Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकै गरिब प्रमको चियापान खर्च करिब ३ लाख मात्र

Posted on April 10, 2014 by Salokya


प्रधानमन्त्री सुशील कोइरालालाई विश्वकै गरिब प्रधानमन्त्रीको रुपमा अन्तर्राष्ट्रिय मिडियाले समेत चर्चा गरिरहेका छन्। बिचरा उरुग्वेका राष्ट्रपतिको यो उपाधि मिडियाले खोसिदिए।

विश्वकै गरिब प्रधानमन्त्रीको कार्यालयमा खर्च चाहिँ कस्तो हुँदो रहेछ त?

हिजोमात्रै आएको एउटा बिल अनुसार प्रधानमन्त्रीको निवास र कार्यालयमा चियापान खर्च वापत् झण्डै ३ लाख रुपियाँको बिल आएको छ।

विभिन्न कार्यक्रम तथा बैठकमा हुने चियापान वापतको खर्चको बिल गौतम खाद्य सप्लायर्सले पेश गरेको हो। बिल २ लाख ९२ हजार ९५० रुपियाँको छ।

त्यस्तै प्रधानमन्त्रीले चैत महिनाको लागि १ लाख रुपियाँ पेश्की लिएको पनि बिल आएको छ।

खासमा प्रधानमन्त्रीको खाना, चियापान, गाडीमा कतै जानु परे इन्धन सबै खर्च सरकारले नै बेहोर्ने गरेर बिल आउँछ। तैपनि प्रधानमन्त्री जस्तो मान्छेको होला नि केही भैपरी आउने खर्च। त्यसैले तलबबाहेक १ लाख रुपियाँ पेश्की पनि लिएका हुनसक्छन्।

हेर्नुस् बिल-

नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भुक्तानीका लागि प्राप्त बिलहरुको सार्वजनिकरण प्रयोजनार्थ
सि.नं विवरण ब.उ.शि.नं. खर्च शिर्षक खरिद प्रक्रिया भुक्तानी पाउने व्यक्ति/ संस्था बिल / निवेदन प्राप्त भएको मिति रकम कैफियत अपलोड समय
१ करारमा कार्यरत कर्मचारीहरुको ०७० चैत्रको पारिश्रमिक खर्च ३०१०१३३ परामर्श नियमित करारमा कार्यरत ३४ जना कर्मचारीहरु २०७०-१२-२७ ४,७५,६९०।०० २०७०-१२-२७ १०:१८
२ मुख्यसचिवज्यूको सचिवालयको मर्मत संभार खर्च ३०१०१३३ मर्मत संभार नियमित डि.एस.इन्टरप्राइजेज २०७०-१२-२७ २,९८,००३।०० २०७०-१२-२७ १०:२०
३ मुख्यसचिवज्यूको सचिवालयको मर्मत संभार खर्च ३०१०१३३ मर्मत संभार नियमित श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स २०७०-१२-२७ २,८८,५५६।०० २०७०-१२-२७ १०:२१
४ सम्माननीय प्रधानमन्त्रीज्यूका सल्लाहकार समूह लगायतको ०७० चैत्रको पारिश्रमिक ३०१०११३ तलब, महंगी भत्ता नियमित सल्लाहकार समूह २०७०-१२-२७ १,३२,७७०।०० २०७०-१२-२७ १०:२५
१ सचिव डा. प्रभाकर पाठकको चैत्रको तलब सुविधा तथा पोशाक खर्च ३०१०१३३ तलब, महंगी भत्ता, पोशाक नियमित डा. प्रभाकर पाठक २०७०-१२-२६ ४२,५७३।२० २०७०-१२-२६ ११:५४
२ आवश्यक सेवा संचालन खर्च ३०१०१३३ कार्यालय सम्बन्धी, मर्मत नियमित खरिदार ठक्करप्रसाद संजेल २०७०-१२-२६ २६,०३०।०० २०७०-१२-२६ ११:५६
३ कम्प्यूटर सम्बन्धी पार्टपूर्जा तथा मेन्टेनेन्स खर्च ३०१०१३३ परामर्श नियमित ग्लोबल लिंक टेक्नोलोजी प्रा.लि. २०७०-१२-२६ १७,४०२।०० २०७०-१२-२६ ११:५७
४ कार्यालय प्रयोजनको मोटरसाइकल नं. ९०३५ मर्मत खर्च ३०१०१३३ मर्मत नियमित एन के ट्रेडर्स २०७०-१२-२६ ५,३२४।०० २०७०-१२-२६ १२:०३
५ भिडियो कन्फरेन्सिङ प्रणाली संचालन खर्च ३०१०१३३ परामर्श नियमित दिपसी टेक सोलुसन प्रा.लि. २०७०-१२-२६ १०,०००।०० २०७०-१२-२६ १२:०६
६ मा. बन मन्त्री महेश आचार्य लगायतको मोरङ, सुनसरी र धनकुटाको भ्रमण खर्च ३०१०११३ अनुगमन मूल्यांकन खर्च नियमित मा. मन्त्रीज्यू सहित ३ जना २०७०-१२-२६ ४०,५६५।०० २०७०-१२-२६ १३:००
७ मा. सूचना तथा संचार मन्त्रीज्यू सहितको धनुषा जिल्लाको भ्रमण खर्च ३०१०११३ अनुगमन मूल्यांकन खर्च नियमित मा. मन्त्रीज्यू सहित ३ जना २०७०-१२-२६ २५,२००।०० २०७०-१२-२६ १३:०४
८ Software Development and Installation for Online Accounting Information Management System खर्च ३०१०१३३ परामर्श नियमित ग्लोबल लिंक टेक्नोलोजी प्रा.लि. २०७०-१२-२६ १,३१,८७१।०० २०७०-१२-२६ १३:०७
९ प्रधानमन्त्री कार्यालय तथा निवासमा विभिन्न कार्यक्रम तथा बैठकको चियापान खर्च ३०१०१३३ विविध नियमित गौतम खाद्य सप्लायर्स २०७०-१२-२६ २,९२,९५०।०० २०७०-१२-२६ १३:१२
१० सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरु, राज्यमन्त्री तथा स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरुको ०७० चैत्रको तलब सुविधा खर्च ३०१०११३ तलब, महंगी भत्ता, संचार सुविधा, कार्यालय सम्बन्धी खर्च, इन्धन नियमित सम्माननीय प्रधानमन्त्री, मा.उपप्रधानमन्त्री, मा. मन्त्री, मा. राज्यमन्त्री तथा स्वकीय सचिवालयका कर्मचारीहरु २०७०-१२-२६ ४२,९४,८२७।०० २०७०-१२-२६ १६:३४
१ सम्माननीय प्रधानमन्त्रीज्यूको ०७० चैत्र महिनाको विविध पेश्की ३०१०११३ विविध नियमित प्रमुख स्वकीय सचिव बसन्त कुमार गौतम २०७०-१२-२४ १,००,०००।०० २०७०-१२-२४ १३:२३

36 thoughts on “विश्वकै गरिब प्रमको चियापान खर्च करिब ३ लाख मात्र”

  1. Pingback: अब मन्त्रीहरुको बैठकमा खाजा खर्च नहुने « Mysansar
  2. Jeevan says:
    April 11, 2014 at 6:59 pm

    होइन एक लाख पेस्की लिगने मान्छे कसरि गरिब भयो !!!

    Reply
  3. Hari Prasad Lamichhane-Saudi says:
    April 11, 2014 at 1:43 pm

    यो लेख भन्दा पनि अझ सुरुवाती या भनौ के कुराले गर्दा हामि एस्तो खाले समाचार पढ्दै छौ त भन्ने कुरा तर्फ चर्चा गर्न मन लाग्यो |

    यो संसार को गरिब , ३ ओटा मात्र मोबाइल भएको आदि आदि कुराहरु नै नेपालको समस्याका समाधान हुन् भन्ने तरिकाले कुरा पेश गरिदै छ (बिशेस गरि कांग्रेसीजन हरुबाट ) हुन त म कुनै पार्टी सदस्य हैन फेरी पनि केहि कुरा राख्न मन लाग्यो

    कुनै न कुनै बहानामा नेतालाइ देवत्वकरण गर्ने अनि त्यो नेताले काम गर्न सक्दैन फेरी केहि दिन पछि निराशाका समाचार प्रस्तुत गर्ने धेरै पटक भै सक्यो |

    यो शुशिल कोइरालाको बारेमा गरिएको Publicity Stunt पनि माथि भनेको जस्तो नेपाली रोग कै पुनरागमन मात्र भने फरक नपर्ला , संसार को सब भन्दा गरिब मुलुक मध्ये हाम्रो देश पनि छ र यो चरम गरिब अवस्था बाट हामि माथि उठ्न , हामी लाइ चाहिएको नेता कस्तो हो भने जीवनका सबै दुख सुख भोगेको , सबै खाले जिमेवारी बहन गरेको (व्यक्तिगत देखि सामाजिक जिम्मेवारी )|

    अब शुशीललाइ के थाहा छोरा छोरी को जिम्मेवारी के कस्तो हुन्छ (उदाहरणको लागि ) एउटा घर परिवार कुशल्तापुर्बक चलाएको अनुभव न भएको मान्छे ले ३ ओटा मोबाइल बोकेकै भरमा (एउटा मोबाइल ले किन काम न चल्ने त्यो अझ बुझ्ने बाँकी छ ) नेपालमा चमत्कार गर्दिने भो भन्ने समाचार फैल्याउने र त्यो समाचार पढेर मक्ख पर्नु पर्ने हाम्रो अवस्था दयनीय नै हो |

    Reply
  4. लौटन अवधि says:
    April 11, 2014 at 12:10 pm

    १५००० कप चिया मासिक खपत हुदो रहेछ ! भनेसी ८ दिन को छुट्टी कटाएर ६८१ कप चिया दैनिक खपत हुदो रहेछ ! चिया मा खर्च भन्दानी प्रधानमन्त्री लाइ दैनिक ६८१ जना को भिड ले भेट्न जान दिने तिनका ब्यबस्थापकीय सहयोगी हरु कस्ता लठैत हुन् ! त्येत्रो भिड जम्मा भएसी प्रधानमन्त्री ले के काम गर्ने ? त्येसैले त पत्रिका ले साह्रै ढिलो प्रधानमन्त्री भन्यारैछन ! त्येहा भएका लठैत हरु लाइ धपाएर नया र चुस्त ब्यबस्थापकीय सहयोगी राख्नु पर्ने आवस्यकता छ !

    Reply
    1. suzee says:
      April 12, 2014 at 2:22 am

      अब चिया पिउन उतैतिर लग्नु पर्यो दैनिक ६८१ कप भनेछी , एक दुइ कप साधारण जनता लै पनि कोटा डेका होलान नि त !!!!

      Reply
  5. bibek says:
    April 11, 2014 at 8:01 am

    मुना, टोकला, ग्रीन टी खाएपो थोरै बिल उत्थेओ ……… प्रम कार्यालयमा त ब्लु टी खान्छ होला तै भएर तेत्रो बिल उठेको ………

    Reply
  6. robinshesya says:
    April 11, 2014 at 7:01 am

    नेपाल सरकार मातहत कार्यालय मा १० रुपिया को बिल १,००० गरेको आफ्नै आखा ले पनि देखेकै हो |

    कुरो के भन्दा . मन्त्रालय को website (3 wata jati malai thaha भएको आधार मा ) बनाउदा 1GB space को PHP-Mysql hosting को २,००० रुपियामा आउने package मन्त्रालय सम्म पुग्दा १ लाख पुग्यो | बिचरा मेरो साथी जो website design and hosting कम्पनी खोलेर बसेको छ | उनीहरुको हात लागेको भनेको मात्र २०,००० मात्र हो | अरु बाकी ८०% तेही भएको कर्मचारीहरुले (सचिब देखि अधिकृतले दक्षिणा निकालेर खाने चलन छ | एस्तो छ sarakaari कर्मचारीहरुको हुतिय्रारा चाला | जनता को रगत को कमाइ खान पल्केका| सारै दुख लाग्दो कुरा |

    Reply
  7. prabesh says:
    April 11, 2014 at 5:09 am

    विदेश तिर जन्म दिन मनाऊन ४ तारे होटल को हललाई मात्र २ लाख नेपाली पर्छ चिया को कुरै नगरम साथीहरु …….

    Reply
  8. Rijal Bandhu says:
    April 11, 2014 at 4:21 am

    ए हजुर मपनि एउटा कम्प्युटर engineer नै हूँ | माथि Software Development and Installation for Online Accounting Information Management System बापत भनेर झन्डै १३२,००० लिएको देखें | लौन हजुर एस्सो भनसुन गरेर मलाई नि एउटा contract दिलाई दिनु पर्यो | मैले त अहिले सम्म २०००० भन्दा बढी लिएकै छैन भन्या | त्यो २०००० नि एउटा बिदेशी कम्पनीको लागि एउटा online record keeping and tracking भन्ने software बनाएर पाको |

    Reply
  9. Sandip says:
    April 11, 2014 at 3:38 am

    ३० दिनको चियापान खर्च ३ लाख = १० हजार हरेकदिन को , अलि बढी भयन र?

    Reply
  10. आकाश says:
    April 10, 2014 at 11:13 pm

    १ कप चिया को कति पर्यो तेसो भए ?

    Reply
  11. kamal , moscow says:
    April 10, 2014 at 10:37 pm

    यस्ता प्रधानमन्त्री ले देश उघो हैन उधो लाने मात्र काम गर्छन , कि कसो ?

    Reply
  12. krishna says:
    April 10, 2014 at 10:14 pm

    बाहियात् कूरा हो, यस्ता खर्चहरूले समाचारमा स्थान पाऊनु भनेको । खासमा यो कुनै ठूलो खर्च हैन। एउटा सचेत नागरीकले निगरानि गर्ने भनेको सरकारले सही काम गर्यो कि गरेन भन्ने हो ! १- डेढ लाख खर्च चियापानमा खर्च भयो भनेर हल्ला गरनुको कुनै तूक छैन !!

    Reply
  13. jajaman says:
    April 10, 2014 at 9:09 pm

    अचम्म छ चिया खर्च को बिल सुन्न पर्दा/ कुनै हिसाब ले पनि यति धेरै खर्च हुदैन/ सायद संसार कै प्रधान मन्त्रि को सबै भन्दा धेरै चिया खर्च होला/

    Reply
  14. KUBER TAMANG norway says:
    April 10, 2014 at 9:02 pm

    बरु प्रधान मन्त्रीको चिया पान खर्छ ३ लाख बाट ३० लाख पुगोस अनि हामी नेपाली जनताले पाउने तलब सुबिधा अनि जीवन स्तर पनि १० गुणाले बढेको देख्न पाऊ प्रभु !!

    Reply
  15. mani says:
    April 10, 2014 at 8:16 pm

    बजार मा एक कप् चिया को २० पर्छ सिदै सोच्दा यो सहि छ | कुनै दिन कोसएले २-३ कप खायो पनि होला | येश ले के देखाउछ भने महंगी सारै बढेको छ | एक दिन मा कति बरौटे आउछन चाकडी गर्न आफै सोचौ | अब गृह मन्त्रि ले चाकडी गर्न आएन भनेर भनि सके अनि चाकडी बाज हरु सबै को मा जानै पर्यो | पम ले न भने पनि |

    Reply
  16. usha says:
    April 10, 2014 at 7:39 pm

    चपाउने दात र देखाउने दात 🙂

    Reply
  17. Sushil says:
    April 10, 2014 at 7:26 pm

    प्रधानमन्त्रिको हैसियतमा कार्येक्रम आयोजना भएपछि तेही अनुरुप minimum requirements maintain गर्नु पर्ने हुन्छ. एस्तोमा उनको निजि बिचारलाई तान्नु हुन्न. एस्तो negative मा focus गर्नु भन्दा Myanmar भ्रमणमा प्रधानमन्त्रीले राज्यकोषमा फिर्ता गरेको पैसा जस्तो positive कुराहरुमा focus गर्ने होकी महासय?

    Reply
  18. Shankar says:
    April 10, 2014 at 6:59 pm

    खर्च त्यति उठ्नु भ्रास्ताचार नै हो ,येस्पाली त् सकियो , आर्कोचोटी नेपाल मा पनि आम आदमी पार्टी खोल्न पर्छ अनि भ्रास्ताचार , अन्याय ,अत्याचार लाइ ड्यनग कि ड्याङ्ग हान्न पर्छ |

    यो हान्ग्रेस , हेमाले , हाउबादि बेस्करी हायेर हाग्मति फोहोर गर्ने मात्र हुन् |हेर्नुस न हामदेब लाइ हाकड़ी पुगेन रे , हरेल ले हेटेन हनेर हुर्की हेकाउछ | हाज न भएको |

    Reply
  19. Pawan lamichhane says:
    April 10, 2014 at 6:23 pm

    केक्कनै ३ करोड खर्च गरे जस्तो कुरा भयो त यो,,, आजकल को जमानामा ३ लाख खर्च हुनु ठुलो होइन..

    Reply
  20. देशबन्धु शर्मा says:
    April 10, 2014 at 5:28 pm

    चियापान खर्च कति महिनाको हो भन्ने उल्लेख छैन | यदि एक महिनाको मात्रै हो भने पनि अहिलेको महंगीमा र त्यसमा पनि प्राय बिदेशीहरु संग मिटिंग भै राख्ने कार्यालयमा त्यो खर्च त्यति धेरै होइन | कुनै पनि कुराको राम्रो विस्लेषण नगरी बिरोध गरि हाल्नु राम्रो होइन | जुन पारदर्शिता र मितव्ययिता प्र म कार्यालयले देखाएको छ त्यो अति सर्हानिय छ |

    Reply
  21. Desh Bandhu Sharma says:
    April 10, 2014 at 5:26 pm

    चियापान खर्च कति महिनाको हो भन्ने उल्लेख छैन | यदि एक महिनाको मात्रै हो भने पनि अहिलेको महंगीमा र त्यसमा पनि प्राय बिदेशीहरु संग मिटिंग भै राख्ने कार्यालयमा त्यो खर्च त्यति धेरै होइन | कुनै पनि कुराको राम्रो विस्लेषण नगरी बिरोध गरि हाल्नु राम्रो होइन | जुन पारदर्शिता र मितव्ययिता प्र म कार्यालयले देखाएको छ त्यो अति सर्हानिय छ |

    Reply
  22. Gaurab says:
    April 10, 2014 at 5:08 pm

    चिया खर्च ३ लाख भए मदिरा खर्च चै कति होला?

    Reply
  23. Sisir says:
    April 10, 2014 at 4:50 pm

    सरदर दिनको १० हजारको चियापान( कुनै भोज भतेरको होइन, तेस्को बिल त आउने बाकि होला ) … यो त अलि अति नै हो … कुनै दिन हाम्रा महान मुस्तांगे प्रधानमन्त्रीले एउतै कार्यक्रममा २७ लाखको चियापान गराएको पनि हामीलाई थाहा छ .. सब लुटेरा हुन् ..

    Reply
  24. laxman says:
    April 10, 2014 at 3:28 pm

    सुशिल कोइएरल लै धन्येबाद जम्मा ३ लाख को चिया खर्च रहेछ ,बरु यो सरकार बन्ने यता कत्ति नेता हरु ले व्रस्ताचार गररे कति नेता ले कमिसन खाय्ये यो जानकारी पुन पायये हुन्त्यॊ ?

    Reply
  25. kumar shrestha says:
    April 10, 2014 at 2:46 pm

    नाउ तेरो गाउ मेरो र आप्का गए न वाप क गए भनछ तेसै तेसै स्वाहा अनि देखाउने दात एउटा चोपाउने अर्को हुने झन् खतरनाक

    Reply
  26. Gaurab says:
    April 10, 2014 at 2:01 pm

    मेरो private office छ . मेरो सानो private office को मासिक चिया कर्च येस्तै Rs. 10,000 जति हुन्छ भने, प्रधानमन्त्रि को चिया कर्च येतिको हुनु ठुलो कुरा नहुनु पर्ने जस्तो लाग्छ मलाई .

    Reply
  27. Gaurab says:
    April 10, 2014 at 1:57 pm

    खबर को लागी धन्यवाद. मेरो विचार मा, सर्ब प्रथम हामीले सोच्नु पर्ने, एश चियापान खर्चमा कति वोटा कार्यक्रम तथा बैठकहरु संग्लग्न छन् थाहा पाउनु पर्छ. र त्यस सबै मीतिंग मा कति जना मान्छेहरु सहबगी थिय.

    खाली जम्मा रकम मात्र नहेरौ, त्यश पछाडी को विवरण पनि बुझ्नु पर्छ जस्तो लाग्छ मलाई.

    Reply
    1. deepak says:
      April 11, 2014 at 9:21 am

      yes, exactly. why always after the poor PM. While comparing with others he is Honest. and also it is difficult to breaak the system that is already established.

      Reply
  28. दिप श्रेष्ठ says:
    April 10, 2014 at 1:02 pm

    उरुग्वेका राष्ट्रपति होजे मुहिका त दार्शनिक हुन्। लागु पदार्थ लाई खुल्ला गरेर हजारौं ज्यान जोगाउनमा यिनले महत्वपुर्ण भूमिका निभाएका हुन्। आडम्बर र ढोंग ले भरिएको संसारमा बास्तविकता संग आमने-सामने गर्नसक्ने बिरलै कोहि अरु नेता छन्।

    Reply
  29. सन्तोष says:
    April 10, 2014 at 12:18 pm

    यो त भयो अहिले. पुराना प्र.म. को पाला मा कस्तो हुन्थ्यो कुन्नि, जान्न पाए बल्ल भन्न सकिन्थ्यो सुधार भै रा को छ कि छैन भनेर…..अहिले लाई यो सुचना जनसमक्ष ल्याउने प्रयासको जस चाहिं शुशीलबाजे लाई त दिनै पर्छ !

    Reply
  30. Manoj says:
    April 10, 2014 at 12:08 pm

    कुनै अस्वाभाविक देखिए हो, नत्र येही प्रधान मन्त्रिको अफिसको बिललाइ लिएर धेरै समय खर्च गर्नु पनि झिना मसिना कुरामा अल्मल्लिनु नै हो; एउटा सामान्य मान्छेको बिहे भोज आजकल ५ लाख उताको हुञ्छ; महंगी तेही हो; बिदेशी पाहुना आउलान, अरु पनि धेरै भेटघाट कार्यक्रम भै हाल्छ, प्रधानमन्त्रीले चिया नास्ता राम्रै गराउनु परो; सत्कार पनि त गर्नु पारो बिदेशी पाहुना हरुलाई. त्यो खासै छलफल गर्नु पर्ने रकम जस्तो देखिदैन.

    अब मलाइ प्रधान मन्त्रीकोको खै को बनाउनु हुने होला सबैले; तर उहाको बिहे नभएकोले नाता पाउन पो गारो होला. जे सोच्नुस.

    Reply
  31. Suman says:
    April 10, 2014 at 11:43 am

    डाका हरु हुन् देश को सम्पति /जनता को कर खर्छ गरिरछान | अझ दुख लाग्दो कुरा के छ भने चोर हरुले तलब + महंगी भत्ता पनि लिने !
    जनता लाई पो महंगी ले मारी राछा .. पैसा लुट्न सम्म लुट्ने काम गतिलो केहि नगर्ने. थुक्क ..सम्भिधन को आशा गर्दै जुनी बित्ने भो ..
    कति लाज नि छै है कु-नेता हरु लाई…

    Reply
    1. Vijay says:
      April 10, 2014 at 9:22 pm

      खर्च को बिल लुकाउने डाका कि सार्वजनिक गर्नेचाही डाका ?

      Reply
  32. abhishek says:
    April 10, 2014 at 11:33 am

    all nepali politicians are same.

    Reply
    1. zobinshesya says:
      April 12, 2014 at 10:20 pm

      खर्च को बिल देखाएर क गर्नु | स्वाभिमान नै नहुने हरु छन् भने हामी नेपाली जनता क गर्ने | हेरेर बस्ने मात्र हो

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme