Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कर्मचारी हुनु त स‍ंसद्‌को, ८० % भत्ता, खाजा खर्च दिनकै ६ सय

Posted on April 9, 2014April 9, 2014 by mysansar

‘सक्छौ जागिर नखाऊ, सक्दैनौ जागिर खाऊ
झण्डामुनि बस, तर दरबार नपस!’

काजी जसपाउ थापाले करिब २०० वर्षअघि सरकारी जागिर नखान दिएको यो अर्तीलाई अब परिमार्जन गर्नुपर्ने बेला आएको छ। अब भन्नुपर्ने भएको छ- सक्छौ जागिर नखाऊ, सक्दैनौँ संसद् सचिवालयको जागिर खाऊ, सभासद्हरुको अघि बस, अख्तियार नपस।

स‍ंसद् सचिवालयले आफ्ना कर्मचारीहरुलाई ८० प्रतिशत भत्ता दिने निर्णय गरेपछि यस्तो त भन्नै पर्‍यो नि। अब धेरै तलब खायो भनेर आलोचना गरिने सभासद्‌को भन्दा त्यहाँका शाखा अधिकृतको तलब बढी हुने भएको छ।

संसद् सचिवालयका कर्मचारीलाई दिइने खाजा खर्च पनि गजबको छ- ६ सय रुपियाँ दिनको।

यति रुपियाँमा त दिनको दुई छाक खाना खाए पनि बढी हुन्छ। तर यो खाजा खर्च रे।

दबाब दिएरै कर्मचारीले यति सुविधा हत्याएका हुन्। अन्नपूर्णको समाचार अनुसार दैनिक भत्ता र खाजा खर्च माग्दै त्यहाँका कर्मचारी दुई सातादेखि आन्दोलनमा रहेछन्। यिनीहरुले आज स‍ंविधान सभाको बैठकै अवरोध गर्ने तयारी गरेका थिए।

यही आन्दोलनले तर्साएकै भरमा उनीहरुले त्यति बेरै सुविधा पाउने निर्णय गराए। खासमा अर्थ मन्त्रालयले सहमति दिएको थिएन। तर हिजोको स‍ंसद् व्यवस्थापन समितिको बैठकले ८० प्रतिशत भत्ता र दिनकै ६ सय रुपियाँ खाजा खर्च दिने निर्णय पास गरिदिए।

यसअघि ३५ प्रतिशत भत्ता र दिनको ३८० रुपियाँ मात्रै खाजा खर्च दिइन्थ्यो।

बढेको भत्ता र खाजा खर्चको यो निर्णय कर्मचारीलाई मात्र रे। स‍ंसद् भवन भित्रका सुरक्षाकर्मी (मर्यादापालक) ले यत्ति नै भत्ता र खाजा खर्च पाउने छैनन्। न बिचरा घाममा दिनभर उभिएर स‍ंसद भवनको सुरक्षामा खटिने प्रहरीले नै पाउँछन्। मात्र कर्मचारीले।

अब राम्रो नजिर बस्ने भयो। अरु ठाउँकाले पनि यस्तै सुविधाका लागि किन आन्दोलन नगर्ने ?

थप पढ्नुस्
अर्थको सहमतिबिना संसद्का कर्मचारीको भत्ता वृद्धि

11 thoughts on “कर्मचारी हुनु त स‍ंसद्‌को, ८० % भत्ता, खाजा खर्च दिनकै ६ सय”

  1. Suman Bjra. says:
    April 14, 2014 at 9:29 am

    संसद सचिबालयका कर्मचारीको को सुबिधा कस्तो हो ? नेपाल जुन देशमा सरकारी कर्मचैरी भनेको अल्सी देश बिकाश कै बादकहरु हुन् आफ्नो तलब जति उनीहरुलाई दिएपनि नपुग्ने अनि तेदो र मेदो गरेर पैसा निकालनु पर्ने एकदली देखि बहुदल सम्म आएको कर्मचारीको काम नगर्ने क्यान्सरको रोग हो / हरेक मन्त्रालय बिभाग हरु मा तेही रोगले छाएको छ / कस्तो बिडम्बना को देश नेता को पनि उही रोग आफनी छोरालाइ मन्त्रि बनाउनु पर्ने / यो देश मध्यम र गरिबहरुको लागि नेताहरुले सोषण गरेरे हावा र पानी समेत दुषित बनाई सक्यो /

    Reply
  2. Shyam says:
    April 11, 2014 at 4:02 am

    Nepal मात्रै त्यस्तो देश हो जहाँ आन्दोलन gare पछि
    सबै कुरा पाइने ! लोग्ने स्वास्नीको झगडामा कसैको
    मिर्तु भय नि शहिद घोषणा गरिञ्छ अरु त बबाल नै भयन नि!!!!!
    श्याम
    USA

    Reply
  3. Shankar says:
    April 10, 2014 at 9:52 am

    दिया तले अन्धेरा भनेको यहि हो | देश लाइ उजालो पार्ने जिम्बेबारी बोकेको नेता हरुको नाक मुन्तिर एस्तो घटना घट्छ भने दोष नेता हरुलाई जानु पर्छ |
    हिजो पजेरो कल्चर मा हुर्केका घुस खोर हरु फेर फेर २-३ चोटी जित्ने , हामि भोट दिन बाध्य हुने अनि कसरि बन्छ ,संबिधान , कसरि हुन्छ बिकास | फटाह हरु हुन् भन्ने सबले चिनेको छ फेरी पनि सिस्टम ले उनैलाई माथि लेउछ | यो सिस्टम लाइ नै ह्यामर ले न फोरेसंम
    लोकतन्त्र को बाउ आएपनि केहि हुन्न|
    पंचायत को घुश्या र भ्रस्ट सुर्य बहादुर लाइ पुज्ने र उबाट उल्टो सपथ लिने ठाउमा अर्को १०० बर्स पनि जा को त्यहि न भए मार्दिनु ??

    Reply
  4. Yukta says:
    April 9, 2014 at 8:16 pm

    यो निर्णय ले पनि संसद सचिवालय कर्मचारी हरु को लागि तातो पानी भन्सार , दक्षिण नाका का सबै भन्सार र त्रिभुवन बिमान स्थल मा नियुक्ति पाए जति भयो !

    Reply
  5. SHREE says:
    April 9, 2014 at 5:03 pm

    अरु त के भन्नु र खोइ. डनहरुको जमानामा कर्मचारी डनले पनि देखाई हालेछ.
    कर्मचारी हुनु त कि संसद सचिवालयको कि त भने राष्ट्र बैंकको.

    Reply
  6. mahesh says:
    April 9, 2014 at 2:02 pm

    यो त संगठित गुन्डागर्दी भयो. आन्दोलन को बल मिच्याई ले जे पनि हुने भयो नेपाल मा. मिटर बिगार्न पाइदेन भन्दा ट्याक्सी को हड्ताल, मिसावट रोक्न पाइदेन भन्दा पम्प वला को हड्ताल, तौल मा ठग्न पाइदेन भन्दा सुन चादी ब्यापारी को हड्ताल, अमित लामा नाम को गुण्ड लाइ पक्रदा युवा संघ को आन्दोलन को चेतावनी, श्याल लामा लाइ पक्रदा तरुण दल बात सिन्धुपाल्चोक बन्द, धमला लाइ पक्रदा पत्रकार को हड्ताल ,खोइ राज्य, खोइ सरकार? के नचाहिदो माग राखेर आन्दोलन गर्ने कर्मचारी लाइ सामुहिक बर्खास्त गर्ने कानुन बनाउन सकिदें?

    Reply
  7. डिल्ली says:
    April 9, 2014 at 1:12 pm

    देशमा डाकाहरूले रजाईँ गर्ने बेला छ । नेता डाका कर्मचारी डाका । अब परमपरागत झिँजाका “अबैध?” डाकाहरूलाई सँसदको “बैध?” डाकाहरूले उछिने । झिँझाका डाका राति राति अरुको घरमा डाका गर्न जान्थे । अब सिँहदरवार र सँसद भवन बानेश्वरका डाकाहरूले दिनदहाडै देश लुटिरहेछन् । हाम्रो जस्तो गरिब देशमा कर्मचारी खाजा खर्च ६०० रुपैयाँ ? आन्दोलन गर्ने हड्तालीलाई निष्काशन गर्नु पर्नेमा उल्टो भत्ता ? लुट लोकतान्त्रिक डाकाहरू हो मिलेर देश ।

    Reply
  8. अनिस says:
    April 9, 2014 at 12:22 pm

    हैन यो ६०० रुपियाको खाजा चै के खादा रहेछन साथीहरु , दिने पिच्छे सेकुवा र रक्सि खाने हो कि क्या हो ? फेरी सेकुवा खान जादा अध्यागमन डेस्क को घटना दोहोरिएला है !!!!

    Reply
  9. Janak Dhami says:
    April 9, 2014 at 11:21 am

    संबिधान सभा नेर मा पनि एक होटेल खोल्नुपर्यो.

    Reply
  10. Prabin says:
    April 9, 2014 at 10:44 am

    अनि तेसका टाउको अब sambidhan chittai bane ma कमाउने मौका पौदैना भनेर होलानी र बाधा अड्चन हालेर म्याद थपौने यिनिहरुनै हुन् हैन हो नेपालमा कुन्चाई छोराले भन्ने हो कहिले भन्ने हो Hami येत्तिको काम गर्ने एस्तो काम गर्ने कर्मचारी यो तलब भट्ट धेरै huncha भन्ने दिन आफ्नो देसको आर्थिक स्थिति हेरेर पनि बोल्नु पर्छ संगठन बनायो जेमा पनि बाधा अड्चन lyaunus धम्कि दिने थुइक्क नेपाली को कुपुत्र haru

    Reply
  11. Surendra says:
    April 9, 2014 at 10:24 am

    अराजकता को यो भन्दा अर्को नमुना केहि हुन सक्दैन..अतिरिक्त काम गरे बापत त खाजा खर्च दिएपछि फेरि ८० प्रतिशत थप तलब चाही के क लागि? फेरि ६०० दिन को कस्तो खाजा खर्च हो ? के खाने रैछन? लास्ट मा यी चोर हरु ले खाजा पनि अफिस कै साधारण खर्च बाट मिलाएर खान्छन…तेहोरो जिम्मेवारी रे..२४ घण्टा नै काम गर्दा रहेछन क्या हो ?….संबिधान त यिन ले पो लेख्ने जस्तो गरे त…यिनी हरु ले १० घण्टा मा गर्ने काम करार मा लिने हो भने २ घण्टा मै सकिन्छ….तलब त अरु कार्यालय को कर्मचारी लाइ पनि बदाउन पर्यो नत्र अर्थ , सामान्य , संसद, भन्सार, महालेखा, अक्तियार , कोष तथा लेखा जस्तो यसै पनि कमाउ अफिस मा मात्रै धेरै दिएर काखा पख नगर ….यस्तो चोर बातावरण छ अनि किन असल मान्छे सरकारी जागिर मा बस्छन त? आज संसद नै अबरुद्द गर्ने तयारी थियो भन्दा पो कन्सिरी तात्यो त…अनि बिचार प्रहरी र मर्यादापालक लै किन भेदभाब नि? अब तपाई हरु पनि आन्दोलन गर्नुस….यो अराजक देश मा तेस्को विकल्प नै रहेन…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme