरेर रजाइँ गरिरहेका हुन्।
प्रतिवेदनमा उल्लिखित माथिको विवरणले हामी सबैलाई अचम्ममा पार्छ।
वर्षमा १२ पाथी धान कुत बुझाएर एक व्यक्तिले काठमाडौँ वडा नम्बर ९ को ११ आना १ पैसा २ दामको जग्गामा होटल व्यवसाय चलाइरहेका रहेछन्।
त्यस्तै धान ११ मुरी १९ पाथी बुझाएर बौद्धमा एक होटलले १२ रोपनी १३ आनाको जग्गामा रजाइँ गरिरहेको रहेछ।
काठमाडौँ वडा नम्बर ७ को २ रोपनी १ पैसा २ दाम जग्गा वर्षमा १७६८ रुपियाँ तिरेर एक व्यापारीले मोज गरिरहेका रहेछन्।
त्यस्तै एक फाइनान्स कम्पनीले वर्षमा ११५७ रुपियाँ अर्थात् महिनामा ४० रुपियाँभन्दा कम तिरी १ रोपनी ५ आना ३ दामको काठमाडौँ ७ मा रहेको जग्गामा व्यवसाय गरिरहेका रहेछन्।
एक सञ्चार कम्पनीले चाबहिलमा ३ रोपनीभन्दा बढी जग्गा ३ हजार ३०४ रुपियाँ तिरेर उपभोग गरिरहेको रहेछ भने एक सेवा केन्द्रले बौद्धमा १ रोपनीभन्दा बढी जग्गा मात्र १ मुरी ५ पाथी २ माना ९ मुठी वार्षिक कुत बुझाएर उपभोग गरिरहेको रहेछ।
पशुपति क्षेत्र विकास कोषले जग्गाको प्रयोग अनुसार कृषि, आवासीय, व्यवसायिक, वनजंगल जस्ता क्षेत्र तोकी कूत निर्धारण गरेको छैन, जसले गर्दा वर्तमान अवस्थामा महँगो जग्गा अत्यधिक न्यून मूल्यमा उपयोग गर्न दिएको पाइयो- प्रतिवेदनमा लेखिएको छ।
जंगली समाजका मान्छे सभ्य समाज र सहरको बस्ति मा पसेपछि जुनसुकै देसमा पनि येस्तै हाल हुन्छ , केवल सरकाले बेवास्ता गर्यो भने / गुठि राखेको सामुहिक हितको लागे हो तर मान्छे नबुजेर आफनै पैत्रिक सम्पति जस्तो गर्यो , हिजोआज दात्री राष्ट्रले community development को नाममा NGO , INGO खोलेर नेपाल बिकाश गर्नेको लागी सहयोग गरेको छ तर आफनो देशको पुरानो एस्तो Community development लै धरासैधोस्त गर्ने जंगली मान्छे हरु कर्मचारीहरुबनेर गरेको हो / उदाहर्ण को लागि काठमन्दु उपत्यका दुघे धाराहरुलै लिन सकिन्छ / तेस्तै बगमित , र बिष्णुमति किनारामा ढुंगा ले छापेको बाटो घाटो पनि हुन् यो हो कर्मकाण्ड गर्न को लागि / नेपाली समाज धर्म को नाम नदि नाला सबै बतावार्ण दुसित बनाउने संस्क्र्ति भित्राएर चूप चाप बस्ने समाज हो , जस्तै बिस्वोकर्मा पुजा को नाम देउता बनाएर नदि फाल्ने नदि दहन गर्ने नया चलन चलाएर केवल छनिक रमाएर दुरगामी असर केहुन्छ भनेर सोचन नसक्ने मनिष हुन् /
पशुपति मदिर देखि सबै नेपालको परम्परगत मौलिक मठ मन्दिर नस्ट गर्ने गुठि को घर जग्गा जमिन नस्ट गर्ने काम सरकारी कर्मचारीले र नेता जो बाँदर प्रबित भयको ले देशको हालत खराब गरेको हो /
येति थोरै भाडा लिए बपात कोष / गुठीका कर्मचारीले तिनिहरुसंग खाने कमिसन चाही त्यो भन्दा १०० गुना बडी होला नि त !!!
बास्तवमा नै भन्ने हो भने यो गुठि प्रथा नै खारेज हुनुपर्ने हो ! यो त त्यसबेलाको राजा महाराजाले नेपाली एकिकरणको क्रममा सर्ब साधारणको जग्गालाइ जबर्जस्ति गुठीमा दर्ता गरि त्यसको भोग चलन चै उसको मन पर्ने भाइ भारदार तथा चम्चे हरुलाई दिएको थियो. असली जग्गा धनि चै मोहिमै सिमित गरायो ! त्यसैको फल होला आज शाह बन्शानै नस्ट भएर यो गतिमा पुग्नु पर्यो !
तुरुन्त छानबिन होस्, दोषीलाई जरिबाना र कारबाही गरियोस र यो प्रणालीलाई छिट्टै मर्मत गरियोस|
यस्तै हो, खप्पर दह्रो हुनेले मस्ती गर्छन/ त्यतिकै त्यो ट्रकको पछाडी “भगवान दाइना भए कसैको केहि लाग्दैन” भनेर लेखेको होइन/
ल सलोक्ये जी many many thanks for best and usefull news .
कुरा मिठो हो ये बाबा हो महा-नरक पालिकामा घुठी सस्थाको कुरा यो २१ येउ सताब्दी अनि काठमाडौँको,नाप नै मुठी माना पाथी अनि बढीमा मुरी तर राम्रो कुरा मुठी भन्दा अगाडी कसो गाश नरहेछ यो नै ठुलो उपलब्धि .म सानो मान्छे तेही भए र गाश मुठी बाट सुरु गरेको
बरु यो जग्गाहरु मलाई दिने भय करोड करोड तिर्ने र केहि ट्रक का ट्रक धान होइन चामल नै दिनेथ्ये नि मैले
हुन त यहाँ पनि भारतीय धोति मारवाडी को नै खेल होला पक्का पनि तेही pashupati म पनि ta धोतिहरुले नेपालमा राज सस्था हुदा बाट नया होइन अहिलेको खराब नेपाल हुदा कति अर्ब अर्ब दय्सह्य्ना हजम पारे मेर्चिदेस बेञ्च कारमा साला हरामी धोति ठुप्पी ठड्याएर सरर तर विचरा तेहा भेटि चडाउने नेपालीको अहिले पनि पैतालामा चप्पल छैन
धिक्कार छ नेपालको धरै भन्दा धरै भनौदाहरुलाई तर के गर्नुर नेपाल विश्वको नमुना राम्रा र इमान्दार जनता तर हाम्रो कमाई येही मात्रै हो
सुधार गर्नु पर्ने र ब्यबस्थित गर्नु पर्ने
१) काठमान्डू ,भक्तपुर र ललितपुर को गुठि जग्गा हरु
२) आफ्नो घर महगो भाडा मा दिएर कालमोचन , पशुपति क्षेत्र , पचली भैरब टेकु घाट मा बस्ने घाटे हरु ( पहिले सित्ते बस्थे आजकाल गुठि लाइ केहि तिर्छन कि थाह भएँन )
३) सिब पुरी , इचंगु ,बिसंखु , सिखानारण , दुधपोखरी ,गोदावरी तिर तेसै बगेर खेर गैरहेको
पानि
४) सार्बजानिक चौर हरु , बागमतीको किनार ( बागमतीलाई सागुरो बनाएर जग्गा भोग गर्ने हरु )
५) काठमान्डू ,ललितपुर ,भक्तपुर को पाटि ,पौवा ,मन्दिर हरु
हेर्नोस्त , नेपालमा चौतर्फी नजर तथा सुधार गर्नु कति जरुरि रहेछ /नेपाल तेसै खत्तम भएको होइन रहेछ /
यी सबै लाइ आबस्येक कानुन पास गरि तुरुन्त हनुमान ढोकामा थुनामा चलान गर्न भन्दा अर्को राम्रो विकल्प छैन १ के यो सबै हामीले टुलु टुलु हेरेर सहेर कतिन्जेल बस्ने हो ? एस्तो हेरेर बस्नु पनि त अन्याय हो नि त ?
महिनाको ४० रुपिया भन्दा कम भाडामा ब्यतिले उपयोग गर्दै आयको घर र जगाहरु उपत्यकामा कयौं छन्/ उदाहरणको लागि असन टोलको चोक वरिपरिका गुठीको घरहरु र असन चोकमा प्रहरी बसेको घरको मुनिको पसल कवलहरुले त् माथि उल्लेख गरेको रकम भन्दा कम भाडामा उपयोग गर्दै आयको छ/ अर्को उदाहरणको निमित उपत्यकाको युथ क्याम्पस बनेको टोल धोबीचौर र छत्रपाती टोलको सबै घरहरु बनेको जग्गा इन्द्रायणी गुठीको हो/ धोबीचौर कै खुला चौर पहिला इन्द्रायणी गुथिकै सम्पति थियो/ इन्द्रायणी गुठिको “काँ जुजु” भन्ने व्यक्ति हो/ त्यो कान जुजु भन्ने व्यक्तिलाई धोबी चौर र चात्र्पातिमा घर भयका सबैले बर्ष मा नाम मात्रको भाडा भनु बा कुट बुझाउञ्छन/ त्यो व्यक्तिलाई दवावमा पारेर पंचायती कालको कुख्यात मन्त्रि हेम बहादुर मल्लले सिंगो धोबी चौरको खुला जागा नै आफ्नो नाममा दर्ता गरेको थियो/ त्यो इन्द्रायणी गुठीको खुला धोबी चौर व्यक्तिको इन्द्रायणी गुथिकै भय सार्वजनिक सम्पति बनाउन संघर्स गर्न सहयोगी परिबार क्लव खोलियो/ पछि सर्वोच्च अदालतले त्यो हेम बहादुरले आफ्नो नाममा दर्ता गरिसकेको धोबीचौरलाइ सार्वजनिक चौर भयको फैसाला गरे/ यो उदाहरण गुठि संस्थान र सरकार चलाउने नेताहरुलाई थाह नभयको त् हुँदैहोइन/ तापनि…..खै के भन्ने?
उपत्यकाको सबै गुथिहरुको सम्पतिलाई सार्वजनिक सम्पति बनाउन र तेस्को उचित उचित ब्यबस्थापन गर्नेको निमित गुठि संस्थान खोलियको हो/ तर त्यो संस्थाननै नकारा भय पछि कसको के लाग्छ/ निसुल्क जस्तै सस्तो भाडामा उपयोग गर्दै आयकोले आफै लौ भदा बढाउ भन्दैन भन्नु पर्ने त् गुठि संस्थान तथा सरकारले नै हो/
यो त केवल देखाउने दात मात्रै हो/ उठाउनु त लाखौ उठाउछ तर कोषमा मासिक ४० रुपैया अर्थात बार्षिक ११५७ रुपैया बुझायो अनि बाकि रकम आफ्नै खल्तीमा हाल्यो/ फेरि वास्तविक रकम देखाउने हो भने यो कोषका मान्छेहरुको आफ्नो गोजी सुकिहाल्छ नि/
यो सब सरकारी कर्मचारी हरुको बदमासी हो, आफुलाई अली अलि पैसा भयो भने कर्मचारी हरु जे गर्न पनि तयार हुन्छन.
मैले खाली ४ आना जागा मात्रको मासिक नौ हजार पाउछु ….
अति गर्नु अत्याचार नगर्नु , पशुपति बिकास कोषका पदाधिकारी आफ्नै कोष बृधि गर्नतिर मात्र लाग्नाले सिमित ब्यापारीले राज्यको संम्पति माथि खेल्ने मौका पाईरहेका छन् /
संगसंगै सम्बन्धित ब्यबसाही तथा सस्था को नाम पनि सार्बजनिक भईदिएको भए यिनीहरु जनतासामु नांगिने थे कि ?