Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल : साँच्चै बन्छ त ?

Posted on April 9, 2014 by mysansar

pkr नेपाल नागरिक उड्डयन प्राधिकरणको सोमबारको बोर्ड बैठकले करिब २१ अर्ब ४७ करोड ९० लाख रुपैयाँमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ठेक्का चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङलाई दिएको छ। अब पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने सुनिश्चित भयो रे यति भएपछि भन्ने समाचार पढ्न पाइयो।

राम्रो हो। नेपालमा अर्को एउटा अन्तर्राष्ट्रिय विमानस्थल नभई नहुने भइसकेको छ। तर हामी यस्ता कुरामा ज्यादै भावुक हुन पुग्छौँ। के पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक दृष्टिले पनि उपयुक्त छ त? यत्रो खर्चमा बन्न लागेको विमानस्थलबारे पर्याप्त बहस भएको छ? भोलि विमानस्थल बनिसकेपछि थाइ, कतार एयरवेज जस्ता ठूला विमान कम्पनीले काठमाडौँमा जेट नओराली २०० किमीको दूरीमा रहेको अर्को सहर पोखरामा अवतरण गर्न मान्लान् त?

दबाबः पोखरामा विमानस्थल बनाउनै पर्छ, बनाउनु हुन्न भन्नेहरु होसियार भन्दै स्थानीयले गरेको प्रदर्शन । फोटो साभारः कान्तिपुर
दबाबः पोखरामा विमानस्थल बनाउनै पर्छ, बनाउनु हुन्न भन्नेहरु होसियार भन्दै स्थानीयले गरेको प्रदर्शन । फोटो साभारः कान्तिपुर

नेपाल वायुसेवा निगमका जहाज धेरै वर्षअघिदेखि उडाएका अनुभवी क्याप्टेन युवराजकुमार भट्टराई भन्छन्- “पोखरा विमानस्थलमा टि्वनअटर र एभ्रो जहाज उडाएको मेरो अनुभवका आधारमा भन्ने हो भने मौसम खराब भएको बेला ती जहाज उडाउन सजिलो छैन। पोखरा उपत्यका काठमाडौंका दाँजोमा निकै सानो छ। त्यहाँ जेट विमान सञ्चालन गर्न धेरै असजिलो हुन्छ। विमानस्थलको सम्पूर्ण प्राविधिक सूचनाका साथै उपत्यकाभित्र भएका सम्पूर्ण डाँडाकाँडाको तथ्यांक संकलन गरेर वायुसेवा सञ्चालकलाई उपलब्ध गराउनु आवश्यक छ। सञ्चालकले आफ्नो जहाजको क्षमता हेरी उडान सञ्चालन हुन सक्छ अथवा हुँदैन भन्न सक्छन्।”

त्यसताका पोखरेलीहरु विमानस्थल बनाउन आन्दोलनमा थिए। आन्दोलनकै बेला छापिएको उनको लेखमा काठमाडौँको विमानस्थल नै पनि प्राविधिक रुपमा अनुपयुक्त भएको र जोखिमपूर्ण विमानस्थल भएको तर्क गरिएको छ। उनी लेख्छन्-

राजधानी काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तत्कालीन अवस्थामा केही विचार नगरी आवश्यकताका कारणमात्र बनाइएको हो। त्यसबेला आजजस्तो ठूला जहाज उडान-अवतरण हुने कल्पनासमेत गरिएको थिएन। तर, अहिले आएर देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल जेट विमानका लागि एउटा चुनौती बनेको छ। यसलाई ठूला जहाज उडान-अवतरणका लागि उपयुक्त बनाउन केही गर्न सकिँदैन।

यहाँबाट लामो दूरीको उडान भर्न ठूलो जहाजलाई समस्या हुन्छ। लामो दूरीलाई इन्धन धेरै चाहिन्छ तर इन्धन धेरै राखेपछि यात्रु थोरै बोक्नुपर्छ। त्यसकारण ठूला जहाज काठमाडौंमा आउन सक्ने भए पनि धेरै ‘लोड पेनाल्टी’ हुन्छ। काठमाडौं उपत्यका सानो आकारको र चारैतिर पहाड छन्।

जहाज उडाउँदा सबैभन्दा पहिले आकस्मिक अवस्थामा के गर्ने भनेर योजना बनाउनुपर्छ। उडान-अवतरण गर्ने बेला गडबडी भयो भने के गर्ने ठोस योजना नबनाई जहाज उडान गर्न मिल्दैन। यही कारण काठमाडौं विमानस्थल जोखिमपूर्ण विमानस्थलमा गनिन्छ। मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको बोइङ ७५७ को सुरुवाती उडान गर्दा यसको अधिकतम् उडान भार १ लाख ८ हजार ८ सय ६२ किलो थियो। यही भारमा निगमले झन्डै एक दशक काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सञ्चालन गर्यो।

त्यसताका काठमाडौंको भौगोलिक अवस्था विचार नगरी यसरी असुरक्षित उडान सञ्चालन भएको थियो। पछि गएर केही जागरुक विमान चालकहरूले अध्ययन गरेर अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग यस विषयमा सोधपुछ गरेका थिए। त्यसपछि बोइङले यस विषयमा विशेषज्ञद्वारा काठमाडौं उपत्यकाका डाँडाकाँडाको लगत लिई हिसाब गरेर ४ हजार किलो भार घटाएर उडान गर्न अनुमति दियो। आज-भोलि काठमाडौंबाट उडान भर्दा अधिकतम १ लाख ४ हजार ८ सय ६२ किलो उडान भार तोकिएको छ। यो भार वायुको तापक्रम २४ डिग्री सेल्सियसभन्दा कम तापक्रमका लागि हो।

यसरी उडान सुरक्षाको विषय अत्यन्त जटिल हो भन्ने बुझ्नु आवश्यक छ। अन्य धेरै प्राविधिक विषय छन् जुन सर्वसाधारणलाई थाहा हुँदैन। सबैभन्दा जटिल समस्या जहाजका दुईवटा इन्जिनमध्ये एउटा इन्जिन उडान गर्दा बन्द भयो वा काम गरेन भने हुन जान्छ। काठमाडौंबाट उडान भर्दा यस्तो अवस्था आयो भने जहाजलाई डाँडाकाँडाबाट जोगाउन उपत्यकाभित्रै चक्कर लगाएर उचाइ बढाउनुपर्छ। उपत्यका सानो भएका हुनाले यो काम अत्यन्त जोखिमपूर्ण हुन्छ।

पोखरा त काठमाडौँभन्दा पनि सानो उपत्यका हो। काठमाडौँ नै त जोखिपूर्ण विमानस्थलका रुपमा रहेको छ भने हामी फेरि अर्को त्यस्तै विमानस्थल बनाउन किन मरिहत्ते गरिरहेका छौँ ? उनी पनि यही प्रश्न गर्छन्-

अर्थ मन्त्रालयले चीनको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकबाट लिने सहुलियत ऋणलाई प्राधिकरणले ८ प्रतिशत ब्याज दरमा लिन लागेको हो। त्यति धेरै खर्च गरेर विमानस्थल बनाउँदा पनि अहिलेको भन्दा ठूलो जहाज आउन सकेन भने त्यहाँभन्दा ठूलो नोक्सानी अरू हुन सक्दैन। यस्तो अवस्थामा ठूलो रकम खर्च गरेर यस विषयमा सम्भाव्यता अध्ययन नै नगरी प्राधिकरण किन हाम फाल्न लागेको हो? बुझ्न सकिएन।

ल मानौँ, विमानस्थल बन्यो रे। त्यसपछि के हुन्छ त ? के थाइ एयर, कतार एयरवेज, इन्डियन एयरलाइन्सका ठूला विमानहरु पोखरामा उत्रलान् ? क्याप्टेन भट्टराई लेख्छन्-

प्राधिकरणले विमानस्थल बनाउँदैमा वायुसेवा कम्पनीहरूले त्यत्तिकै जहाज सञ्चालन गर्दैनन्। सबैभन्दा पहिले उडान सुरक्षा र त्यसपछि सञ्चालन नाफाबारे विस्तृत अध्ययन नगरी कुनै पनि वायुसेवा कम्पनी आउँदैनन्।

नेपालभरि दुर्गम भेगमा रहेका विमानस्थल कुनै पनि सुरक्षित छैनन्। ती विमानस्थलमा आन्तरिक वायुसेवा कम्पनीले उडान गरिरहेका छन्। आन्तरिक विमानस्थलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अनुगमन हुँदैन। अन्तर्राष्ट्रिय विमानस्थलहरू आइकाओको मापदण्डअनुसार बन्नु र सञ्चालन हुनु आवश्यक हुन्छ।

प्राधिकरण उडान क्षेत्रको नियामक निकाय हो। ऊसँग हरेक किसिमका जहाज सञ्चालन गर्ने विषयका प्राविधिक विशेषज्ञ हुँदैनन्। प्राधिकरणले जहाज सञ्चालक अथवा जहाज निर्मातासँग यस विषयमा विस्तृत अनुसन्धान गर्नु आवश्यक हुन्छ।

प्राविधिक पक्ष नबुझेका र भावनाकै भरमा बहनेहरुको दबाबका आधारमा विमानस्थल बन्दैछ। क्याप्टेन भट्टराई लेख्छन्-

विमानस्थल निर्माण गर्नुअघि भौगोलिक अवस्था, स्थानीय मौसमी अवस्थाका साथै वायु कुन दिशाबाट धेरै चल्छ भन्ने जस्ता कुरामा ध्यान दिन जरूरी छ। त्यस्तै स्थानीय बासिन्दाको आवश्यकता र राजनितिक व्यक्तिको दबाब पनि त्यससँगै जोडिएर आउने मुख्य विषय हुन्। उल्लिखित पाँच बुँदाको क्रमानुसारै प्राथमिकता र महत्व रहने गर्छ। हाम्रो देशमा भने सबैभन्दा न्युन प्राथमिकताले बढी महत्व पाउने गर्छ। यो विडम्बना हो।

नागरिक उड्डयन प्राधिकरणसँगै सम्बन्धित बुद्धिसागर लामिछानेको प्रश्न पनि विचारणीय छ-

के नेपाल जस्तो मुलुकको पोखरा जस्तो सानो पहाडी उपत्यकामा २७ अर्बको कुरा छोडौं, १५ अर्ब रूपियाँको लागतमा विमानस्थल निर्माण गर्नु उपयुक्त हुन्छ? कुन-कुन मुलुकका वायुसेवा कम्पनीहरूको उडान सम्भव छ?

अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकताको निहुँमा वैदेशिक ऋण लिएर अनावश्यकरूपमा विनाव्यावहारिक प्रक्षेपण वैज्ञानिक मूल्यांकनबिना लगानी गर्दै जाने हो भने यसले वर्तमानमा मात्र होइन, भावी पुस्तालाई पनि पिरोलिरहनेछ। किनकि यो निर्माणपश्चात् पनि खर्च भइरहने क्षेत्र हो।

त्यसैले मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन त राम्रोसँग गर्न नसकेको भनी आलोचना खेपिरहेका बेला तथा दक्ष जनशक्तिसमेत पर्याप्त नभएका बेला यसबारे प्रश्नहरु उठ्न स्वाभाविकै मान्नुपर्छ। अहिलेको सन्दर्भमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ तर आवश्यक छ भन्दैमा ‘गोरु खोज्ने झन्झटले बोकालाई दाइँ गराउनु’ बुद्धिमानी हुँदैन। त्यसमा पनि वार्षिक झण्डै १ अर्ब रुपियाँको हाराहारीमा ब्याज तिरिरहेको नागरिक ऊड्डयन प्राधिकरणले थप ऋण थापेर यस्तो विमानस्थल बनाउन खोज्नु कुन दृष्टिले उपयुक्त होला? यो पनि विचारणीय प्रश्न छ।

पोखरेलीहरुलाई यो कुरा सुन्दा रिस उठ्न सक्छ। हाम्रो विकासको बाधक बन्ने ? भन्ने प्रश्न उठ्न सक्छ। वास्तवमा स्थानीयको दबाब नै यो विमानस्थल निर्माणमा मुख्य पात्रको रुपमा अघि आएको छ। तर हामीले ध्यान दिनु पर्ने त प्राविधिक पक्षलाई पनि हैन र ? के काठमाडौँ जस्तो जोखिमपूर्ण अर्को विमानस्थल महँगो लागतमा देशलाई आवश्यक छ र ? प्राविधिक कुरालाई त हामीले महत्त्व दिएकै छैनौँ। भट्टराई जस्ता विमान उडाउनेहरुको अनुभव लिएर प्राविधिक हिसाबकिताब, आइकाओको मापदण्ड- खै यस्ता कुरालाई ध्यान दिएको ?

तपाईँलाई के लाग्छ- पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकोबारे आफ्नो विचार तल कमेन्टमा राख्नुस्।

66 thoughts on “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल : साँच्चै बन्छ त ?”

  1. Aakash says:
    April 13, 2014 at 5:13 pm

    हामी र हाम्रो व्यवहार….. बिमानस्थल चाहे पोखरामा बनोश वा मुक्तिनाथमा, पर्सा मा बनोश वा लुम्बिनीमा जहाँ बनेपनि राम्रोकुरो होइनर ? ३० बर्ष भयो, तत्कालिन पनचाएत सरकार ले पोखरेलीहरुको हातमुख जोरिखाने खेतीबारी ” अन्तरास्ट्रिय ” विमानस्थलका नाम मा कब्जा गरेर खोसेको… ३०-३५ बर्ष पछि बल्ल ” हावा दारी ” भएपनि कुरा सम्म चलेको छ तैपनि एत्ति धेरै मान्छे हरुको रातको निन्द्रै हराउला भन्ने मैले कल्पना सम्म गरेको थिईन/
    हामि कुरा चाइ ” विकेन्द्री करणको ” गर्छौ, बेबहारमा जे कुरा गर्छौ, तेस्को ठिक उल्टो काम गर्छौ, यो नेपालीहरुको जन्मजात ब्यबहार भन्दा फरक नपर्ला !! मानौ कि !सुधुर पश्चिमको दैलेख रुकुम मा नेपालमै नभाको सबै भन्दा राम्रो र सुबिधा सम्पन्न अस्पताल बनाउने कुरो सरकारले गर्यो भने त्यो अस्पताल काठमाडौँ मै बनाइनु पर्छ वा काठमाडौँकै इस्थापित अस्पताल हरुलाई सम्पन्न बनाइनु पर्छ भनेर कड्किनु र पोखरामा अन्तरास्ट्रिय स्तरको हवाई अड्डा बनाउनु हुदैनन बरु काठमान्डू कै बिमानिस्थललाइ सुधारिनु पर्छ भन्नु मा के फरक छ ?
    त्रिभुबन हवाई अवतरण अड्डा लाइ सुधरिकरण गर्ने वा नगर्ने संग पोखरामा बनाइने भनिएको अन्तरास्ट्रिय बिमान इस्थलको सरोकार कसरि छ मैले बुझ्ने सक्दिन… जेमा पनि बिरोध मात्रै, जेमा पनि खुट्टा मात्रै तान्ने प्रबिर्त्ति, जेमा पनि खाली “नेगिटीभ अप्प्रोच”
    अस्पताल, बिस्वोबिध्यालय, बाटोघाटो, बिमान स्थल, पार्क, आधि इत्याधि नेपालको जुन ठाउमा बनेपनि राम्रो कुरो होनी कस्तो बाद्रले कोचेर जन्मेका हरुको देशमा जन्मेचु यार म थुक्क !!

    Reply
  2. Sandesh says:
    April 10, 2014 at 10:05 pm

    क्षेत्रीय विमानस्थल बनाउनु पर्छ. त्यहाँ साना खालका ठुला बडि भएका जहाजहरु (जस्तै बोइङ्ग ७३७) अवतरण गराउन मिल्छ. सोझै पोखरामै अन्तररास्ट्रीय उडानलाइ उतार्ने कुरा चाहि मलाइ बिस्वास लागेन, तर नेपाल भित्रै ठुला बिमान आन्तरिक उडानमा लगायो भने पर्यटकले राहत पाउने थिए भन्ने हाम्रो बिस्वास छ.

    Reply
  3. Roshan says:
    April 10, 2014 at 9:08 pm

    चितवन मा बनाउनु पर्छ |
    इन्जिनियर को अनुसार ठाउँ पनि ठिक छ क्षेत्र फल पनि ठुलो छ |

    Reply
  4. गोविन्द गुरुङ says:
    April 10, 2014 at 8:13 pm

    सानो छँदा अहिले प्रस्तावित क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माण हुने स्थल नजिक भएर हिँड्दा साथीहरुले भन्थे यहाँँ नयाँँ एयरपोर्ट बन्छ रे ।।।त्यो भनेको तीसौँ बर्ष पनि भई सकेछ । अब त बन्छ बन्छ भन्दा भन्दै त्यत्तिका समय बितिसके पछी बल्ल अहिले आएर अब त साँच्चिकै बन्छ कि भन्ने जस्तो लागेको छ । अस्ती केही समय अघी प्रस्तावित विमानस्थलको भनेर कम्प्युटर जेनेरेटेड फोटो पनि देखेको थिएँ कता कता । अनी मनमा अलिकती गर्वको अनुभूती भएको थियो। हाम्रो पोखरामा पनि बिदेशको जस्तो एयरपोर्ट बन्नेछ एकदिन भनेर । बाहिर तिर डोमेस्टिक एयरपोर्ट पनि शान्दारको हुन्छ सानै भयता पनि तर हाम्रोमा भने भएको एउटा अन्तरास्ट्रिय विमानस्थलको हालत देख्दा मनै खिन्न भएर आउँछ । हो हामीलाई थाहा छ देश दरिद्र छ । हामीलाई मात्रै होइन पुरा विश्वलाई नै थाहा छ । तर देशको एकमात्रै अन्तरास्ट्रिय हवाइनाकालाई अलिकती राम्रो बनाउनु पर्ने हैन र? अली हेर्न लायकको बनाउनु पर्ने होइन र? रिनै लिएर भये पनि । तर नेपालको बिडम्वना … नेताहरु काम नलाग्ने भए भए जनता हरु पनि त्यस्तै छन् । बिचारी हरु धेरै छन् । धेरै कुरामा जान्ने हुनु पर्छ हामीलाई । केही बन्न थाल्यो भने नचाहिने कुतर्क धेरै गर्ने हरु निस्कन्छन । तीनीहरु योगदान केही गर्दैनन … बिकासमा अवरोध गर्दछन। त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थललाई ल अलिकती सुधार गर्ने रे ।।।भनेर योजना बनाइएछ भने पनि फलानाले ठेक्का पायो रे ढिस्कानाले किन पाएन? भन्ने यावत किसिमका विरोधका स्वर सुन्नमा आइहाल्छन ।
    त्यस माथि एउटा पार्टिको सरकारले बनाएको राम्रो राम्रो योजना पनि विपक्षी पार्टिको विरोधमा तुहिन पुग्छ । तेही भएर होला देश सधैंं अव्यवस्थित का अव्यवस्थित रहेको … अशिक्षित जनता त अशिक्षित नै भए यहाँँ कलेज अनी विश्वबिद्यालयको डिग्री धारी हरु पनि त्यस्तै छन । मैले सबैलाई भन्न खोजेको होइन तर हामी कहाँँ यस्ता पक्षपाती, संकिर्ण दृष्‍टिकोण राख्ने हरु अनी असभ्य शिक्षित हरु निक्कै छन । दूरदृष्‍टि राख्ने हरु पाउन एकदमै गाहरो छ । मलाई लाग्छ हाम्रो संस्कार नै गलत छ । बाटो काट्नको लागि ओवरहेड ब्रिज छ तर हामी जोखिमै मोलेर भयता पनि बाटो काट्न रुचाउँछौं भलै हाम्रो यो कार्यले अरुलाई गाहरो किन नबनाओस । बसमा यात्राा गर्दा ठेलमठेल गरेर भयता पनि हामी ५, १० मिनेट अघी पुग्ने भनेर अताइनअटाइ यात्राा गर्न रुचाउँछौं । त्यसले गर्दा दुर्घटना हुने सम्भावना बढ्छ भन्ने हामीलाई थाहा छ नै। हामी भ्रस्टाचारिलाई जेल हाल्नु पर्छ भन्छौँ तर आफ्नो काम छिटोछिटो गराउन घूस दिन पछी सर्दैनौ । यस्ता यस्ता छौं हामी अनी पोखरामा विमानस्थल बन्नेभो भन्दा टाउको दुखाउने हरु निस्किनु स्वभाविक नै हो जस्तो लाग्छ मलाई । तर म भने आशावादी छु, खुशी पनि छु । पोखरामा क्षेत्रीय अन्तरास्ट्रिय विमानस्थल बनेर मलाई प्रत्यक्ष केही व्यक्तिगत लाभ छैन । तर सुन्दर प्राकृतिक छटाका कारणले विश्व माझ परिचित हाम्रो मनोरम पोखरामा यो प्रस्तावित बिमानस्थल बन्यो भने यहाँँको पर्यटन बिकासमा अवश्य पनि यसले सकरात्मक नतिजा ल्याउने छ । हो वरपर पहाडहरु छन अलिकती जोखिम हुन्छ नै तर जोखिम छ भनेर के पोखरामा कहिले पनि अन्तरराष्ट्रिय विमानस्थल नबनाउने? के पोखरामा बिमानस्थल बनाउन मिल्छ कि मिल्दैन भनेर सम्भाव्य अध्ययन गर्ने हरु पटमुर्ख हुन ? अन्धा हुन र ति डाँडाकाँडा नदेखा हुन तिनले? उदेक लाग्छ बा यहाँँ नेगेटिव कमेन्ट गर्ने हरु देखेर! कती धेरै बिचारीहरु । क्षेत्रिय भने पछी बोइङ ७८७, ७७७ जस्ता ठूलठूला जहाजहरु त ओराल्दैन भनेर भनेको जस्तो पनि लागेको थियो तर कुरै नबुझी हाम्रा बिचारी अनी बुझक्कड साथीहरु प्याच्च प्याच्च कमेन्ट हान्छन अनी मलाई उदेक लाग्छ ।

    बाहिर कतै घुम्न जाँदा सामान्य ठाउँमा पनि पर्यटकको घुइँचो देख्दा मलाई सधैं लाग्छ हाम्रो देशमा पनि पर्यटनको पूर्वधारहरुको राम्रो बिकास भएमा यस्तै घुइँचो हुन्थ्यो होला बाह्रै महिना। बर्षमा पाँच सात लाख पर्यटक मुश्किलले आउने यो देशमा २०, ३० लाख पर्यटक आउथे होलान। तर के गर्नु पर्यटनको राजधानीमा एउटा क्षेत्रीय स्तरको अन्तरराष्ट्रिय बिमानस्थल बन्ने भो रे भन्ने समाचार आउँदा बनाउनु ठीक छैन भन्ने हरु निस्किन्छन । यस्तै सन्स्कार बोकेका छौं हामीले । काठमान्डु पछीको अलिकती पर्यटनको राम्रो सम्भावना बोकेको ठाउँँ भनेको पोखरा नै हो । अनी लुम्बिनी र चितवन अनी सोलु । पश्चिमाञ्चलको केन्द्र बिन्दू …. पनि । यस भेगबाट बैदेशिक रोजगारमा जानेहरुलाई कती लाभ हुन्छ त्यो भनेर साध्य नै छैन । मलाई लाग्छ रिनको भार पर्ने भो भनेर दु:ख मनाउ गर्नु को कुनै तूक छैन । त्यस्ता रिन त देशले कती पायो पायो।। सबै झ्वम पर्‍यो भनेर भन्छौँ हामी तर रिनमा नै सहि यो बिमान्स्थल साच्चिकै राम्रै बन्यो भने पक्कै पनि १०, १५ बर्षमा पोखरा अनी आसपासको जिल्लाहरुको पर्यटन लागायत बिकासका अन्य क्षेत्रमा पनि आमूल परिवर्तन आउने छ । अनी त्यस बाट देशले राम्रै लाभ लिन सक्नेछ । त्यसैले पोखरामा नयाँँ बिमान्स्थल बन्ने कुरा एकदमै स्वागत योग्य कुरो हो ।

    तर फोटोमा देखाइएको साइनबोर्डमा purposed को सट्टा proposed हुनुपर्ने होइन र?

    Reply
  5. Jay says:
    April 10, 2014 at 5:48 pm

    अन्तराष्ट्रिय बिमान स्थल बन्नु सबै कुराको विचार गरेर स्थान चयन गरे धेरै राम्रो हुन्थ्यो ||

    Reply
  6. prayas says:
    April 10, 2014 at 3:56 pm

    गोर्खा जिल्ला को छेपेटार मा बनाउनु पर्छ……सम्म जग्गा दाया बाया दरौदी नदि ……अलि माथि गोर्खा बजार …….त्यहाँ बाट हेर्दा मनासलु हिमाल ,बुद्ध हिमाल ,गणेश हिमाल .आहा कति सौन्दर्य ले भरिपुर्ण ठाउ लाइ बिर्सनु हुदैन …….त्यहाँ बाट जता गएपनि नजिक पर्छ ……काठमाडौँ ,पोखरा ,तराई ,पहाड जहागयेपानी सेन्टर पर्ने ठाउ भनेको गोर्खा हो ……..सबै मिलेर गोर्खा मा नै बनाउनु पर्छ भन्नु पर्छ नेपाली साथीहरु …………………….पृथ्वी नारायण शाह को जिल्ला मा नै बनौन पर्छ भन्ने हामीलाई लागेको छ …….कि कसो ?

    Reply
  7. harkaman shahi says:
    April 10, 2014 at 2:52 pm

    जनतालै खुट्टा तान्नु देखि नै फुर्सद छैन अनि के बन्छ त हाम्रो देशमा ? हरेक कामको निर्माण र निर्देशको लागि आफ्नै समय परिचालन गरियको हुन्छ.. त्यो कसले बुझ्ने..!

    Reply
  8. sandeep says:
    April 10, 2014 at 11:28 am

    अब बन्न लागेको कुरा लै पनि यसरी बिरोध गर्नु को कुनै तुक देख्दिन .. पोखरा मा डाँडा भयो अनि तराई को निजगढ र लुम्बिनी मा भारतीय सिमा नजिक भयो . , अनि विमानस्थल त चाहियो / नेपाल जहाँ डाँडा काँडा ले वरिएको छ त्यहाँ भौगोलिक रुप मा अनुपयुक्त छ भन्नु दाढ़े प्रबृत्ति हो.. … देश मा एउटा बैकल्पिक विमानस्थल चाहिएको बेला पोखरा मा बिगत ४० वर्ष देखि अधिग्रहण गरेर राखेको जग्गा मा विमानस्थल बन्न पर्छ, विकास बिरोधि कुरा भन्या नगरेकै राम्रो ………
    कुरा आयो sinkhole को… sinkhole परेको ठाउँ र प्रस्थाबित विमानस्थल करिब २० किलोमीटर को दुरी मा पर्छ , यो कुरा पनि चेतना भया….
    प्राबिधिक रिपोर्ट ले छेत्रीय अन्तरास्ट्रिय विमानस्थल को लागि उपयुक्त छ भन्ने रिपोर्ट दियिसकेको छ… थप जग्गा अधिग्रहण गर्न पर्ने छ आनी पोखरा मा सुबिधा सम्पन्न विमानस्थल बन्छ बन्छ ……. आब कोहि michael लाल ले पनि पोखरा मा विमानस्थल बनाउने कुरा मा नकारात्मक विचार नराखे राम्रो….

    Reply
  9. cRIS says:
    April 10, 2014 at 10:53 am

    बिकल्प अन्तराष्ट्रिय विमानस्थल त अतिआवस्यक छ नेपालमा, तर दुवै उपत्याका भूगोलमा बनाउन चाही, मुर्ख कुरो हो| क्षेत्रीय हिसाबले र मार्केटिंग हिसाबले नेपालको तराईको बिराटनगर या खेतीयोग्य जमिन जोगाउने हो भने, धरान या चुरे पहाडको फेदी तिर बनाउदा उपयुक्त हुन्छ| पोखराको स्थानियको दिमागमा कुन चै हरिलंठुकले यो कुरो भरिदियेछ?? अब कुरो जनमानसमा आइसकेपछि, त्यसलाई निरास पार्न पनि हुदैन| नेपालका विकासे योजनाहरु यस्तै हचुवाको भरमा हुन्छ?? अध्यनको अभाब| बिडम्बना|

    Reply
    1. cRIS says:
      April 11, 2014 at 5:25 am

      “क्षेत्रीय र मार्केटिंग” लाई अलिक खुलस्त बनाउन उचित लाग्यो| नेपालको पश्चिम तिर क्षेत्रीय हिसाबले भारतको दिल्ली (अन्तराष्ट्रिय विमानस्थल) नजिकै भएकोले मार्केटिंगमा असर पार्छ| नेपालको पूर्वमा नजिकै को अन्तराष्ट्रिय विमानस्थल भनेको, कलकता र ढाका होलान| हाम्रो चाहि बिराटनगर तिर बनाइए, काठमान्डू हिडेको जहाज मौसम खराब भए यहाँ अवतरण गर्नेछन! भारत पुग्न पर्दैन| भारतको बिहार र आस्सम, मिजोरम तिरकालाई पनि मार्केटिंग गर्न सजिलो होला| ईष्ट एसियाका देशहरुबाट मिडिल ईष्ट या युरोप उड्ने जहाजहरुलाई स्टप-ओभर गर्ने हेतुले (बसको मुग्लिन जस्तै) मार्केटिंग गर्न सकिन्थ्यो|

      Reply
  10. Arjun Maharjan says:
    April 10, 2014 at 10:31 am

    It is good that another international airport is underway. but is it technically viable to construct international airport in Pokhara in such a huge investment? it is a debatable question.

    Since pokhara is valley, it will really be a challenge for huge aircraft to operate within the valley. My opinion is to build up a big international airport in Nighgadh, Bara where big planes like Boeing 747 and Airbus A380 can operate and also develop regional airport in Pokhara where mediun aircraft like Boeing 737, Air bus A320 and ATR 72s can operate.

    Bara airport will serve as the hub airport and visitors to Pokhara will take connecting flights to Pokhara and other places. this will make sense in terms of such a huge investment which is a loan and have to paid back.

    Reply
  11. samrat~ says:
    April 10, 2014 at 9:45 am

    सम्राट को बिचार मा है … बच्चा बेला देखिन नै सुनिदै आएको कुरा हो एकदिन पोखरा भासिन्छ र ठुलो दह मा परिणत हुनेछ भनेर. अहिले आएर कुरा ठिकै हो जस्तो लाग्छ..हाल को ठाम ठाम मा सिंक होल उत्पति हुनु , under ground river ले चुन ढुंगे माटो लाइ कटानी गरेर निस्केको सेती नदि. पोखरा को भू बनावट एक दमै कमजोड छ. यो ध्रुब सत्य भौगोलिक सास्त्री हरु ले उहिले नै सर्बेक्छन गरि सकेको कुरो हो. तेसै कारण ले त्याहा अरबौ खरबौ रुपैया लगानी गरेर राष्ट्र को द्रब्ये नास गर्नु राम्रो हैन. हो पोखरा बासि को लागि खुसि को कुरा होला तर उनीहरु ले पोखरा को नागरिक हैन नेपाल को नागरिक को मनसाय ले हेरी चित्त बुझाएर बस्नु नै उपर्युक्त होला.
    बरु त्यो सुन्दर नगरी लाइ अझ सुन्दर बनाउन अहिले भएको बिमान स्थल लाइ आधुनिकरण गरेर बोइङ्ग हैन सानो जेट हरु उडाउन सक्ने infrastructure बनाउदा राम्रो होला.
    येदि रास्ट्र को लाभ हेर्ने हो भने पक्कै पनि लुम्बिनी मा अन्तेर्रास्त्रिये बिमान स्थल बनाउनु धेरै उपर्युक्त हुन्छ. लुम्बिनी को बिकास गरेर पबित्र भगवान बुध को जन्म थलो लाइ संसार कै बुद्धिस्ट हरु को मेक्का बनाउन सकिन्छ जस बाट बर्सेनि लाखौ लाख को संसार भरि बाट बुद्धिस्ट भक्तजन हरु ऒइरायेर देश को अर्थ तन्त्र बढाउन सकिन्छ.
    अब यो कुरा लाइ ध्यान मा राखेर भित्रि मन ले देश को आर्थिक लाभ यहि कुरा मा बढी हुन्छ भनेर मेरा पोखरा बासि साथि हरु ले मलाइ रातो न चटाओस भन्ने आशा गरेको छु. जय होस् !

    Reply
  12. Rishav says:
    April 10, 2014 at 8:22 am

    Someone must have written a business feasibility report on why another international airport in Nepal is needed. Could that person come out and say why instead of making people fight?

    Reply
  13. Dipendra Subedi says:
    April 10, 2014 at 8:17 am

    I am from Pokhara,
    Sorry to say, Pokhara is not good for International Airport.
    The area that are captured for Airport is not sufficient for the big planes,
    I bet, whom the engineer is doing this cannot guarantee of sufficient land too. I think if Nepal want international plans (Boeing/AIR BUS), Heavy Planes to land in Nepal, There should be sufficient land and need at least 15 Plane to land, but this project can is done to land only 4/5 Big planes and 14/15 Medium Planes.
    So it think rather wasting the money(Budget), we should think of big alternative plans to land rather on TIA, Kathmandu.

    Reply
  14. kazi rai says:
    April 10, 2014 at 8:08 am

    पोखरामा बन्न लागेको अन्तराष्ट्रिय होइन क्या क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल हो कस्तो कुरा नाबुज्या ..

    Reply
    1. bhakta says:
      April 11, 2014 at 2:02 am

      अनि काठमाडौँ को भन्दा राम्रो भएसी अन्तरस्ट्रिये प्लेन पोखरा हानिए भनेनी?

      Reply
  15. Ram Sharma says:
    April 10, 2014 at 5:39 am

    हैन, बनाउने कुरोको बिश्वास छैन , बनिसक्यो भने पो !! नेपाल मा भाका जहाज त बो का बलि काटेर उदाउनु पर्नेछ … फाइदा कसले लाने हो …. अलि सुबिधा त पक्कै हुन्छा

    Reply
  16. Basant says:
    April 10, 2014 at 4:42 am

    अस्ति भर्खर लुम्बिनी मा बन्न को लागि टेन्डर सुरु भयो सन् २०१७ मा पुरा हुने भनेर हल्ला गर्यो अब फेरि यो के हो ? अब हल्लै हल्ला तेसै मरिन्छ अर्को जुनी मा पो देखिने हो कि ?

    Reply
  17. Dor Prasad says:
    April 10, 2014 at 1:17 am

    पोखरा मा अन्तराष्ट्रिय बिमान नेपाल लै ठुलो फाइदा छैन …. फाइदा नै नहुने चाही होइन … बिदेशी को जेट ले सिधै पोखरा झार्नु भन्दा काठमाडौँ झरेर नेपाली प्लेन ले बरु काम पाउदा बेश … बरु नेपाल को सुदुर पश्चिम वा पूर्व बनाउदा नया पर्येटन को ढोका खुल्थे कि ???

    Reply
  18. ashok says:
    April 10, 2014 at 12:32 am

    पोखराका जनताले अन्तरास्ट्रिय एयरपोर्टको माग गर्नुमा कुनै दोष छैन, तर नेपाल सरकारले के का लागी अन्तरास्ट्रिय एयरपोर्ट बनाउने?

    Reply
  19. सिर्जने says:
    April 9, 2014 at 11:17 pm

    पोखरा भौगर्भिक हिसाबले, भौगोलिक अनि आर्थिक-सामाजिक हिसाबले अन्तरास्ट्रिय बिमानस्थलको लागि उपयुक्त छैन/ हेटौडा-काठमान्डू सुरुङ्गमार्ग बन्ने हुनाले हेटौडाको छेउछाउ ठिक हुन्छ/ लुम्बिनी पनि अर्को राम्रो विकल्प हो /

    Reply
  20. bhim says:
    April 9, 2014 at 9:16 pm

    लुम्बिनीमा पहिले नि जापानले बजेट छुट्टाएकै हो l कहाँ गयो त्यो बजेट ? लाज लाग्दो कुरा अहिलेसम्म निर्माणधीनमा नै छ भन्नु पर्ला र अन्तराष्ट्रिय विमानस्थल सेक्युरिटीको हिसाबले बोर्डर मा बनाईदैन l पोखराको कुरा राजनीतिक कुरा मात्र हो l बनाए नहुने केही छैन l जेट विमान पहिले नै उडाएको देखी सकेको छ l

    Reply
  21. Devid Nelson says:
    April 9, 2014 at 9:12 pm

    पोखरामा बिमान स्थल बनाउदा हामि पुर्बेली र सुदुर पश्चिमेली जनतालाई फाइदा के ? काठमाडौँ र पोखरा त हाम्रो लागि त उस्तै भै हाले नि कागलाई बेल पाको हर्स न बिस्मात जस्तै हो यो पुर्बेली र सुदुर पश्चिमेली जनतालाइ त बरु निजगड तिर वा चितवन तिर सबको लागि पायक पर्ने स्थानमा बनाउदा उपयुक्त होला

    Reply
  22. Jeewan Rai says:
    April 9, 2014 at 8:58 pm

    लु बाजी ठोकुमं : म भन्छु यो बन्दैन / गफ् मात्र हो /

    बन्छ भन्नेले dislike गर्नु होला / बन्दैन भन्नेले like गर्नु होला /

    Reply
  23. amrit subedi doha says:
    April 9, 2014 at 8:28 pm

    भन्दा भन्दै साथीहरु ले मेरो आगनमा बनाउनु पर्छ भन्न लागे यार ! अन्तरास्ट्रिय किर्केट स्टेडियम र अन्तरास्ट्रिय विमानस्थल पोखरामा नै हुनुपर्छ ! इंग्ल्यान्डका खेलाडीहरु लन्डन को हिथ्रॊ देखि सोझै पोखरा आउँन सकुन ! परश खड्काले हानेको छक्का हेर्न शिर उचाल्दा माछापुछ्रे टलक्क टल्कियोस, र बल स्टेडियम कटेर छ्प्ल्यांग फेवा तालको पानी मा !!!

    Reply
  24. Uttam says:
    April 9, 2014 at 7:10 pm

    के किचकिच गरिराको भन्या खुरुक्क न ति डाडाहरु काटेर सानो बानाईदे त कुरै सकियो
    हामि एक्काइसौ सताब्दी को मान्छे ले गर्न नसक्ने नि हुन्छ
    मेरो बिचारमा डाडाहरु काट्नु नाई राम्रो उपाय हो …..

    Reply
  25. रैथाने says:
    April 9, 2014 at 6:40 pm

    पोखरामा अन्तरास्ट्रिय बिमानस्थल बनाउने भनेको देशको आर्थिक सामाजिक भौगोलिक पर्याबरणिय, भुबस्तुस्थिति आदिको बारेमा दुर द्रिस्ट्रि नभयको, बिबेकसुन्य चेतनाहिन कुनै क्षणिक र निश्चित वर्ग समुदायको मात्र हितको कुरा सोच्ने अदुरदर्शी नालायक व्यक्तिहरुको कुरा हो!
    पोखरा बासीको त ल कुरा भयन किनकि तिनीहरु आफ्नो ठाउमा अन्तरास्ट्रिय बिमानस्थल बनेमा केकेनै हुन्छ पोखरा अन्तरास्त्रियकरण हुन्छ र हामि पोखरा बासि पनि अन्तरास्ट्रिय व्यक्ति हुन्छु भन्ने लालाहट अनि पेट भर्ने र कमाउने ध्याउन्नमा उनीहरुले देसको दुरगामी असर र प्रभाब अनि त्यहा अन्तरास्ट्रिय विमानस्थ बन्दा देशलाई पर्न सक्ने दुरगामी असर र प्रभाब आदि कुराहरु सोच्न सक्दैनन् वा चाहन्नन् रे तर यी देश बिकाश गर्छु देश हाक्छु भन्ने नेता प्रशाशक र ब्याबस्थापक को चेतना र बिबेक अनि द्रिस्ट्रि र बिचारमा चाहि रतन्धो भाको हो कि मोति बिन्दु कुन्नि?
    पोखरामा अन्तरास्ट्रिय बिमानस्थलको लागि,
    – भौगोलिक हिसाबले अनुचित,
    – धरातलीय र पोखराको भू बनोट र माटो (बनेको छामहिना पछि सिंक होल देखापर्न थाल्यो भने?) अन्तरास्ट्रिय बिमानास्थालाकोलागी अनुपयुक्त!
    – पोखरा सानो सुन्दर पर्यटकिय नगरी प्राकृतिक स्वोच्छाता र सौन्दर्यलाई यस्ता अन्तरास्ट्रिय बिमानस्थल बनाइ गिजोल्नु उपयुक्त हुदैन तेस्लाई आफ्नै स्वोच्छान्दतामा ब्याबस्थित गरिनु पर्छ!
    – अन्तरास्ट्रिय बिमानस्थल भनेको एउटा सहर वा नगरलाई भएर बनाइने कुरा होइन तेस्ले देशको कम्तिमा एउटा क्षत्रको समस्टिगत सेवा पुर्याओस र प्रतिनिधित्वो गरोस!
    यसको लागि निजगढ जस्तो क्षत्र निकै उपयुक्त हुन सक्छ किनकि तेस्ले पोखरा भन्दा दशौ गुणा बढी देशको भूभाग र जनजीवन अनि पर्यटन र पर्य तकिया क्षत्र आदिको संबोधन र सर्भ गर्दछ!
    तेसैले पोखरा अन्तरास्ट्रिय विमास्थल तिर उल्झिनु भन्दा बारा या त्यो भन्दा उपयुक्त अन्य ठाउमा छिटो भन्दा छिटो जोजना लागु गरि निर्माण सुरुगर्नु उचित हुने छ!
    बारा निजगढमा बने सो विमानस्थलले नेपालको पूर्व पश्चिम उत्तर दक्षिणको अधिकांश क्षत्रलाई सेवा पुर्याउन सक्छ भने इण्डियाको उत्तरक्षत्रको अन्तरास्ट्रिय प्यासेन्जर लाइ पनि प्रभाब पार्न सक्दछ जसरि पश्चिम तिरका नेपालि दिल्ली र पुर्बकाले कलकत्ता विमानस्थल प्रयोग गर्छन तेसरिनै इण्डियन हरु नेपालको अनराष्त्रिय बिमानस्थल बाट औ जाउ गर्ने छ!
    पोखराको दिगो बिकाश प्रबर्द्वन ब्याबस्थापन र स्थाई कोटिको दुरगामी प्राकृतिक जीवन सोच्ने र चाहने पोखरा बासि ले यो अन्तरास्ट्रिय बिमानस्थल चाहदैनन्!
    जो जग्गा बेचेर धनि हुन चाहन्छन, जो ट्याक्सी चलाउने, होटेल चलाउने र आफ्नो क्षणिक ब्याबसायिक स्वार्थमा लिप्त छन् तिनिहरुमात्र यो बिमानस्थल चाहेर आफ्नो स्वार्थको लागि जनता उतार्न उध्धत्ता छन्!
    जो अन्तरास्ट्रिय पर्यटक पोखरा जान चाहन्छन पोखरा चिनेका सुनेका छन् तिनीहरुलाई पोखरामै अन्तरास्ट्रिय बिमानस्थल हुनु पर्दैन! बगर महेन्द्रपुल फेवाताल, घान्द्रुक र घोरेपानी घर भयका केहि नेपालीहरुलाई चाहि यसले निकै फाइदा र सहजता देला तर देशको सोच्ने हो भने यो नितान्त गलत छ!
    पोखरालाई सुन्दरी बनाउ सुन्दरी रहनादिउ, बिकाशको नाममा कोरी नबनाउ!

    Reply
  26. BT Malla says:
    April 9, 2014 at 6:35 pm

    “बिनाश काले बिपरित बुद्धि” भनेको येही हो….. अब ठुला ठुला बोइङ्ग बिमान हरु ले सिधै माछापुछ्रे, अन्नपुर्ण र धौलागिरी लाई सिधै किस खाने भए… लौ पशुपति नाथ रक्छा गर…

    Reply
  27. Rajesh rai says:
    April 9, 2014 at 6:34 pm

    कतै यो मेलम्ची जस्तै हुने त् होइन /हजुरबाको पालामा सुरु हुने पनातिको पालामा पनि नसकिने /

    Reply
  28. Nirab says:
    April 9, 2014 at 6:08 pm

    नेपाल को अर्थतन्त्र अहिले के मा टिकेको छ र २० वर्ष सम्म के मा तिक्छा? रेमिटान्समा. यो सबै आधुनिकता के ले गर्दा भित्रेको, रेमिटान्स ले. पश्चिम नेपाल अझै येस्मा किन पछि परि राको छ, रेमिटान्स नाभित्रेरा. मध्ये सुदुर पश्चिमका मान्छे अझै पनि खाडी, मलाया सम्म जान पनि तेत्ति सकेको छैनन्. तेतातिरा एउटा विमानस्थल हुने भए धेरै परिवोर्तन आउन सक्छ. पोखरा र काठमाडौँ त लगभग सिस्टर सिटी भन्दा हुन्छा. बरु त्यो विमानस्थल पोखरामा बनौन भन्दा प्रिथिबि राजमार्ग ४ लेनको बनाए हुन्छा अनि ३ घन्टामा पुगीन्छा kathmandau बाट. राज्य जनताप्रति समान रुपले उत्तरदायी हुने भए कोहोलपुर, धनगडी ओरिपरि बन्नु पर्छ विमानस्थल. के गर्ने जसको चर्को आवाज छ तेस्कै मात्रै कुरा सुनिन्छा यहाँ

    Reply
  29. Pushpa says:
    April 9, 2014 at 5:47 pm

    अहिले को आवसक्त्य भनेको काठमान्डू मा रहेको एरपोर्ट लै बरु पुरै अन्तरास्ट्रिय बनाएर थप अर्को डोमेस्टिक अन्य ठाउमा बनाउनु उपयुक्त हुनेछ | पोखरा मा अर्को चाहिन्न जस्तो लाग्छ | देश समृध्ही तिर लाग्यो भने फेरि बनाउला नि तेतिबेला हुन्न र ?

    Reply
  30. Suraj Shrestha says:
    April 9, 2014 at 5:44 pm

    मेरो बिचारमा पोखरामा नया विमानस्थल बन्नु राम्रो कुरो हो र बन्छ पनि तर अन्तरराष्ट्रियको रुप लिन अझ कति दशक लाग्छ ठेगान छैन

    बारा निजगढको अन्तरराष्ट्रिय विमानस्थल ५० अरब नेपाली रुपैयामा बन्ने भन्ने कुरा कुनै कोरियन परामर्शदाता संस्थाले गरेको नक्सा सहित ४/५ बर्ष अघि सार्वजनिक भएको थियो, त्यो कुराको अहिले चर्चा बिरलै सुन्न र पढ्न पाइन्छ

    ठुला ठुला आयोजना जस्तै कर्णाली, महाकाली, मेलम्ची, अरुण, गण्डक (नारायणी), सेती, भेरी र अन्य कागजमा कोरिएको दशकै अर्थात् पुस्तानै भै सक्यो तर हामी नेपालीहरुले फल पाउने कुरा महत्व राख्द छ

    यौटा दलले गरेको अर्कोले खुट्टा तान्ने प्रवृति नेपालमा घट्नुको सट्टा झन् झन् बढ्दै जानाले हाम्रो प्रगतिमा धेरै बाधा आएको देखिन्छ

    म साधारण नेपाली नागरिकले नेपालमा भै रहेको विकास आयोजनाहरुलाई सुध्रिड बनाउने, क्षमताको विकास गर्ने, जनमुखी र आत्मनिर्भर हुने कुरामा जोड दिनु पर्ने सल्लाह दिन्छु साथै आर्थिक, सामाजिक र प्राकृतिक बाताबरणमुखी बिकाश आयोजनाहरुलाई प्राथमिकता दिनु पर्दछ

    सुरज

    Reply
  31. max says:
    April 9, 2014 at 4:43 pm

    I am from pokhara as well. Its my personal thought.
    We need alternative airport so people are demanding that alternative. Political leaders always ignore the technical difficulties. They just want to impress their voters.
    When government capture the land as name of airport they didnot clarified it is for big local airport not for a international airport . They haven’t menitoned it is technically not good for international airport.
    We need a little bit bigger airport in Pokhara which at least can hold a bigger plane which can fly at least 100 people in a flight.
    We really donot need that very big international airport in Pokhara. its my thought, we donot have to spoil our environment as name of development. Pokhara is already developed in terms of tourism. We need a big airport for alternative airport where is more flat land, riskless emergency landing of international flight. Why we donot think if alternative landing flight also our good income instead sending flight to India or Bangadesh???
    I better suggest our political leader think twice before investing huge amount of Money and then decide to built good quality international flight airport either in Lumbini or Chitwan which is very short distance to either pokhara or Kathmandu or Dandgadi from local flight.

    Remember that there are already a good example of international airport was closed due to high number accident of big plane. Technology is developing but the big flight need a certain speed, if they donot maintain that they will crash. It will be the future car landing place as their are some flying car starting to take over the market very soon.

    Reply
  32. Shankar says:
    April 9, 2014 at 4:36 pm

    काठमान्डू मा भैरहेको विमानस्थल लाइ नै आधुनिक र अंतर्रास्त्रियस्तर को विमानस्थलमा परिणत गरौ अनि निजगढ मा आर्को बनाउ |
    काठ – हेटौडा सुरुङ्ग मार्ग बन्ने भएकोले रइन्डियन र चिनिया रेल लाइन ले पनि छुने भएकोले तेसो गरम |
    पोखरालाई , लुम्बिनीलाई १-१ आधुनिक बसपार्क बनाइदिनु |

    Reply
  33. Deepak G C says:
    April 9, 2014 at 4:33 pm

    कहिले पोखरामा अन्तरष्ट्रिय विमानस्थल त कहिले लुम्बिनी र कहिले बारामा, अब जताततै अन्तरष्ट्रिय विमानस्थल बनाएर उपयोग चाहिँ कसरि गर्ने ? संसारभरकै चलन हेर्ने हो भनेपनि देशको राजधानीमा एउटा अन्तरष्ट्रिय स्तरको विमानस्थल हुन्छ र अधिकांस उडानहरु त्यहि बाट हुन्छ | बरु काठमाडौँकै विमानस्थल लाइ अन्तरष्ट्रिय स्तरको बनाउनु आवस्यक छ र विमानस्थल बाटै नेपालका सबै जिल्लामा सोझो बससेवा चलाउनु पर्छ (सिन्डिकेट वाला हरुले त्यसको बिरोध गर्लान तर तिनीहरुलाइ पाता कस्नु पर्छ) | बरु एउटा विमानस्थल लुम्बिनीमा बनाउदा राम्रो होला, कारण समथल भूभाग, पर्यटन, मौसम सबैपक्ष्य बाट उपयुक्त | मलाइ थाहा छ भारतले त्यहाँ बनौन दिदैन किनकि लुम्बिनीमा अन्तरष्ट्रिय विमानस्थल बन्यो भने लुम्बिनीको प्रचार प्रसार हुन्छ र उसले बनाएको नक्कली लुम्बिनीमा कोहि पर्यटक जादैनन् | म पोखराको विकास बिरोधि हैन र मैले मेरो धेरै बाल्यकाल पोखरामा नै बिताएको हो तर पोखराको पर्यटन संगसंगै लुम्बिनीमा पनि पर्यटन को बिकाश जरुरि छ | बरु पोखरा-काठमाडौँ रेल सेवा बिस्तार गर्नु निकै आवस्यक छ |

    Reply
  34. dharmendra says:
    April 9, 2014 at 4:28 pm

    हामी एक्काइसौ सताब्दी का मानिस हरु प्राबिधिक रुपमा पोखरा मा अन्तरास्ट्रिय विमानस्थल उपयुक्त छैन भन्नु मुर्ख्याई हुनेछ /

    Reply
  35. Sherpa Ang says:
    April 9, 2014 at 3:57 pm

    पोखरामा अन्तरास्ट्रीय बिमान इस्थल बनाउनु बाट पछि हट्न सक्तैन !
    कसरी सकिन्छ विकल्प पो खोच्नु पर्नेमा ,आनाकानी गरि पछि दकेल्ल्दै छन्
    आर्थिक र ब्यबस्थापन को कुरा गर्नेहो भने एयरपोर्ट भित्र घुस खाने ,घाम ताप्ने ,कामगर्न
    नसक्ने हजारौं कर्मचारी हरुलाई हटाउनु पर्छ !हाम्रो देसमा प्लेन चाट्ने ग्राहक भन्दा
    कर्मचारी धेरै छन् !जो मान्छे हरु Manage गर्न सक्तैन तिनिहरुनै आर्थिकको बढी कुरा गर्छ !

    Reply
  36. Bindu says:
    April 9, 2014 at 3:43 pm

    नेपालको भलाई हुने कुरामा नेपाल सरकार या नेताहरुको भर नपरौ ! बहाहरु कठपुतली हुनुभएको छ . भारतीय हितलाई ध्यानमा राखेर काम गर्नु हुन्छ .

    नेपाली जनता नै जाग्नु पर्छ .
    पर्यटकीय दृस्टी कोणले हेर्दा पोखरामा नै अन्तरास्ट्रीय बिमानस्थल बनाउनु नेपालको हितमा
    हुने छ .

    Reply
  37. MAHESH says:
    April 9, 2014 at 2:11 pm

    बिमानस्थल त लुम्बिनी मा बनाउनु उपयुक्त छ. पर्यटकीय तथा भौगोलिक हिसाबले पनि, पोखरा त सबै कुरा को विश्लेषण गरेर हेर्ने हो भने ठिक छैन.

    Reply
  38. Chandra GC,Dubai says:
    April 9, 2014 at 2:09 pm

    लेख study गर्दा त प्राविधिक कारणले गारो रहेछ ….. नेपाल मा सधै येस्तै…… तेत्रो लगानी गर्दा एसो study गर्नु पर्ने हो ….. त्यो लगानी भैरहवा / भक्तपुर / बारा मा study गरि बरु suitable स्थानमा लगानी गर्दा राम्रो हुनिथियो ….. सबै लै चेतना भया /

    Reply
  39. achut says:
    April 9, 2014 at 2:00 pm

    चाहिन्छ, पोखरा मा मात्र हैन पाचै बिकाश क्षेत्र मा सुबिधा सम्पन्न अन्तरास्ट्रिय स्थर को विमानस्थल चाहिन्छ तर ‘बोका’ ले हलो तानेन भन्ने अनि ‘भेडा’ किन्न ऋण लिनु कहाँ सम्म को बुद्धिमानी हो र?गोरु किन्नु पर्छ पासा दिमाग लगा दिमाग…..

    Reply
    1. neerose says:
      April 9, 2014 at 3:40 pm

      पाचै बिकाश क्षत्रमा अन्तरास्ट्रिय बिमान? हाहाहा!
      त्यो भन्दा बरु हरेक जिल्लामा अन्तरास्ट्रिय बिमान स्थाल र हरेक गाविसमा रास्ट्रिय बिमान स्थल हुनुपर्छ वा चाहिन्छ भन्याभय हुन्थ्यो क्या!
      भयको एउट अन्तरास्ट्रिय बिमान स्थललाई राम्ररि सुबिधा सम्पन्न र खतरामुक्त तरिकाले ब्याबस्थापन र संचालन गरे हुन्थ्यो!
      यो देशलाई एउटा अन्तरास्ट्रिय बिमानस्थल काफी छ, ल एउटा अलिकम हुन्छ कहिले काही भार वा आकस्मिक रुपले अर्को बैकल्पिक बिमानस्थल चाहिन्छ भनौ र त्यो उपयुक्तापानी हुन्छ!
      तेसैले दुइवोटा अन्तरास्ट्रिय बिमानास्थालालाई अन्तरास्ट्रिय स्तरमा संचालन र ब्याबस्थित गर्नु पर्छ र त्यो आबस्यक छ!
      एउटा अन्तरास्ट्रिय बिमानस्थल बास्तबमा बारा निजगढ क्षत्रमा बनाउने र अर्को एउटा सुदुर पक्ष्चिम, सुर्खेत वा तेताको उपयुक्त स्थानमा बनाउनु यो देशको लागि सर्वथा उपयुक्त हुने छ तेसरी दुइवोटा अन्तरास्ट्रिय बिमानस्थल बनेर संचालनमा आयपछी काठमाण्डुको बिमानास्थालालाई क्षत्रिय मा परिवर्तन गर्नु पर्छ भन्छु म!
      बास्तबमा पोखरा जस्तो प्राकृतिक सुन्दरताले भरियाको र भौगोलिक परिबरण साथै तेहाको माटो र जमिनाक्को हिसाबले पनि अन्तरास्ट्रिय बिमानस्थल बनाउनु हुदैन!
      बरु त्यो २१ अर्ब लगानीले काथमाण्डौ पोखरा वा पोखरालाई तराइ संग जोड्ने फास्ट ट्याक मोटरवे, हाइवे बनाइ पोखरालाई सुरक्षित राखी जना घनत्वो र आवादी अनि शहरीकरण लाइ उचित र सुरक्षित गरि ब्याबस्थित गर्नु पर्छ!
      पोखरामा अन्तरास्ट्रिय बिमानस्थल बनाउने कुराको मा घोर बिरोध गर्दछु! र बनाउन हुदैन भन्छु!
      काठमान्डू र भक्तपुर ललितपुर लाइ पनि अन्तरास्ट्रिय बिमान स्थल बाट अलिक पर राख्नु पर्छ तेसैले अन्तरास्ट्रिय बिमानस्थल निजगढ बारा, सुर्खेत आदि जस्तो स्थानमा बनायर बरु तेसलाई हाम्रो ठुलो र एतिहाशिक अनि प्राकृतिक सुन्दरताले भरिएको शहर र स्थानलाई द्रुत गतिको मोटरवे, ट्रेन आदिले जोड्नुपर्छ!

      Reply
      1. achut says:
        April 10, 2014 at 11:13 am

        “पाचै बिकाश क्षेत्र मा सुबिधा सम्पन्न अन्तरास्ट्रिय स्थर को विमानस्थल चाहिन्छ ”
        नकि ‘पाचै बिकाश क्षेत्र मा अन्तरास्ट्रिय विमानस्थल’ अरु कुरा मा सहमत neerose जी/

        Reply
  40. mahesh says:
    April 9, 2014 at 1:48 pm

    अन्तरास्ट्रिय बिमान स्थल बनाउने नै हो भने लुम्बिनी भन्दा उपयुक्त ठाम अरु हुदेन. भौगोलिक अबस्था, पर्यटकीय सम्भावना र पुर्बधार को कारण ले हेर्दा यो नै ठिक हो. बरु लुम्बिनी अन्तरास्ट्रिय विमानस्थल लाइ काठमाडौँ संग जोड्ने फस्ट ट्रयाक (काठमाडौँ हेटौडा फस्ट ट्रयाक बन्दै गरेको अबस्था मा यसै मा जोडेर) बनाउनु पर्छ.

    Reply
  41. kk says:
    April 9, 2014 at 1:48 pm

    खै यो त सबै दृष्टिकोणले उपयुक्त देखिएन । ठुला जहाज अवतरण/उडान गर्न जोखिम पनि र Sinkhole को समस्या पनि बढाउला जस्तो छ । उडान सुरक्षा र संचालन नाफा दुबै प्रतिकुल हुने भएकाले अन्तर्राष्ट्रिय कम्पनीहरुले यो विमानस्थल उपयोग गर्लान जस्तो पनि छैन ।

    Reply
  42. amit says:
    April 9, 2014 at 1:26 pm

    though i am from pokhara, i do not support the construction of international airport there. Instead the money should go to the construction of wider Prithivi Highway or further improvement of Trivhuvan international airport, condition over there is not good. Pokhara is also geographical not suitable and there could be serious accidents that could cause loss of life.

    Reply
  43. Samar B. says:
    April 9, 2014 at 1:26 pm

    पोखरामा अन्तरास्ट्रिय विमानस्थल बनाउनु भन्दा त निजगढमै बनाउने पहल गरेको भए राम्रो हुन्थ्यो, पूर्व पश्चिम सबै तिरको केन्द्रबिन्दु हुन्थ्यो अनि ठुला जहाज संचालन हुनाले यात्रुलाई भाडा पनि सस्तो परथ्यो.

    Reply
  44. dk says:
    April 9, 2014 at 1:25 pm

    लुम्बिनीमा international Airport हुनु जरुरि छ, तराईको समतल जमिन, जति ठुलो एरपोर्ट बनाए पनि हुने , अनि लुम्बिनी को पर्चार पनि हुने , ठुलै एरपोर्ट बन्यो भने त transit passenger , duty free shop , hotel, लुम्बिनी tour आदि बाट , सोचे भन्दा बढी आरबै नाफा थोरै समयमा हुन्छ …………..समाचार आउछ ऋण गरेर पोखरामा एरपोर्ट बनाउने रे …जय हो पोखरा !

    Reply
  45. shiva hari adhikari says:
    April 9, 2014 at 1:23 pm

    बन्नु पर्छ र ठुला बिमान पनि आबतरन गर्ने ठाउ [छेत्रफल] पनि छ र कुरा सिंक होलको
    यौटा गाउको कुनाको हो सिंगो पोखरा र सहर मा छैन

    Reply
  46. mani maharjan says:
    April 9, 2014 at 1:21 pm

    पहिला sinkhole कसरि बन्द गर्ने तिर सोचौं तेस पछि मात्र एरपोर्ट बनाउने तिर लागु न त की कशो साथी …..

    Reply
  47. पुष्प says:
    April 9, 2014 at 1:04 pm

    काठमाडौँ चत्रपथ बनाउने बेलामा मान्छेहरू काम न काज किन त्यत्रो ठूलो बाटो बनाएको भनेर टीकाटिप्पणी गर्थे रे ! अहिले आएर त्यो बाटो सानो भइसक्यो ।

    पर्यटनको प्रचूर सम्भावना रहेको हाम्रो देशमा दुइ-चार वटा अन्तर्राष्ट्रिय विमानस्थल हुनु राम्रै हो । उपयोगिताका हिसाबले वर्ष वा दशक नै काम नलाग्ने देखिए पनि एकदिन त अवश्य नै देखिनेछ । तर यस्ता विकास निर्माणका काम कसैको लहड वा जोरजबर्जस्तीमा नभई उचितरूपमा हुनुपर्छ ।

    Reply
  48. Krishna says:
    April 9, 2014 at 12:56 pm

    पोखरा मौसम को हिसाब ले पनि पर्फेक्ट छैन, त्यसैले सबै कुरा विचार गर्दा ” चितवन ” बेस्ट ठाउँ हो

    कृष्ण भारद्वाज, अस्ट्रेलिया

    Reply
    1. samrat~ says:
      April 10, 2014 at 9:56 am

      कृष्ण जी, चितवन मा तपाइँ को घर काहा ? ठ्याक्कै तेही नेर एउटा अन्त्रास्त्रिये बिमान स्थल बनाइ दिनु पर्यो भनेर माइ संसार ले सिफारिस गरिदिनेछ है ?

      Reply
    2. bhakta says:
      April 10, 2014 at 3:16 pm

      कृष्णजी ! मौसम र बाताबरण को हिसाबले पोखरा अति उत्तम ठाउ हो , कुहिरो लाग्दैन, आकास खुल्छ , पानि जम्दैन , धेरै समय पानि परिरहदैन .. भौगर्बिक बनोट कमजोरको कुरा गर्नु भा भए छुट्टै !

      Reply
  49. Suman Bjra. says:
    April 9, 2014 at 12:53 pm

    पोखरामा अन्त्रस्त्रिया स्तरको बिमानस्थल बनाउने कुरामा दुइमत छैन जस्तो लाग्छ / किनभने Pailot भटराई को कुरा काठमाडौँ विमानस्थलमा हाल उडान भरिरकेको नेपाल को ७५७ Boeing र थाई ऐर्वय्स को बिमान हेर्यो भने धेरै गुना ठुलो छ / उहाँको अनुभवलाइ पनि कदर गर्नु पर्छ तर उहलें कसरि आफ्नो आँखा बाट देखर पनि नाबुजेको जस्तो लाग्यो / कुन जहाज ठुलो र तेस्को छ्यमत को ज्ञान नभयको जस्तो छ / हाम्रो देशमा बिकाशको लहर धेरै कम छ द्रुतत गति लिननस्कुनु कारण पनि येही हो / सानो मन ठुलो धन कमाउन खोजन्नु /
    पोखरामा छिटो भन्दा छिटो हवाई मैदान बन्नै पर्छ / मेलम्ची जस्तो ३० वर्ष लाग्ने योजना हुनुहुदैन /
    माइक्रो जस्तो सानो हवाई जहाज ले दुवानी खर्च बदि हुन्छ ठुलो ले भादअ सस्तो पर्न जाज्छ/ आकाश मार्ग पनि सानो जहाज ले ट्राफिक जाम गराऊछ /

    Reply
  50. sanat sharma says:
    April 9, 2014 at 12:41 pm

    युबराज जी, पाइलट मात्र हो, वहाको एयरपोर्ट बनाउने अनुभव हैन. यहा गाड को डाक्टर ले आफुलाई क्यान्सर को डाक्टर भनेर ठुलो गफ दिए जस्तो भयो. अलिकति बिकास हुन लाग्यो कि विरोध गर्ने रोग ले हामीलाई कहिले छोड्ने भएन.

    म पोखरेली हैन. तर पोखरामा ठुलो एयरपोर्ट जरुरी छ. कस्ता कस्ता डरलाग्दा एयरपोर्ट हरु (हंगकंग, फ्रान्स, पोर्चुगल ) देखेको मलाई पोखरा जेट उतार्न सुहाउदो छैन भनेको जोक जस्तो लाग्यो. हिउ नै हिउ को बिचमा प्लेन मा यो जनवरी मा मिसिगन बाट उडेको ले पनि यस्ता बकम्फुसे कुरोलाई भाउ दिएर नेपाल मा बिकास विरोधी हरुलाई चढावा दिनु हुदैन भन्नेमा म पुर्ण विश्वस्त छु.

    Reply
    1. सिर्जने says:
      April 9, 2014 at 11:11 pm

      सनत जी,
      तपैले गफ मात्रै दिएको हो कि जस्तो लाग्यो, मेरो कुरा पनि सुन्नुस –
      (१) हंगकंगको चेप लाक कोक बिमानस्थल ले सन् १९९८ देखि सेवा शुरु गरेको हो / सन् २०१३ मा ६ करोड जति यात्रु त्यो विमानस्थलबाट यात्रा गरेको देखिन्छ, समुन्द्रको बिचमा रहेको टापुमा अबस्थित (मानब बस्तिबाट टाढा, पहाडबाट टाढा अनि इमर्जेन्सी अवतरणका लागि वरिपरि पानी भा’को यो बिमान्स्थल किन डरलाग्दो भयो?
      (२) हिउको बिचमा उड्दैमा डराउनुपर्ने केहि छैन (तपाइलाई पिलेन चढ्न अलि डर लाग्छ जस्तो छ), धावनमार्गमा हिउ नभए भैहाल्छ / धावनमार्गमा ग्लिसेरोल हालेर हिउ / बरफ पगालेको हुन्छ / अब अबको हिउदमा नडराउनुस है 🙂

      Reply
  51. sandip sharma says:
    April 9, 2014 at 12:35 pm

    i think, Nijgadh international airport is the best option. should concentrate on this

    Reply
  52. sbh says:
    April 9, 2014 at 12:29 pm

    If flying to Kathmandu is that dangerous then why so many airlines fly here. Safety is more important than $ for those big airlines. Don’t give us a crap that
    pokhara could not handle big planes. If big planes couldn’t fly here then why would Chinese company willing to build the airport.
    The main reason why people don’t want international airport in pokhara is because they(specially tourism entrepreneur) are afraid, the most tourists will flock to Pokhara.
    Stop people from Kathmandu from getting nervous. You can still promote Kathmandu as urban mess jungles with old heritage sites. Take a clue from Varanasi, tourist still go there regardless how chaotic and dirty.

    Reply
    1. Prakash says:
      April 9, 2014 at 5:18 pm

      Chinese company and Chinese airlines are different things man. Why should Chinese company hesitate to take deals. For them it’s just a money. They won’t think whether airlines agree to operate or not. But for the airlines, they think whether route are profitable or not, whether airport are safe enough to land their plane etc.

      Reply
  53. Dev Gurung says:
    April 9, 2014 at 12:26 pm

    यो लेख अप्रत्यछ रुपमा पोखरा बासी र पोखराको बिकास को बिरुद्ध र सरकालाई तथा सम्बंन्दित निकाय लाइ भड्काउने खालको छ I समस्या मात्रै देखाएर मान्छे लाइ तर्साउने र भड्काउने होइन समाधानको बाटो पनि देखाउनु पर्छ र अरु बिज्ञ हरुको सल्लाह सुझाब र प्रतिबेदन पनि लिएर मात्र निस्कर्षमा पुग्नु पर्छ तेत्तिकै भट्टराई को एकल काटे बिरोध भासा मात्रै छापेर हाम्रो पोखरा को बिकास को सपना माथि तुसारापात गर्न पाइदैन I

    Reply
  54. Aalok says:
    April 9, 2014 at 12:13 pm

    टेक्नि कल्ली – असम्भव त केहि छैन तर गर्नु पर्ने लगानी अनि तेस बाट हुने नाफा घाटाको जोड घटाउ मात्रै हो| त्यो जोड घटाउ के हो भन्नेकुरा पत्रिकामा आएर दुईचार कुरा गर्ने डिट्टा विचरीलाई थाहा हुने त कुरो भएन|

    काठमान्डू बाहिर कतै विमानस्थल बन्न आवश्यक थियो, पोखरामा बने पनि भलै होस्|

    Reply
  55. mukunda gurung says:
    April 9, 2014 at 12:07 pm

    पोखरा लाई भन्दा पनि निजगड लाई छेत्रीय बिमान्स्तल बनाउनै बेस होला

    Reply
  56. subash shrestha says:
    April 9, 2014 at 11:30 am

    अहिले को स्थिति मा तेत्रो ऋण थपेर पोखरा मा एरपोर्ट बनाऊ नु भन्दा काठमाडौँ को अन्तरास्ट्रिय एरपोर्ट लाई नै सुधार गरेर बनाऊ नु नै राम्रो हो जस्तो लाग्छ !

    Reply
  57. Raj, says:
    April 9, 2014 at 11:27 am

    नेपाल को आबस्था नै तेस्तो छ अब ICAO लाई एक पल्ट सम्भायता हेर्न लगाए नि हुने हो नत्र….. एउटा निबेदन ICAO लाई दिनु पर्ला सबै मिलेर

    Reply
  58. binaya says:
    April 9, 2014 at 10:41 am

    पोखराको जमीन पनि त्यति भर पर्दो छैन, आजकाल जता त्यतै sinkhole देखापरेकोले त्यहाको जमीन लाई पनि ठुला बिमान को अवतरण ले असर पार्छ कि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme